index
int64 1
6.39M
| Article
stringlengths 2
109k
| Source
stringclasses 99
values |
---|---|---|
232,002 | तुलसीपुर–घोराही चार लेन सडक खण्ड नबनेको विषयमा बिहीबार दिउँसो गृहनगर दाङमा सञ्चार मन्त्री रेखा शर्मालाई स्थानीयले घेराबन्दी गर्दै प्रश्न सोधेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १० को नारायणपुरमा नारायणपुर उद्योग वाणिज्य संघको आयोजना गरेको सञ्चालन चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्न गएकी मन्त्री शर्मालाई स्थानीयले सडकमै घेराबन्दीमा पारी किन सडक नबनेको हो? भनेर प्रश्न सोधेका थिए। उनीहरूले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न माग गर्दै छिटो चार लेन सडक बनाउन दबाब दिएका थिए। ‘चुनावी नारामा मात्रै चार लेन सडक सीमित नहोस्,’ भिडमा धेरैले प्रश्न सोधेका थिए, ‘अन्यथा हामी जस्तोसुकै आन्दोलन गर्न बाध्य हुनेछौं।’ उनीहरूले चुनावभन्दा अगाडि सुनेको भाषण अनुसार काम हुनुपर्ने माग गरेका थिए। सरकार प्रवक्तासमेत रहेकी मन्त्री शर्मा गत मंसिर ४ गते भएको संसदीय निर्वाचनका क्रममा दाङको निर्वाचन क्षेत्र नं. २ अर्थात् यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। उक्त निर्वाचनका क्रममा उनले आफूले जितेर गए पहिलो काम चार लेन सडक विस्तारमा ध्यान दिने बताएकी थिइन्। सोही कुरा स्थानीयले मन्त्री शर्मालाई सोधेका थिए। स्थानीयले घेरेपछि जवाफ दिन मन्त्री शर्मा सडकमै हाते माइक लिएर तयार भएकी थिइन्। उनले चार लेनको काम भने अनुसार नभएको भन्दै छिट्टै सम्झौता रद्द गर्ने दिशामा सरकार अगाडि बढेको जवाफ दिएकी थिइन्। भिडभाडका बीच जिल्लाका उच्च नेता र प्रहरी अधिकारीले सकार प्रवक्तासमेत रहेकी शर्मालाई मेला स्थलमा पुर्याएका थिए। आफूमाथि भएको घेराबन्दीबारे मन्त्री शर्माले मेला उद्घाटनका क्रममा बोलेकी थिइन्। मेलालाई सम्बोधन गर्दै उनले लमही–घोराही–तुलसीपुरको चार लेन सडक सरकारको पहिलो प्राथमिकता रहेको बताइन्। ‘यो चार लेन सडकलाई सरकारले पहिलो प्राथमिकताका रूपमा लिएको छ,’ उनले भनेकी थिइन्, ‘सरकारले यसलाई संवेदनशील रूपमा लिएको छ।’ तर, उनले चार लेन सडकलाई राजनीतिक मुद्दा बनाएर अतिरञ्जनात्मक रूपमा प्रस्तुत नगर्न आग्रह गरेकी थिइन्। नागरिकस्तरबाट रचनात्मक दबाब सृजना गरेर पनि सरकारलाई ध्यानाकर्षण गराउन सहज हुने भन्दै उनले जनप्रतिनिधिलाई प्रवेश निषेधले समस्या समाधान नहुने बताइन्। ‘यो चार लेन सडकको कार्य प्रगति आधारमा यथाशीघ्र ठेक्का तोडिने र नेपाल सरकारले बोलपत्र आह्वान कार्य प्रक्रिया अगाडि बढाउने छ,’ उनले भनेकी थिइन्, ‘यो रोड फ्री नगरेसम्म सरकारले काम गर्न नसकिने प्रावधान रहेकोले सरकार पहिलाको ठेक्का सम्झौता तोडेर रोड फ्री बनाएर काम सुरू गर्नेछ।’ त्यसपछि सरकार आफैंले पहिलो चरणमा बिग्रिएको बाटो मर्मत गर्नतर्फ लाग्ने उनले जानकारी दिइन्। त्यस्तै उनले जिल्लाको लाइफ लाइनका योजना अन्तर्गत खंग्रा नाकादेखि नारायणपुर हुँदै होलेरी, रक्षाचौरको बाटो, मुर्कुटी प्यूठानको बाटो, प्रहरी चौकी, स्वास्थ्य चौकीको स्तरोन्नतिलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउन चाहेको जानकारी दिइन्। उनले सकेसम्म तुलसीपुरको एयरपोर्ट विस्तार गर्न प्रयास गरिने र त्यो कुरा प्राविधिक कारणले सम्भव नभए दाङभित्रै अर्को कुनै ठाउँमा विकल्प खोजिने पनि जानकारी दिएकी थिइन् । | setopati.com |
6,292,095 | प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमित मन्त्रिपरिषदको कार्यालय उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् । भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो । आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । | aajakonews.com |
2,976,762 | पहिलो, स्थानीय निर्वाचन सुशील देवकोटा जुन देशमा जनताको आवाजको कदर हुन्छ, जनताको अभिमतको कदर हुन्छ, त्यस्तो देशलाई लोकतान्त्रिक विश्वनाथ खरेल प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ। नेपालमा निर्देशक सुदर्शन थापाले प्रेमगीतको सफलतापछि त्यसैको गीतलाई फिल्मको नाम दिई म यस्तो गीत गाउँछु बनाइरहेका एक जमानाकी चर्चित बलिउड अभिनेत्री रानी मुखर्जीले हिजो मंगलबार आफ्नो ३९औं जन्मदिन मनाइन् । | newsofnepal.com |
1,410,556 | ५ नम्बर प्रदेशबाट राष्ट्रिय सभामा सहभागि हुने पाँचजना सदस्यका लागि मतदान सुरु भएको हो। बिहान १० बजेदेखि मतदान भनिएको भए पनि केहि समय ढिला गरेर सुरु भएको थियो। निर्वाचन अधिकृत हेमन्त रावलले प्रदेशबाट आठजना सदस्य सहभागि हुनु पर्ने भएपनि तीनजना पहिले नै निर्विरोध भइसकेको हुँदा अन्य ५ जनाका लागि मतदान भएको बताए। तीन बजेसम्म जारी रहने मतदानमा ३ सय ५ जना मतदाता रहेका छन। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा र स्थानीय तहका फरक फरक मतदान स्थलबाट मतदान भइरहेका हो। एउटा मतदान केन्द्रमा प्रदेश सांसद र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। निवार्चनमा ५ नम्बर प्रदेशमा ३ सय ५ जना मतदाता रहेका छन्। भने ८१ सय मतभार रहेको छ। निर्वाचन अधिकृत रावलका अनुसार ५ नम्बर प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र २ सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार प्रति व्यक्ति १८ निर्धारण गरिएको छ। ८ जना चुनिनु पर्नेमा तीन जना निर्विरोध निर्वाचित भए पनि अब ५ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो। तीनजना अन्यबाट, एकजना दलितबाट र एकजना अपाङ्गता र अल्पसंख्यकबाट गरी ५ जनाको लागि मतदान भएको हो। यसअघि नै तीनजना महिला नेकपा एमालेबाट कोमल वली (दाङ), एमालेकै मीना बुढा (रोल्पा) र नेपाली कांग्रेसको तर्फबाट अनिता देवकोटा (दाङ) निर्विरोध निर्वाचित भइसकेका छन्।पाँचजना निर्वाचित हुने भएपनि प्रतिस्पर्धा ८ जनाको बीचमा हुन लागेको छ । | annapurnapost.com |
2,734,831 | लागु औषध हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने ३६ वर्षीय अनिल गिरी रहेका छन् । ललितपुर महानगरपालिका वडा नं १० सातदोबाटो एरियाको आसपासमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरीलाई पक्राउ गरेको हो । लागु औषध कारोबार गर्ने व्यक्तिको खोजी कार्य गर्दै जाँदा प्रारम्भिक अनुसन्धान पश्चात् लागु औषध खैरो हेरोइन जस्तो देखिने करिब ४० ग्राम साना-साना प्लास्टिकको ८ पोका पारी बिक्री वितरण गरी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । गिरीलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । | ratopati.com |
866,927 | लहरै चिटिक्क परेका घर । घर अगाडिपछाडि सानो करेसाबारी । आँगनमा कुखुराका खोर र शौचालय, घर घरमा बिजुली । गाउँ नजिकै रहेको विद्यालयमा पढिरहेका बालबालिका ।कुनै समय जंगल जंगल डुलेर हिँड्ने राउटेहरू यतिबेला घरमा छन् । यो उनीहरूकै बस्ती हो । रहनसहन, भेषभुषा, बोलीभाषा सबै परिवर्तन भएको राउटे गाउँ परशुराम नगरपालिका केन्द्र पुग्नुभन्दा २ किमि वरैको आमपानी र रज्यौडा गाउँका राउटे अब घुमन्ते रहेनन् । जंगली युगबाट सामाजिक मूलधारमा मिसिएपछि उनीहरूको जीवनशैली नै परिवर्तन भएको छ ।लालाबाला बोकेर जंगल डुल्नु गिठा, तरुल, कन्दमूल खोज्नु र सिकार गरी ल्याएको जंगली पशुपन्छी पोलेर सबैलाई खुवाउने गर्थिन् कुणी राउटे । आधा जीवन यसरी नै काटेकी उनी हिजोआज तरकारी खेतीमा ब्यस्त छिन् । आफैं स्थानीय बजारमा पुर्याएर तरकारीको मूल्य तय गरेर बिक्री गर्छिन् । घर फर्कंदा दैनिक उपभोग्य सामानसहित नातिनातिनाका लागि चाहिने स्कुलको सामान किनेर ल्याउँछिन् । अहिले कसैले ठम्याउन पनि सक्दैन । २५ वर्षअघि मात्र जंगली बसोबासबाट बस्तीमा आएकी कुणी राउटे हुन भनेर । उनले नामसमेत परिवर्तन गरेकी छन् । कुणी राउटेबाट उनी कुमा रजवार भएकी छन् । ‘सपनाजस्तो न विपनाजस्तो’ आधा शताब्दी पार गरेकी कुणी भन्छिन्, ‘अरूको मरेर पुनर्जन्म हुन्छ । हामी राउटेहरूको जिउंँदै पुनर्जन्म भएको छ ।’ ३० वर्षकी कल्कलाउँदो उमेरमा गाउँ छिरेकी कुणीले भनिन्, ‘अरू ५५ वर्ष लाग्दा बूढा हुन्छन् । मैले भर्खर जीवन सुरु गरेजस्तो लाग्छ ।’आफूसँग भएको ३ रोपनी जग्गामा तरकारी खेती गरेको उनले बताइन् । उनले भनिन्, ‘एक दर्जन कुखुरा छन्, ४ वटा बाख्रा छन्, दुहुनो गाई छ । अब त पूरै किसान भइसकेँ ।’ कुणीको मात्र नयाँ जीवनशैली सुरु भएको होइन । जंगली जीवन र संस्कृति छोडेर गाउंँका सबै ४७ परिवार राउटेको जीवनशैली पूरै परिवर्तन भएको छ ।कुनै समय मान्छे देखेर भाग्ने राउटे बालबालिका सफा र चिटिक्क पोसाकमा झोला बोकेर विद्यालय जान्छन् । खोलामा मारेका माछा र जंगलबाट ल्याएको कन्दमूल पोलेर खाने उनीहरू अहिले सबैका घरमा चुल्हो छ । बिहान सांँझ उनीहरूको भान्छामा खान पाक्छ । सबैले करेसाबारी बनाएका छन् । सरकारले निर्माण गरिदिएका पक्की घर छन् । घरघरमा शौचालय छन् । गाउँमा सरसफाइ पनि अन्यत्रभन्दा कम छैन ।केही बर्षअघि धेरै संघसंस्थाले उनीहरूको आयआर्जनका लागि दिएका बाख्रा र कुखुरा मारेर खाइदिने राउटेले अहिले रहर लाग्दा खसीबोका र कुखुरा पालेका छन् । मातबन्धकीमा सरकारले दिएको जग्गा सिध्याएका उनीहरू अहिले पछुतो मान्छन् । राउटे अगुवा शान्ति देवी भन्छिन, ‘सामाजिक असुरक्षा र अपहेलनाले राउटेलाई सरकारले दिएको जग्गा सकियो । फेरि एकपटक मौका दिने हो भने बल्ल राउटे सामाजिक मूल प्रवाहमा जोडिने थिए ।’ धेरै गुमाएपनि बल्ल अब नयांँ जीवन सुरु भएको उनको बुझाई छ ।‘जंगलको गिठाभन्दा गाउंँको तरकारी नै मीठो’ ३५ वर्ष जंगल र ३४ वर्ष गाउँमा बिताएका धनवीर राउटे आफ्नो करेसाबारी देखाउँदै भन्छन्, ‘छोरा–बुहारी दिनभरि यिनै २ वटा गह्रामा के–के गर्छन् के–के ।’ आधाभन्दा बढी उमेर दार्चुला देथलाका गुफामा बिताएका उनले भने, ‘हामी त मान्छे हुन सकेनौं । अबको पुस्ता भने साँच्चै मान्छे भएर बाँच्न थालेका छन् ।’०४२ सालमा राजा वीरेन्द्रको हुकुमबाट राउटे परिवारले एक/एक बिघा जमिन, घर बनाउन र गाईबस्तु खरिद गर्न नगदसमेत पाएका थिए । डडेलधुराको तत्कालीन जोगबुढा तथा शीर्ष गाउँ पञ्चायतमा पुन:स्थापना गरिएका राउटेमध्ये केही परिवार फेरि जंगलमै फर्केपनि अधिकांश परिवार भने सामाजिक मूलधारमा जोडिएका छन् । ‘मुलुकमा द्वन्द्व सुरु भएपछि केही परिवार राउटे असुरक्षाका कारण गाउँ छोडेर हिँडेका हुन्’ राउटे अगुवा शान्तिदेवीले भनिन्, ‘केही परिवार कञ्चनपुर र डडेलधुराको सीमा क्षेत्र मुसेटीमा छन् । अरू भने कता गए कसैलाई जानकारी छैन । | ekantipur.com |
3,711,484 | ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत आयोजनालाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकुञ्ज तथा संरक्षण क्षेत्रले आयोजना अध्ययनका लागि सहमति नै नदिँदा करोडौं रोयल्टी तिरिसकेका आयोजनाको लाइसेन्स खारेज हुने अवस्था आएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा प्रभावित आयोजनाका प्रवद्र्धकहरुको टोलीले सोमबार वन तथा वातावरण सचिव दीपक खराललाई भेटेर यी आयोजनाको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ । निकुञ्ज तथा संरक्षण क्षेत्रका कर्मचारीलाई कुनै कुरा चित्त नबुझेको भरमा प्रवद्र्धकलाई थुन्ने धम्की दिनु न्यायसंगत नभएको प्रवद्र्धक सिताराम तिमल्सिनाले बताए । ‘म ७५ वर्षको बूढोलाई राति घरमै आएर उठाउँछु भन्ने धम्की दिन्छन् । उनीहरुले बोलाएको बैठकमा तीन पुस्ता नै आउनुस् भन्छन्,’ तिमल्सिनाले सचिवसँग गुनासो पोखे, ‘हामीले त हाइड्रो बनाएको हो । देशलाई समृद्ध बनाउने अभियानमा लागेको हो । कुनै तस्करीको काम गरेको त होइन नि ।’ लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत आयोजनाका प्रवद्र्धक तथा इप्पानका सदस्य भरत पराजुलीले रुख तस्कर र जलविद्युत प्रवद्र्धकलाई हेर्ने दृष्टिकोण एउटै हुनु दुःखद् भएको बताए । ‘हामीलाई अपमानित महसुस भइरहेको छ । देशलाई समृद्ध बनाउने अभियानमा लागेका मान्छेलाई थुन्छु भनेर धम्की दिइएको छ । कमजोरी भएको भए करेक्सन गरौं । हामीले हाइड्रोपावर बनाएको हो, कुनै अपराध गरेको होइन,’ उनले भने । वरुण खोला जलविद्युत आयोजनाका प्रवद्र्धक तथा इप्पान सदस्य विजयमोहन भट्टराईले आयोजनाको क्षमता बढाउँछु भन्दा निकुञ्जले अनुमति नदिएको बताए । उनले वनमा पर्ने थप कुनै रुख नकाटी, कुनै संरचना नथपी २० मेगावाटको क्षमता बढाएर ३० मेगावाट बनाउन अनुमति माग्दा निकुञ्जले नदिएको जानकारी दिए । मध्य घुन्सा खोला जलविद्युत आयोजनाका प्रवद्र्धक पूर्णलाल श्रेष्ठले वनले अध्ययन सहमति नदिएमा ३ महिनापछि आयोजना अनुमतिपत्रको अवधि सकिएर खारेज हुने भएकाले आयोजना बचाउन पनि तुरुन्तै अध्ययन सहमति दिनुपर्ने बताए । यस्ता आयोजनाको अनुमति अवधि २ वर्ष थप गर्नका लागि ऊर्जा मन्त्रालयलाई सिफारिस गरिदिन इप्पानले वन सचिव खरालसँग आग्रह गरेको छ । ऊर्जा मन्त्रालयले अनुमतिपत्र जारी गरेपछि ५ वर्षदेखि वर्षेनि करोडौं रुपैयाँ रोयल्टी तिरिसकेको तर वनबाट अध्ययन सहमति नपाएकाले लाइसेन्स खारेज हुने अवस्था आएकाले यी आयोजनाको लाइसेन्स जोगाउन सचिवस्तरीय निर्णयबाट अध्ययन सहमति दिन अध्यक्ष कार्कीले आग्रह गरे । संरक्षित क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने कार्यविधि २०८० मा पानी छोड्नुपर्ने व्यवस्थालाई उल्ट्याएर क्युसेकबाट क्युमेक बनाउँदा धेरै आयोजना प्रभावित हुने हुँदा उक्त बुँदा हटाएर साविककै क्युसेक उल्लेख गर्न पनि कार्कीले आग्रह गरे । सचिव खरालले क्युसेकलाई क्युमेक बनाएको कुरा र २ वर्ष म्याद थप गर्ने कुरा सम्बोधन गर्न मिल्ने भए आफ्नो तर्फबाट सहजिकरण गर्ने प्रतिवद्धता जनाए । काम गर्नकै लागि आयोजनालाई अनुमतिपत्र दिएको भन्दै सचिव खरालले अध्ययन र निर्माणको क्रममा केही कमजोरी भएको भए त्यसलाई बसेर सुल्झाउनुपर्ने तर आयोजनाको काम रोकिन नहुने कुरामा आफू प्रतिवद्ध रहेको बताए । मिडिल घुन्सा जलविद्युत आयोजना– ३० मे.वा. अप्पर पेल्मा खोला जलविद्युत आयाजना– २४.८ मे.वा. गुम्चे खोला जलविद्युत आयोजना– ७.५ मे.वा. घुन्सा खोला जलविद्युत आयोजना– १५५ मे.वा. लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत आयोजना– ९.७ मे.वा. यान्मा खोला जलविद्युत आयोजना– ६५.८ मे.वा. सिम्बुवा खोला जलविद्युत आयोजना– ४० मे.वा. लाङटाङ खोला जलविद्युत आयोजना– २० (३०) मे.वा. अपर बरुण खोला जलविद्युत आयोजना– १०९ मे.वा. कुल ९ आयोजना, ४६१ मेगावाट क्षमता काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् लमजुङ– लमजुङमा रहेका गण्डकी प्रदेश अन्तर्गतका कार्यालयले ३१ प्रतिशतभन्दा बढी रकम आर्थिक वर्षको अन्तिम महिनामा हेटौंडा– बागमती प्रदेश सरकारले बितेको आर्थिक वर्ष २०८०/०८१ मा ७२ दशमलव ८३ प्रतिशत बजेट खर्च धनगढी – जिल्ला भन्सार कार्यालय कैलालीको राजस्व ३८ करोड रुपैयाँले घटेको छ । | karobardaily.com |
76,044 | बिहीबार बसेको नेपाल पर्यटन बोर्डको बैठकले नेपालको कुनै पनि गन्तव्यमा ट्रेकिङ जाँदा विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था आगामी अप्रिल १ बाट लागु हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । अहिले फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) प्रणाली कार्यान्वयनमा छ । एफआईटी टिप्स कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिप्स कार्ड लिएर पर्यटकहरू एक्लै भ्रमणमा जाने गरेका थिए । अहिले एफआईटी र सामूहिक रूपमा लिने टिप्स कार्डको मूल्य फरक छ । एक्लै भ्रमणमा जानेहरूले दुई हजार र सामूहिक भ्रमण जानेहरूले १ हजार रुपैयाँ तिर्नुपर्छ । बोर्डले एफआईटी प्रणाली बन्द गरेसँगै अब विदेशी पर्यटकले टिप्स कार्ड लिँदा २ हजार रुपैयाँ तिुर्नपर्ने छ । एफआईटी प्रणालीले गर्दा पर्यटकको गन्तव्य पक्का नहुने र हराउने समस्या थियो । त्यसले गर्दा गन्तव्य असुरक्षित हुने अवस्था थियो । ‘टिप्स एक ठाउँको लिने र अर्काे ठाउँमा गएर बस्ने गरेको भेटियो । जसले गर्दा गन्तव्य असुरक्षित हुने समस्या आएको थियो’, बोर्ड निर्देशक लामिछाने भने । पर्यटकहरूको गन्तव्य र सुरक्षामासमेत बारम्बार प्रश्न उठ्ने गरेको थियो । यस प्रकारको समस्या समाधानका लागि एफआईटी प्रणालीमार्फत टिप्स लिने व्यवस्था बन्द गरेको निर्दशक लामिछानेले बताए । ‘एफआईटी प्रणालीले गर्दा पर्यटकहरू हराउने र कतिवय अवस्थामा मृत्यु भेटिने अवस्था थियो । जसले गर्दा पर्यटक र उनीहरूको सुरक्षामा प्रश्न उठ्यो,’ निर्देशक लामिछानेले भने, ‘नयाँ व्यवस्था लागु भएपछि सुरक्षा र गन्तव्यमा समेत सुधार हुने अपेक्षा गरेर यस्तो निर्णय गरेका हौँ । | canadanepal.com |
930,548 | वासिङ्टन र सोलले मिसाइल प्रतिरोधक प्रणाली ‘थाड’ राख्ने भनी गरेको घोषणाको जवाफमा उत्तर कोरियाले दक्षिणविरुद्ध ‘भौतिक कारबाही’ गर्ने धम्की दिएको छ ।गएको जनवरीदेखि प्योङयाङले लगातार आणविक बम र मिसाइल परीक्षण गरेको परिप्रेक्ष्यमा थाड स्थापना गरिन लागेको हो । | ekantipur.com |
3,779,895 | केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो । निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन । साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले आक्रमण गरेको हो’, उनले भने, ‘उनी खड्ग दलमा अमलदारमा कार्यरत थिए । नामै खुलाउँदा परिवारलाई नराम्रो होला ।’ सेनाको हेडक्वार्टरबाटै नाम खुलाउने भन्ने भएर अहिले मृतकको नाम नखुलाइएको उनले बताए । ‘ध्रुवेले अघिल्लो दिन पनि त्यता बबाल मच्चाइरहेको थियो । गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको थियो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘साँझपख निकुञ्जको नाकामा कुर्न जाँदा खेरी हात्तीसँग झम्काभेट भएछ । हात्तीले ढाडमा कुचेछ ।’ हात्तीले कुल्चिएपछि जवानको ढाड भाँचिएको थियो । ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो । ध्रुवे आक्रामक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको छ । | emountaintv.com |
3,655,071 | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सरकारले नक्सा सार्वजनिक गरेपछि संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमा छलफल र निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा लिपुलेकसहित अन्य अतिक्रमित भू–भागहरु फिर्ता गर्न भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल अविलम्ब सुरु गर्दै सार्थक र परिणाममुखी वार्ता गर्न सरकारलाई प्रस्ताव गर्ने विषयमा छलफल भएको थियो । यस्तै, रुकुम घटनालाई ढाकछोप गर्ने कार्य भइरहेको भन्दै कांग्रसले सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न संसदीय छानबिन समिति बनाउन सरकारसँग माग गरेको छ । सरकारको अकर्मन्यता र अयोग्यताका कारण कोरोना संक्रमणबाट छजनाले ज्यान गुमाइसकेको र हजारभन्दा बढी व्यक्ति संक्रमित भएको भन्दै बैठकमा सरकारको आलोचना भएको छ । यस्तै, बैठकले कोरोनाविरुद्धको राहत व्यवस्थापनमा स्थानीय सरकारलाई तत्कालन रकम विनियोजन गर्न, परीक्षण दर बढाएर स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गर्न, विदेशबाट नागरिकहरुलाई तत्काल उद्धार गर्न सरकारसित माग गरेको छ । ‘क्वारेन्टाइन’को मापदन्ड, ‘आइसोलेसन वार्ड’को संख्या वृद्धिलगायतका विषयमा तत्कालन ध्यान पुर्याउन पनि सरकारसँग माग गरिएको छ । | imagekhabar.com |
6,243,147 |
मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख पोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।
| shilapatra.com |
5,818,055 | नेपाल प्रज्ञा–प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले संयुक्तरूपमा ‘चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तर्क्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । प्रज्ञा प्रतिष्ठानले जनाएअनुसार, कार्यक्रममा ‘चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तर्क्रियामा भाग लिएको थियोे । प्रतिष्ठानका कुलपति राईले अन्तर्क्रिया कार्यक्रमको समापनमा सम्बोधन गर्दै अनुवादका माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिने बताए । उनले चिनियाँ साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले चिनका साहित्यकार लुसुनको लेखनीबाट आफू प्रभावित भएको चर्चा गरेका थिए । सो अवसरमा सदस्य सचिव डा. धनप्रसाद सुवेदी, बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली ‘अगिब’, हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा. बालाकृष्ण अधिकारीले धारणा राखेका थिए । कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता चाउ यान्पियाउले चिन सरकारद्वारा अनुदानप्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकनकासाथै नेपाली भाषा, साहित्य र संस्कृतिकाबारेमा बुझ्ने अवसर प्राप्त भएकोमा आफूलाई गौरवको अनुभूति भएको बताएका थिए । | baahrakhari.com |
3,464,282 | सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हकहित प्रवर्द्धन तथा संरक्षण समितिका पदाधिकरीहरुसँगको भेटमा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै सञ्चारमाध्यममा देखिएका समस्या र श्रमजीवीहरुले भोग्नुपरेका समस्या समाधानका लागि काम गरिरहेको उहाँले बताउनुभयो । मिडिया सञ्चालकहरु न्यूनतम् पारिश्रमिक लागू गराउन सकारात्मक रहेको उल्लेख गर्दै उहाँले श्रमजीवीहरुले पनि आचारसंहिताभित्र रहेको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कोभिड–१९ बाट संक्रमित सञ्चारकर्मीहरुको सरकारले निःशुल्क र प्राथमिकताका साथ उपचार गराउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । महासंघले कोभिड संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, जिल्ला हुलाक कार्यालयलाई सक्रिय बनाएर पत्रकार परिचयपत्र प्रदान, नवीकरण, अनलाइन दर्ता र नवीकरणसम्मको व्यवस्था गराउनुपर्ने माग सञ्चारमन्त्री गुरुङसमक्ष राखेको छ । समानुपातिक विज्ञापन प्रणाली लागू नहुँदासम्म स्थानीय र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढंगले वितरण गर्ने वातावरण मिलाउनुपर्ने र लोककल्याणकारी विज्ञापनवापतको रकम दोब्बर बढाउन पहल गरिदिन महासंघले आग्रह गरेको हो । विभिन्न सञ्चारमाध्यमले निष्कासन गर्ने र बेरोजगार बनाउने हर्कत गर्दै आएकोमा त्यसलाई रोकेर कोभिडले समस्यामा परेका सञ्चारगृहलाई पुनर्बहाली र पारिश्रमिक उपलब्ध गराउने वातावरण मिलाउन पहल गर्न पनि माग गरिएको साना लगानी मिडिया हकहित प्रवर्द्धन तथा संरक्षण समितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले बताउनुभयो । यस्तै, प्रदेशस्तरमा समेत सञ्चारग्राम बनाउने कार्यका लागि यथाशीघ्र पहल गर्न, साना लगानीका टेन्डर, सूचना प्रकाशित गर्न पाउनेगरी सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता हटाउन पहल गर्नपनि महासंघले आग्रह गरेको छ । महासंघले ६० वर्ष उमेर पुगेका र २५ वर्षभन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेका ज्येष्ठ सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत घोषणालगायतका १३ बुँदे ध्यानाकर्षणपत्र मन्त्री गुरुङलाई बुझाएको छ । | imagekhabar.com |
2,078,948 | जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउनेको जाँचदेखि द्रुत गति र आवश्यक कागजात समेतको चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी सहायक निरीक्षक (असई)सुशील विश्वासले जानकारी दिए। उनका अनुसार अहिले रातको समयमा मापसे गरी सवारी चलाएको हो कि होइन भन्ने चेकजाँच बढी गरिन्छ। बढी गतिमा सवारी कुदाएको भए नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने योजना ट्राफिक प्रहरीको रहेको छ। ‘सुरुका दिन ६/७ वटा सवारी कारबाहीमा परे, त्यसपछि अहिले सरदर दैनिक ३/४ वटा परिरहेका छन्,’ असई विश्वासले भने। ट्राफिक प्रहरीले फुङलिङ प्रवेशद्वार हेलिप्याड र बजार क्षेत्रमा सवारीमाथि निरागानी बढाएको जनाएको छ। असई विश्वासले एकै ठाउँ नबसी सवारीमाथि छड्के जाँच गर्ने योजना समेत सुनाए। तीव्र गतिमा सवारी चलाउने गरेको जनगुनासो आएको भन्दै उनले आवश्यकभन्दा बढी गतिमा सवारी चलाएको पाइए सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर कारबाही गरिने उनले जानकारी दिए। उनले ब्लुबुक र लाइसेन्ससहित कागजात साथमा नभएका सवारीसमेत कारबाहीमा परेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी)राजन लिम्बुले ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य हुने भएकाले ट्राफिक नियम उल्लंघन हुन नदिने गरी काम अघि बढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको बताए। जिल्ला प्रहरी प्रमुख भएर आउनेबित्तिकै उनले आफ्नो ध्यान ट्राफिक नियमको पालना गर्ने/गराउनेतर्फ केन्द्रित हुने बताएका थिए। साँघुरो बजार क्षेत्रमा हुने यातायात व्यवस्थापन, अव्यवस्थित सवारी व्यवस्थापन र ट्राफिक नियमको पालनामा कडाइका साथ प्रस्तुत हुने उनको प्रतिबद्धता थियो। डिएसपी लिम्बुले सवारी भाडादरसहित अन्य गुनासोको उचित सम्बोधनका लागि गृहकार्य भइरहेको जानकारी पनि दिए। | nagariknews.com |
3,228,658 | एमालेको कारण हालैको निर्वाचनमा पार्टीले एउटा पनि सफलता हात पार्न नसकेको थापाले आरोप लगाएका हुन् । आज पार्टी कार्यसम्पादन समितिको बैठकमा बोल्दै पार्टी पुनगर्ठन भएको छोटो समयमा चुनाव भएकाले पनि हार व्यहोर्नु परेको उनको तर्क थियो । साथै एमालेसँग तालमेल गरेर जानुपर्ने बाध्यता भएकाले चुनावमा तालमेल गरिएको ठहर थियो । थापाले भने, ‘चुनावमा हामीले एमालेसँग सहकार्य गर्ने निर्णय गर्यौं, त्यो सहि थियो व्यवहारिक र रणनीतिक रुपमा पनि ठीक थियो । तर उसैको कारण चुनावसमेत हारियो । एमालेलाई आफ्नो पार्टीको भोट हाल्यौँ तर एमालेको भोट राप्रपा नेपाललाई प्राप्त भएन ।’ कमल थापाको पार्टीले एमालेकै चुनाव चिन्ह सूर्यबाट आफ्ना उम्मेदवारहरु उठाएको थियो । तर एमालेले थापाका उम्मेदवारलाई कुनै पनि पालिकाको प्रमुख,उपप्रमुख पदमा उम्मेदवारीको कोटा नै दिएको थिएन । उनले भने, ‘आगामी निर्वाचनमा अहिलेको घटनाबाट पाठ सिक्दै नयाँ तयारीका साथ भाग लिइन्छ । | janaaastha.com |
855,546 | पश्चिम नवलपरासीमा एक युवकको हत्या भएको छ । एकजना गम्भीर घाईते भएका छन् । कुटपिटबाट पाल्हिनन्दन गाउँपालिका सुनरी बस्ने ३६ वर्षका गणेश मल्लाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा स्थानीय नवर्देश्वर चौहान घाइते छन् । प्रहरीका अनुसार टाउकोमा फलामको रड प्रहारबाट मल्लाहाबको मृत्यु भएको डिएसपी मोहन बहादुर खाँडले बताए । घाइते चौहानको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ। तरकारी व्यवसायी रहेका दुई पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ। घटनामा संलग्नहरुको खोजीकार्य जारी छ । यसरी भयो घटना सोमबार राति १० बजे सरावल गाउँपालिका-६ बडहरा दुबौलियामा रहेको धान खेती हेरेर मल्लाहा र चौहान घर फर्किदै थिए । दुवैजना खेत गएको मौका छोप्दै साथीहरुले प्रतापपुर गाउँपालिका-४ बर्दघाट पुलमा भेटन बोलाए ।आक्रमण गर्ने समूहले बर्दघाट पुलमा बोलाएर मल्लाहा र चौहानलाई पछाडिबाट टाउकोमा रडले प्रहार गरी आक्रमणा गरे । टाउकोमा रडले हानेपछि बेहोस भएका दुवैलाई मृत्यु भएको भन्दै पुलको दक्षिणतर्फ फालेर आक्रमणकारी राति नै फरार भए ।राती ११ बजे चौहानलाई होस आएपछि उनी भाग्दै घर आएर सबै घटनाबारे प्रहरी र स्थानीयलाई सुनाएपछि घटना बाहिर आएको हो । चौहान र मल्लाहा माथि आक्रमण गर्ने समूह आलु व्यवसायी सहपाठी नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । | ekantipur.com |
3,694,804 | नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु महिला सशक्तीकरण अभियानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न उपकरणमध्ये लघुवित्त पनि एक हो । | karobardaily.com |
2,634,751 | नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (इनन्) बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष सुनिल केसी र इनन्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित युनिभसिटी अफ पोमयु फाबर बार्सिलोनिया स्कुल अफ म्यानेजमेन्ट (युपीफए–बीएसएम) को वातावरणीय,सामाजिक र सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिने छ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ईएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ । | ratopati.com |
2,222,567 | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डमा चरम सत्तामोह देखिएको बताएका छन्। १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकैसँग पनि समिकरण गर्ने र तोड्ने गरेको आरोप समेत लगाए। माओवादी आन्दोलनका केही नेताहरुको आग्रहमा प्रचण्डलाई यसअघिको निर्वाचनमा सहयोग गरेको र गोरखाबाट जित हासिल गर्न सफल भएको भन्दै भट्टराईले चुनाव जितेपछि प्रचण्डले खोला तर्याे लौरौ बिर्सियाे जस्तो व्यवहार देखाएको जनाए। उनले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केही व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चुनाव चिन्ह लिएर निर्वाचन लडेको बताए। उनले पार्टीले नयाँबाटो तय गरेको भन्दै देशलाई बिकल्प दिएरै छाड्ने दाबी गरे। पुराना शक्तिहरुलाई जतिसुकै दयामाया गरेपनि उनीहरु सच्चिनेवाला नरहेको उनले बताए। देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थिरता र सुशासन कायम हुनै नसक्ने उनले बताए। उहाले अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणा समेत गरे । | dcnepal.com |
4,670,190 | गएका दुई शृंखलामा हामीले असार २८ को फैसलाका प्रकरण र को विश्लेषण गरेका छौं । सबै प्रकरणमा लेखिएका विषयलाई क्रमैसँग खोतल्दै जाँदा पनि फरक पर्ने थिएन । पाठकहरूसामु फैसलाको कमजोर धरातलको यथार्थ चित्रण राखिदिन हामीले खास प्रकरणहरू छानेर सुरुवात गरेका हौँ । सबै प्रकरणमा हामी मेलैमारी पस्नेछौं । ज्ञातव्य रहोस्, प्रकरण ३१ देखि फैसलाको ठहर आदेश खण्ड शुरु भएको छ । प्रकरण ४८ मा सत्यको तोडमोड र प्रकरण ४६ मा ‘कमन ल’का आधारभूत न्यायिक सिद्धान्तबाट गम्भीर विचलन भएको हामीले देख्यौं, सप्रमाण। अत्यन्तै महत्वपूर्ण र नभनी नहुने तथ्य भाग २ मा छुटेको छ- पाकिस्तानकै सर्वोच्च अदालतले विवादित प्रधानन्यायाधीश इफ्तिखार चौधरीको समयदेखि जनरल जिया उल हकको छायामा गरिएका राजनीतिक मुद्दाका फैसलालाई नजीरको रूपमा उद्धृत गर्दैन । उस्तै जन्ड व्यवस्था आए भोलि उल्टिन सक्ला । तर, विगत एक दसकमा त्यसलाई अघोषित ‘कन्भेन्सन’ मानिएको तथ्य अस्तिका दुई रिफरेन्समा उल्लेख भएको छ । चौधरी र उनको शैलीबारे थप हेर्न गर्नुस् । पाकिस्तानी इतिहासको कालो अध्याय मानेर उनीहरूले नै अग्राह्य ठानेका मध्येको सन् १९८९ को फैसलाले असार २८ गते हाम्रो सर्वोच्च अदालतको फैसलामा ‘विधि शास्त्रीय मान्यता विकास भएको’ अभ्यासका रूपमा स्थान पाएको छ । छैन त गज्जप ? पाकिस्तान सहितका यी अभ्यासहरू किन असार २८ को फैसलामा उद्धृत गर्नुपरेको भनी हाम्रो ‘प्राज्ञिक’ फैसलाको प्रकरण ४२ मा व्याख्या गरिएको छ । विभिन्न मुलुकका अभ्यास र अनुभवहरूको महत्व दर्शाउँदै त्यहाँ लेखिएको छ: यसरी फैसलाकै व्याख्या अनुसार, ठहर खण्डमा अस्ति हामीले विश्लेषण गरेका प्रकरण, आज हेर्न लागिएका बेलायतसम्बद्ध प्रकरण ४३ र ४४, भारतको अनुभव उल्लेख भएको ४५ तथा श्रीलंकाको अनुभव सामेल भएको ४७ र ९२ को मूलभूत उद्धेश्य उल्लिखित अभ्यासहरू हाम्रो संविधानको सापेक्षतामा ग्रहण गरी फैसलाको निष्कर्षलाई सघाउनु हो । हामीले पाकिस्तानी ‘संसदीय प्रणालीको आधारभूत मर्म’बाट पर्याप्त लाभ पाइसक्यौं र त्यसले कन्स्टिच्युसनल मोरालिटी र संसद पुनर्स्थापनालाई ‘हाम्रो संविधानको सापेक्षतमा’ कसरी उल्टोतिरबाट सघाएको छ भन्ने थाहा पाइसक्यौं । बेलायतका तीन उदाहरण हेरेपछि हल्का रिंगटा चल्छ, टाउको घुम्छ र व्यंग्य निबन्धकार भैरव अर्यालको टाउको निबन्धका यी पङ्क्ति स्मरण हुन्छन् । मा तथ्यको तोडमोड, प्लेजियारिजम, विकिपेडियाबाट गरिएको चोरी तथा मा प्रतिविम्बित जनरल जिया उल हकको छायाले प्रकरण १११ र ११२ को निष्कर्षमा उल्लेख संवैधानिक नैतिकतालाई गिज्याएको पनि हामीले दिनको घाम झैं छर्लंग देख्यौं । आज यस आलेखको मूलभूत विषयवस्तु प्रकरण ४३ मा उल्लिखित वेस्टमिन्स्टर मोडेलको जननी मानिने बेलायती अभ्यासका विश्लेषणलाई नियालेर हेर्नु हो । असार २८ गते संवैधानिक इजलासले गरेको फैसलाका प्रकरण ४३ र ४४ मा इजलासले बेलायती संसदीय अभ्यासका तीनवटा उदाहरण उल्लेख गर्दै त्यसलाई वेस्टमिन्स्टर मोडेलको अनुभव भनी मानेको छ । वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसदको तल्लो सदन (हाम्रो सन्दर्भमा प्रतिनिधि सभा) विघटन गर्ने निर्बाध अधिकार रहने भनी दावी गरिंदै आएको भएतापनि बेलायतमा समेत संसदको तल्लो सदन हाउस अफ कमन्स सितिमिति विघटन गर्नुहुँदैन भन्ने अभ्यास र विधिशास्त्र विकास हुँदै आएको भन्ने पुष्टि गर्न यी तीन उदाहरण प्रयोग गरिएको तथ्य फैसलाले आफैं भनेको हुनाले ती अभ्यास उद्धृत गरिनुको उद्धेश्यबारे थप चर्चा गरिरहनु परेन । बेलायतका तीन उदाहरण हेरेपछि हल्का रिंगटा चल्छ, टाउको घुम्छ र व्यंग्य निबन्धकार भैरव अर्यालको टाउको निबन्धका यी पङ्क्ति स्मरण हुन्छन्: कसरी ? संसदीय प्रणालीको मुहान मानिने बेलायतको भनिएका अभ्यासमध्ये असार २८ को फैसलामा एउटा प्राज्ञिक सन्दर्भ सामाग्री, एउटा कानुन र एउटा नजीर समावेश छन् । तीनवटै उदाहरण अपूर्ण रूपमा प्रयोग भएका छन् र तिनमा तथ्यगत त्रुटीहरू छन् । फिक्स टर्म पार्लियामेन्ट्स एक्ट, जसलाई सजिलोको लागि यस आलेखमा फिपा कानुन भनिएको छ, त्यसको अपेक्षित उल्लेख छ । तर, त्यसमा संसदले गरेको पछिल्लो संशोधनलाई पूरै छोडिएको छ, जुन फैसलाको गम्भीर त्रुटी हो । यस फैसलामा बारम्बार यस्ता लज्जास्पद पक्षहरू दोहोरिएका छन् । बेलायती सर्वोच्च अदालतले प्रतिपादन गरेको तेस्रो नजीरलाई फिपा कानुनको पछिल्लो सुधारले स्वत: शून्य बनाएको छ । हाम्रो फैसलाले त्यसैलाई ‘फेस भ्यालु’ मा टपक्क टिपेर राखिदिएको छ । ‘कमन ल’ अभ्यासमा यसरी कानुनको अंशसँग बाझ्नेगरी भएको न्यायिक कार्यलाई समेत दण्डनीय ‘विलफुल ओमिसन’ मानिन्छ । यसबारे थप बुझ्न गर्नुस् । अब आउनुहोस् पाठकवृन्द, फैसलामा उल्लिखित बेलायती प्रसंग र तिनका वास्तविक स्रोतलाई एक-एक गरी हेरौं । दूधको दूध, पानीको पानी भैहाल्छ । बेलायतको प्राज्ञिक उदाहरणका रुपमा इंग्लिश ल्यांग्वेज बुक सोसाइटीद्वारा प्रकाशित ए डब्लु ब्राड्लीद्वारा सम्पादित कन्स्टिच्युसनल एण्ड एडमिनिस्ट्रेटिभ ल नामक पुस्तकको नवौं संस्करण भित्र इसीएस वेड र जी गडफ्रे फिलिप्सद्वारा लेखिएको वा उनीहरुले कुनै स्रोतबाट उल्लेख गरेका उद्दरण सामेल छन् । त्यो उद्धरण के हो र त्यसमा के छ भन्नुअघि सम्बन्धित पुस्तककै बारेमा केहि भन्नु अत्यावश्यक हुन गएको छ । यो पुस्तक इसीएस वेड र जी गडफ्रे फिलिप्सको लेखन/सम्पादनमा सन् १९३१ देखि प्रकाशित हुन थालेको रहेछ । नवौं संस्करण १९७७ मा निस्केको देखिन्छ, करिब ४३ वर्षअघि । यो संस्करण ब्राडलीको एकल सम्पादनमा निस्केको हो । यसमै फैसलाले पहिलो गल्ती गरेको छ । मुख्य कुरा हाल यो पुस्तकका चौधौं (२००७) र पन्ध्रौँ (२०१७ पुनर्मुद्रण) संस्करण चल्तीमा छन्, जसको सम्पादकमा सन् १९९३ को एघारौँ संस्करणदेखि ब्राड्ली सँगै के डी एविंग पनि थपिएका छन् । यो त्रिचालीस वर्षमा किताब संशोधित र पुनर्लिखित भएको छ भन्नेमा आशंका छैन । किताबमा लेखेको कुरो कालान्तरमा फेरिन सक्छ भनेर नै सकेसम्म नयाँ संस्करणसँग व्यवहार गर्नुपर्छ भन्ने बुझ्न माथि उद्धृत भैरव अर्यालको निबन्धका पङ्क्ति बुझ्नुपर्छ, पढेर मात्र पनि भएन । यस किताबको चौधौं संस्करण हेर्दा प्रकाशक शुरुदेखि नै पियर्सन बुक्स रहेकोजस्तो देखिन्छ । तर, अहिले विवाद गर्नुपर्ने विषय प्रकाशक को हो भन्ने होईन । त्यसैले सीधा विषयवस्तुमा नै जाउँ, पृष्ठभूमिसहित । सन् १९५० को आम चुनावमा लेबर पार्टीले ल्याएको झीनो बहुमत समस्यामा परेपछि सम्भावित उपायबारे छलफल हुँदा राजा जर्ज छैटौंका स्वकीय सचिवले हाउस अफ कमन्सको सम्भावित विघटनबारे राजालाई दिएका सुझाव फैसलाले उठाएको उद्धरणमा छन् । फैसलामा नभएपनि यहाँ उल्लेख गर्नुपर्ने के छ भने ती स्वकीय सचिवको नाम एलन लासेल्स हो । फैसलाका हरेकजसो प्रकरणमा न्यायिक जिम्मेवारीको अभाव, प्राज्ञिक बेइमानी, सैद्धान्तिक विचलन र कार्य क्षमतामा गम्भीर कमजोरी देखिने उदाहरण बग्रेल्ती छन्, जसले कन्स्टिच्युसनल मोरालिटीको प्रवचनलाई कुरी-कुरी गर्दछन् । त्यसैले प्रश्न छ: झूट र बेइमानीको दलदलमा उभिएर प्रकरण १११ र ११२ मा कन्स्टिच्युसनल मोरालिटी लगाउने ? लासेल्सका ती सुझाव २ मे १९५० को ‘द टाइम्स’ पत्रिकामा ‘सेनेक्स’ उपनामबाट लेखिएको पाठक पत्रद्वारा सार्वजनिक भएका थिए (फोटो: म्याथ्यु बेली) । संसद आफ्नो काम गर्न सक्षम र जीवन्त छ, आम निर्वाचनले मुलुकको अर्थव्यवस्थामा अतिरिक्त भार पर्छ, र प्रधानमन्त्रीसँग संसदमा बहुमत कायम छ भनी राजालाई लागेमा राजाले विघटन रोक्न सक्ने सुझाव लासेल्सले दिएको देखिन्छ, जसलाई कालान्तरमा लासेल्स प्रोटोकल नामाकरण गरियो । यसबारे थप हेर्न गर्नुहोस् । सन् २००७ मा छापिएको चौधौं संस्करणमा लासेल्स सिद्धान्तको पूर्ण पाठ पृष्ठ २२७ को साटो २५० मा पुगेको छ, जसमा सप्रसंग यो पनि उल्लेख छ- यी सुझावका शर्तहरू पूरा हुन असम्भवप्राय छन् र प्रधानमन्त्रीबाट सिफारिस भैसकेपछि संसद विघटन नगर्नु राजाका लागि असम्भव छ । पृष्ठ २५८ मा रानीको विशेषाधिकार शीर्षकको च्याप्टरमा थप उल्लेख छ: संसद्को आव्हान, स्थगन र विघटन रानीको विशेषाधिकार हो । फैसलामा प्रयुक्त लासेल्स सिद्धान्तको उद्धरण यही कारण अपूर्ण र पुस्तकले अन्तरसम्बन्धित राखेको प्रसंग छाडेर उल्लेख भएको छ भनिएको हो । कितावमा उही उद्धरणको प्रस्टीकरणमा भनिएका यी कुरा त्रिचालिस वर्षअघिको संस्करणमा थिएनन्? प्राज्ञिक बेइमानीको यस्तो तरिकालाई ‘कोटिंग आउट अफ कन्टेक्स्ट फ्यालसी’ भनिन्छ । यस्तो बेइमानीबारे उदाहरणसहित थप हेर्न गर्नुहोस् । अब के इमानले कन्स्टिच्युसनल मोरालिटीको कुरा गर्ने ? फैसलाका हरेकजसो प्रकरणमा न्यायिक जिम्मेवारीको अभाव, प्राज्ञिक बेइमानी, सैद्धान्तिक विचलन र कार्य क्षमतामा गम्भीर कमजोरी देखिने उदाहरण बग्रेल्ती छन्, जसले कन्स्टिच्युसनल मोरालिटीको प्रवचनलाई कुरी-कुरी गर्दछन् । त्यसैले प्रश्न छ: झूट र बेइमानीको दलदलमा उभिएर प्रकरण १११ र ११२ मा कन्स्टिच्युसनल मोरालिटी लगाउने ? सोसल र पोलिटिकल मोरालिटीको भाषण दिने ? जुडिसियल मोरालिटी भन्ने हुन्छ कि हुँदैन ? यो चानचुने कुराले उम्किने विषय होइन, देश र जनताप्रति गरिएको गम्भीर घात र अपमान हो । हरेक तह र तप्काबाट यसको सशक्त प्रतिरोध र प्रतिवाद गरिनुपर्दछ । असार २८ को फैसला र लासेल्स सिद्धान्तसँग सम्बन्धित अझै रोचक कुरा बाँकी छन् । यसको पृष्ठभूमि सन् १९५० र ५१ को बेलायती आम चुनावसँग सम्बन्धित भएकाले यसबारे अलिकति इतिहास पल्टाउँदा सहजै विस्तृतमा बुझ्न सकिन्छ । सन् १९५० को फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा हाउस अफ कमन्सका ६२५ सीट मध्ये लेबर पार्टीले ३१५ सीट जित्यो, क्लेमेन्ट एटली प्रधानमन्त्री निर्वाचित भए । एटली क्याबिनेटका अर्थमन्त्री स्ट्याफोर्ड क्रिप्स बिरामी भएका कारण केहि महिनामा नै राजिनामा दिए, विदेशमन्त्री अर्नेस्ट बेभिनको मृत्यु भयो, अरू दुई मन्त्रीहरू अनेरिन बेभन र ह्यारोल्ड विल्सनको समेत राजिनामा भएका कारण सरकार विवादमा पर्दै गयो । फलत: केवल तीन सीटको मात्र बहुमतमा रहेका प्रधानमन्त्री एटलीको दलका थप केहि सांसदहरू निस्क्रिय हुने देखिएपछि सरकारले बहुमत गुमाएको दाबी विपक्षी कन्जरभेटिभहरूले गर्न थाले । राजा जर्ज छैटौं सन् १९५२ मा कमनवेल्थ राष्ट्रहरूको लामो भ्रमणमा निस्कन चाहान्थे । तर, एटलीको सरकार हल्लिन थालेकाले आफू विदेशमा भएकै बेला सरकार ढले के गर्ने भन्ने राजाको चासो थियो, जसबारे चलेको छलफलमा राजालाई स्वकीय सचिवबाट माथि उल्लिखित सुझाव प्राप्त भएका थिए । त्यसको केवल छ वर्ष अघि मात्र रोकिएको दोस्रो विश्वयुद्धमा सहभागी प्रमुख शक्ति राष्ट्र भएको हुनाले बेलायत अझैपनि त्यस महायुद्धका परकम्प महसुस गररहेको थियो । सन् १९५० मा नै, जब बेलायतमा सरकारको बहुमतबारे विवाद छेडियो, उत्तर कोरियाले दक्षिणमाथि आक्रमण गर्यो । शीतयुद्धको तनाव बढ्दा पश्चिमा राष्ट्रले बेलायती सैन्य भूमिकाको खोजी गर्न थाले । यस्तो बेला नयाँ आम चुनाव भएमा मुलुकलाई थप आर्थिक भार पर्ने तर्कहरू त्यत्तिकै जबर्जस्त थिए । यी प्रश्नका बाबजुद व्यवहारमा लासेल्सका सुझावलाई दरबारले रद्धीको टोकरीमा फ्यालिदियो भन्दा कुनै फरक पर्दैन, किनभने सेप्टेम्बर १९५१ मा हाउस अफ कमन्स विघटन गरी अक्टोबरमा चुनाव गर्ने प्रधानमन्त्री एटलीको सिफारिश राजाबाट तत्काल स्वीकार भयो । यस इतिहासको छोटकरी हेर्न गर्नुस् । संसद विघटन भई अघिल्लो चुनावको २० महिनामा नै दोस्रो आम चुनाव भयो, जसबाट सर विन्स्टन चर्चिल फेरि बहुमतसहित सत्तामा फर्किए । एकहत्तर वर्षअघि बेलायतका राजाले फ्याँकिदिएका तिनै सुझाव असार २८ गते हाम्रो गणतन्त्रको सर्वोच्च अदालतले इतिहासको डस्टबिनबाट टिपेर किन रिफरेन्समा राख्यो भन्ने प्रश्नको जवाफ कहाँ छ? ती सुझाव कुनै कानुन वा स्थापित सिद्धान्त होइनन्, शिष्टाचारका बुँदा मात्र थिए । यतिबाटै स्पष्ट हुन्छ फैसलामा जोन एल्डरको पुस्तकबाट लासेल्स सिद्धान्तलाई थप बल दिन लिइएको दोस्रो भनाईको रौँ जति पनि ‘भ्यालु’ छैन । हाउस अफ कमन्समा वैकल्पिक सरकार बन्नसक्ने, चुनावले राष्ट्रिय हितमा आघात पार्ने वा प्रधानमन्त्रीले असंवैधानिक काम गरेको भन्ने गोश्वारा आधार देखाएर बेलायतमा आजसम्म न कुनै विघटन रोकिएको छ, न रोकिने सम्भावना नै छ । असार २८ गतेको फैसलाले गरेको गम्भीर त्रुटि के हो भने २०११ को यस कानुनलाई संशोधन गरी पुरानै अवस्थामा फर्काउन बेलायतकै संसदमा धेरै अगाडि बढेको प्रक्रिया र दस्तावेजप्रति इजलासले आँखा चिम्लेको छ । यो असाध्यै गम्भीर गल्ती हो, जसले फैसलामा अनर्थ हुन गएको छ । ती सबैलाई एकै ठाउँ राखेर विश्लेषण गर्दा छुट्टै ऐना देखिनेछ । अहिलेलाई लागौं फैसलाले उल्लेख गरेको सन् २०११ मा बेलायती संसदद्वारा जारी ‘फिक्स-टर्म पार्लियामेन्ट्स एक्ट’ (फिपा) तर्फ, जसका बारेमा फैसलाको बुझाई माथिका उद्धरण भन्दा धेरै गम्भीर र त्रुटीपूर्ण देखिन्छ । यस कानुनले बेलायती हाउस अफ कमन्सको कार्यकाल सामान्यता: पाँच वर्षको रहने, पाँच वर्षको चक्र पूरा भएपछि हुने चुनावभन्दा २५ दिनअघि मात्र हाउस विघटन गर्न पाइने र हाउस आफैंले शीघ्र चुनावका पक्षमा बहुमतले निर्णय गरेको खण्डमा मात्र विघटन हुनसक्ने व्यवस्था गरेको साँचो हो । असार २८ गतेको फैसलाले गरेको गम्भीर त्रुटि के हो भने २०११ को यस कानुनलाई संशोधन गरी पुरानै अवस्थामा फर्काउन बेलायतकै संसदमा धेरै अगाडि बढेको प्रक्रिया र दस्तावेजप्रति इजलासले आँखा चिम्लेको छ । यो असाध्यै गम्भीर गल्ती हो, जसले फैसलामा अनर्थ हुन गएको छ । न्यायपालिकाको शीर सर्वोच्च अदालतमा स्रोत साधन सहजै उपलब्ध हुने र न्यायमूर्तीहरू पनि ‘असाध्यै प्राज्ञिक’ भएको हुँदा फिपा कानुनको अद्यावधिक विकासक्रमबारे इजलासलाई जानकारी नहुने कुरा असम्भव छ । जानकारी नभएको हो भने त्यो कार्यक्षमताको गम्भीर अभाव हो । जानकारी भएर पनि वेवास्ता गरिएको हो भने त्यो न्यायिक अख्तियारको घोर दुरुपयोग हो, अपराध हो । डिसेम्बर २०२० मा जुनबेला हाम्रो प्रतिनिधि सभा पहिलोपल्ट विघटन हुँदैथियो, त्यसैबेला बोरिस जोन्सन सरकारले फिपा संशोधन गर्न मस्यौदा विधेयक हाउस अफ कमन्समा टेबल गरेको थियो । यस विधेयकले विघटनको व्यवस्थालाई २०११ भन्दा अगाडिकै अवस्थामा फर्काउने, अर्थात् मन्त्रीपरिषदको निर्णयसहित प्रधानमन्त्रीले सिफारिस गरेको अवस्थामा रानीले कुनैपनि वखत हाउस विघटन वा स्थगन गरी नयाँ चुनावको मिति तोक्न सक्ने व्यवस्था गरेको छ । यस लगत्तै बेलायतको संसदले फिपा पुनरावलोकन गर्न र सरकारद्वारा प्रस्तुत विधेयकउपर थप अध्ययन गर्न कन्जरभेटिभ पार्टीका प्रमुख सचेतक लर्ड म्याकलोफ्लिनको अध्यक्षतामा दुवै सदनको संयुक्त समिति गठन गरिदिएको छ । समितिले २४ मार्च २०२१ अर्थात २०७७ फागुनमा हाम्रो प्रतिनिधि सभा पुनर्स्थापना भएकै समय आसपास उक्त विधेयक स्वीकृत गरी सदनमा मतदान गर्न ठिक्क पारेर राखेको छ । समितिद्वारा पारित अन्तिम प्रतिवेदन र त्यसलाई सरकारले स्वागत गर्दै संसदमा दिएको जवाफसहितका दस्तावेज र प्रक्रिया समितिको आधिकारिक वेबसाइटमा हेर्न गर्नुहोस् । संयुक्त समितिको प्रतिवेदन उतिबेला नै सार्वजनिक पनि भैसकेको छ । बेलायतमा एकहत्तर वर्षअघि राजाका स्वकीय सचिवले दिएको अनि राजाद्वारै रद्दीको टोकरीमा फ्याँकिएको सुझावलाई रिफरेन्समा लिएको हाम्रो असार २८ गतेको फैसलाले बेलायतकै निर्वाचित संसदको संयुक्त समितिले पास गरेर हाउसमा मतदान गर्न ठिक्क पारेको फिपा कानुन उल्ट्याउने प्रस्तावलाई रिफरेन्समा नलिनु सबैभन्दा हास्यास्पद र लज्जास्पद पक्ष हो । इजलासको कमजोर प्राज्ञिक धरातल र पूर्वाग्रहलाई यसले छर्लङ्ग पारेको छ । संसारलाई थाहा छ बेलायतमा लिखित संविधान छैन । त्यसकारण संसदीय सर्वोच्चताको परम्परा अनुसार संसदबाट कुनै विधेयक पास हुन बाँकी भएपनि संसद्को समितिले उक्त विधेयकलाई अन्तिम रूप दिएको छ भने अदालतहरू त्यो विषयमा प्रवेश गर्दैनन् । यो त्यहाँको परम्परा हो । फिपा कानुन तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरोनले संसद्को तेस्रो ठूलो दल लिबरल डेमोक्र्याट पार्टीका नेता निक क्लेगसँगको आफ्नो मिलिजुली सरकार जोगाउन ल्याउनुभएको थियो । सरकारमा उपप्रधानमन्त्री रहनुभएका क्लेगको पार्टी तत्काल मध्यावधि चुनावमा जान तयार थिएन । सहयात्री लिबरल डेमोक्र्याटलाई खुसी राखेर सरकार जोगाउनका लागि फिपा कानुन पास गर्न क्यमारोन तयार हुनुभएको थियो । फिपाको उद्धेश्य पूरा भैसक्यो र अब आवश्यक छैन भन्ने निष्कर्षसहित गत चुनावमा दुवै मुख्य राजनीतिक दलहरू कन्जरभेटिभ र लेबर पार्टीले उक्त कानुन उल्ट्याउने वाचा आफ्ना घोषणापत्रमा गरे अनुसार नयाँ विधेयक हालको संसदमा प्रस्तुत गरिएको हो । सन् २०१९ मा प्रधानमन्त्रीले हाउस स्थगनका लागि रानीसमक्ष गरेको सिफारिस सर्वोच्च अदालतले असंवैधानिक करार गरी खारेज गरेपछि त्यसलाई समेत सम्बोधन हुनेगरी समितिले प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन हेर्न गर्नुस् । बेलायतका अभ्यासबारे हाम्रो संवैधानिक इजलासको बौद्धिक (अ)क्षमता सेप्टेम्बर २४, २०१९ मा आएर रोकिएको छ । ब्रेक्जिट संकटका कारण विवाद उत्कर्षमा पुगेपछि संसद स्थगन गर्न प्रधानमन्त्री बोरिस जोन्सनले रानीसमक्ष गरेको सिफारिसलाई अदालतले त्यस दिन असंवैधानिक करार गरी उल्ट्याईदिएको थियो । बेलायती सर्वोच्च अदालतको त्यस फैसलालाई हाम्रो संवैधानिक इजलासले ‘दुर्लभ’, ‘अवधारणागत गतिशीलताको उदाहरण’ लगायतका विशेषणले सुशोभित गरिदिएको छ । बेलायतको वर्तमान यथार्थमाचाहिं ठीक उल्टो देखिन्छ । अदालतको उक्त फैसला समेतलाई सच्याउनका लागि फिपा कानुन उल्ट्याउने विधेयक त्यहाँको संयुक्त संसदीय समितिले पास गरेको हो । इतिहासमा यसअघि कहिल्यै नआएको असाधारण परिस्थितिका कारण प्रधानमन्त्रीले सदनको अधिवेसन स्थगित गर्न सिफारिस गरेको र भविष्यमा पनि यस्तो परिस्थिति आउन असम्भवप्राय भएको हुनाले यो विवाद ‘एक पटकका लागि’ (वन अफ) मात्र भएको मान्नुपर्ने भनी त्यहाँ अदालत स्वयंले भनेको छ र असार २८ कै फैसलामा पनि त्यो वाक्य कोट भएको छ । तर, फैसलाको प्रकरण ४८ मा विकिपेडियाको अनुवाद हेरेर इजलासको अंग्रेजी मूल्यांकन गर्ने हो भने त्यस वाक्यको गूढ अर्थचाहिं श्रीमानहरूले खासै बुझेको देखिन्न । बुझेको रिफ्लेक्ट पनि हुँदैन । संसारलाई थाहा छ बेलायतमा लिखित संविधान छैन । त्यसकारण संसदीय सर्वोच्चताको परम्परा अनुसार संसदबाट कुनै विधेयक पास हुन बाँकी भएपनि संसद्को समितिले उक्त विधेयकलाई अन्तिम रूप दिएको छ भने अदालतहरू त्यो विषयमा प्रवेश गर्दैनन् । यो त्यहाँको परम्परा हो । बेलायतमा कतिपय परम्परा पनि कानुन सरह हुन्छन् भन्ने स्पष्टै छ । संसद्को बहुमत भएको कन्जरभेटिभ र विपक्षी लेबर पार्टी समेत यो कानुनलाई उल्ट्याउने विषयमा एकमत भएकाले मतदान हुनासाथ यो पास हुन कुनै कठिनाई नहुने पक्ष त्यहाँको अदालतले नदेख्ने कुरै हुँदैन । थप हेर्न गर्नुस् । नागरिकका लागि सदनको फ्लोरबाट पारित नभई कानुन लागू हुँदैन, तर समितिबाट अन्तिम स्वरूप दिइएको विधेयकलाई (रिपोर्टलाई होइन) अदालतले ‘ल मेकिंग इन प्रोसेस’ मानेर कानुन सरह व्यवहार गर्दछ । भन्नुको तात्पर्य अब सेप्टेम्बर २४, २०१९ को फैसला गत मार्च २४ पछि बेलायतकै लागि नजीर रहेन । त्यसको पाँच महिनापछि आएको असार २८ को फैसलाले त्यसैलाई नयाँ ‘विधिशास्त्रीय मान्यता’ ठानेर हर्षबढाईं गर्नु लाजमर्दो विषय हो । अब कन्स्टिच्युसनल मोरालिटीलाई के गर्ने श्रीमान्? जुडिसियल मोरालिटी हुन्छ कि हुँदैन श्रीमान् ? यसरी झूट्टा कुरा लेखेर परमादेस गर्न अलिकति लाज हुनुपर्छ कि पर्दैन श्रीमान् ? : भाग- १ : भाग- २ यस्तै हो यदि प्रधानमन्त्रीले संसद बिघटन गरेको सहि हो भनर फैसला सुनाउनु थ्यो भने त्यसै अनुरुपका फैसलाका उदाहरणहरु रेफरेन्समा लिइन्थे होला । दुनिंयाका धेरै देसहरुमा प्रधानमन्त्रीले संसद बिघटन गरेको बिषयलाई सहि मानिएका फैसलाहरु पनि त धेरै होलान् ।
जे गर्नु छ त्यसैलाई बल पुग्ने रेफरेन्स लिनु स्वभाविकै हो । कथित न्यायपालिका यति पनि निकम्बा, लाचार, पङ्गु र असान्दर्भिक छ भन्ने मैले यो फैसलामै अनुभव गरे । यो मिहिनेतको लागि धेरै धेरै धन्यबाद है ! अदालत ले एकतर्फी फैसला गर्यो, बहुदलीय प्रणाली को धज्जी उठाएकै हो । | nepalpress.com |
1,513,435 | धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको हो । सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ । ती महिलाको माइती बलेफी–९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको हो । उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ । सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब सङ्कलन गरिने समितिको बैठकले निर्णय गरेको छ । साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र सिल गरिने भएको हो । | kendrabindu.com |
2,774,623 | प्रक्रियागत झन्झन्टका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृट गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले विदेशि लगानी तथा प्रविधि हस्तान्तरणको ऐनको दफा ४२ को उपदफ १ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट विदेशि लगानीलाई स्वीकृत गर्ने नीतिगत व्यवस्था गरेको हो । अब विश्वको जुनसुकै मुलुकबाट लगानीकर्ताले अनलाइन आवेद दिएपछि अनलाइबाटै लगानीको प्रारम्भिक स्वीकृत पाउनेछन् । विदेशी लगानीलाई सहजीकरण गर्न र स्वचालित रुपमा स्वीकृत गर्न नयाँँ व्यवस्था गरिएको उद्योग विभागका महानिर्देशन बाबुराम गौतमले बताए । ‘विदेशी लगानीकर्ताले ५० करोड सम्म लगानी गर्न विदेशबाटै आवेदन दिन सक्छन्,’ उनले भने, ‘लगानीकर्ताले स्वचालित रुपमा अनलाइन प्रणालीबाट नै प्रि–अप्रभुल पाउँछन् ।’ नीतिगत व्यवस्था भएपनि ‘सफ्टवेयर’ बनाउने काम बाँकी रहेको गौतमले बताए । ‘लगानीकर्ताले आवश्यक कागजात अनलाइनमा अपलोड गर्छन,’ उनले भने, ‘अनलाइनबाटै अटोमेटिक रुपमा लगानी स्वीकृति पाउँछन् ।’ यो प्रणालीको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरिने विभागले जनाएको छ । विदेशी लगानी ल्याउन सरकारले गरेको यो कानुनी व्यवस्था स्वागतयोग्य रहेको प्रतिक्रिया निजी क्षेत्रको छ । नीतिगत व्यवस्था गरेपनि कार्यान्वयन पक्ष महत्त्वपूर्ण रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘लगानी आकर्षित गर्न नीतिगत सुधार भएको छ,’ उनले भने, ‘अब सही अर्थमा निर्णय कार्यान्वयन हुनुपर्छ ।’ राजपत्रमा सोमबार प्रकाशित भई मंगलबारदेखि कार्यान्वयनमा आएको यो व्यवस्थाका लागि अनलाइन प्रणालीको विकास गर्न भने बाँकी छ । सरकारले लगानीकर्ताको सहजगताको लागि एकल बिन्दु सेवा दिन नसकेको गुनासो छ । सरकारले विदेशि लगानी गर्न पाइने विभिन्न सात वटा क्षेत्र तोकेको छ । जसमध्ये सूचना प्रविधिमा आध।रित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा त्यसको नयूनतम सीमा लागू हुने छ्रैन । वायु, सौर्य शक्ति, बायोमास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण गर्न उद्योगमा स्वचालित रुपमा वैदेशिक लगानी ल्याउन सकिनेछ । बायो ग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सह–उत्पादनको रुपमा उत्पादन हुने ऊर्जा, ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने क्षेत्रमा पनि विदेशिक लगानी ल्याउन सकिनेछ । यसैगरी कृषि तथा वन पैदावरमा आधारित उद्योगमा पनि विदेशिक लगानी भित्र्याृन सकिनेछ । यस क्षेत्रअन्तर्गत फलफूल तथा तरकारी प्रशोधन, हरिगृह स्थापना र सञ्चालन, रेसम प्रशोधन, चिया तथा कफी प्रशोधन, जडीबुटी प्रशोधन, रबर प्रशोधन, शीत भण्डार (स्थानीय फलफूल तथा तरकारी भण्डारण गर्ने), प्राकृतिक रेसाजन्य प्रशोधन, कागज, रेजिनलगायत अन्य गैरकाष्ठजन्य वन पैदावारमा आधारित उद्योग, नयाँ प्रविधिद्धारा बिरुवा उत्पादन गर्ने र कपास प्रशोधनमा पनि विदेशि लगानी ल्याउन सकिनेछ । आजको नागरिक दैनिका पत्रिकामा खबर छ ।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद । | diyopost.com |
3,367,302 | नेपाल–चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो । बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरूङ जाने परिचयपत्र लिएको भन्ने जनगुनासो बढेपछि रसुवा जिल्लाबाट जारी भएका नागरिकता प्राप्त गर्ने व्यक्तिलाई मात्र स्थायी परिचयपत्र प्रदान गर्न स्थानीय सरकारले अनुरोध गरेको छ । नेपाली नागरिकतामा रसुवाको स्थायी ठेगाना उल्लेख भएका व्यक्तिमात्र सिमापासका लागि योग्य हुने बताउँदै रसुवा प्रशासनले जारी गरेका नागरिकतालाई आधार मानी परिचयपत्र दिन अध्यागमन कार्यालय टिमुरेलाई गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको हो । स्थायी पास नपाउने व्यक्तिलाई केरूङ जाने पहुँच पु¥याउन ‘वान डे’पास उपलब्ध हुने व्यवस्थाका लागि सम्बन्धित निकायमा अनुरोध गरिने गाउँपालिकाले जनाएको छ । समयसमयमा नकारात्मक कुरा उठ्न थालेपछि नेपालको उत्तरी नाका रसुवागढीलाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकारकोतर्फबाट पहल कदमी चालिएको गोसाइँकुण्ड गाउँपालिकालका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । उनका अनुसार नाका क्षेत्रमा हुने कमिकमजोरीलाई सुधार गरी व्यवस्थित र मर्यादित बनाउन चाल्नुपर्ने कदमका बारेमा स्थानीयसँग पालिकाले सुझाव सङ्कलन गरेको थियो । नाका क्षेत्रमा हुने सम्पूर्ण काम व्यवस्थित र नियमबद्ध तरिकाले गराउने उद्देश्यले टिमुरेमा सुझाव सङ्कलन गरिएको उनले जानकारी दिए । नेपाल भित्रने चिनियाँ पर्यटकले प्रयोग गर्ने सवारीसाधनको सही व्यवस्थापन, स्थानीय बासिन्दालाई आवश्यक सामग्री ल्याउन सहजता, सामग्री आयात–निर्यात गर्ने सडक मार्ग सुधारलगायत व्यवस्थापकीय कामका लागि सम्बन्धित निकायसामु गाउँपालिकाले अनुरोध गरेको अध्यक्ष तामाङले बताए । रसुवा भन्सार कार्यालय टिमुरेको हलमा बिहीवार सम्पन्न सामूहिक छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका वडा नं १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ, वडा नं ३ का वडाध्यक्ष मिङ्मर छिरिङ तामाङ, वडा नं ५ का वडाध्यक्ष दावा मिङ्मर तामाङ, वडा नं ६ का वडाध्यक्ष दावा सिदार तामाङ, स्थानीय बासिन्दा, भन्सार प्रमुख रामप्रसाद पाठक, अध्यागमन प्रमुख चूडामणि अर्याल, सञ्चारकर्मीलगायतको सहभागिता थियो । त्यस्तै जाँच परीक्षणका लागि एकीकृत सुरक्षापोष्ट राखी सरलीकृत गर्ने र यसभन्दा अगाडि जारी भएका फर्जी पास छानविन गर्न सहभागीले माग राख्नुभएको थियो । पचाँस प्रतिशत व्यवसायी गैर–रसुवाली भएको भनी आपत्ति जनाउँदै टिमुरेका कामीनुर्पु तामाङले निर्धक्कसँग यहाँका स्थानीय टिमुरेवासीले नाकाको उपभोग गर्न पाउनुपर्ने माग राखेका थिए । गाउँपालिकाले चालेको कदमले रसुवागढी नाका व्यवस्थापनमा सहज हुने सहभागीले बताएका थिए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
4,225,845 | दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ। सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ। उनीहरुका अनुसार शनिबार नयाँ ९५० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। यसअघि धेरै दिन दैनिक ५ सयदेखि ६ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए। कोरियाको रोग नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले थप उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ। विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन्। महामारी नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको र अझ थप्दै जान लागेको उनले बताए। रेल स्टेनसनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ। सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ। सामाजिक दुरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ। रेस्टुरेन्टमा बस्न नपाइने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, ९ बजे भित्रमा बन्द गरिसक्नु पर्ने नियम पनि लगाइएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
5,462,482 | चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्रको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर तीन मिनेट लामो छ । सिनेमाले एकल महिलाको पुनर्विवाहको कथा प्रस्तुत गरेको छ । चलचित्र यही असार २९ गते प्रदर्शन हुँदै छ । करिश्मा मानन्धरले चलचित्रमा एकल महिलाको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा सरोजले निर्देशनसँगै अभिनय पनि गर्नुभएको छ । | gorkhapatraonline.com |
1,145,107 | सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा विघटनको मुद्दामा सरकारी वकिलहरूको बहस सकिएको छ । सरकारी पक्षबाट बुधबार सहन्यायाधिवक्ता खेमराज ज्ञवाली‚ सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनी‚ उपन्यायधिवक्ता बद्री प्रसाद पङ्गेनी‚ सहन्यायाधिवक्त सञ्जिवरिाज रेग्मी‚ सहन्यायाधिवक्ता लोकराज पराजुलीले बहस गरेका थिए । सरकारी पक्षबाट बहस गर्ने क्रममा सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले प्रधानमन्त्री नियुक्तिको सम्बन्धमा राष्ट्रपतिले आधार हेरेर गर्ने निर्णयमा रिभ्यू हुनु नहुने बताएका छन् । बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको मुद्दामा बहस गर्ने क्रममा सहन्यायाधिवक्ता रेग्मीले धारा ७६ (५) राष्ट्रपतिको विशेष अधिकार भएको भन्दै त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत पाउने/नपाउने आधार राष्ट्रपतिले हेर्ने बताए । ‘विश्वासको मत पाउछ भन्ने आधार के त ? एउटा सिङ्गल सांसदले दाबी गर्नुभयो‚ तर दल र सांसदहरुको हस्ताक्षर छैन भने के गर्ने ? के यसरी एक जनाले बिनाहस्ताक्षर, बिना दलको समर्थनमा हस्ताक्षर भयो भने राष्ट्रपतिले कसरी विश्वास गर्ने ?’ सहन्यायाधिवक्ता रेग्मीले भने‚ ‘त्योबेला प्रधानमन्त्री नियुक्त गर्ने कि नगर्ने ? राष्ट्रपतिले नियुक्त गर्नैपर्छ भन्ने आएको भएर यस्तोमा के गर्ने भन्ने प्रश्न हो ।’ ७६(५) राष्ट्रपतिको अधिकार भएकाले उनले ७६ को होलमा कसैसँग परामर्श लिनुनपर्ने रेग्मीले बताए । ‘७६(१) निर्वाचन आयोगले चुनावको परिणाम घोषणा गरेपछि भयो, ७६(२) राष्ट्रपतिले आह्वान गर्ने हो र दलहरूको निर्णय हेर्ने हो, ७६(३) मा निर्वाचन आयोगकै परिणाम हेर्ने हो‚’ उनले भने‚ ‘७६(५) मा राष्ट्रपतिले हेर्ने हो । तर यहाँ सांसद छाडारुपमा रहने भन्ने होइन । दल छ भने दलको निर्णय हेर्नुपर्छ । जो स्वतन्त्र छ‚ उसले हस्ताक्षर गरे पुग्छ । ७६ (५) राष्ट्रपतिको विवेकाधीन हो र राष्ट्रपतिले गरेको निर्णयलाई न्यायिक पुनरावलोकनमा राख्न सकिँदैन ।’ त्यस्तै अर्का सहन्यायाधिवक्ता लोकराज पराजुलीले प्रधानमन्त्री नियुक्तिका सन्दर्भमा राष्ट्रपतिले गरेको निर्णयमा रिट नलाग्ने भन्दै प्रधानमन्त्रीमा परेको दाबी हेर्ने काम राष्ट्रपतिको भएको बताएका छन् । अन्य उपधारामा आधार पहिल्यै तय भइसकेको हुनाले ७६(५) मा राष्ट्रपतिले प्राप्त आधार हेर्ने अधिकार राख्ने भएकाले राष्ट्रपतिबाट संवैधानिक, कानुनी त्रुटी नभएको उनले दाबी गरे । ‘दलबाट निर्वाचित सांसद स्वतन्त्र हुन पाउँदैन, अर्को दलमा पनि जान पाउँदैन । गयो भने दल त्याग हुन्छ । त्यसो भएको भएर यसलाई राष्ट्रपतिले आधार र कारणका रुपमा लिएर गरेको निर्णय कसरी असंवैधानिक हुन्छ ? हुँदैन । यो त राष्ट्रपतिबाट भएको संविधानअनुसारको कर्तव्य निर्वाह हो‚’ उनले भने । | makalukhabar.com |
5,571,314 | सामाजिक न्यायको विश्वव्यापी साझेदारीमा नेपाल सहभागी हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र आइएलओका नेपालका कार्यालयका निर्देशक नुमान ओज्कानबिच सोमबार भएको भेटमा मन्त्री अर्यालले सरोकारवालाको छलफलबाट सकारात्मक राय/सहमति प्राप्त भइरहेको सन्दर्भमा नेपाल सहभागी हुनेसम्बन्धी आवश्यक प्रक्रिया सुरु भइरहेको जानकारी दिनुभयो । त्यसअघि निर्देशक ओज्नाकले उक्त साझेदारीमा नेपालको सहभागिताको विषयमा चासो व्यक्त गर्नुभएको थियो । | gorkhapatraonline.com |
3,551,276 | साँझ ७ बजे हुने माल्दिभ्सविरुद्धको खेलमा भारत पराजित भए नेपाल फाइनल प्रवेश गर्नेछ । काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको निर्णायक खेलमा आज मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतको भुवनेश्वरमा नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ । प्रतियोगिताको बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गर्नुभएको छ । काठमाडौं । बंगलादेशमा भारी वर्षापछि आएको बाढीमा परी ३२ जनाको मृत्यु भएको छ । लाखौं मानिस घरबार बिहिन बनेका हुन् । बंगलादेशको उत्तर पूर्वी क्षेत्रमा हजारौं घरहरू डुबानमा परेका छन् काठमाडौं । बंगलादेशको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा भारी वर्षाका कारण हजारौं मानिस विस्थापित भएका छन् । विस्थापित भएकाहरूलाई सुरक्षा अधिकारीहरूले उद्दार तथा राहत वितरणलाई तीव्र पारेको बताएका हुन् । बंगलादेशको काठमाडौं । संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदुत काठमाडौं । बंगलादेश सरकारले सबै सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक लगाएको छ । कोभिडपछि यहाँको अर्थतन्त्र कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक काठमाडौं । बंगलादेशले घरेलु टोली दक्षिण अफ्रिकालाई पहिलो एकदिवसीय क्रिकेटमा हराएको छ । शुक्रबार राति भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो । दक्षिण अफ्रिकाको मैदानमा बंगलादेशको यो यू–१८ टिमका प्रमुख प्रशिक्षक दर्शन भक्ता राज लावतीले २३ खेलाडी सम्मिलित टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । काठमाडौं । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । विश्व टेस्ट च्याम्पियन न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले इतिहास रचेको हो । | imagekhabar.com |
1,578,048 | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार शहिदहरूले देखाएको बाटोमा हिड्न प्रयत्नशील रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहिद रीतबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा उनले सबै क्रान्तिकारी शहिदहरूप्रति सम्मान व्यक्त गरे। शहिद खड्काको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताए। ‘शहिद रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो। उहाँको शहादतबाट हामीलाई र देशलाई समेत अपूरणीय क्षति भएको छ।’ शहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले उनीप्रति देश र पार्टीले सधैँ सम्मान प्रकट गर्ने बताए । | kendrabindu.com |
5,970,877 | प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । पछिल्लो पटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई लिखित आग्रह गरिसकेका छन् । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए । दुईजना सांसदले विपक्षमा मतदान गरेका थिए । त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो । प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरेका थिए । एक मत तटस्थमा परेको थियो । त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए भने एकजना सांसदले तटस्थ मत जाहेर गरेका थिए । संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ७५ सदस्यीय रहेको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको दुई सय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले छ, स्वतन्त्र पाँचजना, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए । मुलुकमा गणतन्त्र स्थापनापछि राजनीतिक स्थिरता, सुशासन र समृद्धि हुने अपेक्षासहित संविधानसभाबाट नेपालको संविधान विसं २०७२ असोज ३ गते जारी भएको थियो । संविधानमा राजनीतिक स्थिरताका लागि विभिन्न प्रावधान राखियो पनि । तर संविधान जारी भएको आठ वर्षमै सात प्रधानमन्त्रीले पद सम्हाल्नुभयो भने दर्जनौँपटक मन्त्रिपरिषद् हेरफेर भएको छ । संविधानको धारा १०० को उपधारा ९४० मा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सकिने व्यवस्था छ । सोही उपधारामा प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेस गर्न सकिने छैन भनी उल्लेख छ । उक्त व्यवस्था राजनीतिक स्थिरताका लागि राखिए पनि गणतन्त्र स्थापनापछि संसद्मा कुनै पनि दलको एकल बहुमत नहुँदा पूरा कार्यकालसम्म सरकार चलाउन सकेका छैनन् । विसं २०७२ मा संविधान जारी गर्दा कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री थिए । त्यसयता एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई–दुईपटक प्रधानमन्त्री भइसकेका छन् । | sunaulonepal.com |
6,280,601 | पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कोरोना निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। नेता नेपालले विज्ञप्ति मार्फत मुलुक कोरोनाको महामारीबाट आक्रान्त भइरहेको र संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । | aajakonews.com |
4,329,320 | यसको जिम्मेवारी भने इटालियन कम्पनीकै सब( कन्ट्र्याक्टरलाई दिने सम्भावना रहेको आयोजना स्रोतले जनाएको छ । आयोजना समाप्त नहुँदै काम छोडेर भाग्न खोजेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गरेको पत्राचारमा सीएमसी मौन बसेपछि पुरानो ठेक्का विधिवत तोडिन लागेको हो । खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीले जवाफ नपठाएपछि ठेक्का तोड्न बाटो खुलेको जनाएको छ । एकतर्फी खारेज गर्दा भोलिका दिनमा कानुनी झमेला आउनसक्ने भएपछि सरकारले स्प्ष्टीकरण सोधेर विधिवत ठेक्का अन्त्यको बाटो खोलेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रगति ढकालले लेखेका छन् । काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका नेकपा एमाले बूढानीलकण्ठ-१० को तेस्रो वडा अधिवेशनले शम्भु शरण पौडेलको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी काठमाडौं । | pariwartankhabar.com |
45,614 | सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ । आर्थिक वर्ष २०७९/८० मा कूल एक हजार दुई सय ३४ किसानले प्रयोग गरेका कृषि महसुलबापतको रु १४ लाख आठ हजार नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो । आज एक समारोहबीच नगरप्रमुख महेशप्रसाद चौधरीले विद्युत् प्राधिकरण लाहान वितरण केन्द्रका लेखा प्रमुख जितेन्द्र झालाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरिएको बताए । पालिकाले गत असारमा सम्पन्न नगर सभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगरप्रमुख चौधरीले जानकारी दिए। उनले आव २०८०/८१ मा सात सय कृषक परिवार थप हुने भन्दै आगामी दिनमा नगरभित्रका बाँकी किसानलाई पनि यस योजनामा समेट्दै जाने बताए । लामो समय खडेरी पर्दा किसानले भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेका छन् । यस्तो बेलामा नगरले विद्युत् महसुल तिरेर किसानलाई राहत दिएको उनीहरूको भनाइ छ । | canadanepal.com |
2,792,354 | रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो । घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । रामेछापको मन्थली नगरपालिका–१ निवासी २० वर्षीय मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद । | diyopost.com |
1,443,513 | अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानका सडक भासिएको छ । राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाडी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका–३ का बेद छन्त्यालले बताए । दशैंका टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन् । सवारी साधान सञ्चालन नहुँदा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन् । जिल्लामा सबै ग्रामीण सडक अवरुद्ध भएकाले पोखरा बागलुङ राजमार्गसँग बाहेक बागलुङ सडक सम्पर्कबाट विच्छेद भएको छ । स्थानीय सडक अवरुद्ध हुँदा किसानले तरकारी, दूधलगायत उत्पादन बजार पुर्याउन नपाएको गुनासो गरे । | kendrabindu.com |
1,598,387 | कर्णालीको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको पुनर्निर्माण अझै लम्बिने भएको छ। पुनर्निर्माण थालिएको झण्डै २० वर्ष पुग्दा पनि यसको पुनर्निमार्णको काम पूरा भएको छैन। २०५७ सालदेखि अलपत्र अवस्थामा रहेको भग्नावशेषको रुपमा रहेको काँक्रेविहारलाई पुरातत्व विभागले पुनर्निर्माण गर्न सुरु गरेको थियो। तर हाल मन्दिर ठड्याउने बाहेक अन्य काम अधुरै छ। निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेपछि वीरेन्द्रनगरमा रहेको काँक्रेविहार पुनर्निमार्णको काम अधुरै रहेको हो। आधा काम छाडेर ठेकेदार सम्पर्कविहीन भएको पुरातत्व विभागले जनाएको छ। पुनर्निर्माणका लागि पहल गरेको झण्डै चार वर्षपछि अर्थात् २०६१ सालमा सरकारले बजेट छुट्याएको थियो। तर पुनर्निर्माणको काम भने अघि बढ्न सकेन। बजेट हुँदाहुँदै पनि काँक्रेविहारलाई कस्तो बनाउने भन्नेमै पुरातत्व विभाग अल्झियो। गुरुयोजनाको अभावमा करिव १० वर्षसम्म पुनर्निर्माण सुरुवात समेत हुन सकेन। स्थानीय नागरिकले भने काँक्रेविहारको पुनर्निर्माणका लागि राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्रीदेखि तत्कालिन राष्ट्रपति रामवरण यादवसमेतलाई गुहारे। लामो समयसम्म सरकारको वार्षिक नीति तथा कार्यक्रममा काँक्रेविहारलाई प्राथमिकतामा राख्ने तर पुनर्निर्माणको काम सुरुवातसमेत हुन सकेन। वर्षाैको प्रयासपछि २०७२ साल असार ४ गते तीन वर्षमा पुनर्निर्माण सक्नेगरी सिद्धबाबा कन्स्ट्रक्सनसँग सम्झौता भयो। गुरुयोजना नभए पनि पुरातत्व विभागले शिखर शैलीमा काँक्रेविहारको पुनर्निर्माण र भग्नावशेषलाई उत्खनन् गर्ने ठेक्का दियो। तर ठेकेदार कम्पनीले पुनर्निर्माणका लागि घाँडो बन्यो। तीन वर्षमा पुनर्निर्माण सक्ने ठेक्का लिएकोे आधाभन्दा धेरै काम सकिएको छ। शिखर शैलीमा काँक्रेविहारमा मन्दिर पनि बनेको छ तर यसलाई अन्तिम रुप दिन भने अझै केही समय लाग्ने भएको छ। निर्माण कम्पनीले शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरलाई रंगरोगन, वाटरप्रुफ रंग, कम्पाउण्डिङ र चक्रपथ निर्माण लगायतका कामहरु गर्न बाँकी नै छन्। निर्माण कम्पनी भने मन्दिरमा गजुर राखेर बेपत्ता भएको विभागले जनाएको छ। पुरातत्व विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठका अनुसार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पुनर्निर्माणको काम सम्पन्न गर्न चासो दिएको छैन। जसले गर्दा काँक्रेविहारको पुनर्निर्माण कहिले सकिन्छ भन्ने ग्यारेन्टी छैन। तर चालू आर्थिक वर्षभित्र निर्माण सक्ने विभागले भनाइ छ। अबको दुई साताभित्र बाँकी काम सुरु नभए ठेकेदार कम्पनीलाई कारबाही गर्ने विभागले जनाएको छ। रङ्गरोगन र कम्पाउण्डिङ लगायतका बाँकी काम गर्न ठेकेदार कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि वेवास्ता गरेको इन्जिनियर श्रेष्ठले जनाए। पुनर्निर्माणका विषयमा ठेकेदारबीचको विवाद छ। विभागले निर्माणको जिम्मा सिद्धबाबा कन्स्ट्रक्शनलाई सुम्पेको थियो। तर यो कम्पनीका मालिक दिपक कार्कीले काम नगरी अर्का निर्माण व्यवसायी तृथराम काश्यवलाई सुम्पिए। हाल निर्माण कम्पनीबाट जिम्मेवारी लिएका काश्यवले आफूले बजेट नपाएका कारण काम नगरेको बताएका छन्। विभागले बजेट निर्माण कम्पनीको खातामा हाल्ने र निर्माण कम्पनीले आफूलाई रकम नदिएका कारण काम गर्न नसकेको उनको भनाइ छ। बजेट नदिएका कारण आफूले पनि बीचमै काम छाडेको उनको दाबी छ। यस विषयमा काश्यपसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन। मुख्य ठेकेदार कार्की नै भएका कारण पुरातत्व विभागले समेत काम गर्ने काश्यवलाई पैसा दिलाउन नसक्ने बताएको छ। चालु आर्थिक वर्षभित्रै काम सम्पन्न नभए कार्कीलाई कारवाहीको प्रक्रिया अघि बढाउने विभागको भनाइ छ। काँक्रेविहार सुर्खेतको मात्र होइन, कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल हो। काँक्रेविहारको पुनर्निर्माणको काम आधाभन्दा धेरै भइसकेको छ। तर हालसम्म पनि काँक्रेविहारको गुरुयोजना भने बन्न सकेको छैन। यता पुरातात्व विभागले भने काँक्रेविहारको पुनर्निर्माण सकिएपछि मात्र गुरुयोजना बनाउने जनाएको छ। गुरुयोजना विनै मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो। गुरुयोजना निर्माण भएमा पुरातात्विक र ऐतिहासिक महत्व बोकेको काँक्रेविहार पर्यटन विकासका लागि कोशेढुंगा बन्ने विश्वास गरिएको छ। काँक्रेविहारमा बुद्ध, शिव, पार्वती लगायतका मूर्तिहरु कुँदिएका छन्। यस्तै वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले काँक्रेविहारको गुरुयोजना बनाउन सबैले पहल गर्नुपर्ने बताए। प्रदेश नम्बर ५ को लुम्बिनी र चीनको कैलाश मानसरोवर पुग्ने धार्मिक पर्यटकलाई काँक्रेविहारसम्म जोड्न सकिने उनको धारणा छ। यसका लागि पनि तत्काल गुरुयोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ । | nepalsamaya.com |
3,787,219 | नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताए ।शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उनले बताए ।आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रिय समितिको बैठकमा छलफल भइरहेको उनले बताए । गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने उनले बताए ।गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो ? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन ।स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि वैठकमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उमेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए । फरक प्रसंगमा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भातृ संस्था बनाउन आफूले भनेको बताए । नेताहरुले आफ्नो पक्षका नेता कार्यकर्तालाई बोलाएर सल्लाह लिने कुरालाई ठूलो इस्यु बनाउन जरुरी नरहेको उनी बताउँछन् ।१४औँ महाधिवेशनका क्रममा देउवाले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेको भन्दै उनले अहिले आफूले त्यही काम गर्दा गुटबन्दीको आरोप लागेको बताए । ‘कांग्रेस विधिसम्मत, विधानसम्मन हिँडोस् भन्ने हो । यो एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुहोस् भनिएको मात्रै हो’, उनले भने । कांग्रेस विधिसंगत रुपमा चलोस् भनेर आफुहरुले नेतृत्वलाई खबरदारी गर्दै आएको उनले बताए । रुस र युक्रेनबीचको युद्धले मात्रै नेपालमा यतिधेरै मूल्यबृद्धि नभएको भन्दै उनले बजारमा प्रभावकारी अनुगमन गर्न सरकारलाई अनुरोध गरेको बताए । | emountaintv.com |
3,042,996 | काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस अघि मनाङ, हिमाल पारिकाे जिल्ला मनाङकाे नासाे गाउपालिका धारापानीमा संचालित १५ दिने बेकरी तालिम निकै प्रभावकारि चितवन, भूकम्प गएको चार वर्ष पुग्दैगर्दा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन् हेटौँडा, प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना भद्रपुर, झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला वालिङ, वालिङ नगरपालिका–२ का दलित तथा विपन्न समुदायलाई लक्ष गरी बाख्रा वितरण गरिएको छ । भ्लादिभोस्तक, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर गौशाला, महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ । | newsofnepal.com |
5,350,133 | हरिपूर्वा नगरपालिका–५, निवासी ७१ वर्षीय रामपवित्र रायले राजमार्ग क्षेत्रमा चौतर्फी बस्ती विकास हुँदै गए पनि ग्रामीण भेगका पुराना हाटबजार ओझेलमा पर्दै गएको बताउनुभयो । “पहिले त राजमार्ग क्षेत्रका मानिसहरू हाम्रोतिर हाटबजार गर्न आउँथे, अहिले हामी नै बयलवास वा मलङ्गवा तथा राजमार्ग क्षेत्रमा बजार भर्न पुग्नुपर्छ,” रायले भन्नुभयो, “दुई दशकमा यस क्षेत्रको अवस्था निकै फेरिएको छ । धेरै इतिहास र प्रमाण मेटिँदै गएको छ ।” जिल्लामा पहिलेका प्रसिद्ध बजार क्षेत्र अहिले ग्रामीण बस्तीमा परिणत भइसकेका छन् । हरिपुर नगरपालिकास्थित चितायन निवासी स्थानीयवासी एवम् शिक्षक चेतनारायण धामीले ऐतिहासिक महत्त्व बोकेका धेरै ठाउँहरू ओझेलमा परिसकेको बताउनुभयो । धामी भन्नुहुन्छ, “पहिले–पहिले यहाँ एक महिनासम्म मेला लाग्थ्यो, त्यही मेलामा आएर जिल्लाभर र पहाडी जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत आएर वर्षभरी खान पुग्ने खाद्यान्न किनेर लान्थे, अहिले त्यो अवस्था छैन, वर्षमा दुई-चार दिन मात्रै मेला लाग्छ, जिल्ला बाहिरका मान्छे आउनै छाडिसकेका छन् ।” लालबन्दी नगरपालिका–७, निवासी रङ्गनाथ पराजुलीले दस वर्षको अन्तरालमा लालबन्दीको अवस्था निकै फेरिएको बताउनुभयो । बजारको विस्तार र सेवा सुविधा सहज भएपछि लालबन्दीमा जिल्लाभरबाट मानिस बसाइँसराइ गरेर आउने क्रम तीव्र भएको पराजुलीले बताउनुभयो । ग्रामीण भेगका हाटबजार ओझेलमा परे पनि यहाँको प्रमुख व्यापारिक केन्द्र लालबन्दी र हरिवन बजारको भने तीव्र रूपमा विकास भइरहेको छ । बजार र बस्ती विकास भएसँगै यहाँ घर जग्गाको कारोबार निकै बढेको छ । | gorkhapatraonline.com |
954,010 | त्यस्तो प्रवृत्ति बढेमा एकातिर बिरामी मर्नु केहीलाई आम्दानीको स्रोत हुने अर्कोतिर डाक्टर वा अस्पतालले कसरी रोग निको पार्न सकिन्छ भन्नेतर्फ भन्दा पनि मुद्दाको झमेलाबाट कसरी बँच्ने भन्नेतर्फ लाग्ने हुनाले यस्तो अवस्था आउनेगरी सबै घटना उपरका मुद्दामा क्षतिपूर्ति पाउन नसकिने भनी व्याख्या भएको छ । | ekantipur.com |
6,377,159 | भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा चैत १८ गते जाने भएका हुन् । देउवा २० गते स्वदेश फर्किने एक वरिष्ठ सरकारी अधिकारीले बताए। तालिकाअनुसार देउवा १८ गते दिल्ली जाने, १९ गते भारतीय समकक्षी मोदीलगायतका भारतीय नेतासँग वार्ता गर्ने र २० गते स्वदेश फर्कने छन्। भ्रमणका लागि परराष्ट्र मन्त्रलायले तयारी थाले पनि मिति तय भइनसकेको प्रवक्ता सेवा लम्सालले बताइन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपाल भ्रमणलगत्तै देउवा भारत जान लागेका हुन्। भारतमा रहँदा नेपाल र भारत सीमापार व्यापार र रेलमार्गलगायतका विषयमा सम्झौता हुने सम्भावना रहेको जनाइएको छ। गत साउनमा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। देउवा र मोदीबीच गत वर्ष नोभेम्बरमा स्कटल्याण्डको ग्लासगोमा राष्ट्रसंघीय जलवायु सम्मेलनमा भेट भएको थियो ।
पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ । | mahendranagarpost.com |
20,825 | शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै यही शनिबारका लागि तोकेको निर्वाचन स्थगित भएको जनाएको हो । सहज वातावरण बन्न नसकेको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ निर्वाचन कार्यतालिका बमोजिम कार्यक्रम अगाडी बढिरहेको अवस्थामा तत्काल सिर्जित असहज वातावरणका कारण निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकिने भनि यसअघि नै सुचना प्रकाशन गरिएको विदितै छ । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’ यसअघि जेठ २६ गतेका लागि तोकिएको निर्वाचन पनि महासंघले अन्तिम समय स्थगित गरेका थियो । | canadanepal.com |
4,532,993 | गुजरातको अहमदाबाद शहरमा रहेको कोरोना संक्रमितको लागि खोलिएको विशेष अस्पतालमा आगलागी भएको छ। श्रेय अस्पतालको क्रिटिकल केयर युनिटमा भएको उक्त दूर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र अन्य पुरुष रहेका छन्। अहमदाहबादका मुख्य अग्निनियन्त्रण अधिकारी राजेश भट्टले बताए अनुसार बिहान करिव ३ बजे आगो लागेको हो। आगलागीका कारण विद्युत सट भएको बताए। भने,'पीपीई सेट लगाएका कर्मचारीहरू आत्तिएर भाग्न थाले। त्यस पछि आगो फैलियो।' आगो करिव एक घण्टामा निभेको थियो। लगत्तै अस्पतालमा उपचाररत् ४० संक्रमितलाई अस्पतालमको अन्य वार्डमा सारिएको छ। अग्निनियन्त्रण अधिकारी राजेश भट्ट र उनको टोली अब सेल्फ क्वारेन्टिनमा रहनेछन्। किनकि उनीहरू संक्रमितसँग नजिक रहेर काम गरेका थिए। घटना बारे थप अनुसन्धान भइरहेको छ। जसका लागि अस्पतालका निर्देशक प्रहरी नियन्त्रणमा छन् । | pahilopost.com |
4,662,923 | सुदूरपश्चिम प्रदेशमा हिउँदे अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंगलवारबाट सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । अधिवेशन माघ २६ गतेबाट सुरु भएको थियो । सोमबार २०औं बैठक बस्दै छ । मंगलवार २१औं बैठक बसेर अधिवेशन अन्त्य हुने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । चालू अधिवेशनमा ६ वटा विधेयक पारित भएको छ । मंगलवार पनि प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुने कार्यसूची रहेको सचिव धामीले बताए । | nepalpress.com |
5,718,104 | दार्चुलामा हायस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। विजयी जुलुसमा सहभागी हुने कार्यकर्तालाई लिन जान लागेको से१ज २७७ नम्बरको हायस महाकाली राजमार्ग अन्तरगत शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको हो । सोमबार बिहान साढे ९ बजे भएको दुर्घटनामा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । चालक प्रकाशसिंह धामी, सहचालक नवीनसिंह धामी र हरिष धामीको मृत्यु भएको उनले बताए । मृतक तीनैजना वडा नम्बर ६ ग्वानीका स्थानीय हुन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ । | baahrakhari.com |
298,090 | आज सुन तीन सय रुपैयाँ घटेर प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँ घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । | setopati.com |
64,973 | म्याग्दी - म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गए । म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन अमेरिका लागे । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र घरपरिवारसँग दसैँ मनाउन विदेश जाने उदाहरण मात्रै हुन् । पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता पर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो । अहिले भने परिवारका सदस्यसँग चाडपर्व मनाउन विदेश जाने चलन शुरु भएको छ । श्रीमती र छोराछोरीसहित दसैँ मनाउन बेलायत पुग्नुभएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको मेसो मिलाएको बताए। “हाम्रो परिवारमा नेपालमा हुनेभन्दा विदेशमा हुनेको सङ्ख्या बढी छ”, उनले भने, “आफन्त पनि धेरै विदेशमै छन् । आफन्तसँग दसैँ पनि मनाइने र भेटघाट तथा घुमघाम पनि हुने भएकाले यसपाली बेलायतमा दसैँ मनाउने योजना बनायौ ।” अध्ययन, रोजगारी, व्यापार, व्यवसायको सिलसिलामा अमेरिका, अस्टे«लिया, क्यानडा तथा बेलायतलगायतका मुलुकमा रहेका नेपालीले त्यहाँ पनि नेपालमा जस्तै गरी दसैँ मनाउने गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ अमेरिकाका अध्यक्ष रघु सुवेदीको भनाइ छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इसान) अमेरिकाका अध्यक्ष राहुल केसीले चाडपर्व मनाउन, विवाह, छेवर, व्रतवन्धका लागि विभिन्न देशमा नौमती बाजा समूह नै गठन गरिएको उनको भनाइ छ । “नेपालबाट मौलिक भेषभुषा र बाजा मगाएर कलाकार समूहले विदेशमा नेपाली संस्कृति फैलाएका छन्”, उनले भने, “नेपालीहरुको बाहुल्य भएका कम्पनीले नेपाली चाडपर्व मनाउन छुट्टी समेत दिने गरेका छन् ।” म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले ‘डायसपोरा’मार्फत नेपाली संस्कार र संस्कृति संसारभर फैलिन थालेको बताए। “पहिले डायसपोरामार्फत पश्चिमा संस्कृति नेपाल आयो । अहिले नेपाली संस्कृति विदेशमा फैलिनु सकारात्मक हो,” उनले भने, “यसले गर्दा नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण भइरहेको छ । | canadanepal.com |
5,416,131 | गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ। | gorkhapatraonline.com |
5,405,464 | पर्वतको जुकेपानी गाउँका दलितले खानेपानी घर घरमा पुराउने भनी पक्की पानी ट्याङ्की बनाएको अहिले ४ वर्ष हुन थालिसकेको छ । जनश्रम दानमा ट्याङ्की बनाएको ४ वर्ष बितिसक्दा पनि पाइप नहुँदा ट्यांङकीमा पानी खसाल्न पाएका छैनन् । गाउँको दलितवस्तीमा खानेपानीको हाहाकार छ । ट्याङ्की बनाउनका लागि वडाले स्थानीय युवा भीम बहादुर विश्वकर्मा भन्नुहुन्छ–“हामीलाई एक घर एक धारा भनी चुनावमा भोट माग्नु भयो । भोट दिई रामचन्द्र जोशी मेयर हुनुभयो तर कहिले पनि यो दलित बस्तीमा फर्केर आई हाम्रो समस्या सुन्न पनि चाहनु हुँदैन ।” पर्वतको कुश्मानगरपालिका वडा १ को जुकेपानी भन्ने जलजला गाउँपालिकाको सीमानमा पर्ने दुर्गम स्थल हो । जुकेपानीमा रहेका दलीतवस्तीकी वृद्ध महिला सरस्वती विश्वकर्माले खानेपानीको लागि घण्टौँ हिँड्नु परेको दुखेसो पोख्दै भन्नुभयो–“डोको बोकेर पानी लिन टाढा आर्य खाल्टामा जानुपर्छ । त्यहाँ पनि कमेरे सहितको माटो तर्काएर पानी डुबाउँदा गाग्री भर्न पनि आधा घण्टा लाग्छ ।” जुकेपानीको दलितवस्तीको १२ घरमा करिब ७० जना दलित सदस्यको बसोबास छ । आर्थिक रूपमा विपन्न दलित बस्तीका अधिकांश सदस्यहरू किसान र ज्याला मजदुरी गरी बाँचेका छन् । आर्थिक रूपमा विपन्न किसान र मजदुरहरूको मागको सुनुवाइ कतैबाट भएको छैन । कुश्मानगरपालिका वडा १ का अध्यक्ष खगराज पौडेलले दलितवस्तीमा खानेपानीको समस्या टड्कारो रहेको उल्लेख गर्दै भन्नुभयो–“भूकम्प जानु पहिले दलितवस्ती भन्दा केही पर रहेको पानीको मुहानबाट सानो भए पनि पानी आउने गर्दथ्यो । अहिले केही वर्षदेखि पानीको मूल खलबलिएर सुक्न जाँदा वर्षा मास सानो आउँछ । हिउँद लागेसँगै सुक्दा पानीको अभाव छ । अलि टाढाबाट पानी ल्याई जम्मा गर्न भनी ट्याङ्की बनाएको छ तर पाइप नहुँदा समस्या भएको छ ।” वडा अध्यक्ष पौडेलका अनुसार करिब २ किमी पाइप र एक थान पानी तान्ने मोटर हुने हो भने दलितवस्तीमा खानेपानीको व्यवस्था गर्न सकिन्छ । | gorkhapatraonline.com |
3,252,663 | हुरीबताससहितको बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए। हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् । सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन् । हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ । | nepalijanta.com |
3,239,493 | नजिकबाट निजामती सेवा, कर्मचारी ट्रेड युनियनलाई छामेको छु । हाम्रो निजामती प्रशासनलाई राजनीतिले नांगो पारेको छ । यसैको एउटा उदाहरण पस्कँदैछु, १० बुँदे नारा लेखिएको टिसर्ट लगाएर महिनौंदखि सिंदहरबार छिरी सचिव र मन्त्रीहरूलाई भेटिरहेकै थिएँ । तर महिना दिनपछि साउन ३० मा बल्ल मेरो टिसर्टमा प्रहरीको आँखा पर्यो । एउटा राष्ट्रसेवकलाई सिंहदरबारको गेटमा रोकियो र भनियो– यो टिसर्ट लगाएर भित्र छिर्न पाउनुहुन्न । लुगा लगाएर सिंहदरबार छिर्न रोक लगाएपछि लुगा खोलें र नांगै प्रवेश गर्न खोजें । प्रहरीले पक्राउ गरेर सात घण्टा थुन्यो । दलनिकट संगठनबाट पार लागेन, त्यही कारण निजामती सेवा बचाउनका लागि स्वतन्त्र अभियान चलाउँदा ट्रेड युनियनका नेताहरूको आँखाको तारो बन्न पुगेको छु । त्यही कारण हो मलाई पक्राउ गरिएको । नाताले १३ दिने दाजुभाइ हुन् भोला पोखरेल, उनी मेरा भतिज । उमेरले म निकै सानो छु उनीभन्दा । जन्मिएँ ०४५ सालमा, परिवारको साइलो छोरा । एक जना दाजुबाहेक सबै सरकारी सेवामै रमाइरहेका छौँ । दाजु गोविन्द लेखापढी कानुन व्यवसायी, अर्काे दाजु रामचन्द्र उच्च अदालत पाटनमा कार्यरत । भाइ रमेश साँखु मालपोत र अर्का भाइ रविन धादिङस्थित कृषि आधुनिकीकरण परियोजनामा कार्यरत । तत्कालीन विजयखर्क गाविसका एक घर, एक जना सरकारी कर्मचारी थिए । एसएलसी दिनुअगावै मुखियाको तयारी हुन्थ्यो । ०६२ सालमा एसएलसी दिँदासम्म लोकसेवा वा निजामती सेवाप्रति खासै मोह थिएन । ०६२ सालमै छिरियो राजधानी । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आर आर क्याम्पस)को विद्यार्थी बनेर । १८ वर्षको युवकमा तातो रगत थियो, राजाविरुद्ध अग्रमोर्चामा रहेर नाराबाजी गर्दै थिएँ वैशाख ०७ गते प्रहरीले पक्रिएर दुई दिन पुरानो बानेश्वरमा थुन्यो । शुरुका केही वर्ष बोर्डिङ स्कूलमा पढाएर जीवनको रथ जसोतसो चलाइरहेको थिएँ । भाइले नै लोकसेवामा नाम निकालेपछि दवाव पर्यो र युटर्न भएँ निजामती सेवातिर । ०६७ साल चैत १० मा स्थायी नियुक्ति बुझेपछि पहिलो पदस्थापन भयो सप्तरी जिविसमा । त्यहाँबाट डेढ महिनामै सोलुखुम्बु जिल्लामा काज खटिएँ । त्यहाँ पाँच वटासम्म गाविस चलाइयो । पछि गाविस हकहित संरक्षण मञ्चको अध्यक्ष नै भएर २ कार्यकाल बसें । जिल्लामा पेशागत महासंघको सचिव र अध्यक्ष समेत चलाएँ । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय प्रतिनिधि भएँ । चुनाव लडें, अलि विद्रोही स्वभाव थियो, कुनै गुटमा थिइन त्यही कारण पराजित भए । संघीयता पछिको अढाई वर्ष माप्य दूधकोशी गाउँपालिकामा कार्यरत रहें । पछि साँखु मालपोत हुँदै अहिले शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालयमा कार्यरत छु । दलनिकट कर्मचारी संगठनप्रति मोहभंग ०७६ सालको समायोजनबाटै भएको हो । ट्रेड युनियनका टाउकाहरूले आ–आफ्ना स्वार्थ रोजे । उनीहरू अधिकांशले आफ्नो समायोजन संघमै गराए । तर मजस्ता सयौं कर्मचारीको अवस्था हेरेनन् । यस बीच एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा सरुवा भएर जानुपर्दा दोहोरो सहमति चाहिनेलगायत सुब्बामारा गतिविधि हुन थाले । र हामी तात्यौं । ०७७ सालमा एउटा भेलाको आयोजना गरियो । स्वास्थ्य सेवा, वन, महिला विकास, कम्प्युटर अपरेटरलगायतका कर्मचारीको आकर्षण देखियो स्वतन्त्र निजामती कर्मचारी अभियानप्रति । यो अभियानलाई ट्रेड युनियन आन्दोलनकै रूपमा अगाडि बढाउन चाह्यौं र ०७८ साल फागुनमा युनियन दर्ता गर्न कस्सियौं । दलहरू समर्थित ट्रेड युनियनको नेता हुन खोज्नेहरूका भीडमा दलै बिनाको स्वतन्त्र ट्रेड युनियन दर्ता गर्न ५६ सय कर्मचारीको हस्ताक्षर चाहिने हुनाले श्रम विभागमा गएर निवेदन दियौं । तर संगठन दर्ता भएन, सो समयमा हाकिम थिए उमाकान्त अर्याल र उपसचिव मणिराम । यद्यपि, दिनहुँ धर्नासमेत दियौं । राष्ट्रिय स्तरको ट्रेड युनियन दर्ता गर्दा कम्तीमा २० जिल्लामा संगठन विस्तार भएको हुनुपर्ने र ५ हजार कर्मचारीले सदस्यता लिएकै हुनुपर्ने प्रावधान छ । हामीले त्यतिनै संख्यामा हस्ताक्षर गरेको कागजात पेश गरेका थियौं तैपनि हाम्रो अभियान ट्रेड युनियनका रूपमा हुन सकेको छैन । पेश गरिएको कागजातमा हस्ताक्षर गरेका कर्मचारीले एउटा अनुसूची फाराम भर्नुपर्ने र कार्यालयमा कार्यरत कर्मचारी हुन् भनी हाकिमले प्रमाणित गर्नुपर्ने भएपछि स्वतन्त्र कर्मचारी ट्रेड युनियन त्यत्तिकै थान्को लाग्ने अवस्थामा पुग्यो । फाराम भर्न नसक्ने अवस्थामा पुगेपछि आफ्नो संगठन छुट्टै खाले भएको, प्रक्रिया र अनुसूची फाराम नै गलत भएको, तालुकदार कार्यालयका प्रमुख अन्य दलको ट्रेड युनियनसँग आबद्ध रहेकाले स्वतन्त्र युनियन दर्ता गर्न नमानेको हुँदा सर्वाेच्चको ढोका ढक्ढकाउन पुगेको छु । गत पुसमै दायर गरेको रिटको पेशी तोकिएको छ आगामी २ असोजलाई । उमाकान्तले हाम्रो संगठन दर्ता नगरेपछि महानिर्देशकको नाममा खुला पत्रै लेखें । पछि उनले ‘सरी’ भने । उनी पछि आएका कृष्ण ज्ञवालीसँग पनि यही बिषयमा निकै चर्काचर्की पर्यो । कुनै नेता बन्ने मनशायले स्वतन्त्र संगठन खोल्नु परेको होइन । अहिले अस्तित्वमा रहेका र क्रियाशील दलगत ट्रेड युनियनले कर्मचारीको हितभन्दा पनि दलको हित हेरेका, आफन्त पोस्दै र कमाउ धन्दामा लागेकाले देशभरिका १८ हजारभन्दा बढी सचेत युवा कर्मचारीहरू स्वतस्फूर्त रूपमा संगठित भई लागेका छन् । हाम्रो अभियानलाई संगठनको रूपमा दर्ता गर्नबाट रोक्न मोहन घिमिरे, भोला पोखरेल, केदार देवकोटा, हरि रावल, गोपाल पोखरेललगायतका नेताहरू हातै धोएर लागे । फेरि पनि स्पष्ट पार्दैछु हामीले ट्रेड युनियन आन्दोलन चलाएको नेता बन्नका लागि होइन । निर्णयकर्तालाई उन्मुक्ति दिने र टिप्पणी उठाउने कर्मचारीलाई फसाउने प्रवृत्ति बढ्न थालेकोप्रति खबरदारी हो । एकपछि अर्का कर्मचारीहरू हिरासतमा पुग्ने प्रवृत्तिले निजामती सेवा ध्वस्त हुँदैछ । भ्रष्टाचारविरुद्ध हाम्रा बिगुल फुक्नुका साथैं निजामती सेवामाथि हुने सबै खालका प्रहारविरुद्ध ढाल बनेर उभिने प्रणका साथ अहिले निजामती सेवा संरक्षण समूह गठन भएको छ । संयोजकको जिम्मेवारीमा उद्योगकी उपसचिव सिर्जना तिवारी हुनुहुन्छ । यस्तै सह–संयोजकमा म आफैं छु, साथै विवेक घिमिरे र इञ्जिनियर कमलमणि खतिवडा, मनोज न्यौपानेलगायतका साथीहरू एकजुट भई निजामती सेवा संरक्षण समूह बनाइएको छ । हाम्रो समूहले कर्मचारीमाथिको अस्वाभाविक धरपकड रोकी निर्णय प्रक्रियामा मात्रै रहेका कर्मचारीलाई अविलम्ब थुनामुक्त गर्न माग गर्दै मुख्य निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन माग गरेपछि बल्ल तातो लागेको हो । दलनिकट कर्मचारी संगठनलाई । हाम्रै आन्दोलनका कारण सञ्चार सचिव कृष्णबहादुर राउत थुनामुक्त हुनुभई अहिले जिम्मेवारीमा फर्कनुभएको छ । यही अभियानमा जोडिँदा गत साउन १५ गते महासचिव मीनबहादुर बिक र मलाई प्रहरीले पक्राउ गर्यो । मुलुक संघीयतामा गएको आठ वर्ष भयो । संविधान आएको पनि आठै वर्ष पुग्यो तर संविधानपछिको दोस्रो कानुन मानिने कर्मचारीको मूल कानुन अझै अलपत्र छ । यही संघीय निजामती सेवा ऐन छिटो जारी गर्न माग राख्दै १० बुँदे नारा अंकित टिसर्ट लगाएर हिँड्न थालेको महिनौं भयो । यही टिसर्ट लगाएर सामान्य प्रशासनमन्त्री र सचिवहरूलाई भेट्दै छु । हरेक दिन सिंहदरबार आवतजावत गर्दै छु । तर अस्ति गत ३० साउनमा प्रहरीले भित्र पस्न दिएन । भनियो– नारा लेखिएको टिसर्ट लगाएर जान मिल्दैन । उसो हो भने लुगा फुकालेर नांगै सिंहदरबार छिर्छु भन्दा पनि दिएनन् । कारण निजामती प्रशासन नांगो छ, कर्मचारीलाई राजनीतिले नांगो पारेको छ, त्यसैलाई उजागर गर्नु हो । सोही कारण आधी घण्टासम्म प्रहरीसँग जुहारी चल्यो र अन्तिममा पक्रिएर लग्यो । भोलिपल्टै सयौं साथीहरू गेटमा उतार्ने तयारी गरिरहेका थियौं फेरि पक्राउ परियो । अहिले कतिपय कर्मचारी संगठनका लागि म काउसो सावित भएको छु । पशुपतिलाई थुन्नुपर्छ भनेर गृहतिरै पुगेको पनि थाहा पाएको छु । कतिपयले भन्न त मलाई निजामतीभित्रको ‘बालेन’ पनि भन्छन् । तर मैले नेता बन्नका लागि र आफ्नो स्वार्थपूर्ति गर्नका लागि यो आन्दोलन वा अभियान शुरु गरिरहेको छैन । यो अभियानलाई एउटा निश्कर्षमा पुर्याएर मात्र आन्दोलनलाई बिट मार्ने योजना छ । | janaaastha.com |
184,040 | महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने वित्तीय समानीकरणको अनुदान फुकुवा गर्न कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) लाई पत्र पठाएको छ। तर, पूरा रकम अहिले पनि फुकुवा गरिएको छैन। चालु आर्थिक वर्षको लागि विनियोजन गरिएको ८७ अर्ब ३५ करोडको ९३ प्रतिशत हुन आउने रकम उपलब्ध गराउनको लागि परिपत्र जारी गरिएको हो। यस सम्बन्धमा असार १० गते मन्त्रिपरिषदले निर्णय लिएको थियो भने असार १३ गते अर्थमन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाएको थियो। सोही आधारमा महालेखा नियन्त्रकको कार्यालयले कोलेनिकाहरूलाई परिपत्र जारी गरेको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले यो वर्ष ८७ खर्ब ३५ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा संघीय सरकारले स्थानीय तहको लागि अनुदान छुट्याएको थियो। तर, बजेटबाट छुट्याइएको यस्तो अनुदान संघीय सरकारले हरेक वर्ष काट्दै आएको छ। गत वर्ष पनि करिब ९ प्रतिशत यस्तो अनुदान काटिएको थियो। यो वर्ष २६ प्रतिशत काट्ने तयारी गरिएकोमा स्थानीय तह र सरोकारवालाको विरोधपछि कम्तीमा ७ प्रतिशत कटौती गर्ने निर्णय गरिएको हो। अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रकको कार्यालये २०८० माघ २६ गते नै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई तेस्रो त्रैमासमा ५५.५७ प्रतिशत नबढ्ने गरी समानीकरण अनुदान हस्तान्तरण गर्न निर्देशन दिएको थियो। त्यस्तै चौथो त्रैमास (वैशाख, जेठ र असार) मा भने चैतसम्म भएको खर्च र राजस्व संकलनको आधारमा मात्रै उपलब्ध गराउने उल्लेख गरिएको थियो। स्थानीय तहका प्रतिनिधिहरूले सिंहदरबार घेर्नेसम्मका कार्यक्रमसहितका दबाबमूलक कार्यक्रम घोषणा गरेपछि सरकारले आफ्नो निर्णय उल्टाएर ९३ प्रतिशत उपलब्ध गराउने निर्णय लिएको छ। यससँगै स्थानीय तहले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। तर, बाँकी ७ प्रतिशतको लागि सरकारसँग निरन्तर संवाद गर्ने योजना गाउँपालिका महासंघको छ । | setopati.com |
1,660,929 | अमेरिकी मिडियाहरुले वर्तमान अमेरिकी अधिकारीहरुको उद्धृत गर्दै हमजाको मृत्यु भएको दावी गरेका छन् । मिडिया रिपोर्ट अनुसार, तीन अधिकारीहरुले हमजाको मृत्यु पुष्टि गरे पनि कुन स्थान र कहाँ मृत्यु भयो भन्ने बारे भने जानकारी दिएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमलाको मृत्यु बारे केही बोलेका छैनन् । सञ्चारकर्मीले यसबारे जिज्ञासा राख्दा उनले ‘यस मामिलामा टिप्पणी गर्न नचाहेको’ बताएका थिए । न्यूयोर्क टाइम्सले पनि अमेरिकी अधिकारीकै हवाला दिएर हमाजको मृत्यु भएको दाबा गरेको छ । टाइम्सका अनुसार अमेरिकामा भएको एक अप्रेसनमा हमजा मारिएका हुन् । यसैवर्ष मार्चमा अमेरिकाले हमाज बारे जानकारी दिनेलाई १० लाख डलर इनाम दिने घोषणा गरेका थिए । अमेरिकाको दाबी थियो ‘हमजा आफ्नो पिताको हत्याको बदला लिनका लागि सहयोगीका साथ अमेरिकामा हमला गर्ने योजना बनाइरहेका थिए ।’ यसै महिना साउदी सरकारले हमजाको नागरिकता रद्ध गरेको थियो । हमजाले सन् २००१ सेप्टेम्बर ९ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टर हमलामा सामेल भएका शामिल अताकी मुहम्मद अताकीको छोरीसँग विवाह गरेका थिए । अता विमानको हाइज्याक गर्ने आतंककारीका मुख्य व्यक्ति थिए । ओसामाको सौतने भाइ अहमद तथा हसनले ब्रिटिश समाचारपत्र दि गार्जियनसँगको कुराकानीमा यो कुरा बताएका थिए । ओसामा पाकिस्तानको एबटावादमा सन् २०११ मे २ मा अमेरिकी नेवी सील कमाण्डोद्वारा मारिएका थिए । अमेरिकाले हमजालाई स्पेसियल डेजिगनेटेड इन्टरनेशनल टेररिस्ट को सूचिमा राखेको थियो । ओसामालाई पनि अमेरिकाले यहि सूचिमा राखेको थियो । सन् २०१७ मा एफबीआईका एजेन्ट रहे अली सौफानले बताए अनुसार हमजाले ४ वटा अडियो म्यासेज रेकर्ड गराएका थिए । यसमा उनले भनेका थिए अमेरिकाकी जनता हामी आउँदै छौँ, तिमीहरुलाई आएको अनुभव हुनेवाला छ । दोस्रो सन्देशमा उनले भनेका छन् ‘तिमीले मेरो पिता …इराक….. अफगानिस्तानका साथ जे गर्यौ, हामी त्यसको बदला लिन जाँदैछौँ ।’ (एजेन्सी) वि.सं.२०७६ साउन १६ बिहीवार १३:५८ मा प्रकाशित ढाका । | sansarnews.com |
2,926,232 | भक्तपुरका १३, काठमाडौंका ४८ , ललितपुरका १ गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, मंगलबार देशभर थप २५९ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससँगै कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । | newsofnepal.com |
3,437,034 | ‘नेपाने युवा क्लव’को समितिमा नयाँ कार्यसमिति चयन गरिएको छ । सोलुखुम्बुमा गत पुष २८ गते मंगलबार बसेको क्लवको भेलाले सोनाम ङिमा शेर्पाको अध्यक्षतामा ११ जना कार्य समिति चयन गरेको हो । संस्थाको महासचिवमा ल्हाक्पा देण्डी शेर्पा, कोषाध्यक्षमा मिङमार शेर्पेनी, सचिवमा छिरीङ दोर्जी शेर्पा चयन भएका छन् । त्यस्तै, सुचान तथा सञ्चार बिभाग प्रमुखमा ल्हाक्पा शेर्पा, सांस्कृतिक बिभाग प्रमुखमा सोनाम शेर्पा र उपप्रमुखमा कुके शेर्पा चयन भएका छन् । त्यस्तै, क्लवको सदस्यहरुमा ङिमा औङछु शेर्पा, पेम्बा शेर्पा, ङिमा जङबु शेर्पा, ल्हेमी शेर्पा लामा, सोनाम औङदी शेर्पा, जाङबु शेर्पा र पेम्बा शेर्पा (प्रदेश नम्बर एक अन्डर-१९ व्यटमिन्टन राष्ट्रिय खेलाडी) रहेका छन् । यस्तै भेलाले सल्हकारहरुमा ल्हकपा शेर्पा र सोनाम शेर्पा चयन गरिएको छ भने संरक्षकमा ई-दावा जाङबु लामा शेर्पा चयन भएका छन् । नेपाने क्लव २०५९ सालमा स्थापना भई नेपालका दुर्गम भेगमा सामाजिक, सांस्कृतिक, आर्थिक लगायतका कामहरु गर्दै आईरहेको संस्थाको नव निर्वाचित कार्यवाहक अध्यक्षन सोनाम ङिमा शेर्पाले जानकारी दिए । उनले सामाजिक, आर्थिक र सांस्कृतिक संरक्षण र विकासमा योगदान पुर्याउने उदेश्यले संस्था स्थापना भएको बताए । शेर्पाका अनुसार यस क्लवले विकास गतिविधिहरूमा जनतालाई अधिकतम जनसहभागिता गराई रोजगार उन्मुख व्यवसाय र अभियान गतिविधिहरू सञ्चालन गर्न पहल गर्ने बताए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
6,304,292 | क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ । भूकम्पबाट सान आन्द्रेस नगरपालिका र सान्ता क्याटालिना नगरपालिकामा क्षति पुगेको अधिकारीहरुले बताएका छन् । उक्त द्वीप निकारागुवाको पूर्वी तटीय क्षेत्रबाट २२० किलोमिटर टाढा पर्दछ । कोलम्बियाली अधिकारीहरुले तटीय इलाकामा सुनामीको खतरा नरहेको जनाएका छन् । | shikharnews.com |
5,581,043 | बाढीको ठूलो जोखिम भोग्दै आएको कैलालीमा विपत् प्रतिकार्य योजना अझै निर्माण हुन सकेको छैन । वर्षायाम सुरु भइसक्दा पनि विपत् पूर्वतयारीका लागि जिल्लामा अझै प्रतिकार्य योजना बन्न नसकेको हो । बाढी र डुबानको हिसाबले जिल्लाको नदी तटीय क्षेत्रसहित आसपासका बस्तीमा हरेक वर्ष ठूलो जोखिम रहँदै आएको छ । | gorkhapatraonline.com |
3,117,004 | काठमाडौं महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो । विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवदेश झाले उपभोक्तालाई स्वच्छ, स्वस्थ्य पानीको उपयोगको वातावरण सिर्जना गर्न कडाइका साथ अनुगमन अभियान थालिएको बताए । उनका अनुसार महानगरले यही भदौ १ गतेदेखि नियमितरूपमा पहिलो चरणमा पानीको अनुगमन गरिरहेको छ । भदौभर पानीको अनुगमन गरिने र असोजमा पानीसहित दूधको र क्रमशः तेलको पनि अनुगमन गरिनेछ । चालु आर्थिक वर्षभरि अनुगमन अभियान चलाइने विभाग प्रमुख डा. झाले जानकारी दिए । ‘जारको पानीको शुद्धता पत्ता लगाउने तथा समस्याको पहिचान गरी आवश्यक कारबाही प्रक्रियामा लैजान्छौँ’, उनले भने । उपत्यकामा जारको पानी वितरण गर्ने कम्पनीले कुच्चिएको, फुटेको जारमा पानी बोक्ने गरेको पाइएकाले त्यस्ता जार जफत र नष्ट गर्ने गरिएको छ । ‘पानी उत्पादक कम्पनीलाई पनि थाहा हुँदैन, उसको पानीको जार कहाँ छ त्यो पानी कसको हो भनेर’, विभाग प्रमुख डा. झाले भन्नुने, ‘पानी उत्पादक कम्पनी र वितरक भिन्न–भिन्न हुने भएकाले यसमा कडाइ गरिएको हो, पानी आउने मुख्य नाकामा क्रमिकरूपमा अनुगमन गरिरहेका छौँ ।’ अहिले महानगरमा पानी भित्रिने गोदावरी, पेप्सीकोला, चाबहिलगायत नाकामा अनुगमन भइरहेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ अनुरुप अनुगमनलाई कडाइ गरिएको हो । निर्देशिकामा जार कुच्चिएको तथा लेउ लागेको जारमा पानी बोक्न नपाइने उल्लेख छ । अनुगमनका क्रममा त्यस्ता जार भेटिएमा जफत गर्ने गरिएको छ । सम्बन्धित कम्पनीको पानी प्रयोगशालामा लगेर परीक्षण गर्ने गरिएको छ । काठमाडौं महानगरमा जति पनि पानी उत्पादक संस्था छन् तिनको स्थलगत अनुगमन गरेर शुद्ध पानी वितरण गर्ने अभियानमा महानगर रहेको डा झाले बताए । उनले भने, ‘अहिलेसम्म सचेतमात्र गराइरहेका छौँ, अब कुनै कैफियत देखिए कारबाही गर्छौँ ।’ विभागले नेपाल वाटर बोटल उद्योग संघका पदाधिकारीलाई बोलाएर पनि सजग गराएको छ । ‘जो उत्पादक हो उसैले वितरण गर्नुपर्छ, यदि उत्पादक नभए अरुलाई जिम्मा दिएको हो भने दुवै संस्थाबीच कागजी सम्झौता हुनुपर्यो र जारको पानी बोक्ने गाडीमा सम्बन्धित कागजात बोक्नुपर्यो’, डा झाले भने । अहिले जारको पानीमा मात्रै अनुगमन गरिएको र निकट भविष्यमा बोतलको पानीको पनि अनुगमन गरिने उहाँले उल्लेख गर्नुभयो । काठमाडौँ महानगरभित्र अहिले एक सय ८० भन्दा बढी पानी उत्पादक कम्पनीले पानी आपूर्ति गर्ने गरेका छन् । काठमाडौँमा जम्मा चार कम्पनी रहेका छन् । अनुगमनका क्रममा जफत गरिएका पानीको जार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा पठाइएको र त्यसको रिपोर्टका आधारमा पानीमा केही समस्या देखिए महानगरको बजार व्यवस्थापन ऐन, २०७५ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ । पानीपछि दूध वितरणलाई नियमन र व्यवस्थापन गर्ने महानगरको योजना छ । अहिले खुलारूपमा बिक्री वितरण भइरहेको दूध व्यवसायीलाई दर्ता प्रक्रियामा लगेर मापदण्ड पुर्याएरमात्रै बिक्री वितरणका लागि सचेतना गरिने र गुणस्तर नभए कारबाही गरिने विभागले उल्लेख गरेको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
5,401,462 | नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसंगठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताउनुभयो । | gorkhapatraonline.com |
3,369,632 | प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद् अवरोधको कारण एमाले नभई सरकार र गठबन्धन नै भएको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आज शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचेतक बर्तौलाले एमालेले संसद् अवरोध नगरेको बताएका हुन् । उनले एमालेले संसद्मा सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग मात्र उठाएको दाबी गरे । उनले सरकारले जनताबाट चुनिएका सांसदले उठाएका मागको जवाफ दिनु साटो गैरजिम्मेवार बनेर प्रतिपक्षले संसद अवरुद्ध गर्यो भनेर भ्रम फैलाएको टिप्पणी गरे । सचेतक बर्तौलाले संसद् चलाउन संविधानले चिन्दै नचिनेको गठबन्धनमा गएर निर्णय गराउनु साटो संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिन सरकारलाई आग्रह गरे । सचेतक बर्तौलाले एमाले संसद्को गतिरोध खुलाउन सकारात्मक भए पनि सुनकाण्डको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म निरन्तर खबरदारी गर्ने बताए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
1,304,971 | काठमाडौं- २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । उम्मेदवारी घोषणा गर्दै अधिकारीले हालको राजनीतिक व्यवस्थामा चुनौतीको चाङमा रहेको बताए । कानुन व्यवसायी समेत रहेका उनले आफूमा नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेको बताए । मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने बताए । संसदलगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी रहेको अवस्थामा आफ्नो उम्मेदवारीले वर्तमान संसदीय व्यवस्था भित्रका विकृतिका बारेमा विरोध गर्ने बताए । राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने उनी बताउँछन् । | annapurnapost.com |
834,149 | चिकित्साशास्त्र र जीव विज्ञानले गरेको प्रगतिबाट उत्पन्न ‘नैतिक विवाद’ को अध्ययन गर्ने बायोइथिक्स (जैवनैतिक) सम्बन्धी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार छलफल गरियो ।जैवनैतिकले जैवप्रोद्योगिकी र औषधिसँग जोडिएको राजनीति, कानुन, जीव विज्ञान चिकित्साशास्त्रका विभिन्न पक्षसँग जोडिएका नैतिक मुद्दा उठाउने गरेको छ । विश्वभरि सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएपछि प्रतिष्ठानका चिकित्सक विद्यार्थीले प्रत्येक वर्ष जैवनैतिक विषयमा परिचर्चा गर्दै आएका छन् । उक्त अवसरमा मानसिक रोग विशेषज्ञसमेत रहेका नेपाल युनिटका प्रमुख प्रा.डा. धनरत्न शाक्यले चिकित्सा, स्वास्थ्य र जीव विज्ञान क्षेत्रमा हुँदै आएका वैज्ञानिक अनुसन्धानमा नीतिनियम (इथिक्स) को अध्यापन, तालिम र अनुसन्धानका लागि बायोइथिक्सको आवश्यकताबारे युनेस्कोको इथिक्स चेयरले जोड दिएको बताए । उनले भने, ‘मानिस र अन्य जीवका प्रजातिको अस्तित्व कायम राख्नका लागि जैवविज्ञान, इकोलोजी, औषधि र मानवीय मूल्य मान्यताको बीच अनुशासनको पाठ सिकाउने विषय बायोइथिक्स मात्र छ ।’सहभागीले बायोइथिक्स प्राचीनकालदेखि नै बहसको विषय भए पनि पछिल्लो समयमा मानव क्लोनिङ, सरोगेसी, स्टिमसेल, गर्भपतन, इच्छामृत्यु–युथेनेसिया, औषधिको ट्रायल लगायतमा बायोइथिक्सले सवाल उठाउँदै आएको छ । बायोइथिक्सले प्रविधिको विकाससँगै मानवीय स्वास्थ्य अधिकारक्षेत्रमा गरिने प्रयोग व्यावहारिक, मानवतावादी, करुणाशील र मानवीय मूल्य मान्यता मैत्री हुनुपर्नेमा जोड दिँदै आएको सहभागीहरूले बताए । बायोइथिक्स विज्ञ प्रा.डा. रानोमल पिर्यानीले बायोइथिक्सको प्रमुख नियम रहेको बताए । उनका अनुसार विश्वव्यापी रूपमा मानिएका मूलभूत नियममा जानेर अन्जानमा कुनै पनि बिरामीलाई हानि नोक्सानी पुर्याउनु हुँदैन, बिरामीको हितमा सही निर्णय लिनुपर्ने र चिकित्सकले त्यो निर्णय बिरामीलाई सूचित गर्नुपर्ने, बिरामीलाई उपचारको फाइदा र शल्यक्रिया वा औषधिको साइड इफेक्ट र उपचार खर्चबारेमा जानकारी दिनु र उपचारका लागि चिकित्सक वा अस्पतालमा आएका बिरामी जतिसुकै गरिब भए पनि उपचार गर्नु बायोइथिक्सले भन्दै आएको छ । | ekantipur.com |
1,518,678 | गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताएका छन्। आइतबार एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गरे। सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो। सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित निकायसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ। सङ्घको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण महाधिवेशन स्थगन गरिएको जनाइएको छ। सङ्घका प्रमुख संरक्षक डा घलेले भने, “सङ्घमा देखिएका समस्या समाधान गरेर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्छ।” कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको बताइन्। एनसिसी अमेरिकाका पूर्वअध्यक्ष तथा २०२१–२३ का लागि ‘टिम कुल’बाट महासचिव पदका उम्मेदवार डा केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताए। कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री तथा आगामी महाधिवेशनमा विभिन्न पदका उम्मेदवारले आफ्नो मन्तव्य राखेको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले बताए । | kendrabindu.com |
1,803,870 | काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ–स्पोर्ट्सको अवार्ड’ को पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा मञ्चले पिपल्स च्वाईस विधाको ५ मनोनयन सार्वजनिक गरेको हो । सो विधामा क्रिकेटर आसिफ शेख, टेनिस खेलाडी अभिलाषा विष्ट, फुटबलर अञ्जन विष्ट, पौडी खेलाडी डुवाना लामा र भलिबल खेलाडी उषा भण्डारी रहेका छन् । मनोनित क्रिकेटर आसिफले आफ्नो मनोनयनलाई क्रिकेट प्रतिको मायाको रुपमा लिएको बताए। उनले भने, ‘अवार्डको लागि मनोनयन हुँदा गर्व महशुश भएको छ। यसले क्रिकेटमा अझैँ दृढ भएर अघि बढ्न थप उत्साह प्रदान गरेको छ।’ भलिबल खेलाडी उषाले भनिन, ‘यो मनोनयनलाई उषाको लागि भन्दा पनि भलिबललाई दिन चाहन्छ। यस्तो अवार्डले खेलाडीलाई थप उर्जा प्रदान गर्दछ।’ यो विधाको लागि २०७८ देखि २०७९ फागुनसम्म चर्चामा रहेका सम्पूर्ण खेलाडीलाई समावेश गरिएको एनएसजेएफका अध्यक्ष दुर्गा नाथ सुवेदीले जानकारी गराए। सोमबारबाट खुलेको अनलाईन भोटिङ फागुन २१ गते राति १२ बजेसम्म खुल्ला हुने अध्यक्ष सुवेदीले बताए। यस विधाको विजेताले पल्सर मोटरसाइकल पनि प्राप्त गर्नेछन्। पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको अनलाईन भोटिङबाट मानोनित गरिनेछ। जसअन्तर्गत कुल मतभारलाई ईसेवाको ५० प्रतिशत, अवार्डको आधिकारिक फेसबुक पेजको २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको र खेलपत्रकारको समान १२.५ प्रतिशत मतभार गणना गरिनेछ। यस्तै कार्यक्रममा मञ्च र अनलाईन पेमेन्ट कम्पनी ईसेवाबीच पनि २ वर्षको लागि सम्झौता भएको छ। समर्थकहरुले आफ्नो इ–सेवा अकाउन्टमार्फत अनलाईन भोट दिन सक्नेछन् । यसबाहेकका अन्य ४ विधाका विजेतालाई पनि अवार्ड प्रदान गरिनेछ। अन्य ४ विधाका विजेतालाई भने जनही ५० हजार रुपैँया र गिफ्टह्याम्परसहित सम्मान गरिनेछ। अवार्ड कार्यक्रम फागुन २३ मा आयोजना गरिनेछ । | nepalviews.com |
4,111,955 | नेकपा (माओवादी केन्द्र)ले जिल्लाको १० वटै स्थानीय तहमा आफ्ना उम्मेद्वारको टुङ्गो लगाएको छ । जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारको टङ्गो लगाइएको सो दलका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको प्रमुख पदका लागि खीमानन्द भट्ट, पाटन नगरपालिकामा प्रमुखमा शङ्कर भण्डारी र उपप्रमुखमा राधिका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै पुर्चाैडी नगरपालिकामा प्रमुखमा रणबहादुर कुँवर र उपप्रमुखमा जयन्ती बमलाई उम्मेदवार बनाइएको छ भने मेलौली नगरपालिकाको प्रमुखमा भीमबहादुर चन्द तोकिनुभएको छ भने उपप्रमुखकोे टङ्गो लाग्न बाँकी रहेको जनाइएको छ । यस्तै डिलाशैनी गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर राना र उपाध्यक्षमा सुशीला साउद, दोगडा केदार गाविसको अध्यक्षमा तारा कँुवर र उपाध्यक्षमा लक्ष्मी ओेड, सुर्नया गाउँपालिकाको अध्यक्षमा नरी भाट, सिगास गाउँपालिकाको अध्यक्षमा वीरसिंह ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा धनवीर धनाडी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्द र उपाध्यक्षमा मञ्जु चन्दलाई सिफारिस गरिएको छ भने सबै वडाका वडा अध्यक्ष र सदस्यका नाम समेत टुङ्गो लागिसकेको सो दलले जनाएको छ । नेपाली काँग्रेस र नेकपा एमाले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् । पार्टीमा पदका आकाङ्क्षी धेरै भएकाले उम्मेद्ववारको नामावली टुङ्ग्याउन नसकिएको नेपाली काँग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले जानकारी दिनुभयो । नेकपा एमालेले स्थानीय तहमा नेतृत्व गर्ने आकाङ्क्षीमध्ये नाम अनुमोदनका लागि प्रदेश कमिटीमा पठाएको एमालेका जिल्ला सचिव लीलाधर भट्टले जानकारी दिनुभयो । रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
5,291,800 | मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । | gorkhapatraonline.com |
2,702,880 | राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको निजामति सेवा ऐन विधेयक विरुद्ध कर्मचारीहरुनै आन्दोलनमा उत्रिएका छन् । सिंहदरवारभित्र कार्यरत नायव सुब्बा (नासु) तहका कर्मचारीहरुले उक्त विधेयकमा रहेका विभेदकारी प्रावधान तथा कर्मचारीहरुको वृति विकासमा असर पर्नेगरी विभिन्न प्रावधान राखेकाले आन्दोलन गर्नुपरेको आन्दोलित कर्मचारी लेखनाथ भट्टराईले जानकारी दिए । समितिबाट मन्त्री तथा सत्तापक्षकै केही केही सांसदहरुको विरोधकाबीच पारित भएको विधेयकमा आफ्नो बढुवा तथा २०४९ सालको निजामति सेवा ऐनका प्रावधान भन्दा पनि पछि फर्किएकाले निजामति सेवामा नासु बचाउ अभियानमार्फत करिब २ सयको संख्याका नासुहरुले सिंहदरवार गेटभित्र प्रदर्शन गरेका हुन् । उनीहरुले व्यानर तथा र्यालिसहित प्रदर्शन गरेका हुन् । उनीहरुले अब आउने निजामति सेवा ऐनमा ६ विषय समेट्नुपर्ने माग अघि सारेका छन् । जसमा शाखा अधिकृत तहमा बढुवा र आन्तरिक प्रतिश्पर्धाको सुनिश्चितता, एकै पदमा १२ बर्षसम्म बढुवा नभए स्वतह बढुवा, सेवामा रहेका कर्मचारीलाई उमेरको हदबन्दी लगाउन नपाइने, अघिल्लो पदको सेवाअवधि जोड्नुपर्नेलगायत छन् । यसैबीच अधिकृत तहका कर्मचारीहरुले समेत उक्त विधेयकमा रहेको आन्तरिक प्रतिस्पर्धा हटाउन लागिएको, केन्द्र, प्रदेश र स्थानीय तहबीचको सहसम्बन्ध हटाउनेगरी कर्मचारीको खटनपटन रोक्ने एवं खुला प्रतिस्पर्धा गर्दा अघिल्लो सेवाअवधि नजोड्ने लगायत वृतिविकासमा गम्भीर असर पर्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् । | ratopati.com |
3,482,143 | बलिउड नायिका एवं वीपी कोइरलाकी नातिनी मनिषा कोइरालाले तत्काल राजनीतिमा प्रवेश नगर्ने बताउनु भएको छ । | imagekhabar.com |
5,613,559 | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष पुगेको छ । यस अवधिमा प्रचण्ड नेतृत्वको सरकार दुई छिमेकी देश गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सफल भयो। गत कात्तिक १७ गते शुक्रबार मध्यराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका एकसय ५७ जनाको मृत्यु भयो, हजारौँको सङ्ख्यामा घाइते भए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताउनुभएको छ । गत वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिका खासगरी नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सन्तुलन र परिपक्व व्यवहार प्रदर्शन गरेको देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको वर्तमान गठबन्धन सरकारले आज एक वर्ष पूरा गरेको छ । एक वर्षअघि विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा उहाँलाई नेकपा एमाले समेतका दलहरुको मुख्य समर्थन थियो । फरक गठबन्धन, फरक सङ्गत र फरक मान्यताका आधारमा ‘प्रचण्ड’ सरकार गठन भएको थियो । समय घर्किदै जाँदा ‘प्रचण्ड’ नेतृत्वको सरकारको गठबन्धन, स्वरुप र मान्यतामा परिवर्तन आएको थियो । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ सङ्ख्यामा बिदेसीरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताउनुभएको छ । प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमानदार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ सुनकोशी मरिण डाइभर्सन आयोजना । | gorkhapatraonline.com |
4,176,680 | जनकपुरधाममा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो पटक स्वर्ण जितेर इतिहास बनायो। यद्यपि भारतले २० वटा स्वर्णमध्ये १४ वटामाथि कब्जा जमायो। नेपालको तर्फबाट महिलामा ५५ केजी तौल समूहमा संगीता धामीले स्वर्ण पदक जितिन् भने महिलामै ५३ केजी तौल समूहमा शिवांगी दुवे, ५७ केजी तौलमा अम्बिका भण्डारी, ६५ केजी तौल समूहमा सुशीला चन्द, ७२ केजी तौल समूहमा निर्मलाले रजत पदक जितिन् भने ५० केजी तौलतर्फ मनिषा, ५९ केजी तौल समूहमा कोमल खत्रीले काँस्य जितिन्। त्यस्तै पुरुषतर्फ ५७ केजी तौल समूहमा नरेशप्रसाद यादव, ५९ केजी तौल समूहमा सुमिर साह, ६५ केजी तौल समूहमा सरोज यादव, ७० केजी तौल समूहमा सुरेश, ७९ केजी तौल समूहमा वुन्नलाल राजु, १२५ केजी तौल समूहमा राज यादवले रजत पदक जिते। नेपालले ७ महिला र ७ पुरुष गरी १४ खेल समूहमा सहभागिता जनाएको थियो। यद्यपि नेपालको खेल अपेक्षा गरेभन्दा राम्रो र सन्तोषजनक रहेको कुस्तीका प्रमुख प्रशिक्षक ब्रह्मदेवप्रसाद यादव बताउँछन्। ‘सीमित स्रोत-साधन र बेवास्ता गरिएको कुस्ती खेलमा यस पटक एउटा भए पनि स्वर्ण जितेर इतिहास कायम भएको छ। यो नै खुसी र गर्वको कुरा हो।’ यादवले कुस्तीका लागि देशमा आफूसहित जम्मा ७ जना प्रशिक्षक रहेकोमा देशको तराई र पहाडी जिल्ला गरी २५ जिल्लामा कुस्ती खेल हुँदै आएको बताए। उनले कुस्ती प्रशिक्षण दिने ठाउँको समेत अभाव भएको अवस्थामा केही समतल ठाउँमा अलिअलि माटो खनेर कुस्ती सिकाउने गरेको तर प्रतियोगितामा म्याटमा खेलाडीले खेल्नु पर्दा पनि चाहेको जस्तो प्रदर्शन गर्न नसकिएको बताए। उनले भने, ‘अहिलेसम्म कुस्ती प्रशिक्षणका लागि देशभरि कतै कबर्ड र म्याटलगायत साधन स्रोतको व्यवस्था गरिएको छैन। खेलाडीले जसोतसो अभ्यास गरेर सिकेर देशको नाक राखेका छन्। यो खुसीको कुरा हो।’ त्यसैगरी कुस्तीका अर्का प्रशिक्षक राजेन्द्र चन्दले तराई-मधेसको अखाडामा मेला-पर्वको बेला रमाइलोका लागि खेलिने कुस्तीमा राज्यको लगानी शून्य भएको बताए। चन्दले कुस्तीका लागि तालिम गर्ने ठाउँसमेत नरहेको बताउँदै भने, ‘खेल हुँदामात्रै हामीलाई सोधीखोजी गरिन्छ, अरु बेला केही वास्ता हुँदैन।’ प्रमुख प्रशिक्षक ब्रहमदेव यादवले कुस्ती खेलको लामो इतिहासमा नेपालले जितेको पहिलो स्वर्ण खेलाडी आफ्नै मिहिनेत र लगनले जितेको प्रतिक्रिया दिए। कुस्तीलाई सरकारले प्राथमिकतामा नराखेको र कुस्तीका खेलाडीलाई त्यति धेरै महत्व नदिएकोमा प्रशिक्षकहरुको गुनासो छ। यादवले अभ्यास गर्ने ठाउँ अभावमा खेलाडीलाई पर्याप्त तालिम दिन नसकिएको बताए। ‘पर्याप्त पूर्वाधार र तालिम नहुँदा पनि खेलाडीले देश सम्झिएर खेले र स्वर्ण जिते ,’ उनले भने। खेलाडीलाई व्यवस्थित प्रशिक्षण दिए सागमा कुस्तीबाट थप स्वर्ण पदक दिलाउने उनको दाबी छ। प्रमुख प्रशिक्षक यादवले राज्यले कुस्तीलाई अरु खेललाई जस्तो सहयोग नगरेको गुनासो गरे। उनले भने, ‘भारतमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनोट भइसकेका कुस्ती खेलाडीहरु बन्द प्रशिक्षणमा राखेर उनीहरूलाई निरन्तर प्रशिक्षणमा दिइने गरिन्छ। तर नेपालमा भने जुनसुकै प्रतियोगितामा बन्द क्याम्पमा परे पनि प्रतियोगिता सम्पन्न भइसकेपछि राज्यले वास्ता गर्दैन।’ यादवले भारतमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई सरकारले त्यहाँको सेना, रेल्वे लगायतको क्षेत्रमा जागिर दिएको उल्लेख गर्दै भने, ‘तर हाम्रो देशमा खेलाडीलाई भविष्यको चिन्ता हुन्छ भने अर्कोतर्फ खेललाई निरन्तरता दिने कि वैदेशिक रोजगारीमा पलायन हुने चिन्ताले ग्रस्त हुने गर्छन्।’ तराई-मधेसका गाउँघरमा कुस्ती खेलप्रति अभिभावकको समेत सहयोग नहुने हुँदा कुस्तीमा चाहिएको जस्तो उपलब्धि हासिल हुन नसकेको बताउँदै यादवले लगभग लोप हुने अवस्था रहेको कुस्ती खेलमा सागमा नेपालीले एउटा भए पनि स्वर्ण पदक जितेकोमा अब यस खेलले पुनर्जीवन पाउने विश्वास व्यक्त गरे। तराई मधेसका पुरानो र माटो सुहाउँदो खेल कुस्तीको साग प्रतियोगिता जनकपुरधाममा आयोजना हुँदा लोप भइरहेको कुस्तीलाई पुनर्जीवन प्रदान गरेको अर्का कुस्तीका प्रशिक्षक राजबीर यादवले बताए। उनले भने, ‘मधेसका गाउँ घरमा रहेको खेत, खलिहानमा कुस्तीका अखडा हुन्थ्यो, जहाँ युवाहरु बिहान र बेलुका कुस्तीको दिनहुँ अभ्याससमेत गर्ने गर्थे। तर यस्तो महोल अचेल कम देखिन्छ।’ उनका अनुसार आधुनिकीकरणले युवामा कुस्तीभन्दा कराते र तेक्वान्दोतर्फ आकर्षण बढेकाले पनि कुस्ती ओझेलमा परेको हो। स्वर्ण विजेता संगीता धामी आगामी दिनमा पनि देशका लागि यसरी नै स्वर्ण पदक जित्ने सपना रहेको बताउँछिन्। तर त्यसका साथसाथै राज्यले आफूहरुको उच्च शिक्षा निःशुल्क गरिदिनुपर्ने उनको माग छ। धामीले भनिन्, ‘मेरो आमाले मलाई निकै दुःख गरेर पाल्नु भएकाले खेलका साथै मलाई कामको समेत खाँचो छ, त्यसैले सरकारले आफूहरूलाई कुनै न कुनै रोजगारीको सुविधा दिए आभारी हुन्थेँ र अझ राम्रोसँग सिकेर देशको नाममा मेडल जित्ने थिएँ।’ धामीले आफ्नो इच्छा नेपाली सेनामा जागिर खाने भएको बताइन्। उनले खेलमा झन् दक्षता ल्याउनका लागि विदेशमा समय समयमा तालिमसमेत दिनुपर्ने बताउँदै राष्ट्रिय खेलकुद परिषदले इरानमा थप प्रशिक्षण दिलाउने भन्दै आफूसहित महेन्द्रनगरका कुस्ती खेलाडीहरूलाई पासपोर्ट समेत बनाउन लगाएको तर ६ महिना नाघिसक्दा पनि अहिलेसम्म प्रशिक्षणको लागि इरान नलगेको बताइन्। उनले खेलकुदमा छोरी चेलीलाई आउन आग्रह गर्दै समाजमा मानिसले पनि महिलाले खेलकुदमा सहभागी भयो कि कुरा काट्न थाल्ने, बिग्रियो भन्ने प्रवृत्तिमा सुधार ल्याउनु पर्ने बताइन्। त्यस्तै कुस्ती संघका वरिष्ठ उपाध्यक्ष सलिम मियाँ अन्सारीले सागमा कुस्ती खेल देशका लागि कम प्राथमिकतामा रहेका बेला ऐतिहासिक पहिलो स्वर्णले यस खेलप्रतिको राज्यको दृष्टिकोणमा परिवर्तन आउने बताए। अन्सारीले भने, ‘अब आफैं कुस्तीको एकेडेमी बनाउन सरकारलाई आग्रह गर्नेछु र खेलाडीलाई व्यवस्थित प्रशिक्षण दिएर आउने सागलगायतका प्रतियोगितामा कुस्तीबाट थप स्वर्ण पदक दिलाउने प्रयास गर्छु।’ नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
2,584,575 | आईसीसी महिला टी—२० विश्वकपअन्तर्गत एसियाली क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा थाइल्यान्डबाट एक सय ६ रनको लक्ष्य पाएको नेपालले पाँच ओभरमै चार विकेट गुमाइसकेको छ । मलेसियामा जारी उक्त प्रतियोगितामा टोलीको कुल स्कोर केवल १० रन रहँदै नेपालले चार विकेट गुमाएको हो । नेपालकी ओपनर काजल श्रेष्ठ शून्य रनमै पेभेलियन फर्किइन् । त्यसपछि इन्दु बर्मा तीन रन बनाएर आउट भइन् । त्यसलगत्तै कप्तान रुबिना क्षेत्री पनि शून्य रनमै पेभेलियन फर्किएकी थिइन् । ओपनर सीता रानामगर पनि चार रन बनाएर आउट भइन् । उनले १० बलको सामना गरी एक चौका हिर्काएकी थिइन् । नेपाली ब्याटरले अत्यन्तै फितलो प्रदर्शन गरे । त्यसअघि टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । थाइल्यान्डका लागि नानापत कोन्चारोएन्काइले ५९ रनको योगदान गरिन् । उनले ६३ बलको सामना गरी चार चौका पनि प्रहार गरिन् । नाथाकन चान्थमले पनि टोलीका लागि ३१ रनको योगदान गरेकी थिइन् । नेपाली बलर कविता कुँवर र पूजा महतोले एक—एक विकेट लिएका थिए । सेमिफाइनल खेलमा विजयी भए नेपाल इतिहासमै पहिलो पटक टी—२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । यसअघि नेपाली महिला टोलीले टी—२० विश्वकपको ग्लोबल छनोट खेल्ने अवसर पाएको छैन । त्यसैले यो नेपालका लागि निकै सुनौलो अवसर थियो । | ratopati.com |
3,342,095 | निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूची सार्वजनिक गरेको हो। मंसिर ४ तगे हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
444,418 | काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ । बिहीबार एकैदिन १९ सय १६ संक्रमित थपिएका छन् । देशभर ३५ सय ५३ संक्रमित थपिँदा उपत्यकाका मात्रै १९ सय १६ जना हुन् । थपिएकामा काठमाडौंका १ हजार ४४९, ललितपुरका ३१७ तथा भक्तपुरका १५० जना हुन् । देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेकामा उपत्यकाका मात्र ८ हजार ३९६ जना छन् । जसमा काठमाडौंमा ५ हजार ८४२, ललितपुरमा १ हजार ५९१ तथा भक्तपुरमा ९६३ जना हुन् । | hamrakura.com |
3,973,551 | चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन भएको छ । सोलिडारीटी अफ डा. केसी अलाइन्सको आयोजनामा काठमाडाँको माइतीघरमा अहिले पनि प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले डा. केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले ‘माफिया मुखी एन चाहिँदैन, डा. केसीसँग भएको सम्झौता तोडमोड गर्न पाईँदैन’,’ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’, लगायतका नारा लगाएका छन् । चिकित्शा शिक्षा सुधारको माग राख्दै यसअघि १५ औँ अनशन बसेका बेला सरकारले उनका माग पूरा गर्ने गरी चिकित्शा शिक्षा विधेयक संसदमा पठाउने सम्झौता गरेको थियो । आफूसँग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै डा. केसीले १६ औँ अनशन सुरु गरेका हुन् । काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आर्थिक वर्ष काठमाडौं,३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण काठमाडौं,३१ जेठ । नेकपा एमालेकी सांसद विद्या भट्टराई अधिकारीले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र काठमाडौं, ३१ जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले गण्डकी प्रदेश सभा सदस्य काठमाडौं, जेठ ३१। प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि काठमाडौं,३१ जेठ । कोशी सरकार गठनको विवाद आज पनि समाधान नहुने भएको छ । बिहीबार चितवन,३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश सभा सदस्य एवं मन्त्री फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । | reportersnepal.com |
2,673,883 | ‘करिब साढे ६ सय घरधुरी रहेका छन्, त्यसमध्ये झण्डै आधा जसो बासिन्दाहरु सोलर कि त टुकी बत्ति मै निर्भर छन् । बत्ति बालेकाहरु यस्तो हविगत भोग्न र बत्तिको पैसा तिर्न बाध्य छन् उनले भने– ‘अग्लुङ्गका वासिन्दा सबै कुराबाट पछाडी परेका छन् तर चुनावताका मात्रै बाँडेको सपनामा मख्खै पर्छन् । ’ यसरी किन ढिलाई भएको हो ? भनेर नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालसँग जिज्ञासा राख्दा आफु आउने बेला काम नै सुरु नभएकोले ढिला भएको अग्लुङ्गका अधिकाँश गाउँमा बत्ति पुगेको तर अग्लुङ्गको नेपानी गाउँमा मात्र बत्ति नपुगेको बताए । ८० रुपैयाँ विद्युत महशुल तिर्न दुई हजार पच्चिससम्म भाडा तिर्न बाध्य भएको गुनासो त्यहाँका बासिन्दाले गरेका छन् नि ? भन्ने प्रश्नमा उनले भने पुर्कोटदहमा रहेको ग्लोबल आईएममी बैंकबाट तिर्ने ब्यवस्था मिलाइएको छ । यस सम्वन्धमा फेरि काँग्रेस वडा सभापति चन्दसँग सम्पर्क राख्दा त्यस्तो व्यवस्था नमिलाइएको खाली ढाँट कुरा मात्रै गरिएको बताए । ‘हामी गत बर्ष बत्ति बलेदेखि अहिलेसम्म उहि तम्घास पुगेर दुई हजार पच्चिस सय रुपैयाँ खर्च गदै महशुल बुझाउँदै आएका छौं, त्यसरी ढाँट्न पाईन्छ ?’ उनले यस्तो प्रतिप्रश्न गरे । यता सोही गाउँपालिका वडा नम्वर ३ को सिर्सेनी गाउँमा पनि झण्डै दुई सय घरधुरीमा विद्युत पुग्न सकेको छैन । गत जेठ महिनामै त्यस गाउँमा बत्ति पुर्याउने नेताहरुबाट आश्वासन आए पनि पुरा गर्न नसकेको प्रति स्थानीयले दुःख व्यक्त गरेका छन । त्यहाँ पनि पोल गाड्ने काम भएको तार आई नपुग्दा भदौसम्म कुर्नुपर्ने गुल्मी वितरण केन्द्रको भनाई छ । | ratopati.com |
955,382 | खेलमा जित र हारले खेलाडीको जीवनमा कति महत्त्व राख्छ ? अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्दा अथवा खाली हात घर र्फकंदा खेलाडीको मन कस्तो हुन्छ ? । | ekantipur.com |
3,783,246 | कंचनपुरको दक्षिणी क्षेत्र पुनर्वास बेलौरीमा फिल्मीशैलीमा दिनदहाडै खुकुरी प्रहार गर्दै एक समुहाले ताण्डप मचाएको छ । कुनुनी राज्यमा कानुनको उपहास गर्दै सामन्य विवादमा मोटरसाईकलमा आएका बेलौरीका केही युवाहरुको जत्थाले पुनर्वास नगरपालिका स्थित नगरपालिका कार्यालय अगाडि मोटरसाइकलमा हिडिरहेका एक युवा माथि दिनदहाढै खुकुरी प्रहार गरेका छन । खुकुरी प्रहरबाट पुनर्वास नगरपालिका ३ का २३ वर्षीय माने तामाङ रम्बा नामले चिनीने युवा गम्भीर घाईते भएका हुन् । घाईते तामाङको पुनर्वास पोलिक्लिनिक प्रा.लि. आई.बि.आर.डी. मा उपचार भएको थियो । खुकुरी प्रहारबाट घाईते तामाङको गर्धनमा , पिठ्युँ र हातमा ठुलो चोट लागेको पुनर्वास पोलिक्लिनिकका जर्नल फिजिसियन डा. सागर केसीले बताउनुभयो । खुकुरी प्रहार गर्ने समुह तत्कालै फरार रहेको प्रहरीले जानकारी दिएको छ । घटना ज्यान मार्ने प्रवृत्तिको देखिएको हुँदा दोषीलाई तत्काल खोजी गरि कार्वाही गर्न प्रहरीलाई घाईतेका आफन्तले अनुरोध गरेका छन् । खुकुरी प्रहार गर्ने व्यक्तिहरु बेलौरी नगरपालिका वडा नं. १ बैशाखी बस्ने रवि शाही लगायत ५ जनाको समूह रहेको भनी हुलिया खुली सकेको र घाइतेका आफन्तले पनि निज रवि शाही लगायत ५ जनाको नाममा किटानी जाहेरी दिई सकेको हुदा खुकुरी प्रहारपछि फरार रहेका उनीहरुको खोजी कार्य तिब्ररुपमा भई रहेको ईलाका प्हरी कार्यालयका प्रहरी निरिक्षक कैलाश सिह बिष्टले जानकारी दिनुभएको छ । घटना ज्यान मार्ने प्रवृत्तिको देखिएको हुँदा कर्तब्य ज्यानको कसुर अन्तर्गत मुद्दा चलाउने प्रहरी निरिक्षक बिष्टले बताउनु भयो । | emountaintv.com |
1,377,177 | नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १.८८ प्रतिशतले घटेको छ। आज ३०८ स्क्रिप्सको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले ओरालो लागेको बजारमा आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र परे। यसदिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड बढी मूल्यको सेयर कारोबार भयो। हिमाल दोलखा हाइड्रोपावरको २२ करोड,अपी पावरको २० करोड,नेपाल रिइन्स्योरेन्सको २० र सोनापुरको १९ करोड बढी मूल्यको सेयर कारोबार भयो। १३ वटा उपसमूहमध्ये ११ को सूचक घट्दा दुईवटाको मात्रै बढ्यो। हाइड्रोपावरको ०.२० र अदर्श उपसमूहको सूचक १.३८प्रतिशतले बढेको हो। ११७ कम्पनीको मूल्य घट्दा ६४ वटाको मात्रै मूल्य बढ्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । | annapurnapost.com |
2,547,462 | नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली– २०७८ जारी गर्दै स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएको हो । यसअघि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था थियो । विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन नपर्ने विनियमावलीमा व्यवस्था गरिएको छ । कम्पनीले कमाएको नाफा पनि सहज ढंगले लैजान पाउने छन् । तर विदेशी ऋण लिनका लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । ऋण बैंकिङ माध्यमबाट भित्र्याउनुपर्ने सर्त विनियमावलीमा राखिएको छ । लगानी भित्रिएपछि बैंकमा लेखांकन गर्नुपर्छ । अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको लगानीको हकमा लेखा परीक्षण प्रतिवेदन अनिवार्य नहुने विनियमावलीमा उल्लेख छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । | ratopati.com |
3,191,821 | नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र संसद्मा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको हो । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सरकारमा जानेबारे छलफलमा निर्णय भएको छ । त्यस्तै, आजको बैठकले नेता घनश्याम भुसाललाई पार्टीको महासचिवमा मनोनीत गरी महासचिव वेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । बैठकले चार उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई सचिवालय सदस्य मनोनीत गरेको उनले बताए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
4,924,529 | जस्तै अप्ठ्यारोमा पनि हामी नेपालीले साहस र सहजताका साथ दुःखको सामना गर्ने गरेका छौं। यस महामारीले पनि अहिले हाम्रो परीक्षा लिइरहेको छ। अनुशासन, उच्च मनोवल, सतर्कता र पारस्परिक सहयोगबाट यसलाई परास्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु। बडादशैं २०७७ को सबैमा हार्दिक शुभकामना ! धन्यवाद। | rajdhanidaily.com |
4,724,518 | चालू आर्थिक वर्षको ५ महिना सकिँदा पनि अघिल्लो आर्थिक वर्षमा काम पूरा भएको ४० अर्ब रकम नपाएको भन्दै निर्माण व्यवसायीहरुले सरकारले आफूहरुका मागप्रति बेवास्ता गरेको गुनासो गरेका छन् । उनीहरुले पटक पटक आवश्वासन दिएर पनि भुक्तानी रोकेर निर्माण क्षेत्र अस्तव्यस्त बनाएको बताए । सरकार र निर्माण व्यवसायीको संयुक्त कार्यदल बनाएर दिइएको सुझाव ४ महिनासम्म पनि कार्यान्वयन नगरेर सरकारले आफूहरुमाथि अन्याय गरेको दुःखेसो व्यवसायीहरुको छ । लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको १७औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशनमा बोल्दै उनीहरुले काम सकिएका आयोजनाहरुको समेत भुक्तानी नहुँदा अर्थतन्त्रमा नै नकारात्मक असर परिरहेको र व्यवसायी पलायन हुने अवस्था सिर्जना हुन थालेको जनाए । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एडी लामाले पटकपटक माग सम्बोधनका लागि आग्रह गर्दा र प्रधानमन्त्रीले निर्देशन दिँदासमेत संयुक्त कार्यदलले गरेको सहमती कार्यान्वयन नभएको जानकारी दिए । उनले ठेक्काको म्याद थप, काम सकिएका योजनाको भुक्तानी र ऐन संशोधन लगायतका विषय सरकारको उदासिनताले यत्तिकै थन्किएको बताए । ‘निर्माण व्यवसायीका जायज माग सुनुवाइमा भैरहेको ढिलाइले निर्माण मात्र नभई अर्थतन्त्रमा नै समस्या परेको छ, ‘तत्काल माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्छु’ उनले भने । समयमै भुक्तानी नपाउँदा बैंकको साँवाब्याज तिर्न नसकेको र सप्लायर्सहरुले घरमै आएर तनाव दिने गरेको जनाउँदै उनले राजश्व संकलन समस्या देखिएको र सरकार पनि समस्या रहेकाले पनि व्यवसायीका केही न केही माग तत्काल समाधान गर्नैपर्ने बताए । लामाले निर्माण व्यवसायीको लापरबाहीले पनि कतिपय सानाठूला योजना अलपत्र परेको भन्दै यसमा ध्यान दिन आग्रह गरे । महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले सरकारले माग सम्बोधन नगरे पुनः आन्दोलन गर्ने गरी तयारी भइरहेको जनाए । उनले तत्काल निर्माण व्यवसायीसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे । महासंघको पूर्व केन्द्रीय उपाध्यक्ष रुद्र शर्माले निर्माण ठप्प भएकाले अर्थतन्त्र मन्दी देखिएको जनाए । उनले निर्माण व्यवसायीमैत्री कानून बनाउनसमेत सरकारसँग आग्रह गरे । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले निर्माण व्यवसायीका माग पूरा गरेर आर्थिक क्षेत्रलाई चलायमान गराउन सरकारलाई आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना, लुम्बिनी ईँट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ता, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष दीपक शाही, महासचिव प्रयास खड्का, कोषाध्यक्ष प्रितम रौनियारले निर्माण व्यवसायीले भुक्तानी नपाउँदा यसबाट बैंक, वित्तीय संस्था, सिमेन्ट, छडजस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजस्वमा पनि गम्भीर असर परेको जनाए । व्यवसायीले निर्माण सम्पन्न भएको कामको भुक्तानी दिनुपर्ने, आयोजनाहरुको म्याद थप्नुपर्ने, निर्माण लागतमा मूल्यवृद्धि समायोजन गर्नुपर्ने लगायत माग राखेका छन् । सरकारले यी माग सम्बोधन गर्ने सहमति गरे पनि कार्यान्वयन नभएको गुनासो निर्माण व्यवसायीको छ । अधिवेशन आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । व्यवसायी तीन वटा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । निर्माण व्यवसायी जबिन कक्षपतिले संघका केन्द्रीय अध्यक्ष रवि सिंह सरकारसँगको वार्ताको क्रममा रहेकाले आउन नसकेको र केही दिनमा सकारात्मक खबर आउने आश्वासन दिएको जानकारी दिए । | nepalpress.com |
4,347,415 | ए, तपाईं पो ! हजुर ! चौतारीमा शितलै छ ? (…ठट्यौली पारामा) हजुर सबै राम्रो छ । त्यसपछि केही व्यक्तिगत कुरा… लौ त म व्यस्त छु है ! फोन काटियो । फोन गर्ने व्यक्ति थिए, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालसँग कुरा गर्नुथियो । ओलीका स्वकीय सचिवले फोन लगाइदिए । तर, परे अर्कै माधव नेपाल । एमाले सम्बद्द पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपालको मोबाइलमा घण्टी बजेको हो । नाम मिल्दाको फसादमा प्रधानमन्त्री ओली पनि परेका हुन् । ‘माधव कमरेड हो भनेपछि मैले पनि हो भनेर जबाफ दिएँ । तर, स्वर चिनिन । उहाँले म केपी ओली बोलेको भनेपछि थाहा भइहाल्यो, फोन मलाई हैन्, पार्टीका नेता माधव नेपाललाई हो’, पत्रकार नेपालले दैनिक नेपालसँग भने, ‘त्यसपछि म आफैले चौतारीको माधव नेपाल भनेपछि उहाँ पनि हाँस्नुभयो ।’ पत्रकार नेपालले रमाइलो संयोग सुनाउँदै भने – ‘योजनाबद्द भएको भए त म पनि केही लामै कुरा गर्थें, तर आफै अलमलमा परेँ । अचानक के भन्ने-भन्ने भयो ।’ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकलाई काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गर्ने पाँच प्राथमिकता प्रस्तुत गरेका छन् काठमाडौं । | pariwartankhabar.com |
2,895,371 | मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हो । नेपालको संविधानको धारा १८८ को उपधारा ९४० र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम ९१० बमोजिम तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावका साथ संविधानको धारा १८८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभामा सत्तारुढ दल नेकपा ९एमाले०का ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका छ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । एमालेमा प्रवेश गरेको जनाउँदै आफ्ना दुई सदस्यलाई कारवाही गरेपछि माओवादी केन्द्रमा १७ जना सदस्य कायम छन् । लुम्बिनी प्रदेशमा सरकार बनाउन ४३ प्रदेशसभा सदस्य आवश्यक हुन्छ । यसैबीच पोखरेल सरकारमा रहेका माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आजै आआफ्ना पदबाट संयुक्त राजीनामा दिनुभएको छ । उहाँहरुले मुख्यमन्त्री पोखरेललाई राजीनामा पत्र बुझाउनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । | newsofnepal.com |
852,368 | सदरमुकाम बेनीको पश्चिम म्याग्दीखोला किनारमा उज्यालो बैकल्पिक विद्यालय छ । विद्यालयको ३ कक्षाकी नियमित विद्यार्थी हुन बेनी नगरपालिका–३ भकिम्लीकी ७० वर्षीया दिलमाया पुन । ३ वर्षअघि भर्ना भएर उनले पढ्न सुरु गरेकी थिइन् । ‘कखरा, एबिसी र हिसाबका जोडघटाउ सिकें । भागा र गुणन गर्न अलि अप्ठेरो लागेको छ,’ उनले भनिन्, ‘यो उमेरमा पढ्न पाउँदा खुसी छु ।’ उनी विद्यालयकै जेठी विद्यार्थी हुन् । पुनमात्र होइन, पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीकी ६० वर्षकी रेनु मल्ल, मालिका–७ की ५० वर्षीया तुलकुमारी मल्ल, बेनीकी ५३ वर्षीया लालकुमारी सापकोटा, ५६ वर्षकी भुलमायाँ तिलिजा, ६० वर्षकै राधिका आचार्य र ४३ वर्षकी देवी सुवेदी विद्यार्थी हुन् । सुवेदी त एकघन्टा पैदल हिंडेर स्कुल पुग्छिन । ‘चार वर्षअघि ३ कक्षामा भर्ना भएर पढ्न थालेकी थिए अहिले ८ कक्षामा पुगे’ रेनुले भनिन, ‘सामान्य अंग्रेजी पनि जानेको छु । क्याल्कुलेटरमा भागा र गुणनको हिसाब पनि गर्छु । अझ ठूलो कुरा त कम्प्युटरमा आफ्नो नाम टाइप गर्न जानेको छु ।’ पढ्ने उमेरमा नपाएको र अहिले छोराछोरी हुर्केपछिको फुर्सद समयमा पढेर धोका मेटाएको बताउने उनी साना बालबालिकालाई पढाउन सक्ने हैसियत बनाएको भन्दै दंग छिन् । औपचारिक शिक्षाबाट वञ्चित वयस्कलाई शिक्षाको मूलधारमा ल्याउन सञ्चालित उज्यालो विद्यालयमा अहिले ९ कक्षासम्मको पढाइ हुन्छ । पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने गतिलो अवसर विद्यालयले दिएको छ । विद्यालयमा १५ देखि ६० वर्ष समूहका ६८ आमा अध्ययनरत छन् । केही ६० वर्षमाथिका पनि छन् । नाम मात्र लेख्न सक्ने धोकाले पढ्न थालेका आमाहरूले अहिले नेपाली, अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकिरहेका छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयको विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत ०७३ देखि विद्यालय सञ्चालनमा छ । ‘बाल्यकालमा भाइबहिनी स्याहार्न र किशोरावस्थामा गोठ स्याहार्दै बित्यो । उतिबेला पढ्न नपाएकाले दाँतमा ढुंगो लागेझै भएर पढ्न थालेकी’ ५६ वर्षकी भुनुमाया तिलिजाले भनिन्, ‘अनपढ हुँदा सामाजिक तथा राजनीतिक क्षेत्रमा पछि परेको महसुस पनि भयो ।’ उनी ९ कक्षामा पढ्छिन् । विद्यालयमा अक्षर चिन्न गएकालाई पहिलो तहमा, ३ कक्षा पढ्दै छाडेका दोस्रो तह र ५ कक्षासम्म पढेर विद्यालय छाडेकालाई तेस्रो तहमा राखेर पढाइन्छ । ५ कक्षामाथि पढ्ने आमाका लागि छुट्टै कम्प्युटर कक्षा थपिएको छ । ‘मागअनुसार ५ कक्षामाथिका आमा विद्यार्थीलाई कम्प्युटरको आधारभूत विषय पढाउँछौं,’ विद्यालयकी संयोजक रीता गर्बुजाले भनिन् । | ekantipur.com |
2,957,149 | सो अवसरमा प्रजिअ झंकनाथ ढकालले सूचनाको हक सुशासन अभिबृद्धिको सशक्त हतियार भएको बताउनु भयो । सूचनाको हक सम्बन्धि कानुनी व्यवस्था र अभ्यास विषयक कार्यपत्र प्रस्तुत गर्दै उहाँले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो । उहाँले आफूले पदीयभन्दा पनि सैद्धान्तिक विषयको प्रस्तुति गरेको बताउँदै ६ हजार वर्ष अघि लेखिएको भागवत गीतमा समेत सूचनाका बारेमा बताइएको उल्लेख गर्दै गीतका श्लोकको उद्दरण सुनाउनु भएको थियो । उहाँले भन्नुभयो ६ हजार वर्ष अघि लेखिएको गीतामा कर्मको सत्य के हो ? विकर्म, अकर्म के हुन् ? कामको गति समुद्रको गहिराईभन्दा तेज हुन्छ, रहस्य भनेको काम गर्ने बाटा हुन् भन्ने उल्लेख रहेछ । उहाँले सूचनाको हक सम्बन्धी ऐन २०५४, सो सम्बन्धी नियमावली– २०५६ का बारेमा जानकारी दिनु हुँदै सूचनाको हकको प्रत्याभूतिका लागि पारदर्शीता प्रवद्र्धन गर्न नगारिकलाई सचेत गर्नु हो भन्नुभयो । सूचनाको हक लोकतन्त्र र विकासको अनिवार्य सर्त भएको बताउनु हुँदै भ्रष्टाचारमा शून्य सहनशीलताका लागि पनि सूचिनाको हक कार्यान्वयन हुन जरुरी छ भन्नुभयो । उत्तरदायित्वको महत्वपूर्ण साधन सूचनाको हक हो भन्नुहुँदै प्रजिअ ढकालले सूचनाको हकको कार्यान्वयन स्थिति हराएको गाई सूर्यलाई दान जस्तो अवस्था छ तर अब त्यसो हुन नदिऔँ भन्नुभयो । सो कार्यपत्रका पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलले टिप्पणी गर्दै सूचनाको हक माग्ने पत्रकारले र दिने पत्रकारलाई जस्तो अवस्था छ सर्वसाधारणलाई पनि प्रश्न सोध्न सक्ने बताउँन सक्दामात्र यसको कार्यान्वयन पक्ष दरिलो हुन सक्छ भन्नुभयो । पत्रकार महासंघका कावा जिल्ला अध्यक्ष कृष्णबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसीले आफ्नो धारणा राख्नु भएको थियो । महासंघका जिल्ला उपाध्यक्ष विमला अधिकारीले स्वागत गर्दै सूचनाको हकको कार्यान्वयनका लागि सबैले सहजरूपमा सूचना पाउने वातावरण हुनुपर्नेमा जोड दिनु भएको थियो । | newsofnepal.com |
3,261,570 | चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ । साथै, अनुमति नलिई भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा सञ्चालित सुवल इन्टरनेसनल कलेजले एमबीबीएस लगायत स्नातक तहका कार्यक्रमहरु सञ्चालनका लागि भर्नाको लागि सूचना जारी गरेको र उक्त कलेजले चिकित्सा शिक्षा आयोगको स्वीकृति नलिएको आयोगले जनाएको छ । ‘प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुनेगरी भर्ना नगर्नु नगराउनु हुन र त्यसरी गरेको पाइएमा प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ । | nepalijanta.com |
3,217,302 | जब भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आए, त्यसअघिका केपी ओली र त्यसपछिका केपी ओलीमा फरक देखिएको भन्छन्, चिन्तकहरू । गोयल आउनुअगाडिको केपी ओली संविधानमा जे हो, त्यसैमा अडिएको देखिनुहुन्थ्यो । त्यसअघि सुवास नेम्वाङ, अग्नि खरेलहरू पनि संविधानमा जे लेखिएको छ, त्यसमा सहमत हुनुभयो । तर, सामन्त गोयल आएपछि केपी ओली फरक हुनुभयो, सुवास र अग्निहरूको समेत नियन्त्रणमा रहनुभएन । अहिले केपीले चाल्नुभएको कदमबारे एकजना भारत निकट विश्लेषकले एक वर्षअघि नै छनक दिएका थिए । डा.रामवरण यादव राष्ट्रपति हुनुहुँदाका सल्लाहकार र दक्षिणी कनेक्सनका खास मानिने डा.सूर्यप्रसाद ढुंगेलले धारा ८५ को हवाला दिँदै संसद विघटन हुनसक्छ भनेर एक वर्षअघि लेखेका हुन् । अर्का भारतपक्षधर विश्लेषक अरुण सुवेदीले संविधान र संघीयतालाई समाप्त पार्ने मौकाको रूपमा यो कदमलाई चित्रित् गरिरहेका छन् । उनले त सबै दलका बलिया गुटले ओलीसँग मिलेर यो व्यवस्था फाल्नुपर्छ भन्नेसम्मको टिप्पणी लेख्न भ्याएका छन् । त्यसैले पनि कतिपय बुद्धिजीवीले कस्तो बुझाई बनाएका छन् भने, यो काम एक रातमा भएको होइन । दुई ठूला कम्युनिष्ट पार्टी चुनाव लड्दा कांग्रेसका कतिपय नेताहरू भन्थे, ‘एकापसमा भोट हाल्ने हैनन्, हामी किन डराउने ?’ तर, वाम गठबन्धनकै बहुमत आयो । त्यसपछि मिलेर सरकार नबनोस् भन्नेमा भारतीय भूमिका देखियो । त्यो पनि सफल भएन । त्यसपछि डेढ वर्षको सरकार हो भन्नेमा कांग्रेसहरू पुगे । तर, ०७२ फागुन ३ देखि ०७७ पुस ५ सम्म पुग्दा ३४ महिना सरकार मज्जैले चल्यो । | janaaastha.com |
3,766,120 | राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ)लाई गृह मन्त्रालयबाट अलग गर्ने तयारी भएको छ । गैरसरकारी संस्थालाई गृहबाट अलग्याएर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहत राख्ने नीतिगत पहल सुरु भएको हो । गृहमातहत नै रहिरहँदा सबै गतिविधिमा निगरानी बढ्ने संकेत देखिएपछि गैरसरकारी संस्थालाई गृहबाट अलग गरी महिला बालबालिका मन्त्रालयमातहत लैजान खोजिएको हो । समाज कल्याण परिषद्को तथ्यांकअनुसार मुलुकभर ४९ हजार एनजिओ दर्ता भएका छन् । जसले वार्षिक २४ अर्ब रुपैयाँको कारोबार गर्छन् । यस्तै, आइएनजिओ २३० वटा दर्ता भएका छन् । उनीहरूले मुलुकभर विभिन्न परियोजनामा वार्षिक २६ अर्बबराबरको कारोबार गर्छन् । यसअघि एनजिओ/आइएनजिओ जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा दर्ता हुनुपथ्र्यो । तर, दोहोरो झन्झट भएको भन्दै गृह मन्त्रालयबाट अलग्याएर महिला बालबालिका मन्त्रालयमातहत लैजाने तयारी भएको हो ।
गैरसरकारी संस्थालाई गृहबाट अलग्याउन सतहमा गैरसरकारी महासंघ देखिएको छ । तर, भित्री रूपमा विभिन्न दातृनिकाय नै लागेको गृह स्रोतको दाबी छ । गृहका अनुसार यस कार्यमा उनीहरूले महिला तथा बालबालिका मन्त्रालयलाई समेत प्रभावमा पारेका छन् । ‘गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने गृहले भन्दै आएको थियो । यसमा केही कडाइ पनि भएकै हो । तर, यसमा एनजिओ/आइएनजिओलाई चित्त बुझेन । अहिले त गैरसरकारी संस्थालाई नै गृहबाट अलग गर्ने पहलमा जुटेका छन्,’ गृहका एक उच्च अधिकारीले भने, ‘यसका लागि उनीहरूले महिला मन्त्रालयलाई समेत प्रभावमा परेका छन् ।’महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई गृह मन्त्रालयबाट अलग गर्ने तयारी भइरहेको जानकारी दिइन् । ‘त्यस्ता संघ–संस्थालाई महिला बालबालिका मन्त्रालयमातहत ल्याउने तयारी भएको छ । यो खबर आजको मा प्रकाशित छ । | emountaintv.com |
4,240,295 | बुधबार मोरङमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएक छन्। मोरङ्गको सुन्दर हरैचा नगरपालिका २ सलकपुरमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको हो। बिहान पौने १२ बजे को २८ प २३२२ नम्बरको मोटरसाईकल र को २ प ७९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो। दुर्घटनामा परि ७९ नम्बरको मोटरसाईकल चालक कानेपोखरी गाउपालिका(२ बस्ने ५१ वर्षिय भिम बहादुर कार्कीको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भिर घाईते भएका कार्कीको उपचारको क्रममा नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि अर्को मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । घाईते दुबैजनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
5,706,553 | मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिँदै छन् । मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जानकारी दिए । केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथोपटक लिन लागेको विश्वासको मत हो । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ । १०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ । | baahrakhari.com |
4,115,142 | कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
4,679,105 | प्रमुख प्रतिपक्ष दल एमालेको नारावाजी र अवरोधका बीचमा अर्थमन्त्रीले जनार्दन शर्माले आर्थिक अध्यादेश पेस गरेका छन् । सभामुखले अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्न समय दिएपछि दौडेर रोस्टममा पुगेका थिए । राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश र आर्थिक अध्यादेश अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेका छन् । अर्थमन्त्री शर्मा दौडेर रोष्टमतर्फ लाग्दा एमाले सांसदहरुले रोक्न खोजेकाले मर्यादापालकले रोकेका । शर्मा अध्यादेश पेश र अश्वीकृत गर्ने लामो प्रक्रिया चलुन्जेल रोष्टमबाट नफर्की त्यहीँ बसेका थिए । शर्मा साबधानीपूर्वक दौडदै अघि बढ्दा उनलाई मर्यादापालकले ‘कभर’ दिएका थिए । | nepalpress.com |
355,740 | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अङ्कले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । उत्पादन ५.६४ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ ५.८४, व्यापार ११.३८, होटल तथा पर्यटन ४६.१६, विकास बैंक ५२.०३, जलविद्युत् २६.८१, वित्त २४.८४, निर्जीवन बीमा ३६.४८, अन्य ३८.६५, लघुवित्त १७.४८, जीवन बीमा १०१.९२ र लगानी ०.९८ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ७१ लाख ६९ हजार ९३५ बराबरको कारोबार भयो । त्यस्तै, नबिल बैक रु १० करोड ८५ लाख ४३ हजार १५१, नागरिक लगानी कोष रु आठ करोड २१ लाख २८ हजार ९६९, नेशनल हाइड्रोपावर रु सात करोड ६५ लाख ९१ हजार ५४५ र हिमालयन डिस्टिलरी रु सात करोड १८ लाख ४४ हजार ३४२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनिलिभर नेपाल ५।५९, आरबीबी म्युचुअल फण्ड ५।१९, समता घरेलु लघुवित्तका लगानीकर्ताले ४।०६ प्रतिशतले कमाए । त्यस्तै, जानकी फाइनान्स ४।३१, एनआइसी एशिया सेलेक्ट फण्ड ३।८४, सिनर्जी पावर ३।५५, एशियन लाइफ इन्स्योरेन्स ३।४२ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३१ प्रतिशतले गमुाए । | hamrakura.com |
5,708,248 | कतारबाट सुन ल्याएका एक भरिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बाटोबाटै अपहरणमा परेको खुलेको छ । सप्तरीको राजविराज नगरपालिका–१३ का सितेन्द्र यादव अपहरणमा परेका हुन् । उनलाई प्रहरीले उद्धार गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) रानुराम भट्टराईका अनुसार यादवलाई दुई जना युवाले अपहरण गरेर सिनामंगलमा कोठामा लगेर बन्धक बनाएको थिए । बन्धक बनाएको सूचना पाएको प्रहरीले उनलाई मंगलबार बिहान उद्धार गरेको हो । पक्राउ परेका दुवै जनलाई कार्यालयले आजै सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलङ्गावा–३ का २५ वर्षीय अजिम अली र सोही ठाउँका २५ वर्षीय एमडिसनी अलाही छन् । सितेन्द्र यादव करिब दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा थिए । कतारको कम्पनी बन्द भएपछि उनी सोमबार नेपाल फर्किंदै थिए । उनी नेपाल फर्किनेबारे जानकारी कतारमै बसेका मनसुर अलीलाई थियो । अलीले नेपाल फर्किंदा सुन लगिदिन आग्रह गरे । त्यसबापत नेपालमा उनले १० हजार रुपैयाँ दिलाउने आश्वासन दिए । दश हजार पाउने भएपछि सितेन्द्र अलीको २५ ग्राम बराबरको सुनको सिक्री ल्याउन तयार भए । कानुनीरूपमा श्रम स्वीकृति लिएर विदेश गएका नेपालीले स्वदेश आउँदा २५ ग्राम सुन ल्याउन पाउँछन् । अलीले सितेन्द्रलाई बुझाउनुपर्नेको मोबाइल नम्बर पनि दिएका थिए । अलीले भनेबमोजिम नै सोमबार साँझ ६:३० बजे त्रिभुवन विमानस्थल ओर्लिएका सितेन्द्रले अलीले दिएको मोबाइलमा फोन गरे । स्कुटरमा आएका एक युवालाई उनले कतारबाट ल्याएको सिक्री बुझाए । त्यसको केही समयमै फेरि अजिम अली र एमडिसनी अलाही पुगे । उनीहरूले पनि कतारबाट पठाएको सिक्री मागे । सितेन्द्रले सिक्री स्कुटरमा आएको एक युवालाई बुझाएको बताए । तर, अली र अलाहीले सुन आफ्नो भएको भन्दै आफूले नपाएको भन्दै सितेन्द्रलाई सिनामंगलस्थित आफ्नो कोठामा लिए । सितेन्द्रलाई यातना दिए । उनीहरूले चार लाख ८० हजार रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिए । त्यसका लागि सितेन्द्रकी श्रीमतीलाई फोन गरेर फिरौती बुझाउन दबाब दिए । सितेन्द्रलाई उनीहरूले हातखुट्टा बाँधेर नांगै बनाएर यातना दिइरहेका थिए । आफ्नो श्रीमान् अपहरणमा परेकोबारे सितेन्द्रकी श्रीमतीले प्रहरीलाई खबर गरिन् । त्यही सूचनाको आधारमा प्रहरीले सितेन्द्रको उद्धार गरेको हो । प्रहरीको अनुसन्धानबाट पक्राउ परेका अली र अलाही अवैध सुनको कारोबारी रहेको खुलाएको छ । उनीहरूको साथबाट विभिन्न सुनसम्बन्धीका कागजात प्रहरीले पाएको छ । प्रहरीले उद्धार गरेपछि पीडित सितेन्द्रले 'नेपाल प्रहरी भगवान्' भएको प्रतिक्रिया दिएका छन् । | baahrakhari.com |
2,418,553 | यद्यपि यतिबेला गृहमन्त्री र प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका नेताहरु छन् भने राष्ट्रपति पहिले नेपाली काँग्रेसमा आवद्ध रहेपनि राष्ट्रपतिमा निर्वाचित भएपछि राजनीतिबाट टाढा छन् । आपराधिक घटनालाई राजनीतिक घटना बनाई सजायमा छुट दिन लागिएको भन्ने रिटका सम्बन्धमा सर्वोच्च अदालतले हाल नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको सम्बन्धमा एउटा फैसला गरेको थियो । उक्त फैसलामा भनिएको थियो, ‘खासगरी हाम्रोजस्तो लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासन सुदृढ भई नसकेको, लोकतान्त्रिक संस्कारको संस्थागत विकास भई नसकेको समाजमा राजनीतिक शक्तिको आडमा आपराधिक कार्यलाई समेत राजनीतिक रूप दिने वा अपराधको राजनीतिकरण वा राजनीतिको अपराधिकरण गर्ने जोखिम सधैँ रहिरहेको हुन्छ । अपराधको राजनीतिकरणले प्रचलित फौजदारी कानुनले निषेध गरेका जघन्य फौजदारी कसुरलाई समेत राजनीतिक रङ्ग दिएर राज्यशक्तिमा पहुँच पु¥याउन सक्ने कसुरदारलाई फौजदारी दायित्वबाट उन्मुक्ति प्रदान गर्ने कुचेष्टा गरेको हुन्छ । यसबाट राजनीतिको आड–भरोसामा कसुर गर्ने प्रवृत्ति मौलाउँछ । रगतमा लत्पतिएका हातहरूले राजनीतिक संरक्षण प्राप्त गरेमा मुलुकको फौजदारी कानुनले निषेध गरेको आपराधिक कार्य गरेका व्यक्ति नै ठुल्ठुलो आवाजका साथ निष्फिक्री समाजमा विचरण गर्ने अनपेक्षित अवस्था उत्पन्न हुन जान्छ । ’ यतिबेला रिगल भन्ने योगराज ढकाल १२ वर्षको कैद सजाय छुट पाएर ‘असल’ चालचलनका नाममा कैदबाट मुक्त भएका छन् । रिगल जेलमुक्त भएसँगै पीडितका परिवार भने त्रासमा छन् । रातोपाटीसँग सम्पर्कमा आएका मृतकका एक आफन्तले रिगल निस्किएपछि आफूहरु थप आतंकित बनेको बताए । | ratopati.com |
1,717,685 | वि.सं.२०८० असोज २३ मंगलवार काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले जानकारी दिए । सोमबार अग्रिम टिकट लिनका लागि आइतबार रातिदेखि नै यात्रुहरु नयाँबसपार्कमा आएर लाइन लागेका थिए । नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन् । सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ । नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिए ।
उनले काठमाडौँ जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । यस्तै विभिन्न प्रविधिको सहयोगमा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीको भनाइ थियो । प्रहरीले चाडबाडमा बढी भीडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ । रासस वि.सं.२०८० असोज २३ मंगलवार १४:४० मा प्रकाशित गण्डकी । दाङमा जडीबुटी उत्पादन बढेको छ । | sansarnews.com |
3,908,214 | डिशहोमले शुक्रबार विज्ञप्ती जारी गर्दै फेब्रुअरी १७ देखि मार्च १८ सम्म हुने पिसिएलको एक्सन स्पोर्टस एचडी च्यानलबाट प्रसारण गर्नेछ । नेपाली दर्शकले पिसिएलका सबै खेल प्रत्यक्ष प्रसारण मार्फत हेर्न पाउने डिश होमले जनाएको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार पहिलो खेलमा गौरादहले झापा गाउँपालिकालाई ४६ रनले पराजित गरेको छ । राजकोटमा जारी टेस्टको दोस्रो दिन शुक्रबारको खेल सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षेतिमा २ सय ७ रन बनाएको छ । डकेटले ८८ बलमा तेस्रो शतक पूरा गरेका थिए । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रबार सरिता परियारको नामबाट उजुरी दर्ता भएको छ । सेमिफाइनलमा ४ विकेटको जित दर्ता गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित अन्य पदाधिकारीले टोलीको शुक्रबार विदाई गरेका थिए । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालले यो खेल जितेर प्रिमियर कपको फाइनलमा पुगेसँगै महिला एसिया कपमा पनि स्थान बनाउनेछ । मिलानले फ्रेन्च टोली रेनेस माथि ३-० को जित हात पारेको हो । मिलानका लागि इंग्लिश खेलाडी रुबेन लोफ्टस-चिकले खेलको ३२औं र ४७ औं मिनेटमा गरी दुई गोल गरे । बायुमास ओभलमा हुने खेलका लागि कप्तान इन्दु वर्माले पहिलो ब्याटिङ गर्ने निर्णय लिँदा टोलीमा दुई परिवर्तन पनि भएको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । मियामीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । खेलको ६४औं मिनेटमा रोबर्ट टेलरको क्रसमा श्यानिडर बोर्गेलिनले हेडर मार्फत गोल गर्दै मियामीका लागि अग्रता दिलाएका थिए । | hamrokhelkud.com |
243,053 | चेल्सीले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली एस्टन भिल्लामाथि पूनरागमन जित निकालेको छ। आत्मघाती गोलबाट पछि परेको खेलमा चेल्सीले भिल्लामाथि ३–१ ले उत्कृष्ट जित निकालेको हो। चेल्सीको जितमा जर्गिन्होको दुई तथा रोमेलु लुकाकुले एक गोल गरे। भिल्लाले एक गोल उपहार पाएको थियो । बर्मिङघमस्थित भिल्ला पार्कमा गए राति खेलको २८औं मिनेटमा रिस जेम्सको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। तर खेलको ३४औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा चेल्सीले थप २ गोल गर्यो। ५६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीको अग्रता बढाए। त्यसपछि खेलको इन्ज्युरी समयमा जर्गिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सहज जित दिलाए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। जितसँगै चेल्सी तेस्रो स्थानमा यथावत रहँदा दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ। चेल्सीको १९ खेलबाट ४१ अंक जोडेको छ। एक खेल कम खेलेको लिभरपुलको पनि समान ४१ अंक भए पनि गोल अन्तरमा अघि छ। पराजित भिल्ला २२ अंक जोडेर ११औं स्थानमा छ। लिगको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीको ४७ अंक छ । | setopati.com |