index
int64 1
6.39M
| Article
stringlengths 2
109k
| Source
stringclasses 99
values |
---|---|---|
1,745,272 | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थतन्त्र निर्माणमा सरकार अलमलिएको बताएका छन् । जनश्रम कृषि सहकारी संस्था लिमिटेडले आज गरेको गरेको अन्तरसंवादमा चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको दाबी गरेका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटबारे सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आलोचना गरिहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भन्दै प्रश्न गरे । उनले १२ खर्बको राजश्व र १८ खर्बको बजेटले नेपाली जनताको जीवनलाई समृद्ध तुल्याउन नसक्ने बताए । उनले सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको पनि बताए । सरकारमा बसैकै मान्छेमा देखिएको कमजोर आत्मविश्वासले आशा गर्ने ठाँउ नरहेको चन्दको भनाइ छ । | nepalviews.com |
5,270,064 | नेपाल क्रान्तिकारी महिला सङ्घकी पूर्व कोषाध्यक्ष तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का जीवनसाथी कामरेड शोभा प्रधानको स्मृतिसभा शुक्रबार सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले शोभा प्रधानसम्बन्धी संस्मरणहरूको सँगालो ‘स्मृतिमा कामरेड शोभा’ नामक ग्रन्थको लोकार्पण गर्दै गर्न सकिने र गर्न हुने काम भोलिलाई नराखौँ भन्नुभयो । अध्यक्ष बिजुक्छेँले कामरेड शोभासँगका केही स्मृतिको स्मरण गर्नुभयो । जीवनमा बहुमत कामदार जनताको दुःखकष्टलाई हेर्दै जीवनमा सकेको गर्नुपर्ने उहाँले बताउनुभयो । समयक्रममा कामरेड शोभासँगका संस्मरणका पानाहरूबारे लेख्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “हामी स्वस्थ भएकै बेला जनताको पक्षमा जति काम गर्न, लेख्न र बोल्न सकिन्छ सबै गर्नुपर्छ ।” नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले एक आदर्श शिक्षिका र अभिभावकको रूपमा कामरेड शोभाको व्यक्तित्वका विभिन्न पक्षबारे चर्चा गर्नुभयो । पाठेघरको क्यान्सर उपचार गराउँदैको स्थितिमा आफूसँगको अन्तिम भेटमा कामरेड शोभाले ‘सकेसम्म उपाय गर्ने त हो नि ¤’ भन्नुभएको सधैँ सम्झनामा आइरहने शिक्षक प्रजापतिले बताउनुभयो । शोभा प्रधानका देवर तथा शिक्षक योगेन्द्रमान बिजुक्छेँले प्रधानको धैर्यशील जीवनबारे प्रकाश पार्नुभयो । एक असल गृहिणीको रूपमा प्रधानले पारिवारिक विमतिलाई कहिल्यै लामो समय टिक्न नदिनुभएको उल्लेख गर्नुभयो । सार्वजनिकीकरण भएको पुस्तकले ‘शोभा भाउजू’ को व्यक्तित्वलाई अनेक कोणबाट केलाउन मद्दत गर्ने उहाँले बताउनुभयो । १६–१७ वर्ष शोभा प्रधानको सान्निध्यमा बिताउनुभएको स्रष्टा समाज नेपालकी सदस्य सुशीला कर्माचार्यले एक प्रेरणादायी व्यक्तित्वको रूपमा कामरेड शोभालाई सम्झिनुभयो । विशेषगरी आफ्नो शैक्षिक विकासमा कामरेड शोभाले आफूलाई सधैँ उत्साहित र उत्प्रेरित गरेको उहाँको भनाइ थियो । विद्यार्थीहरूले शोभा प्रधानलाई शिक्षिकाभन्दा पनि आमाको रूपमा लिने गरेको उहाँले बताउनुभयो । शोभा प्रधानकी बहिनी तथा नर्स चञ्चला प्रधानले दिदीले दोस्रोपल्ट क्यान्सरसँग लड्दालड्दै प्राण त्याग्नुभएको बताउनुभयो । उहाँको जीवनबाट शिक्षा लिँदै प्रत्येक महिलाले वर्षमा कम्तीमा एकचोटि स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिनुभयो । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवालले आफूलाई स्वास्थ्य समस्या परेपछि कामरेड शोभाले भक्तपुरका महिलाहरूबिच स्वास्थ्य चेतना जगाउन हरदम प्रयास गर्नुभएको स्मरण गर्नुभयो । सभाध्यक्षको मन्तव्य राख्दै नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले भक्तपुर काण्डका क्रममा देखिएको शोभा प्रधानको व्यक्तित्वबारे प्रकाश पार्नुभयो । घरको चुलोचौकामा सीमित महिलालाई राजनीतिक हकअधिकारको निम्ति सङ्घर्ष गर्न सिकाउने कामरेड प्रधानको योगदान र व्यक्तित्वबारे प्रत्येक शिक्षक, कर्मचारी तथा विद्यार्थीले छलफल गर्नु नै उहाप्रतिको साँचो श्रद्धाञ्जली हुने उहाँले बताउनुभयो । कार्यक्रममा आयोजक समितिका सदस्य सुलोचना ध्वाजूले पनि बोल्नुभएको थियो । | onlinemajdoor.com |
1,389,043 | परिवारका सदस्यले हतार-हतार 'रुटिन चेक अप' गर्ने चिकित्सक कहाँ पुर्याए। साहलाई नियमित चेकजाँचगर्दैआएकीन्युरो अस्पतालकी चिकित्सकरेनुका राठीले सुझावदिदैं भनिन्, 'पाठेघरबाट पानीबग्ने समस्याभएकोलेबच्चालाई कठिन हुनसक्छ एनआईसीयु सुविधा भएको अस्पतालमा लैजानु होस।' परिवारका सदस्यले चिकित्सकको सल्लाहअनुसार नै उनलाई नवजातशिशुको समेत राम्रो हेरचाहहुने नजिकैको नोबेल अस्पताल पुर्याए।साह एम्बुलेन्सबाट ओर्लिएर ठमठमी हिँड्दै प्रसूति विभागसम्म पुगिन्। ‘लेबर पेनबाहेक मेरी श्रीमतीलाई खासै समस्याथिएन', श्रीमान पवन साहले भने, 'तर, उपचारमालापरवाहीहुँदासरसाउँदो जन्मिएको मेरो छोरा त गुमाए नै अहिले श्रीमतीपनिजीवन मरणको दोसाँधमा छिन्। डेढ महिनाबित्नलाग्यो अस्पतालकै बसाई छ।श्रीमती मर्नेबाँच्ने टुंगो छैन।' गत साउन १८ गते नियमित चेकजाँच गरेपछि साहले श्रीमतीलाई सुत्केरी गराउनविराटनगरको नोबेल मेडिकल कलेज पुर्याएका थिए ।चिकित्सकले शल्यक्रिया गरेर गरेर छोरो निकाले। कम तौलको शिशु जन्मिएको र स्वास्थ्यमा समस्याभएको भन्दै एनआइसीयुमा भर्ना गरिदिए। तर, त्यस लगत्तै सुत्केरी आमाझनझनबिरामी परिन। 'अप्रेसनको घाउ ठिक भएकै थिएन नर्सले 'नर्मल डेलिभरी' गराउने र पेटको बच्चाको फोक्सो फुकाउने भन्दै पुठ्ठा मुन्तिर चाकमा लगाएको सुईले इन्फेक्सन भएर शरीरको एक भाग चल्नै छाड्यो', श्रीमान साहले दुखेसो गर्दै भने, 'एनआइसियुमा राखेको छोरो १९ दिनपछि आमाकै काखमा बित्यो। स्तनापन गराउनु भन्दै नर्सले काखमा राखिदिएका थिए तर बच्चाको होस थिएन।बारम्बार अप्रेसन गर्दा लगाइएको औषधिले दूध सुकिसकेको थियो ल्याक्टोजिनको घरमा छोरोले जीवन अघि बढाउनै सकेन।' पीडाको छटपटाहट सहनै नसक्ने भएको बताउँदै सञ्जुले भनिन्, 'छोरा त गुमाए नै।अब आफू पनि बाँच्छु भन्ने आशा मर्दै गाएको छ।'पवन साहका अनुसार नवजात शिशुले आमाको स्तनपान त गर्न पाएनन् नै अहिले आमा पनि सुईकै कारण हड्डीमा फैलिएको इन्फेक्सनका कारण हलनचल भएर अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा पुगेकी छिन्। इन्फेक्सनले घाउ र पीप बढ्दै गएपछि अस्पतालले अतिजोखिमपूर्ण मञ्जुरीनामामा 'अप्रेसनपछि पनि घाउ पाक्ने, दोहोरिने आइसियुमा भर्ना गर्नुपर्ने अथवा मृत्यु भए क्षतिपूर्ति दिननसक्ने र त्यसको जिम्मेवार स्वयम् हुनुपर्ने' सर्त गराएर सही छाप गराए। दुई महिनापछि पनि श्रीमतीको ज्वरो नियन्त्रणमा आउननसकेको र पानीपट्टीको साटो स्पिरिट दलेर घटाउन प्रयास भई रहेकोसाहले जानकारी दिएका छन्। अहिले सञ्जुको शरीरको कम्मरमुनि शरीरको दायाँतिरको भाग चल्दैन। डाक्टरले दयाँ खुट्टामा काम्रो लगाईदिएका छन्। घाउ ठिक भएको छैन। बेडमातीनजनाले ओल्टाई पल्ट्याई गर्नुपर्छ। ज्वरो घट्ने छाँटकाँट नै छैन। उपचारमा भएको खर्चको हिसाब निकै माथि पुगिसक्यो। पीडाको छट्पटाहटले बिरामी र मानिसिकथकानले परिवारलाई झन बज्रपात भएको छ। नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले साहको स्वाथ्य समस्याबारे अस्पताल निकै सम्वेदनशील बनेको बताउँदै भने, 'हामी अस्पतालको सम्पूर्ण चिकीत्सकीयशक्तिलगाएर भएपनिउहाँलाई बचाउनलागि परेका छौं। अस्पतालबाट उपचारमा कुनै कमजोरी गरिने छैन। अस्पतालमा आएका बिरामीकोउपचारमा सकेसम्म हामी कमजोरी नहोस भनेरै काम गर्छौ ।'उनले चिकित्सक टोलीसँगथप परामर्श गरेर उपचारलाई अघि बढाइने बताए । | annapurnapost.com |
2,121,931 | यो फोटो देखाएर साथी विधुर ढकाललाई सोधेँ- चिनेको हो? यो त नेकपाको चियापानमा चुटाइ खाने मान्छे हो, विधुरले भन्यो। भृकुटी मण्डपमा गएको कार्तिक १० गते सत्तारुढ नेकपाले चियापान समारोह आयोजना गरेको थियो। त्यो चियापानमा नेकपा असन्तुष्ट समूह लेखिएको पर्चा छर्ने क्रममा एक व्यक्तिले चुटाइ भेटेका थिए । | mysansar.com |
1,818,735 | मधेश सरकारले संघीय सरकारले प्रहरी भर्नाका लागि आह्वान गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। गत मंसिर १० गते संघीय सरकारले ठूलो संख्यामा प्रहरी निरीक्षकदेखि भान्सेसम्मका पदमा भर्ना खुलाएको छ । | nepalviews.com |
4,500,806 | आफ्नो १५ वर्षीय छोरा गणेशलाई डायलासिस मेसिन छेउको शय्यामा सुताएर निस्किएकी रहेछिन्। त्यसैले उनी हतारमा थिइन्। फटाफट कोठासम्म पुगेर, खाना खाएर फर्कनु थियो। उपचार केन्द्रमा छोराको कुरुवा बस्न ।
कथामा खरायोको जस्तै गति थियो उनीहरूको हतारोको। अनि, कछुवाको गतिजस्तै सुस्त चल्दै थियो समय। वर्षौ भएको थियो उनीहरूका लागि समय ढिला चल्न थालेको। दिन, साता, महिना र वर्षको हिसाब भारी भएको ।
चाबहिल पुग्नु अघिसम्म रसु शाक्य सिङ्गो थिइन्। सबेरैको खाली सडकमा जोरपाटीबाट सररर… स्कुटरमा आइरहँदा उनमा कलेज पुग्ने हतारो बाहेक कुनै चिन्ता थिएन। तर, टेलिफोन कार्यालयको ठ्याक्कै अगाडि उनलाई ट्रकले ठक्कर दियो। अस्पताल पुर्याउँदा रसुको शरीर स्ट्रेचरमा थियो ।
कोभिड-१९ संक्रमणको दोस्रो लहर झेलिरहेको छ नेपाल। अहिले शय्या अभावदेखि अक्सिजनको हाहाकारको अवस्था त छैन, तर संक्रमणदर मत्थर भने भइसकेको छैन। नेपालअघि भारतमा कोरोना भाइरसको दोस्रो लहरले हजारौंको ज्यान लियो। त्यहाँ पनि संक्रमण तथा मृत्युदर कम हुनुअघि कोभिडकै तेस्रो लहर नियन्त्रणको चर्चा सुरु भएको छ ।
बागलुङ बजारको पसलदेखि घरघरमा माग्दै हिँडेकी थिइन् मनकुमारी। कहिले भित्तासँग एक्लै बोलिरहेकी देखिन्थिन् त कहिले अघिल्तिर पर्ने जो कसैलाई गाली गरिहाल्थिन्। अनुहारमा पोलेको दाग बोकेकी उनी बजारमा धेरैका लागि छोराछोरी तर्साउन बोलाइने 'बहुलाही' बनेकी थिइन् ।
भइरहेको कुराकानी अनावश्यक तन्काउनु पर्ने कारण पनि बाँकी थिएन। भारी मन अनि रसिला आँखा बिसाउन मन थियो तर त्यहाँ रुनु थिएन ।
केही माथि पुगेपछि बल्ल उनले आँखा खोलिन्। आँट गरेर सिसाबाहिर हेरिन् र मुन्टो निहुराइन्। निकै कहाली लाग्दो थियो, दृश्य। कहाँ खेत? कहाँ बस्ती अनि कहाँबाट बग्छ खोलो? खुट्याउनै मुश्किल। लेदोले पुरिएको थियो सबै ।
उनमा शारीरिक कमजोरी र मानसिक तनाव एकैसाथ बढ्छ। शान्त रहन कठिन हुन्छ। स-साना कुरामा झिँजो लाग्नु र रीस उठ्नुले परिस्थिति सम्हाल्न सक्दिनन् कहिलेकाहीँ। यस पटक त उनको तनाव झनै बढ्यो। किनकि महिनावारी हुनुअघि देखिने लक्षणहरू देखिए। अर्थात्, प्रिमेन्सट्रुअल सिन्ड्रोम (पीएमएस) सुरु भयो। तल्लो पेट दुख्यो, शरीर गल्यो र 'मुड स्वीङ्ग' हुन थाल्यो ।
खेलको ५९ औं मिनेटमा जोएल पोह्यानपालोले फिनल्याण्डका लागि निर्णायक गोल गरे। दर्शकदीर्घामा रहेका फिनल्याण्डका समर्थक उत्साहित हुँदै उफ्रिए, कराए। देशको झण्डा र समर्थनको नारा लागि रहँदा, जोएल स्वयंले भने गोलको उत्सव मनाएनन् ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले उक्त सहयोग बुझे। पतञ्जलिले स्वासारी ट्याब्लेट, कोरोनिल ट्याब्लेट र नाकमा राख्ने अणु तेलको १५ हजार प्याकेट मन्त्रालयलाई सहयोग गरेको हो ।
तर, पनि हलुका छैन त्यो झोला। हरेकपटक काँधमा भिर्दा जिम्मेवारी र डरको भारीले थिच्छ उनलाई ।
जोरपाटीबाट स्कुटर लिएर निस्किँदा हतारो हुन्छ उनलाई। पुग्नुपर्ने पाटन अस्पताल ।
उनको स्वास्थ्य लाभको कामना गरिरहेका सबैका लागि सकारात्मक सङ्केत थियो त्यो। तर, नेगेटिभ रिपोर्ट आएकै भोलिपल्ट उनको मृत्यु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्ने अध्यादेश मस्यौदा तयार पार्दै कारबाहीको दायरा बढाउने प्रस्ताव गरेको हो। कसुरदारलाई दुई लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव पनि अध्यादेशमा गरिएको छ ।
उपचाररत् कोरोना संक्रमितको मृत्यु भएपछि मृतकको आफन्तले आईसीयू वार्डमै पसेर उनीहरूमाथि प्रहार गरे। जेठ १३ गते रातिको घटना त्यही अस्पतालमा घट्यो जहाँ कोरोना भाइरस संक्रमणको दोस्रो लहरले शय्या र अक्सिजन अभाव मच्चिएको थियो। संक्रमितको चाप धान्न अस्पतालको जनशक्ति पनि पर्याप्त थिएन। हाहाकार बिच खटिएका थिए चिकित्सक, नर्सलगायत अन्य कर्मचारी ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालदेखि अन्य सरकारी एवं निजी अस्पतालमा बिरामीलाई बाहिरै राखेर उपचार गरिएको दृश्यहरू सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम भरि छायो ।
त्यतिबेला देशमा संक्रमणको दोस्रो लहर उकालो लाग्दै थियो। संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते, उपत्यकाभित्रका तीन जिल्लामा १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा भयो। जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख थियो – 'काठमाडौं उपत्यका छाड्नेलाई दुई दिन मौका ।
किनकि डराएर, रोएर र कराएर केही हुँदैन – उनीहरूको अनुभवले यस्तै भन्छ। हरेक बिहान बस्तीमा घन्कने रेडियोले उस्तै समाचार दिन्छ – देशभर संक्रमण बढ्यो। संक्रमणले मान्छे मरे। बिरामीलाई सास फेर्न गाह्रो भएको छ तर अस्पतालमा बेड छैन। अक्सिजन छैन । | pahilopost.com |
1,762,512 | नेपाल टी–२० लिग क्रिकेटमा मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय मैदानमा शुक्रबार भएको खेलमा पोखराले फारवेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो। जितसँगै २ अङ्क जोडेको पोखरा पाँचौँ स्थानमा उक्लिएको छ । पराजित फारवेस्ट भने छैँठौँ स्थानमा झरेको छ । १८८ रनको लक्ष्य पोखराले १९.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। पोखराको लागि आसिफले ४५ रन जोडे। पोखराको लागि कुशलले २२ बलमा ५ छक्का प्रहार गर्दै ४० र सुमित महर्जनले २२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडे। फारवेस्टको लागि प्रकाश जैशी, उमर अली र करन केसीले २–२ तथा भुवन कार्कीले १ विकेट लिए। पहिले ब्याटिङ गरेको फारवेस्टले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १८७ रन बनायो। उमर अलीले ४२ र देव खनालले ३३ रन जोडे। पोखराको लागि जहिर खानले ३, तुल थापाले २ तथा आरिफ शेख र कुशल मल्लले १–१ विकेट लिए । | nepalviews.com |
6,218,052 |
दार्चुलाको अपिहिमाल गाउँपालिको वडा–१ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पोखरसिंह लोथ्याल विजयी भएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदर लोथ्यालसहित सबै सदस्यमा पनि गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । एक नम्बर वडामा एमाले पराजित हुँदा पालिकाकाे अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगतसिंह ठेकरेकाे अग्रता छ । एमालेका धर्मानन्द मन्याल पछि परेका छन् ।
| shilapatra.com |
1,873,531 | यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो । | pardafas.com |
2,729,124 | घुस रकमसहित रङ्गेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रवार मेहतालाई दोषी ठहर गरेको हो । | ratopati.com |
4,499,843 | आफ्नो १५ वर्षीय छोरा गणेशलाई डायलासिस मेसिन छेउको शय्यामा सुताएर निस्किएकी रहेछिन्। त्यसैले उनी हतारमा थिइन्। फटाफट कोठासम्म पुगेर, खाना खाएर फर्कनु थियो। उपचार केन्द्रमा छोराको कुरुवा बस्न ।
कथामा खरायोको जस्तै गति थियो उनीहरूको हतारोको। अनि, कछुवाको गतिजस्तै सुस्त चल्दै थियो समय। वर्षौ भएको थियो उनीहरूका लागि समय ढिला चल्न थालेको। दिन, साता, महिना र वर्षको हिसाब भारी भएको ।
चाबहिल पुग्नु अघिसम्म रसु शाक्य सिङ्गो थिइन्। सबेरैको खाली सडकमा जोरपाटीबाट सररर… स्कुटरमा आइरहँदा उनमा कलेज पुग्ने हतारो बाहेक कुनै चिन्ता थिएन। तर, टेलिफोन कार्यालयको ठ्याक्कै अगाडि उनलाई ट्रकले ठक्कर दियो। अस्पताल पुर्याउँदा रसुको शरीर स्ट्रेचरमा थियो ।
कोभिड-१९ संक्रमणको दोस्रो लहर झेलिरहेको छ नेपाल। अहिले शय्या अभावदेखि अक्सिजनको हाहाकारको अवस्था त छैन, तर संक्रमणदर मत्थर भने भइसकेको छैन। नेपालअघि भारतमा कोरोना भाइरसको दोस्रो लहरले हजारौंको ज्यान लियो। त्यहाँ पनि संक्रमण तथा मृत्युदर कम हुनुअघि कोभिडकै तेस्रो लहर नियन्त्रणको चर्चा सुरु भएको छ ।
बागलुङ बजारको पसलदेखि घरघरमा माग्दै हिँडेकी थिइन् मनकुमारी। कहिले भित्तासँग एक्लै बोलिरहेकी देखिन्थिन् त कहिले अघिल्तिर पर्ने जो कसैलाई गाली गरिहाल्थिन्। अनुहारमा पोलेको दाग बोकेकी उनी बजारमा धेरैका लागि छोराछोरी तर्साउन बोलाइने 'बहुलाही' बनेकी थिइन् ।
भइरहेको कुराकानी अनावश्यक तन्काउनु पर्ने कारण पनि बाँकी थिएन। भारी मन अनि रसिला आँखा बिसाउन मन थियो तर त्यहाँ रुनु थिएन ।
केही माथि पुगेपछि बल्ल उनले आँखा खोलिन्। आँट गरेर सिसाबाहिर हेरिन् र मुन्टो निहुराइन्। निकै कहाली लाग्दो थियो, दृश्य। कहाँ खेत? कहाँ बस्ती अनि कहाँबाट बग्छ खोलो? खुट्याउनै मुश्किल। लेदोले पुरिएको थियो सबै ।
उनमा शारीरिक कमजोरी र मानसिक तनाव एकैसाथ बढ्छ। शान्त रहन कठिन हुन्छ। स-साना कुरामा झिँजो लाग्नु र रीस उठ्नुले परिस्थिति सम्हाल्न सक्दिनन् कहिलेकाहीँ। यस पटक त उनको तनाव झनै बढ्यो। किनकि महिनावारी हुनुअघि देखिने लक्षणहरू देखिए। अर्थात्, प्रिमेन्सट्रुअल सिन्ड्रोम (पीएमएस) सुरु भयो। तल्लो पेट दुख्यो, शरीर गल्यो र 'मुड स्वीङ्ग' हुन थाल्यो ।
खेलको ५९ औं मिनेटमा जोएल पोह्यानपालोले फिनल्याण्डका लागि निर्णायक गोल गरे। दर्शकदीर्घामा रहेका फिनल्याण्डका समर्थक उत्साहित हुँदै उफ्रिए, कराए। देशको झण्डा र समर्थनको नारा लागि रहँदा, जोएल स्वयंले भने गोलको उत्सव मनाएनन् ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले उक्त सहयोग बुझे। पतञ्जलिले स्वासारी ट्याब्लेट, कोरोनिल ट्याब्लेट र नाकमा राख्ने अणु तेलको १५ हजार प्याकेट मन्त्रालयलाई सहयोग गरेको हो ।
तर, पनि हलुका छैन त्यो झोला। हरेकपटक काँधमा भिर्दा जिम्मेवारी र डरको भारीले थिच्छ उनलाई ।
जोरपाटीबाट स्कुटर लिएर निस्किँदा हतारो हुन्छ उनलाई। पुग्नुपर्ने पाटन अस्पताल ।
उनको स्वास्थ्य लाभको कामना गरिरहेका सबैका लागि सकारात्मक सङ्केत थियो त्यो। तर, नेगेटिभ रिपोर्ट आएकै भोलिपल्ट उनको मृत्यु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्ने अध्यादेश मस्यौदा तयार पार्दै कारबाहीको दायरा बढाउने प्रस्ताव गरेको हो। कसुरदारलाई दुई लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव पनि अध्यादेशमा गरिएको छ ।
उपचाररत् कोरोना संक्रमितको मृत्यु भएपछि मृतकको आफन्तले आईसीयू वार्डमै पसेर उनीहरूमाथि प्रहार गरे। जेठ १३ गते रातिको घटना त्यही अस्पतालमा घट्यो जहाँ कोरोना भाइरस संक्रमणको दोस्रो लहरले शय्या र अक्सिजन अभाव मच्चिएको थियो। संक्रमितको चाप धान्न अस्पतालको जनशक्ति पनि पर्याप्त थिएन। हाहाकार बिच खटिएका थिए चिकित्सक, नर्सलगायत अन्य कर्मचारी ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालदेखि अन्य सरकारी एवं निजी अस्पतालमा बिरामीलाई बाहिरै राखेर उपचार गरिएको दृश्यहरू सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम भरि छायो ।
त्यतिबेला देशमा संक्रमणको दोस्रो लहर उकालो लाग्दै थियो। संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते, उपत्यकाभित्रका तीन जिल्लामा १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा भयो। जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख थियो – 'काठमाडौं उपत्यका छाड्नेलाई दुई दिन मौका ।
किनकि डराएर, रोएर र कराएर केही हुँदैन – उनीहरूको अनुभवले यस्तै भन्छ। हरेक बिहान बस्तीमा घन्कने रेडियोले उस्तै समाचार दिन्छ – देशभर संक्रमण बढ्यो। संक्रमणले मान्छे मरे। बिरामीलाई सास फेर्न गाह्रो भएको छ तर अस्पतालमा बेड छैन। अक्सिजन छैन । | pahilopost.com |
2,053,936 | जर्मनीको सरकारमा गठबन्धन दलले भनेको छ, 'अधिकांश १४ वर्षमुनिका बालिका रहेका भनिएको बेसहारा बालबालिकालाई ग्रीसले यस कठीन अवस्थामा मानवीय सहयोग पु¥याउनुपर्ने थियो । | kathmandupati.com |
458,870 | भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । सो भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रममा अरु केही प्रहरी घाइते भएका बताइएको छ । महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जङ्गलमा सो भिडन्त भएको थियो । यस भिडन्तका क्रममा मारिएका २६ नक्सालको शव प्रहरीले फेला पारेको जनाएको छ । कतिपय विद्रोहीहरु भागेका र अरु केही घाइते भएका छन् । सो जङ्गलमा उनीहरु लुकेर बसेका सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ । उक्त जङ्गलमा प्रहरीले केही अघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा केही हप्ताअघि पनि प्रहरी र नक्सालहरुबीच भिडन्त भएको थियो । उक्त जङ्गलमा प्रहरी टोली पुगेपछि नक्सालहरुले आक्रमण सुरु गरेका बताइएको छ । प्रहरीले ती नक्सालहरुले प्रयोग गरेका हतियारहरु पनि बरामद गरेको जनाएको छ । यी नक्सालहरु भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रही आएका छन् । ती क्षेत्रहरुमा सुरक्षा व्यवस्था पनि कडा पारिएको भारत सरकारले जनाएको छ । | hamrakura.com |
3,584,693 | नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताउनुभएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उपमहासचिव रिमालले सो प्रतिक्रिया दिनुभएको हो । मंगलबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा उपमहासचिव रिमालले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क गर्नुभयो । कोशी प्रदेशको नामाकरण गलत भन्नेहरु, त्यस सन्दर्भमा चपाएर बोल्नेहरु उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उहाँको भनाई थियो । उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रुपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरुलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गर्नुभयो । उहाँले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताउनुभयो । उपमहासचिव रिमालले काँग्रेस र एमालेबीच तत्काल सत्ता सहकार्य हुने सम्भावना नरहेको बताउनुभयो । उहाँले एमालेले चाहने भने भने शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएपनि त्यसो गर्न जरुरी नरहेको बताउनुभयो । उपमहासचिव रिमालले एमाले वर्तमान सत्ता समिकरणलाई पूरै कार्यकाल कामयै राखेर अघि बढ्न लागिपर्ने बताउनुभयो । | imagekhabar.com |
350,555 | पाकिस्तानी सरकारको आलोचना गरेको भन्दै सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाएको हो । समाचार अनुसार पाकिस्तानको इलेक्ट्रोनिक मिडिया वाचडगले सेना र यसअघिको शेहबाज शरीफ नेतृत्वको सरकारको आलोचना गरेको आरोप लागेका र अदालतबाट अपराधी वा अपराधी घोषित भएका पत्रकारसहित ११ जनालाई टेलिभिजन च्यानलहरूलाई प्रसारण ठाउँ दिन प्रतिबन्ध लगाइएको हो । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सिन्ध हाई कोर्टको एक आदेशलाई उद्धृत गर्दै त्यस्ता व्यक्तिहरूलाई टेलिभिजनमा देखाउन नपाइने एक निर्देशन जारी गरेको हो । | hamrakura.com |
4,824,479 | भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएका जयशंकरले सिंहदरबारमा प्रधानमन्त्री दहालसँग भेट गरेका हुन्। त्यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा शिष्टाचार भेट गरेका थिए । | kathmandupress.com |
4,511,619 | प्रतिपक्षी सांसद रणजित सोयसाले प्रदर्शनकारीहरूले स्थानीय निर्वाचनको माग गरेको बताए। नयाँ निर्वाचन प्रणाली तयार गर्न गत वर्ष गरिनुपर्ने स्थानीय निर्वाचन रोकिएको छ। उनले संसदमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको र आफूसहित १० सांसद प्रभावित भएको बताए । | pahilopost.com |
1,210,522 | प्रतिनिधि छनोटका विषयमा भएको विवाद अन्त्य हुन सकेको छैन। परराष्ट्र मन्त्रालयले विवादित राष्ट्रिय समन्वय समितिको पुनः निर्वाचन गर्न निर्देशन दिएसँगै अक्टुबर २३-२५ मा तय भएको १० औं महाधिवेशन तथा विश्वज्ञान सम्मेलन प्रभावित भएको छ। उक्त सम्मेलन ६ महिना पछि हुनसक्ने बताइएको छ। गैरआवासीय नेपाली संघ राजनीतिको जालोमा झेलिएको छ। जीत र हारको जोडघटाउ गरेर विवाद तन्काउने र खुम्चाउने काम भएको छ। जसले गर्दा जुन उद्देश्यले एनआरएनएको स्थापना भएको थियो, पछिल्लो समयमा त्यो विमुख बन्दै गएको छ। राजनीतिक दलले कुनैपनि क्षेत्रमा आफ्नो प्रभुत्व राख्न चाहन्छन्। त्यो स्वभाविक नै होला तर गैरआवासीयहरुले नै राजनीतिक रंग दिएर संस्था बदनामी बनाइरहेका छन्। विदेशमा बस्ने नेपालीको हितका साथै नेपालको आर्थिक उत्थानमा योगदान पुर्याउने उद्देश्यले एनआरएनएको जन्म भएपनि अहिले दलीय धुर्विकरण भइरहेको छ। अनावश्यक राजनीतिक हस्तक्षेपका कारण दल राजनीतिक भातृसंगठन जस्तै बन्न पुगेको छ। गैरआवासीय नेपाली संघको नेतृत्व सचेत हुन नसक्दा पछिल्लो समयमा रडाको मच्चिएको छ। सर्वसम्मतरुपमा पारित संशोधित विधान मान्दैन भन्नु गलत भएको एनआरएनहरु बताउँछन्। स्वतन्त्र विश्लेषक जुगल भुर्तेलले संशोधित विधान नमान्नु कुनै पनि हिसाबले स्वीकार्य नहुने बताउँछन्। ‘संशोधित विधान नमान्नु २०७२ को संविधान मान्दैन, २०४७ कै संविधान चाहिन्छ भनेजस्तै हो’ भुर्तेल भन्छन्,‘पदका लागि राजनीतिक दललाई स्पेस दिनु गलत भयो।’ राजनीतिक दलले सबै क्षेत्रमा क्याप्चर गर्ने गर्छन्।' कुनै दलले खुलेआम राजनीति गरेका छन् भने कसैले लुकिछिपी गरेका छन्। तर गैरआवासीयहरुले दलिय राजनीति गर्न नहुने भुर्तेलको भनाई छ। 'नेपालको संविधानले गैरआवासीय ऐन आयो। नागरिकताको विषय समावेश भयो। नागरिकता प्रक्रियामा छ। तर यसरी पवित्र संस्थामा राजनीति घुसेर उद्देश्य माथि नै प्रहार भएपछि समस्या हुने देखिएको छ।' धुर्विकरण हुँदा जुनसुकै नेतृत्व आउँदा पनि २ वर्षे कार्यकालमा काम गर्न नसक्ने उनको विश्लेषण छ। बेलायत, अमेरिका, अष्ट्रेलियाको प्रतिनिधि छनोटका विषयमा भएको विवाद सतहमा आएको छ। संघको असन्तुष्ट पक्षले सरकार गुहारिरहेको छ। परराष्ट्र मन्त्रालयमा दर्जनौं उजुरी परेका छन्। मन्त्रालय त्यस विषयमा गम्भीर भएर लागि परेको छ। मन्त्राललयले शुक्रबार संघलाई पत्राचार गर्दै संशोधित विवादमाथि नै प्रश्न उठाएपछि एनआरएनएमा तंरग पैदा भएको हाे। संस्थापन पक्षले बेलायत, अमेरिका र अष्ट्रेलियाको प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले उजुरी गरेपछि परराष्ट्र मन्त्रालयले ‘एक्सन’ लिएको हो। परराष्ट्रले उजुरी पर्नासाथ अनुगमन नहुँदासम्म निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको हो। चौतर्फी दवाव बढेपछि मन्त्रालयले आन्तरिक विवाद मिलाउन भन्दै संघलाई पत्राचार गरेकाे छ। पछिल्लो समयमा एकाएक ६५ प्रतिशत प्रतिनिधि कसले छान्ने भन्ने विषय नै अस्पष्ट भएकाले पूरानै संरचना अनुसार प्रतिनिधि छान्न उसले भनेको छ। प्रतिनिधि छनोट गर्ने क्रममा ६५ प्रतिशत एनसीसीमा काम गरीसकेका वा एनसिसीको तर्फबाट केन्द्रमा प्रतिनिधित्व गरिसकेकोबाट डेलिगेड्ट निर्वाचन पूर्व नै छानिनु पर्ने नयाँ प्रावधान छ। त्यस्तै २५ प्रतिशत एनसीसीको निर्वाचनमै निर्वाचित हुनुपर्ने, १० प्रतिशत युवा, महिला, दोश्रो पुस्ता, विज्ञ-पेशागत वा विषेश योगदान दिएकाहरुबाट कार्यसमितिको सिफारिसमा निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ। जनवरी अन्तिममा भएको विशेष महाधिवेशनले उक्त प्रस्ताव पारित गरेको थियो। ६५ प्रतिशत प्रतिनिधि कसले छान्ने भन्ने विषय नै विवादमा परेको हो। विधानमा पूरानै कार्यसमितिले छान्ने व्यवस्था भएपनि नयाँ नेतृत्वले छान्न पाउनुपर्ने बताउँदै आएका छन्। संघका प्रवक्ता डिबी क्षेत्रीले संरक्षक समिति, विधान व्याख्या समिति, आइसिसी समन्वय परिषद् समिति तथा निर्वाचन समितिले छिट्टै छलफल गरी नयाँ ढंगबाट अघि बढ्ने बताए। नयाँ नेतृत्वका लागि डा. बद्री केसी, रविना थापा र कुल आचार्यको समूह मैदानमा उत्रिएका छन्। परराष्ट्रले संघलाई चुनाव रोक्न पत्राचार गरेसँगै गैरआवासीय नेपाली संघको आज बेलुका बैठक बस्न लागेको छ। सचिव आरके शर्माका अनुसार बेलुका हुने बैठकले चुनावका विषयमा नयाँ मिति गर्ने छ। ‘तोकिएको समयमा निर्वाचन हुन सक्ने स्थिति छैन’,उनले भने,‘परराष्ट्रको पत्र अनुसार कमजोरी सच्चिएर जान्छ । | annapurnapost.com |
128,733 | नेपालका लोकप्रिय क्रिकेटर सन्दिप लामिछानेले कोरोना संक्रमित नेपालीको उपचारका लागि सहयोग गर्न सबैमा अपिल गरेका छन् । देश तथा विदेशमा रहेका सबैसँग उनले नेपालीको उपचारका लागि सहयोगको याचना गरेका हुन् । सोमबारै बैंक एकाउन्ट खोलेका उनले सहयोगी सबैले सोही बैंक एकाउन्टमा सहयोग रकम उपलब्ध गराइदिन आग्रह गरेका छन् । उक्त एकाउन्टमा संकलित रकमको सम्पूर्ण अपडेट ‘टीम सन्दीप’ मार्फत गराउने पनि उनले जानकारी दिएका छन् । सहयोगबाट प्राप्त रकम स्थानीय निकाय र प्रशासन कार्यालयको समन्वयमा अति प्रभावित क्षेत्र र स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने पनि उनले बताएका छन् । ‘विश्वव्यापी महामारीको रूप लिएको कोभिड– १९को सङ्क्रमण र यसबाट मृत्यु हुनेको संख्या नेपालमा तीव्र गतिमा बढेसँगै सारा जनता र सिंगो देशले भयावह स्थितिको सामना गर्नुपर्ने निकै कठिन एवम् चुनौतीपूर्ण समय आएको छ, ’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीमित अस्पताल एवम् भएका अस्पतालमा पनि बेड, आइसियु, भेन्टिलेटर, अक्सिजन सिलिन्डरको अभावका कारण दिनहुँ सयौं निर्दोष नेपालीले ज्यान गुमाउनु परेको छ । जताततै त्रास नै त्रास छाएको छ । करिब ३ करोड जनसंख्या रहेको हाम्रो देश नेपालमा दिनहुँ हजार भन्दा बढी संक्रमित एवम् सयभन्दा बढीको मृत्यु हुनु निकै दुखद् कुरा हो ।’ नेपाली जनताका निम्ति एकजुट भई आपसी सद्भाव र सहकार्यको जरुरत परेको भन्दै उनले महामारीको समयमा एक–अर्काको सहयोगको खाँचो परेको पनि उल्लेख गरेका छन् । ‘अनियन्त्रितजस्तै हुँदै गएको यस विषम परिस्थितिमा तपाईं हामी सबैले दृढ आत्मबलका साथ फेरि एकचोटि नेपाल र नेपाली जनताका निम्ति, हामी सबैका निम्ति, एकजुट भई आपसी सद्भाव र सहकार्यले यस कठिन समयको सामना गर्नुपर्ने बेला आएको छ । हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौं ।’ यसका निम्ति एकजुट भई आ–आफ्नो तर्फबाट सहयोग गर्न उनले देश विदेशमा रहेका आफ्ना सम्पूर्ण शुभ चिन्तकहरूमा अनुरोध गरेका छन् । ‘यसका निम्ति एकजुट भई आ–आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभ चिन्तकहरूमा हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन्, ‘सहयोगका निम्ति आजै मात्र एउटा नयाँ बैंक खाता खोलेको छु र यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड सङ्क्रमण रोकथाम, नियन्त्रण एवम् सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु । संकलन गरिएको रकमको सम्पूर्ण अपडेट ‘टिम सन्दीप’ ले गर्ने छन् । सहयोगबाट प्राप्त रकम स्थानीय निकाय र प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र र स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जानकारी गराउन चाहन्छौं ।’ यो अभियानको प्रारम्भ गर्दै ‘टीम सन्दिप’का तर्फबाट तीन लाख रुपैयाँ जम्मा भइसकेको पनि उनले बताएका छन् । | nepalwatch.com |
2,157,482 | चीनको दूरसञ्चार उद्योगले वर्षको पहिलो पाँच महिनामा उदीयमान व्यवसाय र फाइभजी सेवाहरूमा बलियो बिस्तारको साथ स्थिर वृद्धि दर्ता गरेको आधिकारिक तथ्यांकले देखाएको छ। चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यस अवधिमा यस क्षेत्रले कुल राजस्व ६६५ अर्ब युआन (९९.४६ अर्ब अमेरिकी डलर) आर्जन गरेको छ, जुन वर्षको सोही अवधिमा वार्षिक ८.५ प्रतिशतले बढेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। बिग डाटा, क्लाउड कम्प्युटिङ, इन्टरनेट डाटा सेन्टर र इन्टरनेट अफ थिंग्स क्षेत्रहरू लगायतका उदीयमान व्यवसायहरूले यस अवधिमा उल्लेखनीय रूपमा विस्तार गर्न जारी राखेका छन्। ‘चीनका तीन दूरसञ्चार दिग्गजहरू चाइना टेलिकम, चाइना मोबाइल र चाइना युनिकमका उदीयमान व्यवसायहरूको संयुक्त राजस्व वार्षिक रूपमा ३४.३ प्रतिशतले बढेर १२८.३ अर्ब युआन पुगेको छ, जुन यस क्षेत्रको कुल राजस्वको १९.३ प्रतिशत हो,’ मन्त्रालयले जनाएको छ। मेको अन्त्यमा, चीनमा १७ लाख ५जी बेस स्टेशनहरू थिए, जुन देशको मोबाइल नेटवर्क बेस स्टेशनहरूको १६.७ प्रतिशत हो। केही २ लाख ७५ हजार फाइभजी आधार स्टेशनहरू वर्षको पहिलो पाँच महिनामा निर्माण गरिएका थिए। तीन दूरसञ्चार दिग्गजहरूको ५जी मोबाइल फोन प्रयोगकर्ताहरू मेको अन्त्यमा ४२ करोड ८० लाख पुगेको छ, जुन चीनको कुल मोबाइल फोन प्रयोगकर्ताहरूको २५.८ प्रतिशत प्रतिनिधित्व गर्ने डाटाले पनि देखाएको छ । | technologykhabar.com |
4,948,322 | इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराती पहिरो गएको छ । राति मोरङ । प्रदेश १ मा अहिलेसम्मकै धेरै जना कोरोना संक्रमित थपिएका छन् । एकैदिन प्रदेशमा मोरङ । मोरङको बेलबारी नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने विपन्न तथा असहायका लागि घर निर्माण मोरङ। प्रदेश १ सरकारले कोभिड- १९ नियन्त्रण र रोकथामका लागि आवश्यक कदम चाल्न सरोकार राख्नेहरुसँग पाँचथर । जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण थप फैलिन नदिन १२ भदौदेखि १८ मोरङ । विराटनगरका पत्रकारहरूले प्रदेश सरकारलाई कोरोना भाईरस नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न इलाम । भर्पाइमा हस्ताक्षर गरि बुझिलिएर आफैंले चलाएको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले इटहरी । इटहरी उपमहानगरपालिकामा एकैदिन ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बुधबार इटहरी । इटहरीमा एकैदिन २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सोमबार राति मोरङ । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये सबैभन्दा राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन | rajdhanidaily.com |
3,900,857 | सेन्ट जेम्स पार्क न्यूक्यासलमा घरेलु टोलीको जितमा ड्यानियल बर्न, कलुम विल्सन र ब्रुनो गुइमारेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका डेनिज अन्डभले एक गोल फर्काए । खेलको २२औं मिनेटमा डेनिज अन्डभको आत्मघाती गोलबाट न्यूक्यासलले अग्रता लिन सफल भएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा ड्यानिल बर्नले गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा डेनिज अन्डभले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ८९औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यूक्यासललाई सहज जिततर्फ अग्रसर गराए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ब्रुनो गुइमारेसले गोल गर्दै न्यूक्यासललाई ४–१ को सानदार जित दिलाए । यस जितसँगै तेस्रो स्थानमा रहेको न्यूक्यासलको ३६ खेलबाट ६९ अंक पुगेको छ । एक खेल कम खेलेको युनाइटेडको ६६ अंक छ । पराजित ब्राइटन ३५ खेलबाट ५८ अंक जोडेर छैटौं स्थानमा छ । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । उनले एकता ग्लोबलको ब्रान्ड एम्बेसडरका रुपमा सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो । | hamrokhelkud.com |
797,562 | सन १९५० को दशकदेखि नै हान्स सिंगर, अमर्त्य सेन लगायतका विभिन्न अर्थशास्त्रीले मुलुकको विकासमा पुँजी संकलन तथा बचतको महत्त्वपूर्ण भूमिकाका बारेमा लेखेका छन् । असीको दशकसम्म आइपुग्दा विकासका लागि नाम कमाएका थाइल्यान्ड र इन्डोनेसियाजस्ता मुलुकले एक त मुलुकभित्रको बचतको दर बढाएका थिए भने, अर्को त्यसलाई औद्योगीकरणमा प्रयोग गरेका थिए ।आफैं मेसिनहरू आविष्कार गरेका पश्चिम युरोपेली र अमेरिकी मुलुकहरूले पनि लगभग यस्तै बाटो अपनाएका थिए । ती मुलुकमा पनि सुरुमा बचत भएका केही व्यक्तिले विज्ञान र गणितजस्ता तुरुन्तै प्रतिफल नदिने विषयमा समय बिताउने जोखिम मोल्न सके । ती जोखिमले आविष्कारहरू भए र ती मुलुकको औद्योगीकरण गर्न सहयोग पुग्यो । नेपालमा एकातिर कुल राष्ट्रिय तथा गार्हस्थ्य बचत (जीडीपीको अनुपातमा) गएको एक दशकमै — भुइँचालो र कोभिडको असर पर्दाको वर्षबाहेक — बढिरहेको छ भने, अर्कातिर बैंकहरूमा बचत बढिरहेको छ र त्यहाँ भएको कुल बचतको आधाभन्दा बढी मुद्दती खातामा छ । यो परिप्रेक्ष्यमा सिंगर वा सेनका कुराले हामीलाई हौस्याए पनि हाम्रो इतिहासचाहिँ बचत र औद्योगीकरणका हकमा पूरा नभएका सम्भावनाहरूको अभिलेखालयजस्तो देखिन्छ । ब्रायन राइटजस्ता पुराना विदेशी लेखकले हाम्रा कुलीन घरका युवाहरू अल्छी थिए, पढ्न र खेल्न मन गर्दैनथे भनी लेखेका छन् । प्राध्यापक ईश्वरीप्रसादले जुद्धशमशेरले कलकत्ता भ्रमणमा जाँदा नेपाल दरबारबाट पठाइएका युवकहरू शान्ति निकेतनमा नपढी फर्के पनि रवीन्द्रनाथ टैगोरलाई भेटेर चन्दा दिएको उल्लेख गरेका छन् । जयपृथ्वीबहादुर सिंह र गेहेन्द्रशमशेरजस्ता केही अपवाद भए पनि हाम्रा तत्कालीन सम्पन्न कुलीनहरूका बारेमा भनिएका यी कुराहरू मूलतः सत्य थिए । गेहेन्द्रको सेतो दरबारमा भएका कालिगडीका बारेमा भने धेरैले लेखेका छन् । त्यस बेला र अहिले पनि धेरै अनुसन्धान मुलुकको प्रतिरक्षासम्बन्धी चिन्ताबाट जन्मने भएकाले गेहेन्द्रका अनुसन्धानहरू पनि राम्रो बन्दुक वा तोप कसरी बनाउने भन्नेजस्ता विषयमा केन्द्रित थिए । आफ्ना बा वीरशमशेर जिउँदै हुँदा गेहेन्द्रले नेपालमै प्रथमपटक कार पनि भित्र्याएका थिए । गेहेन्द्रको अनुसन्धान चन्द्रशमशेरलाई मन परेन र गेहेन्द्रको शंकास्पद मृत्युपछि धेरैले राज्यका हर्ताकर्ताको संकेत बुझे र अनुसन्धानतिर मुलुक खासै हिँडेन । २०२१ सालमा अर्थमन्त्री सूर्यबहादुर थापाले मालपोत बढाउँदा हाम्रो देशमा मालपोतको दर नबढेको पचास वर्ष भएकाले यो वर्ष बढाउने प्रस्ताव गर्दछु भनेका थिए । राणाहरूले लामो समयसम्म कर बढाएका थिएनन् । सम्भवतः जंगबहादुरको पालाको चौबीसे राज्यको तिरोको सेटलमेन्टपछि नै सितिमिति कर बढेको थिएन । यसले मुलुकका मितव्ययी र मिहिनेती धेरै व्यक्तिलाई सम्पत्ति बचाउने मौका मिल्यो र त्यसैले मध्यमवर्गीय मानिसहरू पनि बनारस जान र पढ्न सक्ने भए । त्यसबाहेक काठमाडौं सहरभित्र धेरै व्यक्तिको काँठ वा अन्य ठाउँमा जग्गा भएको र सम्पत्ति बढिरहेकाले तिनलाई पूर्णकालीन काम गर्नुपर्ने बाध्यता रहेन । राणाहरूले विज्ञानतिर लाग्ने बाटो नखोलेकाले पनि ती व्यक्तिले उपलब्ध हुँदै गएको आफ्नो खाली समय राजनीतिमा लगाए । राणाहरूविरुद्ध अग्रमोर्चामा रहेर लड्नेहरू सर्वहारा परिवारका नभई बीपी कोइराला, गणेशमान सिंह, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, डिल्लीरमण रेग्मी र टंकप्रसाद आचार्यजस्ता उच्च वा मध्यम वर्गका व्यक्ति थिए । घट्दो वास्तविक कर, बढ्दो निजी बचत, बजार र औद्योगीकरणमा अनावश्यक नियन्त्रण र दिशाहीन सरकारले युवाहरूलाई सडकमा ल्याउन र राजनीतिक अस्थिरता बढाउन कक्टेलको काम गर्छ भन्ने कुरा त्यसपछि पनि समयसमयमा देखिएको छ ।‘मोटा प्रजा’ ले राज्य बलियो बनाउन सकेका छैनन् केही व्यक्तिका हातमा सम्पत्ति अलिकति केन्द्रीकरण हुनु नराम्रो हैन भनेर समाजवादी अर्थशास्त्री एसी पिगुले लगभग एक सय वर्षअघि नै भनेको पाइन्छ । किनकि त्यस्ता व्यक्तिहरूले राज्यले नगर्ने कुरामा ध्यान दिन सक्छन् । युरोप र अमेरिकामा यसरी सम्पत्ति कमाएका व्यक्तिहरूले नै विश्वविद्यालयका विभिन्न कार्यक्रमलाई सहयोग गरेका थिए, पुतली वा भायलिनजस्ता राज्यले खासै नसोच्ने चीजका संग्रहालय बनाएका थिए र समाजलाई एउटा दिशा दिएका थिए । त्यसै पनि बेलगाम नभइन्जेल सम्पत्तिको केन्द्रीकरण आफैंमा आलोच्य कुरा हैन, ठीकठाक चलिरहेको पुँजीवादको नैसर्गिक प्रक्रियाको नतिजा हो भन्ने उनको विचार थियो । बचत गरेर सम्पन्न भएका हाम्रा ‘प्रजा’ हरू अहिले के गर्दै छन् ? विप्रेषण, मुलुकको राजस्वको स्थिति, बैंकमा जम्मा भएको बचत आदिलाई मात्र हेर्ने हो भने पनि के अनुमान लगाउन सकिन्छ भने, गत पन्ध्र वर्षमा नेपालमा केही व्यक्तिको सम्पत्ति धेरै बढेको छ । नेपालमा आविष्कार गरी नयाँ उत्पादन पत्ता लगाएर धनी हुने व्यक्तिहरू निकै कम छन् र यसैले अहिलेसम्म पनि नवधनाढ्य वर्ग भनेका या त सहरमा जग्गा भएको पुरानो जमिनदार वर्ग या विप्रेषणले बढेको उपभोगको मागलाई देश–विदेशबाट सामान ल्याएर आपूर्ति गर्ने व्यापारीहरू हुन् । सेयर मार्केटमा लिस्टेड कम्पनीहरूको सेयर स्वामित्व मात्र हेरेर विश्लेषण गर्ने हो भने पनि धेरै नेपाली यसबीच ‘मोटा’ भएका छन् । तर नवधनाढ्यहरूले सामुदायिक संस्थाहरू खोल्न र अस्पताल, संग्रहालय वा शैक्षिक संस्थाहरू बनाउन पनि कुनै योगदान गरेका छैनन् । बरु २०४८ सालमा काठमाडौं विश्वविद्यालय खोल्नेताका त्यस बेलाका प्रतिष्ठित व्यापारीहरूले सहयोग गरेका थिए । बैंकहरू अर्बौंको नाफा कमाउँछन्, तिनका कर्मचारीहरू तालिम भन्दै देश–विदेश घुमेको पनि देखिन्छ, तर त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा प्राध्यापकहरू राम्रोसँग बसेर अनुसन्धान गर्न सक्ने भवन छैन । ठूलो दान दिन सक्ने व्यक्तिहरूका हकमा यसका दुई कारण हुन सक्छन् । पहिलो, जसरी अधिकांश राणाहरूलाई सम्पत्ति भए पनि कला, खेलकुद, संस्कृति र मुलुकका अन्य जनताको उत्थानप्रति कुनै चासो थिएन, त्यसरी नै सम्पत्ति भएका हाम्रा अहिलेका व्यक्तिहरूलाई अन्य जनसाधारणको उत्थानसँग मतलब छैन । हामी मुलुक त बन्यौं, तर एकअर्काको स्पन्दन बुझ्ने, अर्काको दुःखमा संवेदनशील हुने समाज बन्न सकेका छैनौं । १९२०–१९२४ सालको महाभोकमरीका बेला पूर्वी तराईका बिर्ताबाट मात्र वर्षमा ९ लाख रुपैयाँ उठाउने काठमाडौंका कुलीनहरूले ६ हजार रुपैयाँ पनि चन्दा दिएका थिएनन् भनेर इतिहासकार महेशचन्द्र रेग्मीले ‘थ्याच्ड हट्स एन्ड स्टक्को प्यालेसेज’ मा लेखेका छन् । समाजप्रति दायित्वबोध गर्ने मामिलामा हामी एक सय पचास वर्षपछि पनि त्यति धेरै फरक छैनौं । दोस्रो, सरकारको पनि दोष छ । सरकारले मानिसहरूलाई सामुदायिक सम्पत्ति अर्थात् पब्लिक गुड्स बनाउन दान दिऊँदिऊँ जस्तो लाग्ने वातावरण बनाउन सकेको छैन । कुनै व्यापारीले पहाड फोरेर शिवको सुन्दर प्रतिमा बनाएमा त्यसलाई व्यक्तिगत सम्पत्ति हो भनेर राष्ट्रपति वा प्रधानमन्त्रीले उपेक्षा गर्ने कि प्रोत्साहन दिने भन्नेमा हामीसँग द्विविधा छ । लिच्छविकालमा बरु निजी क्षेत्र सामुदायिक सम्पत्ति सिर्जना गर्न प्रोत्साहित भएको देखिन्छ । धनवज्र वज्रचार्य लिखित ‘लिच्छविकालीन अभिलेखहरू’ पढ्ने हो भने त्यस बेलाका प्रमुख मन्दिर र सत्तलहरू या राजाले या त गुह्यमित्र, रत्नसिंघजस्ता सार्थवाह अर्थात् परबाट सामान ल्याएर बेच्ने व्यापारीहरूले बनाएको देखिन्छ । राणाकालमा समेत तराईमा धेरै व्यक्तिको निजी दानमा खुलेका विद्यालय तथा कलेजहरू पद्मशमशेर तथा हृषीकेश शाहजस्ता व्यक्तिको निजी क्षेत्रलाई गरिएको संयुक्त प्रोत्साहनका नतिजा थिए । आजको समय त्योभन्दा बिलकुल फरक भएको छ ।मध्यम तथा उच्च मध्यम वर्गका ‘मोटा’ व्यक्तिहरूको हालत के छ ? यो वर्गले विदेशमा छोराछोरी पढाउन बचत खर्च गरिरहेको छ तर ती छोराछोरीहरू मुलुक फर्कने सम्भावना छैन । हामी जुन कालखण्डमा उभिएका छौं, यसबारे हाम्रा सन्ततिले पढ्दा अचम्म मान्नेछन् । हाम्रा धेरै सन्तति त्यसै पनि नेपालमै बसेर हाम्रोबारे पढ्नेवाला छैनन् । पढ्दा तिनले के पाउनेछन् भने, तिनका पुर्खाहरू मुलुकमा कुनै अन्यायको सिकार नहुँदा पनि मुलुक बनाउनभन्दा मुलुक छोड्न तँछाड–मछाड गरिरहेका थिए ।श्रीमद्भगवद्गीतामा ‘यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः’ अर्थात् अगुवालाई समाजमा अरू व्यक्तिले अनुकरण गर्छन् भनिएको छ । त्यसैले एकातिर पातलाहरू ‘मोटा’ हुँदै जाँदा ‘मोटा’ ले जे गरे त्यही गर्ने सम्भावना हुन्छ अर्थात् आउने लामो समयसम्म पनि मुलुकमा सामाजिक पुँजीको निर्माण हुने सम्भावना कम छ, अर्कातिर ‘मोटा’ र पातला प्रजाबीचको सम्बन्धले समाजको राजनीतिक चाल निर्धारण गर्छ । धनसम्पत्ति कमाउनेहरू जथाभावी देखाउने र मोजमस्ती गर्ने गर्दै हिँडे अनि ती व्यक्तिहरूमध्ये धेरै राजनीतिक नेताका नातेदारहरू नै देखिए भने पातलाहरूले विद्रोह गर्ने सम्भावना धेरै हुन्छ र यसले समाजलाई गति लिन दिँदैन ।चिनियाँ नेता देङ स्याओपिङलाई मुलुकमा अशान्ति होला र चीनको विकास प्रक्रिया रोकिएला भन्ने डर धेरै थियो । पुँजीवादको चाल कस्तो हुन्छ भन्ने बुझेका देङ त्यसैले चीनले पुँजीवादी अर्थव्यवस्था अंगीकार गर्दा मुलुकभित्र असमानता बढ्दै जान्छ भन्नेमा विश्वास गर्थे । मुख्य कुरा मुलुकको आर्थिक उत्थानका लागि पुँजीवादी अर्थव्यवस्था निर्विकल्प छ तर सम्पन्न र विपन्नबीचको सम्बन्ध कसरी विकसित गराउने भन्नेमा शासकले एउटा कुशल कालिगडले जस्तो ध्यान दिनुपर्छ भन्ने देङको सोचाइ थियो । उनको ‘सुरुमा केही मान्छेलाई धनी बन्न दिऔं, पछि तिनैले अरूलाई सम्पन्न बनाउन नेतृत्व गर्छन्’ भन्ने उक्ति पनि प्रख्यात छ । हाम्रोमा पनि समाजको जे आवश्यकता छ, त्यो पूरा गर्न धनी मान्छेको सम्पत्ति खर्च गराउन राज्यले प्रेरित गर्नुपर्छ नत्र यसरी केन्द्रीकृत भएको पैसा बिस्तारै विदेशतिर जान्छ वा अनावश्यक तथा समाजलाई अस्थिर बनाउने उपभोगमा खर्च हुन्छ । यदि व्यक्तिहरू धनी भएका छन् तर उनीहरूले मुलुकको सामुदायिक सम्पत्तिको निर्माणमा योगदान दिएका छैनन् भने राज्यले के गर्न सक्छ ? यो प्रश्नको उत्तर सजिलो छैन । वास्तवमा विकासक्रममा राज्य र व्यक्तिको भूमिका कसरी निर्दिष्ट गर्ने भन्ने प्रश्न धेरै मुलुकमा अहिले प्रमुख वैचारिक प्रश्न हो । विकासको बाटो हाम्रो आर्थिक इतिहासको बाटो हेरेपछि अहिलेको स्थितिमा हाम्रो भविष्यका लागि मोटामोटी तीन मार्ग देखिन्छन् । एक, निजी क्षेत्र र सरकार दुवैलाई उत्तरदायी बनाउँदै निजी क्षेत्रको बचत वृद्धि गराउने । दुई, आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धिमा जोड दिने । तीन, यान्त्रिकीकरणको स्रोतका रूपमा विप्रेषणबाट आर्जित मुद्राको उपभोग बढाउने र मुलुकको विकासमा वैदेशिक रोजगारीको महत्त्वलाई मान्यता दिने । यी तीन पक्षलाई अलिक विस्तारमा हेरौं ।विकसित मुलुकमा निजी क्षेत्रको बचत र विकासको सम्बन्धबारे निकै छलफल हुन्छ । अमेरिकाको उदाहरण हेरौं । । रिपब्लिकनहरू करहरू घटाए निजी बचत बढ्छ र त्यसले पुँजीको निर्माण हुन्छ भन्छन् । असीको दशकका प्रभावशाली परम्परावादी (कन्जर्भेटिभ) चिन्तक तथा रोनाल्ड रेगनका प्रमुख आर्थिक सल्लाहकार प्राध्यापक मार्टिन फेल्डस्टाइनले अमेरिकी निजी बचत एक रुपैयाँले बढ्दा लगानी पचास पैसाले बढेको उदाहरण दिँदै निजी करमा कटौती गर्नुपर्ने तर्क गर्थे । उनी असीको दशकको अमेरिकाप्रति आशावादी थिए र उपभोग गर्ने बानी बढेर निजी बचत घट्दा पनि अन्तर्राष्ट्रिय पुँजी बजारमा भएका विभिन्न विकासले गर्दा पुँजीको प्रवाह संसारभरि नै सजिलोसँग बढ्दै गएको अनि अमेरिकाको उदार नीति तथा लगानी आकर्षण गर्न सक्ने क्षमताले गर्दा विदेशी लगानी बढेकाले पुँजीको निर्माण भैरहेको मान्थे । निजी क्षेत्रलाई कर घटाएर उनीहरूको निजी बचत बढ्दा अमेरिकालाई झन् फाइदैफाइदा हुन्छ भन्ने उनको मुख्य तर्क थियो । बिल क्लिन्टनका प्रमुख आर्थिक सल्लाहकार अर्थशास्त्री ल्यारी समर्सको मान्यता भने निजी क्षेत्रको बचत बढ्दा सरकारको बजेट बढेन भने पुँजीको निर्माण (अर्थात् क्यापिटल फर्मेसन) हुँदैन र विकास त्यसैले करसम्बन्धी नीतिको मात्र नतिजा हैन भन्ने थियो । हाम्रोजस्तो मुलुकका हकमा कर छुट दिँदा व्यक्तिले बचत गरेको पुँजी विदेश नजाने हो भने र त्यही बेला सरकारले लगानी कम नगर्ने हो भने बल्ल निजी क्षेत्रको बचत र मुलुकको विकासमा सकारात्मक सम्बन्ध देखिनेछ । विकासको दोस्रो पक्ष आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनेमा केन्द्रित छ । यो हेर्दा सरल देखिए पनि त्यस्तो छैन । हुन त तत्कालीन जंगीलाठ पद्मशमशेरले जुद्धशमशेर प्रधानमन्त्री हुँदा उनको सम्मानमा दिएको भाषणमा बिजुली निर्यात गरेर धनी हुने कुरा गरेका छन् भने, अर्थ तथा प्रधानमन्त्रीका रूपमा कीर्तिनिधि विष्टले सन् १९७० ताका नै मुलुकका आन्तरिक कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गरेर निर्यात गर्ने नीति आक्रामक रूपमा अघि सारेका हुन् । र पनि आजसम्म बिजुली भारतमा निर्यात गर्ने वा गिट्टीबालुवा लगायतका मुलुकभित्रका कच्चा पदार्थ भारत निर्यात गर्ने कुरा गर्यो भने विरोध गर्न अघि सर्ने जमातको कमी छैन । विष्ट अर्थमन्त्री हुँदा विश्व बैंकमा प्रमुख अर्थशास्त्री रहेका हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक होलिस चेनरीको अनुसन्धानको मुख्य निष्कर्ष निर्यातलाई लक्ष्य बनाएर अघि बढ्ने मुलुकहरू नै दिगो रूपमा विकसित भए भन्ने थियो । आयात प्रतिस्थापन र निर्यात एकअर्कासँग सम्बन्धित छन् भन्नेचाहिँ हाम्रा नीतिनिर्माताले पनि सत्तरीको दशकदेखि नै बिस्तारै बुझ्दै गएका थिए । उदाहरणका लागि, नेपालले मुलुकभित्र चुनढुंगाको प्रयोग बढाउने र सिमेन्ट निर्यात गर्ने लक्ष्य लिएर अघि बढेमा पहिला सिमेन्ट कसरी बनाउने भन्ने प्रविधि जान्नुपर्यो, सिमेन्ट उद्योगमा काम गर्ने जनशक्ति उत्पादन गर्नुपर्यो । त्यसो गर्न सुरुमा विदेशी पुँजी र जनशक्ति चाहिन्छ । अर्कातिर, आफ्नो देशमै यो क्षेत्रको प्रगति नभई निर्यात अघि बढ्न सक्दैन । तर त्यसका लागि मुलुकभित्र सुरुमा यी उद्योगको उत्पादनको खपत बढाउन आयात प्रतिस्थापन गर्ने नीति ल्याउनुपर्छ । त्यसैले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन सँगसँगै आउनुपर्ने विषय हुन् । अब विकासको तेस्रो पक्ष हेरौं । हाम्रोजस्तो मुलुकले सुरुआती निर्यातका लागि चाहिने विदेशी प्रविधिलाई पुँजी कसरी जुटाउन सक्छ ? दुई प्रमुख स्रोत छन् । एक, कृषिजन्य तथा अन्य प्राकृतिक स्रोतको उपयोग गरेर गरिने निर्यातबाट सिर्जित पुँजी र अर्को, विप्रेषण । विप्रेषणको कुरा आउँदा भने हाम्रै देशभित्र पनि नीति तथा बुझाइ त्यति सजिलो भएको छैन । विकसित मुलुकका अध्येताहरू पनि असीको दशकसम्म अर्थतन्त्रमा विप्रेषणको प्रभावबारे त्यति स्पष्ट थिएनन् । सन् १९८० को दशकमा विप्रेषणको अध्ययन गर्नेहरूले मुख्य गरी मेक्सिको, ल्याटिन अमेरिकाको स्थिति हेर्थे र यसले खासै राम्रो गर्दैन भन्थे । तर त्यसपछि बिस्तारै अर्थशास्त्रीहरूको ध्यान विप्रेषणको अप्रत्यक्ष प्रभावतिर पनि गयो । मेक्सिकोजस्तो देशमा विप्रेषणले वैदेशिक रोजगारीमा जाने परिवार मात्र नभई नजाने परिवारको पनि आर्थिक स्थिति उकासेका उदाहरणहरू देखिए । विदेश जानेका परिवारले खाद्यान्न र कपडा किन्दा, शिक्षा, पर्यटन तथा चिकित्साजस्ता सेवाहरू किन्दा अन्य स्थानीय बासिन्दा पनि उकासिए । हाम्रो मुलुकमा विदेशमा काम गर्ने परिवारको बचत बिस्तारै बढ्दै गएको देखिन्छ । २०६७/६८ सालको जीवनस्तर सर्भेमा विप्रेषण प्राप्त गर्ने परिवारको बचत दर ०.६ प्रतिशत देखिएकामा २०७१/७२ सालमा राष्ट्र बैंकले गरेको एउटा सर्भेमा बचतको दर २८ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा लगानी १.१ प्रतिशत देखिएको थियो । ती परिवारले सुरुमा सहरमा घडेरी किन्ने भएकाले सबैजसो जिल्लाका सदरमुकाममा जग्गाको मूल्य बढेको कुरा विभिन्न समाचारमा आएका छन् । जमिनदारहरू सम्भवतः मुलुकको विप्रेषणबाट सबैभन्दा बढी फाइदा उठाउने वर्गमा पर्छन् । उनीहरूले कमाएको पैसा औद्योगीकरणमा गएको भने देखिँदैन । विप्रेषण प्राप्त गर्ने परिवारको दोस्रो प्रमुख माग शिक्षा र स्वास्थ्यमा छ अनि यसको आपूर्तिकर्ता निजी क्षेत्रले केही फाइदा उठाएको छ । मुलुकमा चिकित्सकहरूको संख्या पनि बढेको छ र धेरैजसो सहरमा चिकित्सकहरू अहिले पनि सजिलै उच्च मध्यम वर्गको जीवन बिताउँछन् । जनताको आयु र पौष्टिक आहारको उपभोग पनि बढेको छ । तेस्रो, उपभोग्य सामग्रीको माग बढेको छ र त्यसका आपूर्तिकर्ताले धेरै फाइदा उठाएका छन् । तर माओवादी द्वन्द्व, औद्योगिक क्षेत्रको विकासप्रति सरकारी उदासीनता र नेताहरूमा अर्थतन्त्रको सही दिशासम्बन्धी सोच र विश्वासको अभावले उपभोग्य सामग्रीमा भएको मागको फाइदा भारत तथा अन्य देशका उत्पादकलाई र तिनका स्थानीय एजेन्टलाई भएको छ । यो तेस्रो पक्षलाई हेरेर विप्रेषण तथा अन्य उपायबाट सिर्जित बचतलाई उद्योग र अन्य सामाजिक पुँजीमा रूपान्तरण गर्न नसक्नु त्यसैले आजको अर्थतन्त्रको प्रमुख समस्या हो र हामी यसमा नतिजा निकाल्न चुकिरहेका छौं ।(सोमबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट । | ekantipur.com |
2,799,380 | अनुसन्धानको प्रक्रिया सबै पूरा भएको भए पनि सत्ता समीकरणको फेरबदलका कारण आयोगले मुद्दा दर्ता गर्न ढिलाइ गरेको हो ।
उनीहरू दुवैले कार्यालय समयपछि अख्तियारमा स्वयं उपस्थित भएर बयान दिएका हुन् । बस्नेतले २६ माघमा आयोग पुगेर बयान दिएका हुन् । २०७४ सालमा सूचना तथा सञ्चारमन्त्री हुँदा गैरकानुनी रूपमा टेरामक्स प्रणाली स्थापनाको निर्णय गरेको आरोप उनीमाथि छ ।
यस प्रकरणमा आरोपित अन्य पदाधिकारीसँगै तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि अख्तियारमा बयान दिइसकेका छन् ।
अर्याल हाल मुख्य सचिव र गुरुङ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त छन् । त्यस्तै, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल तथा प्राधिकरणकै उपनिर्देशक अच्युतानन्द मिश्रसँग पनि बयान लिइसकेको छ ।आजकाे मा ले लेखेका छन ।
उपकरण खरिद प्रक्रिया सुरु हुँदा बस्नेत र सम्झौता हुँदा कार्कीले निर्णयाधिकारीका रूपमा काम गरेका थिए । विदेशबाट आउने फोन÷कल नियमन एवं अवैध कलबाइपासबाट हुने राजस्व छली नियन्त्रण गर्ने भन्दै ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) जडान गर्ने योजनामन्त्री बस्नेतका पाला अघि बढेको थियो । जबकि, कानुन नबनाई फोन कल, एसएमएसलगायत माध्यमको निगरानी (मनिटरिङ) र नियन्त्रण (कन्ट्रोल) गर्न नपाउनेगरी तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासले २०७२ माघ २१ मा परमादेश जारी गरेको थियो । सर्वोच्चको परमादेशविपरीत मन्त्री बस्नेतको अग्रसरतामा टेरामक्स उपकरण खरिद योजना अघि बढेको थियो । उनले प्राधिकरणको वार्षिक बजेटमा समावेश गर्न निर्देशन दिएपछि २०७४ असोज १ मा बसेको प्राधिकरण बोर्डले ३ अर्ब २५ करोड रुपैयाँ लागत स्वीकृत गरेको थियो । बोर्डले बजेट स्वीकृत गरेको १६ दिनपछि अर्थात् असोज १७ मा मन्त्रालयले सो प्रस्ताव स्वीकृत गरेको थियो । निर्णय प्रक्रियामा सचिव गुरुङ र मन्त्री बस्नेतबाट चरणबद्ध रूपमा फाइल सदर भएको देखिन्छ । २० असोज २०७४ मा आशयपत्र माग भएपछि विभिन्न १६ कम्पनीको आवेदन परेको थियो । प्राधिकरणले विजयकुमार रायको संयोजकत्वमा समिति बनाएर ती कम्पनीका निवेदनमाथि अध्ययन गरेको थियो । समितिको मूल्यांकनपछि भेनराइज सोलुसन्स लेबनान, एसजीएस एसएस जेनेभा, टीकेसी टेलिकम इंक क्यानडा र एनसफ्ट लिमिटेड हङकङलाई ‘सर्टलिस्टिङ’ गरिएको थियो । टेरामक्ससम्बन्धी सम्पूर्ण कार्य गर्न भेनराइसले २ करोड ३७ लाख ७० हजार अमेरिकी डलर प्रस्ताव पेस गरेकामा हङकङको टीकेसीले त्योभन्दा कम अर्थात् १ करोड १५ लाख डलर प्रस्ताव गरेको थियो । तर, मूल्यांकन समितिले ८६.२७ अंकसहित पहिलो बनाएर साइप्रसमा दर्ता भई लेबनानमा कार्यालय रहेको भेनराइजलाई छनोट गरेको थियो । भ्वाइस, एसएमएस र डेटाको ट्राफिक मनिटरिङ, फ्रड डिटेक्सन र सेवा गुणस्तर जाँच गर्न भन्दै सामग्रीसमेत ल्याइसकेको प्राधिकरणले हाल जडानका लागि दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरेको थियो । अतिसंवेदनशील मानिने टेरामक्स प्रविधि नियामक निकायका रूपमा रहेको प्राधिकरणले राख्न नहुने तर्क दूरसञ्चार कम्पनीको थियो । टेरामक्स यस्तो प्रविधि हो, जसमा सेवा प्रदायक कम्पनीका ग्राहकको सबै किसिमको रेकर्ड, एक व्यक्तिले अर्को व्यक्तिलाई लेखेको म्यासेजको रेकर्ड, कसले कसलाई कल ग¥यो र के भन्यो भन्नेजस्ता सबै रेकर्ड रहन्छ । प्राधिकरणले पनि यो टेरामक्स प्रविधि जडान गरेपछि सबै सेवा प्रदायकका सिस्टमको रेकर्डदेखि ती सेवा प्रदायकका ग्राहकका सम्पूर्ण किसिमका रेकर्ड राख्न सक्ने प्रविधि हो । तर, नियामक निकायले ग्राहकका सबै रेकर्ड राख भनेर भन्ने र समयसमयमा रेकर्ड राखेको–नराखेको अनुगमन गर्ने काम गर्नुपर्नेमा आफैंले सबै रेकर्ड राख्न लागेको भन्दै दूरसञ्चार कम्पनी अर्थात् सेवा प्रदायकले प्राधिरणको कदमप्रति असहमति जनाएका थिए । ‘टेरामक्स प्रविधि चीन, उत्तर कोरिया, बंगलादेशलगायत केही देशले मात्र चलाइरहेका छन् ।’ दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भ्वाइस तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भ्वाइस, डेटाको कुल भोल्युम परीक्षण गर्ने एक खालको प्रविधि हो । यस प्रविधिले ट्राफिक व्यवस्थापन तथा अनुगमन, नेटवर्किङ मनिटरिङ र अवैध गतिविधिको व्यवस्थापनको काम गर्छ । टेरामक्सले अपरेटले घोषणा गरेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भ्वाइस कल र एसएमएसको कुल भोल्युमको परीक्षण गर्छ । अपरेटरले पहिचान गर्न नसकेको कल र एसएमएसलाई पूर्ण रूपमा नियन्त्रण गर्छ । यसले युरोपियन टेलिकम्युनिकेसन स्ट्यान्डर्ड इन्स्टिच्युट तथा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनले निर्धारण गरेअनुसार सेवाको गुणस्तर पनि परीक्षण गर्छ । अपरेटरको नेटवर्क रेगुलर गाइडअनुसार भए–नभएको पनि परीक्षण गर्छ । कल बाइपासलगायत टेलिकममा हुने विभिन्न खाले अवैध गतिविधिलाई नियन्त्रण गर्छ । अपरेटर अथवा भीओआईपी कल बाइपासलगायतका अवैध गतिविधिबाट हुने अर्बौंको क्षति न्यूनीकरण गरी राजस्व वृद्धि गर्न मद्दत गर्छ । १ टेरामक्स प्रविधिको खरिद प्रक्रियामा अध्ययन प्रस्ताव, नीतिगत निर्णय गरेको देखिँदैन । लेखा समितिलाई मूल सम्झौतापत्र उपलब्ध नगराएको अवस्था छ । २. भुक्तानी ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट भएको देखिन्छ । सिद्धान्त यो रकम खर्च गर्न पाउने हो कि होइन ? कुन विधिबाट यो पूरक बजेट स्वीकृति भयो ? यो प्रक्रियामा संलग्न पदाधिकारी को–को हुन् ? के निर्णय भएको थियो भन्ने पाइँदैन । ३. राजस्व बढ्ने आधार केके हुन् ? संस्थालाई नाफा कसरी हुन्छ । उल्लेख भएको पाइँदैन । भन्सारमा केही अंश आयातकर्ताले तिर्नुपर्ने के कस्तो अवस्था आइलाग्यो उल्लेख छैन । ४. यो प्रविधि टेलिकम कम्पनीले सञ्चालनमा ल्याएकै छन् । ती भने ती संस्थाले मोनिटरिङ, अनुगमन, मूल्यांकनको निर्देशन दिने नियमक निकायलाई नै यस्तो प्रविधिको आवश्यकता किन प¥यो भन्ने उल्लेख भएको पाइँदैन । ५. यस प्रणालीमा राजस्व चुहावटलाई नियन्त्रण गर्ने प्रविधि के छन् उल्लेख भएको पाइँदैन । ६. सर्वोच्च अदालतको निर्देशानात्मक आदेशको पालना गरेको देखिएन । आदेशको पुनरावलोकनमा जाने वा नजाने कुनै निर्णय बोर्डले गरेको देखिएन । ७. नागरिकको गोपनीयता भंग गर्ने वा अपराध अनुसन्धान गर्ने भूमिका नियामक निकायको कस्तो भूमिका हुन्छ उल्लेख भएको पाइएन । ८. जास कम्पनीको साइनाथ नायडु ठेक्का प्रक्रियामा कागजात तयार गर्ने विज्ञका रूपमा नियुक्त गरेको देखिन्छ । पछि उनै व्यक्ति स्वीट्जरल्यान्डको एसजीए होल्डिङ र एजीका प्रतिनिधि भएर आएको देखिन्छ । सर्त टेन्डरकै दौरानमा बारम्बार परिवर्तन भएको देखिएको छ । तत्कालीनमन्त्रीका सचिवालयमा सदस्य नै टेरामक्स प्रविधिको बजार व्यवस्थापनमा रहेको देखिएको छ । लागत आधार (स्पेसिफिकेसन) बनाउने विज्ञ नै सप्लायर्ससँग संलग्न भएको देखिएको छ । औचित्य नखुलाई अत्यन्तै बढी लागत अनुमान गरेको देखिएको छ । अल्जेरिया र इराकमा सोही कम्पनी यही प्रविधि न्यून मूल्यमा उपलब्ध गराएको देखिन्छ । त्यसको तुलनामा र बजारको विश्लेषण नगरी प्रक्रिया किन अघि बढाइयो उल्लेख गरिएको देखिँदैन । ९. अख्तियारको पत्रपछि ठेक्का व्यवस्थापनामा मिलेमतो भनी प्राधिकरणले रद्द गरेको देखिन्छ । तर, सर्वोच्चको फैसलापछि कुनै विश्लेषण नगरी ठेक्का बन्दोवस्त गरेको देखिन्छ । १०. ठेक्का व्यवस्थापन गर्दा ६ वटा अपरेटर र सातवटा गेटवेको एन्टी फ्रन्ट सिस्टम डाटा क्याप्चर गर्ने गरी गरेको हो । तर, सम्झौता गर्दा दुईवटा अपरेटरमा सीमित भएको देखिन्छ । सोअनुसार मूल्यमा कुनै परिवर्तन भएको देखिएन । ११. यो प्रणाली सफ्टवेयर भएको र भुक्तानी स्थानीय मुद्रामा गर्नुपर्ने देखिन्छ । सफ्टवेयरको भुक्तानी स्थानीय मुद्रामा गर्दा कर छलिएको हुन सक्ने सम्भावनाको अनुमान गर्न सकिन्छ । तर, सम्झौता डलरमा गरिएको देखिन्छ । स्थानीय मुद्रामा डलरमा सटही गर्दा समयको परिवर्तन र बजार भाउमा फरक परी करिब ५० करोड नोक्सानी हुने देखिन्छ । १२. लेवनानको कम्पनीको ठेगाना साइप्रस भनी राखेको देखिएको छ । केही भुक्तानी दुबईमा गरेको देखिन्छ । बाँकी भुक्तानी कहाँ र कति भयो भन्ने पूर्ण कागजात देखिँदैन । १३. ठेक्का प्रक्रियामा ई–बिडिङ गर्नु अनिवार्य हो । तर, यो प्रक्रियामा ई–बिडिङ गरेको देखिँदैन । १४. विमानस्थल भन्सार कार्यालयले आयात गरेका सामानको प्रश्न उठाई राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणलाई पत्राचार गरेको देखिएको छ । आयातीत सामान भन्सारमा सम्बन्धित कम्पनीको हो । तर, भन्सार छुटाउने कार्यमा प्राधिकरणको सक्रियता किन आवश्यक प¥यो भन्ने प्रश्न गर्न सकिन्छ । १५. विदेशी भुक्तानी दिनुपर्दा राष्ट्र बैंकको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर, नबिल बैंकले गरेको भुक्तानीमा राष्ट्र बैंकको स्वीकृति देखिँदैन । यससम्बन्धित सम्पूर्ण प्रक्रियालाई हाललाई यथास्थितिमा राख्दै उल्लेखित विषयसहित सो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म सम्पादित कार्य सूक्ष्म विश्लेषण तथा अनुसन्धान गरी सैद्धान्तिक, नीतिगत र सर्वोच्चको परामादेशसहित उल्लंघन भएको समितिको ठहर छ । ‘शीघ्र निष्कर्षमा पुग्न ३० दिनभित्र प्रगति विवरण समितिमा उपलब्ध गराउन र अधिकारको दुरुपयोग भएको देखिएमा राज्यलाई हानिनोक्सानी हुने कार्य गरे गराएकोमा सम्बन्धितलाई हदैसम्मको कारबाहीका लागि माग दाबीसहित कानुनबमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन्छ,’ लेखा समितिले भनेको छ । | purbelinews.com |
4,653,458 | सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । प्रतिनिधिसभाबाट यही असार १३ गते आगामी आवको बजेट पारित भएको थियो । सरकारले गत जेठ १५ गते संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । | capitalnepal.com |
5,249,208 | चाङ चिङको एक मोटर छ । उनको विचारमा सार्वजनिक यातायात साधन सुरक्षित, हरित र सहज छ । उनी सार्वजनिक यातायातका साधन प्रयोग गर्दा आनन्द मान्छिन् । साथै लाइसेन्स प्लेट नम्बरको अन्तिम अङ्कबमोजिम यातायात प्रतिबन्ध गर्ने सम्बन्धमा पेइचिङले लागू गरेको नीति उनी कार्यान्वयन गर्छिन् । बिहान आठ बजे कम्पनी नजिकै बस्ने पाउ यिङले मोबाइल फोनद्वारा एक शेयर्ड साइकलको क्वूआर कोड स्क्यान गरिन् र साइकल चढेर आफ्नो कम्पनीतिर गइन् । काम गर्ने बाटोमा हिँडेकी उनले एक सुविधा स्टोरबाट खाजा किनिन् । उनी निकै खुसी हुन्छिन् । किनभने, उनले भुक्तानी सफ्टवेयरमा सङ्कलन गरेको हरित ऊर्जाले मरुभूमिमा बिरुवा दान गर्न निवेदन गर्नसक्छिन् । हाल कम कार्बन, ऊर्जाको किफायत, वातावरणीय संरक्षणको जीवनशैली हरेक चिनियाँको खाना, कपडा, आश्रय र यातायात अर्थात् जीवनका आधारभूत आवश्यकतामा फैलिएको छ । सर्वसाधारणको जीवनशैलीको परिवर्तन चीन सरकारले प्रस्ताव गरेको कम कार्बनको विकास धारणालाई सबैले अँगालेका छन् । अगस्ट २५ को दिन चीनको राष्ट्रिय कम कार्बन दिवस हो । सन् २०१३ मा नागरिकलाई जलवायु परिवर्तनबारे जानकारी दिन, कम कार्बन विकासको धारणा र नीतिबारे प्रचार–प्रसार गर्न, नागरिकलाई हरितगृह ग्यासको निष्कासनको नियन्त्रण गर्ने कार्यमा संलग्न हुन प्रोत्साहन गर्नका लागि चीनको राज्य परिषद्ले ‘राष्ट्रिय कम कार्बन दिवस’ तोकेको हो । हाल बत्तीको प्रयोग गरेपछि तुरुन्तै बन्द गर्नु, पानीको पुनःप्रयोगमा ल्याउनु, ऊर्जाको किफायत गर्नु, डिस्पोजेबल प्लास्टिक वस्तुको कम प्रयोग गर्नु, आवश्यकताबमोजिम खाद्य–पदार्थको अर्डर गर्नु, रेस्टुरेन्टमा आफूले खाएपछि बाँकी रहेको खाना पोको पारेर घरमा ल्याउनु, फोहोरको वर्गीकरण गर्नु आदि बानीहरू चिनियाँ सर्वसाधारणको जीवन शैली बन्न थालेको छ । समग्र समाजको प्रयासमा सानो परिवर्तनले ठूलो उपलब्धि हासिल गर्नसक्छ । चीनले आर्थिक वृद्धिमा परम्परागत ऊर्जा स्रोतमा निर्भर भएको अवस्थाबाट नवीकरणीय ऊर्जा स्रोततर्फ विकास गरेको ‘ऊर्जा स्रोत क्रान्ति’ साकार तुल्याएको छ । सन् २००५ देखि २०२० सम्मको १५ वर्षमा चीनको जीडीपी करिब साढे चार गुणाले बढेको छ । सो अवसरमा कार्बन तीव्रता ४८.४ प्रतिशतले घट्नुका साथै गैर जीवाष्म ऊर्जाको अनुपात ७.४ प्रतिशतबाट १५.९ प्रतिशतसम्म बढेको छ । चीनमा हावा र सौर्यलगायत सफा ऊर्जाहरू वृद्धि भएका छन् । फोटोबोल्टिक र हावा ऊर्जाको स्थापित क्षमता र बिजुली उत्पादन सबै विश्वको पहिलो स्थानमा पर्दछ । चीनले सफा र कम कार्बन ऊर्जा प्रणालीको निर्माणमार्फत चिनियाँ आर्थिक वृद्धि शैली हरियो र कम कार्बन मोडसम्म रूपान्तरण गरिरहेको छ । सन् २०२० को सेप्टेम्बरमा संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभामा चीनको कार्बनडाइअक्साइड उत्सर्जन सन् २०३० अघि शिखर पुग्ने र सन् २०६० अघि कार्बन तटस्थतामा पु¥याउने चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले घोषणा गर्नुभएको थियो । यो मानवको भाग्य निर्माण गर्ने र दिगो विकासका लागि चीनले गरेको महत्वपूर्ण काम हो । ऊर्जाको विकासले चीनको आर्थिक तथा सामाजिक विकास र जनजीवनको सुधारका लागि दृढ आधार तयार गरेको छ । तर, चिनियाँ पर्यावरणीय सभ्यता निर्माणका लागि ऊर्जा र वातावरणको हरियो तथा सामञ्जस्यपूर्ण विकासको आवश्यकता छ । जल, सौर्य र वायु ऊर्जाको आपूर्ति प्राकृतिक परिस्थितिबाट धेरै प्रभावित छ र त्यसको भण्डारण गर्ने प्रविधिको सुधार गर्नुपर्छ । चीनले कडा मेहनत गर्नुपर्छ । जलवायु परिवर्तन र ऊर्जा संरचनाको सुधारमा चीनले विश्वका जनतालाई जिम्मेवारीबोध बनाइसकेको छ । साथै, कार्बन पीक तथा कार्बन तटस्थसम्बन्धी बचनबद्धता लागू गर्दै चीन पनि जिम्मेवारीबोध भएर अगाडि जानेछ । | onlinemajdoor.com |
5,804,513 | सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ । लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत राजेशकुमार झाले जानकारी दिए । वडा सदस्य रायको ७० वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । उनले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको बताए । गाउँपालिका तथा मातहतका कार्यालय (अति आवश्यक सेवाबाहेक) आज बन्द रहने गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । दिवंगत रायको दुई छोरा, दुई छोरी र श्रीमती छन् । दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सद्गत गरिने वडा नं ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले बताए । | baahrakhari.com |
3,593,056 | थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै काठमाडौं । संक्रमणकालिन न्यायसम्बन्धि कानूनलाई संशोधन गर्न संसदमा विचाराधिन विधेयकका त्रुटीपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ । शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यलय अगाडि आम द्वन्द्वपीडित र मानवअधिकार काठमाडौं । श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताउनुभएको छ । शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेश काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलो सुनको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको कठिन समयले निजी क्षेत्रको सहकार्य माग गरिरहेको बताउनुभएको छ । बिहीबार अध्यक्ष ढकालले महासंघको नेतृत्व लिएर १०० दिनमा गरेका कामको काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरू भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनाक बैठक सुरु भएको हो । गत बुधबारदेखि जारी बैठकमा पार्टी अध्यक्ष एवं पुष्पकमल काठमाडौं । देवघाटस्थित त्रिशुली र कालीगण्डकीको संगमबाट बगेर एक जना बेपत्ता भएका छन् । बेणी सङ्गममा कालीगण्डकीले बगाएर दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका हुन् । | imagekhabar.com |
1,054,395 | २०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर चितवनमा सवारी दुर्घटनामा ६ महिनाको अवधिमा ५५ जनाको मृत्यु भएको छ । अधिकांश दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ । जिल्ला ट्राफिक कार्यालय भरतपुरले साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा ५५ जनाको ज्यान जनाएको छ । जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले चितवनमा ६ महिनामा १०० वटा सवारी दुर्घटना भएको बताए । ‘यी दुर्घटनामा ५५ जनाले अनाहकमै ज्यान गुमाए’ ट्राफिक प्रमुख पन्तले भने । सबैभन्दा बढी दुर्घटना नारायणगढ–मुग्लिन सडकखण्डमा भएको उनले बताए । जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको छ । ‘सवारी चालकले १० प्रतिशतमात्र गति घटाउने हो भने दुर्घटनामा ३८ प्रतिशतले कमी आउने हाम्रो आंकलन छ’ पन्तले भने । चितवनमा पुस महिनामा भएका दुर्घटनामा मात्र पाँच जनाको ज्यान गएको छ । चालकले मादक पदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रमुख पन्तले बताए । यसबाहेक तनाव, उत्तेजना, सडकको दूरवस्था र पुराना सवारी साधनका प्रयोगले दुर्घटना बढेको उनले बताए । सडक दुर्घटनाको अवस्था र न्यूनीकरणको अध्ययन गरिरहेका नेपाल अटो मोबाइल्स एशोसियसनका केन्द्रीय महासचिव गोविन्द भट्टराईले नारायणगढ–मुग्लिन सडकखण्डमा बिहानको समयमा सवारी दुर्घटना हुने गरेको बताए । उनले बिहान चालकलाई धेरैभन्दा धेरै सावधानी अपनाउन सुझाव दिए । चितवनमा भएका ८२ प्रतिशत दुर्घटना नारायणगढ मुग्लिन सडकमा हुने गरेको ट्राफिक कार्यालयले जनाएको छ । अत्यधिक सवारी साधनको आयतका कारण पनि नेपालमा सडक दुर्घटना बढेको भट्टराईले बताए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ६० प्रतिशत दुर्घटना सवारी नियम पालना नगरेर भइरहेको बताए । चालकको असंयता र सवारीचापका कारण पनि दुर्घटना बढिरहेको प्रजिअ भट्टको भनाइ थियो । चितवनमा आर्थिक वर्ष २०७३/०७४ मा १६३ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । सो आर्थिक वर्षमा २५८ वटा सडक दुर्घटना भएको र सोही दुर्घटनामा परी १६३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सात लाख जनसंख्या रहेको चितवनमा एक लाख ४८ हजार सवारी साधनको चाप छ । जिल्लामा सडक दुर्घटना बढ्दै गए पनि दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीमा जनशक्ति अभाव रहेको ट्राफिक प्रमुख पन्तले बताए । जिल्ला ट्राफिक कार्यालय भरतपुरको मातहतमा ४९ जना ट्राफिक प्रहरीहरु रहेका छन् । ४९ जनाले मुग्लिनदेखि लोथर र माडीसम्म पुग्नुपर्ने बाध्यकारी अवस्थाका कारण दुर्घटना न्यूनीकरण गर्न समस्या भइरहेको प्रमुख पन्तको भनाइ थियो । उनले सवारी साधन कति किलोमिटर गुड्यो भन्ने चेक गर्ने यन्त्रसमेत सरकारले उपलब्ध गराउन नसकेको गुनासो गरे । | makalukhabar.com |
5,692,100 | महोतरीमा गोली प्रहार गरी फरार भएकालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी औरही–४ शेरा स्थित सिंहासनीबाट शेरा तर्फ आउने जाने भित्री ग्राभेल सडकमा बर्दिबासका २८ वर्षीय रोशन कोईरालामाथि गोली प्रहार गर्ने बर्दिबास –३ का ३० वर्षीया सन्तोष यादबलाई प्रहरीले पक्राउ गरेको हो । कोइराला ज.१२ प. १९११ नं. को मोटरसाईकलमा गईरहेको अबस्थामा सुजुकी जिक्सर मोटरसाईकलमा यादब गोली प्रहार गर्दा कोईरालाको दाहिने हात तथा दाहिने साईडको कम्मर माथीको भागमा गोली लागेको थियो ।गोली प्रहारबाट सख्त घाईते बनाएको र उक्त घटनास्थलमा फायर गरिएको गोलीको २ थान खोका र १ थान बुलेट बरामद भएको थियो । घटनामा संलग्न सन्तोष यादवलाई गोप्य रूपमा सुराक पत्ता लगाई खोजतलाश गर्ने क्रममा बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ । | ejanakpuronline.com |
4,254,840 | दोलखाको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्। उनले १ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्। कार्कीलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत ल्याएर तेस्रो स्थानमा छन्। दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मंसिर ४ गते दोलखाका विभिन्न स्थानमा मतदान स्थगित भएपछि यही हिजो १५ गते निर्वाचन आयोगले पुन: मतदान गराएको थियो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
2,821,810 | ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताए । ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको उनले बताए । गत शनिबार घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका एक सय ८० जना विरामी भएका थिए । चिर्तुङ्गधाराका एक सय ३५ र प्यूठानबाट जन्ती आएका ४५ जना बिरामी भएको बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । | newskarobar.com |
6,384,998 | नेपालगन्ज ३ जेठ : पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ६७ जना कोरोना संक्रमित निको भएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६ सय ५३ जनाको पीसिआर र ४ सय ३४ जनाको एन्टीजेन परीक्षण गर्दा थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसिआरबाट ९ हजार १ सय ९८ र एन्टीजेन परीक्षणमा ४९ जना संक्रमित पुष्टि भएका हुन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । देशभर ७०८ जना व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ सय १४ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ । यस्तै मन्त्रालयका अनुसार देशभर हाल एक हजार ६ सय ५९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । एक हजार २ सय ५९ जना आइसीयू र ४ सय जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि आईतबार एक हजार ६ सय ९३ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए । | setokhari.com |
627,904 | जीवनमा सच्चा तथा समर्पित प्रेमको ईच्छा हर कसैलाई हुन्छ । प्रेम प्रकृतिको सुन्दर कल्पना हो । प्रेमबाट नै आत्मयि सुख प्राप्त हुन्छ । वेदिक ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई प्रेमको कारक ग्रह मानिन्छ र प्रेम भनेको धेरै माया, रमाइलोपन, एकअर्को मा डुब्नु वा हराउनु ,एक अर्कालाई बुझ्नु हो । यसमा शारीरिक तथा मानसिक दुवै सामिप्यता हुने गर्दछ । जन्म कुण्डलीमा पंचम भावलाई प्रेमको घरको रुपमा लिने गरिन्छ । यदि शुक्र पंचम भावको छ भने प्रेम विवाह नै हुन्छ । तर सफल प्रेम विवाह हुन कुण्डलीमा पंचम बाहेक सप्तम ,नवम्, लग्न, तृतीय, चतुर्थ भाव, एकादश भावमा शुक्र भए पनि हुन्छ । यसमा पनि महत्वपुर्ण कुरा हो भने मंगल ग्रह जसले व्यक्तिको इच्छा शक्तिलाई जनाउँछ । मंगलको दृष्टि शुक्र ग्रहमा पर्न गयो भने पनि प्रेम विवाह योग हुन्छ । कुण्डलीमा १२ भाव हुन्छन् । जसमध्ये पञ्चम भावबाट प्रेम तथा सप्तम भावबाट विवाह हेरिन्छ । चिना तथा कुण्डलीमा पञ्चमेष तथा सप्तमेषको आपसमा राशि परिवर्तन, यूक्ति तथा दृष्टि सम्बन्ध छ भने प्रेम विवाहको सम्भावना अधिक हुन्छ । यसै प्रकार पञ्चमेष सप्तम भावमा तथा सप्तमेष पञ्चम भावमा राशि परिवर्तन गरी बसेको भए पनि प्रेम विवाह हुन्छ । यदि पञ्चमेषको नक्षेत्र तथा सप्तमेषको नक्षत्र राशि परिवर्तन गरिरहेको छ भने पनि प्रेम विवाह हुन्छ । काल पुरुषको कुण्डलीमा मंगल यानिकी मेष लगनको कुण्डलीमा मंगल पुरुष ग्रह हो । त्यस्तै सप्तमेष तुला शुक्र स्त्री ग्रह हो । कुण्डलीमा मंगल तथा शुक्रको आपसमा सम्बन्ध बन्छ भने प्रेम विवाह हुन्छ । किनकी मंगल तथा शुक्रको सम्बन्धबाट कामुकतामा वृद्धि हुन्छ तथा व्यक्ति कामुक हुन्छ । मंगल पुरुष शक्तिको प्रतिक हो भने शुक्र प्रेम को प्रतिक हो । यी दुईको एक आपसमा सम्बन्ध, दृष्टि सम्बन्ध तथा राशि परिवर्तन भयो भने प्रेम विवाह हुन्छ । यदि कुण्डलीमा शुक्र स्वराशि तथा उच्चराशिमा भए पनि प्रेम विवाहको सम्भावना अधिक हुन्छ । | lokpath.com |
6,017,705 | २०८१ साउन ८ मंगलबार चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन् । सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेका हुन् । सिसिटिभी नचल्दा बजार क्षेत्र र सडक वरिपरी हुने चोरी, तोडफोड र सवारी दुर्घटना अनुसन्धानमा प्रहरीलाई समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार जिल्लामा ३७ वटा सिसी क्यामेरा जडान भएकोमा २० वटा क्यामरा बिग्रिएका छन् । जिल्लाका केन्द्रीय बसपार्क, हाकिमचोक, चौबीसकोठी, बीरेन्द्र क्याम्पसचोक, लायन्सचोक, सहिदचोक, पुलचोक, आँपटारी, मुग्लिङलगायत अन्य विभिन्न क्षेत्रमा ३७ वटा क्यामेरा जडान भएका छन् । त्यसमध्ये २० वटा क्यामेरा सञ्चालनमा छैनन् । क्यामेरा बिग्रेको महिनौँ हुँदा पनि मर्मत गरिएको छैन । “सञ्चालनमा रहेका१७ वटा क्यामेरा पनि राम्रो गुणस्तरका छैनन् । जसको कारण सडक दुर्घटनामा गाडीको नम्बर पत्ता लगाउन कठिन छ”, पण्डितले भने, “हामीले भरतपुर महानगरपालिकासँग समन्वय गरेर क्यामरा मर्मतको काम त समय समयमा गर्दै आएको छौँ ।” भरतपुर महानगरपालिकाका शाखा अधिकृत झलक श्रेष्ठले महानगरले क्यामेरा जडानको निर्णय नगरेको तर बिग्रेको क्यामेरा मर्मत जिल्ला प्रहरीसँग समन्वय गरेर गर्दै आएको छ । | sunaulonepal.com |
4,225,897 | उत्तरपश्चिमी नाइजेरियामा १ सय १० जना किसानको आमहत्या गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सुरुमा ४३ जना मारिएको बताइए पनि पछि मृतकको संख्या १ सय १० रहेको जनाइएको हो। नाइजेरियाको द्वन्द्वप्रभावित बोर्नो राज्यको राजधानी माइदुगुरीको कोशोबेमा शनिबार किसानको आमहत्या गरिएको हो। राष्ट्रसंघको मानवीय सहायताका नाइजेरिया संयोजक एडवार्ड कालोनाका अनुसार मोटरसाइकलमा आएका हतियारधारीहरुले खेतमा काम गरिरहेका किसानमाथि नृशंस आक्रमण गरेका थिए। तीमध्ये १ सय १० जनाको नृशंस हत्या गरिएको थियो भने केही घाइते भएका छन्। केहीलाई भने अपहरण गरिएको छ। निर्दोष सर्वसाधारणविरुद्ध यसवर्षकै सबैभन्दा ठूलो हिंसाको घटनाका रुपमा यसलाई लिइएको छ। यो घटनाको कसैले जिम्मेवारी नलिए पनि लडाकू समूह बोको हरामको संलग्नता भएको आशंका गरिएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
4,578,335 | नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ । नेपाल आयल निगमलाई मंगलबार भारतीय आयल निगमबाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजल र मट्टीतेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर प्राप्त भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा साढे ८ रुपैयाँले बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । उनकाअनुसार असार ३१ गतेबाट लागू भएको स्वचालित मूल्य प्रणालीअनुसार नै मंगलबार नै इन्धनको मूल्य समायोजन हुनेछ । निगमको परल मूल्यमा सो मूल्यमा भ्याट हिसाब गरेर पेट्रोल र डिजल तथा मट्टीतेलमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार नै मूल्य तोक्ने तयारी गरेको उनले बताए । जसअनुसार डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँ हाराहारीले महँगो हुनेछ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले डिजल पेट्रोलमा लिटरमा २ प्रतिशत मात्रै नाफा राखेर मूल्य तोक्न पाउँछ । यस्तै, खाना पकाउने ग्याँसमा भने नाफा नराख्ने कार्यविधि छ । | hamrobiratnagar.com |
6,293,914 | निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दिगो विकास समाज लैनचौर सबैभन्दा कम २० पर्यवेक्षक खटाउन अनुमति पाएका छन् । पर्यवेक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति प्रदान गरिएको छ । लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । पर्यवेक्षणको अनुमति पाउने अन्तर्रा्ष्ट्रिय संस्थामा द कार्टर सेन्टर, युरोपेली सङ्घ, एशियन नेटवर्क फर फ्री इलेक्सन र अनकावा इन्टरनेसले पनि पर्यवेक्षणको अनुमति पाएका छन् । सङ्घले लामो अवधिमा १९ पर्यवेक्षक र कार्टर सेन्टरले पाँच पर्यवेक्षक खटाउनेछन् । | aajakonews.com |
3,829,721 | साढे दुई वर्षभित्र झोलुंगे पुल निर्माण सम्पन्न गर्ने गरी २०७६ वैशाख २६ मा ठेक्का सम्झौता भएको थियो। कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले तीन करोड ५० लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो। तर निर्माण व्यवसायी वसन्त बुढाथोकीको लापरवाहीका कारण अहिलेसम्म पुल निर्माण नभएको स्थानीय बासिन्दा बताउँछन्। स्थानीय सरकारले पुल निर्माणका लागि दबाब दिनुको सट्टा डुंगा बनाउन सघाइरहेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नै नयाँ डुंगा बनाउन आर्थिक सहयोग गरेको छ। पुल निर्माण गर्ने म्याद सकिएको दुई वर्ष नाघिसकेको छ। पुल कहिले निर्माण हुन्छ भन्ने टुंगो अझै लागेको छैन। बरु स्थानीय बासिन्दा डुंगामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्। हलेसी तुवाचुङ नगरपालिका-२, डिकुवाका बासिन्दाले दैनिक सुनकोशीमा ओहोरदोहोर गर्नुपर्छ। डिकुवाको बाईटारका ११० परिवार उदयपुरको कटारी नगरपालिका-१० चिपटार भएर आवतजावत गर्न सुनकोशी तर्छन्। “नुनतेल ल्याउन पनि कटारी आवतजावत गर्नपर्छ,” स्थानीय सुनकोशी प्राविका प्रधानाध्यापक विशाल राई भन्छन्, “दैनिक डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्छ।” बाईटारबाट नदी तरेपछि उदयपुरको चिपटार-बेतेनी हुँदै कटारी पुग्न सकिन्छ। कटारी पुगेर आवश्यक सामग्री ल्याउन सबैभन्दा छोटो दूरी भएकाले डिकुवाका बासिन्दा डुंगाबाट सुनकोशी तर्ने गरेको स्थानीय निर्पबहादुर राई बताउँछन्। सुनकोशीको वारिपारि सडक बनिसकेको छ। सुनकोशीमा डुंगामै सरसामान पनि तार्ने गरेका छन्। डिकुवासँगै बाईटार, बलुई, टारगाउँ, डिकुवा, दाम्ली लगायत गाउँका बासिन्दा पनि डुंगाकै भरमा रहेको राई बताउँछन्। हिउँदमा डुंगा चले पनि वर्षातमा भने आवतजावत नै बन्द हुने गरेको स्थानीय बासिन्दा सुनाउँछन्। सुनकोशीमा बाढी आउने गरेकाले डुंगा चलाउन नसकिने उनीहरूको भनाइ छ। निर्माणाधीन झोलुंगे पुलको उदयपुरतर्फको पिलर २०७९ चैत १० मा ढलेको थियो। त्यसपछि पुल निर्माणको काम ठप्प भएको हो। यो क्षेत्रका प्रदेश सभा सदस्य भूपेन्द्र राईले सबैले दबाब दिएपछि पुल निर्माणको काम पुनः शुरू गर्न ठेकेदार सहमत भएको बताउँछन्। “अब ठेकेदारले कुनै पनि बहानामा छूट पाउँदैनन्,” सांसद राई भन्छन्, “जसरी पनि काम सक्नुपर्छ, नत्र विकल्प खोज्छौं।” साढे दुई वर्षभित्र झोलुंगे पुल निर्माण सम्पन्न गर्ने गरी २०७६ वैशाख २६ मा ठेक्का सम्झौता भएको थियो। कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले तीन करोड ५० लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो। तर निर्माण व्यवसायी वसन्त बुढाथोकीको लापरवाहीका कारण अहिलेसम्म पुल निर्माण नभएको स्थानीय बासिन्दा बताउँछन्। स्थानीय सरकारले पुल निर्माणका लागि दबाब दिनुको सट्टा डुंगा बनाउन सघाइरहेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नै नयाँ डुंगा बनाउन आर्थिक सहयोग गरेको छ। पुल निर्माण गर्ने म्याद सकिएको दुई वर्ष नाघिसकेको छ। पुल कहिले निर्माण हुन्छ भन्ने टुंगो अझै लागेको छैन। बरु स्थानीय बासिन्दा डुंगामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्। हलेसी तुवाचुङ नगरपालिका-२, डिकुवाका बासिन्दाले दैनिक सुनकोशीमा ओहोरदोहोर गर्नुपर्छ। डिकुवाको बाईटारका ११० परिवार उदयपुरको कटारी नगरपालिका-१० चिपटार भएर आवतजावत गर्न सुनकोशी तर्छन्। “नुनतेल ल्याउन पनि कटारी आवतजावत गर्नपर्छ,” स्थानीय सुनकोशी प्राविका प्रधानाध्यापक विशाल राई भन्छन्, “दैनिक डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्छ।” बाईटारबाट नदी तरेपछि उदयपुरको चिपटार-बेतेनी हुँदै कटारी पुग्न सकिन्छ। कटारी पुगेर आवश्यक सामग्री ल्याउन सबैभन्दा छोटो दूरी भएकाले डिकुवाका बासिन्दा डुंगाबाट सुनकोशी तर्ने गरेको स्थानीय निर्पबहादुर राई बताउँछन्। सुनकोशीको वारिपारि सडक बनिसकेको छ। सुनकोशीमा डुंगामै सरसामान पनि तार्ने गरेका छन्। डिकुवासँगै बाईटार, बलुई, टारगाउँ, डिकुवा, दाम्ली लगायत गाउँका बासिन्दा पनि डुंगाकै भरमा रहेको राई बताउँछन्। हिउँदमा डुंगा चले पनि वर्षातमा भने आवतजावत नै बन्द हुने गरेको स्थानीय बासिन्दा सुनाउँछन्। सुनकोशीमा बाढी आउने गरेकाले डुंगा चलाउन नसकिने उनीहरूको भनाइ छ। निर्माणाधीन झोलुंगे पुलको उदयपुरतर्फको पिलर २०७९ चैत १० मा ढलेको थियो। त्यसपछि पुल निर्माणको काम ठप्प भएको हो। यो क्षेत्रका प्रदेश सभा सदस्य भूपेन्द्र राईले सबैले दबाब दिएपछि पुल निर्माणको काम पुनः शुरू गर्न ठेकेदार सहमत भएको बताउँछन्। “अब ठेकेदारले कुनै पनि बहानामा छूट पाउँदैनन्,” सांसद राई भन्छन्, “जसरी पनि काम सक्नुपर्छ, नत्र विकल्प खोज्छौं । | himalkhabar.com |
5,228,781 | बैंकका ग्राकहले सो डेन्टल कलेजमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ। सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरे। उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरूले यो फाइदा उपभोग गर्न सक्नेछन्। जसअन्तर्गत स्पेशल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेशन तथा जेनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथा होल बडी चेकअपमा १५ प्रतिशत छुट हुने दुवै पक्षबीच समझदारी भएको छ। डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरु समक्ष पुर्याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको जनाएको छ। साथै, भविष्यमा समेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढावा दिनका लागि यस खालका सहकार्यलाई बढाउँदै लैजाने बैंकले लक्ष्य लिएको छ। मुलुकमा भुक्तानीको माध्यम उत्साहजनक रुपमा नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच यस खालका साझेदारीले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ। एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । | nepalkhabar.com |
5,796,827 | नेपाल कम्युनिस्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा ३८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतान्तरले पछि पार्दै भुर्तेल विजयी भएका हुन् । जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भएका छन् । मतदानमा ६७९ जना सहभागी भएका थिए । धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए । जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी १०५ जना निर्वाचित भएका छन् । | baahrakhari.com |
5,436,632 | डोल्पा, वैशाख २३ गते। उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली जलवायु परिवर्तनले स्थानीयमा पारेको असर बुझ्न डोल्पाको फोक्सुण्डो क्षेत्रमा पुगेको छ। सदरमुकाम दुनै हुँदै माथिल्लो भेग फोक्सुण्डो ताल क्षेत्रमा पुगेर टोलीले स्थानीयसँग भेटघाट र छलफल गर्दै त्यहाँको समस्याबारे जानकारी लिएको छ। से फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको छलफलमा बोल्नुहुँदै उपसभामुख रानामगरले जलवाय परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पुर्याएको तर स्थानीयवासीलाई त्यसबारे पर्याप्त जानकारी नभएको बताउनुभयो।उपसभामुख रानामगरले भन्नुभयो, ‘‘यो क्षेत्रमा जलवायु परिवर्तनले जनजीवनमा ठूलो समस्या पारेको छ। प्रकृतिको संरक्षण हुन सकेको छैन। त्यसले पर्यटनलाई प्रभावित बनाएको छ। यसलाई रोक्न सबै मिलिजुली सहकार्य गर्नुपर्छ।’’ कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र नेपालको अदालतले यसबारे विभिन्न निर्णय गरेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, ‘‘प्रकृतिको पनि आत्मसम्मान हुन्छ। त्यहाँका समुदाय, जातजातिको भावना अनुसार संरक्षित हुने अधिकार हुन्छ। यो विषय पनि जलवायु न्यायसँग जोडिएको छ।’’नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभै विश्व समुदायको लागि आवश्यक भएको उहाँको भनाइ छ। राष्ट्रिय सभाका सांसद एवं पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुण्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको बताउनुभयो। से फुक्सुण्डो गाउँपालिकाका अध्यक्ष दावा सन्दुक गुरुङ, सोही गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष निमा लामासहितले केन्द्रबाट गएको टोलीले ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने, पहिरोलगायत जोखिम न्यूनिकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको मागसहित ज्ञापनपत्र पेस गरेको छ। आयोजक साथसाथैका अध्यक्ष प्रजिता कार्कीले स्थानीय जनताले भोग्नुपरेका समस्यालाई सुझावका रुपमा लिएर सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास दिलाउनुभएको छ। वातवरणीय न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले शुक्रबार फोक्सुण्डो ताल परिसरमा कार्यक्रम गरेको हो। | gorkhapatraonline.com |
1,918,894 | नेपालको तिन दिने भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी भारतीय भूपू सैनिकको कार्यक्रममा सहभागी हुन केहीबेर अघि यहाँ आइपुग्नुभएको छ । उहाँले भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति मुर्जीलाई सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, क्षेत्रीय प्रशासक खगराज बराललगायत उच्च सरकारी अधिकारीले पोखरा विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति मुखर्जी पोखरा पुग्दा यहाँका नागरिकले भव्य स्वागत गरेका थिए । | pokharanews.com |
2,601,199 | संगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्मको बिहिबार साँझ प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा कलाकार तथा पत्रकारको उपस्थिती रहेको थियो । प्रिमिएरमा अधिकाम्सले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका थिए । | ratopati.com |
6,125,329 | कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले प्रदेशले सञ्चारमैत्री कानुन ल्याइने बताएकी छन् । आइतवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री नेपालीले सञ्चारसँग सम्बन्धित कानुनहरु ल्याउँदा सञ्चार मैत्री बनाइने प्रतिवद्धता जनाइन् । विषय विज्ञ, सञ्चारकर्मी तथा सञ्चारसँग सम्वद्ध पक्षहरुसँग छलफल गरेर मात्रै कानुन ल्याइने मन्त्री नेपालीले बताइन् । उनले अहिले प्रदेश सरकार सञ्चारसँग सम्बन्धित ऐन कानुनहरु बनाउन लागेको बताउँदै पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा गर्न प्रतिवद्ध रहेको पनि उल्लेख गरिन् । प्रसारण ऐन संशोधनको तयारी भइरहेको, आमसञ्चार प्रतिष्ठान विधेयक संसदमा दर्ता भएको, लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा प्रदेश सरकार रहेको मन्त्री नेपालीले बताइन् । उनले सत्य र तथ्यको आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुलाई आग्रह समेत गरिन् । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि स्थानीय तथा प्रदेश सरकारलगायत सवै निकायले ध्यान दिनुपर्ने बताए । उनले सञ्चारमैत्री कानुन ल्याउन प्रदेश सरकारलाई आग्रह गर्दै पत्रकारहरुको क्षमता अभिवृद्धि तथा गुणस्तर वृद्धिका लागि पहल भइरहेको जानकारी दिए । | onlinekhabar.com |
3,124,889 | ‘गिनिज बुक’ मा नाम लेखाउने होडबाजी चलिरहादा अमेरिकाको ˆलोरिडा राज्यमा रहेको पानामा सिटीमा युवतीहरूले विश्वकै सबैभन्दा ठूलो ‘बिकिनी परेड’ गरी कीर्तिमान कायम गरेका छन् । ब्रा र पेन्टी मात्रै लगाएका चार सय ५० जना युवती परेडमा सहभागी थिए । यसअघि तीन सय ५७ जनाको ‘बिकिनी परेड’ को कीर्तिमान तोड्दै पानामा सिटीमा भएको परेड ‘गिनिज बुक’ मा दर्ता भएको हो । परेडमा सहभागी हुन अमेरिकाका अन्य राज्यका युवती पनि आएका थिए । उनीहरूले एक माइल दूरी हिाडेर पार गरेका थिए ।
‘यो मेरो जीवनकै सबैभन्दा रोमाञ्चक दिन हो, गिनिज बुकमा नाम लेखिएपछि मेरा आाखा रसाएका थिए । अमेरिकी हुनमा मलाई गर्व छ,’ कार्ली क्विन नाम गरेकी ती युवतीले भनिन् । -एजेन्सी) सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
3,126,621 | अमेरिकी राष्ट्रपति जो बाइडेनले क्यारिन जिन–पियर्रेलाई ह्वाइट हाउसको नयाँ प्रवक्ता बनाएका छन् । यो भूमिकामा आउने उनी काला जातिको पहिलो र स्वघोषित समलिंगी हुन् । चवालिस वर्षीया जिन–पियर्रे बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएदेखि नै सरकारको प्रमुख उपप्रेस सेक्रेटरी रहँदै आएकी थिइन् । आगामी साताको उत्तरार्धदेखि उनले त्रिचालिस वर्षीया प्रेस सेक्रेटरी जेन साकीको स्थान लिनेछिन् । प्रेस सेक्रेटरीले हरेक दिन ह्वाइट हाउसका पत्रकारसँग न्युज ब्रिफिङ गर्नुपर्ने भएकाले यो पद निकै महत्वपूर्ण मानिन्छ । साकीले भने अब एमएसएनबीसी केवल न्युज आउटलेटमा काम सुरु गर्न लागेकी छन् । ट्विटरमार्फत साकीले जिन–पियर्रेबारे भनेकी छन्, ‘उनी नैतिकवान तथा असाधारण महिला हुन् । म उनी पोडियममा आफ्नै शैली, बुद्धिमद्धता र आकर्षणले चम्केको हेर्न लालायित छु ।’ ह्वाइट हाउसको प्रेस सेक्रेटरी राष्ट्रिय सञ्चार माध्यम, मुलुक र विश्वका लागि राष्ट्रपतीय प्रशासनको मुहार हो । यो पदमा बस्ने व्यक्ति राष्ट्रिय विपत्ति वा राजनीतिक काण्डका समय तुरुन्तै चर्चित व्यक्तित्व बन्न सक्छन् । काला जातिबाट महिला उपराष्ट्रपति कामला ह्यारिस, कार्यभार सम्हाल्न लागेकी सर्वोच्च अदालतकी न्यायधीश केटन्जी ब्राउन ज्याक्सन, आन्तरिक नीति परिषद्का अध्यक्ष सुसन राइस, संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा लगायत अन्य केही अधिकारीको सूचीमा जिन–पियर्रे पनि थपिएकी छन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
2,893,060 | सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४।१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ५३ रनको योगफल बनायो । उसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धिरज शाहीले १६ रन जोडे । बलिङमा मेलवर्नका रोशनलाल गुप्ताले ४, रमेश कुर्मी, सन्तोष यादव र सविन शाक्यले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको मेलवर्न २४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमै समेटियो । उसका लागि रोशनलाल गुप्ताले २८ र सुशान्त थापाले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका दुर्गेश गुप्ताले ४, अजयकुमार चौहानले ३ र लालबहादुर अधिकारीले २ विकेट लिए । दुर्गेश गुप्ता म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए । चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, वेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ । | newsofnepal.com |
262,768 | कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन्। सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो। धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार तीन/चार महिनासम्म खटिएका चिकित्सक र नर्समात्रै २५ जनाले जोखिम भत्ता पाएका छैनन्। प्रयोगशालामा खटिने १०/१० पालिकामा स्थापना भएका कोभिड अस्पतालका पाँच जनाको दरले ५० जना, १० चालक र स्वास्थ्य संस्थामा कार्यरत थप १०० गरी झण्डै २०० जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए। गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन्। ‘संक्रमणदर बढिरहँदा पनि क्वारेन्टिन र आइसोलेसन थप गर्ने विषयमा चासो बढ्न सकेको छैन’, उनले भने, ‘काम गरेको केही पाइँदैन भनेर धेरै साथी सुस्ताएका छन्।’ ‘गत आर्थिक वर्षको असार महिनाको भत्ता पाएका छैनौं, यसपछि संक्रमण बढेर चौबीसै घण्टा खटिनेलाई पनि केही राहत भएन’, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘कार्यालयको नियमित कामबाहेक जोखिममा खटिँदा केही नपाएपछि निराशा बढेको हो।’ जोखिम मोलेर काम गर्दा अग्रपंक्तिमा खटिने ५० बढी स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना सङ्क्रमण भएको थियो। उनीहरू अहिले नियमित खटिन डराएको कार्यालय प्रमुख गुरौले बताए। जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको उनको भनाइ छ। अस्पताल विकास समितिले पनि जोखिममा खटिएकाको सेवासुविधाका लागि पहल गरिरहेको अध्यक्ष केवी रानामगरले बताए। गत वर्ष जोखिम भत्ताका लागि एक करोड बजेट आयो भनेर चर्चा भए पनि त्यो व्यवस्थापकीय काममा मात्रै खर्च भएको उनको भनाइ छ। सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना बीमामार्फत् पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन्। जिल्लाको सिवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना बीमामार्फत् पाएको रकममध्ये २५ हजार जिल्लाको जैमिनी नगरपालिका–२ स्थित जैमिनी संस्कृत आधारभूत पाठशालालाई सहयोग गरेका हुन्। पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको रु २५ हजार बराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टङ्कप्रसाद सापकोटा र पाठशालाका प्रअ दीपक न्यौपानेलाई हस्तान्त्रण गरे। सिवाइसी बचत तथा ऋण सहकारीका अध्यक्ष पौडेलले नेपाली भाषाको जननीका रूपमा संस्कृतलाई लिने गरिएकाले संस्कृत भाषाको संरक्षण गर्नुपर्ने बताए। सहयोगदाता न्यौपानेले कोभिड बीमामार्फत प्राप्त गरेको रमक कोरोनाबाट प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले पाठशालामा सहयोग गरेको बताए। देशका विभिन्न जिल्लाका २३ विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्ने विद्यायमा अक्षयकोष निर्माणमा सघाउने उद्देश्यले सहयोग गरेको बताए। खेतीपातीको उत्पादन बढाउने र गाउँको झाडी हटाउने अभियानस्वरूप बागलुङको काठेखोला गाउँपालिका–५ र ६ मा रूख काट्ने अभियान सुरू भएको छ। अघिल्लो वर्षदेखि सुरू भएको अभियानलाई यो वर्ष तीव्रता दिइएको हो। खेतबारीका छेउ कुनामा रहेका रूखको तप्केनीले उत्पादनमा असर गरेको भन्दै किसानकै सल्लाहमा रूख काट्ने अभियान थालिएको हो। यहाँका बासिन्दाले घर वरिपरिको बारीमा सुन्तला, अदुवा र बेसार खेती गर्दै आएका छन्। उत्पादन बढाउन वडा कार्यालयकै अगुवाइमा रूख काट्ने अभियान थालिएको हो। गत वर्षदेखि थालिए पनि पूरा नभएको कामलाई यो वर्ष सक्ने लक्ष्य राखिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए। ‘काम नलाग्ने ठूला रुख काट्न चुनौतीपूर्ण नै रहेछ’, वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले भने, ‘काटेका रूखको व्यवस्थापन गर्ने कामले पनि लामो समय लियो।’ अग्ला र अनुत्पादक रूखले उत्पादनमा असर गरेको कुरा बुझेपछि उपभोक्ता समितिमार्फत् रूख काट्ने अभियान गरेको समितिका अध्यक्ष ऋषिराम कँडेलले बताए। ‘किसानको उत्पादनमा दोब्बर वृद्धि गर्ने र सबैलाई व्यवसायिक बनाउने लक्ष्य छ’, उनले भने, ‘जथाभावी रूख ढाल्दा घर र सुन्तला नष्ट हुने भएपछि मेसिनमार्फत् काम गरेका छौं।’ वडा कार्यालयले लगानी गरेर मेसिन खरिद गरिदिएपछि पालैपालो अग्ला रूख काट्ने अभियान थालिएको उनले जानकारी दिए। यो अभियानले जङ्गली जनावरको समेत डर हटेको स्थानीयपबासीले बताए। ठूला रूख कटान गर्दा काठका रूपमा प्रयोगसमेत भएको छ। स्याउला भने कम्पोस्ट मलको रूपमा प्रयोग गरिएको छ। वडा ५ र ६ को बिहुँ गाउँबाट मात्रै बर्सेनि रु दुई करोडभन्दा धेरै मूल्यको सुन्तला बजारमा जाने गर्छ। घरघरका किसानले सडक छेवैमा बसेर पनि लाखौंको सुन्तला बेच्छन्। सिङ्गो गाउँ नै सुन्तला गाउँका रूपमा परिचित बन्दै गएपछि अन्य अवरोध हटाएर किसानलाई व्यावसायिक बनाउन थालिएको वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताए। यहाँका किसानले व्यावसायिक पशुपालन गरेर दूधको समेत विक्री गर्छन्। दुधालु पशु चौपायका लागि आवश्यक घाँससमेत रुख काटेपछि आफ्नै खेतबारीमा उत्पादन हुने किसान रुद्रप्रसाद कँडेलले बताए । | setopati.com |
3,904,885 | यस्तै १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पुरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६.०३ सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक हात पारिन् । यस्तै ८०० मिटर छात्र दौडमा बादल कार्कीले २ मिनेट ०५.०९ सेकेण्डमा दौड पुरा गरी स्वर्ण जिते । कास्कीका प्रवेश आचार्यले २ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङका बिकास पोखरेल २ मिनेट ०९.०१ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल रहे । यस्तै १५०० मिटर छात्रातर्फको दौडमा बागलुङकी पार्वती नेपालीले ५ मिनेट ४०.३ सेकेण्डमा दौड पुरा गरी रजत पदक जितिन् । नवलपुरकी यमुना थापाले ५१ मिनेट ४५.५ सेकेण्डमा दौड पुरा गरी कास्य पदक जित्न सफल भइन् । छात्रतर्फको १५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले ४ मिनेट २२.९ सेकेण्डमा दौढ पुरा गरी स्वर्ण जितेका छन् । लमजुङका विकास पोखरेलले ४ मिनेट २९.२ सेकेण्डमा दौड पुरा गरी रजत र कास्कीका बिबेक परियारले ४ मिनेट ३२.१ सेकेण्डमा दौड पुरा गरी कास्य पदकमा चित्त बुझाए । यस्तै बिहिबार नै सम्पन्न १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेतले स्वर्ण पदक जिते । आफ्ना १० प्रतिष्पर्धीलाई उछिन्दै उनले १२.२ सेकेण्डमा पुरा गरी स्वर्ण जितेका हुन् । छात्रतर्फ नै १२.०३ सेकेण्डमा दौड पुरा गरेका तनहुँका प्रेम बहादुर थापाले रजत पदक हात पार्दा म्याग्दीका आशिष केसीले १२.०९ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल भए । छात्रा १०० मिटर दौडमा स्याङ्जाकी समिक्षा गैरेले १४.६६ सेकेण्डमा दौड पुरा गरी स्वर्ण हात पारिन् । नवलपुरकी प्रतिक्षा वाग्लेले १५.२१ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङकी लक्ष्मी परियारले १६.०० सेकेण्डमा दौड पुरा गरी कास्य पदक हात पारिन् । भलिबल छात्रतर्फ बागलुङले पर्वतको सामना गर्नेछ । कास्कीले स्याङ्जासँग भिड्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकुद विकासका लागि लगानी बढाउनु पर्ने कुरामा जोड दिए । पोखरा पर्यटकिय संगै खेलकुदको समेत अपार सम्भावना भएको हुनाले यहाँका खेल मैदान संगै रंगशालाहरुको संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गर्दै उनले राष्ट्रियताको जर्गेना गर्ने विषय भन्नु नै खेलकुद हो, त्यसैले खेलकुद विकास संगै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेतर्फ सवैको ध्यान जान आवश्यक रहेको औल्याए । कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेश शिक्षा विकास निर्देशक अम्विका प्रसाद आचार्य, यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेललगायतले विद्यालय लक्षित खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा एक विद्यालय एक शिक्षक हुनुपर्ने कुरालाई राज्यले विशेष रुपमा अघि बढाउनु पर्ने कुरामा जोड दिए । उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद विकासका लागि कम्तिमा राज्यको कुल बजेटको २ प्रतिशत अनिवार्य विनियोजन भएमा खेलकुदले उचाई प्राप्त गर्ने बताए । प्रतियोगिता सुरु हुनुअघि भएको मार्चपासमा कास्की पहिलो भयो । गोरखा दोस्रो र नवलपुरले तेस्रो स्थान हात पारेको छ । बिहिबार सम्पन्न विजेता खेलाडीहरुलाई प्रदेश सभाका सभामुख अधिकारी, गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी, नेपाली सेना मध्य कमाण्डपति बाबुराम श्रेष्ठ, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५ सय ७४ जना खेलाडीको सहभागिता रहेको छ । उनीहरुले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उशुमा प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता भोली शुक्रबार सम्पन्न हुनेछ । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् । | hamrokhelkud.com |
5,011,409 | पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा शनिबार आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा नेपालले यस्तो बताएका हुन्। उनले आफूले पशुपति क्षेत्र विकास कोषमा कुनै पनि क्रिश्चियन संस्थाको मानिसलाई लैजान खोजेको कुरा पनि अफवाह मात्रै भएको बताएका छन्। 'माधव नेपालले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा क्रिश्चियन लान खोज्दैछ भनेर हल्ला गराएछन्', उनले भने, 'अस्ति एउटा मित्र आएका थिए, जो धर्म गुरु पनि हुन्। उनले समेत म क्रिश्चियन भइसकेको भनेर सोधीखोजी गरे।' आफूले रक्षा बन्धन बाँधेको देखेर उनले क्रिश्चियनले पनि यो लाउँछन् भनेर सोधेको नेपालले गुनासो गरे। 'मेरो हातमा रक्षा बन्धन देखेर तपाईं त क्रिश्चियन भनेको त होइन रहेछ', भेटमा ती धर्म गुरुसँगको कुराबारे उनले भने, 'अनि उनले यज्ञोपवित पनि होला भनेर जिज्ञासा राखे। मैले पनि पण्डित आएका थिए जनै र रक्षा बन्धन पनि लगाइदिए भनेँ। केपी ओलीका मान्छेले नै मलाई क्रिश्चियन भनेर प्रचार गरिदिएछन्।' उनले ओलीका मान्छेले गोयबल्स शैलीमा प्रचार गरेको पनि उनले बताए। 'तिनीहरुको काम नै यस्तै छ, गोयबल्स शैलीमा प्रचार गर्छन्। यस्ता प्रवृत्ति बोक्नेहरू क्रान्तिकारी हुन सक्दैनन्', उनले भने, 'केपी ओली सुध्रिएर राम्रो बाटोमा आउने लक्षण नै छैन।' उनले आफूहरु नयाँ पार्टी निर्माण अभियानमा होमिएको पनि बताए। 'हामी नयाँ पार्टी अभियानमा छौँ। नयाँ बनाउँदै जाने होइन, तलबाट बनि नै सकेको छ', उनले भने, 'यो जगमा हामीले भवन बनाइरहेका छौँ। यो भवनले तपाईं हामी सबैको सुन्दर भविष्य कोर्नेछ । | nepalkhabar.com |
4,124,861 | प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै सीमा अपराध, लागूऔषध कर्णाली, ८ भदौ: यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय कर्णाली, ८ भदौ: दश महिनाको शिशु अपहरण गरी बेपत्ता पार्ने हिमा गाउँपालिका–३ जुम्लाका २६ वर्षीय अभियुक्त दानबहादुर रोकाया । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ चितवन, ८ भदौ: चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको रौतहट, ७ भदौ । पत्रकारलाई लागूऔषधमा फसाउन पत्रकार नै संलग्न भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई फसाइएको खुलाएको हो । यसअघि उनी लागूऔषध ओसारपसारको आरोपमा नवलपरासी (पूर्व), ७ भदौ । तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यविन्दु नगरपालिका–६ टाँडी बस्ने ६० वर्षीय शत्रुघन थापाको घरमा तास खेलिरहेको अवस्थामा शत्रुधन लगायत ८ दाङ,७ भदौ । ३ थान चितुवाको छाला सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका ९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका(६ बस्ने कैलाली, ७ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई धनुषा, ७ भदौ । नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिथिला नगरपालिका ७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार खोटाङ, ६ भदौ: जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ मकवानपुर, ६ भदौ: अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको कञ्चनपुर, ६ भदौ । चरेससहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–२ प्रगतिटोलबाट ४ केजी ४ सय ९० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित कैलाली धनगढी काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
2,357,891 | जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी, डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि रकम बार्गेनिङ गर्ने विनोदबहादुर भट्टराईलाई नियन्त्रणमा लिइएको हो । गएको साउन १ गते पोखरा महानगरपालिका १८ बस्ने विनोदबहादुर भट्टराईलाई ३ युवाले कुटपिट गरेको घटनालाई लिएर बारम्बार रकम बार्गेनिङ गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भट्टराईले प्रतिवादीको परिवारसँग सम्पर्क गरी मैले एसपी, डिएसपी चिनेको छु मुद्दा मिलाउने भए ३ लाख ५० हजार देउ नत्र ३ वर्ष जेलमा बस्नुपर्ला भनि पटक–पटक सम्पर्क गरेर रकम मागेपछि आफन्तहरुले प्रहरी कार्यालयमा आएर उजुरी दिएका थिए । ‘मैले एसपी, डिएसपी चिनेको छु, मुद्दा मिलाउनका लागि ३ लाख ५० हजार लाग्छ भन्दै फोन सम्पर्क गरेर रकम माग्नुभएछ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले भने, ‘पटक–पटक रकमको बार्गेनिङ गर्ने, नत्र ३ वर्ष जेल बस्नुपर्छ भनि बारम्बार फोन गरि सकेपछि पीडितका आफन्त हामीकहाँ आउनुभयो । ’ पीडितका आफन्त प्रहरीकहाँ आइसकेपछि प्रमाण लिएर आउन पठाएको उनले सुनाए । ‘हामीले प्रमाण लिएर आउन भन्यौ, उहाँहरुले कल रेकर्ड लिएर आईसकेपछि हामीले पक्राउ गर्यौ,’ उनले भने । पक्राउ परेका भट्टराईलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । | ratopati.com |
3,885,758 | टोलिको कप्तान सागर र उपकप्तान सन्दिप दुबै निलम्बित भएको अवस्थामा प्यट्रीकले छान्न सक्ने केहि खेलाडीहरु तल लेखिएको छ । १. : अहिलेको राष्ट्रिय टोलीका सबैभन्दा अग्रज खेलाडी अनिल विगत नौ वर्ष देखि फरवार्डको भुमिका निर्वाह गर्दै आएका छन् । मनाङ मर्स्याङदि क्लबका कप्तान रहेका अनिलले थ्रि स्टार र एन.आर.टिबाट पनि घरेलु फुटबल खेलिसकेका छन् । भारतको आई.लिगमा सिलोङ लाजोङबाट व्सवसायिक फुटबल खेलेका गुरुङ्गले बेलायतको तल्लो डिभिजनको क्लबहरुमा पनि ट्रायल दिएका थिए । नवीनतम अवस्ता हेर्ने हो भने अनिलले सुरुवाती भूमिका भने पाउन सकेका छैनन तर जेठोपनको हिसाबले र अनुभव हेर्ने हो भने अनिल राम्रो विकल्प हुन सक्छन । २. राष्ट्रिय टोलीमा २००९मा डेब्यु गरेका रोहितले त्यसयता फर्केर हेर्नुपरेको छैन । घरेलु लिगमा सोर्ह वर्षको उमेरमा नै मच्छिन्द्रको कप्तान रहेका चन्दले विभिन्न विदेशी क्लबबाट व्यवसायिक फुटबल खेलेका छन् । भारतको आई लिगमा एच.ए.एल बाट खेलेका रोहितले इन्डोनेसिया लगायतका देशमा तेहि सिजन बिताए। कप्तानमा हुनुपर्ने सबै गुण भएका रोहित टोलीका सबैभन्दा परिपक्व खेलाडी मानिन्छन् । कलिलो उमेरमा निकै अनुभव बटुलेका रोहित अवसर पाए लामो समय सम्म आर्म ब्यान्ड लगाइ टिमको नेतृत्व गर्न योग्य छन । ३. राष्ट्रिय टोलीका गोलरक्षक किरण लामो समयदेखि आफ्नो पोजिसनमा एकछत्र राज गर्दै आएका छन्। उनिबाट राष्ट्रिय टोलीबाट खेल्दा नराम्रो प्रदर्शन विरलै पाइन्छ। थ्रि स्टार क्लबबाट पनि कप्तानको भुमिका निर्वाह गरिसकेका किरण कप्तानको भुमिका निर्वाह गर्न योग्य छन । ४. राष्ट्रिय टोलीबाट डेब्यु गरेदेखि मात्र एक खेल गुमाएका विराज अहिलेको टोलीमा ५० क्याप पुरा गर्ने एकमात्र खेलाडी हुन् । राइट ब्याक पोजिसनमा राम्रो खेल खेल्ने उनले घरेलु लिगमा मनाङ्गबाट खेल्दै आएका छन्। यसअघि थ्रि स्टार र एन.आर.टीको प्रतिनिधित्व गर्दै प्रेसिडेन्टस् कप खेलेका विराज अनुभवि छन् । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । उनले एकता ग्लोबलको ब्रान्ड एम्बेसडरका रुपमा सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो । | hamrokhelkud.com |
6,176,544 |
दार्चुलाको व्याँस गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा भारतीय अतिक्रमण भएको पाँच दशक नाघिसकेको छ। व्याँस गाउँपालिकाको वडा नं. १ साबिकको व्याँस गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय विन्दु भए पनि नेपालको राज्यसंयन्त्रको पहुँचबाहिर छ, जसका कारण यहाँ भारतीय दबदबा रहँदै आएको छ। यसअघि पनि नेपाली भूभागमा भारतीय पक्षले मनलाग्दी गतिविधि सञ्चालन गरिरहेको सूचना नेपाली राज्य संयन्त्रले नपाएको होइन। तर राज्यको प्रतिक्रिया स्थानीयले सुन्न पाएका थिएनन्। भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेपछि यस विषयले फेरि देशव्यापी चर्चा पाएको छ। नेपालभर यसको विरोध भएको छ। त्यस भूमिमा सन् १९६२ देखि नै भारतीय सेना छ। सुगौली सन्धिअनुसार नेपाल र भारतको सीमा काली नदी हो। भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो र त्यसदेखि पश्चिमको भूभाग अतिक्रमण सुरु ग¥यो। वास्तविक काली नदीलाई भारतले कुटियन्ती भन्न थाल्यो। नेपालले कालापानी र लिपुलेकको स्वामित्व दाबी गर्दै आए पनि लिम्पियाधुरा भने चुपचाप त्यागिदिएको थियो। भारतले कुटियन्ती भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ। कालापानी–लिपुलेकको क्षेत्रफल ६२ वर्गकिलोमिटर छ। लिम्पियाधुराको ३ सय १० वर्गकिलोमिटर भारतले यसअघि नै कब्जा गरिसकेको छ।
| shilapatra.com |
5,692,215 | आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ । अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने ती मन्त्रीले बताए । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ । | ejanakpuronline.com |
5,675,224 | मावली घरमा बसेर कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया एक बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबीसहित अभियुक्त राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो । पूजामा छिमेकीको घर गएको बेला २९ चैत २०७८ राति ‘हिँड मेरो घर जाउँ’ भनेर आफू सुत्ने कोठामा लगेर पहिलोपल्ट जबरजस्ती करणी गरेका अभियुक्तले ‘कसैलाई भने वा उजुरबाजुर गरे मारिदिने’ धम्की दिएकाले घटना बारे तत्काल कसैलाई नभनेको पीडितको जाहेरीमा उल्लेख छ । त्यस यता पटक–पटक जवरजस्ती करणी गरेका आरोपितले पुन: ३० असार २०७९ मा जबरजस्ती गर्ने प्रयास गर्दा भागेर शौचालयमा चुकुल लगाएर बसेर बचेको पीडित बालिका बताउँछिन् । रक्सी सेवन गरेर ‘मसँग हिँड’ भनेपछि अस्वीकार गर्दा हातपात गर्न खोजेपछि शौचालयमा लुकेकोको अवस्थामा शौचालय बाहिर बसेर ‘छिटो निक्ली’ भन्दै कुरेको बेला अन्य स्थानीय आएपछि प्रतिवादी घर गएको जाहेरीमा भनिएको छ । डर धम्कीका कारण कसैलाई केही नबताएकी बालिकाले पटक–पटक जबरजस्ती करणी गर्न खोजेकाले बाध्य भएर छिमेकी भाउजूमार्फत घटना सार्वजनिक गरेका हुन् । घटना सार्वजनिक भए लगत्तै पीडित पक्षले गएकाे ५ साउनमा दोषिलाई कारबाही गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय चिसापानी, जन्तेढुंगामा जाहेरी दिएका थिए । तर इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिन भनेपछि जिल्ला प्रहरी कार्यालय पुगेर दोषि बिरुद्ध जाहेरी दिइएको हो । ‘मिल्न’का लागि दबाब दिँदै आएका आरोपित प्रहरीमा जाहेरी परे लगत्तै फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताउनुभयो । | ujyaaloonline.com |
1,748,648 | नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ । | nepalviews.com |
1,249,576 | पक्राउ पर्नेमा रामग्राम नगरपालिका-१ सहुवाटिकरका जीतेन्द्र मिश्र रहेको जिल्ला प्रहरी प्रवक्ता नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । मिश्रले गत भदौ ३१ गते सुनवल नगरपालिका-१२ हरकट्टाकी सुमित्रा यादवको लु २ त ३२१४ नं. को ट्याक्टर घरबाटै चोरी गरेका थिए । ट्याक्टर चोरीपछि मिश्रले सीमावर्ती भारतीय बजारमा १ लाख नेपालीमा बिक्री गर्ने योजना बनाएका थिए । बिक्रीका लागि लग्दै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिकाको महेशपुर चोकबाट आइतबार साँझ ट्याक्टरसहित मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ । | annapurnapost.com |
5,455,082 | उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा लक्ष्मण कँडेल विजयी हुनु भएको छ । प्रतिस्पर्धी हर्षविक्रम खड्कालाई ४८ मतले पराजित गर्दै उहाँ अध्यक्षमा विजयी हुनु भएको हो । | gorkhapatraonline.com |
3,886,819 | कनकाईका लागि लक्ष्मी श्रेष्ठले २८ औं र सरिता शेर्पाले ५९ औं मिनेटमा गोल गरे । ६९औं मिनेटमा पवित्रा लिम्बूले कर्णसिंहका लागि गोल फर्काएकी थिइन् । कनकाईले उपाधिसहित १ लाख २५ हजार र कर्णसिंहले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । कनकाईकी कुसुम खतिवडा प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी चुनिइन र उनले १२ हजार रुपैयाँ प्राप्त गरिन् । कनकाईकी लक्ष्मी श्रेष्ठ उत्कृष्ट फरवार्ड, सुमिष्ता चौधरी उत्कृष्ट रक्ष्ँक, जशोदा लागवती उत्कृष्ट गोलकिपर, सन्त रायाझी उत्कृष्ट प्रशिक्षक र कर्णसिंहकी सुनकला राई उत्कृष्ट मिडफिल्डर चुनिए । उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे । फाइनलकी उमन अफ दी म्याच कनकाइकी नेहा चौधरीले ५ हजार रुपैयाँ प्राप्त गरिन् । पारिजात फुटबल क्लब झापा फेयर प्ले टोली घोषित भयो र १० हजार रुपैयाँ प्राप्त गर्यो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकास मन्त्री जसमाया गजमेर, प्रदेश सांसद्हरु अर्जुन राई, वृख प्रधान र हिरा थापा, वडाध्यक्ष बलदेवसिंह गोम्देन, आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराईलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । उनले एकता ग्लोबलको ब्रान्ड एम्बेसडरका रुपमा सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो । | hamrokhelkud.com |
4,988,464 | नेपाल आइडलको बारेमा उनले के के भनिन भन्ने बिषय अझ गम्भीर आज तपाईहरुलाई रहन सक्छ । | enepalese.com |
4,384,416 | पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भावविह्वल बनेका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा सीतालाई झण्डा ओढाउने क्रममा प्रचण्ड भक्कानिएका थिए । उनीसँगै उनका छोरी रेणु दाहाल र गंगा दाहाल पनि भक्कानिएका थिए । यस्तै उनका परिवारका अन्य सदस्यहरू पनि भावविह्वल बनेका छन् । सीताको शवलाई नर्भिक अस्पतालबाट पेरिसडाँडा लैजानका लागि निकाल्ने क्रममा छोरीहरू रेणु र गंगा डाँको छोडेर रोएका थिए । त्यसक्रममा प्रचण्ड पनि भावविह्वल भए । तर उनले छोरीहरू र परिवारका लागि आफूलाई सम्हाल्ने प्रयास गरिरहेका देखिन्थे । दुई छोरीहरू भावविह्वल भएपछि उनले छोरीहरूलाई अँगालेमा बाँध्दै भनेका थिए । भावविह्वल बनेका प्रचण्डले आफूलाई सम्हाल्दै छोरीहरू परिवारलाई सम्हाल्ने प्रयास गरिरहँदा अस्पतालको माहोल नै भावुक बनेको थियो । | dainiknepal.com |
4,557,212 | नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीको कुकृत्यबारे अध्ययन हुनपर्ने बताएका छन्। आइतवार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ओलीलाई रावण, कंश र हिटलरसँग तुलना गरेका हुन्। रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै नेपालले उनीहरुको कुकृत्य र ओलीको तुलनात्मक रुपमा अध्ययन आवश्यक रहेको बताएका हुन्। ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको नेपालको आरोप थियो। ‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृत्तिहरु देखिए, कंशमा के के प्रवृतिहरु देखिए, शिशुपालले सय वटा के के अपराध गर्यो ? र हिटलरले के के कुकृत्य गरेको थियो ? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्,’ उनले भने। हिटलरसँग ओलीको तुलना गर्दै नेपालले थप भने, ‘डेमोक्रेसीले नै जन्माएको हो हिटलर। तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ। तानाशाह पनि जन्माउँछ। कम्युनिष्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन। यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृति हो । | pahilopost.com |
1,646,586 | वि.सं.२०७७ भदौ १७ बुधवार काठमाडौंको महाराजगन्ज स्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । मृत्युहुनेमा काठमाडौं महानगरका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिला रहेको अस्पतालका कोभिड फोकल पर्सन डा. सविन थपलियाले संसारन्युजलाई जानकारी दिएका छन् । डा थपलियका अनुसार ७५ वर्षीय पुरुष १५ गते कोभिड आइसोलेसनको आइसीयुमा भर्ना भएका थिए भने तनहुँकी २० वर्षीया महिलामा बाथरोगको समस्याका कारण मिर्गौलामा खराबी आएकाले डाइलोसिसमा थिइन् । उनलाई कोरोना पुष्टि भएपछि मंगलबार मात्रै कोभिड आइसोलेसन वार्डमा सारिएको थियो । सुगर र प्रेसरको समस्या रहेका ७५ वर्षीय पुरुषको दिउँसो ४ बजेतिर र महिलाको राति मत्यु भएको डा. थपलियाले जानकारी दिएका छन् । डा. थपलियाका अनुसार टिचिङ अस्पतालको आइसोलेसनमा हालसम्म ७५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमा ५ जना आइसीयुमा रहेका छन् । वि.सं.२०७७ भदौ १७ बुधवार ११:२९ मा प्रकाशित झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । | sansarnews.com |
2,345,560 | रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताए । रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरू प्रयोग गरेको भन्ने आरोपलाई पनि मस्कोले अस्वीकार गर्दछ। नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागर मुनि १२ सय किलोमिटब्ह्र फैलिएको छ । सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक १७० मि क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसी अधिकारीहरुका अनुसार मर्मत सम्भारका लागि पाइपलाइन जुलाईमा १० दिन बन्द भएको थियो र रुसले उपकरणमा समस्या भएको जनाए पनि हाल २० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।रुसले ग्यासको मूल्य बढाउन खोजेको युरोपेली नेताले त्रास व्यक्त गरेका छन् । | nepalghatana.com |
997,312 | अज्ञात ब्यक्तिले सारस्वर-७ मा एक बिपन्न परिवारलाई घरमा सुतिरहेको अबस्थामा बुधवार राती आगो लगाएर जलाउने प्रयास गरेको दावी गरिएको छ । आगलागीबाट आमा छोरा दुवै घाइते भएका छन् । सारस्वर ७ की प्रमिलादेवी मण्डल र उनका ८ बर्षिय छोरा रोहित मण्डललाई जलाउने प्रयास भएको आमा प्रमिलाले बताएकी छन् । | ekantipur.com |
4,367,150 | नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार पुग्नुभएको छ । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न उहाँ बुधबार कतार जानुभएको हो । भोलि शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । उहाँको कतार बसाई पाँच दिनको हुनेछ । पोखरेलसँगै एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता कतार पुगिसक्नुभएको छ । | dainiknepal.com |
3,835,791 | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७-०७८ को पहिलो चौमासिकको कार्यप्रगति सार्वजनकि गरेको छ। कोभिड-१९ संक्रमणको जोखिमकाबीच विभागले पहिलो चार महीनामा आफ्नो कार्यालयबाट प्रवाह भएका सेवा र गरेका कामहरूको विवरण सार्वजनिक गरेको हो। पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार विभागले पहिलो चौमासिकमा बजार निरीक्षण गरी ११ सय ७९ नमुना संकलन गरेकोमा ७० नमुनाहरू मापदण्ड अनुसार नभएको पाइएका छन्। सबैभन्दा बढी पिउने पानीका २१ नमुना, दानाका १६, तेल तथा घ्युजन्य नमुना १४ र खाद्यन्नका १० नमुना लगायत अन्य खाद्य पदार्थका नमुनाहरु मापदण्ड अनुसार नभएको पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। विभागले आफ्नो मातहतका कार्यालयहरूबाट खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८ सय ७६ नमूनासमेत संकलन गरेको उनले बताए। विभागले खाद्य ऐन नियम अनुसर न्यूनस्तर तथा दूषित उत्पादन र वित्रिवितरण गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमा २६ वटा मुद्दा दायर गरेको छ। सबैभन्दा बढी पिउने पानीका मुद्दा ५ वटा रहेको उनले बताए। यस्तै खाने तेलका ३, बेकरीका ३, दाना, चाउचाउ र मिठाइका २-२ वटा रहेका छन्। घ्यु, चामल, सस, काजु किसमिस लगायतका विभिन्न खाद्यपदार्थका मुद्दा समेत रहेको उनले बताए। दायर मुद्दाहरूमध्ये ८ वटा न्यून गणस्तर, ७ दुषित, ७ वटा लेवल लगायतका विवरण नमिलेका थिए। ४ वटा मुद्दाहरू खाद्य ऐन नियम निर्देशिका उलंघन सम्बन्धि रहेको प्रवक्ता महर्जनले बताए। विभागले पहिलो चौमासिकमा खाद्य-दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल लगातमा १ हजार ८ सय ७३ पटक निरीक्षण अनुगमन गरेको छ। पिउने पानी, खानेल तेल होटल लगायतका विभिनन विषयमा परेका १५३ उजुरीहरुको तत्काल सुनुवाई गरी कारवाही गरिएको पनि विभागले जनाएको छ। खाद्य ऐन, २०२३, खाद्य नियमापली २०२७ तथा निर्देशिका बमोजिम उत्पादन नगरेको पाइएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायको उत्पादन रोक्का गरिएको छ। जसमा पिउने पानीका १५,खाद्यान्न तथा दलहनका ८, दुध तथा दुग्ध पदार्थका ६, तेल तथा घ्युजन्यका ३ र अन्य ३ खाद्य व्यवसायहरू रहेका छन्। विभागले पहिलो चौमासिकमा विभिन्न १२ नाकामा रहेका कार्यालयहरुबाट २५ हजार १५४ नमुना संकलन गरी जाँच गर्दा पापड, चामल, बदाम, मसला, मैदा लागयत २५ वटा नमुनाहरु प्रतिकुल रहेकाले आयात रोक्का गरिएको जनाएको छ। विभागले पहिलो चौमासिकमा खाद्य स्तर निर्धारण कार्यक्रम अन्तरगृ प्राविधिक र विज्ञहरुसँग छलफल गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७-०७८ को पहिलो चौमासिकको कार्यप्रगति सार्वजनकि गरेको छ। कोभिड-१९ संक्रमणको जोखिमकाबीच विभागले पहिलो चार महीनामा आफ्नो कार्यालयबाट प्रवाह भएका सेवा र गरेका कामहरूको विवरण सार्वजनिक गरेको हो। पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार विभागले पहिलो चौमासिकमा बजार निरीक्षण गरी ११ सय ७९ नमुना संकलन गरेकोमा ७० नमुनाहरू मापदण्ड अनुसार नभएको पाइएका छन्। सबैभन्दा बढी पिउने पानीका २१ नमुना, दानाका १६, तेल तथा घ्युजन्य नमुना १४ र खाद्यन्नका १० नमुना लगायत अन्य खाद्य पदार्थका नमुनाहरु मापदण्ड अनुसार नभएको पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। विभागले आफ्नो मातहतका कार्यालयहरूबाट खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८ सय ७६ नमूनासमेत संकलन गरेको उनले बताए। विभागले खाद्य ऐन नियम अनुसर न्यूनस्तर तथा दूषित उत्पादन र वित्रिवितरण गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमा २६ वटा मुद्दा दायर गरेको छ। सबैभन्दा बढी पिउने पानीका मुद्दा ५ वटा रहेको उनले बताए। यस्तै खाने तेलका ३, बेकरीका ३, दाना, चाउचाउ र मिठाइका २-२ वटा रहेका छन्। घ्यु, चामल, सस, काजु किसमिस लगायतका विभिन्न खाद्यपदार्थका मुद्दा समेत रहेको उनले बताए। दायर मुद्दाहरूमध्ये ८ वटा न्यून गणस्तर, ७ दुषित, ७ वटा लेवल लगायतका विवरण नमिलेका थिए। ४ वटा मुद्दाहरू खाद्य ऐन नियम निर्देशिका उलंघन सम्बन्धि रहेको प्रवक्ता महर्जनले बताए। विभागले पहिलो चौमासिकमा खाद्य-दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल लगातमा १ हजार ८ सय ७३ पटक निरीक्षण अनुगमन गरेको छ। पिउने पानी, खानेल तेल होटल लगायतका विभिनन विषयमा परेका १५३ उजुरीहरुको तत्काल सुनुवाई गरी कारवाही गरिएको पनि विभागले जनाएको छ। खाद्य ऐन, २०२३, खाद्य नियमापली २०२७ तथा निर्देशिका बमोजिम उत्पादन नगरेको पाइएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायको उत्पादन रोक्का गरिएको छ। जसमा पिउने पानीका १५,खाद्यान्न तथा दलहनका ८, दुध तथा दुग्ध पदार्थका ६, तेल तथा घ्युजन्यका ३ र अन्य ३ खाद्य व्यवसायहरू रहेका छन्। विभागले पहिलो चौमासिकमा विभिन्न १२ नाकामा रहेका कार्यालयहरुबाट २५ हजार १५४ नमुना संकलन गरी जाँच गर्दा पापड, चामल, बदाम, मसला, मैदा लागयत २५ वटा नमुनाहरु प्रतिकुल रहेकाले आयात रोक्का गरिएको जनाएको छ। विभागले पहिलो चौमासिकमा खाद्य स्तर निर्धारण कार्यक्रम अन्तरगृ प्राविधिक र विज्ञहरुसँग छलफल गरेको छ । | himalkhabar.com |
2,552,818 | कालीमाटी तरकारी बजारका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको छ । कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको तरकारीको मूल्य सूचीका अनुसार आज रातो आलुको प्रतिकेजी औसत मूल्य ३० रुपैयाँ रहेको छ । भने, कागतीको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ रहेको छ । यस्तै, गोलभेँडाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको छ । | ratopati.com |
4,756,811 | ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम जोनी डेप र हलिउड अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । पूर्वपत्नी एम्बर हर्डले जोनी डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि डेपले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । डेपले मुद्दा जितिसकेका छन् । अदालतले एम्बरलाई १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। हालै अदालतले यस विषयमा हस्तक्षेप गर्दै लिखित आदेश दिएको छ । जोनी–एम्बर मुद्दामा न्यायाधीशले आधिकारिक रूपमा क्षतिपूर्ति रकम घोषणा गर्दै दुवैलाई आ–आफ्नो रकम छिट्टै भर्न पत्र लेखेका छन् । जोनी डेपको मानहानीसम्बन्धी मुद्दामा अदालतले एम्बरलाई एक करोड डलर तिर्न भनेको थियो । योसँगै जोनीलाई २० लाख डलर दिन जुरीले एम्बरलाई आदेश दिएको छ । टीएमजेड म्यागजिनको एक विवरणअनुसार अभिनेत्री हर्ड सपिङको लागि न्युयोर्कस्थित एक सेन्टरमा पुगेकी थिइन् । अदालतको फैसलापछि एम्बरले पहिलो पटक निजी विमानस्थलमा सार्वजनिक रूपमा देखापरेकी थिइन् । उनी निजी विमानबाट वासिङ्टन डिसी पुगेकी थिइन् । यो देखेर एम्बरको आर्थिक अवस्थामाथि प्रश्न उठेको थियो । यसअघि डेपका वकिलले पूर्वपत्नीबाट मुआब्जा रकम नलिने बताएका थिए। अदालतको यो आदेशपछि फैसलाअनुसार रकम तिर्नैपर्ने भएको छ । | nepalpress.com |
3,789,999 | सरकारले आज मुख्य सचिव र अमेरीकाका लागि राजदुत नियुक्त गर्दैछ । आज बस्ने मन्त्रिपरिषदको बैठकले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गर्ने भएको हो । मन्त्रिपरिषदको बैठक १० बजेपछि बोलाइएको छ । त्यसैगरी बैठकले मुख्यसचिव शंकरदास बैरागीलाई अमेरिकाको राजदुत बनाउने र उनको स्थानमा अर्याललाई मुख्यसचिव नियुक्त गर्ने सरकारको तयारी रहेको छ । अर्यालले असार २ गते अवकाश पाउँदै छन् त्यो भन्दा अघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गर्न लागेको बुझिएको छ । अर्याल अहिले प्रधानमन्त्री कार्यालयमा सचिव छन् । | emountaintv.com |
1,845,953 | साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १३ कम्पनीको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सर्बोत्तम सिमेन्ट, हिमालयन हाइड्रोपावर, समलिंग पावर लिमिटेड, पिपुल्स पावर र रिभर फल्स पावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, पिपुल्स पावर लिमिटेड र रिभर फल्स पावरमा पनि अत्याधिक कारोबार भएको छ । यस्तै बिहीबारको सेयर बजारमा उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो । उन्नति सहकार्य लघुवित्तमा यस्तो गिरावट आउँदा धौलागिरी लघुवित्त वित्तीय संस्था, हिमालयन ८०-२०, जोशी हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युतमा पनि उच्च गिरावट देखिएको छ । | arthasarokar.com |
5,726,435 | निरज चौधरीले खेल सकिन तीन मिनेट बाँकी हुँदा गरेको गोलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–२ ले हराएको छ । हारसँगै ब्रिगेड ब्वाइज ‘बी’ डिभिजन लिगमा घटुवा भएको छ । लिगमा एक खेल बाँकी हुँदा ब्रिगेड ब्वाइज सात अंकका साथ १३औँ स्थानमा छ । त्यो १२औँ स्थानको फ्रेन्ड्सभन्दा तीन अंकले तल हो । १२औँ स्थानमा रहेको फ्रेन्ड्सले अन्तिम खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध खेल्नेछ । ब्रिगेड ब्वाइजले भने अन्तिम खेलमा थ्री स्टार क्लबविरुद्ध खेल्नेछ । अन्तिम खेलमा ब्रिगेड ब्वाइजले जितेर फ्रेन्ड्स हारेमा दुवै टिमको समान १० अंक हुनेछ । तथापि, ‘हेड टु हेड’का आधरमा ब्रिगेड ब्वाइज नै रेलिगेसनमा पर्नेछ । फ्रेन्ड्सले ब्रिगेड ब्वाइजलाई ५–२ ले हराएको थियो । यसअघि, च्यासल यु्थ क्लब रेलिगेसनमा परिसकेको छ । त्यस्तै, मच्छिन्द्र फुटबल क्लबले दुई खेलअगावै लिग उपाधि जितेको थियो । १२ खेलबाट १६ अंक जोडेको सातदोबाटो युथ भने पाँचौँ स्थानमा उक्लिएको छ । थ्री स्टार र सातदोबाटोको समान १८ अंक भए पनि हेड टु हेडमा सातदोबाटो माथि भएको हो । सातदोबाटोले थ्री स्टारलाई १–० हराएको थियो । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवप्रवेशी सातदोबाटोले १३औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको थियो । कप्तान मानबहादुर तामाङको क्रसलाई जावलाखेलका रक्षकले क्लियर गर्न नसक्दा सुशीलले ६ यार्ड बक्सको बायाँ कर्नरबाट हानेको सशक्त प्रहार गोलमा परिणत भएको थियो । ब्रिगेड ब्वाइजका बेरट्रान्ड ओटोउले १६औँ मिनेटमा बराबरी गोल फर्काए । दोर्जे तामाङले हानेको फ्रिकिकलाई सातदोबाटोका रक्षकले राम्रोसँग क्लियर गर्न नसकेको अवस्थमा ओटोउले गोल गरेका हुन् । त्यसको दुई मिनेट बित्न नपाउँदै सातदोबाटोले दीपकराज सिंह ठकुरीको गोलबाट पुनः अग्रता लियो । मार्टिन अजयीले हेडमार्फत दिएको पास नियन्त्रणमा लिँदै दीपकराजले विपक्षी रक्षक र गोलकिपरलाई बिट गर्दे गोल गरेका हुन् । ब्रिगेड ब्वाइजका कप्तान रोशन रानामगरले ५१औँ मिनेटमा बराबरी गोल फर्काए । मनोज राईले झन्डै मध्यभागबाट हानेको लामो फ्रिकिकमा पेनाल्टी क्षेत्रमा रहेका दोर्जेले हेड गरेका थिए । सातदोबाटोका गोलकिपर अभिषेक बरालले राम्रो नियन्त्रणमा लिन नसक्दा बल रोशनको खुट्टामा पुग्यो । ६ यार्ड बक्सभित्र रहेका रोशनले कुनै गल्ती नगरी पोस्टको दिशा दिए । सुदीप गुरुङको पासमा निरज दायाँ भागबाट हानेको सशक्त प्रहार ब्रिगेड ब्वाइजका गोलकिपरको हातमा लागेर गोल भएको थियो । योसँगै ब्रिगेड ब्वाइज रेलिगेसनमा परेको हो । २०६१ सालमा ‘ए’ डिभिजन लिगमा उक्लिएको ब्रिगेड ब्वाइज सात सिजन शीर्ष डिभिजन खेलेर ‘बी’ डिभिजनमा झरेको छ । २०६१ र २०६२ सालमा नवौँ स्थानमा रहनु नै टिमको सबभन्दा राम्रो प्रदर्शन रह्यो । सातदोबोटो अघिल्लो खेलमा मच्छिन्द्रसँग १–० ले पराजित भएको थियो । | baahrakhari.com |
3,388,428 | रक्तदाता अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । नेपालका काभ्रे घर भएका मैनालीले नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको हो । सोमबार बिहान फेसबुकमा ‘अग्नीको बाटोबाट परलोक जान लागेको’ स्ट्याटस लेखेर वेपत्ता भएका मैनालीको शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको अमेरिका निवासी पुरुषोत्तम ढकालले जानकारी दिएका छन् । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ । उनले दुई सय पटकभन्दा बढी रक्तदान गरेर धेरैको जीवन बचाइसकेका छन् । तर, उनी आफैँ भने लामो जीवन बाँचेनन् । उनले आत्मदाह गर्नुको कारण पारिवारिक तनाव भएको हुनसक्ने आशंका गरिएको छ । आफ्नो साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्छन् । उनले स्ट्याटसमा साला र उनकी पत्नीप्रति गुनासो गरेका छन् । उनले परलोक जानका लागि एउटा सेता कार भाडामा लिएको समेत स्टाटसमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, यो कारमा को आएको छ ? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरि उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवान्ले साथ दिउँन् ।’ मैनाली सन् २००७/०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । उनको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा सानै छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
5,417,404 | रुकुमपूर्वका विद्यालयमा पाठ्यपुस्तकबिनै पठनपाठन सुरु हुँदा असहज भएको भन्दै विद्यार्थीको गुनासो बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि अधिकांश विद्यार्थीसँग पाठ्यपुस्तक छैन । जेठ महिना सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको प्रस्तावमा सोमबारबाट प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिएको हो । शपथ र पदभार ग्रहणसँगै लुम्बिनीका जनप्रतिनिधिहरू लोकप्रिय र जनमुखी निर्णय गर्न थालेका छन् । यद्यपि, निर्वाचन सकिएको एक हप्ता हुँदासमेत कतिपय पालिकाको मत परिणाम सार्वजनिक हुन सकेको छैन । | gorkhapatraonline.com |
968,858 | कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ । उनको शव श्रद्धाञ्जलीको लागि दशरथ रंगशालामा राखिएको छ । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ । उनको शव श्रद्धाञ्जलीको लागि दशरथ रंगशालामा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन हजारौंको संख्यामा कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारणको उपस्थिति छ । | ekantipur.com |
879,671 | राजनीतिक मामलासम्बन्धी राष्टसंघीय उपमहासचिव बि लिन पास्को आगामी बुधवार नेपाल भ्रमणमा आउने भएका छन् । | ekantipur.com |
2,825,606 | यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एक पटकको खरिदको रु। २०० सम्म र योजना अवधिभर ५०० सम्म छुट पाइनेछ । यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । | newskarobar.com |
5,619,853 | छ वर्षदेखि विद्युत् महसुल नतिरेपछि तीन वटा मुख्य राजनीतिक पार्टीको जिल्ला कार्यालयमा जडान गरिएको बत्तीको लाइन काटिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालयको लाइन काटिएको हो । नियम अनुसार तीन महिनाभित्र विद्युत् महसुल बुझाउनुपर्ने भए पनि राजनीतिक पार्टीले छ वर्षसम्म बिजुली बालेर महसुल नतिरेको पाइएको छ । बाध्य भएर लाइन काटिएको विद्युत् वितरण केन्द्रका जिल्ला प्रमुख जनार्दन पौडेलले बताउनुभयो । वितरण केन्द्रको महसुल सूची अनुसार कांग्रेसले ४१ हजार, एमालेले १८ हजार र माओवादी केन्दले ४७ हजार गरी एक लाख आठ हजार रुपियाँ विद्युत् महसुल तिर्नुपर्ने देखिन्छ । | gorkhapatraonline.com |
5,782,442 | एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले पहिलो खेलमा आगामी चैत १५ गते फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । फिलिपिन्सको मनिलामा हुने छनोटको पहिलो खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलि अन्तिम तयारीमा जुटिरहेको छ । नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । फिलिपिन्सविरुद्धको खेल आउन एकसाता बाँकी रहँदा मुख्य प्रशिक्षक जापानिज ग्योतुकु कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य र गोल किपर प्रशिक्षक उज्ज्वल श्रेष्ठको टोलीले कप्तान बिराज महर्जनको नेतृत्वमा २० सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । र, फिलिपिन्ससँग सके जित निकाल्ने नभए बराबरी खेल्दै अंक खोस्दै छनोटको सुरुवात गर्ने योजना नेपालले बनाएको छ । “तयारी राम्रै भैरहेको छ, सुरुवातमा छनोटले तयारी राम्रो गर्न सकेनौं । तर २७ खेलाडी छनोट गरेर क्लोज क्याम गरेपछि राम्रो भएको छ । खेलाडीको फिटनेसमा सुधार गरेका छौं,” सहायक प्रशिक्षक राजुकाजी शाक्यले भने,“अबको ४–५ दिनमा खेल रणनीति बनाउने छांै । हामीले खेल जित्दै ३ अथवा बराबरी खेल्दै १ अंक लिने योजना बनाएका छौं ।” फिलिपिन्स फिफा बरियतामा नेपाल भन्दा ४६ औं स्थान माथि छ । पछिल्लो समय एसियामा पावर हाउस बन्ने होडमा रहेको फिलिपिन्सका केहि खेलाडीहरुको युरोपमा शीर्ष डिभिजनका लिग खेलेको अनुभव छ । तर, पछिल्लो दुई वर्षमा तीन उपाधि जित्दै हौसिएको नेपाली टोली बलियो फिलिपिन्ससँग खेल्न तयार रहेको बताउँछन् प्रशिक्षक शाक्य । “फिलिपिन्स बलियो छ । उनीहरुको तयारी सबै राम्रो छ । उसका केहि खेलाडीहरु युरोपमा खेलिसकेका छन् । बल पोजिसन, पास र क्रस निकै राम्रो छ उसको । हामीले उनीहरुको सवल पक्षलाई ध्यान दिएका छौं,” शाक्यले थपे,“तर, हामी उनीहरुसँग पुरै डिफेन्स पनि हैन, पुरै अट्याकिङ पनि खेल्दैनौ । एकमा मात्र फोकस हुँदा हामीलाई नै गार्हो हुन्छ । त्यसैले दुबैलाई कम्पाइल गर्दै काउन्टर अट्याक र डिफेन्सिप खेल्दै खेल आफ्नो पक्षमा पार्नेछौं ।” नेपालले पछिल्लो समय दोहामा भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग ३–० को हार बेहोरेको थियो । यस्तै नेपालले फिलिपिन्ससँग सन् २०११ यता खेलेका तीनै मैत्रीपूर्ण खेल गुमाएको छ । नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो । तर, गतवर्ष बंगलादेशमा बंगबन्धु, भारतमा सम्पन्न साग गेम्समा स्वर्ण र गत कात्तिकमा एएफसी सोलिडारिटी कप जितेको कारण नेपाली टोली हौसिएको छ । “यो टोलीले पछिल्लो ३ प्रतियोगिता जित्नु नै हाम्रो टिमको प्लस पोइन्ट हो । उनीहरु यो उपाधिपछि गर्यौं भने सक्छौं भन्ने मानसिक रुपमा तयार भएका छन्,” शाक्यले भने । तर, नेपाली टोलीलाई खेलाडी इन्जुरीले भने सताएको छ । “बलियो टिम फिलिपिन्ससँग हामी उनीहरुकै घरेलु मैदानमा खेल्दै छौं,” शाक्यले भने, “यस्तो अवस्थामा खेलाडी इन्जुरीले हामीलाई केहि समस्या बनाएको छ । खेल्नै नसक्ने इन्जुरी भएको त छैन तर, सामान्य इन्जुरीले पनि टिममा समस्या आउँछ, त्यो डर हामीमा छ ।” नेपालले पछिल्लो तीन उपाधि जित्दा टिमका मुख्य हतियार रहेका स्ट्राइकर नवयुग श्रेष्ठ, सुमन लामा र देवेन्द्र तामाङ टोलीमै परेका छैनन् । त्यस्तै स्ट्राइकर भरत खवास, मिडफिल्डर अन्जन विष्ट लगायतका खेलाडीमा हल्का इन्जुरीको समस्या छ । उनीहरु पहिलो रोजाइमा पर्ने÷नपर्ने टुंगो छैन । “खेलाडी इन्जुरीले पुरानो सेटका खेलाडी नहुँदा टिममा ब्यालेन्स हुँदैन । त्यसमाथि हाम्रो टिममा रिप्लेस गर्ने १९ र २० को खेलाडी कमै छ,”शाक्यले भने, “कसैको रिप्लेसमा तुरुन्त मैदान उतार्ने खेलाडी कम छ । हामीले भएकालाई नै घुमाएर खेलाउनुपर्ने बाध्यता छ ।” नेपालले एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो । अन्तिम चरणको छनोटमा एसियाका २४ टिम सहभागी छन् । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको हो । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् । होम एण्ड अवेका आधारमा चल्ने छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । त्यस्तै समुह एफमा रहेको नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्ने छ । त्यसपछि नेपालले १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्सको सामना गर्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । | baahrakhari.com |
761,094 | जिल्लास्थित एक प्राविधिक शिक्षालयमा अध्ययनरत दुई विद्यार्थीको डुबेर मृत्यु झएको छ । दिक्तेलको दित्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका १९ वर्षीय एलिस बस्नेत र १९ वर्षीय विक्रम भट्टराई शनिबार बिहान साप्सुखोलामा डुबेका थिए । अध्ययन भ्रमणका लागि मेवाखोला हाइड्रोपावर जाँदा खोलामा पौडी खेल्ने क्रममा बिहान ११ बजेतिर उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक केशव कटवालले जानकारी दिए । | ekantipur.com |
939,117 | चुरेभावर लोकतान्त्रिक पार्टीले शनिबार चुनावी 'प्रतिबद्धतापत्र' सार्वजनिक गरेको छ ।पार्टी अध्यक्ष भूमिराज निरौलाले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा चुरेभावर लोकतान्त्रिकले पाँचवटा संघीय राज्यको प्रस्ताव गरेको छ । | ekantipur.com |
4,807,463 | महामारीको चपेटामा आएपछि विश्वले मानिसका लागि आउने अर्को एक खतराका बारेमा सोचेको छैन। त्यो खतरा हो, कोरोना भाइरसको संकटपछि विश्वमा तीव्ररुपले भएको रोबोटको उदय। विश्लेषकहरुले राम्रो होस् वा नराम्रो तर धेरै प्रकारका काममा अब रोबोटले मानिसको स्थान लिने दाबी गरेका छन्। कोरोना भाइरसबाट पैदा भएको संकटले विश्वलाई यो दिशामा धकेल्न प्ररित गर्ने उनीहरुको भनाइ छ। फ्युचरिस्ट मार्टिन फोर्ड भन्छन्, ‘मानिसले सामान्यतया भनेको सुनिन्छ की उनीहरु कुनै पनि गतिविधिमा मानिसको सहभागिता चाहन्छन्। तर कोभिड–१९ को असरले यसलाई बदलिदिएको छ।’ आगामी दिनमा कसरीले रोबोट अर्थव्यवस्थाको एक महत्वपूर्ण हिस्सा हुने छ? मार्टिन फोर्डले यसबारेमा लेखेका छन्। उनी भन्छन्, ‘कोभिड–१९ को असरले उपभोक्ताको प्राथमिकता बदलिरहेको छ र अटोमेशनका लागि नयाँ अवसर खोल्न गइरहेको छ।’ साना–ठूला सबै कम्पनीले सोशल डिस्टेन्सिङको पालना गर्नका लागि रोबटको प्रयोग गरिरहेका छन् र कर्मचारी कम गरिरहेका छन्। अमेरिकाको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले सफाई गर्नका लागि रोबोटको प्रयोग गरिरहेको छ। दक्षिण कोरियामा तापक्रम लिने र स्यानिटाइजर बाँड्नका लागि रोबोटको प्रयोग भइरहेको छ। हेल्थ एक्सपर्टस्ले चेतावनी दिएका छन् की २०२१ सम्म काम गर्ने ठाँउमा सोसल डिस्टेन्सिङ अपनाउनुपर्ने हुन सक्छ। यस्तो भएमा रोबोटको काम बढ्नेछ। सरसफाइ र स्यानिटाइज गर्ने वस्तु उत्पादन गर्ने कम्पनीको समेत माग बढेको छ। अल्ट्रावाइलेट लाइट रोबट बनाउने डेनमार्कको कम्पनी यूवीडी रोबटले चीन र यूरोपमा सयौं मेसिन पठाएको छ। किराना पसल र होमडेलिभरी गर्नका लागि समेत रोबोटको प्रयोग भइरहेको छ। विश्लेषकहरुका अनुसार जसरी लकडाउन सकिन्छ र बजार खुल्न सुरु हुन्छ। त्यसरी नै हामीले यस्ता प्रविधीको प्रयोग ज्यादा भएको देख्न पाउनेछन्। हुन सक्छ की स्कुल र कलेजमा सफाईको काम समेत रोबोटले नै गर्न सक्छ। द कस्टमर अफ द फ्युचर किताब लेखेका ब्लेक मार्गन भन्छन्, ‘ग्राहक आफ्नो सुरक्षाको ध्यान धेरै गरिरहेको छ। उसले काम गर्नेहरुको स्वास्थ्यको बारेमा समेत सोचिरहेको छ। अटोमेसनले यी सबैलाई स्वस्थ राख्न सक्छ। ग्राहकले यस्तो गर्ने कम्पनीको सराहना समेत गर्नेछन्।’ यद्यपी मागर्न यसको सिमामा समेत ध्यान दिनुपर्ने बताउँछन्। ‘अटोमेसनले रिटेल मार्केटमा मानिसको भूमिकालाई कम गरेपनि केही यस्ता काम हुन्छन्, जसमा रोबोट सायद सफल हुँदैन,’ उनी भन्छन्। टुट्ने फुट्ने खतरा भएको काममा ग्राहकले सेवा लिन चाहाने तर, मानिसमै भरोसा गर्ने अवस्थासमेत रहने उनको भनाइ छ। फुड सर्भिस पनि एक यस्तो क्षेत्र हो, जहाँ स्वास्थ्यसँग जोडिएको चिन्ता कारण रोबोटको प्रयोग बढ्ने सम्भावना छ। म्याक डोनाल्ड जस्तो फुड कम्पनीले खाना पकाउने र त्यसलाई सर्व गर्ने काममा रोबोटको प्रयोगको परीक्षण गरिरहेको छ। अमेजन र वालमार्टको गोदाममा पहिलेदेखि नै रोबोटको प्रयोग भइरहेको छ। अब कोरोनाका कारण दुवै कम्पनीले सामानको प्याकेजिङ र त्यसलाई डेलिभरी गर्न रोबोटको प्रयोग गर्ने बारेमा विचार गरिरहेका छन्। यसले धेरै मानिसको रोजगारी गुम्ने खतरा समेत छ। एकपटक जहाँ कामदारको ठाँउ दिन रोबोट सफल हुन्छ, तब यसको सम्भावना सायद कम्पनीले फेरी त्यो ठाँउमा कसैलाई नियुक्त गर्ने सम्भावना रहँदैन। रोबोटलाई बनाउने र त्यसको व्यापारिक प्रयोग गर्नमा खर्च धेरै हुन्छ। तर, जसरी एकपटक रोबोट तयार हुन्छ र उसलाई कम गर्न थालिन्छ, तब रोबोट मानव श्रम भन्दा सस्तो समेत हुन्छ। मार्टिन फोर्टका अनुसार कोरोनापछि रोबोटको प्रयोग बजारका लागि फाइदाजनक सावित हुनेछ। उनी भन्छन्, ‘मानिस जहाँ जान मन पराउँछन्, त्यहाँ मानिस कम र मेसिन ज्यादा हुन्छन्। किनकी त्यहाँ जोखिम कम महसुस हुन्छ।’ आर्टिफिसियल इन्टलिजेन्स यसरी विकसित भइरेको छ, जो स्कुल पढाउने शिक्षक, फिटनेश ट्रेनर र वित्तिय मामलामा सल्लाह दिनेहरुको ठाँउ समेत लिन सक्छ। प्रविधी क्षेत्रका ठूला कम्पनीले आर्टिफिसियल इन्टलिजेन्सको प्रयोग बढाइरहेका छन्। फेसबुक र गुगल जस्ता कम्पनी समेत कुनै गलत पोस्टलाई हटाउनका लागि आर्टिफिसियल इन्टलिजेन्सको सहयोग लिइरहेका छन्। रोबोटको सम्भावनालाई लिएर संशय व्यक्त गर्ने मानिसहरुले रोबोट भन्दा मानिस नै उपर्युक्त भएको बताइरहेका छन्। तर, यो तस्वीर परिवर्तन हुन सक्छ, किनकी लकडाउनका कारण मानिसमा घरमा बसेर सुविधा लिने र ज्यादा आराम गर्ने बानी परिसकेको हुनेछ। विशेषज्ञ म्याककिन्सीले सन् २०१७ को एक रिपोर्टमा यो कुराको अनुमान लगाएका थिए की अमेरिकाका एक तिहाई कामदारले २०३० सम्म अटोमेसन र रोबोटका कारण रोजगारी गमाउने छन्। तर महामारीमा त्यो तागत हुन्छ की उसले समयको सबै तयभएका सिमालाई बदल्न सक्छ । | kathmandupress.com |
165,006 | कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिए । पूर्वमन्त्री बुढाथोकीको माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । कांग्रेसले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका स्वर्गीय बुढाथोकीप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित माघ १३–२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको हो । | nepalwatch.com |
589,429 |
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आज शिष्टाचार भेट गरेका छन् । ओली निवास बालकोटमा उनीहरूबीच भएको भेटमा नेपाल र चीनको हित र चासोका विविध पक्षबारे छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ । राजदूत सोङले केही दिनअघि ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै आफ्नो भेटघाट बढाएका हुन् । | lokpath.com |
4,419,062 | सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो । रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा उता पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी)ले जनाएको हो । सर्लाहीमा चर्को ब्याजमा ऋण लगानी गरेर ठगी गरेको रौनियारमाथि आरोप छ । यही आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधअनुसार उनलाई सर्लाही पठाइएको हो । सर्लाही पु¥याइएका रौनियारलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो बढ्दै आएको थियो । यस्ता गुनासोमा प्रहरीमा उजुरी नै परेपछि लामो समय भारतमा लुकीछिपी बस्दै आएका रौनियार यसपालि प्रहरी पक्कडमा परेका हुन् । सीमावर्ती भारतका आफन्तकहाँ बस्दै आएका रौनियार सर्लाही नगएर महोत्तरीको गौशालाबजार पुगेका थिए । गौशालामा उनलाई पीडितहरूले अड्याएर सामाजिक छलफल भइरहँदा एक जना पत्रकारले सोधेका जिज्ञासामा अभद्रता देखाएका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना अनुसन्धान गरिरहेकै बीच जिल्ला प्रहरी कार्यालय सर्लाहीले माग गरेपछि रौैनियारलाई उता पठाइएको हो । | hellokhabar.com |
6,367,920 | पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ । | mahendranagarpost.com |
1,846,190 | वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो । गत फागुन महिनामा मात्रै ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । विभागका अनुसार साउनदेखि फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २ लाख ८६ हजार ९३२ रहेको छ । यसमध्ये पुनः श्रम स्वीकृति लिएर जानेको संख्या भने १ लाख ८४ हजार २८८ जना रहेको छ । फागुन महिनामा वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकको संख्या १८ हजार ७०७ जना, साउदी जाने श्रमिकको संख्या १३ हजार २६७ जना, कतार जाने श्रमिकको संख्या ११ हजार ३९० जना, मलेसियाजाने श्रमिकको संख्या ८ हजार ७१४ जना रहेका छन् भने कुवेत जाने श्रमिकको संख्या ३ हजार २०६ जना, रोमानिया जाने श्रमिकको संख्या १ हजार ७८४ जना र जापान जाने श्रमिकको संख्या १ हजार ३६० जना रहेको छन् । यस्तै बहराइनमा ९२८, क्रोयसियामा ९१५, मोरिससमा ८५९, दक्षिण कोरियामा ७७०, साइप्रसमा ५७७ र अमोनमा ५३३ जना नेपाली श्रमिक वैदैशिक रोजगारीका लागि बाहिरिएका छन् । यसमध्ये पुरुष श्रमिक ३५ हजार ६६ जना र महिला श्रमिक ४ हजार ८४५ जना रहेका छन् । | arthasarokar.com |
376,558 | किराँत धर्मगुरुलाई अभिनन्दन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा किराँत धर्मगुरु आत्मानन्द सेइङ र गुरुआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरिएको हो । किराँत गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा लारुम्बास्थित किराँत धार्मिकस्थलमा नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले अभिनन्दन गरेका हुन् । अभिनन्दन कार्यक्रममा संविधान सभा सदस्य नगेन्द्रकुमार कुमाल पनि सहभागी थिए । सो अवसरमा धर्मगुरु आत्मानन्द सेइङले धन्यवाद दिए । किराँत धार्मिकस्थलमा यसअघि राजा वीरेन्द्र, ज्ञानेन्द्र शाह, प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, केपी ओलीलगायत आए पनि अहिलेसम्म उचित विकास हुन नसकेकोमा उनले दुःख व्यक्त गरे । धर्मगुरु आत्मानन्दले आगामी दिनमा माङ्सेबुङ गाउँपालिकाको सडक, विद्युत्, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षामा विकास गर्ने अपेक्षासमेत गरे । उनले समग्र इलामको विकास गर्नुपर्ने उल्लेख गरे । इलाम पूर्वको ऐतिहासिक देवभूमि भएकाले यहीँबाटै विकासको श्रीबिन्दु गर्नुपर्ने बताउँदै राजनीतिक दलले यसमा ध्यान दिनुपर्ने उल्लेख गरे । कांग्रेस इलामका सभापति खड्कालेले किराँत धर्मको धार्मिकस्थल लारुम्बा र समग्र माङ्सेबुङ गाउँपालिकाको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । | hamrakura.com |
2,793,317 | नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरुबीच बृहत छलफल हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी मङ्सिर १ गतेदेखि ३ गते सम्म चल्ने लुम्बिनी समाचार महोत्सव¬ ९न्यूज फेस्टिभलको० क्रममा देशका छापा, रेडियो, टिभी र अनलाइन मिडियाका सम्पादक तथा देशैभरबाट आउने पत्रकारबीच विभिन्न सत्रमा छलफल गर्नेगरी तयारी गरेको प्रेस क्लबका अध्यक्ष तथा लुम्बिनी न्यूज फेस्टिभल मूल आयोजक समितिका संयोजक दिपेश पछाईंले बताए । कार्यक्रममा देशका स्थापित वरिष्ठ सम्पादक र पत्रकार गरी ३०० जनाको सहभागिता रहनेछ । कार्यक्रममा देशभरबाट प्रकाशित पत्रिका पनि प्रदर्शनीका लागि राखिने बताइएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर र नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लुम्बिनीमा हुने तीनदिने न्यूज फेस्टिभलले नेपाली पत्रकारिता जगत्मा नयाँ आयाम थपिने विश्वास गरिएको छ । कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा छलफल हुनेछ । उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्षहरु किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, राससका अध्यक्ष हरिहर अधिकारी, रघु मैनाली, मोहन मैनाली र सात प्रदेशका पत्रकार महासङ्घका अध्यक्षलगायत उपस्थिति रहने निश्चित भएको आयोजकले बताएका छन् । यसैगरी दोस्रो दिन बिहान मायादेवी मन्दिर अगाडि ध्यानगुरुमार्फत ध्यान हुनेछ । त्यसलगत्तै ‘पत्रकारिता स् चुनौती र भविष्यको बाटो’ भन्ने विषयमा समूहगत छलफल हुनेछ । त्यसैगरी सोही दिन ‘सङ्घीयतामा रेडियो’ विषयमा छलफल हुनेछ । त्यसपछि सहभागीहरुलाई बुद्धको अष्टधातु रहेको रामग्राम नवलपरासी भ्रमण गराउने कार्यक्रम रहेको छ । रामग्रामको कार्यक्रम नेपाल पत्रकार महासङ्घ नवलपरासीले संयोजन गर्ने भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा अर्को सत्र सम्पन्न हुनेछ । उक्त सत्रपश्चात ‘सङ्घीयतामा समावेशी सञ्चार’ विषयमा छलफल हुनेछ । यसरी पहिलो दिनको सत्र समापन हुनेछ ।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद । | diyopost.com |
5,931,470 | गायिका आस्था राउतको आवाजमा रहेको ‘कम्पनी माला’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रेमका भाव समेटिएको यो गीतको भिडियोमा रियासा दाहाललाई भिक्षुको अवतारमा देख्न सकिन्छ । सुरेश अधिकारीको शब्द र संगीतमा तयार पारिएको यो गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् । भिडियोको निर्देशन शान थापाले गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् । यस्तै भिडियोको कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका हुन् । | khabarhub.com |
4,180,860 | इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन्। नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराए पनि सन्दीपमात्र मेगा अक्सनका लागि छनोट भएका हुन्। सन्दीपबाहेक नेपालबाट सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए। तर, सन्दीपबाहेक अन्य खेलाडी 'सर्ट लिस्ट'मा पर्न सकेनन्। सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) तोकेका छन्। सन्दीपलाई अक्सनमा कुनै टोलीले मूल्य लगाएको खण्डमा कम्तीमा ४० लाख भारु पाउने निश्चित छ। २०२१ मा सन्दीपले ४० लाख भारु नै अक्सनमा राखे पनि बिकेका थिएनन्। सन्दीपलाई २०१८ मा तत्कालीन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो। त्यस सिजनमा दिल्ली लिगबाट बाहिरिएपछि अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएका थिए। २०१९ मा दिल्लीले ६ खेलमा मौका दिँदा सन्दीपले ८ विकेट लिएका थिए। २०२० मा भने सन्दीपले मौका पाएनन्। २०२१ मा बिक्न सकेनन्। मेगा अक्सनमा कुल एक हजार २१४ खेलाडीले नाम दर्ता गराए पनि सर्ट लिस्टमा ५९० खेलाडी मात्र परेका छन्। जसमा ३५५ अन क्याप्ड छन्। ३७० भारतीय र २२० विदेशी खेलाडी छन्। अस्ट्रेलियाबाट ४७, अफगानिस्तानबाट १७, बंगलादेशबाट ५, इंग्ल्यान्डबाट २४, आयरल्यान्डबाट ५, न्युजिल्यान्डबाट २४, दक्षिण अफ्रिकाबाट ३३, श्रीलंकाबाट २३, वेस्टइन्डिजबाट ३४ र जिम्बावेबाट एक खेलाडी अक्सनमा सहभागी हुने छन्। नामिबियाबाट ३, स्कटल्यान्डबाट २, नेपाल र अमेरिकाबाट १-१ खेलाडी छन्। १० टोलीले रिटेनमार्फत् ३३ खेलाडी टोलीमा अनुबन्ध गरिसकेका छन्। आईपीएल अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ। यस सिजनदेखि आईपीएलमा १० टोलीको सहभागिता रहनेछ। एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउने छन्। जसमा ८ विदेशी खेलाडी हुने छन्। १० विदेशी खेलाडी रिटेन भइसकेको अवस्थामा अब ७० विदेशी खेलाडी आईपीएल अक्सनमा बिक्ने छन्। १० टोली हुँदा सन्दीपको सम्भावना छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
3,402,693 | मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
5,964,840 | २०८१ साउन ८ मंगलबार भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् । जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ । | sunaulonepal.com |
1,877,747 | हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राको खोरतर्फ जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो। गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए ।
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो । | pardafas.com |
1,869,258 | नयाँ बानेश्वरमा रहेको वेष्ट डेन्टल केयर एण्ड इम्प्लान्ट सेन्टरले मुख तथा दन्त स्वास्थ्य सेवा अब कोटेश्वरको महादेवस्थान सहयोगीनगरबाट पनि दिने भएको छ । उक्त सेन्टरले अभ्या डेन्टल हाउसको नाममा सोमबार देखि महादेवस्थानमा नयाँ शाखा खोली सेवा विस्तार गरेको हो । अभ्या डैन्टल हाउसको उद्घाटन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती पुगेका थिए । उनले एक कार्यक्रमका बीच रेबन काटेर सेवा शुभारम्भ गरेका छन् । सो अवसरमा उनले दन्त सम्बन्धि राम्रो उपचारका गर्न सफल होस भन्दै शुभकामना समेत व्यक्त गरेका छन् । कार्यक्रममा कामनपा ३२ कोटेश्वरका वडा सदस्य हिरा देबी पोखरेल, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. प्रेनित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. नवराज जोशी, लोक दोहोरी गायक नविन पौडेल र क्षीतिज नाट्य प्रतिष्ठानका केन्द्रीय सदस्य कलाकार माधव सिटौलाको सहभागिता रहेको थियो। डेन्टल हाउसका निर्देशक डा. हरि प्रसाद ओलीले सर्वसाधारणमा पनि विस्तारै दाँत र मुखमा लाग्ने रोगप्रति सचेतना देखिएकोले नै सरकारी सँगसँगै निजी क्षेत्रमा पनि दाँत तथा मुखको उपचार गर्ने अस्पतालहरूको विस्तार भइरहको उल्लेख गरे । उनले दाँतको उपचारमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको औल्याउँदै अभ्या डेन्टल हाउस मल्टिस्पेसियालिटी सेन्टरले गुणस्तरीय र ग्रामीण क्षेत्रमा पनि पुगेर आफ्नो सेवा विस्तार गर्ने बताए । नयाँ प्रविधि र अनुभवी तथा दक्ष डाक्टरहरूको सहकार्यमा गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौं । जुन काम हामीहरू बानेश्वरबाट पनि गरिनै रहेका छौं’ डा. ओलीले भने। सेवा प्रारम्भ भएदेखि अभ्या डेन्टल हाउस मल्टिस्पेसियालिटी सेन्टरले एक महिना अर्थात चैत्र महिनाभरी मुख तथा दाँतको निशुल्क परीक्षण तथा अन्य उपचार सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको निर्देशक डा . ओलीले जानकारी दिए । दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित अस्पतालले विशेषगरी विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई विषेश छुटको पनि व्यवस्था गरेको डेन्टलका प्रवन्ध निर्देशक डा. तुलसी पौडेलले बताइन्। डेन्टलले सातै दिन विहान ९ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिनेछ। साथै बिरामीले अस्पतालको फेसबुक पेजमार्फत, टेलिफोन सम्पर्क वा म्यासेजमार्फत सम्पर्क गरेर व्यक्तिले आफ्नो समस्या सुनाउन सकिने व्यवस्था भएको डा. पौडेलले जानकारी दिइन्। उनले डेन्टल हाउसमा आउने गरीव तथा असहायहरुको लागि विशेष छुटको पनि व्यवस्था रहेको बताइन् । | nepalihealth.com |
2,966,046 | देशमा चलिरहेको राजनितिक उठलपुथलबीच आइतबार आएको यस निर्णयले विक्रमसिंघेलाई राहत पुगेको बताइएको छ । राष्टपति मैत्रीपाला सिरिसेनाले विक्रमसिंघेलाई बर्खास्त गरि पुर्व राष्ट्रपति महिंदा राजपाक्षेलाई प्रधानमन्त्री पदको सपथ गराएका थिए । सिरिसेनालाई लेखिएको एक पत्रमा जयसुर्याले नोभेम्बर १६ समम सदन निलम्बन गर्ने उनको फैसलामा पनि प्रश्न उठाएका छन् । यसबाट देशले गम्भिर तथा अवांछनिय परिणाम भोग्नु पर्ने उनले बताए । सभामुख जयसुर्याले विक्रमसिंघेको सुरक्षा तथा प्रधानमन्त्रीका रुपमा पाउने सुविधा बहाल राख्ने अपिललाई स्विकार गरेको थियो । संसदमा अन्य कुनै उम्मेदवारले बहुमत साबित नगरेसम्म विक्रमसिंघेले प्रधानमन्त्रीका रुपमा पाउने सम्पुर्ण सुविधा दिनु पर्ने उनले बताए । विक्रमसिंघेले लोकतन्त्र तथा सुशासन कायम गर्नका लागि जनादेश हासिल गरेको सभामुखले बताए । सभामुखले पत्रमा राष्ट्रपति समक्ष के को आधारमा उनले देशको संसदलाई नोभेम्बर १६ सम्म भंग गरेको हो भन्ने प्रश्न उठाएका छन् । यस फैसलाको दुरगामी प्रभाव देशको राजनितिमा पर्न सक्नेमा पनि उनले सचेत गराएका छन् । सभामुखको पछिल्लो फैसला युएनपी नेता विक्रमसिंघेका लागि ठुलो राहतका रुपमा आएको बताइएको छ । जयसुर्याले राष्ट्रपतिलाई लेखेको उक्त पत्रमा आफुले विक्रमसिंघेको अपिललाई स्विकार गरेको र त्यसलाई लोकतान्त्रिक र जायज माग मानेको उल्लेख गरेको छ । संसद भंग गर्नुले देशमा गम्भिर तथा अवांछनिय परिणाम भोग्नु पर्ने उल्लेख गर्दै यसमा पुन विचार गर्न आफ्नो विनम्र आग्रह रहेको सभामुखले पत्रमा उल्लेख गरेको छ । उनले पत्रमा भने–मरो विचारमा, यो मेरो कर्तब्य हो कि म तपाईको ध्यान त्यो प्रक्रिय तर्फ आकर्षित गरुँ , जस अन्तर्गत संसद स्थगित गर्ने फैसला अध्यक्षसँगको परामर्शबाट लिनु पर्छ र जयसुर्याले सिरिसेनालाई शुक्रबार राती विक्रमसिंघेको स्थानमा पुर्व राजनितिक हस्ती महिंदा राजपाक्षेलाई प्रधानमन्त्री बनाएपछि देशका केही संस्थानहरुमाथि बलपुर्वक नियन्त्रणमा लिएका घटनाको पनि स्मरण गराएका थिए ।
सिरिसेना र विक्रमसिंघेबीच कयौं नितिगत मामिलामा बढ्दो तनावबीच अचानक यो राजनितिक घटनाक्रम अगाडी आएको हो । राष्ट्रपति सिरिसेना प्रधानमन्त्री र उनका नितिहरु विशेषगरि आर्थिक तथा सुरक्षा नितिहरुलाई आलोचक रहेका छन् । प्रधानमन्त्रीको पदबाट बर्खास्त भएपछि प्रतिक्रिया दिँदै विक्रमसिंघेले उनको स्थानमा राजपाक्षेको सपथ ग्रहण अवैध र असंवैधानिक भएको र उनले संसदमा आपनो बहुमत सावित गर्ने बताएका थिए । अंग्रेजी साप्ताहिक सन्ड मर्निङको विचार स्तम्भमा परिस्थितिले सरकारमा परिवर्तन लोकतान्त्रिक तरिकाबाट नभएको तर संवैधानिक तख्ता पलटको संम्बन्धित घटनाले संवैधानिक संकटको आसंका निम्त्याएको उल्लेख गरेको छ । यसमा सिरिसेना र राजपाक्षेबीच भएको सम्झौतालाई गोप्य राखिएको थियो । राजपाक्षेद्वारा सपथ ग्रहण नगर्दासम्म सिरिसेनाका बफादारहरु समेट यस विषयमा जानकार नभएको लेखमा उल्लेख गरिएको छ । यसबीच आइतबार विहान राजधानीमा सुरक्षा बढाइएको थियो । सेना, प्रहरी र विशेष कार्यबललाई राष्ट्रपति सचिवालय वरपर तैनाथ गरिएको थियो । महत्वपुर्ण भवन नजिकका सडकहरुमा सैनिक परिचालन गरिएको थियो । बर्खास्त प्रधानमन्त्री विक्रमसिंघे अहिले पनि प्रधानमन्त्रीको सरकारी आवास तथा कार्यालयमा बसिरहेका छन् । विक्रमसिंघेबाट सरकारी आवास टेम्पल ट्रिज खाली गराउन अदालतबाट आदेश प्राप्त गर्ने तयारीमा रहेको सरकारी सुत्रले बताएको थियो । युनपीले विक्रमसिंघेलाई बर्खास्त गर्नु गैर कानुनी भएको र उनी राष्ट्रपतिद्वारा संसद सत्र बोलाएर बुहमत प्रमाणित गरुन्जेल काम गरिरहने र उनी अहिले पनि प्रधानमन्त्री नै रहेको जनाएको थियो । | newsofnepal.com |
4,724,421 | काठमाडौं महानगरपालिकाले सस्तोमा औषधि बिक्री गर्न घर भाडामा लिने भएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा दिने प्रस्ताव गरेको हो । सूचना प्रकाशनको १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित काठमाडौं महानगरपालिकाको कार्यालय, स्वास्थ्य विभागमा दर्ता गराउन अनुरोध गरिएको छ । महानगरले घर भाडामा लिन महाराजगञ्ज क्षेत्र वडा नम्बर ३ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र, वीर अस्पताल क्षेत्र वडा नम्बर २२ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र, कालीमाटी क्षेत्र वडा नम्बर १३ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र र लैनचौर क्षेत्र वडा नम्बर २६ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्रका स्थानहरु तोकेको छ । महानगरका अनुसार भाडामा लिने घर तथा कोठाको क्षेत्रफल न्यूनतम ८०० देखि १२०० वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्नेछ । कम्तीमा ३ वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान भएको हुनुपर्नेछ । त्यस्तै मुख्य सडक वा कम्तीमा ६ मिटर फराकिलो सडकको किनारा रहेको घर हुनुपर्ने महानगरले जनाएको छ । घर, जग्गाको कर नियमानुसार भुक्तानी भएको हुनुपर्नेछ । बिजुली बत्ती, पानी, तथा शौचालय (सकेसम्म फरक क्षमतामैत्री समेत) भएको हुनुपर्नेछ । कम्पनी वा व्यक्तिको नाममा रहेको हुनुपर्नेछ । स्वास्थ्य प्रवर्द्धन केन्द्रसँग जोडिएको वा सँगै रहेको भवनलाई प्राथमिकता दिइनेछ । | nepalpress.com |
3,388,946 | नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहरूको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने जानकारी दिएका छन् । सो पार्टीले मध्यपहाडी लोकमार्गकेन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का उपलब्धिलाई आज पार्टी कार्यालय ललितपुरमा सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उनले भने, ‘समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ ।’ उनले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताए । उनले भने, ‘यस क्रममा हामी विज्ञहरु, जनप्रतिनिधिहरु र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौँ, गहन अध्ययन गर्नेछौँ । हाम्रो सङ्कल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने छौँ ।’ बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका अभियानमा ३० जिल्ला हुँदै दुई हजार किलोमिटरभन्दा यात्रा गर्दै जनसभा, कोणसभा, साना भेला र जमघट, सर्वदलीय र सर्वपक्षीय बैठकहरु, सांस्कृतिक कार्यक्रम र अन्तरक्रियाहरुका माध्यमबाट लाखौँ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिएको एमालेले जनाएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |