index
int64 1
6.39M
| Article
stringlengths 2
109k
| Source
stringclasses 99
values |
---|---|---|
2,556,596 | प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् । नेकपा(माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरेका हुन् । मिटरब्याज पीडितका समस्या समाधान गर्न र नागरिकता विहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए । तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ । ’ मधेसका जनताको मुक्तिका लागि यहाँका जनताले ठुलो त्याग गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका मुक्तिका लागि सङ्घर्ष गर्ने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गरे । उनले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । देशभर आगलागीबाट ठुलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरे । उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । पार्टी अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा(एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे । यसअघि प्रधानमन्त्री प्रचण्डले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमुना मा.वि.को नवनिर्मित भवनको उद्घाटन गरेका थिए । | ratopati.com |
3,449,495 | ‘भृकुटी’ आख्यानमा कम आएकी छन्, जसको पूर्ति पूर्वप्रशासक गोविन्दप्रसाद कुसुमले उपन्यासमार्फत गर्नुभएको छ । राजा अंशुवर्मा र भृकृटी इतिहासमा विवादका रूपमा रहे पनि दुवै नेपालका राष्ट्रिय विभूतिमा दरिएका छन् । नेपालको स्वर्णकाल मानिएको लिच्छविकालकी नेपालकी राजकुमारी ‘भृकुटी’ नेपालको अस्तित्व जोगाउन र बौद्ध धर्मको प्रचारप्रसार गर्न दिएको योगदानका कारण नेपाली इतिहास, धर्म संस्कृति, दर्शन, शिल्प एवं वास्तुकला तथा साहित्यमा सधैँ स्मरणीय छन् । उनीमाथि लिखित समीक्ष्य उपन्यासले पनि सोही तथ्यलाई इतिहास, काल्पनिक घटना विवरण, जनश्रुति, कथा र संवादमार्फत उजागर गर्ने प्रयास गरेको छ । इतिहासमा अंशुवर्माले हाँडीगाउँ, विशालनगर क्षेत्र (देवपत्तन ?) स्थित कैलाशकूट दरबारबाट शासन चलाएको उल्लेख भए पनि कृतिमा पाटनबाट देखाइएको छ । जसबाट पाठक सुरुमै अलमलमा पर्न सक्छन् । देवपत्तन सहर जीर्ण बनेपछि पाटन सरेको देखाइएको छ । जनताको अभिमतानुसार उनकै कल्याणमा समर्पित राजा अंशुवर्मा तिरहुत, सिम्रौनगढ आदि ससाना राज्यबाट हुन सक्ने आक्रमणप्रति पनि सचेत थिए । त्यसैले व्यापार व्यवसाय बढाउन र एकार्काप्रति उत्तर र दक्षिण राज्यबाट आक्रमण भएमा रोक्नका सहयोग गर्ने उपाय खोजिरहेका थिए । दक्षिण मगध र उत्तर तिब्बत राज्यसँग सम्बन्ध बढाउने उपायका सिलसिलामा उनले छोरी भृकुटीको विवाह तिब्बती सम्राट् स्रङचङ गम्पोसँग गराइदिए । सम्राट्ले सपनामा देखेका भनिएकी राजकुमारी भृकुटीलाई माग्न आफ्ना दुई मन्त्री र सहयोगी पठाइदिएको र तिनैका साथमा बौद्ध गुरु पद्मसम्भवलगायत आवश्यक मानिस हात्ती–घोडामा चढाएर पठाइएको थियो । बौद्ध धर्म संस्कृति र राजपाट सञ्चालन तथा संस्कृत र पाली भाषाको जानकार मानिएकी भृकुटीले चन्दनका काठ ,कस्तुरी, नेपाली हस्तकलाका सामान, हिरा, भोजपत्र, घरबुनुवा कपडाका अतिरिक्त सुन र पित्तलले बनाइएका बुद्ध तथा ध्यानी बुद्ध र ताराका मूर्ति पनि तिब्बत लगेकी थिइन् । यसले नेपाली संस्कृति चिनाउन र दुई देशबिच व्यापार प्रवर्द्धनमा सहयोग गरेको थियो । उनकै कारणबाट बाह्य आक्रमणको सम्भावित खतरा ट¥यो र नेपालको राष्ट्रिय सार्वभौमिकता जस्तो संवेदनशील विषय अक्षुण्ण रहन गयो । आफ्नो बुद्धि, ज्ञान र विवेकबाट उनले असभ्य मानिएको तिब्बती समाजमा सुधार र मानिसहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सकेकी थिइन् भने सातौँ शताब्दीमा नेपालमा प्रचलित संस्कृत र पाली भाषाको प्रशिक्षण पनि गराएकी थिइन् । राष्ट्रिय विभूति भनेर मानिएकी भृकुटीको खास योगदान र नेपाली खासगरी अझ महिलाहरूमा उत्प्रेरणा जगाएकी उनको योगदान उजागर गरिएको प्रस्तुत कृति नेपाली भाषा, धर्म, संस्कृति तथा आदर्श नारीको अध्ययन अनुसन्धानका लागि उपयोगी देखिएको छ । साङ्ग्रिला मिडिया ग्रुप प्रालिद्वारा प्रकाशित कृतिमा शासकले जनतालाई गर्ने माया, अनुशासन, दण्डसजाय, जनजीवन, रहनसहन, नेपाली नारीहरूको अवस्था, खेतीपाती, वास्तु र शिल्पकला तथा सती प्रथाका अनेक प्रसङ्ग छन् । “यो उपन्यास लेखनको मुख्य उद्देश्य भृकुटीले गरेका कामलाई उजागर गर्नु र जन्मभूमि नेपालप्रति आफ्नो कर्तव्य पालनामा उनले देखाएको निष्ठालाई बाहिर ल्याउनु रहेको छ । भृकुटीलाई राष्ट्रिय विभूतिको सम्मानभित्र मात्र कैद गरेर राखिएको छ । यसरी कैद गर्नु भनेको उनीप्रतिको सम्मानमा कन्जुस्याइँ गर्नु हो । … त्यस बेलामा उनले गरेको कार्यबाट आजका हामी नेपालीले कूटनीतिक, सामाजिक, आर्थिक र सुशासनका सवालमा बुझ्नुपर्ने, सिक्नुपर्ने र पालना गर्नुपर्ने विषयहरू धेरै छन् । यस उपन्यासले त्यस दिशातर्फ पनि सङ्केत गरेको छ ”, उपन्यासकारले ‘मेरा कुरा’ मा कृति लेख्नाको तात्पर्य स्पष्ट गरेका छन् । कृतिमा राजा वा शासकमा हुनुपर्ने स्वभाव र कर्तव्य उल्लेख गरेर लेखकले आधुनिक राजनीतिज्ञ वा शासकलाई पनि शिक्षा दिन खोज्नुभएको छ । “विद्वान्हरू भनेका राजा–महाराजाभन्दा उच्चकोटिका व्यक्ति हुन् । जुन राजाले विद्वान्हरूको कदर गर्छ, जुन शासकले राजपाट चलाउने सवालमा विद्वान्हरूको सल्लाह लिएर निर्णय गर्छ, त्यो शासक सफल शासक हो । त्यो राजा असल राजा हो” भृकुटीले राजालाई बताएको यो कुरा नेपालका वा जुनसुकै देशका कार्यकारी प्रमुखका हकमा आज उत्तिकै पनि ग्रहणयोग्य छ । सातौँ शताब्दीको वरपरको नेपाल, तिब्बत र मगध राज्यका पालाको समय भए पनि कृतिमा रहेका संवादहरू आधुनिक भाषामै लेखिएकाले पाठकलाई निकै अप्ठ्यारो महसुस हुन्छ । त्यतिबेला नेपालमा पाली र संस्कृत भएका प्रचलन भएकाले सोही भाषा कृतिमा प्रस्तुत गर्न नसकिएका लेखकले स्पष्टीकरण दिएकाले यसबारे धेरै भन्नु परेन । ऐतिहासिक उपन्यास भए पनि कृतिलाई रोचक बनाउन लेखकले निकै काल्पनिक कुराहरू प्रसङ्गका क्रममा ल्याउनुभएको छ । त्यसले पाठकलाई एक छिन मनोरञ्जन त देला तर ऐतिहासिक तथ्य सम्बर्द्धनमा केही काम लाग्दैन । कतिपय घटना, रतिरागात्मक प्रसङ्ग, भृकुटीको विवाहका भोजका क्रममा रक्सी खाएर घरसम्म जान नसकेको एक नागरिकको अवस्था आदि अनावश्यक विषयले कृतिको मोटाइ बढ्न गएको छ । कुनै कुनै शब्दचयन जस्तो ‘सैनिक’ हुनुपर्नेमा ‘सेना’ (पूरै बल), ‘छ्याकटे जुँगा’, ‘अभीर’ नै गल्ती लेखिएको छ भने वर्णविन्यास र वाक्य संरचनामा थुप्रै अशुद्धि भेटिन्छ । ‘भृकुटी’ नामको अर्थ र उनले सम्बोधन गरिने ‘हरित तारा’ को पनि अर्थ भेटिन्न । तथापि, एउटा राष्ट्रिय विभूतिलाई भीमकाय कृतिमा ल्याएर लेखकले इतिहासमा अलपत्र परिरहेका अन्य राष्ट्रिय व्यक्तित्वहरूबारे पनि खोजीनिधी गर्न भने अनुसन्धाताहरूलाई पनि प्रेरणा भने मिल्ने छ । काठमाडौं । प्रतिपक्षी बेच्नमा हुँदा नेपाली काँग्रेसले सबैभन्दा बढी उठाएको विषय हो– सहकारी प्रकरण । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । | drishtinews.com |
1,466,199 | नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेल तालिका सार्वजनिक गरेको हो । नेपालले आइसिसी विश्वकप लिग दुई, टि–२० सिरिज, एकदिवसीयलगायतका सिरिजलाई खेल तालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टि–२० सिरिज खेल्ने खेल तालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ । त्यस्तै, १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टि–२० खेल खेल्ने छ । यसैगरी क्यानले आफ्नो खेल तालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेल तालिकामा समावेश गरिने बताए । | kendrabindu.com |
710,504 | वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग एकतर्फी रुपमा संचालनमा आएको छ । दाउन्ने पहाडका ठूलाठूला पहिरोहरु सडकमा खसेपछि अवरुद्ध बनेको सडक झण्डै १२ घण्टापछि केहीबेरअघिबाट एकतर्फी रुपमा संञ्चालनमा आएको प्रहरीले जनाएको छ । गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको हो । अहिले पनि सो क्षेत्रमा पहिरो हटाउने क्रम जारी छ । सडक विभागले बाँकी पहिरो हटाएर सडक दुईतर्फी रुपमा सञ्चालन गर्ने तयारीमा भएपनि धेरै स्थानमा पहिरो खसेका कारण समस्या भएको छ । पहिरोका कराण सयौं सवारीसाधनसहित हजारौँ यात्रुहरु अलपत्र परेका थिए ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थानीय तह निर्वाचनको पुनः मतदानको पछिल्लो जानकारी अनुसार अहिले विहान ११ बजेसम्ममा १२ सय ४८ मत खसेको छ ।
पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि पहिरो खस्ने क्रम जारी रहेकाले समस्या भएको प्रहरीले जनाएको छ । पहिरो हटाई यातायात सुचारु गराउनका लागि रातिदेखि नै सडक डिभिजन कार्यालयको डोजरले काम गरिरहेको छ ।
नक्कली कागजात बनाएर यातायात व्यवस्था कार्यालय महाकालीमा दर्ता गरिएका चोरीका सवारी साधन प्रहरीले चढ्ने गरेका खुलेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीका जवानदेखि अधिकृतसम्मले चोरीका सवारी साधन चढ्ने गरेका हुन् । नक्कली कागजात बनाएर दर्ता गरिएको पाइएका २५ बुलेट मोटरसाईकल र ९ वटा कारमध्ये २ वटा कारसहित १४ वटा सवारी साधन प्रहरीले चढ्ने गरेका श्रोतले बताएको छ ।
श्रोतका अनुसार तीमध्ये ९ वटा गाडी प्रहरीकै नाममा रहेका छन् । चोरी, लुटपाट, हत्याजस्ता ठूला आपराधिक घटनामा संलग्नको पहिचान गरि पक्राउ गर्नका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले गठन गरेको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी अधिकृतले समेत चोरीका मोटरसाईकल चढ्ने गरेका छन् । खासगरी फरार अपराधिलाई नियन्त्रण लिन, आपराधिक घटनाको सुचना संकलन गर्न, चोरीका सवारी साधन नियन्त्रणमा लिने उद्देश्यले तत्कालिन डिआईजी जयबहादुर चन्दले गरेको क्षेत्रीय अनुसन्धान समूहका ८ जना प्रहरीकै नाममा चोरीका मोटरसाईकल रहेको खुलेको छ ।
यस्तै सवारी साधनको चेकजाँच गर्ने ट्राफिक प्रहरीले समेत चोरीका सवारी साधन प्रयोग गर्ने गरेका छन् । ट्राफिक प्रहरीका जवानमात्र होइन प्रहरी अधिकृतले समेत नक्कली कागजात बनाएर नामसारी गरिएका मोटरसाईकल प्रयोग गर्ने गरेका छन् । यसरी चोरीका सवारी साधनको प्रयोग गर्नेमा सशस्त्र प्रहरीका एक जना सशस्त्र प्रहरी नायब उपरिक्षक, नेपाल प्रहरीका एक जना प्रहरी नायब उपरिक्षक तथा ४ जना ट्राफिक प्रहरीका प्रहरी निरिक्षकसमेत रहेका छन् । चोरीका सवारी साधनमध्ये कतिपय यातायातका कर्मचारीका आफ्ना आफन्तको नाममा दर्ता रहेको स्रोतले बताएको छ ।
औद्योगिक सुरक्षा बल अत्तरियाका शसत्र प्रहरी नायब उपरिक्षक हर्कराज पन्त र इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी निरिक्षक सुदीप पाठकले चोरीको कार चढ्दै आउनु भएको थियो । तर चोरीका गाडी भएको बाहिर आएपछि अहिले चढ्न छाडेका प्रहरी श्रोतले बताएको छ । ती दुवै कार प्रहरी अधिकारीकै नाममा दर्ता भएका छन् । पाठकले इलाका प्रहरी कार्यालयमै कार्यरत प्रहरी हवल्दार तारा ठगुन्ना र पन्तले औद्योगिक सुरक्षा बलमै कार्यरत हवल्दार कमानसिंह धामीको नाममा दर्ता भएको गाडी चढ्दै आउनु भएको थियो । चोरीको गाडी चढ्नेमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का प्रहरी सहायक निरिक्षक केशवराज जोशी तथा हवल्दारहरु धर्मसिंह भाट, पुस्कर भट्ट, पदम धामी, हर्क कुँवर रहनु भएको छ । क्षेत्रीय अनुसन्धान समूहका सिपाही सुरज तिरुवा र मनोरथ भट्टले पनि चोरीकै मोटरसाईकल चढ्ने गर्नु भएको छ ।
सबैले भारतबाट चोरी गरेर ल्याइएका नक्कली कागजात बनाइ यातायात कार्यालय महाकालीमा दर्ता भएका बुलेट मोटरसाईकल चढ्ने गरेका छन् । यस्तै ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दिपक पातली, दंगा नियन्त्रण गणमा कार्यरत प्रहरी निरिक्षक जनकराज ढुंगानाले समेत चोरीका बुलेट मोटरसाईकल चढ्ने गर्नु भएको छ । ट्राफिक प्रहरी हवल्दार केशवसिंह ऐरी र जवान कमलप्रसाद जोशीले पनि चोरीको मोटरसाईकल चढ्ने गरेका प्रहरी श्रोतले जनाएको छ । नक्कली कागजात बनाएर यातायात व्यवस्था कार्यालयमा दर्ता गरि चोरीका सवारी साधनलाई वैधानिकता दिने समूहका दुई जनालाई गत असार २९ गते कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो ।
कैलालीको भजनी नगरपालिका–३, का गोकुल प्रसाद श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका–४, बस्ने हिमाल जोशीलाई पक्राउ गरेको थियो । उक्त गिरोहले चोरीका २५ वटा मोटरसाइकल र ९ वटा कारलाई यातायात व्यवस्था कार्यालयमा दर्ता गराएको खुलेको थियो । चोरीका सवारी साधनलाई पक्राउ गरी कारवाही गर्नुपर्ने सुरक्षा निकायले नै चोरीका साधन प्रयोग गर्ने गरेको पाइएपनि प्रहरीले यसबारे केही पनि खुलाउन चाहेको छैन । बरामद गरिएका २५ बुलेट मोटरसाईकल र ९ वटा कारमध्ये कति वटा प्रहरी अधिकारीका नाममा छन् भन्नेबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताउन चाहेको छैन ।
त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् । पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए ।
पदाधिकारी बैठकमा बोल्ने क्रममा उर्मिला पाण्डेले राजपाका वरिष्ठ नेता हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरू ‘खोइ’ भन्दै उनीहरूको अनुपस्थितिका बारेमा जानकारी माग गरेकी थिइन् । पाण्डेलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टी एकीकरणको उद्देश्य एक पक्षलाई भित्र्याउनु र अर्कोलाई गलहत्याउन होइन ।
अर्का पदाधिकारी जितेन्द्र सिंहले शुक्रबारको बैठकमा त्रिपाठी समूहलाई उपस्थित गराउन अध्यक्षमण्डलको विशेष भूमिका हुनुपर्यो भनेका थिए । ‘एकताका साथ अनेकता जन्मिने प्रवृत्तिको अन्त्यका लागि पदाधिकारी बैठक निर्णायक बन्न सक्नुपर्छ’, उनले बैठकमा भनेका थिए, ‘एकथरी बैठकमा बस्ने अर्कोथरी बाहिर रहने ठीक होइन । अध्यक्षमण्डलले त्रिपाठीलगायत नेतृत्वलाई आउने वातावरण बनाउनुपर्छ ।’ आधा दर्जन नेता बेपत्ता भएको अवस्थामा मधेस र मधेसीको मुक्तिका लागि कुरा गर्नुको कुनै औचित्य नरहने उनको भनाइ थियो ।
बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट पार्टी अगाडि बढ्न सुझाव दिएका छन् । अध्यक्षमण्डलका राजेन्द्र महतो, राजकिशोर यादव र अनिलकुमार झा आफूहरूभन्दा ‘जुनियर’ रहेको दाबी गर्दै त्रिपाठी समूहले ‘जुनियर’को तल रहेर राजनीतिक जीवन व्यतीत गर्न नसक्ने जानकारी अध्यक्ष ठाकुरलाई दिएको स्रोतले जनाएको छ ।
साविकको तराई(मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालय थापागाउँमा बिहान ९ बजे पुगेका त्रिपाठीसहितका नेताले राजनीतिक समिति गठन गरी पदीय विवाद अन्त्य गर्न आग्रह गरेका थिए । उनीहरूले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि लगिएको विधान, घोषणापत्रलगायत केन्द्रीय नेतृत्वको सूचीमा ‘सबैलाई केन्द्रीय समिति सदस्य किन भनिएको’ भनी ठाकुरसमक्ष जिज्ञासा राखेका थिए ।
दलको विधान स्पष्ट हुनुपर्ने कि नपर्ने भन्दै उनीहरूले ठाकुरबाहेक अध्यक्षमण्डलका केही नेता समकक्षी र केही जुनियर भएको दाबी गरेका थिए । प्रत्युत्तरमा ठाकुरले ‘जन्मकुण्डली हेरेर राजनीति नचल्ने’ भन्दै ६ वटा पार्टी एकीकरण भई राजपा गठन हुँदा तत्कालीन पार्टी अध्यक्षलाई अध्यक्षमण्डलमा राखिएको जिकिर गरेका थिए । ‘तपाईंहरू पदाधिकारी बैठकमा सहभागी भएर मलाई सघाउनुहोस्’, ठाकुरलाई उद्धृत गर्दै भेटमा सहभागी सांसद साहले अन्नपूर्णसँग भने । जवाफमा पदाधिकारी बैठकमा सहभागी नहुने बताएको उनले सुनाए । ‘२२ गतेदेखि हुने केन्द्रीय समितिको बैठकमा सहभागी हुन्छौं भन्यौं’, उनले भने, ‘केन्द्रीय समितिको बैठकमा नेतृत्वसमक्ष आफ्ना कुरा राख्छौं ।
महासचिव कौशलेन्द्रकुमार मि श्रले ठाकुर र असन्तुष्ट समूहबीच बिहीबार भएको वार्तापछि उनीहरू चाँडै बैठकमा सहभागी हुने बताए । भने, ‘साथीहरूको मागका सम्बन्धमा अध्यक्ष ठाकुर गम्भीर हुनुहुन्छ । अहिलेको विवादको निकास केन्द्रीय समितिबाटै हुनेछ ।’ साउन १ मा त्रिपाठीको नेतृत्वमा आधा दर्जन सांसदले रुपन्देहीमा भेला गरी अध्यक्षमण्डललाई साउन १५ सम्मको अल्टिमेटम दिएर विधान अनुमोदन गर्न चेतावनी दिएका थिए । अध्यक्षमण्डलका नाममा भएका महत्वपूर्ण निर्णय सच्याउनुपर्ने तथा निर्वाचन आयोगमा बुझाइएको विधान कार्यकर्ता तहले थाहा पाउनुपर्ने उक्त समूहको माग छ ।
सांसद वृजेशकुमार गुप्ताले भने तमलोपाका पदाधिकारी राजपाका पदाधिकारी हुन आधिकारिक पत्र आउनुपर्ने बताए । ‘मौखिक पदाधिकारी स्वीकार गर्र्न सक्दैनौँ’, उनले भने, ‘केन्द्रीय सदस्य रहेकाले २२ गते सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुन्छौं ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थानीय तह निर्वाचनको पुनः मतदान जारी छ । १५० मत खसिसकेकाे निर्वाचन अधिकृत लाई उद्धृत गर्दै स्थानीय पत्रकारले जानकारी दिएका छन् ।
नेपालले एकपक्षीय ढंगलले प्रतिष्ठानको गुरुयोजना बनाएको भन्दै भारतीय पक्ष असन्तुष्ट बनेपछि प्रतिष्ठान निर्माण अन्योलमा परेको हो ।काभ्रेको पनौतीमा अत्याधुनिक प्रहरी प्रतिष्ठान बनाउन भारतले १८ वर्षयता नेपाललाई आस देखाउँदै आएको छ । त्यसका लागि नेपाल सरकारले पनौतीमै ४२.२ हेक्टर जग्गा अधिग्रहण पनि गरिसकेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा प्रतिष्ठान बनाउने प्रतिबद्धता मात्र व्यक्त गरेनन्, सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहिर शिलान्याससमेत गरे । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा प्रतिष्ठानको शिलान्यास गरेका थिए ।
शिलान्यासको फोटो अहिले पनि राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सजाएर राखिएको छ । कोइरालापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा प्रतिष्ठान बनाउने विषय उठाएका थिए । भारतीय पक्षबाट आश्वस्त रहन भनिए पनि अझै प्रतिबद्धताअनुसार काम हुन सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा पनि यो विषयले महत्व पाउने उच्च सरकारी अधिकारीको दाबी छ । देउवाको भारत भ्रमणको एजेन्डामा पार्न गृह मन्त्रालयले अर्थ मन्त्रालयको वैदेशिक महाशाखाको सहयोग लिएर डकुमेन्ट तयार पारिरहेको छ ।भारतले प्रतिष्ठान निर्माणका लागि नेपाललाई आठ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो । पछिल्लो समय भारतले समझदारीपत्र (एमओयू)मै संशोधन गर्नुपर्ने अडान राखेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।,अन्नपूर्ण पोस्टमा खबर छ ।
नेपालले परामर्शदाता नियुक्तिका लागि आह्वान गरेको आवेदनमा १० वटा फर्मले दरखास्त हालेका थिए । भारतीय पक्षले परामर्शदाता नियुक्तिमा भारतीय पक्षको परामर्श लिनुपर्ने अडान राखेपछि उक्त प्रक्रिया रोकिएको छ । एमओयूमा पनि उक्त व्यवस्था उल्लेख छ ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव प्रमुख वैकुण्ठ अर्यालले प्रहरी प्रतिष्ठान बनाउने विषयमा भारतीय पक्षसँग समन्वय भइरहेको बताए । भने, ‘एक तहको छलफल भइसकेको छ फेरि एमओयू गर्ने विषय उठेको छ । दिल्लीबाटै यो विषयलाई गम्भीर ढंगले हेरिएको भन्ने कुरा आएको छ ।’ भारतीय पक्षले भने हुलाकी मार्गको मोडलमा एमओयू गर्नुपर्ने अडान लिएको स्रोतले बताएको छ ।
गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भारतीय सहयोगमा बनाउने भनिएको प्रहरी प्रतिष्ठानका विषयमा छलफल चलिरहेको बताए । भने, ‘अर्थ मन्त्रालयको समन्वयमा बैठक भइरहेको छ, कसरी अगाडि बढ्ने भन्नेबारे निक्र्योलमा पुगिएको छैन ।
चीन सरकारले भने सशस्त्र प्रहरी बललाई अत्याधुनिक एकेडेमी बनाउन गरेको सम्झौताको दुई वर्षमै सरकारलाई हस्तान्तरण गरिसकेको छ । मातातीर्थमा बनेको उक्त एकेडेमी तीन अर्ब ६० करोड रुपैयाँको लागतमा बनेको हो । चिनियाँ राजदूत यू होङले गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा गृहसचिव लोकदर्शन रेग्मीलाई एकेडेमी हस्तान्तरण गरेकी थिइन् ।
कडा सुरक्षा व्यवस्थासहित बिहान ७ बजेबाट मतदान शुरु भएको हो । वडाका ६ वटा केन्द्रमा ३६ जना कर्मचारीसहित ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ सय ६१, सशस्त्रका ३ सय र तेस्रो घेरामा नेपाली सेनाका एक सयभन्दा बढी खटिएका छन् । प्रत्येक केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित बनाउन सबै बुथलाई संवेदनशील घोषणा गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वडामा हिजै साँझदेखि अघोषित रुपमा सवारी साधन आवतजावत बन्द गरिएको छ ।
गत वैशाख ३१ गतेको चुनावमा यो वडाबाट २ हजार ८ सय ९७ मत खसेको थियो । मतगणनाका क्रममा जेठ १४ गते नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्याति दिएपछि अन्योल छाएको थियो । त्यसपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय लिएको थियो । तर, पुनः मतगणनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले पनि आयोगकै निर्णयअनुसार फैसला गरेपछि पुनः मतदान गर्न लागिएको हो ।
ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो । विद्युत् आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र (एमओयू)को मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।
नेपालका तीन मुख्य नदीहरू सप्तकोसी, सप्तगण्डकी र कर्णालीलाई मुख्य आधार मानेर क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको हो । यसका लागि मुख्य चारवटा अन्तरदेशीय प्रसारण लाइन र नेपालभित्र पनि ४०० वा २२० केभी क्षमताका ट्रान्समिसन लाइनको विकास गर्ने एमओयूको मस्यौदामा उल्लेख रहेको छ।, नयाँ पत्रिकामा खबर छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी चीन भ्रमणमा यस विषयलाई एजेन्डा बनाइने ऊर्जा मन्त्रालय स्रोतले बतायो । देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ । सो भ्रमण सकिएको केही समयपछि देउवा चीनको भ्रमणमा जाने परराष्ट्र स्रोतले जानकारी दिएको छ ।
ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीनको नेसनल इनर्जी कमिसनलाई अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तारका लागि एमओयूको मस्यौदा पठाएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चीनसँग भएको प्रारम्भिक चरणको छलफल तथा वार्तापछि नेपाल र चीनका सरकार क्रस–बोर्डर कनेक्टिभिटीका लागि सहमत भएका थिए । दुवै देशले इनर्जी कर्पोरेसन मेकानिज्म बनाएर नियमित छलफल गर्ने भनिएको थियो । तर, यो अहिले निष्क्रियप्रायः छ ।
गत जेठ १४ गते राति मतगणनाकाक्रममा मतपत्र च्यातीर्इएपछि सर्वोच्च अदालतको आदेशअनुसार १९ नम्बर वडामा आज पुनः मतदान गर्न लागिएको हो ।भरतपुरको मेयरमा नेपाली कांग्रेस र माओवादी केन्द्रका रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच प्रतिस्पर्धा छ ।
लामो समयदेखि पिसाबसम्बन्धी समस्याले थलिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको शुक्रबार प्रोस्टेट ग्रन्थीको अप्रेसन गरिने भएको छ ।
पुरुष जनेन्द्रीय प्रणालीको एउटा महत्वपूर्ण भाग प्रोस्टेट ग्रन्थी मांसपेशी, कोष र तन्तुहरुले बनेको हुन्छ । प्रोस्टेट ग्रन्थी बढेका कारण भट्टराईले एक वर्षदेखि औषधि सेवन गरिरहेका थिए । निरन्तरको औषधि सेवनले पनि ग्रन्थी नघटेपछि अप्रेसन गर्न लागिएको हो ।
लामो समयसम्म दलालले शारिरीक र मानसिक यातना दिदै युएईमा अलपत्र बनाइ राखिएका १९ जना मध्यै १५ जनालाई यहाँ रहेका पत्रकारहरुको सहयोगमा नेपाल फर्काउन सफल भएपनि न्याय नमिल्दा पीडित झन पीडित बनेका छन ।
पाँच दिन बितिसक्दा समेत कहि कतैबाट सहयोग नपाए पछि आफूहरु गृहमन्त्री जनार्दन शर्मालाई भेट्न बुधबार सिहदरबार गएको र त्यहाँ पनि आफ्नो समस्यालाई खासै चासो नदिएको भन्दै ट्राभल्सले तलदेखि माथीसम्म सबैलाई मिलाइ सकेको रहेछ जुन यथार्थ मिडियामा राखेका थियौ त्यो सबै नेपालका मिडियाले पनि देखाएनन । हामी गरिबका छोरा कस्ले सुन्ने हाम्रो पीडा न्याय पाउने आशा अब मर्यो अर्का पीडित दाङका पदम ओलीको गुनासो छ ।
यता चौतर्फी दबाब दिदा समेत नेपाली दूतावास युएई भने यसबारे मौन बस्दै दलाललाई कारबाही गर्नै नसकिने बताउदै आएको छ । गोप्य स्रोतबाट प्राप्त अडियो रेकर्डमा ट्राभल्सले युएईमा पठाएको साजन भनिने प्रेम पाण्डेले पीडितलाई धम्क्याउदै दूतावासका कर्मचारी आफ्नो भएको बताएका छन ।
भारतीय कम्पनी जीएमआर र नेपाल सरकारबीच भएको माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धी सम्झौता र परियोजना विकास सम्झौता (पीडीए) राष्ट्रघाती भएको भन्दै खारेजीको माग गरिएको छ ।
ऊर्जामन्त्री शाहीले ज्ञापनपत्र बुझ्दै राष्ट्रहितमा निर्माण गर्ने बताउँदै परियोजना निर्माणको लागि लगानीको समस्या रहेको बताए । ज्ञापनपत्र बुझाउँदै माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाहीले तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको पालादेखि हरेक प्रधानमन्त्री र ऊर्जामन्त्रीहरुले माथिल्लो कर्णाली सम्झौतालाई राष्ट्रहितका पक्षमा गरिने बताएपनि बारम्बार राष्ट्रघाती निर्णयहरु भइरहेको यथार्थलाई स्मरण गराए । शाहीले मन्त्रीको भनाई यसअघिका मन्त्रीहरु भन्दा फरक नपाएको बताए ।
माथिल्लो कर्णाली परियोजना खारेजीको लागि निरन्तर अभियानरत जलस्रोत क्षेत्रका अध्ययता रतन भण्डारीले माथिल्लो कर्णाली सम्झौता खारेज गरी राष्ट्रिय पुँजी, प्रविधि र राष्ट्रहितार्थ निर्माण गर्नुपर्ने बताए । ज्ञापनपत्रपछि मन्त्रीसँगको छलफलमा अध्ययता भण्डारीले सम्झौता नेपालको हितमा नभएकाले खारेजीको लागि मन्त्रीलाई पहल गर्न आग्रह समेत गरे । | everestdainik.com |
2,403,375 | अरूले कुरो सकेको हुँदैन, म बुझेँ भन्छु रे । जे कुरामा पनि हतार गरेजस्तो गर्छु । त्यो मेरो खराब बानी रहेछ । विषेश गरेर गजल बढी मनपर्छ । गीत र गजल हृदय छुने, सेन्टिमेन्टल मनपर्छ । पछिल्लो समय समाजको प्रतिनिधित्व गर्ने, सामाजिक वस्तुस्थिति झल्काउने खालका गीत सुन्न थालेको छु । कविता भने कोर्ने गरेको छु । पाइल्सको समस्या थियो । केही वर्ष पहिले अपरेसन गरेको थिएँ । अहिले अलिकति ब्लडप्रेसर देखिएको छ । त्यसका लागि नियमित औषधि लिन्छु । त्योबाहेक अन्य रोग छैन । मैले खाने भनेको ह्विस्की र वाइन हो । ह्विस्की यही चाहिन्छ भन्ने छैन । जमघटमा जे छ, त्यो खान्छु तर घरमा रक्सी सजाएर राख्दिनँ । पहिले ग्रहदशामा विश्वास लाग्दैन थियो । हेराउने देखाउने गर्दिनँ थिएँ । विवाहपछि श्रीमती कहिलेकाहीँ ज्योतिषी कहाँ धाउँछिन् । हेराउने, जुराउने, पूजापाठ पनि गर्छिन् । मृत्युलाई मानिसले स्वाभाविक रूपमा लिन सक्नुपर्छ । त्यो लिन मानिसलाई गाह्रो छ । कतिपय मानिसले मृत्यको चाहना गर्छन् तर पाउँदैनन् । कतिपय मृत्युको उमेर पुगे पनि बाँच्ने कुराले हाँस्छन् । म मृत्यु भन्दा जीवन सुन्दर देख्छु । त्यसैले हामीले राम्रोसँग बाँच्ने कोसिस गर्नुपर्छ । | ratopati.com |
2,175,251 | अब नेपालबाट सफ्टवेयर निर्यात गरेर हुने आम्दानी बैंक तथा कार्डमार्फत समेत प्राप्त गर्ने व्यवस्था भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सो नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेको हो । […] अब कुनैपनि बैंकको एटिएम अर्को बैंकमा कारोबार गर्दा थप शुल्क नलाग्नेभएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाईने घोषणा गरेको हो । यसअघि बैंक […] डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेका कम्पनीहरुले छाता संस्था स्थापना गरेका छन् । नेपालमा डिजिटल माध्यमबाट टेलिभिजन सेवा संचालन गरिरहेका कम्पनीहरुले आफ्नो छुट्टै संस्था बनाएका हुन्। उनीहरुले डिशहोमका प्रबन्ध निर्देशक सुदिप […] सरकारले साउन १ गतेदेखि बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ । साना करदाताले कर र आय विवरण बुझाउन राजश्वभन्दा बढी रकम र समय खर्च […] विश्वभर दैनिकरुपमा करोडौं मानिसहरुले एसएमएसमार्फत ईमोजीहरु आदानप्रदान गर्ने गर्दछन् । अचेल मानिसहरु केहि विषय लेख्नुको साटो विभिन्न संकेतहरुको माध्यमबाट भन्ने गर्दछन जसलाई सूचना प्रविधिको क्षेत्रमा ईमोजी भनेर चिनिन्छ । आज […] नेपाल टेलिकमले एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु आजै साउन १ गतेदेखि नै लागु भएका छन् । कम्पनीले उल्लेखित सेवाका लागि छुट्टाछुट्टै अफरहरु जारी गरेको छ । […] सामुदायिक विद्यालयहरुमा स्थापना गर्ने भनिएको सूचना प्रविधि ल्याबको कार्य तोकिएको सम्झौता म्यादभित्र सम्पन्न नभएको भन्दै महालेखापरीक्षकले सम्बन्धित पदाधिकारीलाई जिम्मेबार बनाउनुपर्ने बताएको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५७ औं […] आइएमईमार्फत सिधैं बैंक खाता तथा मोबाइल वालेटमा रियल टाइममा नै पैसा पठाउन सकिने व्यवस्था मिलाइएको छ। देश/विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो […] निजी विद्यालयहरुले साउन १ गतेबाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुले उठाएको विषयहरु सम्बोधन नभएको भन्दै निजी विद्यालयहरुका छाता संस्था प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप […] साउन १ गते बिहिबारदेखि डिजिटल बैंकिङ कारोबारमा शुल्क लाग्ने भएको छ । सरकारले लकडाउन सहज बनाएकाे र व्यवसायीक गतिबिधि बढ्न लागेको हुँदा बैंक तथा वित्तीय संस्थाहरुले साउन एक गतेदेखि डिजिटल […] स्याटेलाइटमार्फत घरघरमा टेलिभिजन सेवा प्रदान गरिरहेको डिटिएच कम्पनी डिसहोमले करिब २४ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । डिसहोमले प्रतिकित्ता एक सय रुपैयाँका […] गूगलले भारतमा आगामी पाँचदेखि ७ वर्षमा १० अर्ब डलर लगानी गर्न तयारी गरिरहेको घोषणा गरेको छ । गूगलका सीईओ सुन्दर पिचाईले आज १० अर्ब डलर राषिको गूगल डिजिटाईजेसन कोष स्थापनाको […] नेपाल मिडिया सोसाईटी र नेपाल विज्ञापन संघसहितका ४ संस्थाहरुले यहि साउन १ गतेदेखि नेपालमा क्लिन फिड लागू गर्न माग गरेका छन् । नेपाल मिडिया सोसाईटी, नेपाल विज्ञापन संघ, ब्रोडकाष्टिंग एशोशिएशन […] नबिल बैंकले आफ्नो ३६ औँ वर्षमा प्रवेशको अवसरमा डिजी बैंक (डिजिटल बैंकिङ)को स्थापना गरको छ । बैंकले नबिल डिजी बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ्ग सेवा […] नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले प्रविधि विकास तथा अनुसन्धानको लागि अनुदान प्राप्त गर्ने प्रस्तावहरु र आवेदकहरुको सूची सार्वजनिक गरेको छ । नास्टले यसअघि कोभिड १९ को महामारीबाट बच्नका लागि […] राष्ट्रिय आविश्कार केन्द्रले अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयसँग मिलेर भेन्टिलेटर नेपालमा नै बनाईरहेको छ । केन्द्रले अमेरिकी विश्वविद्यालयको टिमसँग मिलेर नेपालमा नै भेन्टिलेटर बनाईरहेको महाबिर पुनले ट्विटरमार्फत जानकारी दिएका छन् । यस्तो […] चिपसेट निर्माता क्वालकमले आफ्नो भर्खरको स्न्यापड्रागन ८६५ प्लस प्रोसेसर सार्वजनिक गरेको छ। यो नयाँ प्रोसेसर ३ गीगाहर्जको अधिकतम गतिको साथ, अहिलेसम्मकै सबभन्दा द्रुत प्रोसेसर हो। यो ५जी चिपसेट हो। स्न्यापड्रागन […] पेमेन्ट गेटवेको अभावका कारण उपभोक्ताले भोग्दै आएको मुलुकभित्र र मुलुक बाहिरको इलेक्ट्रोनिक भुक्तानीको असहजता हट्ने भएको छ । यो सेवा सुरुभएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका […] अल्फाबेट इंकको गूगलले चीन लगायतका देशहरुमा रहेको आफ्नो क्लाउड प्रोजेक्ट बन्द गरेको घोषणा गरेको छ । कम्पनीले चीनमा यसको क्लाउड प्लेटफर्म ‘आईसोलेटेड रिजन’ प्रस्ताव गर्न विकल्पहरु बारेमा नहेरेको उल्लेख गरेको […] भिडियोहरुमा प्रयोग हुने डाटालाई कम्तिमा आधा कटौती गर्ने प्रतिबद्धतासहितको एउटा नयाँ भिडियो इनकोडिङ्ग टेक्नोलोजीको घोषणा गरिएको छ । यो प्रविधि टेक उद्योगका ठूला खेलाडीहरू समावेश भएको तीन वर्षको छलफल र […] लकडाउन सँगै सन्चालनमा आएको नेपाली ई-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले जी-बार सन्चालनमा ल्याएको छ। जी-बार अन्तर्गत अल्कोहल र तयारी खाजा चौबीस घण्टा डेलिभरी गरिने बताइएको छ। लकडाउनका कारण बार तथा रेस्टुरेन्ट […] संसदको विकास तथा प्रविधि समितिले नेपालमा डाउनलोड हुने एप्सहरुमा सरकारी निकायले हेरेर मात्र प्रयोग गरिनुपर्ने निर्णय विवादमा परेपछि सो निर्णयलाई सच्याएर पारित गरेको छ। समितिले नेपालभित्र प्रयोग हुने एप्स तथा […] नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत अहिलेसम्म ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट सेवा विस्तार गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट […] भारतको पंजाब राज्यमा अनलाइन गेमको लत लागेका एक विद्यार्थीले आफ्नो बुबाको खाताबाट १६ लाख भारु रुपैयाँ उडाईदिएका छन् । | technologykhabar.com |
1,801,586 | नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीबाट कर्णालीबाट भलिबलका लागि महिला र पुरुष खेलाडी छनोट गरिएको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि पुरुष तथा महिलाबाट १५/१५ जना खेलाडी छनोट भएको छनोट समिति सदस्य जीवन शाहीले बताए। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीबाट कर्णालीबाट भलिबलका लागि महिला र पुरुष खेलाडी छनोट गरिएको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि पुरुष तथा महिलाबाट १५÷१५ जना खेलाडी छनोट भएको छनोट समिति सदस्य जीवन शाहीले बताए। कालीकोटको खाडाँचक्र नगरपालिका– १ को जिल्ला समन्वय समितिको खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट खेलाडीहरू छनोट गरिएका छन् ।
पुरुष भलिबलतर्फ ललित विक, प्रकाश विक, नवीन वलि, मिलन शाही, शैलेन्द्र साही, समीर रावत, लक्षण खड्का, जीवन शाही, ललितसेन ठकुरी, भरत विक, पवल गहतराज र सोलन बस्नेत छनोट परेका छन्, भने भीम चलाउने, ललित परिवार र हरिस बुढा वैकल्पिकमा परेका छन्। यस्तै महिलातर्फ निर्मला आचार्य, कल्पना बोहरा, उर्मिला माझी, रिमा गेलाङ्ग, हीरा जैसी, सीता सिंह, सैलिजा शाही, बालिका विक, बिपना वली, जानकी नाथ, वीरेन्द्र धमला र सुस्मिता थापा छनोट भएका छन्, भने यस्तै बिपना गिरी, सपना परिवार र मङ्गला बुढा वैकल्पिक खेलाडीमा परेका छन्। उक्त छनोट प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष तथा छनोट प्रतियोगिताका संयोजक चन्द्रकुमार गिरिको संयोजकतामा ४ सदस्य छनोट कमिटी पारित गरेको छ । छनोट समितिका सदस्यमा युद्धमान बस्नेत, मोतीराम रम्तेल, सुवास जिसी र जीवन शाहीलाई रहेका थिए । | nepalviews.com |
1,061,377 | कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभरी २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको बताइएको छ । गत डिसेम्बरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म कम्तीमा पनि एक हजार ७७७ जनाको ज्यान गएको छ । वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ । यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरुले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताहरुले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा करिब ६५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । | makalukhabar.com |
927,860 | मधेस आन्दोलनको ९८औं दिन ४ मंसिरमा वीरगन्जमा मधेसी मोर्चाले औषधि बोकेको गाडी निर्बाध चल्न दिने र नेपाल ल्याउन विराटनगर नाका खोल्ने निर्णय गर्यो । त्यसको भोलिपल्टै लाखौं रुपैयाँ बराबरको औषधि बोकेको ट्रक वीरगन्जमा जलाइयो । सोही दिन डेढ वर्षीय बिरामी बालिकालाई विराटनगरस्थित डाक्टरको क्लिनिकमा ल्याउँदै गर्दा मोरङको कटहरीमा एम्बुलेन्स तोडफोड गरियो । त्यसको भोलिपल्ट सुनसरीको दुहबीमा अक्सिजन लगाइएका बिरामीलाई लिएर धरानतर्फ जाँदै गरेको एम्बुलेन्समा आक्रमण भयो । चालक आनन्द विक सख्त घाइते बनाइए । मंसिर १० मा मोरङको भातिगछमा पेट्रोल छर्केर २७ वर्षीय बबलु राजवंशीलाई आगो लगाइदिए । त्यसको भोलिपल्ट ११ मंसिरमा गुडिरहेको बसमा सप्तरीको भारदहमा ढुंगा प्रहार गर्दा अनियन्त्रित भई बस पल्टियो । तीनजनाले ज्यान गुमाए । घाइतेहरू अझै उपचारमा छन् । इन्धन तस्करी गरेको भन्दै मंसिर १६ गते नवलपरासीको सनई ९ मा एक युवकलाई जिउँदै जलाइयो । यी मंसिरका दुई सातामा जानाजान वा अन्जानमा मोर्चाका कार्यकर्ताबाट भएका प्रतिनिधिमूलक घटना मात्र हुन् । मधेस केन्द्रित भई राजनीति गरिरहेका चार मधेसवादी दलले साउन ३१ गतेदेखि सीमांकनलगायत विषयमा असन्तुष्टि राख्दै सुरु गरिरहेको आन्दोलन साढे ३ महिना पार गरिरहँदा यस्ता घटना निक्कै भएका छन् । यस्ता घटनामा आन्दोलनरत मोर्चाले आफ्ना कार्यकर्ता संलग्न नरहेको दाबी गर्दै आए पनि केही स्थानमा मोर्चाका स्थानीयस्तरका कार्यकर्ताहरूले घुमाउरो पारामा संलग्नता स्वीकार गरेका छन् । यी घटनाले अधिकार प्राप्तिको जारी आन्दोलनमाथि दुइटा प्रश्न तेस्र्याएका छन् । पहिलो– के मधेस आन्दोलन अराजक बन्न लागेको हो ? वा नियन्त्रणबाहिर जान थालेको हो ? मोर्चाको बटमलाइनका रूपमा रहेको सीमांकनमा सहमति नहुँदा दुई पक्षबीच वार्ता निर्णायक बन्न सकेको छैन । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समावेशी समानुपातिक प्रतिनिधित्व, नागरिकता जस्ता विषयमा सहमति जुटिसकेको भनिन्छ । ‘३ जिल्ला थप्दैमा कोही मालिक र नथप्दैमा नोकर हुने होइन,’ वीरगन्जका बुद्धिजीवी राकेश सिंह भन्छन्, ‘केही भूभागका लागि देश बर्बाद गर्नु भएन ।’ प्रमुख ३ दल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच भएको १६ बुँदेदेखि मोर्चाले अधिकार प्राप्तिको लडाइँ लडिरहेको छ । ‘सीमांकनको पछिल्लो विवादले अधिकारप्राप्तिभन्दा पनि यो पावर सेयरिङको लडाइँ देखिएको छ,’ उनले भने, ‘आफ्नो शासन क्षेत्र फराकिलो बनाउन मात्र देशलाई बन्धक नबनाऊँ । बटमलाइनमा केही लचक भएर निकास किन नदिने ?’ अर्कातिर मधेस आन्दोलन समयमै सम्बोधन नभए अराजकता फैलिने खतराप्रति सजग हुने बेला आएको छ । ‘प्रदेश नम्बर २ को सीमांकन झापासम्म हुन नसक्ने भएपछि सहमति कसरी खोज्ने ?’ वीरगन्ज आदर्शनगरका इन्जिनियर सञ्जय खेतानले भने, ‘आन्दोलनको बैठान केमा हुन सक्छ, यसमा गृहकार्य आवश्यक छ ।’ आन्दोलन अराजकतातर्फ अघि बढेपछि मधेस केन्द्रित दलको हातबाट यो बाहिर जाने सम्भावनाप्रति विश्लेषक चिन्तित बन्न थालेका छन् । मधेसमा अलगाववादी शक्ति पनि विगतमा सक्रिय देखिएकै हुन् । केही दिनअघि मात्र पर्सा, बारा र रौतहटमा सीके राउतका कार्यकतालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार यो समूहले मधेसका प्रत्येक गाउँमा ७ देखि १० जनासम्मको समिति निर्माण गरिरहेको छ । ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख ललन द्विवेदीले समाधान खोज्न एकदिन पनि ढिला गर्न नहुनेमा जोड दिए । ‘यसरी नै आन्दोलन लम्बिँदै गएमा जनतामा उत्तेजना र रिस बढदै जान्छ,’ उनले भने, ‘यसले थप अराजकता र अनुशासनहीनता बढाउँछ ।’ यसले युवाहरूमा अलगावप्रतिको आकर्षण बढाउने खतरा पनि छ । मोर्चा र सरकार यस विषयमा संवेदनशील र जिम्मेवार बन्न आवश्यक छ । ‘आन्दोलन लम्बिँदै जाँदा बाहिर रूपमा त्यो मोर्चाको पकड भनिए पनि भित्री रूपमा गलत तत्त्वले खेल्ने अवसर पाउँछन्,’ उनले भने, ‘यसप्रति मोर्चा र सरकार संवेदनशील बन्न जरुरी छ ।’ मधेसका मागप्रति जनताको आकर्षण रहे पनि मधेस केन्द्रित दलका नेतृत्वमा विश्वास नरहेको विश्लेषक बताउँछन् । प्रधानमन्त्रीको चुनावमा मतदानमा सहभागी हुनु र इन्धन तस्करी, उद्योग, ढुवानी लगायतका व्यवसायीबाट चन्दा प्रकरण उजागर भएपछि जनताले खिन्नता प्रकट गर्न थालेका छन् । ‘विगतमा सत्ताका लागि नेतापिच्छे नयाँ पार्टी गठन गरेको याद अझै ताजै छ,’ ती विश्लेषकले टिप्पणी गरे । आन्दोलन अराजकतातिर जाने वातावरण राज्यले बनाएको बुझाइ स्थानीय बुद्धिजीवीको छ । ‘राज्यपक्षको चरम दमनबीच आन्दोलनरत पक्षवाट केही घटना हुनु अस्वाभाविक होइन,’ राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका पूर्वप्रमुख अमरकान्त झाले भने, ‘अधिकारप्राप्तिको आन्दोलन अत्यन्तै लामो समयसम्म सम्बोधन नहुनु र राज्यपक्ष चरम दमनमा उत्रनुले सडकमा रहेका पक्ष आवेशमा आउनु अस्वाभाविक होइन ।’ मधेस आन्दोलन अब कुनै दल विशेषको मात्र नभई मधेसका जनताको जनआन्दोलन भइसकेको स्वयं मधेसवादी दलका नेताहरूकै भनाइ छ । साथै आन्दोलनकारीका नाममा भएका घटनाहरू भएको स्थान पनि मधेसी बाहुल्य स्थान नै हो । त्यसैले आन्दोलनलाई अराजकतातर्फ लाने सवालमा राज्य पक्षको दमन जति जिम्मेवार छ, आन्दोलनरत पक्षको भूमिका पनि उत्तिकै रहेको अर्काथरीको बुझाइ छ । इटहरीमा मोर्चाको सभा बिथोलिएपछि कार्यकर्तामा जति आक्रोश थियो राजेन्द्र महतोको भाषणले त्यसभन्दा कम उतेजना ल्याउँदैन । जसको प्रत्यक्ष उदाहरण टीकापुर घटना हो । जहाँ मधेसी मोर्चाका नेताहरूले उत्तेजक भाषण गरेकै केही दिनमा हिंस्रक घटना भएको थियो । सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताकै भनाइमा सहभागिता बढदै गएपछि आन्दोलनमा हरेक तत्त्व प्रवेश गर्न सक्छन् जसले अराजकता न निमत्याउला भन्न सकिन्न । ‘अगुवा कार्यकर्ता सचेत छन् तर धेरै जनता नै सहभागी भए पनि सबै किसिमका मत हुन्छन््,’ मेहताले भने, ‘आक्रोशलाई रोक्न सकिन्न, त्यसैले शान्तिपूर्ण भनिएको आन्दोलनमा केही घटनाहरू हुन सक्ने सम्भावना प्रशस्त रहन्छ ।’महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख एवं राजनीतिशास्त्रका प्राध्यापक जीवनारायण झा पनि आन्दोलन अराजकतातर्फ जानुलाई अस्वाभाविक मान्दैनन् । उनी भन्छन्, ‘लामो समयसम्म आन्दोलन चलिरहँदा त्यो आक्रोशमा परिणत हुन्छ जुन आक्रोशले केही पनि हेर्दैन । त्यसले अराजकता निम्तिन सक्ने खतरा बढाउँछ ।’ उनले सम्बोधनमा ढिलाइ हुँदा मानिसमा भावनात्मक लडाइँको मानसिकता आउँछ, जसले नेतृत्वको नियन्त्रणभन्दा आन्दोलन बाहिर जान सक्ने बताए । विश्लेषक तुलानारयण साहको भनाइमा जारी आन्दोलन मधेसवादी चारदलका नेताको पूर्ण नियन्त्रणमा छैन । उनी भन्छन्, ‘राज्यले पनि राजनीतिक आन्दोलनलाई लडाइँका रूपमा लियो जसले आन्दोलनरत मधेस पनि धु्रवीकृत भए र अहिले आन्दोलन पूर्णत: नेतृत्वको हातबाट अलग भएको छ ।’ उनले मुद्दाप्रधान आन्दोलन भएकाले मुद्दाबाट अलग भएर अन्त गर्ने प्रयास पनि प्रत्युपादक हुन सक्ने टिप्पणी गरे । जारी आन्दोलन सम्बोधनमा ढिलाइ हुँदा अन्य मुद्दा लिएर अगाडि आउने समूह पनि सलबलाउन सक्ने अवस्थाप्रति मत राख्नेहरू कम छैनन् । ती तत्त्वमा राष्ट्र विखण्डनको मुद्दादेखि लिएर सामाजिक सद्भाव समेतलाई भडकाउन र भिडाउन खोज्नेहरू समेत समावेश हुन सक्छन् । असोज ७ देखि नाकामा धर्ना सुरु भएयता आन्दोलनकारीका लागि वीरगन्जको रक्सौलमा मेस सञ्चालन गर्दै आएका भारतीय नागरिक महेश अग्रवाल अहिले छटपटिएका छन् । बुधबार साँझ रक्सौलस्थित निवासमा भेटिएका अग्रवालले नाकाबन्दीले नेपाल मात्र नभई सीमावर्ती भारतीय जनता पनि अत्यधिक मारमा परेको गुनासो गरे । ‘नाकाबन्दी यति दिन लम्बिन्छ भनेर सोचेकै थिएनौँ,’ उनले भने, ‘नाकाबन्दीको दबाबले केही दिनमै सहमति भएर माग पूरा हुने आशा थियो ।’ नाकामा धर्ना लम्बिएपछि रक्सौल मात्र नभई नेपालमा रहेका उद्योगी/व्यापारीले मेस बन्द गर्न दबाब दिएको उनले खुलाए । भारतीय जनता पार्टीका उच्च नेतृत्वमा उनको राम्रो पकड छ । गत साता उनी नेपाल उद्योग वाणिज्य संघका केही पदाधिकारीसाथ नाकाबन्दीको विकल्पबारे बुझ्न दिल्ली पुगेका थिए । मधेसी दल र सरकारबीच सहमति नहुन्जेल नाकाबन्दी खुल्ने कुनै सकेत आफूले नपाएको उनले सुनाए । ‘गाउँमा जसरी दुई पक्षबीचको झगडा पञ्चले मिलाउँछन्, नेपाल सरकार र मधेसी मोर्चाबीच त्यस्तै पञ्चको अहिले आवश्यकता छ,’ उनले भने, ‘नेपालको नागरिक समाज अगाडि सर्ने बेला आएको छ । नाकाबन्दी कसैको हितमा नरहेकाले मधेस आन्दोलनको समाधान वार्तामार्फत निकाल्नुपर्छ । नेपाली नेता र केही ब्युरोक्रेट्सका कारण दुई देशबीचको सम्बन्ध चिसिएको हो । भारत आफ्नो सुरक्षाप्रति बढी सजग रहेकाले अस्थिर नेपाल उसको हितमा छैन । | ekantipur.com |
2,690,520 | महासचिवमा दावी गर्ने शर्मा र पुन दुबै प्रचण्डका विश्वासपात्र हुन् । पछिल्लो समय प्रचण्डले महासचिव बनाउन चाहेका गुरुङ पार्टी विभाजन हुँदा वैद्य समूहतिर लागेका थिए । उनी बादलको नेतृत्वमा माओवादीमा फर्किएका नेता हुन् । | ratopati.com |
3,016,800 | सोमबार .वास्तविक सीमा रेखा (एलएसीमा) तैनाथ भारतीय सैनिकले फेरि एक पटक गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनीस्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले बताएको छ । चीनका अनुसार चिनियाँ सैनिक कुराकानी गर्ने योजनामा रहेको बेलामा उक्त गोली चलाइएको थियो । यसबारे भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका एक प्रवक्तालाई उद्धृत गर्दै स्थितिलाई स्थिर राख्नका लागि चिनियाँ सैनिकले बाध्य भएर जवाफी कारवाही गर्नुपरेको जानकारी दिएको छ । भारतीय समाचार एजेन्सी एएनआईले पनि एलएसीमाथि पूर्वी लद्दाखमा गोलीबारी भएको जानकारी दिएको छ । चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नल जांग शियूलीले एक बयान जारी गर्दै भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी हिस्सामा एलएसी पार गरे र पंन्गोंग त्यो लेकको दक्षिणी किनारा नजिकै शेनपाओ पहाठको इलाकामा प्रवेश गरेको बताएको छ । उनले दुबै पक्षबीचको सहमतिको भारतीय सेनाले गम्भीर उल्लंघन गरेको र उक्त कदमले त्यसले इलाकामा तनाव बढाइदिएको उल्लेख गरेका छन् । चिनियाँ सेनाका प्रवक्ताका अनुसार यस्तो गतिविधिले दुबै पक्षमा गलत धारणा विकसित हो र यो गम्भीर सैनिक भडकाउ र घिनलाग्दो कारवाही हो । प्रवक्ता जांगले भने, ‘यस्तो प्रकारको खतरनाक क्रियाकलाप गर्न तत्काल बन्द गर्न हामी भारतीय पक्षसँग माग गर्छौं । जुन सैनिकले एलएसी पार गरेका छन् उनीहरुलाई तुरुन्त फिर्ता बोलाइयोस्, सीमामा तैनाथ सैनिकलाई नियन्त्रणमा राखियोस्, यो विषयलाई गम्भीरताका साथ अनुसन्धान गरियोस् र जसले वार्निङ शट्स फायर गरेका छन् उनीहरुलाई सजाय दिइयोस् र अब उप्रान्त यस्ता घटना नदोहोरिने सुनिश्चित पनि गरियोस् ।’ चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ सैनिकले आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षा गर्ने बताएका छन् । | newsofnepal.com |
2,101,312 | फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाहरुले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याएर मुलुकको आर्थिक सुधारमा टेवा दिएको बताइन् । गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकीकृत गरि लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने पनि बताइन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएकाहरुलाई विभिन्न अफवाहहरु फैलाउँदै ऋण नतिर्न उक्साउनेहरुले नियम कानुन विपरित समाजमा अराजकता फैलाइरहेको भन्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले लघुवित्त संस्थाहरुले पनि बचतकर्ता र ठूला बैंकहरुबाट कर्जा लिएरै ऋण प्रवाह गरेकाले कसैले ऋण तिर्नु पर्दैन भन्दैमा त्यस्तो भ्रममा पर्न नहुने जिकीर गरिन् । ‘ऋण लिएपछि त्यसको सहि सदुपयोग गर्नुपर्छ । एउटा विषयमा ऋण लिने खर्च अन्यत्र गर्दा समस्या हुन्छ । र, ऋण लिएपछि कसैले भन्दैमा तिर्दिन भन्न पाइन्न । यस्तो गर्दा मुलुककै अर्थतन्त्र ध्वस्त हुन्छ ।’ चौधरीले भनिन् । विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी प्रमुख आशनारायण चौधरीले यस लघुुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरुको जीवनस्तर उकास्ने र युवाहरुलाई रोजगारी दिइरहेकोमा सन्तोष व्यक्त गर्दै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएका विषम अवस्थालाई चिर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले लघुवित्तको क्षेत्रमा देखिएको वित्तीय जटिलताहरु विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, तथा ग्राहक सदस्यहरुको संयुक्त प्रयासबाट लघुवित्त संस्थालाई नकारात्मक प्रभाव पार्न खोज्ने तत्व निस्तेज हुँदै गएको बताए । सो क्रममा उनले साधारण सभामा प्रस्तुत सुझावहरुलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । सभामा सञ्चालक सदस्यद्वय बलराम चौधरी, प्रा।डा।श्यामकुमार महतो र संस्थापक शेयरधनी पुरुषोत्तम चौधरीले मन्तव्य राखेका थिए । साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । भने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९र८० को नाफारनोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०र८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई समेत पारित गरेको थियो । सभामा वित्तीय संस्थाले २०८० मंसिर मसान्तसम्म ४० जिल्ला अन्तर्गत ३८२ गाउँपालिकारनगरपालिकाका २ लाख ८५ हजार २१९ ग्राहक सदस्यहरुलाई १९ अर्ब ९८ करोड ६९ लाख २० हजार कर्जा प्रवाह गरेको जानकारी दिइएको थियो । सभामा ग्रामीण महिला उत्सुकता मञ्चका महासचिव कलावती थरुनी, एभरेष्ट बैंक लि।का प्रदेश प्रमुख जनक हुमागाईँ, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका शाखा प्रबन्धक रेणुका राजवंशी लगायत सर्वसाधारण शेयर धनीहरुको उपस्थिति रहेको थियो । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं र पनि जोडिन सक्नुहुन्छ । काठमाडौँ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा १ खर्ब काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला काठमाडौँ । चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलाको ३०० ले घटेर १ लाख काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन् काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । | nepalipatra.com |
6,077,328 | प्रदर्शन तयारीमा रहेको सामाजिक कथावस्तु बारेको फिल्म ‘सतीदेवी’लाई केन्द्रिय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ । लक्ष्मण सुवेदी निर्देशित यो फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् । सेन्सर बोर्डले फिल्मको रनटाइम २ घण्टा १५ मिनेट ४५ सेकेण्डमा सीमित गरिदिएको छ । शुक्रबार फिल्म हेरिसकेपछि बोर्डका सदस्यले सकारात्मक प्रतिक्रिया दिएको निर्देशक सुवेदीले जनाए । फिल्मले मंसिर ७ गते टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मको मनोविज्ञान र कथावस्तुबारे महत्वपूर्ण प्रकाश पारेको छ । उक्त पोस्टरले सामाजिक-राजनीतिक आन्दोलनको औचित्यलाई प्रश्न गर्छ । पोस्टरमा फिल्मकी शीर्ष अभिनेत्री मलिका महतलाई जुत्ताको माला र मोसो लगाएर गाउँलेले लखेटेको देखिन्छ । ग्रामीण सेटिङमा खिचिएको फिल्मको यो पोस्टरले गणतन्त्रमा महिला, दलित, सीमान्तकृत र अपहेलित पात्रको दुदर्शाको कथा पेश गर्छ । सुवेदीले सतीदेवी चरित्रमार्फत आफूले भोगेको र देखेको जीवनको कथालाई फिल्ममा पस्किएका छन् । नारीप्रधान फिल्ममा मलिकालार्ई एकल महिलाको चरित्रमा पेश गरिएको छ । समग्रमा यो बाउछोरीबीचको सम्बन्धको कथा हो । छोरा पाउने चाहनामा छोरी जन्माउने र अपहेलना गर्ने प्रवृत्तिको कथा । फिल्मलाई वर्षको अन्त्यतिर रिलिज गर्ने निर्माताको तयारी छ । फिल्ममा मलिकासहित सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । | onlinekhabar.com |
3,980,698 | अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ । अवरुद्ध राजमार्ग चालु गराइ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन सडक सञ्चालन गर्नु आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । पहिरो र नदीकटानबाट अवरुद्ध सडक पुनःनिर्माणका लागि नेपाली सेना परिचालन गर्न मन्त्रालयमार्फत् प्रक्रिया अगाडि बढिसकेकाले अबको एक÷दुई दिनभित्रै राजमार्गको पहिरो व्यवस्थापन गरी सवारी साधान सञ्चालन गर्न नेपाली सेना कालिप्रसाद इञ्जिनीयरिङ गणले स्थलगत निरीक्षणसमेत गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी गरनएका छन । अबिरल वर्षाले रसुवागढी, धुञ्चे–भार्खुबीचको त्रिशुली नदी छेउका दुई स्थानमा पहिरा गएका कारण नेपाल–चीन सिधा सम्पर्क टुटेपछि तीजपर्व लागि ल्याइएका सौन्दर्यका सामाग्रीसमेत रोकिएको एकता व्यापार सङघले जनाएको छ । सडक बन्द हुँदा नेपाली व्यवसायीले झिकाएका साम्रगीले आफ्नो गोदाम भरिसकेको चिनियाँ सामान ढुवानी गर्ने केरुङ क्षेत्रको सबैभन्दा ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सर्पोटले जनाएको छ । सडक अवरुद्ध भएपछि भन्सार शुल्क समेत प्रभावित भएको बताउँदै प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले साउन १० गतेयता करिव रु ४८ करोड राजश्व सङ्कलनमा असर परेको बताएका छन। साउन ११ गतेको अबिरल वर्षाले क्षति पुगेको टिमुरे र रसुवागढी बीच घट्टेखोलाको पक्की पुल मर्मत ४५ प्रतिशत पूरा भएको डिभिजन सडक कार्यालयले जनाएको छ । अर्बौका सामान रोकिँदा आफ्ना व्यवसायीलाई ठूलो मर्का परेको र विभिन्न चाडपर्वसमेत नजिकिँदै गरेकोले छिटोभन्दा छिटो राजमार्ग चालु गराउन आग्रह गरिएको उक्त सङ्घका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी गराए । अवरुद्ध सडक छिटो खोल्न आफूले प्रयास जारी राखेको बताउँदै सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले विष्फोटक पदार्थ प्रयोगका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको र सेनाको नीति निर्माण तहबाट ठोस जवाफ नआउँदा सडक खोल्ने काम केही दिन ढिलाइ भएकाले सेनालाई विशेष निर्देशनका लागि रक्षा मन्त्रालयमा अनुरोधसमेत गरिरहेको बताएका छन । रासस चितवन, साउन ५ । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ म्याग्दी, साउन ४ । एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी, १ साउन । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक म्याग्दी, १ साउन । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको काठमाडौं, १ साउन । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् काठमाडौं, असार २८ । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको मुग्लिन (चितवन), २५ असारः इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । चितवन, २४ असार । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । | reportersnepal.com |
4,452,359 | राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शनिवार बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी जितियाजस्ता मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा जितियाजस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको बताउँदै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा यस्ता मौलिक चाडपर्वका माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उल्लेख गरेका छन् । नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुख–शान्तिका लागि भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै उत्साहका साथ मनाइने पर्व हो । यस पर्वमा थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यसै अवसरमा दिएको सन्दशेमा उपराष्ट्रपति यादवले तराई–मधेसका आदिवासी, रैथाने समुदाय/जातजातिले आआफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा मनाउनाले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गरेको बताएका छन् । उनले जितियाजस्ता पर्वले नेपालीबीचको एकतालाई बढावा दिने सन्देशमा उल्लेख गरेका छन् । यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको शुभकामना सन्देशमा जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्वि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । सामाजिक सम्बन्धको सन्तुलन, आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास प्रधानमन्त्रीको छ । “बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको पहिचानलाई आत्मसात् गरी सामाजिक–सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्नु अपरिहार्य आवश्यकता भएको छ”, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन् । यसै अवसरमा सभामुख देवराज घिमिरे समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्न जितियालगायत सांस्कृतिक पर्वले ठूलो योगदान गर्ने बताएका छन् । | spacesamachar.com |
3,458,411 | नगरकोटको भ्रमणमा आउने बाह्य पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क उठाएको बिरोधमा यहाँका पर्यटन व्यवसायी नगरपालिकाले आफ्नो गुनासो नसुनेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारले आफुखुशी पर्यटन शुल्क नउठाउन २०७४ कात्तिक १५ गते पत्राचार गरेको भए पनि चाँगुनाराण नगरपालिकाले पर्यटन शुल्क उठाउँदै आएको छ । नगरपालिकाले आफुखुशी मनोमानीरुपमा शुल्क उठाएको भन्दै सोमबार शुल्क उठाउने कार्य रोक्न जिल्ला प्रशासन कार्यलयमा नगरकोट नाल्दुम पर्यटन विकास समितिले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले नगरपालिकाले एकलौटी रुपमा पर्यटन शुल्क उठाउन टेण्डर लगाएको आरोप लगाए । वार्षिक चार लाख पर्यटक भित्रने नगरकोटमा निजी कम्पनीलाई रु ५१ लाखमा टेण्डर दिइएको उनको भनाइ छ । नगरपालिकाले असोज १ गतेदेखि नगरकोट आउने बाह्य पर्यटकमध्ये सार्क मुलुकका नागरिकसँग प्रतिव्यक्ति रु २०० र अन्य देशकासँग रु ३०० लिने गरी ठेक्का दिएको थियो । व्यवसायीले सो निर्णय फिर्ता लिन माग गर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले अनियमति तवरबाट उठाएको प्रवेश शुल्क रोक्न स्थानीय विकास मन्त्रालयमा पत्राचार गर्ने बताए ।
व्यवसायी एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष लामाले नगरपालिकाले निर्णय नसच्याए व्यवसायीले होटल बन्द गरेर नगरपालिका घेराउ गर्ने चेतावनी दिए । अर्का व्यवसायी गोकुल शर्माले नगरपालिकाले व्यवसायीसँग बिना छलफल पर्यटन शुल्क उठाएर नगरकोटको पर्यटन व्यवसायलाई ध्वस्त बनाएको आरोप लगाए । व्यवसायीले पर्यटन शुल्क रोक्न माग गरेपनि नगरप्रमुख सोम मिश्रले आफू एक्लैले सो निर्णय गरेको नभई नगर कार्यपालिकाले निर्णय गरेको बताउँदै आएको व्यवसायीको भनाइ छ । | nonstopkhabar.com |
1,710,871 | वि.सं.२०८० असार २१ बिहीवार नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा भएका छन् । विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गरेका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित भएका थिए । विसं २०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए । अर्जुनधारा नगरपालिका–७ निवासी बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको एक्लो छोराका रूपमा विसं २०१४ मङ्सिर १५ गते जन्मिए नवनियुक्त मुख्यमन्त्री थापाले २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । विद्यार्थी जीवनबाट पार्टीको सङ्गठनतर्फ प्रवेश गर्ने क्रममा उनले नेपाली काङ्ग्रेस अर्जुनधारा गाउँ विकास समितिको सचिव÷सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्हाले । त्यसपछि झापा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थापाले दुईपटक प्रतिनिधिसभा सदस्यको टिकट पाए । हरेक चुनावमा नेपाली कांगे्रसको भारी मत बढाउन सफल रहे पनि जितको परिणाम भने हात पर्न सकेन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनपछि नेपाली कांग्रेस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर जिल्लाव्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यावहारिक राजनीतिक योजनाकार पनि हुन् । पाँच ‘व’ को नीतिअन्तर्गत विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांगे्रस, विकासमा कांग्रेस र विपद्मा कांग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याइसहित थापाकै अगुवाइमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएका थिए । साथमा नेपाली कांगे्रसको सिद्धान्त, नीति, विचार, कार्यक्रम, इतिहास र विधानका विषयमा समेत थापाकै अगुवाइमा प्रशिक्षण कार्यक्रम चलाइए । विसं २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि प्रजातन्त्र अपहरण गर्ने राजाको कार्यको कडारूपमा विरोध जनाउँदै आन्दोलन सञ्चालन गर्दा उनलाई तत्कालीन शाही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक ब्यारेकको बङ्करमा कठोर र अमानवीय क्रूर यातना दिएर सैन्य हिरासतमा राखेको थियो । वाणिज्य शास्त्रमा स्नातक गरेका थापाले एक स्पष्टवादी, निडर, कार्यकर्ताको पीरमर्का बुझ्न र सहयोग गर्न सक्ने, कार्यकर्तालाई माया र न्याय गर्न सक्ने विवेकशील नेताको छवि निर्माण गरेका छन् । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पार्टी सङ्गठनलाई विस्तार गर्न थापाले कठोर मेहनत गरेका छन् । प्रजातान्त्रिक आन्दोलन र सङ्गठन विस्तारका क्रममा सङ्घर्षको मैदानबाट खारिएर आफूलाई राजनीतिमा अब्बल साबित गरेका थापा राजनीतिलाई राष्ट्रहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आएका छन् । नेपाली कांग्रेसभित्र सबै जाति, भाषाभाषी र समुदायको उपस्थिति, सम्मान र सुरक्षामा विशेष चासो राख्नुहुने थापा नेविसङ्घ एकाइ हँुदै कांग्रेस पार्टीको तल्लो एकाइ समितिबाट नेतृत्व विकास गर्दै राष्ट्रिय राजनीतिको वर्तमान अवस्थामा आफूलाई उभ्याउन सफल लोकतन्त्रका पहरेदार सिपाहीका रूपमा चर्चित छन् । कोशी प्रदेशसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनी प्रदेशसभाको छैठौँ बैठकसम्म र तेस्रो अधिवेशनको पहिलो बैठकसम्म आफ्ना धारणा, विचार र सिद्धान्तमा अडिग रही अत्यन्त प्रभावशाली ढङ्गले सदनमा प्रस्तुत भएका थिए । रासस वि.सं.२०८० असार २१ बिहीवार २०:३४ मा प्रकाशित देउखुरी (दाङ) । दाङमा जडीबुटी उत्पादन बढेको छ । | sansarnews.com |
1,910,382 | छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । अर्घाखाँचीका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन । वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिए। जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करीब रु पाँच करोड नोक्सान भएको जनाइएको छ । शीतगङ्गा– १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताए। सन्धिखर्क र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए । | pokharanews.com |
1,948,746 | एनआरएनएले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका सवालमाथि छानबिनसहित सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरेको थियो । सोही समिति मातहतको तीन सदस्यीय स्वतन्त्र उपसमितिले समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन यही फेब्रुअरी ४ मा उच्चस्तरीय समितिमा पठाएको थियो । प्रतिवेदनमाथि उच्चस्तरीय समितिमा छलफल हुनुपूर्व नै मिडियामा आएपछि एनआरएनएले आपत्ति जनाएको हो । ‘यति संवदेनशील विषय छलफल पूर्व नै बाहिरिएको र त्यसमाथि अनावश्यक टीकाटिप्पणी भइरहेको प्रति यस उच्चस्तरीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ एनआरएनएद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका प्रवृत्तिले संघको गोपनीयता र विश्वसनियतामाथि नै गम्भीर प्रश्न उठ्नुका साथै उच्चस्तरीय समितिको कार्यसम्पादनमा समेत प्रतिकुल असर परेको छ ।’ एनआरएनएले अब संघको गोपनियता भंग हुने गरी कुनै पनि किसिमका गतिविधि नगर्न नगराउन सबैलाई आग्रह गरेको छ । | pokharanews.com |
587,505 |
सिरहाको कर्जन्हा नगर कार्यपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे । समझदारीअनुसार अस्पतालले पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषलाई निःशुल्क शल्यक्र्रिया सेवा, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्र्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पुर्याइने उल्लेख छ । यो सेवा सो नगरपालिकावासीको निम्ति भएको प्रमुख प्रशासकीय अधिकृत दनुवारले बताए । | lokpath.com |
4,428,852 | आज नेपालमा सूर्योदय बिहान ०५: २१ बजे, सूर्यास्त साँझ ०६: ५९ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४५ मिनेट देखि १० बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । सुदूर र दुर्गम प्रदेशको भ्रमणको योजना बनाउने दिन हो । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ साम्बसदाशिवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । साथीभाइसँगको मनुमुटावका कारण मन उदासीन बन्ने दिन हो, गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लगाउनु बेस हुनेछ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ । प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा दिलचस्पी जाग्न सक्छ, आन्तरिक प्रतिभाको प्रदर्शन गरी प्रशंसा बटुल्न सकिने छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामथ्र्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । आज घरमा सम्पर्क गर्ने दिन हो, खासगरी दाजुभाइ र चेलीबेटीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ÷सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पद्र्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । आनन्द र रमझममा दिन बित्नेछ, तथापि आज भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुन्छ, नत्र आनन्द प्राप्त गर्नुको सट्टा झमेला व्यहोर्नुपर्ने समय हो । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷घिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । | kharibot.com |
4,099,604 | पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ÷छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ । यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङले जानकारी दिनुभयो । भय र दण्डका देवताका रुपमा हिन्दू र बौद्ध संस्कृतिमा प्राचीनकालदेखि भैरवको पूजाआजा हुँदै आएको पाइन्छ । तन्त्रोक्त विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् । भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको अध्यक्ष प्रधानाङले बताउनुभयो । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा छ । यसलाई गण नृत्य (गँ प्याखँ) भैरव नृत्य (भैल प्याखँ)आदि नाममा काठमाडौँ उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिँदै आएको उहाँको भनाइ छ । पोखरामा पनि भैरव नृत्यको साढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उहाँले भन्नुभयो, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा सुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिँदै आइएकोमा २०२९ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिँदै आइएको छ ।” यसमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुण्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् । मृदङ्गा (खिं) झ्याली, ताः, धाः, सहनाई, (मुहाली) को बादनका माध्यमबाट सङ्गीत सिर्जना गरिने यस नृत्यमा सामान्यतः १२ नर्तक ३० गायक १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा कलाकार, १० स्वयंसेवक तथा अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरी एक सय छ जनाको सहभागिता रहने अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो । ठूलो सङ्ख्यामा कलाकार चाहिने यो नृत्य एक पटकमा सञ्चालन गर्न लगभग ८० हजार रुपैयाको लागत लाग्ने गुरु कृष्णदेव प्रधानाङ्गले जानकारी दिनुभयो । शास्त्रीय सङ्गीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिने गरिन्छ । यस नृत्यका भजनमा भक्तपुरका राजा रणजित मल्लको नाम उल्लेख भएकाले यसको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ । पोखराको पुरानो यस सांस्कृतिक सम्पदाप्रति सबै समुदायका पोखरेलीको निरन्तर सहयोग र सद्भाव प्राप्त रहेको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा यस नृत्य अङ्कित हुलाक टिकट प्रकाशन गरेको थियो । पोखराको वरिष्ठ संस्कृतिकर्मी स्व सर्वज्ञमान प्रधानाङ्ग भैरव सांस्कृतिक संरक्षण समितिको अध्यक्षसँगै लामो समयसम्म यस नृत्यको गुरुको भूमिका निर्वाह गर्नुभएको थियो भने स्व कृष्णबहादुर वैद्य पनि गुरु भएर नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानाङ्ग र उपगुरु मेघबहणदुर ताम्राकार हुनुहुन्छ । नृत्यमा उपयोग गरिने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराईने हुनाने यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । यसमा सहभागी हुने नृत्य कलाकारमा नृत्य शक्ति सञ्चार हुने समितिका कोषाध्यक्ष महेन्द्र बजिमयले जानकारी दिनुभयो । नृत्य सुरु गर्नुपूर्व कलाकारलाई नाटेश्वरको टीका लगाउने प्रचलन रहेको उहाँले बताउनुभयो । मुखुणेमा शक्ति जगाउने काममा यस अघि धर्मराज गुभाजु, पुण्यराज गुभाजु कान्तिराज भाजू, विविध मङ्गल गुभाजु हुँदै यसअघिको २०७२ को नृत्यमा डा सिध्दिवीर कमाचार्य रहनुभएको थियो । यसवर्ष मुखुण्डो सिद्धीमा ललितपुरका श्री हीरारत्न गुभाजु संलग्न हुनुभएको छ । यो नृत्य प्रदर्शन गर्न करिब दुई महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यसवर्ष प्रशिक्षणमा करिब तीन सय ५० भन्दाबढी कलाकार सहभागी भएका भएको र बाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी भएको अध्यक्ष प्रधानाङ्ले जानकारी दिनुभयो । नृत्य अत्यन्त खर्चिलो भए पनि आवश्यक पर्ने वस्त्राभूषण विभिन्न दाता महानुभावबाट प्राप्त भएको सचिव सुरेन्द्रमान विजुक्क्षेले जानकारी दिनुभयो । यही मङ्सिर १५ गतेदेखि प्रदर्शन गर्ने तयारी भएको यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मानस्वरुप भीमसेन मन्दिर भीमसेनटोलमा प्रदर्शन गरिने योजना छ । यो नृत्य १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणशमन्दिर भैरवटोल, २२ गते गुरु कृष्णदेव प्रधानाङको निवास्थान भैरवटोल प्रदर्शन गरिने जनाइएको छ । नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष प्रधानाङले जानकारी दिनुभयो । नृत्य आमन्त्रण गर्न व्यक्तिगत र संस्थागत क्रमशः ३५ हजार र ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
1,058,861 | २०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । वस्त्र लाभ हुनेछ । मनमा शान्ति छाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनोरञ्जनमा सहभागी भइएला । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जोश,जाँंगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न सकिनेछ । उपहार पाइने सम्भावनाछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बित्तिय संस्था बाट सहयोग पाईनेछ । लाभदायक यात्रा होला । शुभ समाचार सुन्न पाइएला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चुनौतीको सामना गर्नुपर्ला । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । कष्टकर यात्रा गर्नुपर्ला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कटमा परिएला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा विवाद आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शिक्षामा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा विवाद आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ । | makalukhabar.com |
1,917,318 | अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३० की रामकुमारी दनुवारको मृत्यु भएको हो । आइतबार बेलुकी दनुवारलाई अस्पतालमा भर्ना गरिएको र आज बिहान ८।३० मा सामान्यरूपले बच्चा जन्माउने क्रममा बिरामीले उल्टी गर्दा बल परेका कारण बिरामीको फोक्सो र मुटुमा असर परेर मृत्यु भएको अस्पतालका प्रसूति विशेषज्ञ डा फणिन्द्र बरालले बताउनुभयो । उहाँका अनुसार सामान्यरूपमै बच्चा जन्माउन सक्ने देखिएकाले शल्यक्रिया नगरिएको तर बिरामी धेरै कमजोर भएका कारण बच्चा जन्माउने बेलामा बढी बल गर्नुपरेकोले मुटुमा प्रत्यक्ष असर परेर दनुवारको मृत्यु भएको हो । मृतक दनुवारको यस अघिनै तीन छोरीको जन्म भइसकेको र यो पटक छोरा हुने अपेक्षामा अस्पतालमै प्रसूतिका लागि आउनुभएको थियो । अहिले मृतकको शव अस्पतालमै छ । | pokharanews.com |
3,008,995 | गत बिहिवा, देखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १४ गते बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो । हिजोको बैठकले बालकुमारीमा प्रहरीको गोलीबाट दुई नागरिकको हत्याको सबन्धमा छानबिनको माग गर्ने निर्णय गरेको थियो । कांग्रेसले कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको जनाएको थियो। हिजो बैठकको निर्णयमा भननेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ । उसले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । बालकुमारी घटनाका सम्बन्धमा सरकारले बनाएको छानविन समितिले घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कानूनी कार्वाही गर्नुका साथै घटनामा घाइते भएकाहरुको यथाशीघ्र उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक नेपाल सरकारसँग माग गर्दछञ सो बैठकको निर्णयमा भनिएको छ । साथै, पौष १२ देखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरु मध्य अर्थ मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एन.पी. साउँद, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले यो अवधिमा सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए । सो बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याणकुमार गुरुङ, किरण यादव, डा। गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, प्रदिपकुमार सुनुवार, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, राजीवबिक्रम शाह, डा.चन्द्रमोहन यादव, प्रकाश रसाइली स्नेही, हरिशरण नेपाली, प्रा.डा.गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, सुशिला थिङ, रुपा वि.क., डा.जीवन राना, राधा घले, धना खतिवडा, कल्याणी रिजालले आ-आफ्नो धारणा राखेका थिए। साथै, प्रदेश सभापतिहरू मध्ये उद्धव थापा (कोशी प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश)ले आ–आफ्नो धारणा राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन् । | newsofnepal.com |
200,407 | नेपालीको विदेशमा बसाइ सराइ इतिहास त्यति लामो छैन। अध्ययन र छात्रवृत्तिमा विदेशिएकाबाहेक बसाइ सराइ तीन दशकको इतिहासमा धेरै नेपालीले मुलुकको शान र आफ्नो मान बढाउने काम गरेका छन्। चिकित्साशात्र अध्ययन र अध्यापनको सिलसिलामै डेड हर्ट ट्रान्सप्लान्ट गरेर ख्याति कमाएका डाक्टर कुमुद धिताल हुन् या छोटो समयमै सफलता चुमेका धनपति शेष घले नै किन नहुन् सबैले प्रवासी नेपालीको मान र शान बढाएकै छन्। यतिखेर पहिलो पुस्तामा कुदिएको सफलतालाई उजिल्याउने काम दोस्रो पुस्ताले निरन्तरता दिएका छन्। सीड्नीका युवा प्रमेज श्रेष्ठ सत्तारूढ दल लिबरल पार्टीबाट केन्द्रीय सांसदको चुनाव लडे। थोरै भोटले हारे पनि यसले अस्ट्रेलियन राजनीतिमा नेपाली प्रवेशको ढोका खोलेको छ। यस्तै शैक्षिक यात्राको फलामे ढोकाका रूपमा चिनिने हाइएर स्कुल सर्टिफीकेट (एचएससी) १२ कक्षाको परिणाममा केही नेपाली विद्यार्थीले ल्याएको परिणामले अस्ट्रेलियाभर चर्चा पाएको छ। सीड्नीको पश्चिमी क्षेत्रको गिरावीन हाइस्कुलबाट एचएससी दिएकी बिसीका घिमिरेले ९९.७५ प्रतिशत अंक ल्याएर सबैलाई आश्चर्यचकित पारिदिइन्। उनी मात्र होइन, यस वर्षको एचएससी परीक्षामा थुप्रै नेपालीमुलका युवायुवतीले उत्कृष्ट परिणाम ल्याएर दोस्रो पुस्ताको बलियो उपस्थिति देखाइसकेका छन्। ‘यो हाम्रो नेपाली समाजको लागि पनि गौरवको विषय हो, मेरी छोरीले यो परिणाम ल्याउनुमा उनको मिहिनेत अनि सबैको सहयोग र सद्भाव मिसिएको छ’, बिसीकाका बुबा सिताराम घिमिरेले सेतोपाटीसँग भने। सीताराम र बिमला चुडालकी जेठी छोरी बिसीका तिन कक्षादेखि अस्ट्रेलियामा पढ्दै आएकी हुन्। दुई कक्षासम्म नेपालमै पढेकी बिसीकाको अबको लक्ष्य डाक्टर बन्नु हो। ‘उनको सानैदेखि डाक्टर हुने रहर थियो। यो परिणामले उनको सपना साकार हुने देखिएको छ’, सितारामले भने। यो परिणामपछि बिसिकाले मिनिस्टर अवार्ड फर एक्सीलेन्ससमेत प्राप्त गरेकी छन्। जुन अष्ट्रेलियामा विद्यार्थीका लागि निकै महत्वपूर्ण मानिन्छ। दोस्रो पुस्ताका अर्की प्रतिभा आर्या अधिकारीले पनि सोही स्कुलबाट एचएससीमा ९९.६५ प्रतिशत अंक ल्याएर उत्तिर्ण भइन्। यो पनि उत्साहजनक परिणाम हो। यो सफलताका लागि चानचुने मेहनेत र परिश्रमले पुग्दैन। आर्याका बुबा कमल अधिकारी छोरीको पढाईबाट सन्तुष्ट छन्। ‘हामी उनलाई मेडीसीन पढाउने सोचमा थियौं तर उनी बिजनेस पढ्न चाहन्छिन्। उनको चाहनामा हामी रोकटोक गर्दैनौं,’ उनले सेतोपाटीसँग भने। यस्तै अर्की नेपाली चेली शीला भट्टराईले पनि एचएससीमा ९६.७५ प्रतिशत अंक ल्याएर सफलता हात पारिन्। यो परिणामपछि शीलाले न्युसाउथवेल्स विश्वविद्यालयको कानुनी संकायमा अनुबन्धनसमेत पाएकी छन्। नयाँ पीडिले पनि यहाँको शैक्षिक क्षेत्रमा प्रभुत्व कायम गर्नु आफैंमा महत्वपूर्ण रहेको शीलाका बुबा बालचन्द्र भट्टराईले बताए। बालचन्द्र र सीता भट्टराईकी जेठी छोरी शीला आफू वकालत पेशामा जान चाहेको बताउँछिन्। नयाँ पुस्ताका नेपालीहरु कानुनी पेशामा आउनु नेपाली समुदायका लागि हितकर हुने शीलाकी आमा सीता भट्टराईले बताइन्। यता अर्का नेपाली युवा गौरव थापाले कक्षा ११ मा पढ्दै गर्दा १२ कक्षाको एक विषयमा राज्यस्तरकै टप गरेका छन्। जसका कारण गौरवले अनर रोल २०२० अर्वाडसमेत हात पारेका छन्। यस्तै अर्की नेपाली चेली अनुभूति हीराचनले पनि ९७.१ प्रतिशत अंक ल्याएर आफूलाई अब्बल साबित गरेकी छन्। अशोक हिराचन् र भूमीका हिराचनकी छोरी अनुभूति सीड्नीकाे ग्रानभीलमा बसाेबास गर्दै आएकी छिन्। एक्काइसौं शताब्दीको जमानामा संसारको जुनसुकै कुनामा बसेर पनि आफ्नो जन्मभूमि र कर्मभूमिबीचको पुलको काम गर्न सक्ने यी विद्यार्थीको सफलताबाट आगामी दिनमा थप नेपाली युवाले हौसला पाउनेछन्। पछिल्लो शैक्षिक सत्रमा नेपाली चेलीले पाएको सफलता हाम्रो लागि गौरवको विषय भएको एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले बताए। ‘नयाँ पुस्ताको सफलताले समग्र नेपाली समुदायलाई नै गौरवान्वीत बनाएको छ’, रेग्मीले भने । | setopati.com |
1,632,268 | आईसीसी विश्वकप लिग–२ अन्तगर्त नेपाल, यूएई र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक एकदिवसीय श्रृखला आजबाट सुरु हुदैँछ । त्रिकोणात्मक श्रृखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी विरुद्ध टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ । सन्दिप लामिछानेको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टिम पहिलो खेलमा जित निकाल्दैँ श्रृखलामा सुखद सुरुवात गर्न चाहन्छ । यस अघि नेपाल र पपुवा न्यूगिनी बिच भएको २ एकदिवसीयमा खेलमा नेपालले दुवै पटक जित हासिल गरेको छ ।
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, सागर ढकाल, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी । वि.सं.२०७८ चैत २ बुधवार ११:११ मा प्रकाशित काठमाडौँ । मुक्कामुक्की र लात्ती हानाहान । | sansarnews.com |
1,616,274 | काठमाडौं - उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट सुरु हुने लिग तीन चरणमा खेलाइने जनाएको हो। यसमा पहिलो चरणको खेल धरानको धरान रङ्गशालामा चैत ३ देखि १३ गतेसम्म आयोजना हुनेछ। त्यसैगरी दोस्रो चरणको खेल काठमाडौंमा वैशाख पहिलो साताबाट र तेस्रो चरणको खेल विराटनगरको शहीद रङ्गशालामा जेठ तेस्रो साताबाट सञ्चालन हुनेछ। प्रतियोगितामा तीन विभागीय टोलीसहित कूल सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका रौतहट, विराटनगर महानगरपालिका विराटनगर, चौदण्डीगढी नगरपालिका उदयपुर र वालिङ नगरपालिका स्याङ्जाले खेल्नेछन्। डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा कूल ४२ खेल हुनेछ। लिगको विजेता टोलीले १५ लाख प्राप्त गर्दा उपविजेताले आठ लाख प्राप्त गर्नेछ। त्यसैगरी तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख पुरस्कार पाउनेछन्। प्रतियोगितामा फेयर प्ले घोषित हुने एक टोलीले एक लाख ५० हजार प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही ५० हजार प्रदान गरिने आयोजक एन्फाले जनाएको छ। त्यस्तै प्रतियोगिताको प्रत्येक खेलमा प्लेयर अफ दि म्याच घोषित हुने खेलाडीलाई पाँच हजार दिइने छ। प्रतियोगिताको तयारीस्वरुप एन्फाले सहभागी टोलीलाई एक/एक लाख दिनेछ । | nepalsamaya.com |
3,703,453 | नेपालकै ऐतिहासिक तथा पुरातात्वीक सम्पदा मानिने चौदण्डीगढी दरवार क्षेत्र रहेको उदयपुरको चौदण्डीगढी नगरपालिकाले चौदण्डीगढी दरवार क्षेत्रबाट नेपाल भ्रमण बर्ष २०२० को थालनी गरेको छ । अंग्रेजी नयाँ बर्ष तथा नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन बिशेष कार्यक्रमको आयोजना गरी भ्रमण बर्षको थालनी गरिएको हो । संघीय साँसद प्रमिला राई, प्रदेश सांसद विमल कार्की, अम्विका थापा, प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का लगायतको उपस्थितिमा नगरपालिकाको प्रमुखबजार बेल्टारदेखि चौदण्डीगढीसम्मको २५ किलोमिटर साइकल र्याली,विभिन्न झाँकीतथा नृत्य , स्थानीय परिकार, स्थानीय उत्पादनको प्रदर्शनसहित गढी दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा नगरपालिकाका प्रमुख खगेन्द्र राईले नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर चौदण्डीगढी घुम्न आउन पर्यटकलाई निम्ता गरेका छन् । गढीसम्म पुग्ने सडक यातायात, बासका लागि होटल, विद्युत, संचार लगायतका पर्यटकलाई आवश्यक पूर्वाधार तयार भएकोले चौदण्डीगढी घुम्नका लागि आउने पर्यटकलाई कुनै समस्या नरहने उनले बताए । “पर्यटकलाई आवश्यक सबै पूर्वाधार तयार गरेर घुम्न आउन आम रुपमा निम्ता गरेका हौं” प्रमुख राईले भने,“ यो स्थान खोज, अध्ययन र अनुसन्धान गर्नेहरुका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।” त्यसैले पनि भ्रमण बर्षको अबधिमा उल्लेख्य रुपमा स्वदेशी तथा विदेशी पर्यटकको आवागम नहुने आशा राखेको उनले बताए । चौदण्डीगढी उदयपुर जिल्लाको मात्र नभई नेपालकै प्रमुख ऐतिहासिक तथा पुरातात्विक स्थल मानिन्छ ।उत्तरमा दुधकोसी नदी र दक्षिणमा चुरे पहाड रहेको गढीतत्कालीन सेन बंशीय राज्यको राजधानी हो । विक्रम संवत १७९० देखि जगत सेन, बिक्रम सेन, हरि सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरवारमा राज्य चलाएको नेपालको इतिहासमा उल्लेख छ । मकवानपुरगढीका राजा हेमकर्ण सेनका माईला भाई जगत सेनले पुर्वी सिमानाको रेखदेखका लागि चौदण्डीगढी राज्यलाई अस्तित्वमा ल्याएको चौदण्डीगढीका विषयमा खोज अनुसन्धान गरिरहेका पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कौशल चेम्जोगं बताउँछन् । “ भोजपुरको हतुवागढी र मकवानपुरगढी विजयपछि गोर्खाली सेनाले चौदण्डीगढीमा विजयहासिल गरेका थिए ” उनले भने,“ तर, यहाँ खासै ढूलो युद्ध नभएकाले कसैको पनिहताहतीभने भएन र सजिलै गोर्खालीले जीते ।” यो ऐतिहासिकतथा पुरातात्विक क्षेत्र रहेकोले यहाँ अबलोकन, अध्ययन र अनुसन्धानका लागि पर्यटक आउन सक्ने चेम्जोगंले बताए । लामो समय नेपालको इतिहास अध्ययन गरेका पूर्व शिक्षक श्याम मल्लका अनुसार हरि सेन राजा रहिरहेका बेला हरिनन्द उपाध्याय पोखरेल र स्वरुप सिँह कार्कीको विशेष सहयोगमा पृथ्वीनारायण शाहले विसं १८३० तिरचौदण्डीगढी राज्यमा विजय हासिल गरेका थिए । गोर्खालीहरुको विजय अभियान सम्म पनि पूर्वको महत्वपूर्ण राज्यको राजधानीका रुपमा रहेको यो ठाउँले ऐतिहासिकतथा पुरातात्विक महत्व बोकेको छ । सदरमुकाम गाईघाट बाट २७किलोमिटर पूर्वि पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुरातात्विक महत्व बोकेका देवी देवताकामुर्ती, ढुङ्गाका सामाग्रीहरु छन् । समग्र नगरपालिकको नामाकरणसँग जोडिएको यो स्थान नेपालकै एक महत्वपूर्ण ऐतिहासिक र पर्यटकीय स्थलबन्ने प्रचुर सम्भावना रहेको स्थान मानिन्छ । भ्रमण बर्ष २०२० को अवसर पारेर यहाँ आउने पर्यटकलाई कुनै असुविधानहोस् भनेर नगरपालिकाले आवश्यक पूर्वाधार तयार गरी पर्यटकलाई निम्ता गरेको नगरप्रमुख खगेन्द्र राईको भनाई छ । “चौदण्डीगढीलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईँ बताउँछन् ।“नेपाल भ्रमण बर्षको अवसर पारेर चौदण्डीगढीबाटै आम पर्यटकलाई निम्ता गरेका छौ ” उनले भने,“ पर्यटकको लागि आवश्यक पूर्वाधार यहाँ रहेकाले देशीविदेशी पर्यटक घुम्न आउने आशा राखेका छौं ।” ढोरपाटन (बागलुङ)- यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर चितवन- चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०-८१ मा तीन लाख बुटवल– बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो ६ महिनामा दुई लाख ४ हजार ६९४ जना बाह्य पर्यटक काठमाडौं– सन् २०२४ का ६ महिनामा पर्यटक आगमनको तथ्यांक हेर्दा १६ लाख पर्यटक ल्याउने सरकारी भैरहवा– लुम्बिनी भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकहरूको संख्या गत ५ महिनामा ५ लाख नाघेको पोखरा– पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन फेवाताल पारि पुम्दी भुम्दीमा पदमार्ग निर्माण गरिएको छ । | karobardaily.com |
4,981,836 | नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन् । सेनाले विशेषज्ञ विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य भानुभक्त कोईराला आम जनता पार्टी विराटनगर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले अहिलेको संविधानको अन्त्यष्टि संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभयुक्तसँग बयान सुरु भएको संखुवासभा । जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ जनाविरूद्ध जिल्ला अदालतमा इलाम । इलाम अस्पतालमा कीट अभाव भएपछि बिरामीले निःशुल्क जाँच गराउने रोग जाँच्न पनि पैसा सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका इलाम । इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय र लेखा अधिकृतको अश्लील क्रियाकलापको भिडियो सार्वजनिक भएको काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत हो या होइन इटहरी । विश्वेश्वरप्रसाद कोइराला (वीपी) को ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा वीपी सप्ताह कार्यक्रम राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन | rajdhanidaily.com |
1,860,276 | उसले अस्पतालको सेवा नै बन्द गरी आन्दोलनमा उत्रिनु कानून विपरित कार्य भन्दै चिकित्सकहरुलाई सेवा सुचारु गर्न ध्यानाकर्षण गराएको छ । आयोगले विभिन्न अस्पतालमा गरेको अनुगमनका क्रममा चिकित्सकबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा शुक्रबारबाट ठप्प भएको र यसले घाइते तथा विरामीको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको बताएको छ । उसले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ बमोजिम बन्द हडताल गर्न नपाइने भनी नेपाल सरकारद्धारा घोषित स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य नेपालको संविधानको धारा ३५ द्धारा प्रद्धत स्वास्थ्य सम्वन्धी हक, धारा ४४ द्धारा प्रदत्त उपभोक्ता हक, आर्थिक सामाजिक र सास्कृतिक अधिकार सम्वन्धी अन्तराष्ट्रिय महासन्धिको धारा १२ द्धारा प्रद्धत्त स्वास्थ्य अधिकार, मानव जीवन र मानव स्वासथ्यसग सम्वन्धित अन्य प्रचलित नेपाल कानून समेतको विपरित कार्य हो,’ भनेको छ । लापरबाहीपूर्वक उपचार भए त्यसको क्षतिपूर्ति चिकित्सकबाट तिराउने भन्ने मन्त्रिपरिषदको निर्णय बिरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरुले अनिश्चत कालिन अस्पताल सेवा ठप्प पारेका छन् । आन्दोलनको अगुवाई गरेको नेपाल चिकित्सक संघले यहि मौकामा चिकित्सकको सेवा अवधी ६५ बर्ष पुरयाउनुपर्ने माग घुसाएको छ । आन्दोलन पछि सरकारले सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णय भने सेवा ठप्प पारेर आन्दोलन गर्नुपर्ने अवस्था जस्तो देखिदैन । | nepalihealth.com |
2,537,955 | वायुसेवासञ्चालक संघले सोमबारदेखि लागू हुने गरी आन्तरिक उडानमा लिँदै आएको हवाई भाडावृद्धि गरेको हो । संघको बैठकले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम दुई सय रुपैयाँसम्म भाडा बढाउने निर्णय गरेको छ । आजको मा खबर छ । पराजित हुनेमा कांग्रेसबाट ३, एमालेबाट १, माओवादीबाट १, राप्रपाबाट १ जना गरी ६ जना छन् । आजको मा खबर छ । | ratopati.com |
4,652,953 | उन्नत अर्थतन्त्र बन्न उच्च वृद्धि हासिल गरिरहेका छिमेकी मुलुक चीन र भारत अहिले स्टिल उत्पादनमा सबैभन्दा अगाडी देखिएका छन्। चीन र भारतले अन्य उन्नत अर्थतन्त्रलाई धेरै पछि पार्दै विश्वमा सबैभन्दा बढी स्टिल उत्पादन गर्ने मुलुक भएका छन्। विश्वको स्टिल उत्पादनमा चीन र भारतको हिस्सा ६०.५ प्रतिशत रहेको विश्व स्टिल संघले जनाएको छ। कूल स्टिल उत्पादनमा चीनको हिस्सा ५३.९ र भारतको ६.६ प्रतिशत रहेको संघले जनाएको छ। सन् २०२२ मा चीनले १ अर्ब १ करोड ३० लाख टन स्टिल उत्पादन गरेको थियो। यस्तै भारतले १२ करोड ४८ लाख टन स्टिल उत्पादन गरेको संघले जनाएको छ। चीन र भारतले मात्रै विश्वमा १ अर्ब १३ करोड ७८ लाख टन स्टिल उत्पादन गरेका छन्। चीन विश्वको दोस्रो र भारत पाँचौ ठूलो अर्थतन्त्र भएका उदयिमान मुलुक हुन्। स्टिल उत्पादनको तेस्रो स्थानमा उन्नत मुलुक जापान रहेको छ। जापानको विश्व बजारमा स्टिल उत्पादन हिस्सा ४.८ प्रतिशत मात्र छ। सन् २०२२ मा जापानले ८ करोड ९२ लाख टन स्टिल उत्पादन गरेको छ। चौथो स्थानमा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका रहेको छ। अमेरिकाले ८ करोड ५ लाख टन स्टिल उत्पादन गरेको छ। पाँचौं स्थानमा रसिया छ। उसले ७ करोड १५ लाख टन स्टिल उत्पादन गरेको संघले जानकारी दिएको छ। यसैगरी छैठौ स्थानमा रहेको उन्नत अर्थतन्त्र दक्षिण कोरियाले ६ करोड ५९ लाख टन स्टिल उत्पादन गरेको छ सातौं स्थानमा जर्मनी रहेको छ। जर्मनीले ३ करोड ६८ लाख टन उत्पादन गरेको छ। आठौं स्थानमा रहेको टर्कीले ३ करोड ५१ लाख र नवौं स्थानमा ब्राजिल छ। ब्राजिलले ३ करोड ४० लाख टन स्टिल उत्पादन गरेको छ। १० औं स्थानमा इरान छ। इरानले ३ करोड टन र इटालीले २ करोड १६ लाख टन स्टिल उत्पादन गरेको संघले जानकारी दिएको छ। यसैगरी ताइवानको २ करोड ७ लाख,भियतनामको २ करोड, मेक्सिकोको १ करोड ८२ लाख र इन्डोनेसयाको १ करोड १ करोड ५६ लाख टन उत्पादन रहेको छ। बाँकी मुलुकको हिस्सा २० करोड १० लाख टन रहेको छ। संघका अनुसार सन् २०२२ मा विश्वमा १ अर्ब ८७ करोड ८० लाख टन स्टिल उत्पादन भएको थियो। कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ मा १ अर्ब ८७ करोड ५० लाख टन स्टिल उत्पादन भएको थियो। स्टिल आधुनिक उद्योग र अर्थतन्त्रको एक महत्वपूर्ण भाग हो। भवन, अटोमोबाइल र हाम्रो दैनिक जीवनमा प्रयोग हुने अन्य धेरै उपकरणहरू र पूर्वाधारहरू निर्माणमा स्टिल आवश्यक पर्छ। स्टिल उत्पादन गर्ने शीर्ष १५ देशहरूमध्ये केवल तीन देशहरु भारत, इरान र इन्डोनेसियाले आफ्नो वार्षिक उत्पादन बढाउँदै गएका छन्। टर्की, इटाली, ताइवान र भियतनामको उत्पादनमा दोहोरो अंकले गिरावट आएको छ। अन्य धेरैजसो शीर्ष स्टिल उत्पादक देशहरूको वार्षिक उत्पादन ५ प्रतिशत भन्दा बढी घटेको देखिन्छ। विश्वको शीर्ष स्टिल उत्पादक चीनको पनि २ प्रतिशत घटेको छ। चीनको उत्पादन १ करोड ९८ लाख टन घटेको छ। जुन अन्य धेरै राष्ट्रहरूले एक वर्षमा उत्पादन गर्ने भन्दा बढी छ। विश्वको दोस्रो ठूलो स्टिल उत्पादक भारतले आफ्नो उत्पादन ५.३ प्रतिशत बढाए पनि सो उत्पादन चीनले उत्पादन गरेको स्टिलको १० भागमा १ भाग मात्रै हिस्सा छ। यद्यपि चीनले आज ५४ प्रतिशत भन्दा बढी सेयरको साथ विश्वको स्टिल उत्पादनमा प्रभुत्व जमाएको छ। सन् १९६७ मा विश्व स्टिल एसोसिएसनले पहिलो पटक स्टिल उत्पादनको तथ्याङ्क रेकर्ड गरेको थियो। त्यो वर्ष चीनले मात्र १ करोड ४० लाख टन स्टिल उत्पादन गरेको थियो। जुन विश्वव्यापी उत्पादनको ३ प्रतिशत मात्र हो। त्यसबेला, अमेरिका र तत्कालिन सोभियत संघले क्रमशः ११ करोड ५० लाख र १० करोड २ लाख टन उत्पादन गरेका थिए। विश्वको शीर्ष स्टिल उत्पादकको रूपमा प्रतिस्पर्धा गरिरहेका थिए। त्यसपछि जापानको ६ करोड २० लाख टन मात्र थियो। झण्डै तीन दशकपछि सन् १९९६ मा चीनले रुस, अमेरिका र जापानलाई उछिनेको थियो। त्यस वर्ष चीनले १० करोड टन स्टिल उत्पादन गरेको थियो। सन् २००० को प्रारम्भमा चीनका लागि तीव्र आर्थिक वृद्धिको समय थियो। त्यसपछि प्रत्येक वर्ष चीनको स्टील उत्पादनमा लगातार दोहोरो अंकको वृद्धि भएको थियो। सन् २००० को प्रारम्भदेखि, चीनको स्टिल उत्पादनमा एक दशक (सन् २०१३ देखि २०२२) मा औसत वार्षिक वृद्धिदर ३.४ प्रतिशत कम भएको छ। जुन अघिल्लो दशक (सन् २००३ देखि २०१२) औसत वार्षिक वृद्धि दरको तुलनामा उल्लेखनीय गिरावट हो। विगतका दुई वर्षहरूमा चीनको स्टिल उत्पादनमा गिरावट आएको देखियो। २०२१ र २०२२ मा पहिलो पटक लगातार दुई वर्षसम्म देशको उत्पादन घटेको थियो। उत्पादनमा केही कमी आए पनि चीनले कुनै पनि समयमा शीर्ष स्टिल उत्पादन गर्ने राष्ट्रको रूपमा आफ्नो स्थान गुमाउने छैन्। हालको गिरावटले नयाँ प्रवृतिको सुरुवात हो वा देशको लगातार उत्पादन वृद्धिबाट केवल एक छोटो विचलन हो यो हेर्न बाँकी छ । | capitalnepal.com |
4,599,232 | पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन् । त्यस्तै, भूकम्पमा कम्तिम १० जना मानिस घाइते भएका छन् । भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन् । भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन् । भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्याएको छ । भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो । सो क्षेत्रमा अमेजोनियाली आदिवाशी बसोबास गर्छन् । भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ । | khojtalashonline.com |
3,331,975 | प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
4,803,003 | लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ७३ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको जनाएको छ । राजधानी त्रिपोलीबाट करिब ७५ किलोमिटर पूर्वमा रहेको कास्र–अल–अख्यारबाट ८० जना यात्रु बोकेको डुङ्गा युरोपतर्फ जाँदै थियो । हालसम्म ११ जनाको मृत शरीर निकालिएको लिबियाली रेड क्रिसेन्ट र स्थानीय प्रहरीलाई उद्धृत गरी आइओएमले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले भनेको छ, “लिबियाको तटीय क्षेत्रमा अत्यन्तै गम्भीर अवस्थामा सात जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा घातक आप्रवासी समुद्री मार्ग हो । आइओएमका अनुसार पछिल्लो दुर्घटनामा मृत्यु भएकाको सङ्ख्यासँगै यस वर्षको सुरुदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३० पुगेको छ । आइओएमको ‘मिसिङ माइग्रेन्ट प्रोजेक्ट’का अनुसार सन् २०२२ मा उक्त मार्गमा एक हजार ४५० भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो । सन् २०१४ यता त्यहाँ १७ हजारभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख छ । आइओएमले खोज र उद्धार क्षमता बढाउन, स्पष्ट र सुरक्षित अवतरण संयन्त्र स्थापना गर्न र खतरनाक यात्रालाई कम गर्न आप्रवासनको लागि सुरक्षित र नियमित मार्गहरू स्थापना गर्न राज्यहरूले ठोस कदम चाल्न आवश्यक रहेको पनि बताएको छ । | kathmandupress.com |
6,065,367 | बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडाल मृत भेटिएको घटनामा प्रहरीले सँगै पिकनिक गएका १२ जनामाथि अनुसन्धान गरिरहेको छ । १३ फागुनमा पिकनिक गएका बेला दशरथचन्द नगरपालिका-१० का बुडाल चौलानी नदीको छेउमा मृत अवस्थामा भेटिएका थिए । उक्त घटनामा उनीसँगै गएका १२ जनाविरुद्ध बुडालका परिवारका सदस्यले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बुडालसँगै पिकनिक गएका दशरथचन्द नगरपालिका-४ का ४५ वर्षीय टेकसिंह खत्री, वडा नम्बर ६ का ४८ वर्षीय अर्जुनसिंह रावल, ४० वर्षीय श्यामुसिंह ऐरी, ५० वर्षीय मोहनसिंह ठगुन्ना, ३४ वर्षीय नवीनसिंह ठगुन्ना, ४५ वर्षीय केशवसिंह रावल, ३६ वर्षीय दिपेन्द्र ऐरी, ५२ वर्षीय भीमसिंह ठगुन्ना, ३० वर्षीय भुवन लुहार हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । दशरथचन्द नगरपालिका–६ कै ४४ वर्षीय नारायण सिंह ऐरी, ४९ वर्षीय गजेन्द्रसिंह रावल र वडा नम्बर १० का ४० वर्षीय पुष्पराज भट्टलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसनधान गरिरहेको छ । १२ जनाविरुद्ध अनुसन्धानका लागि प्रहरीले दोस्रो पटक १२ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ । अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट समेत छुट्टै प्रहरी टोली खटिएको छ । प्रवक्ता जोशीकाअनुसार प्रहरीले बुडाल मृत भेटिएको नदीको आसपासको क्षेत्रबाट एक किलो बिस्फोटक पदार्थ बरामद गरेको छ । घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरुले दिएको बयानका आधारमा बिस्फोटक पदार्थ, केही मात्रामा डिटोनेटर र सेफ्टी फ्युज पनि बरामद गरिएको प्रहरीले जनाएको छ । राष्ट्रिय अनुन्धान समूहका सूचक बुडाल बझाङमा कार्यरत थिए । उनी घर बिदामा आएका बेला हाल पक्राउ परेकाहरुसँगै पिकनिक गएका थिए। सोही राति बुडाल चौलानी नदीको बगरमा मृत भेटिएका थिए । घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आएका परिवारका सदस्यले बुडालको शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेका १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि ११ दिनपछि आफन्तले मंगलबार शव बुझेका हुन् । प्रहरीले भने बुडाल मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । | onlinekhabar.com |
5,583,012 | बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा गरिएका छन् । सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौँ उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ । | gorkhapatraonline.com |
2,106,246 | ६३ वर्षका महिला, चितवन उदयपुरको केस भारतीयहरुको हो। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका भारतीयहरुमा कोरोना संक्रमण भेटिएको हो। चितवनका दुई केस आमा छोरा हुन्। उनीहरु चैत ३ गते बेलायतबाट कतार हुँदै फर्केका थिए । | mysansar.com |
2,749,103 | मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको थियो । आयोजनाले पटक–पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो । आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक–पटक म्याद थप्दै आएको थियो । नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आयोजना अलपत्र परेको भन्दै नगरपालिकालाई स्वामित्व दिन काठमाडौँ उपत्यका विकास प्राधिकरणमा दबाब दिँदै आउनुभएको थियो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरेका यस्तो जग्गा एकीकरण आयोजना कहिल्यै समयमै सम्पन्न भएको छैन, यहाँ पनि वर्षौँदेखि आयोजनाको म्याद थप गर्दै आएको थियो, हामी नगरपालिकामा आएपछि दुई वर्ष त यसको स्वामित्व लिने प्रयत्नमै लाग्यौँ, स्वामित्व लिएपछि यहाँका धेरै काम अगाडि बढाएका छौँ ।” एक हजार ४८६ रोपनी क्षेत्रभित्र सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनामा अहिलेसम्म स्थायी लालपुर्जा वितरण ७५ प्रतिशत सकिएको र सेल्स प्लट बिक्री ८३ प्रतिशत सकिएको छ । अधिकांश सडक चार मिटरको रहेको यो आयोजनामा विसं २०७२ को भूकम्पपछि मात्रै बाँकी रहेका मूल सडकलाई ११ मिटर बनाइएको थियो । नगरपालिकाले आयोजनालाई आफ्नो स्वामित्वमा लिएपछि भने यहाँको चार र ११ मिटरका सबै सडकमा ग्राभेल गर्ने, ढल, खानेपानीको पाइप बिछ्याउने, ११ मिटरका सडकमा फुटपाथ बनाउने काम सम्पन्न भएको छ । आयोजनाभित्र ११ लाख लिटरको खानेपानी ट्याङ्की निर्माण, ऐतिहासिक धारा तथा पाटीहरूको परम्परागत शैलीमा निर्माण गर्ने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिकाले आयोजनामार्फत रु ७४ करोड २७ लाख अनुमानित लागत ठेक्का आह्वान गरेकामा रु ५४ करोड ६५ लाख ५१ हजारको ठेक्का सम्झौतामा आयोजनाभित्रको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । “जनप्रतिनिधि आउनेबित्तिकै आयोजना नगरपालिकालाई हस्तान्तरण गरेको भए हामी अहिलेसम्म आयोजनाको सबै काम सम्पन्न गर्न सक्थ्यौँ, दुई वर्ष त आयोजना लिनलाई नै समय लाग्यो, त्यसपछि कोरोना महामारी सुरु भइहाल्यो, त्यसले समस्या पा¥यो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले आयोजना स्वामित्वमा लिनेबित्तिकै यहाँका सबै सडक दुई वर्षभित्र कालोपत्र सिध्याउने लक्ष्य लिएका थियौँ, तर कोरोना र ठेकेदारको ढिलाइले २४ प्रतिशतमात्रै सम्पन्न भएको छ ।” आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्दै उहाँले सडक कालोपत्र सुरु भएकाले अब नरोकिने र आगामी एक वर्षमा सबै सडक कालोपत्र सम्पन्न गरिने बताउनुभयो । आयोजनाभित्रका चार मिटरका सडकको बीच–बीचमै विद्युत् प्राधिकरणको पोल रहेकाले कालोपत्रमा समस्या गरेपछि आयोजनाले पोल हटाइदिन पटक–पटक प्राधिकरणलाई ताकेता गर्दा पनि अटेर गरेको आयोजनाका प्रमुख सत्यसुन्दर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर ठेकेदारले समयमै काम सुरु नगर्दा कालोपत्र गर्ने काम ढिलाइ भयो, अर्कातर्फ आयोजनाले निर्माण गरेको चार मिटरको सडकको बीच–बीचमा प्राधिकरणले राखेको विद्युत् पोल हटाउन पनि करोडौँ रुपैयाँ मागेको छ, प्राधिकरणले अर्को समस्या बनाएको छ ।” उहाँले आयोजनालाई छिट्टै सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । | eadarsha.com |
4,160,203 | श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। बुधबार दिउँसो करिब साढे तीन बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बेपत्ता भएका थिए। घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ। बेपत्ता भएको स्थलदेखि केही तलबाट उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
1,619,089 | काठमाडौं उपत्यकाको फोहोरमैला बिसाउने थलो बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोधका कारण करिब २ महिना असार, साउनसम्म महानगरका गल्ली, सडक फोहोरको डुंगुरले भरिए। फोहोर व्यवस्थापन गर्न नसकेकामा मेयर बालेनको विरोध पनि भयो। साउनको तेस्रो साता महानगरले फोहोर विसर्जन स्थलका स्थानीयसँग सम्झौता गरेपछि दुर्गन्धित महानगर क्रमशः सफा हुँदै छ। फोहोर बोकेका गाडी निर्वाध बञ्चरेडाँडा र सिसडोल पुगिरहेका छन्। फोहोर विसर्जनको झगडा सुल्झिएसँगै अब मेयर बालेनको नजर महानगरभित्र अवैध निर्माण भएका संरचना हटाउनेतिर परेको छ। त्यसको सुरुआत मेयर बालेनले २४ साउनबाट थालनी गरेका हुन्। उनले नक्सापासबिनै निर्माण गरिएका अवैध संरचना हटाउने पहिलो अभियान काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलबाट सुरु गरे। नर्भिकका संरचना हटाउन २४ घन्टे अल्टिमेटमसहितको निर्देशन अस्पताललाई दिए, २४ साउनमै। २४ घन्टाभित्र अस्पतालका संरचना हटाउन महानगरले निर्देशन दिएकामा मेयर बालेन आफैं नर्भिकसमेत पुगे। सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागिएको उनले बताए। तर नर्भिकले अवैध रूपमा निर्माण गर्नुको साटो महानगरले क्षेत्राधिकार नाघेको आरोप लगायो। अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले पत्रकार बटुलेरै महानगरले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निर्देशन दिएको र सम्झौता तोड्न तीन महिने समय चाहिने तर्क गरे, २४ साउनमै। उनले त्यतिबेला भनेका थिए, ‘जग्गा छाड्न निर्देशन दिनु महानगरको क्षेत्राधिकारभित्र पर्दैन। सम्झौता नेपाल सरकारको तर्फबाट भूमि सुधार कार्यालयसँग भएको हो। उक्त सम्झौतामा तीन महिना समय दिएर सम्झौता तोड्न सक्ने भनिएको छ। प्रक्रियाअनुसार अघि बढे जग्गा छाड्न तयार छौं।’ अस्पताल र भूमि सुधार कार्यालयबीच १ जेठ २०६५ मा २० वर्षका लागि सम्झौता भएको अध्यक्ष सिंहले दाबी गरे। सम्झौतामा १ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गाको भाडा वार्षिक ३७ हजार ९८९ रुपैयाँमा दिने उल्लेख छ। मेयर बालेनको निर्देशनलाई अटेरी गर्दै नर्भिक सर्वोच्च अदालत पुग्यो, २५ साउनमा। मुद्दा परेपछि अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घन्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश जारी गरेको थियो। त्यसको अन्तिम सुनुवाइ गत ३० साउनमा भइसकेको छ। हालका लागि अस्पतालका संरचना हटाउन अदालतले रोकिदिएको छ। घरधनीले अन्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्सापाससहित घर बनाए पनि तिनमा पार्किङ नभई पसल खोलिएका थिए। महानगरले ३५ दिनअघि नै अन्डरग्राउन्डका पसल हटाउन र हटाएका स्थानमा पार्किङको व्यवस्था गर्न सूचना जारी गरेको थियो। महानगरको सूचनालाई अटेर गरेपछि मेयर बालेन आफैं मैदानमा उत्रिएर अवैध संरचना भत्काए। बानेश्वरको अन्डरग्राउन्डमा रहेका पसल भत्काउने क्रममा मेयर बालेनले पसलेलाई भने, ‘तपाईंलाई ३५ दिने सूचना दिइएको थियो। किन अटेर गर्नुभयो। पसलका बारेमा घरभेटीसँगै बुझ्नुस्। यो विषय हाम्रो होइन।’ लगत्तै मेयर बालेन फुटपाथमा निस्किएर जी–सप रहेको अन्डरग्राउन्ड पसे। त्यहाँ पसल राखेकी महिलाले तत्कालै हटाउन सक्ने अवस्था नभएको, दसैं–तिहार निकट रहेकाले यो बेला व्यापारको सिजन हुने हुँदा संरचना नहटाइदिन अनुनयविनय गरिन् तर मेयर बालेनले सुनेनन्। अवैध संरचनाका पसल हटाइछाडे। बानेश्वरमा निरन्तर दुई दिनसम्म अवैध संरचनामा बनेका पसल हटाउन बालेन आफैंले नेतृत्व लिए। नक्सापास गर्दा अन्डरग्राउन्डमा पार्किङ बनाउने भनिए पनि पसल निर्माण गरिएपछि महानगरले भएभरका संरचनामा डोजर चलाएको छ। चलाइरहेको छ। नयाँ बानेश्वरबाट अनामनगरतर्फ जाने मोडमै बानेश्वर कम्प्लेक्स छ, जहाँ अन्डरग्राउन्डको निरीक्षणमा निस्किएका बालेन पनि पुगे। बानेश्वर कम्प्लेक्स बनाउने बेला नक्सामा अन्डरग्राउन्डमा पार्किङ भनिएको थियो। बानेश्वर क्षेत्रमा पार्किङबाट भन्दा सटरबाट धेरै भाडा आउने भएपछि घरबेटीले अन्डरग्राउन्ड छिर्ने ठाउँमा सटर बनाएर व्यवसायीलाई पसल राख्न दिएको देखिएको छ। महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डले पटक–पटक सम्झाउँदा, बुझाउँदा पनि अटेर गरेपछि पार्किङका लागि बनेका संरचनामा पसल राखिएको देखिएपछि डोजर लगाएर हटाउनुपरेको प्रतिक्रिया दिए। व्यवसायीले हटाउन नमाने र पसलेको सामानमा कुनै क्षति भए त्यसको जिम्मेवार घरबेटी नै हुने उनको भनाइ छ। महानगरले भवनको नक्सापास भएअनुसार प्रयोग नभएको पाए अवैध संरचना हटाउने अभियान जारी राखेको छ। महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै सोमबारदेखि मेयर बालेन स्वयं अवैध संरचनामा डोजर लगाउन अगाडि बढेका हुन्। महानगरले गत १ साउनमा ३५ दिने सूचना जारी गरी घर तथा भवन निर्माण गर्दा पास भएको नक्साअनुसार अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिएको थियो। मेयर बालेनको सचिवालयले बानेश्वर क्षेत्रमा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरेर अन्य प्रयोजनमा लगाइएका संरचना भत्काउँदा हुन सक्ने तनावको स्थितिलाई नियन्त्रण गर्न प्रहरीसँग छलफलसमेत गरिएको जनाउ दिएको छ। आइतबार मात्रै महानगरका मेयर बालेनले काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) रवीन्द्रबहादुर धानुक र ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक(डीआईजी)मीरा चौधरीसँग यस विषयमा छलफल गरेका थिए। बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको महानगरले बताएको छ। बुधबार बिहान मेयर बालेन, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहितको सुरक्षाकर्मीको टोलीले सुन्धारास्थित काठमाडौं मलमा निर्माण गरिएका अवैध संरचनामा डोजर चलाएको हो। प्रहरीले संरचना भत्काउनुअघि पसल खाली गराएको थियो। यस्तै, महानगरले न्युरोडको आरबी कम्प्लेक्समा पनि डोजर चलाएको छ। खिचापोखरीस्थित आरबी कम्प्लेक्सअगाडि नक्सापासबिनै बनाइएका संरचना भत्काएको छ। आरबी कम्प्लेक्स अगाडिका अवैध संरचनामा डोजर लगाउन मेयर बालेन स्वयं त्यहाँ पुगेका छन्। महानगरले बुधबार नै अवैध संरचना हटाउन काठमाडौं न्यूरोडस्थित रञ्जना गल्लीमा पनि डोजर चलाएको छ। न्यूरोडको रञ्जना गल्लीभित्र नक्सापासबिनै बनेका भवन भत्काइएको छ। भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्सा विपरीत बनाइएका संरचना भत्काइएको मेयर बालेनले बताए। अवैध संरचनामा डोजर नचलाउन आग्रह गर्दै आएकालाई मेयर बालेनले भने, ‘काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्डसमेत खाली गराइँदै छ। अवैध संरचना जसले बनाए पनि त्यसलाई कानुनको दायरामा ल्याउँछौं।’ बबरमहलमा आधुनिक शैलीमा निर्माण गरिएको अदालतको अन्डरग्राउन्ड पार्किङ प्रयोगमा छैन। सोही कारण व्यस्त सडकको फुटपाथमै सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता छ। बुधबार नै नक्सापासबिना निर्माण गरिएका अवैध संरचना हटाउने मेयर बालेनसहितको दलबल दरबारमार्ग पुगेको छ। बुधबार बिहानैबाट महानगरभित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासबिना बनाइएका संरचनामा डोजर लगाइरहेका बेला मेयर बालेन दरबारमार्गको अनुगमना निस्किएका हुन्। दरबारमार्ग क्षेत्रको सडकमा दुई लाइनसम्म पार्किङ गरिँदा सर्वसाधारणले सास्ती पाउँदै आएका छन् भने सवारी जाम थामिनसक्नु हुने गरेको छ। महानगरले दरबारमार्ग रहेको लन्डन पब र मात्सुरी टोक्यो क्याफेका सामान हटाउन थालेको छ। सामान हटाउन दिएको निर्देशन २४ घन्टाभित्र पालना नभए बिहीबार दरबारमार्गमा पनि डोजर चल्ने निश्चित छ। यस्तै, मेयर बालेन बुधबार बेलुकी कोटेश्वरको फुटपाथ र पार्किङ अनुगमनमा जाँदै छन्। बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर बालेनसहितको टोली बेलुका कोटेश्वर क्षेत्रको अनुगमनमा जाने भएको हो। बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले पीडित व्यापारीलाई घरबेटीसँगै क्षतिपूर्ति लिन आग्रह गरे। बरु क्षतिपूर्ति दिन आनाकानी गर्ने घरबेटीलाई कारबाही गर्ने प्रतिबद्धता उनले जनाए। उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसलै दिनुपर्छ। यसमा महानगर दोषी छैन।’ महानगरले अधिकांश व्यापारिक भवनको पार्किङका लागि छुट्याइएको अन्डरग्राउन्ड व्यावसायिक प्रयोजनमा रहेको जनाएको छ। गाडी बिसाउने ठाउँका अन्डरग्राउन्ड पार्किङमा होटल व्यवसाय, क्याफे, फेन्सी पसल, शैक्षिक परामर्श केन्द्रलगायतमा प्रयोजन भइरहेको छ। व्यावसायिक भवनमा पार्किङ नहुँदा सडकमा सवारीसाधन राखिने गरेको छ। सडक छेउ र फुटपाथको पार्किङले पैदलयात्रीलाई बाटो हिँड्नसमेत धौधौ भइरहेको छ। महानगरले अन्डरग्राउन्ड पार्किङको नक्सापास गरेर अरू प्रयोजनमा भाडा नलगाउन सूचना जारी गरिसकेको छ। निर्देशन अटेर गर्ने घरधनीलाई सेवाग्राहीलाई दिइने सबै सेवा–सुविधा कटौती गर्ने चेतावनीसमेत दिइसकेको छ। तर अन्डरग्राउन्ड पार्किङमा सटर निकालेर व्यापार भइरहेको छ । | nepalsamaya.com |
5,057,013 | वीरगञ्जमा तेस्रो चरणको अन्तिम र चौथो चरणमा सुरु भइसकेको छ। तेस्रो चरण भनेको सामुदायिक तहको ‘आउटब्रेक’ हो भने चौथो ‘म्यासिभ आउटब्रेक’। यो अन्तिम अवस्था हो। सोही कारण त्यहाँ मृत्युदर बढ्न थालेको छ। सुरुमा हाम्रो पोजिटिभ केस क्वारेन्टिनमा देखिएको थियो। क्वारेन्टिनमा बस्ने मानिस, विदेशबाट फर्केका, युवा हट्टाकट्टा थिए। केही मृत्यु भएका मानिस रोगी नै थिए। अब भने समुदायस्तरमा संक्रमण फैलियो। त्यहाँ फैलिएपछि युवामात्र भन्ने हुँदैन, दीर्घरोगी, वृद्धवृद्धा सबैलाई भेट्न थाल्यो अनि मृत्युदर बढेको हो। काठमाडौंमा संक्रमित क्षेत्र, खासगरी तराईबाट आएका मानिसहरुबाट संक्रमण सुरु भएको हो। उहाँहरुले आफ्नो घरपरिवारलाई सार्नुभयो। यो प्रकोपको दोस्रो चरण हो। अहिले त्यसबाट फैलिएर तेस्रो चरणमा पुगेको छ। कतै नगएका मानिसमा संक्रमण देखिएको छ। तर, यहाँ कुन तहको आउटब्रेक भन्ने विषयमा अझै अध्ययन गर्न बाँकी नै छ। हिमाली क्षेत्रमा हेर्ने हो भने त्यहाँ संक्रमणको खासै ठूलो जोखिम अहिलेसम्म छैन। त्यसकारण नेपालमा कोरोना संक्रमणको अवस्था हेर्दा प्रकोप फैलिएको क्षेत्र प्रदेश २ हो र काठमाडौँमा तेस्रो चरणको प्रकोप सुरु भएको छ। वीरगञ्जमा केस पनि बढ्यो र मानिसको मृत्यु पनि बढिरहेको छ। तर अझै ‘फुल फेज’ मा पुगिसकेको छैन। भयानक महामारीको रुप अझै लिइसकेको छैन। तर, काठमाडौंको जनसंख्या र जनघनत्व त्योभन्दा कयौं गुणा बढी छ। हाम्रो अध्ययनले के भन्छ भने काठमाडौंमा ठूलाे प्रकाेप भयो भने कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या संक्रमणमा पर्छ र ३ प्रतिशत केस आईसीयूमा जान्छ। हाम्रा साथीहरुले गरेको अध्ययनअनुसार दशैँतिहारसम्म देशैभर एक लाख संख्या संक्रमित हुने देखिन्छ। अहिलेसम्म नेपालमा जम्मा २९ हजारको हाराहारीमा संक्रमित भएका छन्। अहिले हामी काठमाडौंमा पनि उच्च जोखिममा छौं। अहिले कतै यात्रा विवरण नभएको घरमै बसेका मानिस पनि संक्रमण भएर अस्पतालको आईसीयूमा आइरहेका छन्। अब भाइरस वरिपरी आयो, कतिपयमा लक्षण नभई सर्यो, केहीमा लक्षण पनि देखिन थाल्यो, त्यही भएर हामी उच्च सतर्क हुनैपर्यो। काठमाडौंमा म्यासिभ आउटब्रेक भयो भने सोही आधारमा संक्रमण बढ्ने हो तर, सरकारले आज बुधबार रातीबाट उपत्यकामा निषेधाज्ञा लगाएको छ। अब परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्यो भने केही दिनमा संक्रमित संख्या ह्वात्तै घट्छ। संक्रमण बढ्ने घट्नेमा सरकारको नीतिले मुख्य भूमिका खेल्छ। सरकारले महामारीको रोकथामका लागि के गर्छ, जनताले कसरी कार्यान्वयन गर्छन्, सोहीअनुसार केस पनि परिवर्तन हुन्छ। रोकथामको विषय दुईवटा कुरामा निर्भर हुन्छ। परीक्षण गरेर पोजिटिभ जतिलाई आइसोलेसनमा राख्ने। अर्काे, संक्रमितले सम्पर्क गरेका अरु मानिसलाई संक्रमण छ कि छैन पहिले नै पत्ता लगाएर तिनीहरुलाई पनि आइसोलेट गरिदिने। यसलाई कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन गर्ने भनिन्छ। यी दुईवटा कुरामा मुख्यरुपमा ध्यान केन्द्रित गर्नुपर्छ। अहिले हाम्रो परीक्षणमा उल्लेख्य सुधार भएको छ। सुरुमा आरडीटीको पछि लागियो। पीसीआर नै गर्न सकिएन। अहिले पीसीआर निजी संस्थालाई पनि गर्न दिइएको छ। केही समस्या भएपनि पीसीआर परीक्षणको दायरा बढेको चाहिँ छ। त्यहीअनुसार अब आइसोलेसन र होम आइसोलेसनको संख्या पनि बढाउन जरुरी छ। तर, हामी चुकेको भनेको कन्ट्याक्ट ट्रेसिङमा हो। एकजना संक्रमितले कम्तीमा १० देखि १५ लाई सारिसकेको हुन्छ भन्ने छ। ती मानिसलाई त पत्ता लगाउन सक्नु पर्यो नि! एउटा मानिसलाई पोजिटिभ आएको तीन दिन अगाडिदेखि एकहप्ता पछिको कन्ट्याक्ट ट्रेस गर्नुपर्छ। त्यो गर्न नसके उसले अरुलाई सारिरहेको हुन्छ। यसअघि यही कन्ट्याक्ट ट्रेसिङ नभएर हामीले नियन्त्रण गर्न नसकेका हौं। यदि प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ भएन भने भाइरस नियन्त्रण गर्न सकिन्न। सुरुमा कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको थियो। तर, त्यसलाई ह्यान्डल गर्न दक्ष जनशक्ति नै दिइएको थिएन। काम गर्ने कार्यविधि बनेको थिएन, पूर्वाधार पनि थिएन। अहिले फेरि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो कामको जिम्मा स्थानीय सरकारलाई दिएको छ। तर, स्थानीय सरकारसँग पनि त्यो काम गर्ने दक्ष जनशक्ति, ज्ञान, सीप भएको व्यक्तिको अभाव छ। त्यही भएर कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी भएको छैन। कन्ट्याक्ट ट्रेसिङको लागि अन्तर्वार्ता दिने मानिस खोज्ने त हो। त्यसको लागि एसएलसी वा प्लस टु पास गरेको जुनसुकै व्यक्ति पनि योग्य हुन्छ। अहिले अत्यावश्यकबाहेकका सरकारी, गैरसरकारी वा अन्य विभिन्न क्षेत्रका शिक्षक, शिक्षिका त त्यत्तिकै बसेका छन्। उनीहरुलाई केही सामान्य ज्ञान दिएर करारमा यो काममा खटाइदिए हुन्छ, ताकि कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनोस्। तर, जसरी गरेपनि मानिसबाट गर्ने कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुँदैन। दैनिक सयौँको संख्यामा संक्रमण बढिरहेको छ। एकजनालाई ट्रेसिङ गर्न ३-४ घण्टा लाग्छ। दिनमा त्यत्रो गर्न सम्भव पनि छैन। यस्तो बेलामा सरकारले प्रबिधिको सहयोग लिनुपर्छ। यसमा एउटा मोबाइल एप्स प्रयोग गर्न सकिन्छ। अर्काे सिमकार्डको आधारमा ‘जिओ ट्यापिङ’ गर्न सकिन्छ। अर्काे गृह मन्त्रालयसँग फिंगर प्रिन्टिङ डिभाइस छ, अर्काे सिङ्गापुरमा गरेको जस्तो रिस्ट व्यान्ड (नाडीमा बाँध्ने, बालाजस्तो हुन्छ त्यसमा जीपीएस ट्रयाकिङ गर्न मिल्ने) प्रविधिहरु प्रयोग गर्नुपर्यो। मोबाइल एप त सरकारले लञ्च पनि गरेको छ। त्यसलाई सरकारले नै प्रयोग गरेको देखिँदैन। भएकै कुरा पनि सरकारबाट कार्यान्वयन हुँदैन भने नभएको त कहिले होला? यो सबै प्रविधिको सहयोग नलिएसम्म हामी सफल हुँदैनौँ। अर्काे कुरा हाम्रो विज्ञहरुको टोलीमा एकखाले डाक्टरलाई मात्र बोलाएर भएन। त्यो टोलीमा जनस्वास्थ्य विज्ञ, डाक्टरहरुमा पनि संक्रामक रोगविज्ञ, इमर्जेन्सी, आईसीयू लगायतका जो फ्रन्ट लाइनमा खटिन्छन्, उनीहरुलाई बोलाउनुपर्यो। अनि नर्सहरु पनि चाहिन्छ। फ्रन्टलाइनमा त नर्सहरु बढी खटिन्छन्। यसमा ल्याब विज्ञ पनि राख्नुपर्यो। र, फेरि भनौं ‘इन्फरर्मेसन टेक्नोलोजी’ विज्ञ बढी चाहियो। नेपालमा यो विषयमा ठूलाठूला काम गरेका कम्पनी छन्, उनीहरुबाट सहयोग लिनुपर्यो। विज्ञ भनेर सिमित डाक्टरलाई राखेर मात्र केही हुनेवाला छैन। तयारी कसरी गर्नुपर्छ भने– एउटा लडाइँ गर्न हामीलाई के के चाहिन्छ? हतियार मात्र भएर भएन, सूचना चाहिन्छ, घाइते उपचार गर्ने टोली, खाना खुवाउने टोली लगायतका सबै निकाय हुनुपर्छ। यो लडाइँमा पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमात्र भएर पुग्दैन। सबै क्षेत्रका विज्ञ चाहिन्छ। अझ पछिल्लो दिन त यो संक्रमणको कारण मानसिक रोग देखिन थालेकोले यसका विज्ञहरुलाई पनि अगाडि सार्नुपर्छ। अर्काे महत्वपूर्ण कुरा भनेको हाम्रो आर्थिक योजना खोइ त? सरकारले कर उठाउन भनेर लकडाउन खोल्दिने, कर आयो भनेर बन्द गर्दिने? आर्थिक विषयले स्वास्थ्यलाई निर्देशित गर्ने हो कि स्वास्थ्यले आर्थिक विषयलाई? स्वास्थ्यको आवश्यकताअनुसार अर्थतन्त्र निर्माण गर्ने होला, तर यहाँ त्यसो गरिएन अनि नराम्रो भयो। यसको लागि अर्थतन्त्र त्यसमा पनि स्वास्थ्य अर्थतन्त्र पढेको मानिस ल्याऊँ। जसले स्वास्थ्यलाई प्राथामिकतामा राखोस् र त्यति गर्दागर्दै अर्थतन्त्रलाई कसरी चलायमान गर्न सकिन्छ भनेर आइडिया देओस्। अर्थतन्त्र कसरी चलायमान बनाउने भनेर सरकारले विज्ञहरुलाई सोधेको होला त? कर उठाउन लकडाउन खोल्ने, अनि उठेपछि बन्द गर्ने, कहिले कफ्र्यु लाइदिने, कहिले एक्कासि खोल्दिने त्यस्तो गरेर कहाँ हुन्छ? राम्रोसँग नियन्त्रण गर्यौं भने सय दिनमा सकिने रहेछ भन्ने उदाहरण न्युजिल्याण्डले देखाएको छ। भारत र अमेरिकामा त्यस्तो भएन। भारतमा त लकडाउन गर्दागर्दै केस बढ्यो। यो भाइरस समुदायस्तरमा गएपछि लकडाउन गरेर पनि रोकथाम गर्न सकिँदैन, भारतकै हालत हुन्छ। वीरगञ्जमा त्यही हाल छ। काठमाडौंमा त्यो तहमा पुगेको छैन। त्यो अवस्थामा जानुअगाडि नै निषेधाज्ञा लगाएर राम्रो भयो। जनघनत्व बढी भएको ठाउँमा निषेधाज्ञा लगाएपछि सबै मानिसको गतिविधि ठप्प भएको बेलामा अब समुदायमा गएर परीक्षण गरियोस्। अब पीसीआर होइन, एलिसा परीक्षण गर्नुपर्छ। रगतमा एन्टीबडी पत्ता लगाउन गरिने परीक्षण एलिसा हो। त्यसबाहेक ‘सेेेेेराे-प्रिभ्यालेन्स स्टडी’ गर्नुपर्छ। यो गर्दा कहाँ भाइरस आइसकेको छ? कहाँ आएको छैन? भाइरस कुन माध्यममा छिरेको छ, थाहा हुन्छ। त्यहीअनुसार मात्र पीसीआर गर्नुपर्यो। अनि त्यहाँबाट पहिचान भएका मानिसलाई आइसोलेट गर्न सहज हुन्छ। यसबाट काठमाडौंजस्तो विशाल जनघनत्व भएको स्थानमा रेड जोन, ग्रिन जोन वा अरेन्ज जोन थाहा हुन्छ। अनि त्यहीभित्र रेड जोनमा रहेका सबैलाई आइसोलेट गरौं। तिनीहरुलाई घुलमिल हुन नदिऔं। ग्रिन जोनका मानिसलाई घुलमिल हुन दिऔं। यो गरेपछि नियन्त्रण हुन्छ। तर, हामीले काठमाडौंमा बाहिरका मानिसहरुलाई खोलिदिएको छ, काठमाडौंमा कहाँ कहाँ फैलिएको छ, हटस्पट पनि थाहा छैन। मानिस यताउता गर्छ अनि कसरी नियन्त्रण हुन्छ? अबको लकडाउनमा ‘सेेेेेराे-प्रिभ्यालेन्स स्टडी’ पछि पीसीआर गरेर हट जोन पत्ता लगाएर मात्र लकडाउन कसरी खोल्ने भनेर पत्ता लगाउनुपर्छ। देशका सबै ठाउँमा त्यसैगरी गर्नुपर्छ। अब नियन्त्रण गरिएन भने म्यासिभ आउटब्रेक हुने खतरा रहन्छ। यदि त्यो अवस्थामा पुग्यौं भने धेरै मानिस हताहत हुन्छन्। ‘हर्ड इम्युनिटी’ प्राप्त गर्न अधिकांश मानिस संक्रमित हुनुपर्छ, धेरैको ज्यान जान्छ। अहिले भाइरस परिवर्तन भइरहेको छ। त्यही भएर अहिलेजस्तै लकडाउन गर्ने, आवश्यक पर्यो भने खुलाउने, टेस्टिङ गर्ने गर्नुपर्छ। यो क्रम खोप र प्रभावकारी औषधि नेपालमा नआएसम्म गरिराख्नुपर्छ। नत्र हर्ड इम्युनिटीमा जान दिने जति मानिस मर्छन् मर्न दिने गर्नुपर्यो। त्यो नगर्ने हो भने खोप नआएसम्म परीक्षण गरिराख्ने गर्नुपर्छ। अर्काे कुरा भनेको कहाँ भाइरस लुकेको छ, हटस्पट पहिचान गरेर सावधानी अपनाउनुपर्छ। पहाडी र हिमाली क्षेत्रको मानिस पनि सतर्क हुनुपर्यो किनभने, भाइरस त देखिँदैन। लक्षण पनि देखिएको छैन। सिमित समुदायमा पुगेर सिमित उमेर समूह वा रोगीहरुलाई भेटेपछि मात्र झ्याप्प देखिन्छ नत्र त भुसको आगो जस्तो भित्र भित्र सल्कन्छ। त्यो देखिएन भन्दैमा ढुक्क हुनु भएन सतर्क हुनुपर्यो। काठमाडौंमा आईसीयू बेड ६ सयको हाराहारीमा होला। भेन्टिलेटर पनि धेरै छैन। ठ्याक्कै तथ्यांक त सरकारसँग होला। एउटा मानिस भेन्टिलेटरमा गएपछि एक दुई हप्ता त त्यहीँ बस्नुपर्छ। भोलिपल्ट अर्काे मानिस आयो, आईसीयू बेड, भेन्टिलेटर भरिए भने अरुलाई उपलब्ध हुँदैन। काठमाडौँमा दिनमा ५० वटा गम्भीर केस मात्र आयो भने पनि व्यवस्थापन गर्न सकिन्न। किनभने दुईतीन दिनमै आईसीयू बेड, भेन्टिलेटर बेड भरिन्छ। त्यसपछि जतिपनि आउने बिरामी हुन्छन्, तीमध्ये जसलाई आईसीयू वा भेन्टिलेटरमा राख्दा बचाउन सकिन्थ्यो, तिनको पनि ज्यान जान्छ। हाम्रा लागि त्यही नै महामारी बन्छ। अमेरिकाका लागि दिनमा हजार वटा केस सामान्य होला, किनभने उसले ह्यान्डल गर्न सक्छ। त्यो व्यवस्थापन गर्न उसको लागि खासै जोखिमको कुरा भएन। तर, नेपालमा दिनमै ५० वटा केस आउन थाल्यो भने त्यो नै महामारी हो। त्यसैले महामारीको स्तर हाम्रो स्रोत र साधनको आधारमा निर्धारण गर्ने हो तथ्यांकका आधारमा होइन। सर्वसाधारणको तहबाट भौतिक दूरी कायम गर्ने, स्यानिटाइज गर्ने, मास्क लगाउने, हात धुने काम जारी राख्नुपर्छ। सकेसम्म चस्मा पनि लगाउन सल्लाह दिन्छु। किनभने भाइरस आँखाबाट जानसक्छ भन्ने देखिएको छ। आफू मात्र होइन छरछिमेकमा कोही शंकास्पद छ भने टेस्ट गराउन लगाउने, आइसोलेसन र क्वारेन्टिनमा बस्न उत्प्रेरित गर्ने, आफ्नो मात्र होइन समाजको समेत ख्याल राख्नुपर्छ। सरकारले यो समस्याको व्यवस्थापनका लागि पहिलो चरणमा परीक्षण गरेर आइसोलेसन गर्ने, कन्ट्याक्ट ट्रेसिङ गरेर क्वारेन्टिनमा राख्नुपर्छ। त्यस्तै, विपत आइपरेको ठाउँमा पहिले अक्सिजन पुर्याउनुपर्यो। आईसीयू र भेन्टिलेटर तयारी राख्नुपर्यो। ठूलो संख्यामा आउटब्रेक हुने स्थानमा अक्सिजन प्लान्ट बनाउनुपर्यो। बेड संख्या २५ देखि माथिका अस्पतालले अक्सिजन प्लान्ट बनाउनुपर्यो। रेमडिसिविर भन्ने जुन औषधि छ, त्यसलाई चाँडोभन्दा चाँडो ल्याएर सर्वसुलभ गराउनुपर्यो। अर्को डेक्सामेथासोन भन्ने औषधि त नेपालकै कम्पनीले बनाउँछ तर, कच्चा पदार्थ सकिन सक्छ। कच्चा पदार्थ भारतदेखि ल्याउनुपर्छ, भारत आफैँ संकटमा छ, नेपालमा किन पठाउँछ? यदि कच्चा पदार्थ भारतबाट नआउने हो भने कहाँबाट ल्याउने हो? चीनबाट हो कि कताबाट, व्यवस्था गर्नुपर्यो। कच्चा पदार्थ सकिएर कोभिडको मात्रै होइन ननकोभिडको पनि औषधि सकिनेवाला छ। त्यसमा चनाखो बन्नुपर्छ। यो लडाइँमा विजय प्राप्त गर्न राजनीतिक इच्छाशक्ति र राजनीतिक प्रतिबद्धता आवश्यक छ। अहिले प्रधानमन्त्रीको ध्यान संक्रमण कसरी नियन्त्रण गर्ने भन्नेमा हुनुपर्ने तर, मन्त्री परिवर्तन गर्ने, कोको सँग बैठक गर्ने भन्नेमा छ। राजनीतिक नेतृत्वले कोरोना कहाँसम्म फैलियो, औषधि आयो कि आएन, डाक्टरको अवस्था के छ, मानिस कसरी बसेका छन् खोज्नुपर्ने हो कि होइन? उहाँहरुले आवाज उठाउनुभएको छ? यो प्रश्न सत्तापक्ष र प्रतिपक्ष लगायत सबै राजनीतिक पार्टीहरुका लागि हो। यस्तै गर्ने हो भने सबै डाक्टर नर्सहरुले हात झिक्नेवाला छन्। कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण दायरा नबढाएसम्म नेपालमा कोरोना नियन्त्रण हुँदैन। यसमा सरकारले कति प्रभावकारी काम गर्छ, त्यहीअनुसार संक्रमण नियन्त्रण हुने वा नहुने थाहा हुन्छ। (सागर न्यौपानेसँगको कुराकानीमा आधारित । | nepalkhabar.com |
1,824,419 | कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्ने भएको छ । | nepalviews.com |
1,191,785 | सोमबार सानोठिमीस्थित बोर्डको कार्यालयमा उनको पदबहाली भएको हो । समानुपातिक सांसद जोन्छे शहिद राधेश्याम जोन्छेकी श्रीमती हुन् । भनपा ७ स्थित महेश्वरी खेल मैदानमा दोश्रो अन्तर विद्यालयस्तरीय फुटवल प्रतियोगिता शुरु भएको हो । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार विद्यालयले सो कार्यक्रम सम्पन्न गरेको हो । मंगलबारबाट दुवै तालिम शुरु भएको हो । तालिम करिब ६ महिना चल्ने बताइएको छ । भक्तपुर नगरपालिका देशकै सानो नगरपालिकामध्ये एक हो । कूल ६.८८ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो नगरमा २०६८ सालको जनगणनाअनुसार ८१,७४८ नागरिकहरु बसोबास गर्छन् । यो वर्ष पनि जनगणनाको काम भइरहेको छ । बिहीवार जिल्लास्थित निर्वाचन कार्यालय मार्फत प्रमुख आयुक्तलाई पत्रचार गर्दै सो ध्यानाकर्षण गराइएको हो । राजनीतिक स्वार्थले बिबाद मात्र बढाउने भन्दै उनले विकासको विषयमा राजनीति हुनु नहुने बताएका हुन् । स्थानीय र प्रहरीले उनको उद्धार गरेका हुन् । बाढी बस्तीमा पस्ने जोखिम बढ्दै गएको देखिन्छ । | bhaktapurpost.com |
4,072,019 | नेकपा (माओवादी केन्द्र) को मनाङबाट स्थानीय तहको निर्वाचनमा विजय आरम्भ भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार नेस्याङ गाउँपालिका–९ मा वडा अध्यक्ष चोल्पा गुरुङ विजयी भएका छन् । उनले फेशबुकमा लेखेका छन्-‘मनाङबाट विजय आरम्भ : हाम्रो पार्टीका मनाङ जिल्ला इन्चार्ज कपिल लामाको खबर अनुसार जिल्लाको नेस्याङ गाउँपालिका -९ मा वडा अध्यक्ष चोल्पा गुरुङ लगायत सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका छन। उहाँहरुलाई हार्दिक बधाई !’ काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
5,937,435 | लमजुङ – लमजुङको दोर्दी गाउँपालिकामा घरैपिच्छे खानेपानीको धारा जडान गरिएको छ । दोर्दी गाउँपालिकाले ५ वर्षको अवधिमा १ हजार ९ सय ७२ घरधुरीमा खानेपानीको सुविधा पुर्याएको हो । गाउँपालिकाले ०७४-०७५ सालदेखि हालसम्म ४१ वटा योजना निर्माण गरी १ हजार ९ सय ७२ घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो । गाउँपालिकाले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको हो । गाउँपालिकाका नागरिकको आवश्यकतालाई मध्येनजर गरी काम गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । यसअघि घण्टौ लागेर पानी बोक्नुपर्ने दोर्दीका नागरिक अहिले घरमै धारा आएपछि खुसी भएका छन् । | khabarhub.com |
3,642,281 | साउदी अरेबियाको सरकारी अभियोजनकर्ताले पत्रकार जमाल खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमानले नभई एकजना वरिष्ठ गुप्तचर अधिकारीले दिएको बताएका छन् । पत्रकार खशोग्जीलाई साउदी अरब फर्काउने जिम्मा पाएको टोलीको नेतृत्व गरिरहेका ती गुप्तचर अधिकारीको निर्देशनमा हत्या भएको एक प्रवक्ताले सञ्चारकर्मीहरुलाई बताए । पत्रकार जमाल खशोग्जीलाई इस्तानुबलस्थित साउदी वाणिज्यदूतावासमा हात हालाहालको घटनापछि प्राणघातक सूई दिइएको पनि बताइएको छ । साउदी सरकारी अभियोजनकर्ताले उक्त हत्याका सम्बन्धमा ११ जनाविरुद्ध अभियोग लगाइएको बताएका छन् । जसमध्ये पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग गरिएको छ । घटनामा संलग्न भएको आशंकामा अन्य १० जनाविरुद्ध छानविन जारी रहेको साउदी अधिकारीहरुले जनाएका छन् । यो घटनामा अहिलेसम्म २१ जनालाई हिरासतमा लिइएको छ भने दुई जनालाई पदबाट हटाइएको छ । पत्रकार सम्मलेनमा सहायक सरकारी अभियोजनकर्ता शलान बिन राजी शलानले खशोग्जीको हत्यापछि वाणिज्यदूतावासभित्रै उनको शवलाई टुक्रा पारिएको बताए । सरकारी अभियोजनकर्ता शलानले उक्त हत्याको अभियोगमा मुद्दा चलाइएकाहरूको नाम भने सार्वजनिक गरेनन् । | imagekhabar.com |
1,011,834 | वडाध्यक्ष थापाले तीन विद्यालयका कक्षा एक देखि पाँचसम्मका एक सय विद्यार्थीलाई निःशुल्करुपमा पोशाक वितरण गर्नुभएको हो । “विद्यालयमा सबै वर्ग समुदायका विद्यार्थी पढ्न आउछन् । सबैको आर्थिक अवस्था एकै खालको हुन्न । विद्यार्थीको एकरुपताका लागि आफ्नै खर्चमा पोशाक दिएको हुँ । सबै विद्यार्थी विद्यालय पोशाकमा आउन भन्ने मेरो चाहना हो”, वडाध्यक्ष थापाले भन्नुभयो । शिक्षा क्षेत्रको विकासमा आफुले सकेको भूमिका खेलेर गुणस्तरमा सुधार ल्याउने लक्ष्य रहेको थापाको भनाइ छ । उहाँले ती विद्यार्थीलाई टाई र बेल्ट दिने योजनासमेत बनाउनुभएको छ । थापाले ८ नं वडास्थित सिंहदेवी प्राथमिक विद्यालय, शिक्षा प्रकाश प्रावि र विद्यापोखरी विद्यालयका विद्यार्थीलाई पोशाक प्रदान गर्नुभएको हो ।
स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं । | safalnews.com |
5,477,486 | रुपन्देहीको सैनामैना नगरपालिका–११, बिचौवापुर र कञ्चन गाउँपालिका–१ को बिचमा पर्ने कञ्चन नदीमा पुल बनेपछि स्थानीय बासिन्दा खुसी भएका छन्। पुल बनेर यातायात सञ्चालन भएपछि सैनामैना नगरपालिकाको दक्षिण क्षेत्र र कञ्चन गाउँपालिकाको दानापुर क्षेत्रका जनतालाई ठुलो सुविधा पुगेको छ। सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । | gorkhapatraonline.com |
5,287,468 | राजनीतिक शक्तिका आडमा कानुन मिचेर निर्माण गरिएका केही विमानस्थलको हवाई दुरी तोकिएको मापदण्डभन्दा कम रहेको पाइएको छ । राष्ट्रिय हवाई नीतिले हिमाली तथा पहाडी क्षेत्रमा कम्तीमा २० नटिकल माइल र तराई तथा भित्री मधेशमा कम्तीमा ४० नटिकल माइल हवाई दुरीमा मात्रै विमानस्थल निर्माण गर्न मिल्ने व्यवस्था गरेको छ । तर सम्भाव्यता अध्ययन नै नगरी मापदण्ड मिच्दै ती विमानस्थल निर्माण गरिएका छन् । | gorkhapatraonline.com |
3,355,551 | बाजुरा जिल्लाको कोल्टीमा रहेको खाद्य डिपोले जेठ २१ गतेदेखि खाद्यान्न विक्री वितरण बन्द गरेको छ । डिपोमा रहेको मौज्दात चामल सकिएपछि वितरण बन्द गरिएको कोल्टी डिपो प्रमुख नवीनप्रसाद आचार्यले बताएका छन् । कोल्टी क्षेत्रका लागि स्वीकृति भएर आएको सात हजार क्विन्टल चामलमध्ये सबै विक्री भएर ६ सय क्विन्टल चामल मात्र मौजाद रहेको छ । नयाँ आर्थिक वर्षका लागि स्वीकृति नआएको र बाँकी रहेको चामल आपतकालिन अवस्थामा चाहिने भन्दै डिपोले विक्री गर्न बन्द गरेको हो । आर्थिक वर्षका लागि आएको र वितरण अनुमति आएको जति खाद्यान्न मध्ये दुई हजार पाँच सय ८५ क्विन्टल विक्री गरेर सकिएकाले थप डिपोमा रहेको चामल विक्री वितरण गर्न केन्द्रको अनुमति चाहिने भएकाले विक्री बन्द गर्नु परेको आचार्यले जानकारी दिएका छन् । हाल डिपो केन्द्रमा ६५७ क्विन्टल खाद्यान्न मौजाद रहेको छ । केन्द्रबाट अनमति नआएसम्म र थप ढुवानीको ग्यारेन्टी बारे निश्चित नभएसम्म हप्तादिन विक्री बन्द गर्ने डिपोले सूचना जारी गरेर जानकारी गराएको छ । असार १ गतेबाट पुनः डिपोबाट खाद्यान्न विक्री गर्ने डिपो शाखाका प्रमुख आचार्यको भनाई रहेको छ ।स्वीकृत भएर आएको चामलको सकिएपछि कोल्टी क्षेत्रमा चामलको अभाव हुने देखिएको छ । तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराका प्रमुख मेघराज ओझाले भने खाद्यन्नको समस्या नहुने बताएका छन् । थप खाद्यन्नका लागि प्रक्रिया केन्द्रमा पठाइ सकिएकोले तत्काल वितरण सुरु हुने र ढुवानी पनिसँग सँगै गरिने हुँदा अभाव नहुने बताएका छन् । ओझाले चामल विक्री बन्द हुने वित्तिकै खाद्यन्न संकट नहुने बताएका छन् । उसो त कोल्टी बजारका व्यापारीसँग पनि मौजाद रहेको छ । मौजाद गरिएको खाद्यन्न पनि व्यापारीले महँगो मूल्यमा कालोबजारी गर्ने भएपछि स्थानीय खाद्यन्न कै चामलको भरमा पर्ने गरेका छन् । २ हजार क्वीन्टल थप खाद्यन्नका लागि माग डिपोले गरिसकेकोले समस्या नहुने बताईएको छ ।
बुढीगंगा नगरपालिका २ बसन्त आधारभुत विद्यालयमा बसेकी १६ बर्षकि गर्भवती महिलाले कोरोना ठिक हुन्छ भनेर गुज्रो नामक जडीबुटी खाएकि छन् । ५ महिनाकी गर्भवती लाई आरडिटि चेक गर्दा पोजेटिभ देखिएको थियो । प्रतिरक्षात्मक शक्ति बढाउन र कोरोना बाट बच्नका लागि गाँउबाट गुज्रो नामक जडीबुटी मगाएर खाएको ति गर्भवतीले बताएकी छन् । त्यो खाइसकेपछि तल्लो पेट दुख्ने रक्तस्राव भइरहेको उनले बताएकी छन् । उपचारमा खटिएकि स्वास्थ्यकर्मी आशा थापाले भनिन्, उनलाई अहिले खतराको लक्षण देखा परेको छ । पेट दुख्ने रक्तस्राब भइरहेको छ, पिसाब लाग्ने जस्तो हुने तर पिसाब नहुने रहेको छ, जडीबुटी खाएपछि उनीमा समस्या आएको थापाले बताएकी छन् । कुन कारणले हो थाहा भएन तर जडीबुटी खाएपछि समस्या आएको हो थापाले भनिन् । शुक्रवार राति जडीबुटी खाएपछि ति गर्भवतीमा रक्तस्राब हुन शुरु भएको हो, जिल्ला अस्पतालको डाक्टरको सल्लाहमा औषधि दिएको छ, अबस्था जटिल रहेको स्वास्थ्यकर्मीले वताएका छन् । उनको ८ जनाको परिवार भारतबाट १४ गते क्वारेनटाइनमा पुगेका थिए । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने जडीबुटी खाएपछि गर्भवतीमा खतराको लक्षण देखा परेको वताएका छन् । आयुर्वेद चिकित्सक डा. सत्यराज जोशिले भने यो जडीबुटीले यस्तो नहुनु पर्ने हो भन्दै कुनै अन्य कारणले यस्तो भएको हुन सक्ने वताएका छन् । अर्काे खाने मात्रा पनि कति ? कसरी ? भन्ने हो, यो जडीबुटीले त्यस्तो असर नपार्ने जोशि बताँउछन् । ति गर्भवती महिलाको श्रीमान भन्दा बाहेक ८ जनालाई आरडिटी पोजेटिभ देखा परेको छ । तिनिहरु अझै क्वारेनटाइनमा बस्नु पर्ने भएको छ । एकातिर क्वारेनटानको बसाई अर्को तिर रक्तस्राबले स्वास्थ्य अबस्था जटिल बन्दै गएको छ । बाजुराका क्वारेनटाइनमा २० जना गर्भवती तथा सुत्केरी रहेका छन् । बसाई ब्यबस्थापन राम्रो नहुदा जोखिममा रहेका छन् । बडिमालिका नगरपालिका वडा न २ भौनेरामा रहेको सत्यवादी माध्यामीक विद्यालयको क्वारेन्टाइनमा एक युवकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बडिमालिका नगरपालिका वडा न २ माझि गाउँका बर्ष ४५ का युबक रहेका छन् । उनी २ दिन अगाडी मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले बताएका छन् । के–कति कारणले आत्महत्या गरेको हो भन्ने कुरा अनुसन्धानपछि मात्र जानकारी हुने प्रहरी प्रमुख भट्टराईले बताएका छन् । थप अनुसन्धानका लागि प्रहरी निरीक्षक दान रोकायाको नेतृत्वमा घटना स्थल गईसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका २ माझीगाउँ घर भएका युवक घाटीमा डोरी लगाएर आत्महत्या गरेको बुझिएको छ । शुक्रबार राति ८ः३० बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीसँगै बसेका मान्छेले फेला पारेको प्रहरीको श्रोतले जनाएको छ । अहिले त्यहाँ १६ जना क्वारेन्टाइनमा बरिहेका छन् । जेठ २७ गते गौरीफन्टा नाका भएर २८ गते बाजुरा पुगेको जनाएको छ । ४ बर्ष भारतमा बसेर २ दिन अगी घर नजिककै क्वारेन्टाइनमा बसेका थिए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
2,732,121 | एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा रविन कडरियाले बताए । “वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ”, उनले भने, “असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । ” यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उनले बताए । अघिल्लो वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । यो सङ्ख्या हालसम्मकै बढी भएको आयोनजा उनले जानकारी दिए । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक आएका थिए । पछिल्लो समय यो क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घट्दै गएको आयोजना प्रमुख कडरियाले बताए । “पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको संख्यामा केही कमी आएको देखिन्छ”, उनले भने । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ । | ratopati.com |
1,555,265 | मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज दिउँसो सवा १२ बजेदेखि सुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो । आगामी मङ्सिरको दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशन राजनीतिक क्षेत्रमै पहिलो हो । एमालेको विसं २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो । राष्ट्रिय राजनीति र पार्टी जीवनमा देखापरेका यावत् समस्याबारे विधान महाधिवेशनमा व्यापक छलफल हुनेछ । महाधिवेशनको उद्घाटन आज अपराह्न १२ः१५ बजे पार्टीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच पानसमा बत्ती बालेर गर्ने कार्यक्रम छ । उद्घाटनसत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । महाधिवेशनको दोस्रो दिन यही असोज १६ गते समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ । महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको थियो । विधान महाधिवेशनमा सो पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिनुभएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि तथा पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्य प्रतिनिधि रहनेछन् । यसरी विभिन्न क्षेत्रबाट चुनिएर आएका छ हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा भव्य र सभ्यरुपमा महाधिवेशन सम्पन्न गर्ने तयारी भएको मूल व्यवस्थापन समितिको प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए । प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको एमालेले जनाएको छ । सम्मेलनस्थलको हलमा प्रतिनिधि र अन्य आवश्यक सिट प्लानिङ व्यवस्थित गरिएको छ । मूल सभाहलमा तीन हजार प्रतिनिधि, हलको दायाँ बायाँका खाली हलमा एक/एक हजार प्रतिनिधिका लागि बस्ने प्रबन्ध गरिएको छ । यसरी नै हलको दायाँ बायाँका प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने एक/एक हजार क्षमताका हल निर्माण गरिएको छ । सम्पूणर्रूपमा सात हजार क्षमताका हल तयार गरिएको छ । समूह छलफलका लागि पनि व्यवस्थित स्थान तय गरिएको एमालेले जनाएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालक सबैका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको छ । निजी साधन नभएका प्रतिनिधिका लागि ललितपुरस्थित सातदोबाटोमा झण्डासहित बसको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासम्भव व्यवस्थापन गरिएको छ । महाधिवेशन सम्पन्न गर्न पार्टीनिकट अनेरास्ववियु, युवासङ्घ नेपाल, जिफन्ट र खेलकुद महासङ्घबाट २०० को सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ । | kendrabindu.com |
3,329,884 | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमिति बैठक यही फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तार, पार्टी तथा जनवर्गीय संगठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने नेतृ दिलु पन्तले जानकारी दिइन् । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ । उक्त बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुंगो लगाएको थियो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
5,130,368 | प्रो सिरिजको आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। चेरी प्रो फेमिली सिरिजको नयाँ मोडल चेरी टिग्गो ७ प्रो उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि परिचित छ। यसमा भएको इन्जिनले १४७ पीएस पावर र २१० एनएम टर्क जेनेरेट गर्छ। सो इन्जिन ९ स्पिड सीभीटी गियरबक्ससँग जोडिएको छ। यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ। यसको इन्टेरियर निकै नै आकर्षक छ। लेदर सिट सहितको ब्ल्याक–बेज थिममा आधारित क्याबिन छ। फ्रन्टमा सिक्स–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने प्यासेन्जर सिट चाहिं फोर–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ। यसमा थप फिचरको रुपमा प्यानोरामिक सनरुफ छ। यसमा ७ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, १०.२५ इन्चको एचडी सेन्ट्रल कन्ट्रोल र एसी टचस्क्रिन सहितको ड्यासबोर्ड छ, जुन सबै इन्टरकनेक्टेड भएकाले प्रयोगकर्ताका लागि अझै इन्टेलिजेन्ट अनुभव गराउछ। यो गाडीमा ब्लुटुथ कनेक्टिभिटी, फिंगरटिपबाटै कन्ट्रोल गर्न सकिने क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल जस्ता विभिन्न अत्याधुनिक प्रविधिहरु उपलब्ध छन्। यसमा फोर एड्जस्टमेन्ट सेटिङ गर्न सकिने मल्टी फङसन स्टेयरिङ ह्विल छ भने वायरलेस चाार्जर समेत उपलब्ध छ। यसमा भएको ३६० डिग्री क्यामेराको प्रयोग गरी गाडीको चारैतिरको अवस्था थाहा पाउन सकिन्छ भने ब्याकअप क्यामेराका कारण पार्किङ सहज हुन्छ। सुरक्षाको मामिलामा पनि यो गाडीमा कुनै सम्झौता नगरिएको कम्पनीको दाबी छ। यसमा भएको ६ एयरब्याग, ईबीडी र बीए सहितको एबीएस, ईएसपी, टीसीएस, एचएसी, एचडीसी आदिले ड्राइभिङ अनुभवलाई अझै सुरक्षित बनाउछ। नेपाली बजारमा टिग्गो ७ प्रोको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। टिग्गो ७ प्रो ३ ड्युअल टोन र ७ मोनोटोन अप्सनमा उपलब्ध छ। ड्युअल टोनमा ब्ल्याक एन्ड रेड, ह्वाइट एन्ड ब्लु र ब्ल्याक एन्ड ह्वाइट अप्सन उपलब्ध छ भने मोनोटोनमा ब्लु, जेड ब्लु, ज्वेल रेड, सिल्भर, ग्रे, ब्ल्याक र ह्वाइट कलर अप्सन उपलब्ध छ । | nepalkhabar.com |
5,258,597 | नेकाको समर्थनमा एमालेको नेतृत्वमा बनेको सरकार संसद्को पहिलो र दोस्रो ठुलो पार्टी मिलेर बनेको छ । संसद्को पहिलो र दोस्रो ठुलो पार्टी मिलेर बनेको सरकार इतिहासमा विरलै होला । दुई ठुला दल मिलेर बनेको केपी ओलीको सरकारले प्रचण्डको सरकार ढालेर गर्व गर्नुभन्दा देशको हित र बहुमत जनताको सेवामा काम गरेर देखाउनुपर्छ । राजनीतिक दलको काम पुरानो सरकार ढाल्नु र नयाँ सरकार गठन गर्नु मात्र होइन जनतामा परिवर्तनको अनुभूति गर्ने काम नयाँ सरकारले गर्नुपर्छ । ‘राष्ट्रिय सरकार’ दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न होइन राष्ट्रको हितको निम्ति हुनुपर्छ । सरकारले दलको नाफा र घाटा हेर्ने होइन, मुलुकमा देखिएको समस्या समाधान गर्ने हो । सरकारले यो दल र त्यो दलको नेता, मन्त्री, सांसद नभनी भ्रष्टाचारमा मुछिएका, अनियमित गरेका दोषीहरूमाथि कारबाही गर्न प्रक्रिया अघि बढाउनुपर्छ । कुनै दलको इज्जत भ्रष्टाचारी, कमिसनखोर र अपराधीहरूलाई संरक्षण गरेर होइन कारबाही गरेर बढ्छ । देशका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, अदालत, अख्तियार तथा अन्य सरकारी निकायका उच्चपदस्थ व्यक्तिहरू भ्रष्टाचार र अनियमिततामा फसिरहेको कुरा घटनाक्रमले पुष्टि गरेको छ । त्यसरी भ्रष्टाचार र अनियमितता गर्नेमा शासक दलका र उच्चपदस्थ व्यक्तिहरू नै परेका छन् । यसले शासक दलका नेताहरू नै भ्रष्टाचार, अनियमितता र आपराधिक क्रियाकलापमा संलग्न भएको थाहा हुन्छ । यसले उनीहरू भ्रष्टाचार नियन्त्रण र अनियमितता रोक्ने पक्षमा नरहेको सङ्केत गर्छ । आयोगले सार्वजनिक पदको दुरूपयोग गरी आयआर्जन गरेको कारण देखाई मुद्दा दायर गरेका व्यक्तिहरूमा मन्त्री, सांसद, मुख्य सचिव, सचिव, स्थानीय तहका प्रमुख, उपप्रमुख, न्यायाधीश, आयोगकै आयुक्त आदि परेको घटनाले उक्त कुराको पुष्टि गर्छ । सरकार अवैध सम्पत्तिको स्रोत खोज्दैन । सरकार सम्पत्तिको स्रोत खोजेर अनियमित ढङ्गले कमाएको सम्पत्ति जफत या सरकारीकरण गर्नुको सट्टा कर तिरे अवैध सम्पत्ति पनि वैध बनाउने नीति तयार गर्छ । यो अपराधीलाई पोस्ने काम हो । अपराधीलाई ‘असल’ को परिचयपत्र दिने सरकारको यस्तै यस्तै कामले यहाँ भ्रष्टाचारी र अपराधीहरू उत्साहित भएका हुन् । भ्रष्टाचारीहरू उत्प्रेरित भएका हुन्; भ्रष्टाचारी र कमिसनखोरहरू सत्तासीन दलहरूको संरक्षणमा रहेका छन्; उनीहरूको वरिपरि रहेर रमाइरहेका छन् । सरकारले आर्थिक चुहावट रोक्नुपर्छ । सरकारले स्थायित्व पाउनु नै सरकारको सफलता होइन; सरकारले गरेको प्रतिबद्धता लागु गर्नुपर्छ । देशमा गर्न नहुने जे जति काम भइरहेको छ; त्यो सबै रोक्नुपर्छ । देशको निम्ति आवश्यक पूर्वाधार तयार नभएसम्म देश समृद्ध बन्दैन । कृषिप्रधान देशमा कृषिमा आत्मनिर्भर हुनुपर्छ । सरकारको नेतृत्व र मन्त्रिमण्डल हेरफेर गर्नु कुनै बहादुरी होइन न त यो परिवर्तनको सङ्केत नै हो । कुनै दलले धेरैपटक सरकारको नेतृत्व गर्नु र धेरैपटक प्रम हुनु पनि सफलताको सङ्केत होइन । सरकारको नेतृत्व पटकपटक परिवर्तन भए पनि देशको आर्थिक तथा सामाजिकतर्फ रूपान्तरण हुन सकेको छैन । सरकारको अस्थिरता तोड्नु पनि सरकारको सफलता होइन । सरकारले आफ्नो कार्यकाल सफल बनाउनु सरकारको नेतृत्व गर्ने या सरकारमा सामेल हुने दलको धर्म नै हो । देशको अर्थतन्त्रलाई चलायनमान बनाउनुपर्छ; देशको स्रोत र साधनलाई अधिकतम उपयोग गरी सन्तुलित विकास गर्नुपर्छ । देशका युवा र योग्य नागरिकलाई स्वदेशमै काममामको व्यवस्था गर्नुपर्छ । प्रत्येक वर्ष लाखौँ युवाहरू बिदेसिनुको कारण सरकारप्रति विश्वस्त नभएर हो; देशमा काममामको व्यवस्था गर्ने वातावरण तयार गर्न नसकेर हो । देशमा इमानदारीपूर्वक काम गर्ने इन्जिनियर, कर्मचारीलाई मन्त्री, सांसद र मुख्य सचिवहरू फसाउँछन्; अनियमित काममा सही गराउँछन् र अकुत सम्पत्ति कमाउँछन् । यो देशको यथार्थ हो । अरुलाई फसाएर, लोभ देखाएर, अनियमित काममा सही गराएर अकुत सम्पत्ति कुम्ल्याउने मन्त्री, सचिवहरूकै कारण कति सरकारी सङ्घ, संस्था र मन्त्रालयमा कार्यरत कर्मचारी, इन्जिनियरहरू बाध्य भएर बिदेसिएका छन् । सरकारले हरेक सरकारी सङ्घ, संस्था, कार्यालय, मन्त्रालयलाई शुद्ध र असल संस्थाको रूपमा विकास गर्नुपर्छ । तर, अहिले देशमा यसरी इमानदारीपूर्वक काम गर्ने संस्था विरलै पाइन्छ । यो नै देशको विडम्बना हो । | onlinemajdoor.com |
4,432,685 | म्याग्दी : जिल्लाको बेनी नगरपालिका–२ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका १०० वर्ष बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन्। विसं २०४६ सम्म मल्ल वंशीय ठकुरीहरुको बसोबास रहेको गौश्वारामा प्रजातन्त्र पुनःस्थापनापछि बसाइँसराइ गर्ने र शहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन्। सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुडालसमेत रहेका ती घरहरुमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् भने गारोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन्। गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्ववम मल्लको स्वामित्वमा रहेका करीब १०० वर्ष पुराना घरहरु भएका स्थानीयवासी बुद्धिजीवी एवं शिक्षक रामबहादुर गुरुङले जानकारी दिए। गुरुङका अनुसार यी घर गौश्वाराका पहिचान भएका र यिनलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको छ। यी घरहरुको इतिहास मल्ल वंशीय राजखलक र राणा खलकसँग जोडिएको छ। तत्कालीन मल्ल ठकुरीहरु जुम्लाको सिञ्जा उपत्यकाबाट बसाइँ सरी यहाँ आएको मानिन्छ। यहाँ आएपछि काठमाडौँमा रहेका मल्ल र राणाहरुसँग यहाँका ठकुरीहरुको वैवाहिक सम्बन्ध गाँसिएको थियो। त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै यताको उता र उताको यता भएकाले यहाँ तत्कालीन समयमा बन्ने घरहरुभन्दा मल्ल वंशीय ठकुरीहरुका घरहरु फरक शैलीमा निर्माण भएका गुरुङले बताउनुभयो। त्यसैगरी चार पुस्तादेखि पुरानो घरमा नै बस्दै आएका परमेश्वरवम मल्लले यी घरहरुसँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचानसँग जोडिएकाले अझसम्म पनि सुरक्षित राखिएको प्रतिक्रिया दिए। ‘कतिपय भाइबन्धुहरु काठमाडौँ, चितवन, पोखरालगायतका शहरहरुमा गइसके तर म भने पुर्खाको बिरासतलाई संरक्षण गरेर बसेको छु’, मल्लले भने, ‘घरका दारपात, झ्यालढोका, ढुङ्गा आदिमा हाम्रा पुर्खाको सुगन्ध मिसिएको छ।’ ढुङ्गाले छाएका, कौसीसहितका तीनतले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन्। गौश्वारा गाउँमा अहिलेसम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुई घरमा मात्रै बसोबास रहेको छ भने तीन घर जीर्ण अवस्थामा छन्। यी ऐतिहासिक महत्व राख्ने घरहरुको संरक्षण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । | nayanepalnews.com |
3,644,072 | न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनु भएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गर्नुभएको हो । देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उहाँले जानकारी दिनुभयो । | imagekhabar.com |
2,349,867 | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसम्म निर्वाचित भए । प्रचण्ड गोरखाबाट निर्वाचित हुँदा केसी बागलुङबाट सांसदमा निर्वाचित भए । लमजुङबाट एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बाजी मारे । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन् भने नवलपुरबाट कांग्रेस नेता डा. सशांक कोइरालाले लगातार चौंथो पटक निर्वाचन जिते । बागलुङबाट शिक्षामन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेल विजयी भएका छन् । प्रचण्ड पहिलो पटक गण्डकीबाट चुनाव जितेका हुन् । गोरखा २ बाट चुनाव लडेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार भन्दा बढी मत अन्तरले हराए । रामचन्द्र पौडेलले तनहुँ १ बाट एमालेका एकबहादुर रानालाई ६ हजार मतान्तरले हराए । गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ लमजुङबाट चुनाव जितेका छन् । उनले माओवादी केन्द्रका महासचिव देव गुरुङलाइ ३ हजार २ सय भन्दा बढी मत अन्तरले पराजीत गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ १ मा एमालेका सूर्य पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराउँदै संसद यात्रा तय गरेका छन् । नवलपुर क्षेत्र १ बाट कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले जीत दोहो¥याए । उनले एमालेका कृष्ण पौडललाई करिव २ हजार मत बढी ल्याएर हराएका हुन् । बागलुङ २ बाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले उम्मेद्वार मन्जु शर्मालाई ३ हजार बढी मतान्तरले पराजीत गरे । गण्डकीबाट प्रतिनिधिसभाका लागि १८ क्षेत्रमध्ये हालसम्म १७ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भैसकेको छ । हालसम्म नेपाली कांग्रेसले ९ सीटमा चुनाव जितेको छ भने एमालेले ५ सीटमा जित निकाल्यो । २ सीटमा माओवादी र १ सीटमा जनमोर्चा विजयी भएको छ । | nepalghatana.com |
287,255 | पञ्चा सिंह २०५८ सालदेखि माओवादी 'जनयुद्ध'मा सहभागी भइन्। त्यतिबेला उनी १४ वर्षकी मात्रै थिइन्। 'जनयुद्ध'का थुप्रै मोडहरू पार गरेकी सिंहलाई अहिलेको जीवन नाफाको जीवनजस्तो लाग्छ। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि आफ्नो अधुरो पढाइ सुरू गरेकी पञ्चाले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्। कालिकोटको शिक्षक परिवारकी पञ्चाले आफ्ना बाबु कांग्रेस भए पनि माओवादी रोजिन्। दाइ प्रहरीमा भएको बेलामा पार्टीभित्रै समस्या पर्न सक्ने भएकाले आफूले कार्यक्षेत्र नै परिवर्तन गरेको सिंहले बताइन्। तिनै पञ्चा सिंह नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष बनेकी छन्। उनी अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला हुन,जसले यो संगठनको नेतृत्व गर्दैछिन्। पञ्चाले सुरू गरेको राजनीतिक यात्रा र अबको उनको अखिल क्रान्तिकारीबारे हामीले उनीसँग भिडिओ कुराकानी गरेका छौं। -असोज १७ गते अखिल क्रान्तिकारको २२ औं राष्ट्रिय सम्मलेन सम्पन्न भएको छ। यो सम्मेलनले कमिटीको संख्या र नेतृत्वको हिसाबले मलाईमात्र चयन गरेको छ। हामीले विधान र राजनीतिक प्रतिवेदन पारित गरेका छौं। जनवादी शिक्षाको कार्यदिशा सिफ्ट गरेर समाजवादी शिक्षाको कार्यदिशा लिएका छौं। राजनीतिक हिसाबले मूल पार्टीले लिएको २१ औं शताब्दीको वैज्ञानिक समाजवादलाई हामीले पनि ग्रहण गर्यौं। -हामीले समाजवादी शिक्षाको कार्यदिशा तय गर्यौं। विधान प्रतिवेदन र नेतृत्वको संख्या पनि पारित गर्यौं। अब कमिटीलाई पूर्णता दिन हामी पुरानो फ्रयाक्सन जुटिरहेका छौं। यसलाई हामीले चाँडै नै सम्पन्न गर्छौं। -वाइसिएल नेपालको राष्ट्रिय भेलाले नेतृत्व हस्तान्तरण गरेको हो। ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गरेर नयाँ नेतृत्व चयन गर्नका लागि संयोजक र सहसंयोजक तोकिएको हो। त्यसमा पार्टीले संयोजन गर्नु स्वभाविक हो। -हामी झन्डै आधा दर्जन आकांक्षी थियौं। अध्यक्ष हुने त एक जनामात्रै हो। अरूलाई पार्टीको भूमिकामा लैजान पर्ने भएकाले पार्टीले संयोजन गर्नु स्वभाविक छ। -अनेरास्ववियु स्थापना भएको ५६ वर्षपछि महिला पहिलो पटक यो ठाउँमा पुगेको हो। यसलाई मैले एउटा सुखद अवसरको रूपमा लिएकी छु। हामी अरूजस्तो टायर बालेर र ढुंगा हानेरमात्रै आएको होइन। यसो भन्दै गर्दा उहाँहरूले लोकतान्त्रिक आन्दोलनमा भूमिका खेल्नुभएको छैन भन्ने होइन। रचनात्मक ढंगले राम्रो काम गर्नुभएको छ। हामी योभन्दा माथि उठेर आफ्नो जीवनलाई बलिदानी दिने उद्देश्यले अघि बढेको हो। -मैले खेल्ने भूमिका निकै चुनौतीपूर्ण छ भन्ने बुझेको छु। शिक्षा क्षेत्रमा क्रान्ति ल्याउनका लागि हामी आन्दोलनमा लागेको हो। यसका लागि हामीले धेरै गर्न बाँकी छ। आमनागरिक शिक्षाको पहुँचबाट अहिले पनि बाहिर छन्। समाजवादी शिक्षाको आधार तयार पार्नका लागि संविधानमा भएको मौलिक हक कार्यान्वयन हुनुपर्छ। यो सँगै संगठनात्मक हिसाबले समेत अघि बढ्नु पर्छ। हामीले हरेक पालिकामा यसको संगठन बनाएका छौं। नयाँ पुस्ताको ठूलो समूह हाम्रो संगठनमा आबद्ध भएको छ। -म माओवादी आन्दोलनमा लाग्दै गर्दा १४ वर्षकी थिएँ। त्यो बेलामा सामाजिक विभेद थियो। एकीकृत राज्य व्यवस्थाको कारणले कर्णाली धेरै पछि थियो। स्कुल गएर शिक्षा लिनेमा म पहिलो पुस्ताको महिला हो। त्यो अवस्थामा माओवादी आन्दोलनले एउटा सपना देखायो। हरेक नागरिकले शिक्षा पाउनु अधिकार हो भन्ने चेतना दियो। -महिला दोस्रो दर्जाको नागरिक होइन भन्ने भयो। माओवादीलाई सामाजिक हिसाबले बहिष्कार गरिन्थ्यो। विभिन्न सामाजिक ढंगले अपमान गरिन्थ्यो। सँगै हिँड्ने साथी ढल्दै गर्दा बाँचेर यो ठाउमा पुगेको छु, आजको दिनमा सम्झिँदा पनि आङ जिरिङ्ग हुन्छ। त्यो बेलाको संघर्ष संकट कसरी पार गरे होला। मलाई सहिद बन्ने अवसर नपरेर यहाँ आएको हो। मेरो यो जीवन नाफाको जीवन हो भन्ने ठान्छु मैले। -मसँगै हिँडेका थुप्रै सहयोद्धा साथीहरूको परिवार टुहुरो भएको छ। अंगभंग भएका घाइते साथीहरू छन्। दायित्व पूरा भएको छैन त्यसैले निरन्तर यात्रामा लाग्नुपर्छ मोर्चा छोडेर भाग्न हुँदैन भनेर यहाँ छु। -म कर्णालीको मान्छे शान्ति प्रक्रियापछि सहरिया मोर्चामा क्याम्पस र विश्वविद्यालयको राजनीतिमा लागें त्यसपछि मैले धेरै पीडा र अपमान व्यहोरें। त्यो बेला निकै खिसिटिउरी गरियो। मेरो रहनसहन, मेरो खानपान बोलीलाई लिएर निकै खिल्ली उडाउने स्थिति थियो। - संगठनको जिम्मेवारी लिएर जब काठमाडौंमा आएँ तर असाध्यै विभेदकारी सोचाइ थियो। किन सक्रिय भएको होला घर गएर बसे पनि हुन्छ, मोर्चा छोडेर थुप्रै मान्छे व्यक्तिगत जीवनमा फर्किए त भन्ने खालका कुरा नदेखेको नभोगेको होइन। संगठनकै सहयोद्धाहरूका लागि समेत म बोझ भएँ तर पनि मैले आफ्नो यात्रा छोडिनँ। -१४ वर्षको उमेरमा संघर्षमा हिँड्दै गर्दा मलाई सानो देखेर माया गर्थे। माओवादीलाई गाँउमा जाँदा जासुसहरूको डर हुन्थ्यो। म जाँदा नमिठो कसैले दिएनन्। पार्टीमा पनि सानैमा माओवादीमा लागेको छ भनेर सबैले माया गर्नुहन्थ्यो। तर बाहिरी हिसाबले निकै जटिल थियो। -मेरो दाइ प्रहरीमा, म माओवादीमा हुँदा जनतामा पनि संशय भयो। सेना-प्रहरीले यो हाम्रो मान्छे भन्ने गरेका थिए। कतै आत्मसमर्पण गरेर हामीलाई अप्ठेरो पर्ने हो कि भन्ने डर भएपछि मैले सरूवा मागेको थिएँ। -कतिबेला मरिन्छ भन्ने थियो बाँचिन्छ भन्ने नै थिएन, निकै संघर्ष गरेर आएको हो। -मेरो बुवा प्राविमा प्रअ हुनुहुन्थ्यो। लामो समयसम्म मेरो राजनीतिसँग बुवा सहमत हुनु भएन। बुवाको कांग्रेस पृष्ठभूमि अनि मेरो वामपन्थी र वामपन्थीमा पनि क्रान्तिकारी पार्टीलाई मन पराउने कुरै भएन। -म केही समय कांग्रेसका कार्यक्रममा हिँडेको हो तर मलाई मन परेन। यो मेरो कांग्रेसप्रतिको आलोचना भने होइन। मैले घरबाटै विद्रोह गरेको हो। २०६४ सालमा मेरो परिवारका अरूले माओवादीलाई मतदान गरे तर बुवाले कांग्रेसलाई भोट दिनुभयो। शान्ति प्रक्रियापछि पनि मेरा बुवाको चाहना राजनीति छोडोस् भन्ने थियो अझै बढी इच्छा कांग्रेसकै राजनीति गरिदिओस् भन्ने थियो। तर मैले मेरो बुवालाई छोरीको बाटो ठीक छ भन्ने ठाउमा पुर्याएँ। -महिलालाई राजनीति गर्न सजिलो छैन। नेपाली समाजले महिलालाई फरक ढंगले हेर्छ। हिजो महिलाले बन्दुक पड्काउँदा पड्किदैन भन्ने थियो। तर १० वर्षे जनयुद्धमा नेपाली महिलाले बन्दुक पड्काएर देखाए। -राजनीतिक दल र विभिन्न संगठनमा अहिले पनि सामन्ती प्रवृत्ति छ। महिलाहरूले पटक-पटक परीक्षा दिनुपर्ने खालको अवस्था छ। म अहिले अध्यक्ष भएकी छु। मैले दाबेदारी गर्दैगर्दा महिलालाई त बनाउँदैन होला भन्ने खालका फन्टुस कुरा सुनिएका थिए। मसँगै रहेका साथीहरू मलाई छोड्न सहमत भए। तर बाहिरकाले भने महिलाले हाँक्न सक्छन् त भन्ने खालको आशंका गरेको मैले सुनेकी थिएँ । | setopati.com |
5,260,100 | नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले अवकाश प्राप्त शिक्षकहरू समुदायको निम्ति सक्रिय भइरहनुपर्ने बताउनुभएको छ । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरद्वारा बिहीबार आयोजित ३८ औं शिक्षक दिवस, ०७४ मा अवकाश प्राप्त शिक्षक शिक्षिकाहरूलाई सम्मान कार्यक्रम तथा शिक्षक डायरी प्रभावकारिता पुरस्कार वितरण समारोहमा अध्यक्ष रोहितले अवकाश प्राप्त शिक्षकहरूले जीवनका आफ्ना अनुभव र सीपलाई लिपिबद्ध गरे त्यो नयाँ पुस्ताको लागि उपलब्धि हुनेछ भन्नुभयो । शिक्षकहरूले जहिल्यै शिक्षाको विषयमा चिन्तन गरिरहनुपर्नेमा जोड दिंदै उहाँले देशको परिस्थितिबारे विद्यार्थी र कार्यकर्तालाई जानकारी दिइरहेमा देशको लागि आवश्यक सक्षम जनशक्ति तयार हुने बताउनुभयो । तालिम प्राप्त शिक्षकको अभावमा विद्यार्थीको जीवन बर्बाद हुनसक्ने औंल्याउँदै अध्यक्ष रोहितले विद्यार्थी जीवनकालमै नागरिक भावना जगाउन सके आदर्शोन्मुख समाज स्थापनामा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । विद्यालयमा दक्ष, योग्य शिक्षक नराखी राजनीतिक कार्यकर्ता भर्ती गरेकाले विद्यार्थीहरूको पढाइ बिगे्रकोमा राजनीतिक दल नै दोषी रहेको उहाँले बताउनुभयो । विद्यालयमै व्यवस्थित पुस्तकालय सञ्चालन भए बौद्धिक स्तर उठी देश र जनताको सेवामा थप सहयोग हुन्छ, उहाँले भन्नुभयो । नेक्राशिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष जगनाथ सुजखूले २०३६ को शिक्षक आन्दोलनले शिक्षकहरू स्थायी र सेवा सुविधा पाउन सफल भएको बताउनुभयो । शिक्षक स्थायी या अस्थायी जे भए पनि आ–आफ्नो कर्तव्य पालना गरे समाज परिवर्तनमा सेवा पुग्ने विचार राख्दै उहाँले आन्दोलनबाट स्थायी भएका, सेवा सुविधा प्राप्त शिक्षकहरूकै कारण पढाइ खस्केको गुनासो सुन्नुपर्दा आफूलाई दुःख लागेको बताउनुभयो । अवकाश प्राप्त शिक्षक नारायणबहादुर दुवालले नेमकिपाका अग्रज नेता र कार्यकर्ताहरूकै प्रेरणाबाट आफूले उच्च शिक्षा हासिल गरेर शिक्षा सेवामा लागेको विचार व्यक्त गर्दै शिक्षण सेवाको बाँकी रहेको समय राजनीतिमा खर्च गर्न सके समाज परिवर्तन छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो । भारतले नेपाली भूमि मिचे पनि सङ्घर्ष नगर्ने शिक्षित समुदायको बेवास्ताले देशभक्त विद्यार्थीहरू तयार नभएको औंल्याउँदै उहाँले देश जोगाउन देशभक्ति भावना र एकता चाहिन्छ भन्नुभयो । अर्का अवकाश प्राप्त शिक्षक दामोदर सुवालले शिक्षकहरूले निःस्वार्थ र इमानदारीपूर्वक कर्तव्य निर्वाह गरे विद्यालयको प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । आदर्श आजाद उमाविका प्राचार्य श्रीकृष्ण किसीले शैक्षिक गन्तव्यमा पुग्न समितिले प्रयास गरिरहेको चर्चा गर्दै विद्यालय स्थानीय निकायमा हस्तान्तरण गरेपछि विचार नपु¥याए शैक्षिक स्तर खस्कनेतर्फ सबै शिक्षक शिक्षिकाहरू समयमै सचेत हुनुपर्छ भन्नुभयो । वागीश्वरी कलेजका प्राचार्य, आयोजक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णप्रसाद धन्छाले असल, देशभक्त र चरित्रवान नागरिक तयार गर्न शिक्षकहरूको महत्वपूर्ण योगदान हुने विचार व्यक्त गर्दै उत्पादन श्रमसँग सम्बन्धित शिक्षा आजको आवश्यकता हो भन्नुभयो । कार्यक्रममा वागीश्वरीका शिक्षक विशेश्वर मानन्धरले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा अतिथि रोहितले निवृत्त शिक्षकहरूलाई सम्मान गर्नुभएको थियो । | onlinemajdoor.com |
2,914,631 | काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो । कार्यक्रम शुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकहरु ट्राफिक प्रहरीका आँखा छली सवारी साधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुनसकेको छैन । जसका कारण जामको समस्या ज्यूँको त्यूँ देखिन्छ । आफ्नो गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने हँुदा कामपाले यस किसिमको व्यवस्था गरेको थियो । ‘पिक एण्ड ड्रप’ कार्यक्रमले जामको समस्या कम भएको छ । यसको पूर्णरूपमा कार्यान्वयन हुनका लागि समय लाग्ने कामपाको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ । काठमाडौँको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको डङ्गोलको भनाइ छ । कार्यक्रम लागू भएपछि त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायतका स्थानमा सवारी जाम कम भएको पनि प्रवक्ता डङ्गोलको दाबी छ । नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारवाही गर्ने जनाए पनि उनीहरूले इमान्दारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारवाहीमा नपरेको पनि महानगरले बताएको छ । काठमाडौँ उपत्यकाभित्रै सञ्चालन हुने लामो तथा छोटो दूरीको सवारी साधन यी स्थानमा लामबद्ध हुँदा पैदलयात्रुलाई समेत समस्या भएको यात्रुको गुनासो छ । यात्रु हिँड्ने स्थानहरुमा पनि सवारी नै रोकेर राखेको हुन्छ । कार्यक्रम शुरुआतीको चरणमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो व्यवस्था काठमाडौँ उपत्यकाको अन्य स्थानमा पनि लागू गर्ने जनाए पनि शुरु गरेको स्थानहरुमा समेत प्रभाकारी कार्यान्वयन हुन नसक्दा यसतर्फ ध्यान जानसकेको छैन । काठमाडौँमा कलङ्की, बालाजुचोक, चावहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर थापाथलीलगायतका स्थानमा आवतजावत गर्दा नागरिकले जामको समस्या भोग्नु नौलो होइन । हरेक दिन घण्टाँै जाम खेपेर नागरिक आफ्नो कामकाज धान्न बाध्य भएका छन् । त्यति मात्रै कहाँ हो र धेरै स्थानमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन । गत साउनमै कामपाले आठ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने तयारी गरे पनि उक्त कार्यले अहिलेसम्म गति लिनसकेको छैन । कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । | newsofnepal.com |
5,928,833 | खोटाङ– २५ कात्तिकदेखि मुलुकभर राष्ट्रिय जनगणना भइरहेको छ । ‘मेरो मुख्य गणना, मेरो सहभागीता’ भन्ने नारासहित सुरू भएको जनगणना आगामी ९ मंसिरसम्म जारी रहनेछ । ‘कोही नछुटौं, कोही नदोहोरियौँ’ भन्ने नारा रहेको राष्ट्रिय जनगणनासम्बन्धी कुनै गुनासो छ ? घरमा विवरण संकलनका लागि गणक आइपुगेनन् ? जनगणनाका बारेमा केही बुझ्नु छ ? चिन्ता नगर्नुस् । यसका लागि केन्द्रीय तथ्यांक विभागले टोल फ्रि नम्बर ११७८ को व्यवस्था गरेको छ । जनगणनाका क्रममा घर छुट भए, गणक नआइपुगे, कुनै त्रुटि भएको पाइए वा आवश्यक सुझाव भए टोल फ्रि नम्बरमा फोन गरेर सहयोग लिन/दिन सकिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए । टोल फ्रि नम्बरमा फोन गरेपछि जिल्ला जनगणना कार्यालयमा सो बारेमा जानकारी आउने जनाएको छ । ‘जनगणनाका बारेमा कुनै समस्या वा अस्पष्टता भएमा टोल फ्रि नम्बरमा जो सुकैले फोन गर्न सक्छन्,’ जनगणना अधिकारी कोईरालाले भने, ‘टोल फ्रि नम्बरमा फोन गएपछि पुन: हामीलाई फोन आउँछ र समस्या समाधानका लागि पहल हुन्छ ।’ विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, पेशा, व्यवसाय, वित्तीय पहुँच, विकास निर्माणका नयाँ, सही र तथ्यगत योजना बनाउन जनगणनाको तथ्यांक महत्वपूर्ण हुने भएकाले जगनणनाका ‘कोही नछुट्न र नदोहोरिन जनगणना कार्यालयको आग्रह छ । विकास, नीति निर्माण, योजना र कार्यक्रम गर्ने तथ्यांक र जानकारी लिनका लागि नेपाल संघीय संरचनामा गएपछिको पहिलो जनगणना हो। सरकारी सेवा सुविधामा पहुँच र गरिबी निवारण कार्यक्रम तर्जुमा गर्न, विपद् जोखिमको योजना बनाउन, विविधतामा एकता कायम गर्न, लैंगिक तथा सामाजिक समावेसीकरण व्यवस्था गर्न, वैवाहिक अवस्था, प्रजनन्, सुरक्षित गर्भावस्था, शिशु मृत्युदर र मातृमृत्यु दरको अवस्था, कामको सही मूल्यांकन, अपांगता भएका व्यक्तिको अवस्थाका बारेमा जानकारी लिएर सोहीअनुसार योजना बनाउन हरेक १० वर्षमा जनगणना गरिन्छ । राष्ट्रिय जनगणनाका लागि खोटाङमा दुई सय गणक खटाइएका छन् । गणकले ७० वटा मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण, जनसांख्यिक विवरण, शैक्षिक विवरण, बसाइसराइँसम्बन्धी विवरण, प्रजनन्सम्बन्धी विवरण, बलबालिकाको बसाइँको अवस्था, अपांगतासम्बन्धी विवरण, आर्थिक क्रियाकलापसम्बन्धी विवरण संकलन गरिरहेको कार्यालयले जनाएको छ । ३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घर तथा घरपरिवार सूचीकरणमा खोटाङमा ५८ हजाभन्दा बढी घरहरू रहेको, ३९ हजारभन्दा बढी घरमा ४१ हजारभन्दा बढी परिवारकाे बसोबास रहेको तथ्यांक आएको जनगणना अधिकारी कोईरालाले बताए । २०६८ सालको जनगणनाअनुसार खोटाङको जनसंख्या दुई लाख ६ हजार तीन सय १२ थियो भने विदेशमा बस्ने १७ हजार ६ सय ६२ जना थियो । | khabarhub.com |
2,007,937 | एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले एफवीनमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ । साथै ज्योति विकास बैंकले एफवीन अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् । | kathmandupati.com |
1,972,674 | प्रधानमन्त्री निवास वालुवाटारमा बसेको दुवै पार्टीका शिर्ष नेता सम्मेलित पार्टी एकता संयोजन समितीको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले सातबुंदे सहमतिमा हस्ताक्षर गरेका छन् । | kathmandupati.com |
2,561,758 | इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनमा आइतबारको पहिलो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुँदैछ । कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्स स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । उक्त खेलमा लखनउ सुपर जाइन्ट्स नयाँ जर्सीमा मैदानमा देखिने भएको छ । लखनउले प्रयोग गर्ने नयाँ जर्सी हरियो र कलेजी रङको रहेको छ । भारतको चर्चित फुटबल क्लब मोहन बगानको जर्सीबाट प्रभावित भएर आईपीएल क्लब लखनउले आफ्नो नयाँ जर्सी बनाएको हो । खासमा फुटबल क्लब मोहन बगान र आईपीएल क्लब लखनउ सुपर जाइन्ट्स दुबैको मालिक एकै व्यक्ति हुन् । भारतीय उद्योगपति सञ्जिव गोयनका यी दुवै क्लबका मालिक हुन् । आईपीएलको अघिल्लो सिजनमा पनि कोलकातामा खेलिएको खेलमा लखनउको टोलीले यस्तै जर्सी प्रयोग गरेको थियो । आईपीएलको बाँकी खेलमा भने लखनउले आफ्नो पुरानै जर्सी प्रयोग गर्ने समाचारमा जनाइएको छ । लखनउ सुपर जाइन्ट्सले मोहन बगानजस्तो जर्सी प्रयोग गरेर कोलकातामा रहेका फुटबल समर्थकको ध्यान पनि आफूतर्फ तान्न चाहेको बताइएको छ । | ratopati.com |
3,081,033 | अहिले प्रधानमन्त्री र राष्ट्र्रपति अर्थात् मन्त्रिपरिषद् र राष्ट्रपतिको कार्यालयबीच अध्यादेशको नयाँ जुहारी सुरु भएको छ । संविधानसभाको असामयिक एवं असंवैधानिक विघटनपछि यस्तो स्थितिको अनुमान सबैले गरेकै हो । प्रश्न उठेको छ, राष्ट्रपति र प्रधानमन्त्री दुईमध्ये को बढी वैधानिक र को बढी शक्तिशाली ? यस प्रश्नको उत्तर खोज्ने काम अहिले चारैतिरबाट भएको छ । तर, प्राय: सबै उत्तरका पछाडि निश्चित आग्रह वा पूर्वाग्रह प्रस्ट छ । एनेकपा (माओवादी) तथा त्यसका अध्यक्ष प्रचण्ड र अदृश्य शक्तिका लाचार छाया वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विरोध गर्नेहरू राष्ट्रपतीय कदमका पक्षमा छन् । अहिलेकै सरकारलाई यसैगरी अनन्त कालसम्म टिकाउन चाहनेहरू राष्ट्रपति अर्थात् उनले चाल्ने कुनै पनि कदमका विरुद्धमा छन्, भलै त्यस्ता कदम आवश्यक हुन् वा अनावश्यक, संवैधानिक हुन् वा असंवैधानिक । मुख्य कुरा छ– धेरैजसो पात्रमा निहित स्वार्थको । हो, नेपाली कांग्रेसको प्रत्यक्ष प्रतिनिधिका रूपमा निर्वाचित राष्ट्रपतिले कांग्रेसकै पक्षपोषण पो बढी गर्ने हुन् कि भन्ने शंका पनि एकथरिलाई छ । तर, राष्ट्रपतिले चाल्ने कुनै पनि कदम वामपन्थीका विरुद्ध लक्षित हुने आशंका समाप्त भइसकेको छ । कारण, अहिलेको सरकारका गलत काम कारबाहीविरुद्ध सशक्त राष्ट्रपतीय कदमका पक्षमा नेकपा—माओवादीदेखि नेपाल मजदुर किसान पार्टीसमेत उभिइसकेका छन् । त्यसैले कुरा सिद्धान्त, विचार र वर्गीय मोर्चाको भन्दा पनि जसरी हुन्छ आ–आफ्ना निहित राजनीतिक स्वार्थ पूरा गर्नेतिर लक्षित छ । अहिलेको जस्तो संवैधानिक तथा राजनीतिक संकटको स्थितिमा अन्तरिम संविधानबमोजिम हुनुपर्नेचाहिँ के हो त ? यससम्बन्धी तटस्थ छलफलको निकै अभाव छ ।
अन्तरिम संविधानको धारा ८८ मा विद्यमान अध्यादेश किन र कस्तो अवस्थामा जारी हुनसक्छ भन्ने व्यवस्था आफैँमा एकदमै प्रस्ट छ । कुनै पनि अध्यादेश जारी हुनका लागि व्यवस्थापिका संसद् वा बैठक नचलेको अवस्था हुनुपर्छ । त्यसपछि, तत्काल केही गर्न आवश्यक छ भन्ने कुरामा राष्ट्रपति ‘सन्तुष्ट’ हुनुपर्छ । अनिमात्र संविधानविपरीत नहुनेगरी मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी ‘गर्न सक्ने’ प्रावधान छ । त्यस्तो अध्यादेश जारी भएपछि बसेको व्यवस्थापिका संसद्को बैठकले सदर नगरेमा अध्यादेश स्वत: निष्क्रिय हुनेछ । यद्यपि, जारी अध्यादेश राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्नेछ । निष्क्रिय वा खारेज नभएको अवस्थामा पनि व्यवस्थापिका संसद्को बैठक बसेको ६० दिनपछि अध्यादेश स्वत: निष्क्रिय हुनेछ । यस संवैधानिक प्रावधानका विभिन्न पक्ष छन् । पहिलो पक्ष हो– तत्काल अध्यादेश जारी गर्नुपर्ने कारण । दोस्रो पक्ष हो– मन्त्रिपरिषद्को सिफारिस । तेस्रो पक्ष हो– त्यस्तो कारण र सिफारिसप्रति राष्ट्रपतिको सन्तुष्टि । यसको अधिकतम अवधि हो, ६० दिन । तर, यहाँ अहिले नेपालमा व्यवस्थापिका संसद् छैन र निकट भविष्यमा भइहाल्ने सम्भावना पनि कमै छ । संविधानसभाको पुनस्र्थापना वा संसद्कै निर्वाचन गरे कुरा बेग्लै हो । यस्तो सम्भावना पनि अनिश्चित छ । अनि, जेको निर्वाचन गरे पनि यसका लागि छ– आठ महिना वा एक वर्ष त घटीमा पनि लाग्छ ।
संविधानको उद्देश्य तथा संसदीय व्यवस्था भएका मुलुकमा चलेको प्रचलनको सार भनेको स्थायी मन्त्रिपरिषद् तथा स्थायी सरकारका हकमा अध्यादेशको बाटो खुला हो । तर, असंवैधानिक र बेमौसमी नै भए पनि संविधानसभाको निर्वाचनको घोषणापश्चात् स्वत: कामचलाउ भइसकेको यो सरकार अनि संविधानको धारा ३८(७)(ख) अनुसार स्वत: पदमुक्त भइसकेका यी प्रधानमन्त्रीलाई यसरी धमाधम अध्यादेशको सिफारिस गर्ने असीमित अधिकार असम्भव छ । देशको सम्पूर्ण राजकाज नै अध्यादेशकै भरमा चलाउने हो र संविधान संशोधन पनि अध्यादेशबाटै गर्ने हो भने त नयाँ संविधान पनि अध्यादेशबाटै जारी गरे भइहाल्यो † तर, कुनै पनि लोकतन्त्र वा जनवादमा यस्तो कुरा सोच्न पनि सकिन्न र सोच्नु पनि हुन्न । अहिलेको कामचलाउ सरकार र मन्त्रिपरिषद्ले अध्यादेशको सिफारिस गर्ने भनेको सामान्यत: मुलुकमा संकटकालको स्थिति उत्पन्न भएको अवस्थामा मात्र हो । तर, त्यस्तो घोषित संकटको विशेष स्थिति केही छैन । आखिर व्यवहारमा त संकटै–संकटले भरिपूर्ण मुलुक न भयो नेपाल † त्यसैले नयाँ निर्वाचनजस्तो राजनीतिक सहमतिका आधारमा संविधानमा संशोधन आवश्यक पर्ने विषयमा अध्यादेशको सिफारिस गर्ने कुरामा वर्तमान सरकार हरेक दृष्टिले अयोग्य छ । त्यस्तो कुनै पनि सिफारिस स्वत: संविधानविपरीत हुनुका साथै अलोकतान्त्रिकसमेत हुने निश्चित छ । अर्को प्रश्न रह्यो, राष्ट्रपतिलाई प्राप्त सन्तुष्ट हुने वा नहुनेसम्बन्धी स्वविवेकीय अधिकारको । राष्ट्रपतिलाई प्राप्त यस अधिकारको विश्लेषण गर्दा सन्तुष्ट नभएको अवस्थामा अध्यादेश जारी गर्नैपर्ने बाध्यता कतै पनि छैन, चाहे त्यही अध्यादेश जतिसुकैपटक किन पेस नगरियोस् । अहिले त राष्ट्रपतिले आफू सन्तुष्ट हुन नसकेको पर्याप्त कारण र आधार नै सार्वजनिक गरिसक्नुभएको छ । संविधानसभा वा संसद् जेको निर्वाचन गरे पनि संविधान संशोधन अपरिहार्य छ । त्यस्तो कुनै निर्वाचनका लागि एक हदसम्मको राजनीतिक सहमति पनि जरुरी छ । निर्वाचन आयोग स्वयंले नै घोषित निर्वाचन असंवैधानिक एवं असम्भव भनिसकेको अवस्था छ । यस्तो स्थितिमा वास्तवमै प्रस्तावित निर्वाचन अध्यादेश अनावश्यक, असंवैधानिक र बदनियतपूर्ण छ । त्यसैले अध्यादेश फिर्ता पठाउने निर्णय गरेर राष्ट्रपतिले सही काम गर्नुभएको छ । धारा ३६ ‘क’ अन्तर्गत प्रदत्त संविधानको पालना र संरक्षण गर्ने कर्तव्यको पालना ढिलै भए पनि गरेर देखाउनुभएको छ ।
यसको सोझो अर्थ हो, वर्तमान सरकार र त्यसका प्रधानमन्त्री भट्टराई साँच्चिकै जोरी खोज्छन् भने धारा ४३ अन्तर्गत उनलाई तुरुन्त बर्खास्त गरेर राजनीतिक सहमतिका आधारमा राष्ट्रिय सरकार निर्माण गर्न आवश्यक छ । संविधानमा आवश्यक संशोधन गर्नका लागि धारा १५८ अन्तर्गतको बाधाअड्काउन फुकाउने अधिकार प्रयोग गर्दै एउटासम्म बैठकका लागि संविधानसभाको क्षणिक पुन:स्थापनाको विकल्प पनि हाम्रा सामु छ । यस्तो पुन:स्थापनापछि हुने संविधानको संशोधन व्यवस्थापिका संसद्को नयाँ निर्वाचनसहित अन्तरिम व्यवस्थापिकाको निरन्तरतासँग मात्र सम्बन्धित हुनुपर्छ । संविधान निर्माणको काम अब व्यवस्थापिका संसद्ले नै गर्नुपर्छ । अन्यथा संविधानसभाको माध्यमबाट हाम्रो जीवनकालमा नयाँ संविधान नबन्ने निश्चित छ । यस्ता उचित विकल्पतर्फ मुलुकलाई डोहोर्याउने काम एकमात्र संवैधानिक पदाधिकारीका हैसियतले राष्ट्रपतिले नै गर्नुपर्छ ।
तर, संविधानसभादेखि व्यवस्थापिका संसद्सम्म सबै एकैसाथ विघटन गर्ने यही सरकार, संविधान संशोधनविनै असंवैधानिक रूपमा संविधानसभाको निर्वाचन घोषणा गर्ने यही सरकार, निर्वाचन गर्न नसक्ने यही सरकार, राजनीतिक सहमतिविनै चल्ने यही सरकार, अन्तरिम संविधानलाई समेत मिचेर जे मन लाग्यो त्यही गर्ने यही सरकार, अन्य आफैँ कामचलाउ भइसकेपछि पनि अध्यादेशकै भरमा सरकार कब्जा गरिरहने यही सरकार, अब यस्तो स्थिति कुनै पनि हालतमा कायम रहन सक्दैन । संविधानमा भएको राष्ट्रपतिसम्बन्धी व्यवस्था यसै र यस्तै संकट फुकाउनका लागि हो । संकटका बेला पनि आलंकारिकमात्र रहिरहने हो भने त हामीलाई राष्ट्रपति नै पो किन चाहियो त † अनि, राष्ट्रपतीय व्यवस्थाअन्तर्गत राष्ट्रपतिलाई प्राप्त अधिकारको प्रयोग अब पनि नगर्ने हो भने मुलुक कसले र कसरी चलाउने त ? हो, आन्दोलन गर्नेहरू आन्दोलनतिरै लागून् तर हामी लाग्दैनौँ (‘हामी’ भन्नाले आन्तरिक रूपमा भ्रष्ट र बाह्य रूपमा विदेशीको दलाल भएर काम गर्ने अधिकांश नेता, पार्टी र सरकारबाट दिक्क भइसकेका आमनेपाली जनताहरू, जो पार्टीभन्दा बाहिर पनि धेरै छन्) । गोलमेच सभा र सम्मेलन गर्नेहरू पनि गर्दै रहून् तर हामी वास्तविक जनता सधैँ बहिष्कृत छौँ । तिनका गोलमेच सम्मेलनका आधार पनि आखिर यही अन्तरिम संविधान र यिनै राष्ट्रपति हुन् (जसले संवैधानिक रूपमै संयोजनको भूमिका निर्वाह गर्ने हैसियत राख्छन्) । सडकमै गोलमेच सम्मेलन त नहोला नै † सडकबाटै सरकार र संसद् पनि नहोला नै † जनविद्रोह नै गर्ने भए कुरा बेग्लै हो । विद्रोहबाटै सत्ता कब्जा भए पनि वेशै भयो † त्यसैले राष्ट्रपति महोदय, अहिलेका लागि यही हो बेला केही कुरा गरेर देखाउने † सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
507,848 |
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल समूह) को केन्द्रीय समिति बैठकले विभिन्न १० वटा महत्वपूर्ण काठमाडौँ- केन्द्रीय कमिटीको विस्तारसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे काठमाडौं । चिसोमा रुघाखोकीले धेरै सताउँछ । खोकीसँगै कफ निस्कदा संक्रमण, निमोनिया वा क्षयरोगको लक्षण काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी काठमाडौँ- संयुक्त विद्यार्थी संगठनले सरकारको पछिल्लो कदमको विरोध गरेका छन् । संयुक्त विद्यार्थी संगठनको आज वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ग्रामिण भेगलाई वीरगञ्ज-पथलैया हाइवेसँग जोड्ने कच्ची सडक निर्माण सम्पन्न भएको छ काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चरमोत्कर्षमा पुगेसँगै नेताहरूको ‘बसाइँसराइ’ शुरू भएको छ । काठमाडौँ– नेपालकालागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छन् । नेपालमा राजनीतिक सरगर्मी बढेसँगै काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी नफुटेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एकताको पहिलो महाधिवेशन आउँदो बैशाख २५ गते देखि २८ गतेसम्म काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेसन आव्हान गर्न प्रतिनिधि सभाका काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि केहिबेरअघि दीप प्रज्वलन गरिएको काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने वा बेलायतमा ट्रान्जिट भएर नेपाल आउन रोक काठमाडौं । सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस बदर गर्न माग गर्दै सर्वोच्चमा रिट काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पाटी (नेकपा)को काठमाडौं – प्रचण्ड- नेपाल समूहको बैठक सकिएको छ । आजको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष काठमाडौं । गत वर्षको डिसेम्बर अनितम साता चीनको वुहान शहरबाट फेलिएको भनिएको कोरोना संक्रमण हिउँ काठमाडौं । भारतीय राष्ट्यि क्रिकेट टीमका कप्तान विराट कोहली मंगलवार बिहान प्याटरनिटी लिभमा अष्ट्रेलियाबाट भारत काठमाडौं – प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रिय कमिटीबाट बर्खास्त गर्ने निर्णय गरेको काठमाडौं । अमेरिकाको हवाई आइल्याण्डस्थित विश्वको सबैभन्दा ठूलो किलुआ ज्वालामुखी बिस्फोट भएको छ । | lokpath.com |
1,222,183 | संघीय समाजवादी फोरम नेपालका सांसदसमेत रहेका पप्पुका तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियार र उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध ९० करोड ८९ लाख २ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका सहप्रवक्ता मदन कोइरालाका अनुसार पप्पुका तत्कालीन अध्यक्ष हरिनाराणविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगोसहित विशेषमा मुद्दा दायर गरिएको हो । त्यसैगरी उनका छोरा तथा पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पनि अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ नै बिगो दाबी गर्दै मुद्दा चलाएको हो । अख्तियारले एभरेस्ट इन्जिनियरिङ कन्सलट्यान्टका प्रोप्राइटर कृष्णदेव यादवविरुद्ध एक लख ४१ हजार २५० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको छ । त्यसैगरी तत्कालीन डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख भानु जोशीविरुद्ध अख्तियार फरक दुईवटा बिगो दाबी गर्दै मुद्दा चलाएको छ । अख्तियार जोशीविरुद्ध एक लख २४ हजारको एउटा बिगो र एक करोड ९५ लाख ८८ हजार ४३७ रुपैयाँसहित जम्मा एक करोड ९७ लाख १३ हजार ४ सय ३७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो । त्यसैगरी यही प्रकरणमा अख्तियारले डिभिजनल सडक कार्यालयका अर्का तत्कालीन प्रमुख मनोज श्रेष्ठविरुद्ध पनि ९ करोड २४ लाख २४ हजार ९९ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो । यो प्रकरणमा अख्तियारको अभियुक्तको सूचीमा अधिकांश डिभिजन सडक कार्यालय नेपालगञ्जका इन्जिनियर परेका छन् । यही कार्यालयका तत्कालीन प्रमुख राजेशकुमार यादवविरुद्ध पनि अख्तियारले दुईवटा बिगो दाबीसहित मुद्दा चलाएको छ । यादवविरुद्ध ७४ लख ५३ हजार २ सय ६९ रुपैयाँको एउटा र ३ करोड १४ लख १८ हजार ९ सय ७ रुपैयाँको अर्को बिगो दाबी गर्दै मुद्दा चलाइएको हो । त्यसैगरी डिभिजन सडक कार्यालयका तत्कालीन निमित्त प्रमुख नवराज केसीविरुद्ध पनि अख्तिायरले ६ करोड ९२ लाख ४६ हजार ९ सय १२ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको छ । त्यसैगरी यही कार्यालयका इन्जिनियर प्रेमप्रसाद चुवाईविरुद्ध ३ करोड १९ लाख ३८ हजार ५ सय ७९ रुपैयाँ बिगो दाबी गरिएको छ । यही कार्यालयका इन्जिनियर हरिबहादुर खड्काविरुद्ध ७ करोड ५४ लाख ४८ हजार ६१ रुपैयाँ, इन्जिनियर दीपेन्द्रबहादुर विस्टविरुद्ध १ करोड ६१ लाख ८३ हजार ४४५ रुपैयाँ, यही कार्यालयका सब-इन्जिनियर कर्मा तेन्जिङ तामाङविरुद्ध १५ करोड ८८ लाख ४ हजार ७ सय १३ रुपैयाँ बिगो दाबी गरिएको छ । यही कार्यालयका अर्का सब-इन्जिनियर गोविन्द गैरेविरुद्ध अख्तिायरले १ करोड ९५ लाख ८८ हजार ४३७ रुपैयाँ बिगो दाबी गरिएको छ। अख्तियारले पप्पुका तत्कालीन अध्यक्ष हरिनारायण र उनका छोरा तथा पप्पुका अध्यक्ष सुमितविरुद्ध समान १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ (जम्मा ३८ करोड ६३ लाख ५१ हजार ३ सय ९०) रुपैयाँ बिगो दाबी गरिएको छ । अख्तियारका सह-प्रवक्ता कोइरालाका अनुसार पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको भेटिएको छ। पुल बनाउँदा नै बाङ्गो देखिएको अवस्थामा उद्घाटन नहुँदै भत्किएको उक्त पुल निर्माणको सुरुदेखि नै कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको ठहर अख्तियारले गरेको हो । डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनले पोखरिया-७ को यो पुल निर्माणका लागि सम्झौता भएदेखि नै संलग्न सबै प्राविधिक कर्मचारीबाट गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कामलाई स्वीकार गरेको आरोप पनि अख्तियारको छ। अख्तियारले पुल निर्माणका क्रममा फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, गुणस्तरीय पुल निर्माणका लागि गरिने ग्यारेन्टी निर्माण पक्षबाट कर्मचारीले नगराएको पनि जनाएको छ। त्यसैगरी आवश्यक जाँच नगरिँदा निर्माण सामाग्रीको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन भुक्तानी सिफारिस गरेको पनि जनाएको छ । कर्मचारीले पनि ठेकेदारको बदमाशीलाई चुपचाप स्वीकार गरेको अख्तियारले जनाएको छ। उक्त पुलमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीको मिलेमतो भएको पुष्टि भएकाले पप्पुका दुवै मालिक र सडक कार्यालयका तीनजना डिभिजन प्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ । | annapurnapost.com |
5,951,579 | २०८१ साउन ८ मंगलबार पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै भएका बाढीपहिराका घटनामा एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने एक हजार छ सय ३४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा २८ जनाको ज्यान गएको छ । बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५७ किलोमिटर सडक बगाएको, एक सय ५७ पुल भत्काएको, २० लाख एकडमा लगाएको बाली नष्ट भएको, एक सय ८० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ भन्दा घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् । हालसम्म ५१ हजार दुई सय ७५ जनालाई उद्धार गरिएको तछथा चार लाख ९८ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । देशमा आपत्काल घोषणा गरिएको छ । साथै सरकारले बाढीपहिरो प्रतिकार्यसमबन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ । बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न भरमग्दुर प्रयास भइरहेको छ । | sunaulonepal.com |
952,667 | २०४५ साल ताकाका वर्षहरूमा मैले तीजको अघिल्लो दिन, त्यो पनि साँझ मात्र दर खाएँ । | ekantipur.com |
4,758,320 | आफ्ना हरेक भिडियोमा मनछुने कथावस्तु र मीठो सन्देश दिँदै आएका निर्देशक संकेत अगस्तीले दर्शकमाँझ पुन एकपटक नयाँ कोसली पस्केका छन। उनले संगीत भरेको नयाँ गीत ‘गन्तव्य खोज्दै’ सार्वजनिक भएको छ। श्रम शोषण र नेपाली युवाको वास्तविकता देखाउन खोजिएको गीतको भिडियो साइराम पिक्चर्सबाट सार्वजनिक गरिएको हो। सुनिता ढुंगेल र अगस्ती क्रियेसनको निर्माणमा बनेको यो म्युजिक भिडियोले सहरमा कमाउने गन्तव्य खोज्दै हिँडेको पात्रलाई प्रस्तुत गरेको छ जो दुख गर्दा गर्दै अन्तिममा ज्यान गुमाएर आफ्नो परिवारलाई रुवाएर गएका छन्। त्यस्तै, कति युवाहरु विदेशमा कमाउन जाँदा कोहि बाकसमा फर्किएका त कतिले दुख पाएका छन् । त्यसैले भिडियोले यस्ता घटना फेरि नदोहिरियोस् भन्ने सन्देश दिन खोजेको टीमको भनाइ छ। घरको विषम परिस्थिति र ऋणको पिरले सहरमा पैसा कमाउन गएका युवा र विदेश जाने रहर बोकेर आफ्नो इहलिला सहरमै समाप्त गरेको दुखद् कथावस्तुमा म्युजिक भिडियो छायांकन गरिएको छ। कमल सिंह, मिशेल घिमिरे र झलकमान अधिकारीसँगै सहायक पात्र विनय ढुंगेल, रामकुमार ढुंगेल, बलबहादुर नेपाली र सुरेश राइको अभिनयले यो म्युजिक भिडियोको कथालाइ थप पूर्णता दिएको छ। गायनमा भने गायक श्रेय अगस्तीलाई बाबुल गिरीले पनि साथ दिएका छन् । गीतमा साक्षी श्रेयको शब्द रचना, बाबुल गिरीको संगीत संयोजन, रन्जन राइको रेकर्डिङ र विशाल निरौलाको मिक्सिङ मास्टरिङ रहेको छ। गीतको कथावस्तु साक्षी श्रेयकै छ भने शृङ्गारमा शर्मिला सुनुवार, छायांकनमा करण चैसिर, क्रियेटिभ निर्देशनमा खेमनाथ खनाल र सम्पादनमा टेकेन्द्र शाह रहेका छन्। माथी खबरमा भनिएकै गीतको अन्तर्य रहेको हुनाले शब्द, स्वर, संगीत र अभिनयले, आजको समाजले भोग्दै आएको तीतो अनि कहाली लाग्दो एकदमै संवेदनशील परिवेशको मिहीन चित्रण गरेको छ । | nepalpress.com |
5,378,037 | भूमि शब्दकोषका अनुसार सडक, बाटो, रेलवे तथा सरकारी घर, भवन वा कार्यालय रहेको जग्गालगायत सरकारको अधीनमा रहेको वन, जङ्गल, नदी, खोलानाला, नदी उकास, ताल, पोखरी तथा सोको डिल, नहर, कुलो, ऐलानी, पर्ती वा अन्य जग्गा, भिर, पहरा, डगर, बगर र सरकारले समय/समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सरकारी जग्गा भनी तोकिएको जग्गा हो । यही परिभाषालाई मालपोत ऐन, जग्गा नाप जाँच ऐन र मुलुकी देवानी संहिताले पनि समेटेको छ । कुनै व्यक्तिले मात्र नभई सार्वजनिक रूपमा प्रयोग गर्न पाइने परापूर्वदेखि प्रचलनमा रहेको बाटो, कुवा, पानी, पधेँरो, पानीघाट, इनार, पोखरी तथा सोको डिल, गाईबस्तु निकाल्ने निकास, गौचर, मसानघाट, चिहान, पाटी, पौवा, देवल धार्मिक उपासना गर्ने स्थल, स्मारक, मठ, मन्दिर, चोक, डबली, ढल, चौतारो, हाटमेला लाग्ने ठाउँ सार्वजनिक जग्गा हो । यिनै कुरालाई समेटेर मालपोत ऐन, जग्गा नापजाँच ऐन र मुलुकी देवानी संहिताले पनि परिभाषा गरेको पाइन्छ । सरकारी, सार्वजनिक जग्गामध्ये सरकारी जग्गा नेपाल सरकारले चाहे अनुसार उपयोग गर्न सकिन्छ तर सार्वजनिक जग्गाको हकमा सार्वजनिक उपयोगका लागि बाहेक सरकारले अन्य प्रयोजनमा प्रयोग गर्न पाउँदैन । अपवादमा यदाकदा सार्वजनिक जग्गालाई पनि सरकारी जग्गाको परिभाषा भित्र पार्ने कार्य हुने गरेको छ । सरकारले चाहेमा एक सरकारी निकायको जग्गा अर्को सरकारी निकायलाई कानुन त दिन सक्छ तर यस्तोमा पनि कहिलेकाहीँ जनस्तरमा विरोधका स्वरहरू मालपोत ऐन, जग्गा नाप जाँच ऐन र मुलुकी देवानी संहिताले सरकारी, सार्वजनिक जग्गाको कानूनी परिभाषा गरेका छन् । मालपोत ऐन, २०३४ को दफा २४(१)ले सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता वा आवाद गर्न नहुने व्यवस्था गरेको छ । उक्त ऐनको दफा २४(२) ले कसैले अवैध रूपमा दर्ता गरेमा त्यस्तो दर्ता स्वतः बदर हुने व्यवस्था छ । साथै उक्त ऐनको दफा २४(३) ले सरकारी जग्गा र सार्वजनिक जग्गा सम्बन्धित मालपोत कार्यालयले दर्ता गरी तोकिएबमोजिम अभिलेख अधावधिक गर्नु पर्ने व्यवस्था गरेको छ । साथै मालपोत ऐन, २०३४ को दफा २९ मा कसैले सरकारी वा सार्वजनिक जग्गा दर्ता गरेमा एक हजारदेखि दस हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । जग्गा नाप जाँच ऐन र वन ऐनमा पनि सरकारी, सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्न नहुने व्यवस्था छ । स्थानीय प्रशासन ऐन, २०२८ मा सरकारी वा सार्वजनिक जग्गामा कसैले घर बनाएमा प्रमुख जिल्ला अधिकारीले भत्काइदिन सक्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२)को देहाय (६)मा गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक, ऐलानी र पर्ति जग्गा, सार्वजनिक भवन सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्न नगर प्रहरी परिचालन गर्न सक्ने व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता दफा ३०४ को उपदफा (२) मा सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहको हुने व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता ऐनमा भएको व्यवस्था अनुसार अवैध ढङ्गले दर्ता गरेका कर्मचारीलाई सेवा, सर्तसम्बन्धी कानूनबमोजिम कारबाही हुने र साथै २५ हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । नाप नक्साको आधारमा सरकारी, सार्वजनिक जग्गाको अभिलेख तयार गर्ने कार्यको थालनी भएको धेरै भई सक्यो तर अझै पूर्ण भई नसकेको अवस्था छ । अभिलेखमा देखिएका सरकारी, सार्वजनिक जग्गा फिल्डमा कतिपय ठाउँमा अतिक्रमण भई सकेको अवस्था छ । यस्तो अवस्थामा सरकारी कार्यक्रम सञ्चालन गर्न पनि विभिन्न कठिनाइ भोग्नु परिरहेको अवस्था छ । सबै खाले सरकारी सार्वजनिक जग्गा पूर्ण रूपमा नाप नक्सा भई नसक्नु, सरकारी, सार्वजनिक प्रकृतिका जग्गा विभिन्न आयोग, समिति, कम्पनी आदिबाट सुकुमवासीलाई अव्यवस्थित बसोवासी तथा कमैयालाई बिक्री वितरण गर्नु ट्रेड युनियनलाई सरकारी जग्गा दिनु, सरकारी जग्गाका नाप नक्सामा स्रेस्ताहरू छरपस्ट रूपमा रही उपलब्ध हुन नसक्नु, जग्गा वितरण गर्ने निकायबिच समन्वय नहुनु कतिपय मालपोत कार्यालयमा दर्ता भएको जग्गा नापी शाखाको फिल्ड बुकमा जनाउन छुट्नु जस्ता समस्या साबिक लगत वैज्ञानिक नहुनु, जग्गा दर्ता गर्ने अधिकारी धेरै हुनु, मोठ स्रेस्ता पूर्ण रूपमा व्यवस्थित भई नसक्नु, जनचेतनाको कमी, नगर विकास समितिका आयोजनाले सरकारी सार्वजनिक जग्गासमेत घुसाई विकसित घडेरीहरू वितरण गर्नु जग्गा नाप जाँच ऐनमा १५ वर्षदेखि भोग चलन रहेको जग्गा नापीले दर्ता गर्न सक्ने व्यवस्था हुनु, यस्ता प्रकृतिका धेरै खाले जग्गाहरू भोगाधिकारमा दिनु, भोगाधिकारलाई लिजमा समेट्ने सरकारले सार्वजनिक रूपमा आह्वान गर्दा पनि उनीहरू लिजको कार्य नीतिभित्र नआउनुलगायत समस्या रहेका छन् । त्यसै गरी सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलबध गराउने सम्बन्धी कार्यनीति २०७९ बढी उदार हुनु, राजनीतिक दलहरू यस्ता प्रकृतिका जग्गाहरू आ–आफ्ना संस्थालाई उपभोग गर्न दिन लागि पर्नु आदि यस क्षेत्रमा देखिएका समस्या हुन् । सरकारले सरकारी सार्वजनिक जग्गाको संरक्षण सम्बन्धमा समय समयमा विभिन्न समिति, आयोगहरू गठन गरी त्यसले दिएका सुझावहरू लिने गरेको कतिपय सुझाव कार्यान्वयनमा आए पनि कतिपय कार्यान्वयनमा आउन नसकेको सबैभन्दा पछिल्लो प्रतिवेदन मोहन रमन भट्टराईको अध्यक्षतामा गठन भएको आयोगको रहेको र त्यसले सरकार समक्ष ३३ वटा प्रतिवेदन बुझाएको छ । भट्टराईको प्रतिवेदन अनुसार सरकारी र सार्वजनिक जग्गाबाट कित्ताकाट भई कायम भएका सम्पूर्ण कित्ता जग्गाहरू रोक्का राखी प्रचलित कानुनबमोजिम व्यक्ति विशेषको नामबाट बदर गरी नेपाल सरकारको नाममा कायम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत सम्बन्धित भूमि सुधार तथा मालपोत कार्यालयलाई निर्देशन भएको छ । देशभर सञ्चालित बस्ती विकास क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक पर्ति जग्गा परेमा÷रहेमा सो जग्गामा सुरक्षित र निर्वाध रूपमा बाटो निकाससमेतको व्यवस्था गरी सार्वजनिक उपयोग गर्न पाउने व्यवस्था मिलाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । अधिग्रहण भएका जग्गाको सम्बन्धमा जसले अधिग्रहण गरेको हो, उसको नाममा स्वामित्व कायम गर्न निर्देशन दिएको बुझिएको छ । राष्ट्रिय भूमि आयोगमार्फत भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको समस्या समाधान नभएसम्म सरकारी, सार्वजनिक जग्गाको प्रभावकारी संरक्षण हुन सक्ने अवस्था देखिँदैन । त्यसै गरी भू–उपयोग नियमावली अनुसार जग्गा वर्गीकरण भई नसकेको कारणले पनि जग्गा संरक्षण प्रव्रियामा कठिनाइ देखिएको छ । स्थानीय सरकारले केही मात्रामा काम गरेको भए पनि सबै रेकर्ड एकीकृत रूपमा राख्ने प्रणालीको विकास नभएको, स्थानीय प्रशासन र स्थानीय तह दुवैलाई संरक्षणको अधिकार दिँदा एकले अर्कोलाई देखाएर पन्छिने प्रवृत्ति भएको । वास्तवमा सरकारी, सार्वजनिक जग्गाको प्रभावकारी संरक्षण गर्न स्रेस्ताको जिम्मेवार मालपोत कार्यालयलाई बनाउने, नक्सा र फिल्डबुकको जिम्मेवार नापीलाई बनाउने र ऐनमा संशोधन गरेर भए पनि स्थानीय सरकारलाई विशेष अधिकार दिने, प्रहरी प्रशासनले स्थानीय सरकारलाई आवश्यकता अनुसार सहयोग गर्ने व्यवस्था हुनु पर्छ । | gorkhapatraonline.com |
2,481,284 | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ मत परेको सभामुख कृष्णप्रसाद धितालले जनाए । मतदान प्रक्रिया सुरु हुँदा प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए । मतदानका क्रममा दुई जना भने तटस्थ रहेका थिए । मुख्यमन्त्री पाण्डे वैशाख १४ गते नियुक्त भएका थिए । उनले वैशाख १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन् । | ratopati.com |
2,592,086 | पहिलो खेलमा स्थानिय समय अनुसार ६ः२५ मा खेल आयोजक युएईको सामना गर्दैछ । दोश्रो खेलमा सोमबार त्यसै समयमा उज्बेकिस्तान खेल्नेछन् । बिहिबार रात ९:१५ मा लेबनानसँग अन्तिम खेल खेलिनेछ । सम्पूर्ण खेल अलऐन स्थित तहनोन बिन मोहमद रंगशालामा हुनेछ । प्रतियोगितामा कास्कीका ६३ विद्यालय छात्रका ६३ तथा ६ छात्राको समुहले सहभागीता जनाएका छन् । विजेताले क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगीता खेल्ने अवसर प्रदान गरिने छ । | ratopati.com |
4,705,289 | नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउने माग गरेका छन् । सांसद सापकोटाले प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रकै हुर्मत लिनु भएको दाबी गरे । प्रतिनिधि सभाको बैठकमा शाहीले बोलेलगत्तै सांसद सापकोटाले भने, ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरेर आफ्नो कुरा राख्नुभयो । प्रधानमन्त्रीलाई उहाँले एकोहोर गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो ।’ सांसद शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध युद्ध अपराध जस्तो गम्भिर मुद्दा परेपछि पदमा बस्ने कुनै नैतिक अधिकार नभएको बताएपछि माओवादी सांसदले आपत्ति जनाए । अलालतमा मुद्दा दायर भएको व्यक्ति नैतिकताको आधारमा पनि पदमा बस्न मिल्दैन भन्दा बोलेको कुरा रेकर्डबाट हटाउ भन्ने कस्तो साँसद ? यो साँसद हो कि प्रचण्डको दलाली गर्ने व्यक्ति ? माओवादी सबै जङ्गलीीचुतिया हुन यिनमा इमानदारीता नैतिकता केही हुँदैन यिनीहरूले आफुलाई सबैभन्दा बलिया सोच्छन यिनका हरेक नेता कार्यकर्तनलाई लठ्ठी लगाएर लखेट्नुपर्ने अराजकहरु छन् ।अपराध यसरी नै बकबक गर्छ । | nepalpress.com |
651,730 |
गौर, रौतहट, ६ फागुन – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकीकरण हुने बताउनुभएको छ रौतहटको गौरमा आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले तराईको विकासको लागि पहिलो प्राथमिकतामा रहेको हुलाकी राजमार्ग, काठमाडाँै तराई जोड्ने फाष्टट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बृद्धको जन्मभूमि लुम्बिनीमा विमानस्थलको निर्माण कार्य तीव्र गतिमा निर्माण गरिने बताउनुभयो उहाँले प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई अबिर, फुलमालासहित सम्मान गर्नुभएको थियो । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका व्यक्तिलाई नेता नेपालले अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । | lokpath.com |
5,940,493 | तस्वीर- डीडब्लू/टीभीपब्लिका अर्जेन्टिना/स्क्रिनग्राब/पीए/एपी ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरमाथिको हत्याप्रयास असफल भएको छ । बन्दुकधारीले प्रहार गर्न खोजेको बन्दुकबाट गोली ननिस्किएपछि उनमाथिको हत्याप्रयास विफल भएको हो । सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा समर्थकहरुका साथ रहेकी उनको नजिकैबाट उनीमाथि कसैले बन्दुक तेस्र्याएजस्तो देखिन्छ ।
उनी अदालतबाट घर फर्कनेक्रममा घटना भएको बीबीसीले जनाएको छ । पूर्वराष्ट्रपति समेत रहेकी उनीमाथि भ्रष्टाचारको अभियोग लागेको छ । यद्यपि सन् २००७ देखि सन् २०१५ सम्म मुलुकको राष्ट्रपतिको रुपमा काम गरेकी उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । बन्दुकधारी ३५ वर्षे ब्रजिलियन नागरिक रहेको बताइएको छ । प्रहरीले हत्याप्रयासको उद्देश्यबारे हालसम्म स्पष्ट नभइसकेको जनाएको छ । राष्ट्रपति अल्बेर्टो फर्नान्डेजले बन्दुकमा पाँच गोली लोड गरिएको र बन्दुकधारीले ट्रिगर दबाएपनि बन्दुकबाट गोली भने ननिस्किएको जनाएका छन् । | khabarhub.com |
4,747,198 | प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबार सकिएको छ । पहिलो पटक राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा हरेक टीमले कम्तीमा ९ खेल खेलेका थिए । नेपाल पुलिस क्लप प्रतियोगिताभर अपराजित रहँदा कोशी र लुम्बिनी प्रदेशले ८ हार र एक जीतका साथ प्रतियोगिता टुङ्ग्याए । प्रतियोगिताको उत्कृष्ट ब्याटर मधेश प्रदेशका अनिलकुमार साह हुँदा उत्कृष्ट बलर र सर्वोकृष्ट खेलाडी बागमती प्रदेशका सूर्य तामाङ घोषित भए । प्रधानमन्त्री कपको एकै संस्करणमा पहिलो पटक १० शतक प्रहार भयो । आर्मीका कप्तान विनोद भण्डारीले एकै संस्करणमा दुई शतक प्रहार गर्ने कीर्तिमान बनाउँदा ५५ वटा अर्धशतक प्रहार भए । ब्याटिङतर्फ युवा खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रह्यो । प्रतियोगितामा सर्वाधिक रन बनाउने टप पाँचको सूचीमा राष्ट्रिय टोलीका सदस्य कुनै पनि परेनन् । सर्वाधिक रन बनाउने टप पाँच खेलाडीमा मधेश प्रदेशकै ३ जना छन् । यी हुन् यस संस्करणको प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडी: प्रतियोगितामा सर्वाधिक रन बनाउनेको सूचीको पहिलो नम्बरमा छन् मधेस प्रदेशका अनिलकुमार साह । राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका अनिलले यस प्रतियोगितामा उत्कृष्ट ब्याटर घोषित भए । २५ वर्षीय उनले ९ खेलमा एक शतक र दुई अर्धशतकसहित ३८३ रन बनाए । अनिलले गण्डकी प्रदेशविरुद्ध १२७ रनको शतकीय इनिङ र सुदूरपश्चिम तथा कोशी प्रदेशविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए । उक्त प्रतियोगितामा मधेश प्रतियोगिताको शीर्ष ४ मा रहँदै एलिट ट्रफीमा स्थान बनाएको छ । उनले सन् २०१८ मा नेदरल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि उनले २०२२ मा पीएनजीविरुद्ध खेलेका थिए । त्यसपछि भने उनले पुनरागमन गर्न सकेका छैनन् । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनपछि भने अनिल क्यानडाविरुद्ध हुने एक दिवसीय सिरिजमा समेटिएका छन् । त्यस्तै आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा वैकल्पिक खेलाडीको रूपमा छन् । उनले २ वर्षपछि राष्ट्रिय टीममा पुनरागमन गरेका हुन् । बागमती प्रदेशका ओपनर आशुतोष घिरैया प्रतियोगिताको सर्वाधिक रन लिने खेलाडीमा दोस्रो स्थानमा छन् । उनले प्रतियोगितामा एक शतक र दुई अर्धशतक प्रहार गरे । आशुतोष प्रतियोगितामा उदीयमान खेलाडीसमेत चुनिएका थिए । उनले ९ खेलमा ३८२ रन बनाए । उनले कोशी प्रदेशविरुद्ध ११८ रनको शतकीय इनिङ खेलेका थिए । नेपाल प्रहरी क्लब र सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक बनाएका उनी पुलिसविरुद्ध ८ रनले शतक पूरा गर्न चुकेका थिए । आशुतोषले प्रधानमन्त्री कपमा पहिलो पटक सन् २०१८ मा खेलेका थिए । त्यसेबला बागमती प्रदेश प्रतियोगिताको शीर्ष ४ मा रहँदै एलिट ट्रफीमा स्थान बनाएको थियो । प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी तेस्रो स्थानमा छन् । उनले १० खेलमा २ शतकसहित ३५१ रन बनाए । एकै संस्करणमा दुई शतक प्रहार गर्ने कीर्तिमान विनोदले आफ्नो नाममा बनाएका छन् । उनले कर्णाली र मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए । उनले सन् २०१९ मा अन्तर्राष्ट्रिय ओडीआईमा डेब्यु गर्दा टी-२० मा भने सन् २०१४ मा डेब्यु गरेका थिए । विकेट किपिङसमेत गर्ने भण्डारी नियमित रूपमा राष्ट्रिय टोलीमा पर्न भने सकेका छैनन् । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका भण्डारी क्यानडाविरुद्ध हुने एक दिवसीय सिरिज र आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा भने टीम बाहिर छन् । प्रतियोगिताको उपविजेता बनेको आर्मीले एलिट ट्रफी खेल्नेछ । मधेश प्रदेशका खेलाडी पवन सर्राफ प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने सूचीको चौथो स्थानमा छन् । उनले ९ खेलमा ३ अर्धशतकसहित ३२९ रन बनाए । पवनले नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए । उनले सन् २०१९ मा यूएईविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पवनले पछिल्लो पटक सन् २०२२ मा नामिबियाविरुद्ध ओडीआई क्रिकेट खेलेका थिए । त्यसपछि टीम बाहिर रहेका पवनले क्यानडाविरुद्ध हुने एक दिवसीय सिरिज र आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा स्थान बनाएका छन् । प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने सूची मधेश प्रदेशका ब्याटर मयन यादव पाँचौं स्थान छन् । उनले ९ खेलमा २८७ रन बनाए । मयनले प्रतियोगितामा एक शतक र एक अर्धशतक प्रहार गरेका थिए । उनले सुदूरपश्चिमविरुद्ध ११५ र कर्णाली प्रदेशविरुद्ध ५० रन बनाए । उनले गत पुसमा पोखरामा भएको केपी ओली कप क्रिकेटबाट राष्ट्रिय क्रिकेटमा मधेश प्रदेशबाट डेब्यु गरेका थिए । मधेश केपी ओली कप प्रतियोगितामा च्याम्पियन बनेको थियो । प्रधानमन्त्री कपमा मधेश प्रदेशले चौथो स्थानमा रहँदै एलिट ट्रफीमा स्थान पक्का गराएको छ । | nepalpress.com |
5,002,195 | कांग्रेस संस्थापन पक्षका अमरेश सिंह, संस्थापन इतर निधि पक्षका वीरेन्द्र सिंह र पौडेल पक्षको त्रिपक्षीय विवादले ९ वडाको अधिवेशन अन्योल बनेको हो। जसमा दुई ‘सिंह’को विवादले बलरा नगरपालिकाकै चारवटा वडामा अधिवेशन हुन सकेको छैन। प्रतिनिधिसभा क्षेत्र ४ अन्तर्गत पर्ने बलरा नगरपालिकाको वडा नं. ५,७,९ र ११ मा वडा अधिवेशन पार्टी भित्रको विवादको कारण हुन नसकेको कांग्रेसका सर्लाही जिल्ला अध्यक्ष नागेन्द्र राय यादवले बताए। यस्तै प्रतिनिधि सभा क्षेत्र २ अन्तर्गतको कौडेना गाउँपालिका वडा नं.४, मलंगवा नगरपालिका वडा नं. १०, ब्रह्मपुरी गाउँपालिका वडा नं. १ र पर्सा गाउँपालिकाको वडा नं. ३ मा अधिवेशन विवादको कारणले अन्यौल बनेको छ। प्रतिनिधिसभा क्षेत्र नं. ३ अन्तर्गत कविलासी नगरपालिका वडा नं. ४ को अधिवेशन बाँकी रहेको जिल्ला अध्यक्ष रायले बताए। सर्लाही क्षेत्र ४ का प्रतिनिधिसभा सदस्य अमरेश सिंह र क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित वीरेन्द्र सिंह पक्षबीच गएको आइतबार र सोमबार बलरा नगरपालिका वडा नं. ९ र वडा नं. ८ को वडा अधिवेशनमा झडप हुनुको साथै गोली समेत चलेको थियो। सोमबार वडा नं. ८ को वडा अधिवेशनमा आएका मतदान अधिकृत उमेशचन्द्र झालाई अमरेश सिंह पक्षका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको थियो। झडपमा मतदान अधिकृत झा, तीन प्रहरी र एक स्थानीयसहित पाँचजना घाइते भएका थिए। वीरेन्द्र सिंह प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री छन्। यी दुई नेताको जुँगाको लडाइँले बलराको चारवटा वडामा अधिवेशन हुन नसकेको जनाइएको छ। सर्लाहीमा २० पालिकामा २ सय वडा छन्। जसमा विवादको कारण ९ वटा वडामा हुन नसकेको अधिवेशन पछि गर्ने जिल्ला अध्यक्ष रायले बताए। ‘भोलि शुक्रबारका लागि प्रतिनिधिसभा क्षेत्र र प्रदेश क्षेत्रको अधिवेशन हुने तय गरिएको छ। विवादित ९ वटा वडा अधिवेशन तत्काल छाडेर भोलि प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गर्ने सहमति भएको छ। २० वटै पालिका र जिल्ला अधिवेशन प्रदेश र केन्द्रको अधिवेशन पश्चात गर्ने तयारी छ’ जिल्ला अध्यक्ष यादवले नेपालखबरसँग भने । | nepalkhabar.com |
263,029 | यात्रुबाहक बसमा लागुऔषध लिएर काठमाडौं नाका छिरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा नगराजपुर गाउपँद्यिका-४ का २५ वर्षीय सुनिलकुमार यादव र मोरङ रंगेली नगरपालिका-८ का २६ वर्षीय सुमन भण्डारी छन्। दुबैलाई नागढुंगाबाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो। उनीहरू छुट्टाछुट्टै बसमा लागुऔषध लिएर काठमाडौं आइरहेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ना८ख ८००२ र ना७ख ७७३० नम्बरको यात्रुबाहक बसमा आउँदैथिए। ती बस विराटनगरबाट छुटेका थिए। बसबाट लागुऔषध डाइजेपाम, फनरागन, नुफिन ७४३ एम्पुल र नाइट्रोभेट ट्याबलेट १४३ थान बरामद भएको परिसरले जनाएको छ। दुबैलाई हिरासतमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ । | setopati.com |
1,972,333 | प्रायः स–सानो कुरालाई लिएर झर्किने वा रिसाउने मानिसको बानी हुन्छ । त्यो झर्किने वा रिसाउने बानीले स्वयमलाई पत्तो नपाई नोक्सान पुर्याउँछ । आफू मात्र पनि होइन, आफन्त र साथीभाइमा पनि त्यसको नकारात्मक असर पुग्छ । जसले व्यक्तिगत सम्बन्धमा पनि हानी पुर्याउँछ । रिसले सानो मात्र होइन ठूलो कामलाई पनि धक्का पुर्याउँछ। सानो कुरामा रिस नियन्त्रण गर्न नसक्दा जीवनभरका लागि ठूलो क्षति समेत पुग्न सक्छ । त्यसमा पछुतो बाहेक अरु केही हुँदैन । त्यसैले चिकित्सक भन्छन्, ‘जस्तोसुकै अवस्थामा पनि संयमित बन्नुपर्छ या रिस नियन्त्रण गर्न सक्नुपर्छ ।’ न्युरो साइन्सले हालसम्म पत्ता लगाएको तथ्यअनुसार रिस मस्तिष्कको एउटा निश्चित तन्तुबाट उठ्छ जसको नाम हो, अमागडाला । खासमा अमागडालाको काम सोचविचारै नगरेर शरीरलाई क्रिया अवस्थामा ल्याउनुसँग सम्बन्धित छ । आगोमा हात पर्दा तत्काल झिक्न आदेश दिने काम अमागडालाले नै गर्छ । भुसुनो भन्ने चिन्दा नचिन्दै त्यसलाई पस्न नदिन परेला बन्द पार्ने काम पनि यसैको हो । खराब अवस्थामा जीउलाई बचाउने यस्ता कामका लागि अमागडालाले सोच्ने र विचार गर्ने स्नायु तन्तु सेरेबल कोर्टेक्सलाई खबरै नगरेर काम गर्ने गर्छ । त्यसैले त झडङ्ग रिस उठ्छ । रिसकै झोंकमा मान्छेले गर्नु नगर्नु गर्छ । यसको खबर रिस मरेपछि मात्रै निकै ढिलो सेरेबल कर्टेक्सले थाहा पाउँछ । सोचविचार गर्ने क्षमताको कर्टेक्स तन्तुले पत्तो पाउन्जेल रिसले काम तमाम गरिसकेको हुन्छ । यस्ता रिसाहा बानीले तपाइँ हाम्रो जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर पुर्याउँछ । त्यसैले यदि तपाइमा पनि यस्तो बानी छ भने त्यसलाई त्याग्ने उपाय खोज्नुहोस् । रिस किन उठ्छ र त्यसले कस्तो असर पुर्याउँछ भन्ने विषयमा गम्भीर रुपले सोँच्नु आवश्यक हुन्छ । मानसिक समस्याः रोग, भोक, सोख लगायत कारणले मानिस आफै पिरोलिएका हुन्छन् । त्यस्तो बेला उनीहरुले अरुका सामान्य कुरालाई पनि गहिरो तरिकाले बुझ्छन र अचानक रिसाउँछन् । आदतः कतिपय मानिस जन्मजात रिसाहा हुन्छन् । कतिपयको पछि विकसित हुन्छ । बाल्यकालमा धेरै कुटाई खाएका, झैझगडाको वातावरणमा हुर्किएकाहरुमा धेरै रिस उठ्ने बानी हुन्छ । उनीहरुले त्यो बानी नियन्त्रण गर्न खोज्ने प्रयास गरेपनि असफल हुन्छन् । त्यो उनीहरुको कमजोरीको रुपमा रहिरहन्छ । प्रतिकुल वातावरणः प्रतिकूल वातावरणका कारण धेरै मानिस झ्वाट् रिसाउने गर्छन् । सोचे जस्तो नहुनु, नदेखिनु वा नभेटिनुले मानिस अकस्मात रिसाउँछन् । त्यसको असर स्वय्मलाई पुग्छ नै आसपासमा रहेकालाई पनि असर पुग्छ । ध्यानः ध्यानले जीवनमा ठुलो परिवर्तन ल्याउने काम गरेको हुन्छ । तनावमुक्त जीवनका लागि ध्यानले शान्तीपूर्ण वातावारण सिर्जना गर्छ । त्यसैले दिनमा कम्तिमा एक पटक १५ देखि २० मिनेट सम्म भएपनि ध्यान गर्नुपर्छ। मिठो संगीत सँगै शान्त स्थानमा ध्यान गर्नाले मन पनि शान्त हुन्छ। ध्यानले क्षमता अभिवृद्धि आत्मबिश्वास बढाउनुको साथै शरीरलाई स्फुर्ति राख्नुको लागी महत्वपूर्ण भूमिका खेल्छ। विचार स् कुनै छलफल होस् या साथीभाईसंग कुराकानी गर्दा होस् बोल्नुपुर्वक विचार पुर्याउन सकियो भने त्यहाँ कुनै किसिमको झगडा, कोलाहल हुँदैन र एक अर्कामा खुलेर विचार आदान प्रदान गर्न सकिन्छ । जसले गर्दा रिस हावी हुन पाउदैन । जब तपाइलाई निकै रिस उठ्छ तब १० अंक देखि १ अंकसम्म उल्टोबाट गन्न थाल्नुहोस् । विस्तारै गन्नुहोस् । यसो गर्दा तपाइँको दिमाग गणनामा केन्द्रित हुन्छ र तपाइँले त्यो विषय भुल्नुहुन्छ जसले तपाइँलाई रिस उठाएको छ । तपाइलाई जसका कारण पनि रिस उठेको हुनसक्छ । चाहे घरपरिवारका मान्छे, साथीसङ्गी तथा अन्य व्यक्ति सँग रिस उठेको किन नहोस् । रिस उठेका मान्छेको नजिक नबस्नुहोस् र उठेर कतै टहल्नका लागि हिँडिहाल्नुहोस् । लामो स्वास लिनुहोस् । लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ । ।रिस के कारणले गर्दा उत्पन्न भएको हो ? त्यसको कारण खोज्नुभयो भने रिस नियन्त्रणमा तपाइ धेरै हदसम्म सफल हुनुहुनेछ । तर रिसको पारो तातेको बेला यो सम्भव हुँदैन । जब रिस कम हुन्छ तब कारण खोज्नतर्फ लाग्नुहोस् । यसका लागि तपाइले आफ्ना साथीभाइ तथा परिवारको समेत सहयोग लिन सक्नुहुन्छ । अनि त्यो कारण निवारण तर्फ लाग्नुहोस् । | kathmandupati.com |
5,816,700 | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा सन्देश प्रवाह गरे । लामिछानेले आफ्नो सन्देशमा अब देशको हरेक कुना काप्चामा घण्टी बजाउने भन्दै #बज्योघण्टी र #अब दुईतिहाइ पनि लेखेका छन् । यसको अर्थ राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ मा हुने आमनिर्वाचनको तयारी सुरू गरेको बुझ्न कठिन छैन । रास्वपा दल गठन भएको गएको असार ७ गते हो । अबको चार दिनपश्चात् पार्टी गठनको एक वर्ष पुग्दै छ । सोही अवसरमा पार्टीले मिसन निर्वाचन अर्थात् २०८४ को निर्वाचनलाई लक्षित गरेर रणनीति अघि ल्याएको देखिन्छ । "असार ७ गते रास्वपा स्थापना दिवसका दिन साँझ ७ बजे हामीसँगै सात प्रदेश अनि ७७ जिल्लामा एकसाथ ७७ पटक घन्टी बजाएर यो यात्रामा ऐक्यबद्धता जनाउनुहोस्," लामिछानेले आफ्नो स्टाटसमा लेखेका छन्, "घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्याग बज्यो घण्टी र ह्यासट्याग अब दुईतिहाइ भनेर पोस्ट पनि गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।" पार्टी बनेको पाँच महिनामै रविको दल रास्वपाले गएको निर्वाचनमा प्रतिनिधिसभातर्फ मात्र भाग लियो । त्यसबेला कमै आकलन गरिएको मत पार्टीले प्राप्त गर्यो । प्रत्येक्षमा सात सिट जितेको दलले समानुपातिक तर्फ १३ सिट जित्दै संसद्मा २० सिटसहित चौथौ ठूलो शक्ति बन्यो । वैशाखको उपनिर्वाचनबाट तनहुँ पनि जितेको दल अहिले २१ सिटसहित प्रतिपक्षी दलको भूमिका निर्वाह गरिररहेको छ । यो उपलब्धिले पार्टीलाई मिसन सञ्चालनमा थप हौसला प्रदान गरेको देखिन्छ । "यो घण्टी देशको हरेक कुनाकाप्चा र नेपालीको मनमनमा बज्नु पर्छ," रविले जारी गरेको भिडियो सन्देशमा पनि भनिएको छ । सुशासन, सेवाप्रवाह र पुराना दलहरूको विकल्प भनेर आफूलाई स्थापित गरिरहेको रास्वपाले राजनीतिक विचारलाई भने स्पष्ट पारेको छैन । पार्टी विचारधाराबिनै जनताले उसलाई पत्याएका छन् । विशेष गरेर युवा जमात र राजनीतिमा निराशा मात्रै देख्ने जमातका लागि रास्वपा विकल्प बनेर उभिन खोजिरहेको छ । सञ्चारकर्ममा रहँदा सभापति लामिछानेले कमाएको छविले पनि जनता पार्टीप्रति आकर्षित छन् । तर, यसलाई दीर्घकालीन अस्त्र मान्न नसकिने निष्कर्षमा पार्टी र नेतृत्व छ । पार्टीले चार वर्षपछिको निर्वाचनमा भविष्यलाई सुनौलो बनाउन अभियानमा जुट्न खोजेको देखिन्छ । पार्टी महामन्त्री मुकुल ढकाल यसलाई सुशासन र सेवा प्रवाहसँग जोड्छन् । सरकारमा नबसी सेवा दिन नसकिने र यसका लागि एकल बहुमतको सरकार आवश्यक भएकाले अभियान सञ्चालनमा आउन लागेको उनी बताउँछन् । "हामीले भनिरहेको सुशासन र सेवा प्रवाह गर्ने थलो सरकार हो । यसका लागि बहुमत ल्याउनुपर्छ र एकल सरकार बनाउनुपर्छ भन्नेमा हामी ढुक्क छौँ," महामन्त्री ढकालले सँग भने, "पार्टीले लिएको अभियान हो यो । ८४ सालमा बहुमत ल्याएर सरकार बनाउँछौँ र हाम्रा बाचा पूरा गर्छौँ भन्ने कुरा हो यो ।" रास्वपा अहिले देशभर संगठन विस्तार अभियान लिएर अघि बढेको छ । अनलाइन सदस्यता वितरणदेखि लिएर तल्ला तहबाट आफै संगठन बनाएर मान्यता लिन आउनेको भिड पनि बढ्दो छ । पार्टीले जनताको मनोभाव बुझेर मिसन लिएर जाने सोँचमा पुगेको देखिन्छ । पार्टी संसदीय दलकी सचेतक निशा डाँगी आउने चुनावलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने तयारी भएको बताउँछिन् । "आउने चुनावबाटै बहुमत ल्याउने, अनि सरकार बनाउने भनेर हामी लागेका हौँ," उनले भनिनन् । रास्वपमा मात्र होइन अन्य दलहरू पनि यसरी नै निर्वाचन केन्द्रित अभियानमा होमिएका छन् । मिसन ग्रासरूट गरेको नेकपा (एमाले) पनि मिसन ०८४ मा होमिने तयारीमा छ । रास्वपाले पनि उस्तै नीतिका साथ अघि बढेको छ । चार वर्ष बाँकी रहँदा चुनाव केन्द्रित अभियानमा होमिए पनि कहाँ कस्तो कार्यक्रम गर्ने भन्ने पार्टीले तय गरेको छैन । गएको निर्वाचनमा संघको मात्र चुनाव लडेको पार्टीले अब तीनै तहको निर्वाचन लड्ने गरी अघि बढेको बताएको छ । साथै, प्रदेश तहलाई पुनर्संरचनाको विषय उठाइरहेको पार्टीले तीन तहको निर्वाचन केन्द्रित जनमत बुझ्न पनि चाहेको देखिन्छ । तर, जनतामाझ जाँदा कस्ता कार्यक्रम लिएर जाने भन्ने तय भइसकेको छैन । "पुराना दलको र विकृत व्यवस्थाभित्र हामी विकल्प बनेर आएका हौँ । हामीले यो कुरा जनतालाई बुझाउनु छ । त्यसकारण हामी जनतामाझ जाँदै छौँ," केन्द्रीय सदस्य गणेश कार्कीले भने, "अहिलेसम्म कसरी जाने भन्ने मोडल तय भइसकेको छैन । छलफल गरेर हामी तय गर्नेछौँ ।" अभियान सञ्चालनको तयारीमा रहेको पार्टीभित्र अहिले पार्टीको नीति तथा विचार विभागले तयार गरेको दस्तावेज ‘नयाँ युगको संकल्प’ माथि बहस भइरहेको छ । दस्तावेजमा राज्य सञ्चालन र शासकीय स्वरूपमा संविधानले गरेको व्यवस्था गलत मान्दै संविधान एक हदसम्म पुनर्लेखनको पक्षमा नीति लिएको छ । पार्टीभित्र गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्नुपर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेशको नीतिगत संरचनामा सुधार गर्दै प्रदेशमा निर्वाचित गर्भनरसम्मको बहस छ । महामन्त्री ढकालको नेतृत्वमा लेखिएको ६२ पृष्ठ लामो दस्तावेजका कतिपय पक्ष र सन्दर्भहरू वर्तमान संविधाको पक्षमा छैनन्, जसमा पार्टीकै नेताले चित्त बुझाएका छैनन् । वर्तमान संविधान कार्यान्वयनमा रहेको अवस्थामा जनतालाई निराश बनाउने गरी दस्तावेज तयार हुनु सान्दर्भिक नभएको भन्ने बहस पार्टीभित्र छ । दस्तावेज बहस, महाधिवेशनको तयारीलगायत गतिविधिको बीचमै पार्टी गठन भएको एक वर्ष पुगेको अवसरमा मिसन निर्वाचन पनि पार्टीले अघि बढाउने तयारी गरेको हो । | baahrakhari.com |
2,146,754 | सिरहाको दोस्रो व्यापारिक सहर मिर्चैयाको आसपासका क्षेत्रमा सीसीटीभी क्यामरा जडान गर्ने तयारी थालिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले सो आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाउन सीसीटीभी जडानका लागि उक्त इलाकामा पर्ने स्थानीय तह र व्यापारीसमक्ष प्रस्ताव अगाडि सारेपछि सीसीटीभी क्यामरा जडानको तयारी सुरु भएको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबार आयोजना भएको कार्यक्रममा मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले उक्त प्रस्ताव अगाडि सारेका हुन् । सीसीटीभी क्यामरा जडानपश्चात् प्रहरीको निगरानी निरन्तर रहने हुँदा त्यस क्षेत्रमा हुनसक्ने तस्करी, चोरी, लुटपाट, लागूऔषध र हातहतियार करोबार, आपराधिक घटनाजस्ता कार्य नियन्त्रण र निगरानी तथा फरार अभियुक्तसमेत पक्राउ गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । सीसीटीभी जडानका लागि मिर्चैया नगरपालिका प्रमुख श्रवण यादवको संयोजकत्वमा मिर्चैयाका प्रनानि श्रेष्ठ, मिर्चैया उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिशङ्कर पञ्जियारलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि र व्यापारी रहेको समिति बनाइएको छ। उक्त समितिले इलाका प्रहरी कार्यालय मिर्चैयाको इलाकामा पर्ने मिर्चैया नगरपालिकासहित कर्जन्हा, गोलबजार नगरपालिका र नरहा गाउँपालिकाका मुख्य मुख्य २० स्थानमा पहिलो चरणमा सीसीटीभी क्यामरा जडान गर्नेभएको छ । | technologykhabar.com |
4,306,635 | मतदान जारी रहेकै बेला सामाजिक सञ्जाल फेसबूकबाट लाइभ सन्देश जारी गर्दै रविले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्थाका लागि शीर्ष नेतालाई गुहारेका हुन् ।चितवनको भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएपछि रविले सौहार्दरूपमा भोट हाल्ने वातावरणका लागि माहोल बनाइदिन आग्रह गरेका हुन् । ‘मलाई लोकतान्त्रिक पद्धतिमा विश्वास छ । उम्मेदवारले यस्ता गतिविधि नगर्नुहोला । स्वस्थ प्रतिस्पर्धा गरौं । आममतदातालाई भोट हाल्न दिऊँ । भयरहित भोट हाल्न दिऊँ । म आउँदा, तपाईं आउँदा ताली बजाए होलान्, हुटिङ गरे होलान्, यस्ता गतिविधिबाट आवेगमा नआइदिनुहोला,’ रविले भनेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह गर्छु, मसँग चुनाव लडेका उम्मेदवारलाई सम्झाउनुहोला । नेता कार्यकर्तालाई सम्झाउनु होला ।’ मतदातालाई केही भयो भने जिम्मेवारी सबैले लिनुपर्ने भन्दै उनले शान्त र सहज रूपमा मतदान गर्ने वातावरण बनाउन आग्रह गरे । उनले आफ्ना शुभेच्छुकलाई पनि भड्किलो टिप्पणी नगर्न अनुरोध गरेका छन् । ‘सामाजिक सञ्जालमा शुभेच्छुकहरूले भड्किलो कमेन्ट नगर्दिनुहोला । मभित्र पनि आवेग छ, तपाईंहरूसँग पनि होला । तर, हामी संयम हुनुपर्छ । कमेन्टमा गाली नगर्नुहोला । तपाईं गालीको भारी हामीले बोक्नुपर्छ ।’ बुथमा रहेका आफ्ना प्रतिनिधिलाई पनि संयम हुन उनले अपिल गरेका छन् । रविले अघिल्लोपटक चुनाव लडेका एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठसँग निर्वाचनका क्रममा तनाव नभएको पनि स्मरण गरे । रवि मतदानस्थलमा आउँदा उनका कार्यकर्ता र समर्थकले हुटिङ र उनको पक्षमा नाराबाजी गरेपछि कांग्रेस र एमालेले आपत्ति जनाएका थिए । उनले यसैतर्फ इंगित गरेका हुन् । | abcnepal.tv |
709,712 | केन्द्रीय समिति बैठक आज र भोलि दुई दिनसम्म माओवादीको तयारी छ । बैठकले जागर अभियानको समिक्षा गर्नुका साथै विधान अधिवेशनमा पेश गरिने मस्यौदा विधानलाई केन्द्रीय समितिबाट अनुमोदन गराउने तयारी माओवादीको छ ।
माओवादी केन्द्रले १० प्रदेशको अभ्यास गरिरहेको छ। यसैगरी माओवादी केन्द्रको केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखा परीक्षण समिति र केन्द्रीय निर्वाचन समिति गरी तीनवटा आयोग छन्। यी आयोगमा ७५ सदस्य छन्। सबैलाई समेट्दा झण्डै ८ सय जना बैठकमा सहभागी हुने अनुमान छ ।
बैठकमा विधान सम्मेलनका लागि विधानबारे केन्द्रीय सदस्यहरुले सुझाव राख्ने छन्। यसअघि गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँकै प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष निर्वाचित भएपछि पार्टीको पाँचौँ केन्द्रीय समिति बैठक राखिएको हो ।
प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित रहेका थिए ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ। यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस् । | everestdainik.com |
1,725,123 | वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । | sansarnews.com |
4,529,363 | सुकेधारामा बसको ठक्करबाट घाइते पशुपति क्याम्पसमा अध्ययनरत छात्राको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार बिहान मध्यपुर ठिमी चल्ने बा ४ ख ५९२० नम्वरको बसले २१ वर्षीय सृष्टि पन्तलाई सुकेधारमा ठक्कर दिएको थियो। गोरखा घर भएकी पन्तको उपचारको क्रममा चाहवहिलस्थित ओम अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनलाई पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको हो। 'पैदल हिँडेको अवस्थामा ठक्कर दिएको छ। थप अनुसन्धान गरिरहेका छौँ।' एसपी श्रेष्ठले भने। ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरुले गाडीमा आगजनी गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छ। आक्रोशित विद्यार्थीले मित्रपार्कस्थित पशुपति क्याम्प अगाडि प्रदर्शन गरेका थिए। ठक्कर दिने गाडीका चालक र आगजनीमा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो। बसमा पूर्णरुपमा क्षति पुगेको छ । | pahilopost.com |
4,563,155 | अन्ततः घिसिङलाई प्राधिकरणमा ल्याउने सरकारले निर्णय समेत गर्यो। घिसिङको नियुक्तिले आम मानिस खुसी भए। बुधवार घिसिङले नियुक्ति समेत बुझे ।
बुधबार प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्क पुगेर घिसिङले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि बोल्दै घिसिङले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेख्य सफलता पाएको बताए। दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता घिसिङले जाहेर गरेका छन् ।
देशभित्रको सबैभन्दा महंगो जग्गा काठमाडौंको दरबारमार्गको आनाको ६ लाख रुपैयाँ बढेको छ। अब यो जग्गाको सरकारी मूल्यांकन आनाको ६६ लाख रुपैयाँ पुगेको छ ।
ऊर्जामन्त्रीको बागडोर सम्हालेकै दिनदेखि कुलमान घिसिङका विरुद्धमा आगो ओकल्न सुरु गरेका रायमाझीको यो जिरिहमा कुनै तर्क देखिदैन। आफ्नै गृहजिल्ला पुगेर रायमाझीले भनेका थिए-‘सडकमा काम गर्दा एक्साभेटर लगाउनुपर्छ। यो कामले कति मान्छे मर्ने हुन थाहा छैन। कुलमानजीहरुले १२ अर्ब जतिको ठेक्का लगाइसक्नुभएछ। यो खतरा भयो ।
प्राधिकरणको वर्तमान नेतृत्वले घुमाउरो पाराले 'लोड व्यवस्थापन' भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै प्रकाशित गरेको छ। काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको छ ।
स्क्रिनमा दिदीको नाम देख्दा मन आत्तियो। आखिर मध्य रातमा के पर्यो र फोन गरिन् होला? जुरुक्क उठें र डरैडरबीच बोलें - हेलो ।
अहिले दैनिक दुई अर्बको हाराहारीमा घरजग्गा खरीद बिक्री भइरहेको छ। पछिल्लो समयमा सेयर बजारमा समेत औसतमा दुई अर्बको कारोबार भइरहेको छ ।
उनले एक अर्ब २० करोड रुपैयाँमा शाह परिवारको स्वामित्वमा रहेको महँगो जग्गा किनेकी हुन्। जग्गा किन्ने ती महिला सिंगापुरको पिआर होल्डरसमेत रहेकी भावना सिंह श्रेष्ठ हुन् ।
उनी झोक्किएर बाहिर निस्किएपछि थामथुम पारेर हलभित्र ल्याउने प्रयास गरिएको थियो। उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समेत बाहिरै मन्त्रीसँगै बसेका थिए । | pahilopost.com |
268,817 | आज बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ। बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेहरू पुगेका छन्। आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षराम्भ गराए विद्या आउने विश्वास छ। शैक्षिक संस्थाहरूमा आज सरस्वती पूजा मनाइन्छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास छ । | setopati.com |
4,513,146 | यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सङ्गठनको प्रथम भेलामा बोल्दै उनले नयाँ शक्तिले अब तेस्रो लिङ्गीलाई प्रत्येक कार्यक्रममा लैजाने बताए। साथै उनले तेस्रो लिङ्गीलाई खुलेर आउन अनुरोध गर्दै समलिङ्गी विवाहलाई मान्यता दिन आफू लड्ने पनि प्रतिबद्धता जनाए ।
वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा भेला भएका तेस्रो लिंगीलाई उनले भने, 'हामी गर्वसाथ लैङ्गिक अल्पसङ्ख्यक हौँ भन्ने नारा बनाउनुस्।' साथै उनले तेस्रो लिङ्गीहरुको संगठनलाई नयाँ शक्ति नेपाल पार्टीको भ्रातृ संगठन र यौनिक तथा लैंगिक अल्पसंख्यक संगठन भएको बताए। उनले माओवादी जनयुद्धमा थुप्रै तेस्रो लिङ्गी लडाकु रहेको पनि खुलाए । | pahilopost.com |
4,320,213 | कन्फ्रेन्सको पहिलो सेसनमा स्थानिय स्तरमा उद्यमशिलता तथा स्टार्टअपका समस्या, चुनौती र अवसरहरुका बारेमा छलफल र प्यानल डिस्कसन हुनेछ भने दोश्रो सेसन नयाँ प्रविधि र ट्रेन्ड्सका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम संयोजक राजन लम्सालले बताए । | ictsamachar.com |
2,936,956 | दक्षिण एसियाका आठै देशका महिला अधिकारकर्मीको सहभागिता रहेको दुई दिने कार्यशाला गोष्ठीको उदघाटन गर्दै कार्यवाहक प्रधानमन्त्रीले नेपालको संविधान र कानुनले गरेको व्यवस्थाको कारणले पछिल्लो समय महिलाको राजनीतिक र नीतिनिर्माणको क्षेत्रमा उपस्थिति गौरव गर्न लायक रहेको बताउनुभयो। यसै वर्ष नेपालमा सम्पन्न भएका निर्वाचन समावेशी र लैंगिक समानताका हिसाबले इतिहासकै ठूलो राजनीतिक सफलता भएको भन्दै उहाँले नेपालमा महिलाको समग्र क्षेत्रमा प्रतिनिधित्व बढ्दै गएको र महिलाका मुद्दा पनि सशक्त बनिरहेको अवस्थामा यस्ताखाले सम्मेलनले अझ उल्लेख्यरूपमा कार्य गर्न महिलालाई सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले सार्क क्षेत्रका धेरै मिल्दाजुल्दा समस्या रहेको र त्यसका निम्ति साझा समाधान खोज्न यो कार्यशालाले महŒवपूर्ण भू्मिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अझै पनि सार्क क्षेत्रमा विद्यमान आप्रवासन, बालविवाह, मानव बेचविखनलगायतका समस्या संयुक्तरूपमा न्यूनीकरण गर्ने कदम कसरी चाल्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै अर्का अतिथि सार्कका माहासचिव अहमद हुसैनले महिला सशक्तीकरण सार्कको एजेन्डाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले सार्क क्षेत्रममा महिलाको राजनीतिक, सामाजिक तथा नीति निर्माणक्षेत्रमा सहभागिता बढ्दै जानु उल्लेखनीय र प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सम्मेलनको सहआयोजक तथा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले दक्षिण एसियाका राष्ट्रले लैंगिक असमानताको समस्यासँग एकबद्ध भएर सामूहिक कार्य गर्नुपर्ने बताउनुभयो। यसैगरी सम्मेलनको आयोजक ‘संकल्प’की अध्यक्ष लिली थापाले दक्षिण एसियामा लैंगिक हिंसासम्बन्धी धेरै मुद्दा मिल्ने र केही भने फरक–फरक रुपमा रहेको हुँदा महिला हिंसाका घटना न्यूनीकरणमा सामूहिक प्रयास र अनुभव आदनप्रदान हुन जरुरी रहेको हुँदा सम्मेलनको आवश्यकता परेको बताउनुभयो । | newsofnepal.com |
2,501,863 | हामीसँग रोमेलु लुकाकु वा क्रिष्टियानो रोनाल्डो छैनन् । हाम्रो शक्ति नै टिम हो,’ इटलीका भेट्रान डिफेन्डर लियोनार्दो बनुचीले टर्कीविरुद्धको युरोकपको उद्घाटन खेलअघि दिएको प्रतिक्रिया हो, यो । खासमा इटलीको टोलीमा यसपटक स्टार खेलाडी छैनन् । तर यसको अर्थ उत्कृष्ट प्रतिभा छैनन भन्नु गलत हुनेछ किनकी सन् २०१८ यता खेलेका २७ खेलमा इटली अपराजित छ । इटलीसँग प्रतिस्पर्धा गर्न लागेको टर्की भने युवा खेलाडीहरूले भरिएको छ । २४ वर्षीय जेकी चेलिक टर्कीका हेर्नलायक खेलाडीमध्ये एक हुन् । फ्रान्सेलीले क्लब लिललाई लिग उपाधि जिताउने क्रममा यस सिजन यी राइट ब्याकको भूमिका महत्त्वपूर्ण रह्यो । उनले २७ खेल खेल्दै तीन गोल गरे भने दुईवटा पास पनि मिलाइदिए । त्यहीकारण यी आक्रामक डिफेन्डरप्रति अहिले म्यानचेस्टर युनाइटेड, आर्सनल र टोट्टेनह्याम आकर्षित छन् । टर्कीको अग्रपंक्तिमा बुराक यल्माज छन् । अहिलेसम्म २९ गोल गरेका उनी देशको सर्वकालिन गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । उनीभन्दा बढी हाकन सुकरले (५१ गोल) गरेका थिए । | ratopati.com |
4,043,264 | सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार भक्तपुर, ८ जेठ: भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान – प्रेम रौले मार्तडी, ८ जेठ: कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ । महामारीको कहरमा निषेधाज्ञामा चामल काठमाडौं, ८ जेठ : सन् २०२० को मार्चको शुरुआतमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा जलेश्वर, ८ जेठ: महोत्तरीको बर्दिबास नगरक्षेत्र कोरोना सङ्क्रमणबाट अति नै प्रभावित भएपछि अहिले बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिका पदाधिकारीको प्राथमिकता फेरिएको छ । आफ्नो नगर तथा जिल्ला नै कारोनामुक्त बनाउनाका साथै पीडितको –नवीन लामिछाने मनाङ, ८ जेठ: मनाङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले अस्पतालको निर्माण गर्न थालेका छन् । मनाङको चामे गाउँपालिकाका ११ जनामा सङ्क्रमण देखिएपछि गाउँपालिकाले रु १५ लाखको ८ जेठ : चीनले कोभिड-१९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा बताएका छन् । उनले कोभिडका तनहुँ, ८ जेठ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामाग्री खरिदका लागि रु. एक लाख एक हजार एघार रुपैयाँ सहयोग गरेका छन्। नेता भण्डारीले पठाएको उक्त रकम कांग्रेस व्यासनगर मकवानपुर, ८ जेठ: उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन दमौली, ८ जेठ: तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई – शर्मिला पाठक काठमाडौँ, ८ जेठ: कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि काठमाडौँ महानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाडौँमा बिरामीको सङ्ख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक काठमाडौं, ७ जेठ । आज नेपालमा कोरोना भाइरसका ८ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ सय पुगेको स्वास्थ्य काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा अोलीलाई विश्वासको मत काठमाडौं,६ साउन । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले देशमा तलदेखि काठमाडौँ, ६ साउन । | reportersnepal.com |
5,414,527 | भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् । | gorkhapatraonline.com |
1,250,252 | बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा तीन घर पूर्ण र ६ घर आंशिक रुपमा क्षति पुगेको सीमा प्रहरी चौकी भुरुङतातोपानीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय बालकृष्ण मिजार र लट्टे गिरिको घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ‘अर्को एकजनाको घर पनि पूर्ण रुपमा क्षति पुगेको छ’, चौकीका प्रहरी निरिक्षक नेत्रप्रसाद पोखरेलले भने, ‘सबै विवरण संकलन गर्दैछौँ ।’ प्रहरीका अनुसार, पूर्ण क्षति भएका तीन घर सबै जस्तापाताले निर्माण गरिएका हुन् । घरभित्र बाढी पसेपछि सर्वसाधारणको अन्न, लत्ताकपडा र भाँडाकुँडा भिजेका छन् । प्रनि पोखरेलले बाढीमा कुनै मानवीय क्षति नरहेको जानकारी दिए । आइतबार दिउँसो ३ बजे भीषण बर्षाका कारण बजार नजिकैबाट बग्ने खहरेखोला थुनिँदा बजारभित्र बाढी पसेको वडाअध्यक्ष ओमप्रसाद फगामीले जानकारी दिए । ‘करिब डेढ घण्टा भीषण पानी परेको थियो । बस्ती बग्ने खोलालाई माथिबाट कुलोको माध्यमबाट निकासा दिएका थियौँ । तर कुलोको मूख्य भागमै थुनिएपछि बाढी बस्तीमा पसेको हो’, उनले भने ।
दानाका पर्यटन व्यवसायी इन्द्रसिङ शेरचनले दानास्थित घट्टेखोला, दानाकै काभ्रे र बेगखोलामा बाढी आएका कारण सडक अवरुद्ध बनेको जानकारी दिए । ‘तीन ठाउँमा बाढी र पहिरो झरेपछि अहिले यातायात ठप्प बनेको छ’, उनले भने । बेनी–जोमसोम सडक अहिले स्तरोन्नति कार्य जारी छ । काभ्रेमा सडक फराकिलो बनाउन लगाईएको पर्खाल नै भत्किएको बताइएको छ । त्यस्तै दानास्थित घट्टेकुलोमा बाढीले निर्माणधिन पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि मुक्तिनाथ दर्शनमा आउने–जाने भक्तजनहरु समस्यामा परेको व्यवसायी शेरचनले बताए । | annapurnapost.com |
1,521,970 | निलम्बवनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली हुने भएको छ । अनियमितता गरेको आरोपमा छानविनमा परेका कारण श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए । | kendrabindu.com |
2,027,868 | गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने समितिले निर्णय गरेको छ । प्रस्तावित ६ न्यायाधीशमा सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् । सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठकमा सहभागी समितिले सदस्य एवं सांसदले विभिन्न प्रश्न गरे । ‘न्यायालयमा जनआस्था घट्दै गएको छ भन्ने आम चिन्ता छ’, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरू बालकृष्ण ढकाल र सुनिलकुमार पोखरेललाई संसदीय सुनुवाइका क्रममा सांसद पदम गिरीले प्रश्न गरे, ‘नेपालको न्यायालयमा जनआस्था वृद्धि गर्ने योजना के-के छन् ?’ सांसद गिरीको जस्तै सांसद देवेन्द्र दाहालको प्रश्न थियो, ‘न्यायालयप्रति आमजनताको विश्वास गुम्दै गएको छ, जनआस्था वृद्धि गर्न न्याय प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ ? जनआस्था वृद्धि गर्ने योजनाहरु के-के छन् ? सांसद ईश्वरी न्यौपानेको प्रश्न उस्तै थियो, ‘न्यायालयप्रति जनआस्था कसरी वृद्धि गर्न सकिन्छ ?’ सांसद जीवन परियारको प्रश्न पनि ‘आम जनताले गुनासो नगरीकन न्याय कहिले पाउँछन् ?’ भन्ने नै थियो। प्रस्तावित दुई न्यायाधीशको आज भएको संसदीय सुनुवाइमा अधिकांश सांसदले सार्वसाधरणको आस्था न्यायालयमा घट्दै गएको र कसरी वृद्धि गर्न सकिन्छ ? जनताको पहुँचमा न्याय पुग्न नसकेको, मुद्दा फछ्र्यौटको समयावधि लामो हुने गरेको, न्याय प्राप्तिमा ढिलाइ हुँदा पीडित अझ धेरै पीडामा पर्ने गरेको र अदालतले मुुलुकको विकास निर्माणमा रोक्दा मुलुकलाई ठूलो क्षति पुर्याउने गरेको विषयमा प्रश्न राखेका थिए। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश पोखरेलले आफूले न्यायालयको जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न प्रतिबद्ध रहेको र छिटो न्याय दिनका लागि निरन्तर काम गर्ने योजना सुनाए। ‘न्याय हुन्छ कि हुँदैन, चित्त बुझ्छ कि बुझ्दैन, त्यो पक्षको कुरा हो’, प्रस्तावित न्यायाधीश पोखरेलले भने, ‘मेरो हातबाट अन्याय हुँदैन।’ न्यायाधीश पोखरेलले कानुन महँगो भयो, छिटो भएन भन्ने प्रसङ्गमा उनले थपे “कानुनी प्रक्रिया महँगो बनाउनुमा सांसदले कानुन बनाउँदा पनि ध्यान दिनुपर्ने देखियो, न्याय महँगो पैसाको कारणभन्दा पनि समयअवधि लामो भएको कारणले हुने गरेको छ।’ आफूले ३० वर्ष आम नागरिकसँगै रहेर वकालत गरेको अनुभवलाई लिएर आगामी दिनमा न्यायालयको जनआस्थावृद्धि गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रस्तावित न्यायाधीश ढकालले आफूले कानुन व्यवसायीका रुपमा जनतासँग प्रत्यक्ष जोडिएर काम गरेको अनुभवलाई लिएर न्यायसम्पादन गर्ने बताए। ‘न्यायमा सबैको पहुँच हुनुपर्छ, गरीब, न्यायमा पहुँच नपुगेका लागि अदालतले वैतनिक वकिलको व्यवस्था गरेको छ’, उनले भने, ‘स्थानीय तहको सिफारिसमा ‘कोट–फी’ निःशुल्क हुने कानुनी व्यवस्था पनि छ, न्यायमा पहुँच आयोगले पनि न्यायालयसम्म आउन नसक्नेकै लागि काम गर्ने गरेको छ।’ उनले कतिपय कानुनी व्यवस्था र न्यायमा पहुँच नभएका व्यक्तिलाई अदालतमा यस्ता खालका सेवारसुविधा पाइन्छ भनेर जानकारी गराउन जरुरी छ। न्यायाधीश ढकालको कार्ययोजनामा भएको न्यायालयलाई थप बलियो र जनशक्तियुक्त बनाउन बजेट अभाव कम भएको भन्दै सांसद महेशकुमार बर्तौलाले प्रश्न गरेका थिए, ‘न्यायालयलाई किन एक प्रतिशत बजेट रु किन दुई प्रतिशत चाहिँदैन, बजेट त आवश्यकताका आधारमा माग्ने होइन र ? त्यही प्रश्नमा सांसद रमेश लेखकले थपे, ‘न्यायालयले मागेको मात्रै लिन्छ, दुई प्रतिशत दियो भने एक प्रतिशत फिर्ता गर्छ।’ न्यायालयको बजेटको विषयलाई नै लिएर सांसद ज्ञानेन्द्रबहादुर कार्कीले जोडे, ‘अदालतले प्रतिशतका आधारमा होइन, आवश्यताका आधारमा बजेट माग्नुपर्छ।’ उक्त सवालको जवाफमा प्रस्तावित न्यायाधीश ढकालले अदालतको कार्यसम्पादन, तालिम, जनशक्ति व्यवस्थापन आदिका लागि एक प्रतिशत बजेट भयो भने सहज हुने भएर एक प्रतिशत मागिएको स्पष्ट पारे। न्यायालयले सहजरुपमा न्यायसम्पादन गर्न एक प्रतिशत बजेट चाहिने बताए पनि सरकारले शून्य दशमलव ४३ प्रतिशतमात्र बजेट छुट्याएको छ। सांसद जनार्दन शर्मा र महेशकुमार बर्तौलाले अदालतले आदेश दिएर विकास निर्माणको काम ठप्प हुने गरेको प्रश्नमा प्रस्तावित न्यायाधीश ढकालले भने, ‘सामाजिक न्याय प्रमुख विषय हो, अदालत विकास निर्माणमा बाधक हुनु हुँदैन, आएका विषयलाई ध्यान दिएर प्राथमिकता साथ छुट्टै बेन्चको व्यवस्था गरेर हप्तादिनभित्रै वा छिट्टै सक्ने काम गर्नुपर्छ।’ सांसदहरुले प्रस्तावित दुवै न्यायाधीशलाई कानुन व्यवसायीको हिसाबले बार र बेच्नबीचको सम्बन्ध बनाएर लैजाने र थप न्याय सम्पादनमा सहज गर्न सकिन्छ भन्ने प्रश्न गरेका थिए भने सबैको चाँडो, सरल, सहज र सुलभ न्याय हुनुपर्नेमा जोड दिए। अदालतहरुमा मुद्दाको चाप बढ्दै गएको र त्यसको किनारा लगाएर न्याय दिनुपर्नेमा सांसदहरुको जोड थियो। विसं २०८० कात्तिक मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा सर्वोच्च अदालतमा २८ हजार एक सय ६४, उच्च अदालतमा २९ हजार एक सय ४५ र जिल्ला अदालतमा एक लाख २१ हजार नौ सय ५१ थान मुद्दा बाँकी रहेको छ। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश पोखरेलले नेपालको संविधान, कानुन, विधिशास्त्रीय मान्यता, सर्वोच्च अदालतबाट प्रतिपादत नजिर र असल अभ्यासको पालना गर्ने, नागरिकका आधारभूत र मौलिक हक प्रत्याभूत गर्ने सवालमा राज्यले अन्तरराष्ट्रिय मञ्चमा जनाएका प्रतिबद्धताको पालना गर्नेलगायत रहेका छन्। न्यायाधीश ढकालको कार्ययोजनामा पनि छिटोछरितो गुणस्तरीय न्याय सम्पादनका लागि मुद्दाको फछ्र्यौटमा शीघ्रता ल्याउने, मुद्दाको व्यवस्थापन पद्धतिमा सुधार ल्याउन फरक मुद्दा व्यवस्थापन पद्धति लागू गर्नेलगायत रहेका छन्। सर्वोच्च अदालतका लागि प्रस्तावित छ न्यायाधीशहरुको कार्ययोजनामा नै न्याय प्रणालीलाई सुधार गर्ने, छिटो न्यायका लागि पहल गर्ने रहेको छ। न्यायिक काम कारबाही तथा मुद्दाको फैसलामा गुणस्तरीयता अभिवृद्धि गर्ने, मुद्दामा रहेको विवाद समाधान गर्न वैकल्पिक उपायहरू (मेलमिलाप पद्धति) लाई प्रभावकारी बनाउने, फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने समेतको प्रयासहरू निरन्तर जारी राख्ने उल्लेख छ। न्यायमा पहुँच अभिवृद्धिका लागि अवरोधहरू पहिचान गरी सम्बोधनको प्रयास गर्ने, अदालतबाट प्रवाह हुने सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने विभिन्न प्रयासहरू भएका गर्ने रहेको छ। कानुनी सहायतालाई प्रभावकारी बनाउने, न्यायिक प्रक्रिया र प्रणालीका बारेमा सर्वसाधारणको जानकारीका लागि सूचना सम्प्रेषण गर्ने कार्य भइरहेको उल्लेख छ। न्यायिक सुशासनको प्रवद्र्धनका लागि न्यायिक स्वतन्त्रता र स्वायत्तता प्रवद्र्धन गर्ने, न्यायिक उत्तरदायित्व र जवाफदेहिता अभिवृद्धि गर्ने, न्यायिक जनशक्तिको कार्यशैलीमा सुधार गर्ने अदालतबाट सम्पादन हुने काम कारबाहीको अनुगमन निरीक्षणलाई प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख छ। व्यवस्थापकीय सुधारका लागि मानव संसाधनको व्यवस्थापन, भौतिक र सेवा पूर्वाधारमा सुधार, वित्तीय व्यवस्थापन, सूचना प्रविधिको संस्थागत सुदृढीकरण, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, न्यायिक अध्ययन अनुसन्धान पद्धतिको विकास, योजना कार्यान्वयन प्रणालीको विकास गर्ने समेतका व्यवस्थापकीय सुधारका प्रयास गर्ने रहेको छ। न्यायपालिकाको जनआस्था र विश्वास अभिवृद्धिका लागि अदालतबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीलाई सन्तुष्टि दिने प्रयास गरिएको कार्ययोजनमा छ। न्यायिक काम कारबाहीको सूचना सञ्चार सम्प्रेषण पद्धतिलाई सुधार गर्ने प्रयास भएको र सरोकारवालासँग सम्बन्ध र सहयोग सुदृढ गर्ने प्रयास भएका छन् भने योजनाको मूल्याङ्कन, अनुगमन र समीक्षा गर्ने गरिएको छ। सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि न्याय परिषद्को गत मङ्सिर ५ गते बसेको बैठकले छ जना न्यायाधीश सिफारिस गरेको थियो। सिफारिस भएका न्यायाधीशहरूमा शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका थिए। उनीहरुको संसदीय सुनुवाइ सकिएको छ। समितिको यही पुस ४ गते बैठक बसी उनीहरुलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा समितिले निर्णय गर्नेछ। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था गरेको छ । | kathmandupati.com |