index
int64 1
6.39M
| Article
stringlengths 2
109k
| Source
stringclasses 99
values |
---|---|---|
2,886,157 | त्यसो त मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने निर्णय गरेको छ। उद्धारका लागि करिब १२ करोड रुपियाँ अनुमानसहित बजेट पनि स्वीकृत गरेको छ। चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ। कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको मन्त्री ढकालले बताउनुभयो।चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकैपटक नेपाल ल्याउने र विमानस्थलमा स्वास्थ्य जाँच गरेर सिधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ। सरकारले चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।सरकारी संन्यत्रले स्थानीय स्तरमा उचित जनचेतना फैलाउन नसक्दा स्थानीयमा त्रास फैलिएको हो। स्थानीयको विरोध गरिरहेको अवस्थामा उचित सचेतना फैलाउन नसक्नु जिल्लास्थित सरकारी निकायको कमजोरी देखिन्छ। यसबारेमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीयको विरोध गर्न पाउने अधिकारी भएको र अन्य थप कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्तासँग बुझ्न आग्रह गर्नुभयो।मुख्य ढोकामा नै कालो ब्यानर टाँगेर स्थानीय बासिन्दाले दुई सातादेखि विरोध गरेका छन्। उक्त स्थानमा सुरक्षाकर्मी, कामदार र कर्मचारीबाहेक अरूलाई प्रवेश गर्न दिइएको छैन। सञ्चारकर्मीलाई समेत प्रवेश निषेध गरिएको छ। चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो, ‘सरकारलाई अन्यत्र विकल्प खोज्न आग्रह गरेका छौं।’ स्थानीय बासिन्दा त्रसित भएकाले अन्य स्थान छनोट हुनुपर्ने मिश्रको भनाइ छ। चीनबाट स्वदेश फर्काएपछि नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्न छुट्टै ठाउँ आवश्यकता पर्दछ। रोगको संक्रमण भएको देखिएमा अस्पतालमा छुट्टै राखेर उपचार गर्नुपर्ने र नभए पनि १४ दिन क्वारेन्टाइनमा राख्नु पर्ने चिकित्सकहरूको भनाइ छ। विमानस्थलमा चेकजाँच गर्दा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने सरकारको तयारी छ। सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १ सय ४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।
नेपाल ल्याउने विद्यार्थीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुनेछन्। क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले सोमबार नै अभिमुखीकरण तालिम दिएको छ। उचित पूर्वाधारको अभाव चीनबाट ल्याइएका विद्यार्थी कहाँ राख्ने भन्नेमा शुरूमा अन्योल देखिएको थियो।नेपाली कांग्रेस,नेपाल कम्युनिस्ट पार्टी, नेपाल मजदुर किसान पार्टी, राप्रपा संयुक्तलगायतका राजनीतिक दलले मात्र होइन स्वयं नगरपालिकाले पनि सरकारले तयारीविना बस्तीको बीचमा कोरोना प्रभावित क्षेत्रबाट ल्याउने नेपालीलाई खरिपाटीमा राख्न नहुने भन्दै निरन्तर विरोध गरिरहेका छन्। ‘कोरोना भाइरस लागेका विदेशी नागरिकलाई चीनले नै फर्काउँदैन, बिरामीलाई ल्याउन खोजिएकै होइन, सामान्य नागरिकलाई निगरानीका लागि दुई साता राखिने मात्र हो, तर सरकारले जनतासँग परामर्श नगरी निर्णय गरेका कारण अन्योल र त्रास बढेको हो।’ मेयर मिश्रले भन्नुभयो। बाह्य मुलुकमा बस्तीको बीचमै पनि क्वारेन्टाइन राखेको देखिन्छ। हङकङले चीन मुख्य भूमिबाट आफ्नो क्षेत्रमा आउने नागरिकलाई दुई साता निगरानी तथा परीक्षण केन्द्र ‘क्वारेन्टाइन’ मा अनिवार्य रूपले राख्दै आएको छ। त्यसो त स्थानीयको विरोध मानवीय संवेदनाहीन, निर्दयी र असहिष्णु अभिव्यक्ति भएको प्रक्रिया पनि आएका छन्। तर, हाल विश्वमा नै महामारीका रूपमा रहेको रोगलाई सरकाले हल्का रूपमा हेरेको आरोप स्थानीयको आरोप छ। नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली विद्यार्थीलाई स्वदेश फर्काउनु बुद्धिमानी नहुने बताउनुभएको छ। चारैतर्फ बार लगाएर घेरिएको उक्त तालिम केन्द्रको वरपर बाक्लो बस्ती छ। केन्द्रको पूर्वतर्फको पर्खालभन्दा ३०/४० मिटर वरपर खानेपानीको प्रशोधन केन्द्र छ। पर्खालसँगै जोडिएर सार्वजनिक धारो छ। चाँगुनारायण नगरपालिकाको ५, ७ र ८ नम्बर वडा यस केन्द्रको आसपासमा पर्दछन्।स्थानीयले बासिन्दालाई सरकारले कोरोना रोग लागेका बिरामी नभएर प्रभावित क्षेत्रका स्वस्थ नेपाली ल्याएर राख्ने भनेर सचेतना यस क्षेत्र वरपर फैलाउन सकेको छैन्। उहीं सुरक्षाकर्मीको बलमा केन्द्रभित्र कोठा खाली गर्ने काम मात्र गरेको देखिन्छ। यस वरपरका स्थानीय बासिन्दाको स्वस्थ जीवनको ग्यारेन्टी दिन नसक्नु सरकारको कमजोरी हो।त्यसैले अन्यत्र स्थानका स्थानीय बासिन्दालाई समेत सचेत बनाउँदै चीनमा रहेका नेपालीलाई सुरक्षित तरिकाबाट १४ दिनको क्वारेन्टाइन राख्नु राज्यको दायित्व हो। मंगलबार प्रमुख जिल्ला अधिकारी पाण्डे नेतृत्वको सुरक्षा अधिकारीसहितको टोलीले स्थानीय अगुवासँग छलफल गरी वातावरण सहज बनाउने पहल गरेको छ।यतिबेला राज्यमा ३ तहका सरकारले काम गरिरहेका छन्। यी तीनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने अहिलेको अवस्था हो। तर, यस सन्दर्भमा केन्द्र सरकारले समन्वय नगरी स्थानीय सरकारलाई पेल्न खोजेको स्थानीयको बुझाइ छ। अर्कातिर महामारीको विश्वव्यापी हल्ला फैलिरहँदा रोगबारे स्थानीयलाई बुझाउन नसक्नु पनि सरकारको कमजोरी देखिएको छ। नाम नबताउने शर्तमा एक जनप्रतिनिधि भन्छन्– ‘यदि भक्तपुर नगरपािलकामा भए सरकारको एकलौटी निर्णयका विरुद्ध मुठभेडकै स्थिति आउने थियो तर यहाँ भने त्यस्तो अवस्था सायद नआउला। केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गर्दै स्थानीयलाई सम्झाउँदै बुझाउँदै निर्णय लिई थप कदम चाल्नु अपरिहार्य देखिन्छ । | newsofnepal.com |
9,856 | मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर स्वागत गरेको हो । कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ । बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो । | canadanepal.com |
49,857 | काठमाडौं - बलिउडमा केही समयअघि मात्र अभिनेता आयुष शर्माले सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा अभिनय गर्ने चर्चा चलेको थियो । फिल्ममा उनले सलमानको कान्छो भाइको भूमिका निर्वाह गर्ने खबर बाहिर आएको थियो । तर पछिल्लो घटनाक्रमअनुसार आयुष यो फिल्ममा रहने छैनन् । उनले फिल्ममा अभिनयबाट हात झिकेका छन् । आयुषले करियरको यो मोडमा आफू प्रमुख भूमिकामा मात्र अभिनय गर्न चाहेकाले सलमानको ठूलो बजेटको फिल्मबाट आफूले हात झिकेको बताएका छन् । शर्मा सलमानका ज्वाइँ हुन् । ‘आयुष शर्मा फिल्म ‘अन्तिम–द फाइनल ट्रुथ’को सफलताका कारण खुसी छन् । यो फिल्मले उनलाई आफ्नै बलमा फिल्म चल्न सक्छ भन्ने हिम्मत बढाएको छ । दर्शकले पनि उनको अभिनयलाई निकै मनपराएका छन् । जसकारण उनले ठूलो फिल्ममा सहायक चरित्रमा अभिनय गर्ने निर्णय लिएका छन् । किनकि उनी फिल्ममा हिरो बन्न चाहन्छन्’, आयुष निकट स्रोतले भनेको छ । फिल्ममा बेंकटेश र पूजा हेगडेको पनि अभिनय रहनेछन् । फिल्ममा पूजा सलमानको प्रेमिकाका रूपमा देखिनेछिन् भने शेंकटेश सलमानकै जस्तो चरित्रमा प्रस्तुत हुँदैछन् । | canadanepal.com |
4,301,460 | केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६/१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ । निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ । लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इञ्जिनीयर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । सो समूहबाट उपाध्यक्षमा इ डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा इ अभिमन्युलाल सिंह, उपमहासचिवमा इ अशोककुमार शाह, कोषाध्यक्षमा इ अपिल केसी र सहकोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा हुनुहुन्छ । प्रगतिशील समूहबाट अध्यक्षमा प्रा डा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा इ आषिश घिमिरे, महासचिवमा इ छविलाल पोखरेल, उपमहासचिवमा इ कपिल आचार्य, कोषाध्यक्षमा इ रामइकवाल यादव, सहकोषाध्यक्षमा इ चाँदमाला श्रेष्ठ उम्मेदवार रहुनभएको छ । दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् । घोषणापत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनीयरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी, इञ्जिनीयरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरु उठाइएका छन् ।दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका छन् । बिहान ८ बजे शुरु भएको मदतान अपरान्ह् ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । | abcnepal.tv |
130,554 | ती संक्रमितको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३ र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ । | nepalwatch.com |
5,264,845 | चाँगुनारायण नगरपालिका वडा नं ७ (साविक बागीश्वरी गाविस) नाय्जू टोलका झण्डै ५० घर परिवारले भूकम्प पीडितलाई पुनःनिर्माण प्राधिकरणले प्रदान गर्ने दोस्रो किस्ताको अनुदान रकम पाउन सकेका छैनन् । राजपरिवारका सदस्य छत्रविक्रम शाहको नाममा रहेको ८८ कित्तामा विभाजित कुल ९४ रोपनी १५ आना २ पैसा जमिनमा पुस्तांै पुस्ताअघि देखि बस्दै आएका बासिन्दाको नाममा लालपुर्जा नबन्दा उनीहरुले घर बनाउने नक्सा पास गर्न सकेका छैनन् । ‘नक्सा पास नहुँदा जग हाल्ने सकेनौं । जग हाल्न नसक्दा दोस्रो किस्ताको अनुदान रकम पाउन सकेनौं ।’, स्थानीय शिव श्रेष्ठले दुःखेसो पोख्नुभयो । उनीहरुमध्ये केहीले अस्थायी निस्सा प्रमाणको आधारमा पहिलो किस्ता रकम भने लिइसकेका छन् । केहीले त्यही रकम पनि पाएका छैनन् । २०७२ साल बैशाखमा गएको भूकम्पबाट नाय्जू टोलका अधिकांश घर पूर्ण क्षति भएका छन् । धेरै स्थानीयहरु अझै पनि जस्ताको टहरामा बस्न बाध्य छन् । विसं १९८० को नापनक्सामा भान्जाराजा भनिने छत्रविक्रम शाहको नाममा दर्ता भएको सो जग्गा विसं २०२१ सालको नापीको समयमा हाल बसोबास गर्दै आएका स्थानीयहरुको नाममा मोही कायम गरिएको थियो । विर्ता उन्मुलन ऐन २०१६ को प्रावधानअनुसार सो जमिन (क) बिर्ता भएकाले मोहीको नाममा नाम सारी गर्नु पर्ने स्थानीय पीडितहरुको भनाई छ । तर जग्गाधनी शाहका हकवाला देवराज्य लक्ष्मी देवीले सो जमिन (ख) बिर्ता भएकाले मोहीको नाममा नाम सारी गर्न नमिल्ने र रैकरमा परिणत गर्नुपर्ने भनी दाबी गरे पछि जग्गामा विवाद भएको हो । जग्गाका मोहीहरुले सो जग्गाबारे छिनोफानो गर्न माग गर्दै पुनरावेदन अदालत ललितपुरमा फिराद पेश गर्दा सबै कित्ता जमिनको अलग अलग निक्र्यौल गर्न भनी जिल्ला मालपोत कार्यालय भक्तपुरको नाममा २०५१ चैत्र २४ गते निर्णय गरेको थियो । ‘तर २०५१ साल चैत्रमा पठाएको निर्णय भक्तपुर मालपोत कार्यालयले २०७२ भदौ १० गते मात्र जिल्ला अदालतमा पठाइदिंदा आज हामीलाई समस्या परेको छ ।’, स्थानीय अगुवाहरुले भन्नुभयो,‘हामीले पटक पटक ताकेता गर्दा पनि बीस वर्षपछि मात्र मालपोलले अदालतमा मिसिल पठाएको छ । आज यो मुद्दा जिल्ला अदालत भक्तपुरमा विचाराधीन छ । मार्का भने हामीलाई परेको छ ।’ लालपुर्जा नभई नगरपालिकाले नक्सा पास गर्न मानेको छैन । मालपोत कार्यालयले समयमै सो सम्बन्धि कामकार्यबाही अघि नबढाउँदा स्थानीय जनता मार्कामा परेका हुन् । जाडोको समयमा अझै जस्ताको टहरामा बस्नुपर्दा धेरै स्थानीय ज्येष्ठ नागरिकलाई स्वास्थ्य समस्या समेत देखापरेको उनीहरुको भनाई छ । ‘नगरपालिकाले पनि हाम्रो समस्या देखे–नदेखेझैं गरिरहेको छ । नगरपालिका आफै पनि पन्छिने काममात्र गरिरहेको छ ।’, स्थानीय बाबुकाजी नाय्जूले गुनासो पोख्नुभएको छ । | onlinemajdoor.com |
2,544,057 | सम्झौता अनुसार आगामी मेदेखि चिनियाँ प्राविधिक अन्वेषण टोली नेपाल आएर सम्भावित क्षेत्रमा काम अघि बढाउने सम्झौतामा सहभागी विभागका उपमहानिर्देशक सुधिर रजौरेले जानकारी दिए । सम्झौतामा नेपालका तर्फबाट महानिर्देशक सोमनाथ सापकोटा र चीनका तर्फबाट चाइना जियोलोजिकल सर्भेका तर्फबाट भाइस प्रेसिडेन्ड वाङ् कुनले हस्ताक्षर गरेको हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । सम्झौता अनुसार दुई महिनापछि काम थाल्ने चिनियाँ टोलीले दैलेख, सुर्खेत, बुटवल, पाल्पा र बराह चतरा क्षेत्रमा विस्तृत अन्वेषण अध्ययन गर्नेछ । | ratopati.com |
4,121,664 | निवर्तमान सभामुख कृष्णबहादुर महराको र्पुपक्षका लागि थुनामा राख्ने आदेशविरुद्धको पुनरावेदन निवेदनमा सुनुवाई शुरु भएको छ । शुक्रबार उच्च अदालत पाटनले कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको छ । पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले जिल्ला अदालत काठमाडौंले र्पुपक्षका लागि थुनामा पठाउने आदेश दिंदा लिएको आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो । बिहिबार महराले जर्बजस्ती करणी उद्दोगको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए । महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले संसदकी कर्मचारी रोशनी शाहीमाथि जर्बजस्ती करणी प्रयास गरेको अभियोगमा मुद्दा दायर गरी साँढे सात वर्षको कैद सजाय मागदाबी गरेको छ । महरा १८ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । १८ कात्तिकमा जिल्ला अदालत काठमाडौंले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उनी हाल डिल्लीबजारस्थित कारागारमा राखिएका छन् । १२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेका भनिएका महराबारे प्रहरीलाई सोही राति नै जानकारी पुगिसकेको थियो । प्रहरीले राति नै प्रारम्भिक अनुसन्धान गरिसकेको थियो । यो खुलिसकेको विषय हो । १३ असोजमा हाम्रा कुरालाई रोशनीले अन्तवार्ता दिएर जर्बजस्ती गरेको देखि महरासँगको पुरानो र वर्तमानको सम्बन्ध खुलाएकी थिइन् । १४ असोजमा महराले नेकपाभित्रको दबाबपछि राजीनामा दिए । सोही दिन रोशनी शाहीको भनाई बदलियो । विहानसम्म महराका स्वकीय सचिवले जारी गरेको विज्ञप्तिको खण्डन गरेकी उनले दिउँसो महरा निर्दोष रहेको भन्नथालिन् । उनले नागरिकन्यूजलाई अन्तवार्ता दिएर महराको पक्षमा बोलिन् । त्यसपछि उनी लगातार महराको पक्षमा उभिइन् । १५ असोजमा रोशनी शाहीको बयान फेरियो, उनले आवेगमा आएर बोलेको दाबी गरिन् १६ असोजको विहान उनको सम्बन्ध विच्छेदको विषय बाहिर आयो । पति चित्रजंग शाहीले डिभोर्सको सम्झौता गरेको पत्र सार्वजनिक गरे । १७ असोजमा महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो । प्रहरीसँग यस घटनाबारे जानकारी माग्यो । लगत्तै राष्ट्रसंघीय नियोग र नेपालस्थित पाँच देशका कुटनीति नियोगले संयुक्त विज्ञप्ति जारी गरी महरा प्रकरणतर्फ लक्षित गर्दै नेपालमा महिला हिंसाबारे चासो व्यक्त गरे । १८ असोजमा घटनाले अर्को मोड लियो । रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिइन् । योसँगै अब घटनाको अनुसन्धान नयाँ मोडमा पुग्यो । १९ असोजमा महरा पक्राउ । पक्राउ अघि नेकपा नेताहरुको परामर्श । महरालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली देखि गृहमन्त्री रामबहादुर थापा बादलको अनौपचारिक निर्देशन । २३ असोजमा महरा रक्तचाप र स्वासप्रश्वासको समस्या आएको भन्दै नर्भिक अस्पताल भर्ना २८ असोजमा महरालाई हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गरायो, पाँच दिन म्याद थप १ कात्तिकमा महरासँग प्रहरीको बयानको प्रयास, स्वास्थ्यमा खराबी भएको भन्दै महरा सीसीयूमा भर्ना ३ कात्तिकमा महरालाई अदालतमा उपस्थित गराइयो, रोशनी शाही उपस्थित भई महराको बचाऊ । सोही दिन पाँच दिन म्याद थपको अनुमति ७ कात्तिकमा महरालाई थप एक हप्ता हिरासतमा राख्न म्याद थपको अनुमति, महराको तिहार हिरासतमा १४ कात्तिकमा महरामाथि थुनछेकको बहस, सरकारी वकिलको कार्यालयले जर्बजस्ती करणी उद्दोगमा मुद्दा दायर गर्यो १५ कात्तिकमा महरामाथि काठमाडौं जिल्ला अदालतको बन्द इजलाशमा बयान । महराले आफूमाथिको अभियोग अस्वीकार गर्दै षड्यन्त्र भएको भने १७ कात्तिकमा महरामाथिको थुनछेक बहस, बहस नसकिएकाले टुंगो लागेन १८ कात्तिकमा महरालाई र्पुपक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुनदर्शनराज पाण्डेको इजलाशबाट आदेश, महरा जेल चलान ५ मंंसिरमा काठमाडौं जिल्ला अदालतको र्पुपक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध पुनरावेदन अदालतमा महराको निवेदन ६ मंसिरमा मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले जिल्ला अदालत काठमाडौंले र्पुपक्षका लागि थुनामा पठाउने आदेश दिंदा लिएको आधार कारण र सक्कल मिसिल पठाउन आदेश काठमाडौं, २ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५२० काठमाडौं, २९ असार । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन काठमाडौं,२५ असार । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका काठमाडौं, १९ असार । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ काठमाडौं, १७ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि काठमाडौं,१६ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका २ काठमाडौं,१५ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौं,१५ असार । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
1,006,563 | पछिल्लो तीन सातादेखि लगातार घट्दो क्रममा रहेको शेयर बजार १५ करोबार दिनमा साढे ९ प्रतिशतभन्दा धेरैले घटिसकेको छ। बजार घट्दो क्रममा रहेपनि शेयर बजारमा सूचीकृत केहि कम्पनीहरुको शेयरमूल्य भने बढ्दो क्रममा देखिएको छ। गत फागुन ९ गते हालसम्मकै उच्च विन्दु २६४० मा पुगेको नेप्से सूचक सोमबारसम्ममा ९.५१ प्रतिशतले घटेर २३८९ विन्दुमा झरेको छ। यस अवधिमा सूचीकृत अधिकाँश कम्पनीहरुको शेयरमूल्य पनि उच्च दरले घटेको छ। यस अवधिमा सूचीकृत कतिपय कम्पनीहरूको शेयरमूल्य २० प्रतिशतसम्म घटेको छ। पछिल्लो समय देखिएको राजनैतिक अन्यौलता र बैंकिङ् प्रणालीमा तरलता घटदै जाँदा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको छ। अर्कोतर्फ कोरोनाको कारण ठप्प रहेका अन्य क्षेत्रहरु विस्तारै खुल्दै जाँदा पनि शेयर बजारकाे पैसा बाँडिएको छ। तर बजारमा यस्ता कम्पनीहरु पनि छन् जुन समग्र बजार घट्दा पनि लगातार उकालो लागिरहेका छन्। यस अवधिमा नयाँ सूचीकृत भएको चन्द्रागिरी हिल्सको शेयरमूल्य त साढे २०० प्रतिशतभन्दा पनि धेरैले बढेको छ। यस अवधिमा उसको शेयरमूल्य २६१.३३ प्रतिशतले बढेको हो। यता विद्युत उत्पादनको मिति नजिकिएसँगै अपर तामाकोशीको शेयरमूल्य पनि उच्च दरले बढेको छ। अपरको शेयरमूल्य बढेसँगै समग्र हाइड्रोपावर क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको लगानीकर्ताहरु बताउछन्। जसले गर्दा अन्य हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा समेत सकारात्मक सुधार देखिएको छ। घलेम्दि हाइड्रोपावरको शेयरमूल्य ३० प्रतिशतले बढेको छ भने रैराङ हाइड्रोपावरको २६ प्रतिशत पञ्चकन्या हाइड्रोपावरको २५ प्रतिशतले शेयरमूल्य बढेको छ। यता व्यापार उपसमूहको साल्ट ट्रेडिङ कर्पाेरेशनको शेयरमूल्य समेत २५ प्रतिशतभन्दा धेरैले बढेको छ। उसको शेयरमूल्य प्रतिकित्ता १४ करोबार दिनमा ८ हजार ५५० बाट बढेर १० हजार ७२० रुपैयाँ पुगेको छ। त्यस्तै, माइक्रोफाइनान्स उपसमूहको मेरो माइक्रोफाइनान्सको शेयरमूल्य पनि ८.३३ प्रतिशतले बढेको छ। यस अवधिमा लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १ हजार १५३ रुपैयाँबाट बढेर १ हजार २४९ रुपैयाँ पुगेको छ। फाइनान्स उपसमूहको युनाइटेड फाइनान्सको शेयरमूल्य ६ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ। लगानी उपसमूहको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं । | safalnews.com |
5,066,286 | ट्वासले हरेक वर्ष विकासोन्मुख मुलुकमा बसेर अनुसन्धान गर्ने युवा वैज्ञानिकलाई अत्ता उर रहमान अवार्ड दिने गरेको छ। विज्ञान तथा प्रविधिको क्षेत्रमा पछि परेका ६६ वटा विकासोन्मुख देशमा बसेर अनुसन्धान गर्ने ४० वर्षभन्दा कम उमेरका रसायनशास्त्रीलाई यो अवार्ड प्रदान गरिन्छ। अवार्ड प्राप्त गर्ने वैज्ञानिकले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्छन्। जैविक, रसायन, वातावरणीय तथा क्लिनिकल कार्यको विश्लेषणमा प्रयोग हुने सस्तो उपकरणको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै ट्वासले डा. गिरीलाई अवार्ड प्रदान गरेको हो। डा. भानु न्यौपानेसँग मिलेर उनले स्मार्ट फोनबाटै हैजा गराउने परजीवी पत्ता लगाउने उपकरण बनाएका थिए। डा. गिरी नेसनल युथ एकेडेमी नेपालका अध्यक्ष हुन् । | nepalkhabar.com |
5,992,028 | नयाँ बर्ष ०७८ को अबसर पारेर चैत्र २७ मा प्रदर्शन हुन लागेको प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युव च्यानल साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको ट्रेलरमा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र, झा, नवीन रेग्मी, भावना गुरुङलगायतका फिल्मका प्रमुख कलाकारलाई समेटिएको छ । दीपक ओलीको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा कृष्ण र लीलाबीचको प्रेममा आउने आरोह , रोमान्स तथा सस्पेन्सलाई प्रस्तुत गरिएको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केबल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता छन् । | sunaulonepal.com |
4,522,585 | काठमाडौं : पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेलमा नेपाललाई नेदरल्याण्ड्सले जितका लागि १९० रनको लक्ष्य दिएको छ। नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि घरेलु टोली मध्यम स्कोरमा रोकिएको हो। घरेलु मानमा टस जितेर पहिले ब्याटिङ गरेको डच टोलीले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको छ। नेदरल्याण्ड्सका लागि माइकल रिप्पोनले सर्वाधिक ५१ रन बनाए। यस्तै बास डे लिडले ३० तथा स्टेफन माइवर्गले २९ रन जोडे ।
सोमपाल कामीले खेलको तेस्रो ओभरमा डानिएल ब्राकको विकेट लिँदै नेपालको लागि पहिलो ओडिआई विकेट लिने खेलाडीको कीर्तिमान बनाए। त्यसअघि पहिलो ओभर बलिङ गर्ने मौका पाएका सोमपाल नेपालका लागि ओडिआईमा पहिलो बल फाल्ने खेलाडी समेत बने। यस्तै सोमपालले नै नेपालको लागि पहिलो मेडन ओभर फ्याँके ।
ओपनर ब्राकलाई १ रनमै गुमाएको डच टोलीका लागि माइवर्ग र कुपरले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरे। कुपरलाई कप्तान पारसले एलबीडब्लु आउट गरे भने माइवर्गलाई सन्दीपले बोल्ड आउट गरे। वेस्ले बारेसीलाई पारसले आरिफ शेखको हातबाट क्याचआउट गराए ।
७४ रनमा ४ विकेट गुमाएको डच इनिङ्स उकास्न बास डे लिड र माइकल रिप्पोनले पाँचौ विकेटका लागि ६८ रनको साझेदारी गरे। ३४औँ ओभरमा सोमपालले उक्त साझेदारी तोडेपछि नेपालले नेदरल्याण्ड्सलाई दबाबमा राखेको थियो। ३९औँ ओभरमा बसन्त रेग्मीले कप्तान पिटर सिलरलाई शक्ति गौचनको हातबाट क्याचआउट गराए। ४०औँ ओभरमा नेपालका कप्तान पारस खड्काले रिप्पोन र स्नाटरको विकेट लिएपछि १५९-८ को स्थितीमा पुगेको थियो। त्यसपछि करण केसीले १८ रन बनाएका स्कट एडवार्ड्सलाई आउट गरे भने सोमपालले फ्रेड क्लासेनलाई आउट गरेपछि डच टोली १८९ रनमै अलआउट भएको हो । | pahilopost.com |
2,507,566 | आयोगले आवेदन माग गर्ने विभिन्न श्रेणी र पदका लागि कैयौँ गुणा बढी आवेदन परे पनि प्राविधिक तर्फका केही विषयमा भने पदपूर्तिका लागि दरखास्त नै नपर्ने गरेको छ । आयोगले आर्थिक वर्ष २०७२–७३ मा एकसय २६ वटा विज्ञापनमा एकसय ७२ पदका लागि दर्खास्त दिनेको सङ्ख्या शून्य रहेको अधिकृत सञ्जयकुमार चौधरीले जानकारी दिए । | ratopati.com |
842,057 | संघारमै आई पुगेको भिजिट नेपाल २०२० को पर्सामा योजनाबद्ध तयारी नभएको गुनासो सरोकारवालाले गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष हरि पन्त हालसम्म भिजिट नेपालको तयारी शून्य रहेको बताउँछन् । ‘जिल्लामा भिजिट नेपालको प्रभाव शून्य नै छ, चार/पाँच जना व्यक्ति जम्मा भई एक थान सेल्फी खिचेर फेसबुकको वालमा पोस्ट गर्दैमा केही हुन्न,’ उनले भने, ‘२/४ वटा सभा गोष्ठी भए होलान्, तारे होटलमा गरिने यस्ता गोष्ठीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा माखो पनि मार्दैन ।’ गोष्ठी र छलफलभन्दा यस्ता काममा हुने अनुत्पादक फजुल खर्चलाई यस क्षेत्रको सम्भावित पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धन गर्नमा खर्च गर्न सकेको भए धेरै लाभ हुने उनको बुझाइ छ । वीरगन्ज महानगरले ३/४ महिनाअगाडि केन्द्रबाट महानगरीय पर्यटन प्रवर्द्धन गर्न दबाब आएपछि झारो टार्न एउटा समिति गठन गरेको थियो । त्यो समितिमा आफू पनि रहेको तर हालसम्म बैठकसम्म पनि बस्न नसकेको उनले सुनाए । पर्यटन क्षेत्रको विकाससँगै जिल्लामा भिजिट नेपालको सफलताका लागि होटल तथा पर्यटन व्यवसायीको मात्र एकल प्रयासले सम्भव नरहेको उनको बुझाइ छ । ‘वास्तवमा भन्ने हो भने हामीले त आएका पर्यटकलाई स्तरीय सेवा दिएर उनीहरूलाई खुसी पार्ने मात्र हो, पर्यटक देशमा भित्र्याउन त राज्यनै लाग्नुपर्छ,’ उनले भने, ‘विदेशमा रहेका आफ्ना दूतावासमार्फत यहाँका पर्यटकीयस्थलको प्रचारप्रसार गर्नुपर्दछ, राज्यलाई हाम्रो स्थानीय पर्यटकिय स्थलको प्रवर्द्धन प्रचारप्रसार गराइदेऊ भनेर लबिइङ गर्नुपर्छ ।’भिजिट मधेस कार्यक्रमका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफका अनुसार पर्सा राष्ट्रिय निकुञ्जको उचित प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्न सके थोरै समयमै यो निकुञ्ज चितवन निकुञ्जजस्तै चर्चित हुन सक्ने सम्भावना रहेको बताउँछन् । यसबाहेक जिल्लाको ठोरी गाउँपालिकामा होमस्टेलगायत पहाडी भूगोल र प्राकृतिक वनजंगलको प्रचुरताको कारण सिंगो ठोरी क्षेत्रलाई चितवनको सौरहाजस्तो विकास गर्न सकिने सर्राफ बताउँछन् । ‘यसबाहेक पारसनाथ मठ, कोइलाभारजस्ता पर्यटकीयस्थल पनि छन्,’ उनले भने, ‘आन्तरिक र बाह्य पर्यटकलाई मधेसको कला संस्कृति देखाउँदै गाउँगाउँमा होमस्टे सञ्चालनका पनि प्रचुर सम्भावना छ ।’ यही कर्तव्यबोध भएर भिजिट मधेस कार्यक्रमले स्थानीय स्तरबाट नै पर्यटकीय स्थलको पहिचान प्रवर्द्धन र प्रचारप्रसार गर्नका लागि परेको उनले बताए । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगी पर्यटन प्रवर्द्धनमा महानगरपालिकाको कार्यालय अत्यन्त सकारात्मक रहेको दाबी गर्छन् । भिजिट नेपाललाई सफल बनाउन महानगरपालिकाको कार्यालयले विभिन्न कार्यक्रम नै तय गरेको र त्यसअनुरूप वर्षभरिनै विभिन्न कार्यक्रम गरिने पनि उनले बताए । पर्यटन प्रवर्द्धनका लागि महानगरपालिकाको कार्यालयले १० लाख रुपैयाँ बजेट छुट्याएको पनि उनले सुनाए । | ekantipur.com |
6,042,825 | २०८१ साउन ८ मंगलबार प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ । सोमवार संसद भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसहितको बैठकले अबको एक, दुई दिन भित्र नै विषयगत समितिहरुको टुंगो लगाउने सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको आजको बैठकले प्रतिनिधि सभाको बैठकको कार्यसूचिको विषयमा छलफल गरेको बताए । उनले नयाँ संसदपछि हालसम्म २० वटा बैठक बसिसकेपनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको बताए । उनले सबै दलहरुलाई मंगलवार बेलुकासम्म विषयगत समितिका लागि सदस्यको नाम पठाउने विषयमा सहमति जुटेको पनि बताए । उनले नेकपा एमालेले पनि मंगलवार बेलुकासम्म समितिका लागि सदस्यहरुको नाम पठाउने स्पष्ट पारे । उनले संयुक्त संसदीय समितिका लागि पनि छलफल भएको बताए । उनले भने, ‘कार्य व्यवस्था परामर्श समितिको बैठक सम्पन्न गरेका छौँ । बैठकमा आजको कार्यसूचिको विषयमा छलफल भयो । विषयगत समितिहरु आजको बैठकसम्म २१ वटा संसदको बैठक बसेको छ । तर पनि हामीले ९१ दिनभित्र विषयगत समितिजस्तो महत्वपूर्ण समिति आजसम्म निर्माण गर्न सकेका छैनौँ, हामीले गम्भीरतापूर्वक लिएका छौँ । भोलि बेलुकासम्म १० वटा विषयगत समितिहरुमा सबै दलहरुले आफ्नो आफ्नो आफ्नो दलबाट ती विषयगत समितिमा प्राप्त गर्ने, संख्याका आधारमा सहभागिता गराउने गरी संसद सचिवालयलाई नाम उपलब्ध गराउनेकुरा भएको छ । त्यो सहमति भएको छ । भोलि बेलुकासम्म हामी हाम्रो दलको तर्फबाट नाम पठाउनेछौँ । अबको एक दुई दिनभित्र विषयगत समिति बनाउने कुरा करिव टुंगो लागेको छ । संयुक्त सदनको नियमावलीको विषय पनि छ । त्यसलाई संशोधन गर्नुपर्ने विषय छ । त्यसको आधारमा संसदीय सुनुवाई समिति बनाउनुपर्नेछ । समिति बनाउन संयुक्त नियमावलीलाई संशोधन गर्ने र त्यो प्रक्रियालाई तत्काल आरम्भ गर्ने, हामीले यही संसदमा संशोधन गरी समिति बनाएर अर्को संसदमा पठाउने र त्यहाँबाट पनि पास भएपछि प्रक्रिया अघि बढाएर संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त सम्बन्धीको समिति रहेको छ । संसदीय सुनुवाई समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धी विभिन्न निकाय प्रधनन्यायधीशकै नियुक्तिको प्रक्रियालाई पनि असहज बनेको छ, यो प्रक्रिया अविलम्व बढाउनुपर्ने भनेका छौँ ।’ सचेतक बर्तौलाले संसदीय सुनुवाई समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धीका विषय र प्रधानन्यायाधीश नियुक्ति टुंगो लाग्न नसकेको बताए । | sunaulonepal.com |
2,471,828 | निर्वाचननको प्ररम्भिक नतिजा बाम गठबन्धनको पक्षमा आउदैगर्दा एमाले अध्यक्ष केपी ओलीले अब नमुना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् । ओलीले आफ्नै निवास बालकोटमा सञ्चारकर्मीसँग करा गर्दै बाम गठबन्धनको पक्षमा आएको नतिजालाई स्वागत गर्दै जनताले भ्रम र अराजकता चिरेका प्रतिकृया दिएका छन् । उनले जनताले सजगता प्रकट गरेर बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएको पनि बताए । ‘नेपालको भविश्य र उन्नती निश्चत छ । विकास र सम्बृद्धिका चाहाना अव पुरा हुन्छन् । देशले सकारात्मक बाटो लिन्छ । अव सामाजिक सद्भाव र एकताको सुत्रमा बाँध्नुपर्छ अबको केही बर्षमा देश सम्बृद्ध बनाउन हामी गम्भिर, स्वच्छ र पारदर्शी हुनुपर्छ । ’ पेशा व्यवसाय, भुगोल र समुदायका हित र रक्षा र सम्बद्धर्न गर्ने जिम्मेवारी बाम गठबन्धनमा आएको भन्दै उनले बाम गठबन्धनमाथि देश बनाउने चुनौती थपिएको बताए । उनले निति कार्यक्रम र अग्रगामि सोचका साथ अघि बढ्नु पर्ने पनि बताए । उनले अहिलेको सरकारले केही काम नगरेको बताए । भने ‘प्रदेशसभा बोलाउनुपर्छ कहाँ बोलाउने तयसका लागि ठुला ठुला त्रिपाल खोज्नुपर्नेछ । प्रदेशसभा बन्दा, मन्त्री मुख्यमन्त्री उनिहरुका निवास चाहिन्छ, ति काम अघिल्लो सरकारले गर्नुपर्ने भएपनि केही गरेको छैन । ’ आफूहरु प्रतिकुलतामा नआत्तिने र अनुकुलतामा नमातिने भन्दै नोपली समाजलाई विबिधतामा एकता भएको नमुना समाज र देश निर्माण गर्दै जनताका अधिकार सुनिश्चित गर्ने बताए । उनले जनताको विश्वास र देशको उन्नती यथार्थको प्रयोग गर्ने अवस्था आएको बताए । अब केन्द्र, संघीय र स्थानीय तहमा बामको सरकार बन्ने भन्दै जनताले गरेको विश्वासलाई काम गरेर देखाउनुपर्ने ओलीको भनाई छ । हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् । | ratopati.com |
4,012,277 | यी व्यक्तिले आफु मर्नुभन्दा पहिला आफ्नो परिवारको सदस्यको हत्या गर्ने र फेसबुकमा हत्या गर्नुको कारण खुलाउने अंदाज गर्न सकिन्छ । यसरी सबै परिवार नाश गर्नुमा छोरीको टाउको लगातार दुख्नु रहेको उनले फेसबुकमा पोस्ट गरको थिए । उनकी १९ वर्षीया ठुली छोरी लाई माइग्रेन भएको कारण कलेज छुटाउन परेको थियो । यस कारण आफु डिप्रेशनमा गएकोे बताएका छन् । यसै विषयलाई लिएर सबै परिवार सकाउने योजना बनाएको जनाएका छन् । रेंडीले आफ्नो फेसबुकमा पहिला ठुली छोरीलाई मारेका जनाएका छौ । छोरी मरेका आमाले हेर्न नसक्ने हुनाले दोश्रो पटक श्रीमतीलाई मारेको बताएका छन् । र तेश्रो पटकमा दिदि र आमाको लान्छाना लाग्ने कारणले सानो छोरीलाई पनि मारेर आफुमाथी आफैले आगो लगाएर सबै जना मरेका थिए । काठमाडौं,९ साउन । सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी काठमाडौं, २८ असार । संसारमा धेरै कुरा यस्ता छन्, जसलाई सुन्दा नै छक्क परिन्छ। केही काठमाडौं, २५ असार । हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको काठमाडौं, १४ असार । दिनभर काम गरेपछि थाकिएपछि राति आराम गरिन्छ। हाम्रो शरीरले हामी सुतेपछि काठमाडौं, ७ असार । धेरै मानिस रक्सी पिउन मन पराउँछन्। रक्सीमा प्रायजसो मानिसहरू चिसो पानी सविता सिंह ठकुरी काठमाडौं, ३२ जेठ । संसारमा धेरै प्रकारका जीवहरू छन्। केही जीवहरू अन्य काठमाडौं, १६ जेठ । संसारको एक यस्तो जेलको सत्यता बाहिर आएको छ जसको बारेमा सायद काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । | reportersnepal.com |
2,859,288 | तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत बस्ती विकास गर्ने उद्देश्यले पहिलो चरणमा सडक कालोपत्र गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकीकृत बस्ती विकास कार्यक्रम कार्यन्वयनका लागि ठेक्कामार्फत जलजलाको वडा नं २, ३ र ४ का बस्तीलाई समेटेर चार किलोमिटर आठ सय मिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्र योजना दुई वर्षअघिदेखि सञ्चालन गरेको थियो । कार्यालयले २०७९ असार १९ गते दुई वर्षभित्रमा योजना सम्पन्न गर्न निर्माण कम्पनी गणेशकुण्ड आइएम निर्माण सेवा जेभीसँग ११ करोड १२ लाख ३१ हजार सात सय ४६ मा ठेक्का सम्झौता गरेको थियो । योजना पर्याप्त बजेट नभएका कारण निर्धारित मितिभन्दा तीन महिना पर धकेलिएको हो । ठेक्का सम्झौतालगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले वडा नं २ को खाल्टीबाट ४ नं वडाको देवीस्थानसम्म सडक चक्ल्याउने, नाली, कल्भर्ट निर्माणलगायत सडक पूर्वाधारका काम सम्पन्न गरी कालोपत्र गर्न सुरु गरेको जिल्ला सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिए । हालसम्म यो योजनाको भौतिक ८० प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत हाराहारीमा रहेको उनले बताए । निर्माण व्यवसायीले धमाधम काम गरेपनि भुक्तानीका लागि बजेट अभाव हुँदा समस्या रहेको इन्जिनियर कोइरालले बताए । कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई रु दुई करोड भुक्तानी गर्न वाँकी रहेको उनि बताउछन् । कोइरालाका अनुसार काम गरेअनुसारको भु्क्तानी गर्न सकेको भए ठेक्का सम्झौता अवधिभित्रै योजना सम्पन्न हुने थियोे । आगामी असोज मसान्तसम्म म्याद थपेर योजना सम्पन्न गर्ने लक्ष्य छ । घना बस्ती रहेको मल्लाजको माझफाँटका तीनवटा वडालाई कालोपत्र सडकले जोडिएसँगै स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने सडक पूर्वाधार सम्पन्न भएपछि अन्य आवश्यक पूर्वाधार क्रमशः निर्माण गरिने उनले बताए । | newskarobar.com |
2,201,828 | आगामी पौष ५ गते धरानमा आयोजना हुने सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पुर्वान्चलको दशौँ संस्करणको सहभागी प्रतियोगीहरुलाई आइतबार धरानस्थित युएन नवोदय कलेज अफ होटल म्यानेजमेन्टमा शिष्टाचार व्यस्थापन तथा डाईनिङ्ग एट्टीच्युड सम्बन्धि तालिम दिईएको छ। प्रतियोगीहरुलाई कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक गगन श्रेष्ठले खाना खाने तरिका, बस्ने तरिका र कति मात्रामा खाने संगै डाईनिङ्ग एट्टीच्युड सम्बन्धि बिसेष तालिम दिईएको थियो। दुई दशक देखि नै होटल म्यानेजमेन्ट क्षेत्रमा दक्खल भएका प्रशिक्षक गगन श्रेष्ठले मिस पुर्वान्चलको सुरुवाती दिन देखि नै प्रतोयोगीहरुलाई प्रशिक्षण दिंदै आएका छन् । प्रियारानी लामाको कोरियोग्राफीमा प्रतिस्पर्धीहरु फिनालेको ट्रेनिंगमा ब्यस्त छन् संगसंगै उनीहरुलाई धरान हेल्दी होमका सीइओ सुप्रिया माझीले हेल्थ टिप्स, बिपीकेआइएचएसका ऐनाटोमी डिपार्टमेन्टका डा. सरुन कोइराला र डा. सन्दिप शाहले ज्यामितीय अनुहार एन्थ्रोपोमेटिक आकलन तथा अनुहारका प्रकारहरुबारे प्रशिक्षण दिएका थिए। त्यस्तै पत्रकार देबेन्द्र कार्कीले कन्फिडेन्ट लेभल कसरी बढाउने भन्ने बारे जानकारी दिएका थिए। सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति, ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनकोको सह—प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९का विभिन्न सब टाइटलका लागि समेत फिनाले अघि प्रतिस्पर्धा गराइँदैछ । | dcnepal.com |
3,831,061 | साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दावा छिरिङसँग सम्बन्ध देखिएका करीब १०० जनासँग सोधपुछ गर्यो। यही सूचीमा थिए, जीवन चलाउने। सोधपुछका क्रममा जीवनको मोबाइल फोनको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा परीक्षण पनि भयो। तर, केही भेटिएन। बोलाएको वेला उपस्थित हुने शर्त सहितको कागज गराएर सीआईबीले छोडिदियो। केही दिनपछि दावा छिरिङसँग जीवनको सुन कारोबार सम्बन्धी कुराकानी भएको संवाद भेटियो। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार जीवनले ‘आफूसँग सुनको कारोबार गर्न एक जना भारतीय पार्टनर रहेको र मासिक ५०–६० किलोग्राम सुन खपत गर्न सकिने’ आशयको सन्देश पठाएका थिए। “दावासँग कुराकानी भएको भेटिएपछि पहिल्यैदेखि चलाइरहेको फोन समेत लिएर आउन भनेर खबर पठायौं,” ती अधिकृत भन्छन्, “तर, उनी आएनन्।” सीआईबीले अनुसन्धान प्रतिवेदनमा जीवनलाई प्रतिवादी बनाएको छ। उनको सम्पर्क पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासँग पनि देखिएको छ। त्यस्तै, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमका छोरा हरीश र नेकपा (एमाले)का नेता ऐन महरसँग पनि जीवन निकट रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ। दीपेशले सीआईबीलाई आफ्नो नयाँ मोबाइल मात्र उपलब्ध गराएर अनुसन्धानमा असहयोग गरेको प्रहरीको दाबी छ भने राहुल भेप प्रकरणमा हिरासतमा छन्। प्रतीक भने नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त हुन्। प्रहरी अभिलेखमा जीवन नवधनाढ्य उल्लेख गरिएको छ। बर्दियाका जीवन २०७० सालअघिसम्म प्रहरीलाई गुन्डागर्दी सम्बन्धी सुराक दिने गर्थे। पछिल्लो समय भने उनी चामलको कारोबारमा लागेका थिए जुन देखाउने व्यवसाय मात्र रहेको प्रहरीको भनाइ छ। जीमी ग्रूपमा समेत उनी आबद्ध छन्। यो ग्रूपको उनी प्रबन्ध निर्देशक हुन्। यो ग्रूपले भारतको जीमी ब्रान्डको चामल आयात गर्छ। त्यस्तै, लायन्स क्लबमा समेत उनको आबद्धता देखिन्छ। ‘लायन्स क्लब अफ काठमान्डु गुणकेशरी वाइट’ को उनी सभापति रहेको जोली सिलवालले फेसबूकमा उल्लेख गरेकी छन्। जोली यस क्लबकी सचिव हुन्। सुन तस्करी प्रकरणका नाइके तहका दाओजिन वाङसँग समेत जीवनको प्रत्यक्ष चिनजान रहेको नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले लाई बताए। “जीवनलाई चिन्नुहुन्छ भनेर मलाई एक पटक वाङले सोधेका थिए,” वाङसँग चिनजानमा रहेका ती माओवादी नेता भन्छन्। वाङले प्रस्ट नेपाली समेत बोल्ने गरेको उनको भनाइ छ। सीआईबीमा कागज गरेर गएका उनी फर्केर नआएपछि नेताहरूसँगको ‘कनेक्सन’ जोड्न नसकिएको जनाइएको छ। त्यसपछि उनले आफ्नो फेसबूक समेत ‘डिएक्टिभ’ गरेका छन्। पछिल्लो सुन तस्करी प्रकरणमा प्रतिवादी समेत रहेका उनलाई फरार सूचीमा राखिएको छ। यो गिरोहले हालसम्म करीब ३६३ किलोग्राम सुन नेपाल भित्र्याएको सीआईबीको अनुसन्धानमा देखिएको छ। साढे ६० केजी सुन तस्करीमा भने प्रहरीले ५० जनालाई अभियुक्त बनाएर अनुसन्धान प्रतिवेदन भदौ २७ गते काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको छ। जसमध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन्। साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दावा छिरिङसँग सम्बन्ध देखिएका करीब १०० जनासँग सोधपुछ गर्यो। यही सूचीमा थिए, जीवन चलाउने। सोधपुछका क्रममा जीवनको मोबाइल फोनको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा परीक्षण पनि भयो। तर, केही भेटिएन। बोलाएको वेला उपस्थित हुने शर्त सहितको कागज गराएर सीआईबीले छोडिदियो। केही दिनपछि दावा छिरिङसँग जीवनको सुन कारोबार सम्बन्धी कुराकानी भएको संवाद भेटियो। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार जीवनले ‘आफूसँग सुनको कारोबार गर्न एक जना भारतीय पार्टनर रहेको र मासिक ५०–६० किलोग्राम सुन खपत गर्न सकिने’ आशयको सन्देश पठाएका थिए। “दावासँग कुराकानी भएको भेटिएपछि पहिल्यैदेखि चलाइरहेको फोन समेत लिएर आउन भनेर खबर पठायौं,” ती अधिकृत भन्छन्, “तर, उनी आएनन्।” सीआईबीले अनुसन्धान प्रतिवेदनमा जीवनलाई प्रतिवादी बनाएको छ। उनको सम्पर्क पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासँग पनि देखिएको छ। त्यस्तै, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमका छोरा हरीश र नेकपा (एमाले)का नेता ऐन महरसँग पनि जीवन निकट रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ। दीपेशले सीआईबीलाई आफ्नो नयाँ मोबाइल मात्र उपलब्ध गराएर अनुसन्धानमा असहयोग गरेको प्रहरीको दाबी छ भने राहुल भेप प्रकरणमा हिरासतमा छन्। प्रतीक भने नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त हुन्। प्रहरी अभिलेखमा जीवन नवधनाढ्य उल्लेख गरिएको छ। बर्दियाका जीवन २०७० सालअघिसम्म प्रहरीलाई गुन्डागर्दी सम्बन्धी सुराक दिने गर्थे। पछिल्लो समय भने उनी चामलको कारोबारमा लागेका थिए जुन देखाउने व्यवसाय मात्र रहेको प्रहरीको भनाइ छ। जीमी ग्रूपमा समेत उनी आबद्ध छन्। यो ग्रूपको उनी प्रबन्ध निर्देशक हुन्। यो ग्रूपले भारतको जीमी ब्रान्डको चामल आयात गर्छ। त्यस्तै, लायन्स क्लबमा समेत उनको आबद्धता देखिन्छ। ‘लायन्स क्लब अफ काठमान्डु गुणकेशरी वाइट’ को उनी सभापति रहेको जोली सिलवालले फेसबूकमा उल्लेख गरेकी छन्। जोली यस क्लबकी सचिव हुन्। सुन तस्करी प्रकरणका नाइके तहका दाओजिन वाङसँग समेत जीवनको प्रत्यक्ष चिनजान रहेको नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले लाई बताए। “जीवनलाई चिन्नुहुन्छ भनेर मलाई एक पटक वाङले सोधेका थिए,” वाङसँग चिनजानमा रहेका ती माओवादी नेता भन्छन्। वाङले प्रस्ट नेपाली समेत बोल्ने गरेको उनको भनाइ छ। सीआईबीमा कागज गरेर गएका उनी फर्केर नआएपछि नेताहरूसँगको ‘कनेक्सन’ जोड्न नसकिएको जनाइएको छ। त्यसपछि उनले आफ्नो फेसबूक समेत ‘डिएक्टिभ’ गरेका छन्। पछिल्लो सुन तस्करी प्रकरणमा प्रतिवादी समेत रहेका उनलाई फरार सूचीमा राखिएको छ। यो गिरोहले हालसम्म करीब ३६३ किलोग्राम सुन नेपाल भित्र्याएको सीआईबीको अनुसन्धानमा देखिएको छ। साढे ६० केजी सुन तस्करीमा भने प्रहरीले ५० जनालाई अभियुक्त बनाएर अनुसन्धान प्रतिवेदन भदौ २७ गते काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको छ। जसमध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । | himalkhabar.com |
6,341,826 | समिति सदस्य रामहरि खतिवडासहित सांसदहरू दिलनाथ गिरी, मीना पुनलगायतले सभापति चयन प्रक्रियाका लागि सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराएका हुन् । तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री बन्नुभएपछि समिति सभापतिविहीन छ । सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मुख्य जिम्मेवारी पाएको संसद्को सार्वजनिक लेखा समितिले चार महिनादेखि नेतृत्व पाउन सकेको छैन । सभापति नहुँदा समितिमा पुराना उजुरी थन्किएका छन् । चार महिनायता नयाँ उजुरी पनि दर्ता भएका छैनन् । ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो । ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो । जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो । | samudrapari.com |
4,975,137 | नेकपा दाहाल नेपाल समुहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीले थिलथिलो सुनसरी । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी दमक । झापाको कन्काई नगरपालिका स्थित चम्पापुर माध्यमिक विद्यालयका विद्यार्थीको कुटपीटबाट मृत्यु भएपछि प्रधानाध्यापक र काठमाडौं । सरकारलाई झ्लाखाना थप्न नेपाली कांग्रेसका युवा नेता गगन थापाले सुझाव दिएका छन् । खोटाङ । खोटाङमा कानुन विषयमा अध्ययनरत विद्यार्थीहरुले भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको उदयपुर । स्थानिय जनप्रतिनिधी सुविधा भोगी हुँदै गएको बेला उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले वर्षमा २५ वटाभन्दा बढि खसी बिक्री गर्ने कृषकलाई नगद पुरस्कार फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प स्याङजा । नेकपाको दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका—३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आफ्नै श्रमतीको हत्या गरेका राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन | rajdhanidaily.com |
3,259,808 | कालिन्चोक दर्शन लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाट भएको छ । कम्पनीले तीन माघदेखि ६ माघसम्म सर्वसाधारणलाई ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर जारी गरेकेा थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो । जसको १० प्रतिशतले हुने एक लाख ८ हजार कित्ता सेयर वैदेशीक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेकेा छ ।
त्यस्तै पाँच प्रतिशतले हुने ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र २ प्रतिशतले हुने २१ हजार ६०९० कित्रा सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो । कम्पनीको उक्त आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकले १ करोड ६६ लाख ७० हजार ९९० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी गराएको छ । उक्त आईपीओ बिहीबार बिहान बाँडफाँट भएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशीका अनुसार गोलप्रथाबाट आईपीओ बाँडफाट गर्दा आवेदन दिएका ८९ हजार ६४० जना आवेदकलाई गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर दिइएको छ । आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरो सेयर, कालिन्चोक दर्शनको वेबसाइट र सीडीएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ । | nepalijanta.com |
1,620,908 | कांग्रेस नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु त्रुटिपूर्ण व्यवहार भएको बताएका छन्। यसलाई सच्याउन नेपालले कूटनीतिक नोट पठाउनुपर्ने उनको धारणा छ। आज कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघ, तरुण दल र नेविसंघका नेताहरुसँग काठमाडौंमा भएको छलफलमा बोल्दै नेता महरले चीन नेपालको असल छिमेकी भए पनि नेपालको सहमतिबिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपुभन्ज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गरेको र अहिले प्रकाशित नक्सामा नेपालको चुच्चे भाग नराख्नुले दुई मुलुकबीच (चीन) सीमा समस्या रहेको व्यवहारबाटै प्रस्ट हुने बताए। भूगोल र जनसंख्याको हिसाबले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने हुँदा एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नुपर्ने सुझाए। ‘नेपालको सार्वभौम संसद्ले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्सामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुःखेको छ। यथाशक्य कूटनीतिक वार्ता गर्न र चुच्चे भूभागसहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनुपर्छ’, महराले भने । | nepalsamaya.com |
3,159,765 | यस वर्ष ताप्लेजुङमा विदेशी पर्यटकको आगमनमा कमी आएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाललगायत पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकनका लागि सयौँको संख्यामा पर्यटकहरू आउने गरेकोमा यो वर्ष कमी आएको पर्यटन व्यवसायीले बताए । भूकम्पका कारण पर्यटकको आगमनमा कमी आएको हुनसक्ने पर्यटन व्यवसायीको भनाइ छ । जिल्लामा रहेको एक मात्र सुकेटार विमानस्थल विस्तार तथा कालोपत्रे भइरहेकाले र हवाईसेवा बन्द भएका कारण पनि पर्यटकको आगमनमा कमी आएको बताइएको छ ।
सुकेटार बजारका होटल व्यवसायी ओमप्रकाश राईले विमानस्थल स्तरोन्नतिको कामले उडान बन्द हुँदा पनि पर्यटक आगमन कमी आएको बताए । राईका अनुसार सुकेटार क्षेत्रमा हिउँद सिजनदेखि असार महिनासम्म विदेशी पर्यटकको निक्कै घुइँचो लाग्ने गरेको थियो ।
शेर्पाले कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत पर्यटकीय पद मार्गहरूमा भूकम्पले कुनै क्षति नगरेको भए पनि यसवर्ष पर्यटक नआएको बताए । उनका अनुसार अघिल्ला वर्षमा कञ्चनजंघा, कुम्भकर्ण हिमाललगायतको भ्रमणमा वैशाख महिनामा मात्रै तीन सय बढी पर्यटक भित्रिने गरेकामा यो वर्ष वैशाखमा ३८ मात्र विदेशी पर्यटक आएका छन् ।
यस वर्षको भने पूर्ण तथ्यांक आइनसके पनि न्यून संख्यामा पर्यटक आएका आयोजनाले जनाएको छ । पर्यटकको आगमन घटेपछि कञ्चनजंघा क्षेत्रका घुन्सा, ओलाङचुङगोला, ग्याब्ला, फलेलगायत क्षेत्रमा रहेका होटल व्यवसायी मारमा परेका छन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
947,376 | यसपटक साउनमा मात्रै बर्डफ्लु ८६ पटक देखियो । रोग नियन्त्रणमा लिन करिब ५ लाख ३ सय ७१ कुखुरासहितका पंक्षी नष्ट गरियो । ९ लाख ७७ हजार ४ सय ७० गोटा अन्डा, १ सय ८५ केजी मासु र ८४ हजार दाना नष्ट गरियो । | ekantipur.com |
1,413,547 | नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा दसैँ, दीपावलीलगायत पर्वका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनमा चुनौती थपिदै गएको बताउँदै करिब सवा एक वर्षभित्र तिनै तहको निर्वाचन हुन नसकेमा देशमा राजनीतिक तथा कानुनी समस्या आउने बताए। महामन्त्री कोइरालाले विसं २००८ मा बिपीले नेपालीको संविधान जनताले नै बनाउन माग गरेको भए पनि त्यो अहिले प्राप्त भएको बताउँदै उनले मुलुकमा प्राप्त उपलब्धिलाई जोगाउन सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिए। नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले मजदुरमैत्री वातावरण निर्माण गर्न समाजवादको महत्व रहेको उल्लेख गर्दै त्यसलाई अभ्यास गर्नुपर्ने बताए। नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले संस्थानमा दक्ष जनशक्तिको खाँचो रहेको बताउँदै देशका विभिन्न स्थानमा संस्थानले सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए। सङ्घका अध्यक्ष भरत अधिकारी तथा अन्य कर्मचारी सङ्घ सङ्गठनका प्रतिनिधिले लामो समयदेखि काम गरेका अस्थायी कर्मचारीको व्यवस्थापन गर्न आग्रह गरे । | annapurnapost.com |
4,019,717 | प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् । आज नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए । गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए । उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे । उनले गला अवरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो ।’ उनले चीसोले आँसु आएको भने । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए । काठमाडौं,६ साउन । अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बागमती र लुम्बिनी प्रदेश सभाको काठमाडौं,६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ म्याग्दी, ६ असार । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले काठमाडौं,६ साउन। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका बेनी (म्याग्दी), ६ साउन । जिल्लाको बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको चितवन, ६ साउन । | reportersnepal.com |
2,574,264 | अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायक अधिकारीकै शब्द तथा संगीत छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । प्रेमको रुपमा उनीहरु प्रस्तुत भएका छन् । भिडियोमा सुधिर र गीताको केमेस्ट्री जमेको छ । सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियो बुद्ध थापाले खिचेका हुन् । अरुण थापा मगरद्वारा निर्मित भिडियो अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्टले बाहिर ल्याएको हो । | ratopati.com |
4,332,435 | सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको आवाज आयो । तत्काल त्यहाँ पुगे केही कर्मचारीले निजी सचिवले घूस खाएर सरुवा गरेको आरोप लगाइरहेका थिए । उनीहरुले उद्योग विभागमा सरुवा गर्नुपर्नेको नाम काटेको आरोप लगाए । मन्त्रीः पैसा खाएको भए प्रमाण जुटाउनुस् अहिल्यै । ढोका बन्द गरिहाल्नु त । प्रमाण ल्याएपछि मात्रै ढोका खोल्नु, नभए यही थुन्नु । (बाहिर निस्कन खोजेका कर्मचारीलाई मन्त्रीले कठालोमा समातेर भित्र ताने ।) यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् । काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका नेकपा एमाले बूढानीलकण्ठ-१० को तेस्रो वडा अधिवेशनले शम्भु शरण पौडेलको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी काठमाडौं । | pariwartankhabar.com |
4,506,979 | बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले जानकारी दिए। उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् ।
अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको शुक्रवारको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार बुधवार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलवार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए । | pahilopost.com |
1,323,914 | बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार शुक्रबार अपरान्ह ४ : ४५ बजे खेल सुरु हुनेछ। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षण राम्रो भएकाले घरेलु टोली बङ्गलादेशविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन्। नेपालले अर्को खेल आगामी मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ। नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो। त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। तर मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ। नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ। ती खेलाडीको अवस्था सामान्य रहेको छ। नेपालले सन् २०१८ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बङ्गलादेशसँग खेलेको थियो। त्यसबेला नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो। बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बङ्गलादेशको ढाकामा रहेका छन्। नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्जप्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन्। टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन छन्। मुख्य प्रशिक्षक योहान कालिन अनुपस्थित भएपछि एन्फाले प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनलाई दिएको हो। टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल छन्। विश्वकप छनोटअन्तर्गत एसियाली देशको समूह ‘बी’ मा रहेको नेपालले अब चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग तीनवटा खेल खेल्न बाँकी छ। तर यसअघि कोरोनाका कारण स्थगित भएको छनोट खेलको नयाँ मिति तय भएको छैन। स्थगित भएको खेल दशरथ रंगशालामा हुनेछ । | annapurnapost.com |
2,250,308 | परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो । भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी भएका थिए । | dcnepal.com |
756,176 | हजारौं क्विन्टल सेतक चिनी दोहनपछि डिभिजन वन कार्यालयले बल्ल संकलन पुर्जी वितरण गरेको छ । यसअघि जिल्लामा पुर्जीबिनै तोकिएभन्दा कैयौं गुना बढी संकलन तथा निकासी भइसकेको छ । डिभिजन वन कार्यालय बझाङका सहायक वन अधिकृत कर्णबहादुर खातीका अनुसार ४२ जनालाई प्रतिव्यक्ति ८० किलोका दरले संकलन अनुमति दिइएको हो । अवैध रूपमा संकलित जडीबुटी जफत हुन नदिन हतारमा पुर्जी वितरण गरिएको स्थानीयले आरोप लगाएका छन् । ‘एकै जनाले ८/१० हजार क्विन्टलसम्म संकलन गरिसकेका छन् । यसरी हतार(हतार अनुमति दिनु उनीहरूलाई जोगाउने उपाय मात्र हो,’ सुर्माका लोकेन्द्र हिलारीले भने । ठूलो परिमाणमा संकलित सेतक चिनी जिल्लाबाहिर निकासी गर्न व्यापारीले सबैतिर साँठगाँठ गरिरहेको उनको दाबी छ । डिभिजन वन अधिकृत कृष्णराज न्यौपानेले नियमअनुसार कात्तिक १ भन्दा अगाडि संकलन पुर्जी दिन नमिलेको बताए । ‘संकलन अवधि बाँकी रहेकाले निवेदन दिएकाहरूलाई दामासाहीमा ८०/८० किलोको पुर्जी दिएका हौं,’ उनले भने । जिल्लाको पञ्चवर्षीय वन व्यवस्थापन योजना २०७१ अनुसार सामुदायिक वनबाट ३ सय ५० र सरकारी वन क्षेत्रबाट ५० गरी ४ सय क्विन्टल सेतक चिनी संकलन गर्न मिल्छ । योजनाले तोकेको परिमाणभन्दा १० प्रतिशतसम्म बढीको निकासी अनुमति (छोडपुर्जी) डिभिजन वन अधिकृतले दिन पाउने न्यौपानेले बताए । ‘कानुनले तोकेको परिमाणभन्दा बढी संकलन भएको रहेछ भने सामान जफत हुन्छ,’ उनले भने, ‘कुन ठाउँमा बढी संकलन भएको छ, बुझदै छौं, नियम तोडेर काम गर्नेलाई कारबाही गर्छाैं ।’ न्यौपाने गत साता मात्र बझाङ आएका हुन् । सामुदायिक वन र स्थानीय तहलाई पत्र डिभिजनले ५० भन्दा बढी सामुदायिक वनलाई अवैध संकलन रोक्न निर्देशनसहित पत्राचार गरेको छ । पत्रमा सामुदायिक वनको कार्ययोजनाभन्दा बढी परिमाणमा जडीबुटी संकलन गरे कारबाही गरिने उल्लेख छ । डिभिजनले विभिन्न गाउँपालिका, नगरपालिका र वडा कार्यालयलाई समेत जडीबुटीको अन्धाधुन्ध संकलन रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति र गाउँपालिकाका प्रतिनिधिसँग छलफलबाटै यस्तो निर्णय गरिएको न्यौपानेले बताए । डिभिजनको एकल प्रयासमा चोरीनिकासी नियन्त्रण सम्भव नरहेको उनको भनाइ छ ।रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेतलगायत जिल्लाका सयौं मानिस बझाङ आएर जडीबुटी संकलन गरिरहेका छन् । उनीहरू साइपाल गाउँपालिकाको चाल्नावन, राइढुंगी, माझा, फरालखेत, स्याङवन, औलागाड, दोतले, चिडा र सुर्मा गाउँपालिकाअन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, पार्थीलगायत क्षेत्रमा छरिएका छन् । बुंगल नगरपालिका, दुर्गाथली, छबिस पाथिभेरा, खप्तडछान्ना गाउँपालिकाका वनमा संकलकहरू पाल टाँगेरै बसिरहेको स्थानीयले बताए । उनीहरूका अनुसार साइपाल र सुर्माबाट मात्र एक लाख क्विन्टलभन्दा बढी सेतक चिनी संकलन भइसकेको छ । संकलन अझै जारी छ । यहाँ तोकिएभन्दा दुई महिना अघिदेखि नै संकलक वन पसेका हुन् । ठूलो परिमाणको सेतक चिनी हुम्लातर्फ निकासी भइसकेको छ । | ekantipur.com |
5,021,262 | आगामी २४ जुनको अपराह्न आयोजना हुने सो वेबिनरमा नेपालमा दुई पांग्रे भ्रमण र ड्राइभ पर्यटनका लागि नासा नेपालले छनौट गरेका गन्तव्यहरुमा संलग्न संघ÷संस्था र कम्पनीहरु जस्ता विषयमा प्रस्तुतीकरण र छलफल हुने नासाका महासचिव आशिष गजुरेलले बताए। नेपालको अटोमोबाइल, पर्यटन र खेलकुद क्षेत्रको नयाँ प्रोडक्टको रुपमा आइरहेको दुईपांग्रे भ्रमण र ड्राइभ टुरिज्ममा उक्त वेबिनारले एउटा प्रष्ट अवधारणा अगाडि ल्याउने उनले बताए। वुमन इन्टरनेशनल मोटरसाइकल एसोसिएसन (डब्लुआईएमए)की उपाध्यक्ष जारा स्ट्रेन्ज (स्कटल्याण्ड), फेडेरेसन इन्टरनेशनल डी मोटरसाइक्लिज्म(एफआईएम) एसियाका उपाध्यक्ष तथा टुरिङ कोअर्डिनेटर सुजित कुमार (भारत), मोटर स्पोर्ट्स सिंगापुरका पूर्वअध्यक्ष लेस्ले चांग (सिङ्गापुर), माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई अतिथि वक्ता हुनेछन्। रियाज उद्दिन अहमद (बंगलादेश), खान्दु (भुटान) र रेमन दास श्रेष्ठ (नेपाल)जस्ता ट्राभलर र मोटरसाइक्लिस्टहरुको पनि सहभागिता रहने सो वेबिनारमा शान्तनु बनर्जी (भारत) र ड्राइभ टुरिज्म नेटवर्क नेपालका रमेश सिलवाल समेत हुनेछन्। नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिव सन्तोष न्यौपाने, डब्लुआईएमए नेपालकी सचिव उस्मिता थापाले नासा नेपाल र डब्लुआईएमए नेपालको धारणा राख्ने वेबिनारका सञ्चालक नेपालका चर्चित बाइकर तथा नेपाल मोटरसाइकल फेडेरेसनका प्रमोद श्रेष्ठ (गुफी) हुनेछन्। नेपालमा सम्भवत संसारमै पहिलो पटक हुन लागेको यस किसिमको वेबिनारलाई एफआईएम, माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपाल, नासा नेपाल, हिमालयन इन्फिल्डर र डब्लुआईएमए नेपालको सहयोग रहेको छ । | nepalkhabar.com |
4,660,473 | राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई मतका लागि सहयोग माग्न गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ वरिष्ठ नेता माधकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेका छन् । वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको लागि ६ जेठमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा बादल एमालेबाट उम्मेदवार छन् । उनी नेपाल निवास जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो । पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिन्ने भने विषय प्रष्ट पारेको छैन । एमाले एक भएको खण्डमा बादलले जित्ने निश्चित छ । एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गरेका छन् । | nepalpress.com |
3,325,397 | नेकपा एकीकृत समाजवादीले बैतडीमा सङ्गठन विस्तार अभियानलाई अघि बढाएकोे छ । | drishtinews.com |
1,460,427 | जीतबहादुर केसी, यो नाम तपाईंहरु माझ त्यति चर्चित नहोला तर उनले देशको लागि गरेको योगदान वर्णन गर्न सकिन्न । सन् १९७३ मा मनालीमा भएको एसियन च्यामपियनसिपमा जीतबहादुरले कास्य पदक जितेका थिए । जुन नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक थियो । ७२ वर्षिय जीतबहादुर हाल दशरथ रंगशालामा इन्चार्जको रुपमा कार्यरत छन् । केन्द्रबिन्दुले यसपटक केसीसँग ५ प्रश्न गरेको छ । प्रस्तुत छ केन्द्रबिन्दुकर्मी प्रसुन संग्रौलाले गरेको कुराकानीको सम्पादित अंश : यो नेपालको खेलकुद क्षेत्रमा स्वर्ण इतिहास हो । निकै खुसी छु । यस्तो सफलता आगामी दिनमा पनि हासिल गर्न गराउन खेलकुद क्षेत्रलाई विशेष रुपमा व्यवस्थापन गर्दै जानुपर्छ । विगतको तुलनामा अहिले धेरै सुधार भएको छ । पहिले हाम्रो पालामा खान लाउनको केहि सुविधा हुदैनथ्यो तर अहिले त्यस्तो समय रहेन । तर अझै पनि राज्यको तर्फवाट खेलाडीहरुलाई दिनुपर्ने सेवा सुविधाहरु भने पुरा दिएको छैन । त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ । अहिले पनि त्यो दिन सम्झँदा निकै आनन्द लाग्छ । जीवनको खुसीको पल थियो त्यो । त्यति धेरै चुनौतीहरुको बाबजुद पनि मुलुकलाई अन्तर्र्राष्ट्रिय पदक दिलाउन सफल भएको थिएँ । निकै दुःख थियो त्यतिबेला खेलाडीलाई । लाउनलाई राम्रो लुगा हुदैनथ्यो । खाली खट्टा दौडन पथ्र्यो । कयांै पटक १० ओटै औंलाबाट रगत बगेको थियो । खाने कुराहरु अर्थात डाइटहरु केहि हुदैनथ्यो । त्यो अवस्थामा पनि मुलुकलाई पदक दिलाउन सफल भइयो । दुर्भाग्यबस त्यो पदक हरायो । त्यतिबेला म लैनचौरमा कोठाभाडा लिएर बसेको थिएँ । प्रहरीलाई रिपोर्ट नि गरेको थिएँ तर पनि त्यसको केहि पत्तो लागेन । हो छ । विगत लामो समयदेखि खेलकुद क्षेत्रमा राजनितीकरण भैरहेको छ । प्रशिक्षण, खेलाडी र रेफ्री सबैजना राजनितीकरणको शिकार भएका छन् । आफ्नो मान्छे भर्ति गर्न राजनितीकरण गरिन्छ । मेरो पालामा पनि राजनितीकरण थियो । राजनितिकरणकै कारण मैले पनि धेरै अप्ठेरोहरु खेप्नु परेको थियो । आउनुस् मिहेनत गर्नुस्, इमान्दार बन्नुुस् । सफल हुनुस् । खेलाडीहरुको मुल मन्त्र भनेको नै अनुशासन हो । खेलाडीमा अनुशासन भयो भने मात्र ऊ एक न एक दिन पक्कै सफल हुन्छ । खेलकुद राष्ट्रको गहना भएकोले कसैले पनि यस्लाई हेलचेक्राइँ गर्नु हुन्न । | kendrabindu.com |
3,351,078 | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र राज्यका उच्च पदाधिकारीहरूबीच भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । भष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरद्वारा संसद् भवनमा आज आयोजित कार्यक्रममा तिमिल्सिनाले मुलुकको सुशासनको लागि भष्ट्राचार अन्त्य गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूसँग भष्ट्राचारविरुद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यदिशासम्बन्धी कार्यक्रममा उनले भने, ‘मुलकको सुशासन, देशको अर्थतन्त्र सुदृढ बनाउन, राष्ट्रिय गौरव आयोजना समयमा पूरा गर्न र राष्ट्रिय सहमति गर्ने वातावरण बनाउन जरुरी छ । सम्पूर्ण विषयलाई स्वतन्त्र छानविन गरी म, हामी जो परे पनि कारवाही गर्न तयार हुनुपर्छ ।’ सबै राजनीतिक दल, व्यक्ति, विभिन्न निकायका प्रतिबद्धताहरू कार्यान्वयन हुन नसकेको बताउँदै उनले हामी जे बौल्छौँ, त्यही गर्छौँ भने भष्ट्राचार सखाप हुने बताए । कार्यक्रममा समयको दुरुपयोग पनि भष्ट्राचार भएको भन्दै प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरले भने, ‘समयभित्र तोकिएको कार्यक्रम नसक्दा, उपस्थित नहुँदा अन्य कार्यमा प्रभाव पार्ने हुनाले समयको दुरुपयोग पनि भष्ट्राचार हो । जसको अन्त्य व्यक्तिको इमानदारिता, चरित्रबाट सम्भव रहेकाले व्यक्ति आफैँबाट सुरुआत गर्न जरुरी छ । जवसम्म चेतनाको वृद्धि, राष्ट्रप्रतिको जिम्मेवारी महसुस हुँदैन तवसम्म भष्ट्राचार मुक्त हुन सक्दैन ।’ प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले भष्ट्राचारीलाई दण्ड सजाय कमजोर रहेकाले भष्ट्राचार मौलाएको बताउँदै सबै राष्ट्रप्रति जिम्मेवार हुन आवश्यक रहेको विचार व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले भष्ट्राचार नियन्त्रणमा संवैधानिक निकायका रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नीति परिवर्तन गर्नुपर्ने बताए । सङ्गठनका संयोजक जगनाथ खतिवडाले सांसदको भष्ट्राचारविरुद्ध जागरुकता र एकताका लागि सङ्गठनको महत्वपूर्ण भूमिका रहेको बताउँदै सङ्गठन प्रदेशस्तरमा विस्तार गर्न जरुरी रहेको बताए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
3,275,663 | देशभरझैं प्रदेश १ का दुई उपमहानरमा पनि कांग्रेस महाधिवेशको सरगर्मी बढेको छ । यहाँको धरान र इटहरी उपमहानगरमा पनि केन्द्रमा जस्तै कांग्रेसका दुई समूह प्यानलै बनाएर चुनाव लड्ने तयारीमा छन् । यहाँ शनिबार हुने अधिवेशनका लागि दुवै समूहले उम्मेदवारी घोषणासँगै प्रचारप्रसारलाई तीव्र पारेका छन् । धरानको नेतृत्वमा पोखरेल र राईबीच प्रतिस्पर्धा धरानमा पौडेल र देउवा खेमाबीच प्रतिस्पर्धा हुँदैछ । पौडेल खेमाबाट श्याम पोखरेल सभापतिका उम्मेदवार छन् भने कोइराला खेमाबाट किशोर राई मैदानमा उत्रिएका छन् । पोखरेल वर्तमान कार्यसमितिका सचिव पोखरेल हुन् भने राई अखिल नेपाल फूटबल संघ एन्फा)का वरिष्ठ केन्द्रीय उपाध्यक्ष हुन् । धरानका २० वडा सभापतिसहित ४९५ मतदाता छन् । पोखरेललाई हालका सभापति तथा धरानका मेयर तिलक राईको साथ छ । किशोर राईलाई धरानका देउवा पक्षका शक्तिशाली नेता मिन विश्वकर्मालगायतको साथ छ । चुनावमा दुवै पक्ष उत्तिकै आत्मविश्वासका साथ मैदानमा उत्रेको छ । इटहरीमा केसी र पौडेल मैदानमा इटहरीमा ४८२ प्रतिनिधिले भोट गरेर नयाँ सभापति चुन्दैछन् । सभापतिमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापति विकास केसी र इटहरी कांग्रेसका वर्तमान सभापति हेमकर्ण पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । विकास शेरबहादुर देउवा पक्षमा हुन् भने हेमकर्ण रामचन्द्र पौडेल पक्षका हुन् । पौडेल पक्षबाट प्रकाश बस्नेतले समेत उम्मेदवारी दिएकोले केसी पक्ष आत्मविश्वासी देखिएको छ । पछिल्लो महाधिवेसनमा पौडेलसँग पराजित केसी पहिलेको तुलनामा अहिले बलिया उम्मेदवार हुन् । उनलाई नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजिव ढुंगाना, नेता रोहित प्रसाईलगायतको सहयोग छ । यस्तै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलदेखि विभिन्न कांग्रेस हेभिवेट नेताको केसीलाई सहयोग हुने बताइएको छ । | nepalijanta.com |
4,827,071 | अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ। गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए। गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडादरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ। गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ। पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी गाउँपालिकादेखि पाल्पा हुँदै बुटवलसम्म रु. छ हजार ५०० र पाणिनी गाउँपालिकादेखि बुटवलसम्म रु पाँच हजार ५०० भाडा तोकिएको छ। अन्य स्थानको हकमा कच्ची बाटोमा प्रतिकिलोमिटर रु ८० र पक्की बाटोमा प्रतिकिलोमिटर रु ४० भाडा तोकिएको पालिकाले जनाएको छ । | kathmandupress.com |
1,575,624 | प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधानले महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन्। ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा शुक्रबार सन्देशमार्फत् प्रधानमन्त्री दाहालले संविधानले दिएको अधिकारकै कारण महिलाहरू राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्म महत्वपूर्ण प्रतिनिधित्व गर्न सफल भएको बताएका हुन्। ‘नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्,‘सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ।’ प्रधानमन्त्री दाहालले महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवद्र्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले निरन्तर पहल गर्दै आएको बताए। ‘तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आवद्धता, लैङ्गिक मूलप्रवाहीकरण र सशक्तिकरणको लागि अधिकतम लगानी गर्न आवश्यक छ,’ प्रधानमन्त्री दाहालले भने, ‘महिलामा गरिने लगानीले महिलासँगै परिवार, समाज हुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पुर्याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पुर्याउँछ।’ उनले महिलाको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिँदै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न जरुरी रहेको बताएका छन्। ‘महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न र समानताको व्यवहारिक प्रत्याभूति दिलाउन आवश्यक देखिन्छ,’उनले भनेका छन् । | kendrabindu.com |
1,251,815 | राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्। राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग भएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेकी छन्। 'प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ', सन्देशमा भनिएको छ। विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीराङ्गना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । | annapurnapost.com |
673,248 | च्याउ हामी धेरैलाई मन पर्ने परिकारमध्येमा पर्दछ । यो जति स्वादिलो हुन्छ स्वास्थ्यका दृष्टिले पनि यसको महत्व उत्तिकै बढी हुन्छ । च्याउको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्नेदेखि विभिन्न रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । च्याउको नियमित प्रयोगले स्तन क्यान्सर तथा मधुमेह जस्ता रोगहरुको जोखिमबाट बचाउने एक अध्ययले देखाएको छ । अध्ययनअनुसार अनुसार विश्वमा १ लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १ सय प्रकारका च्याउ खानका लागि उपयुक्त मानिन्छि । यस्ता छन् च्याउनका फाइदाहरु : – रोगप्रतिरोधी क्षमता बढाउँछ च्याउले सरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसमा एर्गोथियोनाइन नामक एन्टी अक्सिडेन्ट पाइन्छ । यसले छालालाई फ्री रेडिकल्सबाट बचाउनुका साथै इम्युनिटी पावर पनि बढाउँछ । – मोटोपना घटाउँदछ मोटोपना घटाउँदछ । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले सरीरलाई हृष्टपुष्ट बनाउनुका साथै वजन समेत नियन्त्रण गर्दछ । यसमा पर्याप्त फाइबर पाइन्छ । – हड्डीराेगबाट मुक्ती च्याउ क्याल्सियमको निकै राम्रो श्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् । – रोग जाखिम कम गर्छ च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् । यसले छाला तथा कपालको स्वास्थ्य सँगै मुटुरोगको जोखिम पनि कम गर्छ । –मधुमेह नियन्त्रणमा सहयोग गर्छ मधुमेह नियन्त्रणका लागि पनि च्याउ सहायक सिद्ध हुन्छ । च्याउ बोसो, कोलेस्ट्रोल तथा उच्च प्रोटिनको नियन्त्रणका लागि उपयोगी हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ । – रक्तअल्पताबाट बच्न सकिन्छ रक्तअल्पताको समस्या कम गर्न पनि च्याउ फाइदाजनक हुन्छ । च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ जसको ९० प्रतिशत सरीरले लिन सक्दछ । यसले सरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ ।
“डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।
गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे ।
मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो। समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए ।
मलद्वारमा बोतल अड्किएर उनको ठूलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन्। अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको उनले बताए ।
चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो। ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
औषधि जीवन रक्षासँग प्रत्यक्ष जोडिएको अत्यावश्यक र संवेदनशील वस्तु हो । अहिले देशको आर्थिक मन्दीको कारण यो व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । औषधिको धेरै ठाउँबाट धेरै उत्पादन तथा आपूर्तिका कारण यो व्यवसाय गर्न कठिन हुँदै गएको छ । नीजि क्षेत्रका औषधि व्यवसायीहरुको औषधिको कारोबार परिमाण पनि घटेको छ । सटरको भाडा तिर्न र बैंक किस्ता बुझाउन नसकेको गुनासो आइरहेको छ । स्वदेशमै बसेर केहि काम गर्ने सोच बनाएका युवा व्यवसायीलाई निरुत्साहित पार्ने गरी नियमनको नाममा आतंकित बनाउने, मनोबल कमजोर बनाउने काम सरकारबाट नै भइरहेको छ ।
नियमनको नाममा कहिले औषधि व्यवस्था बिभाग अनुगमन गर्न आउँने र अनावश्यक दुःख दिने, कहिले स्थानीय सरकारले पनि नानाथरी दुख दिने काम भैरहेको छ । अनुगमन नगर्न भनिएको होइन, तर त्यसको मापदण्ड र तरिका मिलेको देखिदैन । जस्तै, हर्लिक्स, सेरेलेक जस्ता आमाको दूधको कमिको समयमा दिइने आहारपुरक दूध तथा ल्याक्टोजिनहरु फार्मेसीबाट बेच्न बन्देज गरिएको छ । तर तिनै बस्तुहरु किराना पसलबाट बिना मापदण्ड निर्वाध विक्री भैरहेको छ । औषधिसँग सम्बन्धित वस्तुहरु जो सुकैले निर्वाध बेच्न थालेपछि औषधि व्यवसायीको अर्थ भेट्न गाह्रो हुन्छ ।
हामी धेरै नेपालीले गर्न जानेको बिदेशी सामान आयत गर्ने र महँगोमा बेच्ने नै हो । औषधिको सन्दर्भमा पनि त्यही हो ।
खाद्य वस्तु, आहारपुरक, सौन्दर्य प्रसाधक सामाग्री देखि औषधि समेत को नयाँ अनुसन्धान, अनुगमन, गुणस्तर एवं अन्य आवश्यकताको निगरानी गर्ने निकाय लाई अवलम्बन गर्न सकिएको खण्डमा मात्रै यसमा सुधार हुन सक्छ । साथै एकद्वार प्रणाली अन्तर्गत हालको औषधि व्यवस्था बिभागलाई जिम्मेवारी दिन सकेमा सुनमा सुगन्ध हुने देखिन्छ ।
औषधि व्यवस्था बिभागले दर्ता नभएका न्यूट्रास्युटिकल र कस्मेटिक बेच्न पाईदैन भन्दै अनुगमनका क्रममा ब्यवसायी लाई दुख दिने गरेको छ । तर बिडम्बन के छ भने खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण विभागमा दर्ता भएको हुन्छ ।
विरामीका लागि औषधिको पुर्जा लेख्ने डाक्टरहरुले आवश्यकता देखेरै पुर्जा दिइरहेका हुन्छन् । त्यही औषधि फार्मेसी ब्यवसायीले बेच्ने मिल्ने कि नाई ? सम्बन्धित निकाय नै अनविज्ञ देखिन्छ ।
डिप्लोमा अथवा स्नातक पढाई सकेपछि घुम्ने कुर्सीमा बस्ने रहर धेरैलाई हुन्छ । तर सबैलाई सोचेजस्तो हुँदैन । त्यही बिडम्बनामा हामी च्यापिएका हौं । मेरो उदाहरण दिने हो भने, मेरा कोहि आफन्त वा नातेदार, हुने खाने अथवा नजिकका हुन्थे भने भनसुन गरेरै भएपनि करारमा नै किन नहोस्, कुनै पनि जागिर खाइन्थ्यो होला । अथवा कदम कदाचित त्यो नभए पनि धेरै–थोरै सम्पत्ति भए बिदेशी भूमिमा पाइला टेकिसकिन्थ्यो होला । केहि सीप नलागेपछि सहकारीसँग ऋण लिएर भए पनि सानो तिनो व्यवसाय संचालन गरेर घर खर्च चलाइरहेको छु । म जस्ता अरु धेरै छन् ।
औषधि व्यवसायकै कुरा गर्दा औषधि एेन २०३५ पुरानो भएको र समय सापेक्ष नभएको भन्दै नयाँ औषधि विधेयक संसदमा छलफलको विषय बनेको छ । त्यसमा अनौठो विषय सौन्दर्य प्रसोधन सामाग्रीलाई पनि समेटेर अहिलेको औषधि व्यवस्था बिभागअन्तर्गत दर्ता गरि नियन्त्रण तथा अनुगमन गर्न पाउनु पर्ने भन्दै मुख्य एजेन्डा बनाइएको देखिन्छ । यही समयमा औषधीको सम्पुर्ण कारोबार बिमाको बाहनामा सरकारी अस्पतालले गरेको पाइन्छ । यस अवस्थामा स–साना व्यवसायीले बिदेशी मान्यता अवलम्बन गर्न, व्यवसाय लाई नयाँ ढंग वा फराकिलो बनाउन सके मात्रै सुनमा सुगन्ध हुने छ । होइन भने व्यवसाय र व्यवसायी दुबै पलायन हुने देखिन्छ । | everestdainik.com |
3,020,555 | मुख्यमन्त्री पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी क्षेत्रका जग्गा बाँझो बसेको भन्दै उत्पादनमा जोडिएर सरकारको कार्यक्रममा सहभागी हुन आग्रह गरे । उनले गाँजालाई वैधता दिन प्रदेश सरकारले तयारी गरिरहेको बताउँदै यसलाई लागूपदार्थ भन्दा पनि औषधीको रुपमा अपनाउनुपर्ने वैधता दिने विषयमा सहयोग गर्न प्रतिपक्ष दललाई आग्रह समेत गरेका थिए । गाजाको उत्पादन बढाउने र दुरुपयोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विभिन्न छलफल समेत भएको बताए ।
उनले विदेशबाट ठुला मदिरा आयात हुन्छ। तर, स्थानीय मदिरालाई मान्यता नदिँदा आर्थिक रूपमा समेत यसले प्रभाव पार्ने बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौडेलको नामनै मेटाउने गरी महानगरपालिका बनाए पनि यहाँका जनतामा भने त्यो पाच्य नभएको बताउँदै यहाँ देखिएको विविधताले भरिएका झाँकी र्यालीले पनि एकताको सन्देश दिएकाले लेखनाथलाई नमुना योग्य शहर बनाउन सामूहिक भावनाले अगाडी बढ्नु पर्ने बताएका थिए । यस्तै गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा तथा सिंचाई मन्त्री सरस्वती अर्यालले महोत्सवमा महिला आमा दिदिबहिनीहरुको सहभागिता उत्साहजनक देखिएको बताउँदै महिलाहरूको सशक्तीकरणका लागी पनि सबलै सोच्नुपर्ने बताएकी थिइन । सङ्घीय सांसद मन बहादुर गुरुङले लेखनाथलाई कृषि र पर्यटनको माध्यमबाट कसरी बिकास गर्न सकिन्छ भन्ने तर्फ सोच्नु पर्ने आवश्यकता औँल्याएका थिए भने पूर्व मन्त्री यज्ञ बहादुर थापाले उत्पादन र उद्यमशितालाई अग्रभागमा राखेर अगाडी बढ्नका लागि सबैलाई अनुरोध गरेका थिए । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकुष्ण वैद्यले सरकारले राष्ट्रिय उत्पादनलाई ध्यान नदिने र आयातित वस्तुमा मात्र निर्भर हुँदा देशको अर्थतन्त्र कमजोर हुँदै गएको संकेत गरेका थिए भने महासंघ कै वस्तुगत उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई उद्योग र ब्यापारका बारेमा पढाउन नसक्दा बिदेसिने क्रम बढेकाले यसलाई कसरी रोक्न सकिन्छ भन्ने तर्फ तिन तहको सहकारका विच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले सरकारी तहबाट व्यवसायीका समस्या नवुझदाँ अव ब्यवसायीहरु बिदेसिने पर्ने अवस्था सृजना भएको तर्फ संकेत गरेका थिए भने पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवि गुरुङले युवाहरु कसरी स्वदेशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्ने तर्फ सचेत हुँदै उद्यमशीलताका बारेमा युवा र महिला लक्षित कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी गराएकी थिइन । महोत्सवमा स्थानीय आमा/महिला समूह, संघ संस्थाहरु र विभिन्न जातजाति एवं भाषा भाषीहरुको ४ सय भन्दा वढि संख्यामा झाँकी र्याली निकालीएको थियो भने मातृशक्तिको सम्मानमा प्रस्तुत गरिने रत्यौली प्रतिोगिताको लागी ३५ समूहमध्येबाट छनोट हुन सफल २० समूहको नाम घोषण गरिएको थियो । पुस १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई-सेवाबाट टिकट काट्न सकिने गरी व्यवस्था मिलाइएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत प्रतियोगिता, ख्याति प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुति, सुगम सङ्गीत अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन् । | newsofnepal.com |
12,244 | प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएको भन्दै सांसदहरुले विरोध जनाएका छन् । बजेटमा लुम्बिनी प्रदेशलाई प्रदेश नम्बर पाँच उल्लेख गरिएको भन्दै सांसदहरूले आपत्ति जनाएका हुन् । सांसदहरु सूर्यबहादुर थापा क्षेत्री, छविलाल विश्वकर्मा, रमेश लेखक, रघुजी पन्तलगायतले विधेयकमा प्रदेशको नाम उल्लेख नभएको विषय उठाएका थिए । सांसदहरुको विरोधपछि सरकारका तर्फबाट जवाफ दिँदै शहरी विकासमन्त्री सीता गुरुङले प्रदेशको नाम उल्लेख नभएको वा त्रुटी भएको भए सच्याउने प्रतिबद्धता जनाइन् । सांसदहरुले भने विनियोजन विधेयकमा प्रदेशको नाम सच्याउन सभामुखमार्फत रुलिङ गर्न माग गरेका थिए । यस विषयमा संसदमा थप विवाद चर्किपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि समूहकृतरुपमा छलफल गरिने कार्यसूची छ । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको आजको छलफलमा शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी फरक(फरक प्रस्ताव पेश गर्ने कार्यसूची छ । सांसदहरू गोकुलप्रसाद बाँस्कोटा, प्रेम सुवाल, ठाकुरप्रसाद गैरे, सूर्यबहादुर थापा क्षेत्री, स्वर्णीम वाग्ले, प्रभु साह र जुलीकुमारी महतोले खर्च कटौती प्रस्ताव पेश गर्ने कार्यसूची छ । | canadanepal.com |
756,595 | सरकारले म्यानमारकी नेतृ आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई औपचारिक कारकेडमा विमानस्थलबाट होटलसम्म पुर्याउने व्यवस्था मिलाएको छ ।युनिभर्सल पिस फेडेरेसनको आयोजनामा काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट २०१८’ मा सहभागी हुन उनीहरू बिहीबार काठमाडौं आउँदै छन् । उनीहरू नेपाल सरकारको औपचारिक निम्तामा आउन लागेका हुन् । सुकीको सुरक्षामा सबैभन्दा धेरै जनशक्ति खटाइँदै छ । सुकीलाई काठमाडौंमा शरण लिएर बसिरहेका रोहिंग्याका कारण सुरक्षा खतरा हुन सक्ने विश्लेषण सुरक्षा निकायले गरेका छन् । म्यानमारबाट अल्पसंख्यक रोहिंग्याहरू विस्थापित भएपछि उनी आलोचित छिन् । अधिकांश विशिष्ट पाहुना राजधानीको बौद्धस्थित हायात, बत्तीसपुतलीको द्वारिकाज, दरबारमार्गको याक एन्ड यती र कालीमाटीको सोल्टी होटलमा बस्नेछन् । अन्य देशका पाहुनाको हकमा भने हैसियत हेरेर सुरक्षा प्रबन्ध मिलाइएको छ । कार्यक्रम उद्घाटन हुने शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौंको सार्वजनिक सवारी सबैभन्दा धेरै प्रभावित हुने प्रहरीको आकलन छ । पाहुनाको सुरक्षाका निम्ति सरकारले यसपटक पनि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ । भित्री घेरामा सेना, त्यसपछि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सुरक्षामा खटिनेछन् । पाहुनाको सुरक्षा र व्यवस्थापनमा मात्रै उपत्यकामा ३५ सय प्रहरी खटिने छन् । प्रहरीले भदौ १४ र १५ मा काठमाडौंमा भएको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का बेलाकै सुरक्षा उपकरण प्रयोगमा ल्याएको छ । विशिष्ट अतिथि बस्ने होटल र कार्यक्रमस्थलमा ९ वटा वाक थ्रु गेट प्रयोगमा आउनेछन् । त्यस्तै ५ वटा पोर्टेवल ब्यागेज स्क्यानर मेसिन पनि प्रहरीले प्रयोग गर्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला प्रयोगमा ल्याएको र्यापिड कम्युनिकेसन सिस्टमको प्रयोग यसपालि पनि हुनेछ । मोबाइलजस्तै डिभाइससहित बसेका प्रहरीले कार्यक्रमस्थल र सवारी स्थलको प्रत्यक्ष दृश्य खिच्नेछन्, जसको तत्काल विश्लेषण गरेर प्रहरीले सुरक्षा व्यवस्थापन मिलाउनेछ । प्रहरीले पहिलोपटक सुरक्षाका निम्ति ड्रोन प्रयोग गर्ने योजना बनाएको छ । कार्यक्रमस्थलको सुरक्षा चुस्त बनाउन २ वटा ड्रोन उडाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । | ekantipur.com |
1,126,358 | नेपाली काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईमा कुनै सत्यता नरहेको बताएका छन् । मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीमाझ उनले सो प्रतिक्रिया दिए । प्रवक्ता महतले काँग्रेस र काँग्रेसका मन्त्रीहरुले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाईलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताए । आफूहरुलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको उनको बुझाई थियो । प्रवक्ता महतले आफूले प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताए । उनले भने– यो सबै कुरा के हो भने अब गठबन्धन परिवर्तन गर्ने उहाँहरुको आफ्नो मक्सद होला । त्यसको चाहीँ कारण होला । तर हामी कारण होइन । नेपाली काँग्रेस र हामी कोही पनि मन्त्री कुनैपनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । ठाडै नेपाली काँग्रेस र हामीले अस्वीकार गर्छौं । र, उहाँको मक्सद अरु नै हो । हामीले असहयोग गरेर छोडेको भन्ने कुरामा कुनै सत्यता छैन । प्रवक्ता महतले सत्तारुढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरु नै केही भएको पनि दोहोर्याए । | makalukhabar.com |
1,244,458 | दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले प्रदेश ३-०१-००६ ख ६२२ नम्बरको बस कागबेनी मोडमाथि दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जानकारी दिएका छन्। उनका अनुसार घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। घाइते हुनेमा १४ पुरूष र ७ महिला छन्। ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बस सडकमै पल्टिएको थियो। प्रहरी र स्थानीयको सहयोगमा बस हटाएर सडक सुचारु गरिएको हो । | annapurnapost.com |
1,251,075 | गाउँमै खेलिरहेको अवस्थाबाट आर्यनको बैशाख २३ गते अपहरणपछि हत्या भएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज रायले भने घटनाको अनुसन्धान भइरहेको बताएका छन् । अपहरणपछि आर्यनको घाँटी रेटेर हत्या गरेर फालिएको अवस्थामा उनकै घर पछाडिको घारीमा बैशाख २४ गते शव फेला परेको थियो । | annapurnapost.com |
2,849,485 | जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु गरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न लागिएको हो । उक्त सडक खण्डमा हालसम्म तीन किमि सडक कालोपत्र गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, प्रमूख आचार्यले भने, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ ।” विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । विसं २०७७ मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो । ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो । विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माणकार्य ढिलाइ भएको हो । जिल्लामा यसवर्ष पिसिसि, आरसिस र कालोपत्र गरी २६ किमि सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । | newskarobar.com |
4,514,457 | दोहा,क्वालाम्पुर र रंगुनपछि एयरलाइन्सको यो चौथो नियमित उडान हुनेछ। कम्पनीले तीनवटा एयरबस ए ३२० –२१४ ल्याइसकेको छ।काठमाडौंबाट एच –९५५७ मार्फत बिहान १० : ४० मा उडान गर्नेछ र दुबर्इमा १ बजेर २५ मिनेटमा अवतरण गर्नेछ ।
कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले दुबर्इ पर्यटन र व्यापार यात्राको लागि रोमाञ्चक गन्तब्य हुने बताउँदै यसले नेपालको अर्थव्यवस्थामा समेत योगदान दिने दाबी गरे। कम्पनीले काठमाडौं दुबर्इको दुर्इतर्फी भाडा २४ हजार ८ सय २७ रुपैयाँ तोकेको छ। यो भाडादरमा सरकारी कर समावेश नगरिएको कम्पनीले जनायो । | pahilopost.com |
4,770,992 | नेपाल बार एसोसियसनका अध्यक्ष र महासचिवले बारमा छलफल र बैठक नगरी सर्वोच्च अदालतका हडताली न्यायाधीशसँग वार्ता गर्न थालेपछि विवाद भएको छ । बारका अन्य पदाधिकारीले चोरबाटोबाट कुनै पनि वार्ता नगर्न नेतृत्व र न्यायाधीशहरुलाई चेतावनी समेत दिएका छन् । सर्वोच्च अदालत गोला प्रक्रियामा गइसकेपछि पनि ‘नेता न्यायाधीश’ र बार नेतृत्वको मिलेमतोमा न्यायपालिकाको अवरोध कायमै रहेको तथा इजलासमा गइसकेका न्यायाधीशलाई समेत फर्काइएको घटनाले बारमा विवाद बढेको हो । बारका कोषाध्यक्ष रुद्र पोखरेलले कार्यसमिति बैठकको निर्णय विना गैरकानूनी वार्तामा सहभागी नहुन अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई चेतावनी दिएका छन् । उनले न्यायाधीशहरुलाई पनि वार्ताको रहर नगर्न भनेका छन् । पोखरेलले विहीवार विहानै सामाजिक सञ्जालमा वक्तव्य दिदै भनेका छन्, ‘सर्वोच्च अदालतका कर्तब्यच्युत हडताली न्यायाधीशसँग गैरकानूनी वार्ताको लागि आज १० बजे चोरबाटोबाट नेबाए अध्यक्षज्यू जाने भन्ने खबर आएको छ । नेबाए अध्यक्षलाई कार्यसमिति बैठक निर्णय विना गैरकानूनी वार्तामा सहभागी नहुन आग्रह गर्दछु । हडताली न्यायाधीशले पनि औपचारिकता ग्रहण पछि मात्र औपचारिक वार्ताको रहर गर्न आह्वान गर्दछु ।’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले कामु प्रधानन्यायाधीश तोकिनुपर्ने भन्दै गोला प्रक्रियाको विरोध गरेका थिए । | nepalpress.com |
2,250,965 | पाकिस्तानको बलुचिस्तानस्थित ग्वादर पोर्ट अथोरिटी कम्प्लेक्समा बुधबार केही हतियारधारीहरूले आक्रमण गरेका छन् । ग्वादर प्रशासनका अनुसार यस अवधिमा सात आक्रमणकारी र एक सुरक्षा अधिकारीको मृत्यु भएको छ। चरमपन्थी संगठन बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ र यो कारबाही संगठनको माजिद ब्रिगेडले गरेको जनाएको छ। ग्वादर प्रशासनले आक्रमणपछि कम्प्लेक्सलाई पूर्ण रूपमा खाली गराइएको जनाएको छ । ग्वादरका डिप्टी कमिश्नर मेजर (रिटायर्ड) औरंगजेब बदिनीले बीबीसी उर्दूलाई यस कारबाहीमा सात आक्रमणकारी मारिएको बताए। एक सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । बुधबार दिउँसो करिब ३:३० बजे ग्वादर पोर्ट अथोरिटी कम्प्लेक्सबाट विस्फोट र गोलीबारीको आवाज सुनिएको थियो, त्यसपछि सुरक्षा बलहरूले क्षेत्रलाई घेरा हालेका थिए। बलुचिस्तानमा यो वर्षको दोस्रो ठूलो आक्रमणमा माजिद ब्रिगेडको नाम बाहिर आएको छ । यसअघि २९ र ३० जनवरी २०२४ को राती माच शहरको प्रहरी चौकीमा आत्मघाती हमलाकारी सहित कैयौं चरमपन्थीहरूले आक्रमण गरेका थिए। यस अवधिमा सुरक्षा बलको कारबाहीमा तीन आत्मघाती बम आक्रमणकारीसहित कुल ११ चरमपन्थी मारिएका थिए। ग्वादर पोर्ट अथोरिटी कम्प्लेक्स एक महत्वपूर्ण सरकारी कार्यालय हो। यस कम्प्लेक्समा निर्वाचन आयोग र सुरक्षासँग सम्बन्धित निकायका कार्यालय पनि छन् । | dcnepal.com |
3,050,010 | चितवनमा करिब डेढ महिनाको अवधिमा आठ हजार ५०० भूकम्पपीडितको लगत सङ्कलन भएको छ । भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सुरु भएको पुनः लगत सङ्कलनका क्रममा आजसम्म जिल्लामा करिब आधा काम सकिएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिनुभयो । ‘डेढ महिनाको अवधिमा हामीले करिब आठ हजार ५०० को लगत सङ्कलन गरेका छौँं, आचार्यले भन्नुभयो पहाडी गाविसमा करिब करिब सकिएको छ, अब नगरक्षेत्रमा सङ्कलनलाई तीव्रता दिएका छौं ।’ त्यसमध्ये साँढे सात हजारको नामावली भने प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको उहाँले जानकारी दिनुभयो । चितवनको पहाडी– ८ गाविस र भरतपुर उपमहानगर तथा अन्य सात नगरपालिकामा लगत सङ्कलन भइरहेको छ । माघको पहिलो साताबाट यहाँ पीडितको नामावली सङ्कलन थालिएको थियो । फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा छन् । चितवनमा सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोक, काउले, चण्डिभञ्याङ र लोथर हो । टोलीले कम्युटरमा नै फर्म भर्ने, घरको र मानिसको समेत फोटो लिने र घरको अवस्थाको मूल्याङ्कन गरेर नामावली सङ्कलन गरिरहेको छ । इन्टरनेटको डिभाइससमेत उपलव्ध गराइएकाले हरेक दिनको प्रगति सिधैँ सिंहदरवार पठाउने व्यवस्था मिलाइएको आचार्यले जानकारी दिनुभयो । विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले बताउनुभयो । चितवन जिल्लामा १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् । पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रोचरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा नामावली सङ्कलन हुन्छ । अझै एक महिना सङ्कलन गर्न लाग्ने र चैतमा अन्तिम नामावली प्रकाशित गरिने जनाइएको छ । त्यसपछि सरकारले रु तीन लाखको राहत प्याकेज दिने छ । | newsofnepal.com |
3,746,868 | पछिल्लो समयमा विवादित बन्न पुगेको सूचनाप्रविधिसम्बन्धी विधेयकप्रति बैंकिङ क्षेत्रले पनि असहमति व्यक्त गर्न थालेको छ । आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रवधान रहेको भनी आलोचित यस विधेयकका केही दफाले बैंकिङ क्षेत्रलाई समेत गम्भीर प्रभाव पर्ने बताउँदै नेपाल बैंकर्स संघले अहिले उक्त विधेयकमार्फत बैंकिङ क्षेत्रलाई पर्ने असरका विषयमा आन्तरिक अध्ययन गरिरहेको छ । संघका अनुसार विधेयकको दफा ६८ र ८१ ले बैंकिङ क्षेत्रलाई अप्ठ्यरो पार्ने देखिन्छ । विधेयकको दफा ६८ मा विद्युतीय रुपमा गरेका सूचनाको आदानप्रदान, प्रशोधन तथा संचय गर्दा सम्बद्ध संस्थाले त्यसको गोपनियता कायम गर्नुपर्ने व्यवस्था छ । सोही दफाको उपदफा ३ मा सरकारी, सार्वजनिक, वित्तीय तथा स्वास्थ्यसम्बी निकायले तोकिएको विवरण विद्युतीय माध्यममा राख्दा नेपालबाहिर नजानेगरी सुरक्षित राख्नुपर्ने उल्लेख छ । बैंकहरुले विशेषगरी सोही दफामा नै असन्तुष्टि जनाएका हुन् । यो समाचार आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् । | emountaintv.com |
2,273,923 | धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए । साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरीदबिक्री भए । यस्तै सोमबार नेप्से झण्डै २४ अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३।९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीका २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीदबिक्री भए । यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुग्यो । मङ्गलबार कूल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरीदबिक्री भयो । बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरीदबिक्री भए । साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भयो । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । यस साता स्कटकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए । स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन् । | dcnepal.com |
809,576 | भारतीय नागरिक बलात्कार आरोपमा पक्राउ परेका छन्। ७० वर्षीयालाई बलात्कार गरेको आरोपमा भारत उत्तरप्रदेशका बहादुर यादव भनिने बहादुरलाल पासवान पक्राउ परेका हुन्। पासवानले गुलरिया–१० गोलपार्कस्थित गहुँबारीमा वृद्धामाथि बलात्कार गरेको जिल्ला प्रहरीले जनाएको छ । | ekantipur.com |
2,002,362 | नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रियसभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले जानकारी दिए। सो प्रतिनिधिमण्डलमा निकोलस अर्नेस्टो मादुरो गुयरा पनि सहभागी थिए। नेपाल र भेनेजुएला दुवै देशले संविधानसभाबाट संविधान निर्माण गरेको र समाजवादको दिशातर्फ अग्रसर भइरहेको हुँदा अन्तरराष्ट्रिय मञ्चमा साझा धारणा बनाएर ऐक्यबद्धताका साथ मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको सांसद बाँस्कोटाले जानकारी दिए। दुवै देशको आन्तरिक परिस्थिति र आगामी दिनमा सम्बन्ध विस्तार गरेर अघि बढ्ने सम्बन्धमा प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का सांसद सांसदसँग छलफल गरेको थियो । युवा सङ्घ नेपालको निमन्त्रणमा उक्त प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो । | kathmandupati.com |
2,531,312 | हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा पनि गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै ईयूले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गरेको हो । ‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार छ’, विज्ञप्तिमा उल्लेख छ । दर्ता भएको विधेयकको व्यवस्था अनुसार कार्यान्वयनमा ल्याउनु महìवपूर्ण हुने पनि ईयूले जनाएको छ । नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने ईयूले उल्लेख गरेको छ । खासगरी संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि ईयूले स्पष्ट पारेको छ । विज्ञप्ति अनुसार ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लो पटक भएका सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो यसले खुला गरेको छ । त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशक सहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ । सुरक्षा सूचीबाट बाहिरिएपछि सङ्घको हवाई सुरक्षा एजेन्सीबाट नेपालको मागका आधारमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउन सकिने विज्ञप्तिमा जनाएको छ । ईयूले नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि सुरक्षा सूचीमा राखेको थियो । आजको मा समाचार छ । | ratopati.com |
6,190,033 |
विश्व बैंकले सन् २०२१ सम्म नेपालको आर्थिक वृद्धिदर साढे ६ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गरेको छ । बैंकले नेपालको सेवा क्षेत्र, बढ्दो पर्यटन क्षेत्र र खर्चिने बानीले नेपाली अर्थतन्त्रको औसत विकास दर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । प्रक्षेपणअनुसार सन् २०२१ सम्म समग्र दक्षिण एसियामा आर्थिक वृद्धिदर घट्ने देखिएको छ । चालू वर्षमा नेपालको वृद्धिदर ७.१ प्रतिशत हुने अनुमान विश्व बैंकको छ । सन् २०२० र २०२१ मा नेपालको आर्थिक वृद्धिदर क्रमश ६.४ र ६.५ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ । सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ६.७ प्रतिशत थियो । विश्व बैंकले आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरे पनि सरकारले भने ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
| shilapatra.com |
3,139,416 | चर्चित साहित्यकार विलियम शेक्सपियरको कृति ‘किङ् लियर’ मा केन्द्रित रही निर्माण गरिन लागिएको चलचित्रमा हलिउड अभिनेता अल पासिनोले शीर्ष भूमिका निर्वाह गर्ने भएका छन् । वियोगान्त कृतिका रूपमा परिचित ‘किङ लियर’ का लागि अभिनेता पासिनोले निर्देशक माइकल ¥याडफोर्डसँग दोश्रोपटक सहकार्य गर्ने भएका हुन् । यिनीहरूले सन् २००४ मा शेक्सपियरकै कृतिमा निर्मित ‘द मर्चेन्ट अफ भेनिस’ मा समेत सँगै काम गरेका थिए ।
उक्त कृतिमा आफ्ना दुई छोरीलाई राज्य बाँडेपछि उनीहरूका कृत्यका कारण ‘किङ् लियर’ मा क्रमिकरूपमा आउने पागलपनको कथालाई समेटिएको छ । निर्देशक ¥याडफोर्डले भने, ‘लियर सबैका लागि एउटा लक्ष्य हो । पासिनो यसका लागि लामो समयदेखि प्रयास गरिरहेका थिए । यो भव्य छ । मेरो सोचाइमा पासिनोले यस्तो चुनौती चाहन्छन् किनकी उनी खतरनाक अभिनेता हुन् ।’ आगामी वर्षदेखि यो चलचित्रको छायांकन संयुक्त अधिराज्यमा गरिने निर्माण पक्षले जनाएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
1,870,230 | सरुवा भई अन्यत्र जाँदा र कतिपयमा दरबन्दी रिक्त भएका कारण ती केन्द्र चिकित्सकविहीन भएका हुन् । बाहुनडाँगी, बुधबारे, दुधे, बैगुनधुरा, शनिश्चरे, चकचकी र शरणामती गाविसमा आयुर्वेद स्वास्थ्य केन्द्र छन् । तीमध्ये पछिल्ला तीनमा छ महिनादेखि प्रमुख चिकित्सक ९कविराज० नै छैनन् । शनिश्चरेका युवा समाजसेवी चतुर्भुज काफ्लेले शनिश्चरे स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा केन्द्र नै सुनसान बन्न पुगेको बताए। उनले नियमित रुपमा केन्द्रबाट औषधोपचार गराइरहेका र निरास बन्दै फर्किने गरेका कतिपय निजी आयुर्वेद क्लिनिकतिर धाउन बाध्य भएको बताए । दरबन्दी बमोजिम आयुर्वेद कविराज र वैद्यलाई गाउँका केन्द्रमा छिटो पठाउने व्यवस्था मिलाउन स्थानीयवासीको माग छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख सकलदेव चौधरीले शाखामा चिकित्सकको अभाव रहेको स्विकार्दै एक हप्ताभित्र सबै शाखामा चिकित्सक उपलब्ध हुने आश्वासन दिए । उनले शरणामती र चकचकीमा दरबन्दी नै रिक्त भएकाले हालसम्म जिल्ला कार्यालयले नै सेवा प्रवाह गरिरहेको र बाँकी शाखामा सरुवा भएर कर्मचारी गएका कारण समस्या आएको राससलाई जानकारी दिए । | nepalihealth.com |
2,071,901 | सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट ६ जना एजेन्सी म्यानेजरहरू सिंगापुरमा सञ्चालन हुने विश्वव्यापी सम्मेलनमा भाग लिन गएका छन्। आव २०७९।८० मा उत्कृष्ट जीवन बिमा व्यवसाय गरेर एमडिआरटी हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरू विश्वव्यापी सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरू नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सीता भट्टराई र कल्पना बिष्ट रहेका छन्। एमडिआरटी भनेको अभिकर्ताहरूको विश्वव्यापी सञ्जाल हो। | nagariknews.com |
4,993,720 | विभिन्न चर्चित पूर्वेली लोकभाका गाएर आफुलाई लोक गायकको रुपमा स्थापित गरेका गायक घिमिरेले यो गीत पनि त्यत्तिकै कर्णप्रिय बनाएका छन्। गायक घिमिरेलाई यो गीतमा भानु ओली,रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन्।गीतमा भानु ओलीको संगीत रहेको छ।गीतको शब्द पनि भानुले नै तयार गरेका हुन्।यस अघि आफ्नो स्वरमा एक दर्जन गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेका गायक गँगाप्रसालले दर्शकको चाहना अनुसार यो नयाँ लोक भाका बजारमा ल्याएको बताए। अरुण उपत्यकाको लय भाकालाई सँकलन गरेर यो गीत तयार गरिएको छ।गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ।भिडियोलाई रोहित लाम्गाडेले निर्देशन गरेका छन् । भिडियोको छायाँकन पनि रोहितकै हो। भिडियोमा मोडलहरु सुवोध रसाईली र अन्जली माझीको अभिनय रहेको छ।सुवोध र अन्जली दम्पतीको रुपमा यो गीतमा प्रस्तुत भएका छन्। उनीहरुको मेलापातसँगैको निम्नबर्गिय जीवन शैलीलाई भिडियोमा प्रस्तुत गरिएको छ।ढल्कँदो उमेरसँगै मानिसको मुहारको लालज्योती घट्दै जाने र मानिसको बैंश संधै नरहने प्रसँग यो गीतमा प्रस्तुत गरिएको गायक गँगाप्रसाद घिमिरेले बताएका छन्। आधा दशकदेखि लोक गायनमा सक्रिय गँगाप्रसाद यतीबेला आफुले यो गीत र यसको भिडियोबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन्।उनी चाँडै अर्को नयाँ गीत पनि निकाल्ने तयारीमा छन् । | enepalese.com |
4,543,713 | बलिउड ‘स्टार-कपल’ रणवीर कपुर र आलिया भट्ट आज विवाह बन्धनमा बाँधिदै छन्। रणवीर र आलियाको विवाहलाई भारतीय फिल्म उद्योगकै सबैभन्दा बहुप्रतिक्षित मानिएको छ। आजको विवाह समारोहमा धेरै सेलिब्रेटीहरू उपस्थित भइरहेका छन्। उनीहरुको विवाह भारतीय सञ्चारमाध्यमका हेडलाइनमा छाएको छ। यो जोडीको नाम ट्वीटरमा ट्रेन्डिङमा छ भने सामाजिक सञ्जाल उनीहरुलाई दिइएको शुभकामनाले भरिएको छ। विवाहबारे अभिनेत्री समेत रहेकी रणवीरकी आमा नीतु सिंहले बुधवार पुष्टि गरेको । विवाह रणवीरको घरमा हुने बताइएको छ। उनीहरुको विवाद मुम्बईको एक आकर्षक र सम्पन्न बंगलामा हुँदैछ। रणवीर र आलियाले पहिलो पटक सँगै काम गरेको फिल्म ‘ब्रह्मास्त्र’ पनि यसै वर्ष सिनेमाघरमा रिलिज हुँदैछ। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहबारे मिडियामा पहिलै जानकारी भने सार्वजनिक गरिएको थिएन। बलिउड सुपरस्टार अमिताभ बच्चनले इन्स्टाग्राममा उनीहरूलाई शुभकामना दिएका छन्। यी जोडीका नजिकका साथी र ‘ब्रह्मास्त्र’का निर्देशक समेत रहेका फिल्म निर्माता आयान मुखर्जीले ‘उनीहरूले सुरु गर्न लागेका पवित्र यात्रा’ को शुभकामना दिए। फिल्म निर्माता करण जोहरले पनि ट्वीटरमा यो जोडीलाई शुभकामना दिएका छन् । | pahilopost.com |
774 | कतै पिच उप्किएर वर्षौंदेखि मर्मत नगर्दा खाल्डाखुल्डीको जोखिम मोलिरहेका हुन्छौँ । सडक विभाग र अन्य निकायले गर्ने सडक मर्मतमा किन यस्तो लापरबाही हुन्छ होला ? कतै पिचमाथि पिच सडक त कहीँ खाल्डाखुल्डी सडक किन हुन्छ भनेर हामीले सडक मर्मत गर्ने निकाय र अन्य निकायलाई गाली गरिरहेका हुन्छौँ । सडक विभागका इन्जिनियर भने सडकमा पिचमाथि पिच भएको कुरा मान्न तयार छैनन् । सडक विभागका प्रवक्तासमेत रहेका इन्जिनियर भीमार्जुन अधिकारीले अर्को पिच गर्न भएको पिच भत्किनैपर्छ भन्ने नहुने बताउँछन् । ‘सडक पिचमाथि पिच होइन, एकचोटि पिच गरिसकेपछि त्यो भत्किनैपर्छ भन्ने हुँदैन । सामान्यतया ४/५ वर्षसम्म मात्र पिचको अवधि हुन्छ, त्यो पनि ट्राफिकको चापअनुसार । निश्चित अवधिपछि त्यो ‘फिक्सन’ ले काम गर्दैन । गाडीको घस्रिने क्षमता हुन्छ, त्यसले काम गर्दैन । यीलगायत विभिन्न कारणले काम नगर्ने भएकाले एक तह पुनः पिच गरिन्छ,’ प्रवक्ता अधिकारीले भने । सडकको ‘सर्फेस’ वा फिक्सन कति बिग्रिन्छ भन्ने कुरा ट्राफिक चापमा निर्भर हुने उनी बताउँछन् । ‘जहाँ उच्च ट्राफिक चाप हुन्छ, त्यस्ता क्षेत्रका सडकमा पिचमाथि पिच हुने हुन्छ, जहाँ कम ट्राफिक हुन्छ, त्यहाँ धेरै वर्षपछि सडक पिच गर्दा पनि हुन्छ । पिच भत्केपछि नै पिच गर्ने भन्ने हुँदैन,’ उनले भने । सडक पिच गर्दा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर कत्तिको मजबुत र गुणस्तरीय छ भन्ने कुराले पनि सडकको आयु निर्भर गर्ने इन्जिनियर अधिकारी बताउँछन् । ‘कमसल निर्माण सामग्रीले छिट्टै सडकको पिच उप्किने र खाल्डाखुल्डी हुने गरेको देखिन्छ, पिच कति गर्ने भन्ने कुरा त्यसको क्षमताले निर्धारण गर्छ,’ उनी भन्छन् । काठमाडौँ उपत्यकाभित्रका बढी ट्राफिक चाप हुने सडकमा प्रायः पिचमाथि पिच गरेको देखिन्छ । तर, भित्री सडकमा ट्राफिक चाप कम पर्ने भएकाले लामो समयपछि मात्र पिच गर्ने गरिन्छ । लामो समय मर्मत र पिच नगरिँदा काठमाडौँका भित्री सडकमा खाल्डाखुल्डी देखिने गरेको छ । नेपाल टेलिकम, विद्युत् प्राधिकरण र खानेपानीलगायतले पाइप तथा तार बिछ्याउन सडक खन्ने, तर लामो समयसम्म पुर्ने र मर्मत गर्ने नगर्दा सडकको अवस्था कुरूप बन्ने गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सडक विभागले सडक मर्मत तथा सम्भारतर्फ ५ अर्ब २५ करोड रकम छुट्याएको छ । खास गरी पटके सडक मर्मत, आकस्मिक मर्मत सम्भार, आवधिक मर्मत सम्भारतर्फ सो बजेट खर्च हुने विभागले जनाएको छ । सडक विभागअन्तर्गत पर्ने ठुला र रणनीतिक सडकको मर्मत तथा सम्भार गर्ने गरेको विभागको मर्मत सम्भार शाखाका सिनियर डिभिजन इन्जिनियर विनोद भट्टराई बताउँछन् । खास गरी, बिग्रेका, भासिएका, टुक्रिएका र ओभरले गर्नुपर्ने सडकको आवधिक मर्मत सम्भार गर्नुपर्छ । कतिपय सडक मर्मतका लागि ठेक्का लागिसकेको र कतिपय सडक छेउछाउ सफा गर्ने र कतै पिच गर्ने कामसमेत भइरहेको उनले बताए । सरकारले बर्सेनि सडक मर्मत तथा सम्भारमा अर्बौं रकम खर्चिए पनि सडकको गुणस्तर अपेक्षित रूपमा सुध्रिन सकेको छैन । | canadanepal.com |
4,526,881 | काठमाडौः म्युजिक नेपालका म्यानेजर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले म्यानेजर उत्तम थापा (उज्जवल)लाई पक्राउ गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। फिल्म ‘मखमली’को गीत चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको हो। ‘गीत चोरी गरेको उजुरी परेपछि हामीले नियन्त्रणा लिएका हौं। थप अनुसन्धान भइरहेको छ‘, डिएसपी बोगटीले भने। धनमाया सिलवाल (सावित्री)ले गीत चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सिलवाल फिल्म मखमली–२ की निर्माता हुन् । | pahilopost.com |
1,303,311 | बुधबार रुपन्देही क्षेत्र नं.२ मा लोकतान्त्रिक बामगठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाणले ओली नेतृत्वको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका हुन्। गृहमन्त्री खाणले सत्तागठबन्धन लोकतन्त्र,संविधानको रक्षाका लागि बनेको बताउँदै यो गठबन्धन पवित्र भएको जिकिर गरे। उनले यो गठबन्धनले देशको विकास,सम्वृद्धि चाहेको बताउँदै औद्योगिक विकास,नागरिकलाई रोजगारीको वातारण सिर्जना गर्न पनि गठबन्धनले जित्नुपर्ने औल्याए। गृहमन्त्री खाणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने दाबी गरे। उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजाँदा नेपाल सरकारको खर्बौ रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताए। रुपन्देही क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका खाणले ओली नेतृत्वको अप्राकृतिक तालमेलले देशलाई दुघर्टनातर्फ लैजान सक्ने बताउँदै सबैलाई सचेत रहन आग्रह गरे। उनले विकासको हावादारी गफ लगाएर सम्वृद्धि नहुने भन्दै रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विस्तार गर्न गठबन्धन र आफू प्रतिबद्ध रहेको तर्क गरे । | annapurnapost.com |
5,651,891 | उनले यो सम्झौता औचित्यहीन र बेकार भएकोसमेत बताएका छन् । सन् २०१५ मा राष्ट्रपति बाराक ओबामासँग भएको सम्झौता अनुसार इरानले आफ्नो परमाणु हतियार कार्यक्रम बन्द गर्ने र अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने सम्झौता भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याह्युले अमेरिकाको यो निर्णयलाई समर्थन गरेका छन् । इरानले भने ट्रम्पको यो फैसलाको निन्दा गरेको छ । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाको यो फैसलाको प्रतिक्रिया दिँदै इरान अब युरेनियम उत्पादनमा लाग्ने बताए । उनले भनेका छन् ‘मैले इरानको अटोमिक इनर्जी अर्गनाइजेसनलाई आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहन निर्देशन दिएका छु । हामी औद्योगिक स्तरमै रसायनीक उर्जा र हतियार उत्पादन गर्न सुरु गरौँ ।’ राष्ट्रपति रुहानीले परमाणु सम्झौतामा समावेश भएका अन्य सहयोगीहरुसँग कुरा गर्नका लागि एक हप्ता पर्खने बताएका छन् । अमेरिकाले पनि इरानमा आर्थिक प्रतिबन्ध अहिले नै नलगाइहाल्ने र यसका लागि तीन महिना अथवा ६ महिना पर्खने बताएको छ । इरानसँगको पारमाणविक सम्झौता महत्वपूर्ण भएको भन्दै ब्रिटेन, फ्रान्स र जर्मनीले त्यसबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेका छन् । उनीहरूले अरू मुलुकले सम्झौता कार्यान्वयनलाई निरन्तरता दिँदा वाशिङटनले त्यसमा अवरोध पुर्याउने कदमहरू चाल्न नहुने पनि बताएका छन् । सन् २०१५ मा इरानले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्न सहमत भएपछि इरानको अमेरिका, बेलायत, फ्रान्स र रूससँग सम्झौता भएको थियो । सम्झौतापछि अन्तर्राष्ट्रिय समुदायले लगाउँदै आएका इरान लक्षित कैयौं आर्थिक प्रतिबन्ध फुकुवा गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आफूले व्यक्त गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिका सम्झौताबाट अलग हुने चेतावनी दिँदै आएका थिए । | ujyaaloonline.com |
677,469 | इस्लामावादः विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट पाकिस्तानमा सङ्क्रमितको संख्या १९ हजार नाघेको छ । पाकिस्तानी अधिकारीले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १९ हजार १०३ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४४० पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा ६ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा २ हजार ९०७ जना र बालुचिस्तानमा १ हजार १७२ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा १८ जना स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन् । विश्वभर संक्रमितको संख्या ३५ लाख ७ हजार नाघेको छ । जसमध्ये ११ लाख ३० हजार निको हुँदा २ लाख ४५ हजारले ज्यान गुमाएका छन् ।
भारतीय नेशनल कांग्रेसकाका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने भएका छन्।हालै सम्पन्न लोकसभा निर्वाचनमा राहुलले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरि दुई ठाउँबाट चुनाव जितेका उनले वायनाड क्षेत्र छाड्ने भएका हुन् ।
कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिए। यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो । अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनावमा उठाउने भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार अध्यक्ष खड्गेले भने-‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन् । कानुन अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन् । हामीले निर्णय गरेका छौँ कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गर्दै बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले द्वन्द्वको एक हिस्सा हमास भएको बताउँदै हमासको बिनास नभएसम्म युद्धको अन्त्य नहुने बताएका छन्।शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहपछि उनको यस्तो प्रक्रिया आएको हो ।
शनिबार, बाइडेनले इजरायललाई गाजामा पूर्ण युद्धबिरामका लागि नयाँ रोडम्याप प्रस्ताव गरिरहेको बताए। उनले युद्धबिराम तीन चरणको प्रस्तावमा छ हप्तादेखि गाजाको सबै क्षेत्रबाट इजरायली सेना फिर्ता हुने बताए।युद्धको अन्त्यसँगै सयौँ प्यालेस्टिनी कैदीको रिहाइको बदलामा महिला, वृद्ध–वृद्धा घाइतेलगायत धेरै बन्धकको रिहाइ हुने बाइडेनले उल्लेख गरेका छन् ।
बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय राजधानी पुल–ए–खुमरी, प्रकोप व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक हेदायतुल्लाह हमदर्दले बताए। विदेशी सञ्चारमाध्यमहरुले संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १५ सय भन्दा बढि घरहरुमा बाढिले क्षति पुर्याएको छ भने सयौंको संख्यामा हताहत भएको छ ।
तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीले २० जनाको ज्यान गएको र १४ जना घाइते भएको तखारको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख अहमद सर साजिदले शनिवार बताए । उनका अनुसार ३ सय घर, बिजुली र सञ्चार सेवामा गम्भीर क्षति पुगेको छ । | everestdainik.com |
3,394,189 | एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग आफ्ना ग्राहकले धाराको बिल अनलाइनमार्फत भुक्तानी गर्न सक्ने सम्झौता गरेको छ । | drishtinews.com |
948,796 | मूलपानी–३ मा पहिरो जाँदा त्यहाँका १५ घरधुरीलाई समस्या परेको छ । शनिबार अपरान्ह गाउँको सिरानबाट पहिरो खसेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका हुन् । पहिरोका कारण तीनवटा घरमा क्षति पुगेको छ भने १५ घर जोखिममा परेका छन् । बेलुका अबेरसम्म पहिरो खस्ने क्रम नरोकिएपछि विस्थापितले छिमेकी गाउँमा शरण लिएका छन् । गत वर्षको भूकम्पका कारण यो गाउा पहिरोको उच्च जोखिममा परेको थियो ।घटनाको विवरण बुझ्न प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । | ekantipur.com |
720,969 | आर्थिक वर्ष २०७७, ०७८ को बजेटले नेपालको समृद्धिका लागि निर्माण क्षेत्रमा युवा परिचालनको नीति लिनुपर्ने देखिएको छ । निर्माण उद्योगलाई टिकाउन बजेटमार्फत सहुलियत कर्जाको व्यवस्था गर्न व्यवसायीको माग छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनपछि अहिले विकास निर्माण क्षेत्र ठप्प प्रायः छ । ५ प्रतिशत निर्माणको कामसमेत हुन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार कडाउनका कारण मुलुकका करिब ५ हजार आयोजना मध्ये २० भन्दा मात्र संचालनमा छन् । ती आयोजना पनि १० देखि १५ प्रतिशत क्षमतामा मात्र संचालित छन् । सबै कार्य ठप्प हुँदा निर्माणमा संलग्न २० लाखले रोजगारी गुमाएका छन् ।त्यसैले आगागी आर्थिक वर्षको बजेटले बेरोजगारी समस्या समाधान गर्न केन्द्रित त गर्नुपर्नेछ । समृद्धिका लागि युवा परिचालनको योजना ल्याउनुपर्नेछ ।लकडाउनका कारण करिब ५ लाख दक्ष र अर्धदक्ष भारतीय मजदूर काममा नफर्केसम्म निर्माणका थप काम समेत अगाडि बढाउन कठिन हुने उहाँको भनाई छ । व्यवसायीका अनुसार ३ खर्ब ४१ अर्बको बैंकको लगानी जोखिममा छ । व्यवसायीलाई ब्याज र किस्ता कसरी तिर्ने भन्ने चिन्ता छ । त्यहीकारण सरकारले सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने व्यवसायीको माग छ । निर्माण कार्य अगाडि बढाउन देखिएका बाधक विषयलाई सरकारले सहज बनाइदिनुपर्ने निर्माण व्यवसायीको भनाई छ । | brtnepal.com |
3,447,896 | नेकपा एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि यो पहिलो केन्द्रीय कमिटी बैठक हो । आज भन्दा ३१ वर्ष अगाडि अर्थात २०४७ सालमा नेकपा एमाले स्थापना भएपछि निरन्तर नेतृत्वमा रहँदै आएका वरिष्ठ नेता नेपाल एमालेका सबै बैठक तथा कार्यक्रमहरुमा मञ्चको अग्रस्थानमा देखिन्थे । तर, पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेता नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् । तीन दशकपछि नेता नेपाल अब नेकपा एमालेको मञ्चमा देखिने छैनन् । एमाले गठनदेखि देशकै सबैभन्दा ठूलो दल बनाउन भूमिका निर्वाह गरेका माधवकुमार नेपालविहीन एमाले बैठकलाई तस्बिरमा हेरौं । काठमाडौं । प्रतिपक्षी बेच्नमा हुँदा नेपाली काँग्रेसले सबैभन्दा बढी उठाएको विषय हो– सहकारी प्रकरण । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । | drishtinews.com |
3,259,457 | हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे विदा सकिएपछि फागुनको सुरूवातसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिए । उनका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए । यसवर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उनले बताए । ‘यसवर्ष यहाँ हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ’, प्रमुख चपाईंले भने । विगतका वर्षमा जिल्लामा मङ्सिरमा वार्षिक परीक्षा सकेर हिउँदमा चिसो छल्न बेँसी झर्ने प्रचलन थियो । गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उनले बताए । पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ । फागुन १ गतेदेखि सदरमुकाम चामे र नासों गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको चपाईंले बताए । उनका अनुसार जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरे पनि अधिकांश विद्यालय फागुन १ गतेदेखि नियमितरुपमा सञ्चालन भएका छन् । माथिल्लो मनाङमा भने अझै विद्यालय खुलाउनसक्ने अवस्था नरहेको उनले बताए । माथिल्लो मनाङमा बढी चिसो हुने हुँदा यस क्षेत्रका बासिन्दा जिल्ला नफर्किंदा केही ढिलो गरी कक्षा सञ्चालन हुने उनले बताए । सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय आवासीयरुपमा सञ्चालन भएको छ । हिमाली क्षेत्रमा विद्यालय टाढाटाढा हुँदा समस्या हुनाका साथै विद्यार्थीलाई जिल्लामा नै टिकाउन आवासीयरुपमा सञ्चालन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । ‘विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या हुँदा विद्यार्थी घट्न थाले, जिल्ला बाहिर अभिभावकले बालबालिका राखेर पठनपाठन गराउनुपर्ने अवस्था सिर्जना हुँदा यस समस्याको समाधानका लागि आवासीय बनाएका हौँ, आवासीय बनाएपछि विद्यालयमा विद्यार्थी राम्रै छन्’, अध्यक्ष घलेले भने । सङ्घीयता कायम भएपश्चात् चामेका पाँच विद्यालयलाई एकीकृत गरी आवासीय बनाइएको उनले बताए । जिल्लाका लोकप्रिय माध्यमिक विद्यालय र तिमाङस्थित गौरीशङ्कर आधारभूत विद्यालयमा आवासीयरुपमा पठनपाठन भइरहेको छ । चिसो बढी भए पनि विद्यार्थीलाई वार्षिक परीक्षामा सकस हुन्छ भनेर पठनपाठन सुरु गरिएको गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताए । त्यस्तै थोंचेको प्रकाशज्योति माध्यमिक विद्यालय र तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा नियमितरुपमा पठनपाठन सुरु भएको छ । भानु माध्यमिक विद्यालयमा बाढीका कारण जोखिम बढ्दा विद्यार्थी घटेका नासोँ–१ का वडाध्यक्ष मिनरासी गुरुङले बताए । ‘गत वर्ष विद्यालयमा बाढी पस्दा यहाँ विद्यार्थी घटेका छन्, बाढीको जोखिम भएपछि विद्यार्थी पढ्न बाहिरी जिल्लातर्फ गएको पाइएको छ’, अध्यक्ष गुरुङले भने । जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएको उनले बताए । तालगाउँमा जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएपछि यहाँका स्थानीयले आवास निर्माण तथा मर्मत गरेपछि बसोबास गर्न थालिएको उनले बताए । यसवर्ष हिमपात नभए पनि चिसो बढी नै छ । फागुन लागे पनि चिसो अझैँ घटिसकेको छैन । यसले गर्दा माथिल्लो मनाङका विद्यार्थी, शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन् । चिसोका कारण अधिकांश स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर नै छन् । माथिल्लो मनाङ क्षेत्रका शिक्षक, विद्यार्थी जिल्ला भित्रिने क्रम रहेका चपाईंले बताए । माथिल्लो मनाङका बासिन्दा जिल्ला आउन ढिला गर्दा शिक्षक तथा कर्मचारीसमेत चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीय बताउँछन् । विद्यार्थी र अभिभावकसँगै कर्मचारी तथा शिक्षक समयमै गाउँ आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ । | nepalijanta.com |
5,912,478 | काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित हुने सबै नागरिकको परीक्षण र उपचारको दायित्वबाट सरकार विमुख नहुने बताएका छन्। शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले महामारीमा जनताको जीवन रक्षा नै सरकारको पहिलो दायित्व हुने बताए।प्रधानमन्त्री ओलीले महामारीमा विभिन्न अफवाह चल्ने गरेको भन्दै महामारीमा राज्यले सबै नागरिकको सहयोगको अपेक्षा गरेको पनि बताएका छन्। उनले उपचारमा सबै नागरिकको समान उपचारमा पहुँच पुर्याउने गरी काम गरिएको पनि दावी गरेका छन्। निजी अस्पतालमा नागरिकले आफैँले आफ्नो उपचार गराइरहेको भन्दै उनले यसले राज्यलाई सहयोग गनै गर्ने पनि बताए। प्रधानमन्त्री ओलीले मान्यजनसँग टिका ग्रहण गर्दा सजग हुन आग्रह गरेका छन्। दसैंको मुखमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको भन्दै उनले सजग भएर चाडपर्व मनाउन आग्रह गरे । | khabarhub.com |
2,851,443 | जसको फलस्वरूप नेपाली कांग्रेसका संस्थापनइतर नेताहरू छलफलमा जुटेका छन् । त्यसरी छलफलमा जुट्नेहरूमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत छन् । यसअघि सिटौला र रामचन्द्र छुट्टाछुट्टै (प्यानल) बनाएर महाधिवेशनमा प्रतिश्पर्धा गरेका थिए । पौडेल र सिटौला पक्ष संस्थापन पक्ष बहुमतका बलमा आफूहरूलाई पेलेर जाने मनस्थितीमा रहेको निस्कर्षमा पुगेका छन् । महासमिति बैठकको म्यान्डेटविपरित केन्द्रिय समितिले बहुमतको आधारमा निर्णय गर्नुलाई उनीहरूले सोही रूपमा अर्थ्याएका छन् । उता, कांग्रेस केन्द्रीय समितिको उक्त निर्णयप्रति जिल्ला सभापतिहरू पनि असन्तुष्ट देखिएका छन् । कांग्रेसका ५६ जिल्ला सभापतिले केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय सच्याउन माग गरेका छन् । उक्त निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउन उनीहरूले माग गरेका छन् । अर्कातर्फ जिल्ला सभापतिहरूले केन्द्रीय समितिले गरेको निर्णय सच्याउन माग गरेको भोलीपल्टै संस्थापन पक्षइतरका नेताहरू छलफलमा जुटेका हुन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा भएको उक्त छलफलमा पौडेल, सिटौला, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, कमला पन्त, मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायतका नेताहरू सहभागी थिए । | newskarobar.com |
1,814,427 | इलाम-२ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ४ हजार ९ सय ८६ मतान्तरले अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १३ हजार ९ सय मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९ सय १४ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा थेगिम र खड्काबीच प्रतिस्पर्धा भइरहेको छ । तर, अहिले खड्काले मतान्तर बढाएका छन् । र, रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३४ हजार २६ सदर मतगणना भएको छ । | nepalviews.com |
537,097 | भारतले यसअघि टिकटकसहितका ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएसँगै चिनियाँ एप प्रयोग गरिरहेका भारतीय र दक्षिण एशियाली क्षेत्रमा बस्ने मानिसहरुको सञ्चार सम्बन्ध विच्छेद भयो । उनीहरुले सञ्चार सम्बन्धमा पुनः जोडिनका लागि विच्याटमार्फत वैकल्पिक सम्पर्क सूत्रको जानकारी गराएका छन् । प्रतिबन्ध लगाएको विच्याटमा राखिएको एक पोस्टमा लेखिएको छ,’यदि भारतले वास्तवमै विच्याट्मा प्रतिबन्ध लगायो भने तपाईले मलाई एलिपेमा भेट्नसक्नुहुन्छ ।’ भारतले प्रतिबन्धको घोषणा गरेको केही दिनमै गुगल प्लेस्टोर र एप्पल प्लेस्टोरले सबै ५९ वटै एपहरु हटाएको थियो । जसमा १० करोड भारतीयहरुले प्रयोग गरिरहेको टिकटकलाईसमेत प्लेस्टोरले भारतका लागि हटाएको थियो। यससँगै भारतले टिनसेन्ट्स, विच्याट, सिना, विबो, बाइडु र अलिबाबा युसी ब्राउजर लगायत ५९ वटा एप्स प्रतिबन्ध लगाएको हो । पछिल्लो केहि समय यता भारतले फेरी पब्जी गेम सहितका ३९ वटा एप मा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त प्रतिबन्धले प्रयोगकर्तालाई वैकल्पिक उपाय सोच्नमात्र बाध्य मात्र पारेन, यद्यपी चिनियाँ टेक कम्पनीहरुलाई पनि वैकल्पिक माध्यमका बारेमा पुनर्विचार गर्न बाध्य बनाएको छ । चीन १.३९ बिलियनपछिको सर्वाधिक १.३५ बिलियन जनसंख्या भएको भारतमा चिनियाँ एपहरु प्रतिबन्ध हुँदा चिनियाँ टेक कम्पनीहरुले ठूलो क्षति व्यहोर्नुपरेको छ। भारत र इन्डोनेसियाका युवाहरुबीचमा चिनियाँ टेक कम्पनीका उत्पादनहरु निकै लोकप्रिय बनेका थिए चीन-भारतबीच जुन १५ को राति पूर्वी लद्दाखको गलवान भ्यालीमा हिंसात्मक झडप भएपछि भारतले उक्त झडपको प्रतिकारस्वरुप चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । हाल चिनियाँ कम्पनीहरुले वैकल्पिक एपहरुको बारेमा पुनर्विचार गर्दै भारतीय बजारलाई फेरी हातमा लिने रणनीति बनाइरहेका छन् । जुन १५ मा भएको झडपमा २० भारतीय सेना मारिएका थिए भने चीनले आफ्नोतर्फ मारिएका सेनाको बारेमा सार्वजनिक गरेको थिएन । | lokpath.com |
2,279,495 | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्विकार गर्दै बैंक तथा बित्तिय संस्थाबिरुद्धको आन्दोलनलाई नरोकिने भएको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन्। गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरे पछि उद्योग बाणिज्य महासंघले बैंक तथा बित्तीय संस्थाको ब्याजदर बिरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो। तर महासंघले फिर्ता लिएको जनाएपनि ४२ वटा ब्यापार संगठन आबद्ध बैंकको ब्यादर बिरुद्ध मुल संघर्ष समितिले भने ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन्। ‘बैक तथा बित्तीय क्षेत्रले केही महिना अघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखि १८ प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको’ उल्लेख गर्दैै बैकिङ आतंक बिरुद्ध आन्दोलन जारी रहने जनाएका हुन्। संघर्ष समितिले उद्योगी ब्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघकाे निर्णय प्रति पनि आपत्ति जनाएका छन्। ‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समुहले सम्पूर्ण उद्योग ब्यावसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहन्छौं, संघर्ष समितिको शान्तिपूर्ण बिरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं।’ सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेकाे संयुक्त संघर्ष भनाइ छ । | dcnepal.com |
5,169,458 | ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो। उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएकाे रिसमा एसिड छ्यापेकाे उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्। बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले काेठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए। ट्वाइलेट सफा गर्ने एसिड छ्यापेको पाइएको एसएसपी थापाले नेपालखबरलाई जानकारी दिए। पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। उनी हायात होटलको अकाउन्ट शाखामा कार्यरत कर्मचारी हुन्। बाफलमा जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा उनलाई तेजाब छ्यापिएको थियो। प्रहरीका अनुसार उनको गालामा एसिड लागेको छ। उनको अवस्था सामान्य नै छ। पीडितले एसिड छ्याप्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन्। घटनालगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई पक्राउन गर्न प्रहरी सफल भएको हाे। उनीहरूविरुद्ध अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए । | nepalkhabar.com |
1,737,607 | लाइन बस्न’ भनेकै भरमा पर्यटन मन्त्रीले पदको दुरूपयोग गरेर बिना कसुरका सुरक्षागाडलाई पक्राउ गराएकाे उनीहरूको आरोप छ। मन्त्रीलाई पनि सामान्य मानिसको जस्तै नियम लागू हुने भन्दै लाइनमा बस्न आग्रह गरेपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई अभद्र व्यवहारको मुद्दा चलाइने काठमाडौं प्रहरीले जनाएको छ। आइतबार ठमेलस्थित छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टरमा श्रीमतीसहित पुगेका मन्त्रीलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेपछि पक्राउ गरिएको हो। स्रोतका अनुसार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारी कोषको खर्चबाट आफ्नी श्रीमतीसहित केही कार्यकर्तालाई क्यानाडा घुम्न लैजाने तयारी गरिरहेका थिए। त्यसैको सिलसिलामा उनी भिसाका लागि छायाँ सेन्टर पुगेका थिए । ग्लोबल भिसा सेन्टरले क्यानडा, जापानसहित युरोपका धेरै देशको भिसा प्रक्रिया अघि बढाउँदै आएको छ। सेवा लिन आउने सबै सेवाग्राहीलाई समान व्यवहार गर्दै लाइनमा राख्दै आएको छ। आइतबार दिउँसो पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै भिसा आवेदन भर्न त्यहाँ पुगे। झन्डा हल्लाउँदै सरकारी गाडीमा गएका उनी भिसा सेन्टरको प्राङ्गणमा ओर्लिए। पिएसओलाई साथै लिएर हिँडेका मन्त्री श्रेष्ठलाई भिसा आवेदन दिनुपर्ने थियो। उनी लाइन मिच्दै अगाडि जान खोजे। एउटा कार्यक्रममा लागि भन्दै ६/७ जनासहितको टोली क्यानडा पठाउनको लागि आफैँ त्यहाँ गएका थिए। लाइन मिचेर नआउन भन्दै सुरक्षागार्डले मन्त्री श्रेष्ठलाई रोकेका प्रत्यक्षदर्शी बताउँछन्। मन्त्रीले आफ्नो परिचय दिँदै भनेकाे कुरा प्रत्यक्षदर्शी भन्छन् ‘‘म मन्त्री हुँ भाइ, मलाई लाइन बस्न लगाउने?’’ मन्त्री भन्ने थाहा पाएपछि पनि सुरक्षागार्ड गुरुङले लाइनमै बस्न आग्रह गरे। ‘‘मन्त्री त के कुरा प्रधानमन्त्री नै आए पनि लाइनमा बस्नुपर्ने नियम छ। तपाईं पनि लाइनमा बस्नुहोस्, अरू जनताको पनि महत्त्वपूर्ण काम हुन्छ,’’ भन्दै सुरक्षागार्डले मन्त्रीलाई रोके। आफूमाथि अपमान गरेको भन्दे मन्त्री श्रेष्ठ गार्डसँग झोक्किए। ‘‘लाइन मिचेर अघि बढेका मन्त्री श्रेष्ठ गार्डलाई ठेल्दै मन्त्रीजस्तो मान्छेलाई रोक्ने भन्दै भित्र छिरे’’ एक जना लाइनमा बसेका व्यक्तिले भने। मन्त्री श्रेष्ठ भिसा सेन्टर छिरेपछि भिसा आवेदन भरे। त्यहीबाट आफूलाई सुरक्षागार्डले रोकेको भन्दै पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए। लगतै प्रहरी वृत्त दरबारमार्गको टोली छायाँ सेन्टर गयो। त्यसपछि सुरक्षा गार्ड गुरुङलाई पक्राउ गरेको छ। ‘अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी छ’ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए। प्रत्यक्षदर्शीका अनुसार सुरक्षागार्डले मन्त्री श्रेष्ठमाथि कुनै अभद्र व्यवहार गरेका थिएनन् । आफूलाई ‘लाइन बस्न’ भनेकै भरमा उनले पदको दुरूपयोग गरेर बिना कसुरका सुरक्षागाडलाई पक्राउ गराएकाे उनीहरूको आरोप छ। सुरक्षाकर्मचारी को फोटो उप्लबध्द गराइ दिनु होला । | nepalviews.com |
1,717,691 | आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७, निर्जीवन बीमा समूह शून्य दशमलव ५३ र व्यापार समूह एक दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव ३० र बैंकिङ समूहको उपसूचक एक दशमलव १० प्रतिशतले बढेको छ । आज एनआइबिएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ५३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको रू चार करोड ६२ लाख ६९ हजार दुई सय ४८ बराबरको एक लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ । वि.सं.२०८० असोज ३० मंगलवार १६:१३ मा प्रकाशित काठमाडौँ । | sansarnews.com |
1,189,974 | विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ आत्मनिर्भर बन्दै गएको छ । परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा आलुखेती गर्न थालेका हुन् । जिल्लाको बडिकेदार गाउँपालिका–५ थानकोटका किसान दिल्ली मल्लले आलु खेतीबाट निकै आम्दानी गरेका छन् । उनी हिउँदे र बर्खे गरी दुवै याममा रु दुई लाख बराबरको आम्दानी गर्दै आएको बताउँछन् । ‘धान,गहुँ र तोरी खेतीले खासै आम्दानी हुँदैनथ्यो,’ मल्लले भने, “आलु खेती गर्न थालेपछि यहाँका किसानले निकै आम्दानी गरेका छन् ।” जिल्लाको जोरायल गाउँपालिका–६ दहका किसन गोपाल साउदले ४० रोपनी जमिनमा लगाएको आलु खनि सकेका छन् । काडिन्ल नामको रातो आलु ६० क्विन्टल फलेको र उक्त आलु प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको उनको भनाइ छ । एकै याममा करिव रु दुई लाख चालिस हजार बराबर आम्दानी भएको साउद उल्लेख गरे । कृषि ज्ञान केन्द्रबाट चक्लाबन्दी आलु खेतीका लागी ५० प्रतिशत अनुदान तथा प्राविधिक सहयोगमा आलुको बीउ ल्याएर लगाइएकामा पानी नपरेकाले खासै उत्पादन नभएको गुनासो उनले गरे । आलु उत्पादनलाई उपभोक्तामुखी बनाउँदै किसानले सहज बनाउँदै लगेको बडीकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र शाह बताउँछन् । हिउँदे र बर्खे बालीका रूपमा आलुखेती गरी उक्त गाउँपालिकाका प्रत्येक किसानले रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । जिल्लामा पछिल्लो समय आलु खेती गर्ने किसान निकै बढेकाले किसानलाई समयमै बीउ बिजन, मल, कृषि औजारलगायत समस्या भएकाले स्थानीय तह , सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी उपलब्ध गराउन पहल गरिने प्रमुख पनेरुले बताए । गत आर्थिक वर्ष २०७७/७८ मा दुई हजार नौ सय पाँच हेक्टर जमिनमा लगाएको आलु ३३ हजार छ सय ६६ मेट्रिटन उत्पादन भएको थियो भने यस वर्ष तीन हजार चार सय ३३ हेक्टर जमिनमा लगाएको आलु ४० हजार पाँच सय ५८ मेट्रिकटन उत्पादन भएको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको सायल गाउँपालिका, पूर्वचौकी गाउँपालिका , दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकालाई आलु पकेटको रूपमा छनोट गरी आलु खेती गरिँदै आएको उक्त केन्द्रले जनाएको छ । रासस भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ । | bhaktapurpost.com |
3,071,588 | जनताले राम्रैसँग न्याय गरेका छन् । यसलाई धाँधली ठान्नु र जनताले अन्याय गरेको भन्नु जनमतलाई अस्वीकार गर्नु हो । अब निर्वाचनमा भाग लिएका दलहरूले निर्वाचनमा धाँधली भयो भन्न छाडेर पराजित दलका नेताहरूले आत्मसमीक्षा गर्न थाल्नुपर्छ । किनकि पराजयका कीटाणु आफैंभित्र रहेका छन् ।
जनताले जे निर्णय गर्छन् अत्यन्त विवेकपूर्ण ढंगले गर्छन् किनकि जनता विवेकी छन् र लोकतान्त्रिक पद्धतिमा नेताहरूलाई न्याय दिने उनीहरू नै हुन् । अहिले मधेस केन्द्रित दलका नेताहरूलाई मधेसी जनताले नराम्रो सवक सिकाएका छन् । अब मधेसी नेताले आफूले विगतमा गरेका कार्यको समीक्षा गरेर सच्चिनुपर्छ । विगतमा दिक्क लाग्दो गरी सत्ताको खेलमा मधेसी नेता रुमलिएकै हुन् । आफ्ना मुद्दा स्थापित गर्न छाडेर सत्ता भए पुग्ने नेतालाई यसपटक मधेसका जनताले रुचाएनन् । कोसँग नजिक रहने र कोसँग टाढा रहने भन्ने कुरा राजनीतिमा आफ्ना एजेन्डा कोसँग मिल्छ भन्ने कुराले निक्र्याेल गर्छ । मधेसकेन्द्रित दलका नेताले त्यो कुरा नबुझेकै हो । कांग्रेस, एमाले र एमाओवादी जोसुकैको सरकारमा समावेश नभई बाँच्नै नसक्ने नेताले आफ्नो एजेन्डा बिर्सिएकै हो । मधेसी जनताले निकै धेरै विश्वास गरेका थिए । मधेस आन्दोलनको भावनालाई बिर्संदैनन् भन्ठानेका थिए तर नेताहरूले मधेसी जनताको भावनामा चोट पुर्याउँदै सत्ताकै लागि आफूहरू आएको सम्झिए । जसलाई जनताले रुचाएनन् र अहिले सवक सिकाए । यसलाई पाठका रूपमा लिएर उनीहरू सच्चिनु जरुरी छ ।
पहाडदेखि तराईसम्मका जनताले जातको कुरा गर्ने र क्षेत्रको कुरा गर्नेलाई स्विकार्न नसकेकै हो । यसले भविष्यमा राष्ट्रिय दलहरू मात्र रहनेतर्फ औँल्याएको छ । यस निर्वाचनबाट आएको जनमतलाई हेर्ने हो भने लोकतान्त्रिक संविधान निर्माण गर्नै पर्ने दबाब जनताले दिएका छन् । अतिवादी, यथास्थितिवादी, क्षेत्रीयता र जातीय मुद्दाको विपक्षमा नेपाली जनता रहेको पनि अब विश्लेषण गर्न सकिन्छ । हार र जितलाई सहज रूपमा स्वीकार गर्ने हो भने एमाओवादी र मधेसकेन्द्रित दलहरूले आफ्ना अतिवादी हठहरू त्याग्नुपर्छ । अन्यथा कसैले पनि विश्वास नगर्ने अवस्था आउन सक्छ । निर्वाचनको परिणामले यसैको पुष्टि गर्छ ।
राजधानी काठमाडौंका सुकिलामुकिला जनताले मात्र होइन, दुर्गम जिल्लाका विकट गाउँका झुपडीमा बस्ने झुत्रेझात्रे जनताले पनि विश्वास नगर्ने विषय नेतृत्वमा बस्नेहरूले उठाउनु हुँदैन । मानिस ‘मानिस’ नै हुनुपर्छ । महामानव बन्ने हो मानिसले मानिस ठान्दैनन् । निर्वाचनको परिणामले यही कुरा अभिव्यक्त गरेको छ । पराजित हुनेहरूले दिएको अभिव्यक्ति सुन्दा लाग्छ उहाँहरू आफूलाई महामानव ठान्दै हुनुहुन्थ्यो । जनताले त्यो रुचाएनन् । मानिस नै बन्न अभिमत दिए । यसलाई अन्यथा रूपमा लिनु हँुदैन । आफूबाट भएका कमी–कमजोरीलाई मिहिन पाराले केलाउने र सुधार गर्ने हो भने भविष्यमा जनताले पुन: विश्वास गर्नेछन् । जनता सधँै विपक्षमा रहँदैनन् र इख पनि लिँदैनन् । राष्ट्रका नेता हुन चाहनेले सोच्न सक्नुपर्छ । जनतासँग जो नजिक हुन्छ जनताकै मुद्दा बोकेर हिँड्छ उसले जनताबाट कहिल्यै हार्नु पर्दैन । अहिले जनताबाट टाढिएका र जनचाहनाविपरीतका मुद्दा बोक्नेहरू मात्र पराजित भएका छन् । बाकस साटेको पनि होइन र धाँधली भएको पनि छैन । जनताले नपत्याएको मात्र हो । अब पत्याउने र गर्न सक्ने मात्र बोल्ने गर्नुपर्छ । जनताको विश्वास आर्जन गर्न जनताकै काम गर्नुपर्छ अनि मात्र जनताले विश्वास गर्नेछन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
4,875,958 | नेकपा एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ। ललितपुरको सानेपामा रहेको एक पार्टी प्यालेस विहान ११ बजेदेखि भेला सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणपत्र माथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ। भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने बताईएको छ । सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरुको पद खोसेपछि एमाले विभाजित भएको छ। ओली र नेपाल–खनालपक्षबीच संवादको थालनी गरिएपनि निरन्तरता पाउन नसक्दा एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ। भोलिसम्म चल्ने भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ। यसैबीच ओली पक्षले भने खनाल–नेपालले बोलाएको भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै अनाधिकृत र गुटगत भेला नगर्न नगराउन र त्यसमा सहभागी नहुन निर्देशन दिएका हुन् । | kathmandupress.com |
3,208,083 | काठमाडौं : एमाले नेता केपी ओलीले स्वतन्त्र व्यक्तिको सहमतीय सरकारले चुनाव गर्न नसक्ने बताएका छन् । सातौँपटकको समय–सीमाको अन्तिम दिन शुक्रबार राष्ट्रपति र कांग्रेस सभापतिसँगको छुट्टाछुट्टै भेटपछि नेता ओलीले स्वतन्त्र व्यक्तिले सरकारको नेतृत्व गरेर राजनीतिक सहमति नजुट्ने बताएका हुन् ।
म्याद सकिने अन्तिम दिन शुक्रबार राजनीतिक निकासका प्रक्रियाबारे ओलीसहितका नेता कांग्रेस सभापति सुशील कोइरालालाई भेट्न महाराजगन्ज पुगेका थिए । ओलीको टोलीमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए । राष्ट्रपति डा. रामवरण यादवले दलहरूको मागबमोजिम नै सहमतिमा प्रधानमन्त्री चयन गर्न सातपटकको समय दिइसकेका छन् ।
छलफलपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिसँग भेटमा एमाले नेता ओलीले स्वतन्त्र व्यक्तिले सरकारको नेतृत्व गर्दा चुनाव हुनै नसक्ने बताएको जानकारी दिए । सिटौलाका अनुसार ओलीले सहमतिबाट भाग्दै अनेक विकल्पमा नाममा स्वतन्त्र व्यक्तिको नेतृत्व भनेर एमाओवादीले हास्यास्पद प्रस्ताव ल्याएको बताएका थिए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
5,401,855 | बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिवार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । | gorkhapatraonline.com |
4,936,834 | अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हदप्रद सेयर बिक्री अनुमतिको लागि आवेदन पेस गरेको थियो । आवेदन अनुसार कम्पनीले एक करोड आठ लाख ६० हजार कित्ता हदप्रद सेयर निष्कासन गर्न लागेको हो । धितोपत्र बोर्डको फागुन २६ गतेको निर्णयले अपि पावर कम्पनीलाई १०:३.९३ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो । बोर्डको अनुमतिसँगै कम्पनीले अब तोकेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले छिट्टै हदप्रद सेयर जारी गर्नेछ । यसअघि कम्पनीले गत जेठमा २९.३८ प्रतिशत हदप्रद सेयर जारी गरेको थियो। कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाइसकेको छ । | rajdhanidaily.com |
1,358,743 | रंगीबिरगी पहिरनमा सजिएका लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति हातमा प्लेकार्ड र ब्यानर बोकेर हिँडिरहेका थिए। चिटिक्क परेका उनीहरू आकर्षक देखिन्थे। कोही बेहुलीको भेषमा थिए त कोही स्थानीय भेषभूषामा। सम्मान र मर्यादासहितको सबल समुदाय लेखिएको ब्यानर बोकेर उनीहरूले शुक्रबार ‘प्राइड डे’ अर्थात् ‘गौरवको दिन’ मनाएका छन्। १९औं नेपाल गर्व दिवस तथा गाईजात्रा उत्सवपछि टँुडिखेलमा भव्य सांगीतिक कार्यक्रम भएको थियो। लंैगिक तथा यौनिक अल्पसंख्यकले आयोजना गरेको गाईजात्रा महोत्सव तथा प्राइड कन्सर्टमा महिलामन्त्री उमा रेग्मी, नेपालका लागि अमेरिकी राजदूत र्यान्डी वेरी, अमेरिकी विशेष दूत जेसिका स्टर्न, ब्ल्यू डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङलगायतले सम्बोधन गरे । लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको मानवअधिकार संरक्षणका लागि स्थापना भएको ब्ल्यू डाइमन्ड सोसाइटीले हरेक वर्ष गाईजात्राको अवसर पारेर ‘प्राइड डे’ मनाउने गर्छ। यो समुदायबाट वर्षभर मृत्यु भएका आफन्त तथा साथीको सम्झनामा १९ वर्षअघि मनाउन सुरु गरिएको हो। अमरिकी राजदूत वेरीले लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिले समाजमा खुलेर बाँच्ने अवस्था बन्न र उनीहरूको मानवअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए। यो समुदायका व्यक्ति खुलेर आउँदा समाज पनि परिवर्तन हुँदै जानेमा विश्वास व्यक्त गरे। अमेरिकी विशेष दूत जेसिका स्टर्नले यो समुदायको मानवअधिकार संरक्षणका लागि विश्वभर नै पहल सुरु भएको बताइन्। नेपालमा पनि ब्ल्यू डाइमन्ड सोसाइटीसँग मिलेर काम गर्न पाउँदा धेरै प्रभावकारी भएको उनको भनाइ थियो। आगामी दिनमा पनि यो समुदायको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्। ठमेलबाट विभिन्न झाँकी, ब्यान्डबाजा, सांगीतिक प्रस्तुतिसहित सुरु भएको गाईजात्रा महोत्सव टुँडिखेलमा पुगेर मृतकको सम्झनामा दीप प्रज्वलन गरी समापन गरिएको थियो। देशका विभिन्न ठाउँबाट आएका लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिले कला प्रस्तुत गरे। कन्सर्टमा रेखा शाह, सुवानी मोक्तान, त्रिशला गुरुङ, एकदेव लिम्बू, कमल खत्रीलगायतले प्रस्तुति दिए। ब्ल्यू डाईमन्डकी अध्यक्ष गुरुङका अनुसार दुई दशक अगाडि समाजमा लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको भयावह अवस्था थियो। खुलेर बाँच्ने वातावरण थिएन। धेरै व्यक्ति आत्महत्या गर्ने र पारिवारिक रूपमै मारिने गरेका थिए। यो समुदायका व्यक्तिलाई परिवारले नै सहयोग गर्दैनथ्यो। अकालमा मर्न बाध्य पारिएका र मारिएका यी समुदायको मानिसको मृत आत्माको सम्झना गर्दै गाईजात्राकै दिन प्राइड डे मनाउन सुरु गरिएको हो। ‘यो समुदायका व्यक्ति माथि अहिले पनि हिंसा हुने गर्छ। ब्ल्याकमेल, मर्डरजस्ता घटना घट्ने गर्छन्,’ गुरुङले भनिन्, ‘कोभिडपछि ४० जना व्यक्तिले आत्महत्या गरेका छन्। समाजमा खुलेर बाँच्ने अवस्था अझै छैन।’ उनीहरूलाई समाजमा सहज तरिकाले घुलमिल भई काम गरी खाने वातावरण निर्माणका लागि पहल भइरहेको उनले बताइन्। ‘अन्य व्यक्तिजस्तै हाम्रो पनि मानवअधिकारको संरक्षण हुनुपर्छ,’ उनले भनिन् । | annapurnapost.com |
6,266,569 | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरु माथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गरेका छन् राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरुमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरका बुबा र ट्रम्पका अति निकट दुई व्यक्ति रहेका छन् । अमेरिकी सङ्घीय छानबिनका क्रममा उनीहरुको संलग्नता देखिएको थियो ।राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ । उन्मुक्ति दिइएका व्यक्तिहरुमा जारेड कुश्नरका बुबा चाल्र्स कुश्नर, ट्रम्पका पूर्व चुनावी व्यवस्थापक पल मानाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन रहेका छन् । उनीहरु तीन व्यक्तिसहित हालसम्म २६ जनालाई ट्रम्पले उन्मुक्ति दिइसकेका छन् । ट्रम्पले भ्रष्ट रिपब्लीकन कंग्रेस सदस्यको सजाय माफ गर्नुका साथै सन् २००७ मा बग्दाद घटनामा १४ निर्दोश इराकीको हत्यामा संलग्न सुरक्षा गार्डमाथिको सजाय पनि माफी दिएका छन् । चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरुसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्प विरुद्ध चौतर्फी आलोचना भएको छ । | aajakonews.com |
77,207 | एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् । उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिनेछन् । शनिवार काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौँ नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो । | canadanepal.com |
4,039,595 | राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावल थापा (पार्वती) ले विश्वसँगै नेपालसमेत कोभिड–१९ (कोरोना भाइरस) सँग सामना गरिरकेको विषम परिस्थितिमा कैलाली जिल्लाको शहीद माविको क्वारिन्टनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “महिला सङ्क्रमितको सङ्ख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टिनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु ।” नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोट नरगाढानगरपालिका बस्ने वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेशियामा यही जेठ १५ गते मृत्यु भएको बताउँदै मृतकको शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराउनुभयो । नेपाली काँग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टिनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टिनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय छ, दोषीमाथि कडा कारवाही होस् भन्नुभयो । उहाँले मापदण्डविपरित सञ्चालन गरिएका क्वारेन्टिन तत्काल व्यवस्थित गर्नुपर्ने माग गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन काठमाडौं,६ साउन । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललाई काठमाडौँ, ६ साउन । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र काठमाडौं, ६ साउन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धमा परेको रिटमा गम्भीर संवैधानिक काठमाडौँ, ६ साउन । | reportersnepal.com |
1,746,453 | स्पेन विश्वकपबाट बाहिरिए पछि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् । विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले प्रशिक्षक एनरिकलाई बर्खास्त गरेको हो । ‘लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई हामी धन्यवाद भन्छौं ।’ फुटबल संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सन् २०१८ देखि फुटबलको नेतृत्व गरिरहेका ५२ वर्षिय एनरिकले २०२० को युरो कपमा स्पेनिस टोलीलाई सेमिफाइनलमा पुर्याएका थिए । उनको नेतृत्वमा स्पेनले ४७ खेल खेलेको थियो । जसमा २६ जित, १४ बराबरी र ७ खेलमा हार बेहोरेको थियो । उनको नेतृत्वमा स्पेन २०२०-२१ को नेसन्स लिगको उपविजेता बनेको थियो । | nepalviews.com |
5,055,956 | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटोको जग्गा व्यक्तिको नाममा दर्ता गर्न कित्ताकाट गरेको आरोपमा मुद्दा दायर गरेको हो। बुटवल उपमहानगरपालिका वडा नं १३ साविक बुटवल नगरपालिका ९ख को सार्वजनिक जग्गा अन्य जग्गाधनीहरुसँग मिलेमतो गरी फिल्डबाट हटाएको अख्तियारले जनाएको छ। सो सम्बन्धी निवेदन उपर अनुसन्धान हुँदा तत्कालीन नापी निरीक्षक मरासिनीले साविक बुटवल ९ख मा पर्ने सार्वजनिक बाटो कायम रहेको कि.नं. ४८६३ को जग्गालाई २०६३ असोज २९ गते ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी कि.नं. ५९७८ र ५९७९ कायम गरेको, कायम हुन आएको कित्ता नं. ५९७९ लाई साविक जग्गाधनी कै नाउँमा कायम गरिएको तर कित्ता नं. ५९७८ लाई फाइल नक्सा नम्बर ५९८ मा पारी साविकका जग्गाधनी हुँदै हालका जग्गाधनीलाई बिक्री गरिएको पाइएको थियो। यसरी सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्तिविशेषमा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारी कि.नं. ३०४७ लाई फिल्डबाट नै गायब गराउने गरी प्रमाणित गर्ने कार्य गरेकोले उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको मागदाबी लिइ विशेष अदालतमा मुद्दा दायर गरिएको हो। यस्तै, नापी कार्यालय, बुटवल, रुपन्देही तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल र तत्कालीन अमिन शौकत अलि खाँले सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्तिविशेषमा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारेको आरोपमा उनीहरुविरुद्धसमेत मुद्दा दायर गरिएको छ। जग्गाधनी नन्दबहादुर कालाथापाले सार्वजनिक बाटो कायम रहेको जग्गालाई नापी कार्यालयका कर्मचारीहरुसँग मिलमतो गरी फाइल नक्सा परिवर्तन गर्न÷गराउन लगाई कित्ताकाट गरी सार्वजनिक बाटोलाई व्यक्तिका नाउँमा कायम गरी व्यक्तिगत लाभ हुने किसिमले खरिदबिक्री गरेको आरोपमा उनीविरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। यस्तै, जग्गाधनी मानप्रसाद श्रेष्ठको हकमा कित्ताकाटमा संलग्न नरहेको र पछि मात्र जग्गा खरिद गरेको देखिएकोले उक्त कित्ताकाट बदर गरी सार्वजनिक बाटो कायम गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ । | nepalkhabar.com |
2,555,230 | नेपाली चलचित्रकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने हेतुले आयोजना हुँदै आएको अवार्डको यो चौथो संस्करण हो । नेपाल फिल्म सोसाइटीले यो अवार्ड गोल्डेन मूभी मेकरसँगको सहकार्यमा आयोजना गर्दै आएको हो । नेपाल फिल्म सोसाइटीले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्ड ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ ३० नोभेम्बर देखि १ डिसम्बेरसम्म अमेरिकामा आयोजना हुने जानकारी दियो । ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको यो पटकको अवार्डमा ‘भिजिट नेपाल २०२०’ प्रचार समेत गर्न आयोजकले जनाएको छ । नेपाली फिल्मलाई बिश्वबजारमा समेत पुरयाउने उदेश्य रहेको अवार्डको बिधा र नोमिनिज फिल्म तथा फिल्मकर्मीको नाम भने अहिले सार्वजकि गरिएको छैन । कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञलाल श्रेष्ठ, बरिष्ठ अभिनेता निर शाह, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, सांस्कृतिक संघका सभापति तिर्थ थापा, अभिनेता शिब श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, बिशाल बिष्ट, श्याम भट्टराई, निर्देशक नारायण पुरी लगायतको उपस्थिती रहेको थियो । | ratopati.com |
1,672,727 | १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्तिको फैसला सुनाएको हो । उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षे बालिकालाई पटकपटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्षको जेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
अदालतले उनलाई जबर्जस्ती करणी अपराधमा छ वर्ष कैद र हाडनाता करणीमा थप एक वर्ष कैद गरी जम्मा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताए । वि.सं.२०७५ जेठ १४ सोमवार १३:०३ मा प्रकाशित काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । | sansarnews.com |
2,085,853 | संघका असन्तुष्ट पक्षले ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ’ आवश्यक रहेको भन्दै अहिलेको नेतृत्वले सबैलाई समेट्न नसकेको आरोप लगाए । ‘अध्यक्षले सबैलाई समेटेर अघि बढ्न पनि सक्नु भएन,’ संघका नेता दीपक भट्टराईले भने, ‘संगठनभित्रै बृहत् मेलमिलाप आवश्यक भएकाले हामीले समानान्तर कार्यक्रम गरेका हांै ।’ | nagariknews.com |
1,805,830 | अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो नेपाल भ्रमणमा आएकी छन् । अमेरिकाको विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो आज बिहान काठमाडौं आइपुगेकी हुन् । | nepalviews.com |