Datasets:

index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
4,402,232
कोभिड १९ नियन्त्रण रोकथाम र व्यवस्थापनका लागि गरिएको लामो सकसपूर्ण लकडाउन हटाइएको भए पनि देशमा अझै सर्वत्र कोरोना सन्त्रास व्याप्त छ । शहर गाउँ र बस्तीहरु पूर्ववत् चलायमान हुनसकेका छैनन् । देशका विभिन्न ठाउँमा बाढीपहिरोले आक्रान्त छन् र जनताको घर बगाउने र पुरिने र जनधनको क्षति हुने दुःखद सिलसिला रोकिएको छैन । मुलुकको अर्थतन्त्र करिबकरिब पक्षघातग्रस्त अवस्थामा छ । बेरोजगारीको दर अचाक्कली बढ्नुकासाथी गरिबीको मारमा जनता पिल्सिएका छन् । राष्ट्रिय स्वार्थ र जनहितबाट परिचालित हुननसक्ने नेपाली राजनीतिक नेतृत्वले आखिर कहिले आफ्ना गल्तीबाट पाठ सिकेर सच्चिएला ? यतिबेलाको सबैभन्दा संगीन प्रश्न यही हो । तर जनताका पीडा र दुःखमा सहाराको हात बनेर उभिनुपर्ने सरकारको भने कहीँ कतै उपस्थिति देखिदैन । नेपाली राजनीतिको रंगमञ्चमा चाहिँ सत्ता र शक्तिको खिचातानी को घीनलाग्दो परिदृश्य देखिदैछ । यस्तो जटिल परिस्थितिमा जनताले रगत पसिना सिञ्चित गर्दै जीवनको बलिदान गरेर ल्याएको गणतन्त्र र जनताबाट निर्वाचित भनिएको सरकारको औचित्यमाथि प्रश्न चिन्ह खडा हुनु सर्वथा स्वभाविक हुन जान्छ । कोरोनाले समस्त जनताको स्वास्थ्य जोखिममा रहेको मात्र नभई देशको समग्र अर्थतन्त्रमा अकल्पनीय धर्मराहट पैदा भएको घडीमा सरकार तथा सत्तारुढ दलको प्राथमिकता कता तर्फ केन्द्रित हुनुपर्ने थियो ? बाढीपहिरोले गरिब जनताको उठिबास भइरहेको समयमा पीडितको उद्धार र राहत उपलब्ध गराएर जनजीवनको संरक्षण गर्नुपर्ने विषम समयमा सत्ता परिवर्तनको खेलमा नेकपाका नेताहरू अँध्यारा कोठामा गुटगत भेलामा व्यस्त छन् । के नेपाली जनताले यही दिन देख्न र भोग्नका लागि नेकपालाई करिबकरिब दुई तिहाइको भारी बहुमत दिएका थिए त ? राजतन्त्रले देश तन्नम भएको र जनताले समृद्धिको अनुभूति गर्न नपाएको बताउने दलहरुको गणतन्त्र स्थापना पछिको रबैयाले आम जनतामा फेरि चरम निराशा र वितृष्णा उत्पन्न गराएको छ।राजनीतिक दल र तिनको नेतृत्वमा देखिएको सत्तालिप्सा, नालायकीपन र गैर जिम्मेवारीपनाले गर्दा गणतान्त्रिक शासनव्यवस्थाप्रति नै अविश्वास सिर्जना हुने खतरा देखिदैछ । अनेक जालझेलपूर्ण सोच र दलगत स्वार्थका कारण संविधान समेत निर्माण गर्न नसकेका दलहरुलाई २०७२ को महाभूकम्पको दबाबका कारण संविधान जारी गर्न सफल भएको नजीर छ । राष्ट्रिय स्वार्थ र जनहितबाट परिचालित हुननसक्ने नेपाली राजनीतिक नेतृत्वले आखिर कहिले आफ्ना गल्तीबाट पाठ सिकेर सच्चिएला ? यतिबेलाको सबैभन्दा संगीन प्रश्न यही हो । नेपाली जनताले बहुदलीय प्रजातान्त्रको पुनर्स्थापनापछि देशमा विकास र जनताको जीवनमा आमूल सूधारको अपेक्षा राखेका थिए तर दलहरुको क्षुद्र सत्तास्वार्थका जनाकांक्षा आकाशको फल आँखा तरि मर साबित भयो जसका कारण देश माओवादी सशस्त्र विद्रोहका कारण गृहयुद्धमा होमियो।देशमा अस्थिरताले जरा गाड्यो । ६/६ महिना सरकार परिवर्तन हुने घृणित खेलले गर्दा देश दशकौं पछाडि धकेलिन पुग्यो । जनताको ठूलो त्याग तपस्या र संघर्षबाट सम्पन्न दोश्रो जनआन्दोलनपश्चात संविधानसभाको निर्वाचन मार्फत गणतन्त्रको स्थापना भयो र निकै लामो रस्साकस्सीपछि संविधान निर्माण भयो र संघीयताको कार्यान्वयनसँगै संघ र प्रदेशका निर्वाचन भयो । विगतको अन्तहीन अस्थिरताबाट आजित भएका जनताले नेकपालाई विकास सुशासन र समृद्धिको अपेक्षा सहित करिबकरिब दुई तिहाइ बहुमत दिए । नेपालको इतिहासमै सर्वाधिक शक्तिशाली सरकार गठन भयो र अब देश द्रुतगतिमा विकास र समृद्धितर्फ उन्मुख होला भन्ने आम जनचाहना मनासिब थियो । तर सरकार गठन भएको साँढे दुई वर्ष नपुग्दै नेकपा सत्तासंघर्षको आन्तरिक द्वन्द्वमा फसेको छ । नेकपाका नेताहरू जटिल अवस्थामा जनताको सेवामा राष्ट्रिय एकता र सहकार्यको भाव प्रदर्शन गर्नुपर्ने बखतमा आरोप्रत्यारोप,सत्ता परिवर्तन र विभाजनको खेलमा जोडतोडमा लागेका देख्दा काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ भएको छ। नेकपाको यतिबेलाको शक्तिसंघर्षको औचित्यको पुष्टि गर्न सक्छन् त नेकपा नेताहरू ? नेकपाभित्रकै पुष्पकमल दाहाल ,माधव नेपाल वा अरु कोही प्रधानमन्त्री हुनुले सरकार सञ्चालनमा के कति तात्विक अन्तर राख्छ ? जनताले नेकपालाई विगतको निरन्तर अस्थिरताको कटु अनुभवबाट विरक्तिएर विकास निर्माण र समृद्धिका योजना कार्यान्वयनकाखातिर स्थिर सरकारको आवश्यक्ताबोध गरेर दुई तिहाइ बहुमत प्रदान गरे परन्तु नेकपाभित्र अहिले सत्तास्वार्थको जुन सतरञ्जी खेल देखिएको छ । त्यसले जनताको आदेशको खुलेआम अपमान भएको छ र अमूल्य जनमतको हुर्मत लिने काम भएको छ । नेकपाको यतिबेलाको शक्तिसंघर्षको औचित्यको पुष्टि गर्न सक्छन् त नेकपा नेताहरू ? नेकपाभित्रकै पुष्पकमल दाहाल ,माधव नेपाल वा अरु कोही प्रधानमन्त्री हुनुले सरकार सञ्चालनमा के कति तात्विक अन्तर राख्छ ? जनताले सरकार सञ्चालनको जिम्मा नेकपालाई दिएको हुनाले सिंगो नेकपा नेतृत्व एक ढिक्का भएर सुशासन विकास समृद्धि र गणतन्त्र र संघीयतालाई सफल बनाउन लागिपर्नुको साटो न्यूनतम नैतिकताबाट स्खलित हुनु आफैमा बिडम्बनापूर्ण छ । त्यसैको असन्तोषको बाछिटाको रुपमा भलयगनज ष्क भलयगनज भनेर युवाहरु सडकमा उत्रिएका हुन् । कुनै पनि दलले बहुमत प्राप्त नगर्दा पटकपटक सरकार परिवर्तन हुँदा उत्पन्न राजनीतिक विकृति र कुसंस्कारबाट उन्मुक्तिको निम्ति नेकपालाई स्थिरता हेतु बहुमत दिदा पनि उही अवस्था हुने हो भने सबैको सामु प्रश्न उठेको छ कि समस्याको जरो शासन व्यवस्थामा कि दलीय नेतृत्वमा ? घटनाक्रमको सूक्ष्म राजनीतिक विश्लेषण गर्दा नेपाली राजनीतिमा पात्रहरु परिवर्तन भए पनि उही प्रवृत्तिहरुको पुनरावृत्ति भएको दृृष्टिगोचर हुन्छ । नेपाली जनता केवल नेताहरूलाई सत्तामा पुरयाउने भर्यांग मात्रै बनाइए तर नेताहरुले सुध्रिएर जनताको पक्षमा समर्पित हुने कुन छेकछन्द देखाएनन् । सामाजिक सञ्जाल देखि लिएर पत्रपत्रिकामा सत्तारुढ र सरकारका गतिविधिहरुप्रति जनआक्रोश उच्चरुपमा प्रकट हुदैछ । एक महिनाभन्दा लामो समयदेखि नेकपाको स्थायी समिति निष्कर्षविहीन बैठक तन्किरहेछ जसको केन्द्रमा सत्तास्वार्थ नै छ । अति गर्नु तर अत्याचार नगर्नु भन्ने लोकोक्तिको समेत उपहास गरेको छ सत्तासीन दल र त्यसको नेतृत्वले। को प्रधानमन्त्री हुने भन्ने कुरा यतिबेला प्रमुख होइन ।नेकपाले एउटा टिम स्पिरिटको साथमा सत्ता सञ्चालन गर्दै कोरोनाको निर्मूलिकरण, भ्रष्टाचार निवारण ,विकास निर्माणको कार्यान्वयन र जनजीवनमा प्रत्यक्ष सरोकार राख्ने विषयको यथाशीघ्र सम्बोधन गर्न लाग्नु समयको माग हो । देशलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउने छूट कसैलाई पनि छैन ।यो विज्ञान प्रविधि विवेक र सूचनाको युग हो । इतिहास गतिशील हुन्छ र निर्मम पनि । कसैले पनि आफूलाई निर्विकल्प ठानेर देश र जनतालाई आफ्नो महत्त्वकांक्षाको खालमा हाल्न खोज्छ भने समयले उसलाई दण्डित गर्छ भन्ने तथ्य इतिहाससिद्ध छ।तसर्थ नेकपाको नेतृत्वलाई अर्थहीन शक्तिसंघर्षको आगोमा जनताको आशालाई बलि दिने अधिकार छैन । राजनीति मूल्य मान्यता,नैतिकता र आदर्शको जगमा टेकेर नेकपाको नेतृत्वले आपसी मनोमालिन्य र तुच्छ सत्तास्वार्थलाई तिलाञ्जली दिएर सहकार्य र समझदारीको मिलनविन्दुमार्फत निकास पहिल्याउनु नेकपाको र राष्ट्रको भविष्य दुबैकोलागि हितकर हुनेछ । को प्रधानमन्त्री हुने भन्ने कुरा यतिबेला प्रमुख होइन ।नेकपाले एउटा टिम स्पिरिटको साथमा सत्ता सञ्चालन गर्दै कोरोनाको निर्मूलिकरण, भ्रष्टाचार निवारण ,विकास निर्माणको कार्यान्वयन र जनजीवनमा प्रत्यक्ष सरोकार राख्ने विषयको यथाशीघ्र सम्बोधन गर्न लाग्नु समयको माग हो । यति हुदाहुदै पनि जनताको खबरदारी र निरन्तरको असन्तुष्टिको प्रकटीकरणका बाबजुद नेकपा नेतृत्व समयको पदचापलाई नसुन्ने भूल गर्छ भने त्यसको मूल्य चर्को पर्ने सुनिश्चित छ । कुनै पनि परिवर्तनको संवाहक युवापुस्ता हो । नेपाली राजनीतिमा लामो समयदेखि वर्चस्व कायम गरिरहेको पुरानो पुस्ताले पटकपटक यही गल्ती दोहोर्याइरहने हो भने युवापुस्ता सधैं मूकदर्शक भएर बस्ने छैन र अक्षम साबित भएको पुरानो पुस्ता बढार्ने हिसाबले विस्फोटक हुन बेर लगाउदैन भन्ने यथार्थ बुझ्न वर्तमान नेकपा नेतृत्वले विलम्ब नगरोस् ।
dainiknepal.com
4,044,347
आज नेपालमा कोरोना भाइरसका ८ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २ सय ८२ भक्तपुर, २१ असोज: कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ । महेन्द्रनगर, २१ असोज : दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर, कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो मोरङ, २१ असोज: प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दशैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् । २१ असोज : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा त्यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी काठमाडौं, २० असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९९ हजार ६ सय १५ पुगेको स्वास्थ्य तथा काठमाडौं, २० असोज । विश्वभर कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । संक्रमण घटेसँगै विश्वमा नयाँ उत्साह र आशा जागेको छ । गएको एक हप्ताबीच कोरोना भाइरसको संक्रमण ९ प्रतिशतले काठमाडौं, १९ असोज । कोरोना संक्रमणबाट आज थप जनाको ६ मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको काठमाडौं, १९ असोज । आज नेपालमा कोरोना भाइरसका ९ सय ६८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९८ हजार ७ सय ६६ जना पुगेको स्वास्थ्य राजविराज, १९ असोज: कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा माक्स प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ । प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित १९ असोज : भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । १९ असोज : बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि त्यहाँ कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको बताइएको काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत दिने बताएका काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत नदिने बताएका काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता गंगाराम चौधरी थारुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई काठमाडौं ।
reportersnepal.com
1,499,652
काठमाडौँ नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नु भएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिचेको जानकारी दिनुभयो । चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउण्डको रहेको थियो । करिब दुई सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग थियो । आगोको लप्कासहितको चट्याङ त्यस क्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठले प्रष्ट्याउनुभयो । “डढेका रुख र प्रत्यक्षदर्शीले आधाघण्टा वरपर घुँ घुँ गर्दै घुम्दा आगो देखेको प्रमाण दिएका छन्, ” उहाँले भन्नुभयो, “ त्यो रात आकाशको रङ समेत रातो देखिएको पाइएको छ ।” स्थलगत क्षति तथा प्रत्यक्षदर्शीको भिडियो उहाँले देखाउनुभयोे । उहाँले भनेझैं पश्चिमी वायु पोखरा, चितवन हुँदै बारा, पर्सामा पुग्दा उग्र टोर्नाडोको रूप लिएको थियो । आकाशको चिसो र स्थानीय तातो वायुका उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकाशिएको थियो ।
kendrabindu.com
45,751
काठमाडौं– रामहरी श्रेष्ठ हत्यालगायतका विभिन्न अभियोगमा १५ बर्षदेखि फरार सूचीमा रहँदै आएका कालीबहादुर खामलाई जिल्ला अदालत चितवनले पूर्पक्षका लागि जेल पठाएको छ। उनलाई पक्राउ गरी काठमाडौंबाट चितवन लगिएको थियो। जिल्ला अदालतका न्यायाधीश देवराज ढकालको एकल इजलासले खामलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो। तस्करीदेखि डकैतीसम्मका विभिन्न अभियोगमा संलग्न खाम माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य रहेका थिए। उनी ७ नम्बर डिभिजनका कमान्डर रहीसकेका छन् ।
canadanepal.com
3,113,728
बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगै रहेका पाँच पसल जलेका हुन् । रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पुर्याएको वडा प्रहरी कार्यालय बैदामकी कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिइन् । प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । प्रारम्भिक अनुसन्धानमा रु एक करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको जनाउँदै उनले भनिन्, ‘आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ, विद्युत् सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ ।’ सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
1,850,212
गत मंगलबार शल्यक्रिया गरि ‘रेक्टोपेरिटोनियल टेराटोमा’ ट्युमर निकालिएकी शिलाको बुधबार पत्रकार सम्मेलन गरी स्वास्थ्य सामान्यउन्मुख भएको बताइएको थियो । शल्यक्रियापछि भेन्टिलेटरमा राखि उपचार भइरहेका बेला परिवारले ‘डिस्चार्ज’ मागेर घर लग्दै गर्दा शुक्रबार उनको मृत्यु भएको बताइएको छ । उपचारमा सम्लग्न चिकित्सक डा. आरपी चौधरीले भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला परिवारले जवरजस्ती डिस्चार्ज मागेर लगेपछि उसको मृत्यु भएको बताए । ‘परिबारले खै के सोचे उपचार सबै रुपमा निशुल्क थियो । तर जबरजस्ती डिस्चार्ज मागे र बच्चालाई एम्बुलेन्समा पुरयाउँदा पुरयाँउदै ज्यान गएछ,’ उनले भने । भेडाबारी प्युठानकी ती बालिका शिला नेपालीको पेटमा जन्मेको आठ महिनाको उमेर देखि अस्वभाविक डल्लो देखिन थालेको थियो । सो डल्लो क्रमश बढदै गएपनि आर्थिक अभाव र जनचेतनाका कमीका कारण परिबारले समयमै उपचारका लागि अस्पताल पुरयाउन सकेनन् । विस्तारै बस्न, उभिन र सुत्न समेत अप्ठेरो पर्न थालेपछि एक सामाजिक संस्थाको सहयोगमा बालिकालाई उपचारका लागि कान्ति ल्याइएको थियो । कान्तिमा उनको शल्यचिकित्सक डा चौधरीको टोलीले गरेको थियो । गत मंगलबार शल्यक्रिया गरेका चौधरीले बुधबार पत्रकार सम्मेलन गरी बच्चाको शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारोन्मुख भएको बताएका थिए । पत्रकार सम्मेलनकै बेला पुगेका अस्पतालका निर्देशक डा. गणेशकुमार राईले भने अस्पतालको स्वीकृति विना पत्रकार सम्मेलन गरेको भन्दै त्यतिवेला नै डा चौधरीको आलोचना गरेका थिए ।
nepalihealth.com
4,240,314
- रामपुर नगरपालिका– ८ कुमराङका थमकुमारी थापा ठाडा विगत साढे चार महिनादेखि बेपत्ता भएकी छिन्। गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, साथीभाइकहाँ खोजी गरे पनि उनी अझै फेला पर्न नसकेको वडाअध्यक्ष बोमबहादुर नामजालीले बताए। घरनजिकै कालीगण्डकी रहेकाले आफन्त साथीभाइ सबैले नदीमा पसेको शंका गरे पनि उनी अहिलेसम्म फेला पर्न नसकेको उनले बताए। एक नाबालक छोरा, श्रीमान् र सासू-ससुरासँगै बस्दै आएकी ठाडा अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन्। (रासस) नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
1,278,094
एलिस रिसेप्सन नामको एक रेष्टुरेण्टमा भएको विमोचन समारोहमा राजनीतिज्ञ, मानवअधिकारकर्मी, नागरिक अभियन्ता, पत्रकार, उद्योगी व्यवसायी लगायत प्रतिष्ठित व्यक्तिको सहभागिता छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन थापाको पुस्तक ‘बारुदमाथि उड्दा’ ले लेखकको व्यक्तिगत संघर्षसँगै सामाजिक तथा राजनीतिक घटनाक्रमबारे रहस्य समेत उजागर गरेको छ ।
annapurnapost.com
4,708,129
विवादास्पद अडियो प्रकरणपछि सर्वोच्च अदालतले बयानका लागि बोलाएका सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र नविन ढुंगानालाई तारेखमा राखिएको छ । सर्वोच्च अदालतका सूचना अधिकारीले दुवै जनाको बयान सकिएको र तारेखमा राखिएको बताए। उनले अडियो उपलब्ध गराउने व्यक्ति भनिएका राजकुमार तिमल्सिना पनि सम्पर्कमा आएको बताए ।
nepalpress.com
2,555,484
केही अगाडि लन्डनमा वर्ल्ड प्रिमिएर भएको फिल्म ‘गोर्खा वारिअर’ नेपालमा भने आगामी फागुन ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदै छ । निर्माण युनिट यतिबेला फिल्मको प्रचार प्रसारमा छ । यस्तैमा बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भयो । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको ट्रेलरमा मलायामा गोर्खालीले लडेको साहसी युद्ध देखाइएको छ । साढे दुई मिनेट लामो ट्रेलरले गोर्खा सैनिकको वीरता बोल्छ । मिलन चाम्स निर्देशित फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरुप घलेको मुख्य भुमिका छ । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरेर ४ भाषामा रिलिज हुनेछ । फिल्मको हिन्दी संस्करणमा ‘केजीएफ’का सचिन गोलेले स्वरांकन गरिरहेका छन् । दोस्रो विश्वयुद्धको क्रममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खा सैनिकले लडेको वीरतापूर्ण लडाइँको कथा र त्यसले युद्धमा लड्ने शैनिकको परिवारमा पारेको प्रभाव फिल्ममा चित्रण गरिएको छ । सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले निर्माण रहेको फिल्मका निर्माता सुमन राई, सुस्मिता र ज्योतीराज राई हुन् । कार्यक्रममा निर्देशक मिलन चाम्सले नेपाली फिल्मलाई ‘गोर्खा वारिअर’ मार्फत आफूले विश्वमा चिनाउने प्रयास गरेपनि फिल्मकर्मीबाट साथ र सहयोग नपाएको गुनासो गरे । उनले ‘गोर्खा वारिअर’ नेपालीमा बनेको फिल्ममा अहिलेसम्मकै उत्कृ भएको दाबी गरे । फिल्मले सबै नेपालको मन छुनेमा आफू विश्वस्त रहेको उनको सुनाए । त्यस्तै अभिनेता रितेश चाम्सले फिल्म अभिनयका लागि ८ बर्ष मिहिनेत गरेको बताए । उनले फिल्मले नेपालीको साहसिक कथा भनेकोले सबैले हेरेर साथ दिनुपर्ने धारणा राखे । रितेश यसै फिल्म मार्फत अभिनयमा डेब्यु गरेका हुन् । उनले ‘गोर्खा वारिअर’ जस्तो ऐतिहासिक फिल्मबाट डेब्यु गर्न पाउनु आफ्नो भाग्य रहेको सुनाए ।
ratopati.com
5,038,141
बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन्। २४ दिनअघि जुम्लाबाट आमरण अनसन सुरु गरेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। १९ औँ पटकको सत्याग्रहमा रहेका उनले विगतका सहमति कार्यान्वयनसँगै दुर्गम क्षेत्रमा चिकित्सा पहुँचका लागि थप माग राखेका छन्। उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदासमेत सरकारले वेवास्ता गरेको भन्दै आलोचना भइरहेका बेला सरकारले वार्ता टोली गठन गरेको हो। आजै डा‍. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। संघले आफूले सरकारलाई डा. केसीका माग सम्बोधन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि बिहीबारदेखि अन्दोलनमा उत्रिने घोषणा गरेको हो ।
nepalkhabar.com
989,467
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनी व्यवस्थाबिनै प्रमुख सल्लाहकारसहित ठूलो संख्यामा विज्ञ नियुक्त गरी लामो समयदेखि तलब-सुविधा दिँदै आएको पाइएको छ। प्रमुख आयुक्त लोकमानसिंह कार्कीले केशव भट्टराईलाई प्रमुख सल्लाहकार नियुक्त गरी विशिष्ट श्रेणीसरहको तलब-सुविधा दिइरहेका हुन् ।
ekantipur.com
3,361,960
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। अपरान्ह पछि देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राती भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखााले अनुरोध गरेको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
1,036,960
चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित चुडामणी पौडेलको माछा पोखरीको वरीपरी लगाइएको जे आई तारमा सप्लाई गरिएको करेन्ट लागि दुई जनाको मृत्यु भएको हो । माछा पोखरीमा जाल बोकी माछा मार्न गएका दुईजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनका अनुसार मृतक स्थानीय नवराज दराई र विरबहादुर रानामगर हुन् ।
makalukhabar.com
4,100,030
दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् । मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन् । चाडबाड बनाउन दसैँअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् । सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो । हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ चार सयभन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ । लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताए । “नेपालमा काम पाउन गाह्रो छ, काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ”, उनले भने । भारतको पञ्चाबमा काम गर्दै आएका धनगढी उपमहानगरपालिका– २ का सन्तोष आउँजीले काम गर्नका लागि भारत जानुको विकल्प नभएको बताए । गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरु विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाहरु भने भारतमा मजदुरी गर्नका लागि बाटो तताउँदै गरेका छन् । दसैँ र तिहार मनाउन घर फर्किनु भएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा छन् । “यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन, घर खर्चका लागि भारत जानुको विकल्प छैन”, उनले भने । सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरु जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोर लगायतका शहरमा जाने गरेका छन् । रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
3,767,636
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीहरुलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुलाई आज (आईतवार) बाट स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नआउन निर्देशन दिएकोमा आपत्ति जनाउनुभएको हो । उहाँले उनीहरुलाई हटाउने निर्णय फिर्ता लिन पनि सरकारसँग आग्रह गर्नुभयो । सांसद भट्टराईले वीर अस्पतालको बिस्तारित सेवाका लागि र नागरिकलाई निजी स्वास्थ्य संस्थामा जान बाध्य नपार्न पनि सरकारले उनीहरुको सेवा प्रवाहको कामलाई निरन्तरता दिनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नु भयो, ‘वीर अस्पतालका कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई दशैंको सम्मुखमा सरकारले हटाउने निर्णय गरेको छ । कोरोना महामारीका समयमा नियुक्ती गरिएका ५० डाक्टर, १६२ नर्स, ११ जना प्रयोगशाला प्राविधिकका साथ रेडियोलोजिष्टलाई असोज २१ गतेबाट काममा नआउनका लागि माननीय स्वास्थ्यमन्त्रीज्युले निर्देशन दिनुभएको छ भन्ने समाचार आएको छ । वीर अस्पतालको सेवा बिस्तार भएको छ । ३५० शैय्या रहेकोमा अहिले नौ सय बनाइएको छ । ८३१ दरबन्दी मन्त्रालयले स्वीकृति गरिसकेको छ । सरकारले करारमा रहेका स्वास्थ्यकर्मीहरुलाई आर्थिक अवस्था देखाई हटाउने आकस्मिक निर्णयले वीर अस्पतालले प्रवाह गरिरहेका बिस्तारित सेवा खस्किनुका साथै आम नागरिकहरु सेवाबाट वञ्चित हुनेछन् । सेवा लिन आएका नागरिकहरुलाई निजी स्वास्थ्य संस्थामा जान सरकारले नै बाध्य गरिरहेको छ । स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित गर्दै सेवा प्रदान गर्ने अवसर दिनका लागि म सम्माननीय सभामुखमार्फत सम्मानीत सदन र सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।’ सांसद भट्टराईले सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गर्नका लागि बाध्य हुने खालको गतिविधि गर्न नहुने पनि बताउनु भयो ।
emountaintv.com
5,342,605
राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेका अनुसार
gorkhapatraonline.com
1,657,210
वि.सं.२०७३ चैत २४ बिहीवार गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डले गोरखामा स्कुल बनाउन आर्थिक सहयोग गरेको छ । गोरखाको मान्बु गाविस ६ पोखरीचोकमा रहेको भूकम्पले क्षतिग्रस्त सिद्धार्थ बनस्थली निम्न माध्यमीक विद्यालयको दुईकोठे भवन निर्माणका लागि संघले रु १३ लाख ७४ हजार ४ सय ७४ रुपैयाँ आर्थिक सहयोग गर्न लागेको हो । एनआरएनए नेदरल्याण्डका वरिष्ठ उपाध्यक्ष केशवराज पाण्डे, उपाध्यक्ष महेन्द्र सुवेदी, र विद्यालय समितिका अध्यक्ष तथा प्रधानाध्यापकवीच दुईकोठे भवन निर्माणमा आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको संघले जनाएको छ । संघले भवन निर्माणका लागि पहिलो किस्तास्वरुप ७ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको वरिष्ठ उपाध्यक्ष पाण्डेले संचारमाध्यमलाई जानकारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पाण्डेले क्षतिग्रस्त भवनको निर्माणमा सहयोग गर्न पाउँदा एनआरएनए नेदरल्याण्ड र नेदरल्याण्डमा रहेका नेपालीहरु खुसी भएको बताए । उनले भवन निर्माण कार्य जारी रहेको बताउँदै दोश्रो किस्ता बापतको बाँकी रकम पनि छिट्टै उपलब्ध गराइने बताए । उक्त सहयोग रकमका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र कोषाध्यक्षको नाममा संयुक्त खाता खालिएको जानकारी संघका कोषाध्यक्ष श्याम सापोटाले बताएका छन् । वि.सं.२०७३ चैत २४ बिहीवार ११:०८ मा प्रकाशित लिस्बन ।
sansarnews.com
5,113,856
मराठी भाषामा पत्र लेख्दै गृहमन्त्री देशमुखले आफूलाई लगाइएको आरोपमा दूधको दूध, पानीको पानी छुट्याइदिन मुख्यमन्त्रीलाई आग्रह गरेका हुन्। उनले मराठी भाषामा ट्विटसमेत गरेर पत्र सार्वजनिक गरेका छन्। ट्विटरमा गृहमन्त्री देशमुखले लेखेका छन्, ‘मैले माननीय मुख्यमन्त्रीलाई परमवीर सिंहले लगाएको आरोपहरूको छानबिन गर्न र दूधको दूध, पानीको पानी गर्न आग्रह गरेको थिएँ। यदि माननीय प्रधानमन्त्रीले यसबारे सोधेमा म यसलाई स्वागत गर्छु ।
nepalkhabar.com
5,449,978
बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ । पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।
gorkhapatraonline.com
2,629,699
बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा दुई जोरसम्म उपलब्ध छ । कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । यस्तै, बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध गराएको छ । मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । यसले गर्दा उपभोक्ताले भेराइटी बीच छानेर किन्न पाउने सुविधा रहेको छ । शिखरले सेल मेला लाएको सुनेर राजधानी बाहिररहेका आफन्तको आग्रहमा जुत्ता किन्न आउनेहरु पनि धेरै छन् । मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।
ratopati.com
6,306,441
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक कार्यकर्ताहरुको नाराबाजीका कारण चितवनको क्षेत्र नं. २ को एक मतदान केन्द्रमा तनाब भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा उपस्थित कार्यकर्ताहरुले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गर्नुपर्दा स्थिति तनावपूर्ण बनेको हो । यस क्षेत्रका उम्मेदवारसमेत रहेका पार्टी सभापति लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो ।
shikharnews.com
510,848
चितवनमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र केटिएम डुकजस्ता महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकल ज्यादै न्यून छ । मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जोकोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाइ छ । जिल्लामा सिसीटिभी क्यामेराको सञ्जाल नहुँदासमेत चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्न असमर्थ हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ बताउँछन् । पछिल्लो समय चितवन प्रहरीले कात्तिक २३ गते चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न सात जनालाई सार्वजनिक गरेको थियो । जिल्लाको मुख्य बजार क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्नलाई प्रहरीले ग्राहक बनेर पक्राउ गर्न सफल भएको गुरुङले बताए । उनीहरुले मोटरसाइकल चोरी गरेपछि तुरुन्तै टाढा नलैजाने भन्दै गुरुङले चोरीको मोटरसाइकल कतै झाडीमा फालेर जाने र दुई/तीन घण्टापछि अर्को व्यक्ति आएर लिएर जाने गरेको अनुसन्धानबाट खुलेको बताए । आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जिल्लामा १५४ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए। चोरी भएकामध्ये ३५ मोटरसाइकल फेला परेको भन्दै थापाले २३ मोटरसाइकल मात्रै धनीलाई फिर्ता गर्न सफल भएको जानकारी दिए । गत वर्ष २०७६/७७ मा दुईवटा मोटरसाइकल तथा यस वर्ष एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको भन्दै थापाले यस वर्ष बेवारिसे अवस्थामा फेला पारिएको मोटरसाइकल धनीलाई फिर्ता गरिएको बताए । चितवनमा आर्थिक वर्ष २०७५र७६ मा ४१ वटा मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका थिए । तीमध्ये सात मोटरसाइलक फेला पारेर सवारी धनीलाई फिर्ता गरिएको प्रवक्ता थापाले जानकारी दिनुभयो । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले यस वर्ष विभिन्न छ जनालाई पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ७५ वटा मोटरसाइकल चोरी भएको उजुरी प्रहरीमा परेकामा १० मोटरसाइलक मात्रै फेला परेका छन् । फेला परेको मोटरसाइकलमध्ये नौ मोटरसाइकल मात्रै सवारी साधनका धनीलाई फिर्ता गर्न सकिएको थापाले बताउनुभयो । यस वर्ष चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न १३ व्यक्ति पक्राउ गर्न सफल भएको थियो । चालु आर्थिक वर्ष २०७७र७८ को करिब चार महिनाको अवधिमा जिल्लामा ३७ वटा मोटरसाइकल हराइसकेका छन् । हराएका मोटरसाइकलमध्ये आधा पनि भेटिएका छैनन् । जिल्लामा हराएकामध्ये १५ मोटरसाइकल भेट्टाएर छ वटा सवारी साधनका धनीलाई फिर्ता गरिएको प्रहरीको भनाइ छ । करिब चार महिनाको अवधिमा प्रहरीले १२ जनालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको छ । मोटरसाइकल चोरीका घटना बढे पनि भेटिने अनुपात साह्रै न्यून भएकाले प्रहरीले लामो समयसम्म मोटरसाइकल पार्किङ गरेर राख्नुपर्ने अवस्थामा चेन तथा अन्य तरिकाबाट लक गर्न सुझाव दिएको छ । चाबीको भरमा मोटरसाइकल छोडिँदा चोरीको दर बढ्दै गएको प्रहरी उपरीक्षक गुरुङले बताए । मोटरसाइकल चोर्ने र ती मोटरसाइकलको नक्कली कागजपत्र बनाएर बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै गुरुङले सामान्य अवस्थामा नक्कली र सक्कली कागजपत्र छुट्याउन नसकिने बताए ।
lokpath.com
3,626,159
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएर उपचाररत छन्। पिसाबमा इन्फेक्सन र सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। ‘आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ ।
imagekhabar.com
2,957,462
राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य उपचार पछि स्वदेश फर्किका छन् । केही दिन अघि जाजरकोट । सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे एजेन्सी । अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक ब्रिटीस स्कूल सानेपामा ह्वीचियर बास्केट बल प्रतियोगिता । तस्विरः नेस । ललितपुर जावलाखेल स्थित विरेन्द्र विर विक्रम शाहको तस्विरमा माल्यार्पण गरएको छ । तस्विर उजोल डंगोल/नेस पाँचथर । जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका पोखरा । युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद रसुवा । रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ जनकपुरधाम । जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ चितवन ।
newsofnepal.com
3,783,057
अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २५ जना घाइते र ३८ जना बेपत्ता भएका छन् । बाढीपहिरोका कारण दुई हजार आठ सय ४७ घरमा पूर्णक्षति पुगेको छ । गृह मन्त्रालयले तीन हजार सात सय २७ पूर्वाधार संरचनामा क्षति पुगेको जनाएको छ । बाढीपहिरो प्रभावितहरुको उद्दार तथा राहतमा २६ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन भएका छन् ।   बाढी प्रभावितको उद्दार र राहतमा नेपाली सेनाका सात तथा निजी क्षेत्रका ६ वटा हेलिकोप्टर प्रयोग गरिएका छन् । मन्त्रालयले झापामा सात सय परिवारका लागि आठ सय ५१ त्रिपाल, चार सय ७५ थान कम्बल, दुई सय ६१ सेट भाँडाकुँडा र केही ड्राइफुड वितरण गरिएको जनाएको छ । सुनसरीका बाढी प्रभावितलाई ६४ क्वीन्टल चामल, एक सय २० क्वीन्टल चिउरा, ६७ क्वीन्टल भूजा, नौ सय १० किलो नुन, २१ हजार चार सय ५० प्याकेट चाउचाउ, ५० लिटर खानेतेल, ५० कार्टुन बिस्कुट, छ सय ४० पोका दालमोठ र तीन क्वीन्टल दाल वितरण गरिएको मन्त्रालयले जनाएको छ   । बाढीप्रभावित सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा पनि राहत सामग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
emountaintv.com
1,665,442
वि.सं.२०७४ असार २० मंगलवार ०८:५० मा प्रकाशित काठमाडौँ ।
sansarnews.com
5,355,463
लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लमजुङको बेँसीसहर नगरपालिकाको उदिपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
gorkhapatraonline.com
2,071,442
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीले उपत्यका र सुगम ठाउँ मात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा समस्या भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले भने, ‘कयौं कर्मचारी हामी त जाँदै जाँदैनौं जे सुकै गर्नुस् भन्ने पनि छन्’ उनले भने। संघीय सरकारले पठाएका कतिपय कर्मचारीलाई स्थानीय तहका प्रमुखले हाजिर नगराएर फर्काइदिएको कतिपय अवस्थामा राजनीतिक हस्तक्षेप भएको उनको भनाइ थियो। कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने र मेयर, अध्यक्ष तथा राजनीतिक दलका नेताले स्थानीय तहमा आफू अनुकुलका कर्मचारी खोज्ने गरेको गर्दा पनि समस्य हुने गरेको बताए। स्थानीय तहका प्रमुख, प्रदेश र संघीय सरकारका मन्त्रीले कर्मचारी छानेर माग्ने गरेको भन्दै उनले यसरी छानेका कर्मचारी २ हजार मात्र रहेको बताए। संघीय निजामती सेवामा रहेका ५३ हजारमध्ये अरू ५१ हजार कर्मचारीलाई कहाँ पठाउने उनको भनाई थियो।
nagariknews.com
1,809,778
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गरे। सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए। उनको भारत भ्रमणका क्रममा जनकपुर, जयनगर–कुर्था रेल सुभारम्भ तथा नेपाल–भारत ऊर्जा उत्पादन, विकास र विस्तारलगायत महत्वपूर्ण सम्झौता भएका थिए ।
nepalviews.com
2,984,247
२० वर्षे कृषि विकास रणनीतिअनुसार गठन गरिएको आयोग र मन्त्रालयबीच सम्बन्ध चिसिँदै गएपछि सोही रणनीति अनुरुप तय गरिएका कृषि क्षेत्रमा सुशासन, उत्पादकत्व वृद्धि, नाफामुखी व्यावसायिकरण प्रतिस्पर्धामा वृद्धिजस्ता दीर्घकालीन विषयमा दुवै निकाय विमुख देखिएका छन्। मन्त्रालयले राष्ट्रिय किसान आयोगले काम गर्न नसकेको तथा तोकिएको जिम्मेवारी पूरा नगरेको र आयोगले मन्त्रालयलाई आफ्नो काममा असहयोग गरेको भन्दै एक अर्कामाथि दोष थुपारेर पानी माथिको ओभानो बन्न खोजेको छन्। किसानको हक, हित र अधिकारको संरक्ष्ँण तथा कृषि सम्बन्धी ऐन, कानुन, नीति तथा योजना तर्जुमा गर्ने उद्देश्यले आयोगको गठन भएको भए पनि उसले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर काम गर्न खोजेको तथा सरकार मातहतका अन्य निकायको कार्यक्षेत्रमा हस्तक्षेप गरेको कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ। तर, राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भने मन्त्रालय र आयोगबीच केही काममा तालमेल मिल्न नसकेको स्वीकारे पनि अन्य निकायको कार्यक्षेत्रमा हस्तक्षेप गरेको विषयमा भने सत्यता नभएको बताउनुभयो। कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिककरण र विविधीकरण गर्ने तथा किसानको हकहितको संरक्षण गर्ने लक्ष्यका साथ आयोग गठन गरिए पनि गठन प्रक्रियादेखि नै मन्त्रालयसँग आयोगको सम्बन्ध सुमधुर नरहेको मन्त्रालय स्रोतको भनाइ छ। तर, आयोगका एक सदस्यले भने त्यसको बचाउ गर्दै अहिले पनि कृषिमन्त्री आयोगको पक्षमा रहेको भए पनि मन्त्रालयभित्र रहेको कर्मचारीतन्त्रले आयोगलाई अप्ठेरोमा पारिरहेको नेपाल समाचारपत्रसँग बताएका छन्। ‘आयोगले २० वर्षे कृषि विकास रणनीति अनुरुप भु–उपयोग ऐन, बाँझो जग्गाको उपयोग सम्बन्धी ऐन तथा कार्यविधि, किसान वर्गीकरण र योगदानमा आधारित कृषि पेन्सनको व्यवस्था गर्नेलगायत आधा दर्जन बढी कानुनी दस्तावेजका मस्यौदा तयार पारेर मन्त्रालयमा बुझाएको निकै लामो समय भयो तर त्यसको कार्यान्वयनका विषयमो कर्मचारीतन्त्र नै बाधक छ,’ उनको भनाइ छ। आयोगले कृषिका विभिन्न क्षेत्रमा गरेका अनुगमनसम्बन्धी प्रतिवेदनलाई समेत मन्त्रालयले बेवास्था गरेको ती सदस्यको भनाइ छ। कृषकका हक अधिकारलगायत नीति नियम निर्माणमा आयोगले कम चासो नदेखाएको मन्त्रालय स्रोतको भनाइ छ। ‘कतिपय विषयमा हामीले आयोगको राय सुझाव मागेका छौं तर आयोगले समयमा प्रतिक्रिया जनाउँदैन। उसले तयार पारेका ऐन, नियम तथा कार्यविधि कार्यान्वयन प्रक्रियाले पूर्णता नपाउँदा पनि असमझदारी बढेको हुनसक्छ।’ स्रँेतले नेपाल समाचारपत्रसँग भन्यो। आयोगका अध्यक्ष श्रेष्ठका अनुसार भने दुई निकायबीच नीतिगत कुरामा केही असमझदारी देखिए पनि कार्यक्षेत्र निर्धारण तथा कार्यसम्पादनका विषयमा कुनेै विमति र एकले अर्कोलाई अप्ठेरो पारेको देखिँदैन। ‘हामीले पठाएका केही कार्यविधिलाई मन्त्रालयले लामो समयसम्म अड्काएर राखेको छ। अर्को विमतिका रुपमा आयोगको स्पष्ट कार्य क्षेत्र नतोकिन र पूर्ण अधिकारको प्रत्याभूति नहुनु पनि हो।’ श्रेष्ठको भनाइ छ। आयोग गठन भएर सात सदस्यीय कार्यसमितिलाई जिम्मा लगाइएको एक वर्षभन्दा बढी समय भइसके पनि आवश्यक कर्मचारी पूर्तिका लागि मन्त्रालयले चासो राखेको छैन। कर्मचारी अभावकै कारण आयोगलाई निर्धारित कार्य सम्पन्न गर्न अपठेरो परेको एक कार्यसमिति सदस्यले गुनासो गर्ने गरेका छन्। आयोगमा सात जना कार्यसमिति सदस्यसहित ३३ जना कर्मचारीको दरबन्दी रहेको छ। तर, अहिले आयोगमा आधाजति मात्रै कर्मचारी रहेका छन। दुई वटा सदस्य सचिवको सरुवा भइसकेको आयोगमा अहिले सदस्य सचिव नै छैनन्। सरकारले २०७२ साउनमा २० वर्षे कृषि विकास रणनीति योजना सार्वजनिक गरेसँगै सोही योजनाको आधारमा २०७३ साल माघमा राष्ट्रिय किसान आयोगले पूर्णता पाएको थियो। तत्कालीन सरकारको कार्यकारी आदेशबाट पूर्णता पाएको आयोगले कृषि क्ष्ँेत्रका ऐन नियमावलीको मस्यौदा बनाउने र पारित गर्ने कामले कहिले पूर्णता पाउँछ भन्ने विषय पनि अन्योलमै रहेको देखिन्छ। आयोगले प्रारम्भिक मस्यौदा मन्त्रालयलाई बुझाए पनि मन्त्रालयले ती विषयमा चासो नदेखाउँदा आयोग आफ्नो कार्यक्षेत्र के कति हो भन्ने विषयमा नै स्पष्ट हुन सकेको छैन। डेढ वर्षसम्म पनि केही काम नगरेको देखिने आयोगको काम कारबाही सुस्ताउनुमा गतवर्ष सम्पन्न भएको तीन तहको निर्वाचन जिम्मेवार रहेको मन्त्रालय र आयोग दुवै निकायको एकैखाले जवाफ रहेको छ। नीति निर्माण तथा त्यसको कार्यान्वयनमा मात्र नभई साविकको कृषि मन्त्रालयअन्तर्गतका विभिन्न निकायको काम, कर्तव्य, अधिकार र आयोगको काम कर्तव्य अधिकार के कति हुने भन्ने नीतिगत विषयमा पनि स्पष्टता देखिँदैन। आयोगले हाल लागू भइरहेका नीति नियमहरूको नीतिगत भिन्नता पहिचान गरी कस्ता ऐन, कानुन र नीति नियम तर्जुमा गर्ने भन्ने विषयलाई दोस्रो चरणको कार्यतालिकामा राखेको छ। ऐन मस्यौदा तर्जुमा अध्ययन तथा सुझाव प्रतिवेदन तयार पार्ने, किसान सुरक्षा भत्ता तथा निवृत्तिकरण मस्यौदा कार्यान्वयनको सिफारिस गर्ने काम पनि आयोगले थाँती राखेको देखिन्छ। २० वर्षे कृषि विकास रणनीति आयोग र मन्त्रालयबीचको भुमरीमा परिहँदा केही समय अघिमात्र सार्वजनिक गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको ५८ बुँदे मार्गचित्र, सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटमा समेत स्थान पाएको देखिँदैन। २० वर्ष कृषि विकास रणनीतिको मर्म अनुरुप आयोग र मन्त्रालय दुवैले प्राथमिकतामा राखेको भनिएका किसान कल्याणकारी योजना, किसान परिचयपत्र, कृषि पेन्सन तथा किसान सुरक्षाभत्ता तथा विभिन्न किसान संघसंगठनलाई दर्ता प्रक्रियामा लैजाने लगायतका विषय भने कार्यान्वयनको चरणमा जान सकेको देखिँदैन ।
newsofnepal.com
6,274,070
प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले सो बनाउने कुरामा आफ्नो आपत्ति रहेको समेत बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेको बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो। उनले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताए। सांसद सिंहले के भैँसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ? भनी सरकारलाई प्रश्न समेत गरे। उनले भने, ‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ। किनकि निजगढ एयरपोर्ट यता दुई वटा इन्टरनेशनल एयरपोर्ट काम गर्न सकिरहेका छैन। अर्को निजगढ एयरपोर्टको आवश्यकता केरूँ खाली फास्ट ट्रयाक जोडनका लागि एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन। त्यस कारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने। तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने। र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने। के त्यहाँ भैँसी चराउनका लागि एयरपोर्ट बनाउने रु मधेशमा भैँसी धेरै पाउँछ।’ सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत गराए ।
aajakonews.com
842,613
सप्तरी जिल्लाका ४ हजार ४ सय ९४ किसानको चार महिनाको कृषि ऋणको ब्याज प्रदेश सरकारले तिरिदिएको छ ।सोमबार राजविराजमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जिल्लामा विभिन्न बैंक वित्तिय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका कृषकहरुको चार महिनाको ब्याज बराबरको रकमको चेक सम्बन्धित बैंकलाई हस्तान्तरण गरे । कोभिड–१९महामारीका कारण लकडाउन हुँदा किसानहरु सबभन्दा बढी समस्यामा परेको भन्दै मन्त्री साहले चैत, वैशाख, जेठ र असार महिनाको कृषि ऋणको ब्याज तिर्ने मन्त्रालयको योजना अनुरुप उक्त चेक हस्तान्तरण गरेका हुन् । जिल्लामा ५ लाख रुपैयाँभन्दा बढी कृषि ऋण लिएका कृषकहरुको ब्याज अर्को चरणमा तिरिदिने बताए । जिल्लामा कुल ६ हजार ५ सय ७२ जना कृषकले ब्याज तिरिदिन मन्त्रालय अन्तर्गतको कषि ज्ञान केन्द्रमा आवेदन दिएकामा ५ लाख रुपैयाँभन्दा कम ऋण लिएका ४ हजार ४ सय ९४ जना कृषकको चार महिनाको ब्याज पहिलो चरणमा तिरिएको हो । ती कृषकहरुले विभिन्न ५० वटा बैंक, वित्तिय संस्था र सहकारी संस्थाबाट कृषि ऋण लिएका थिए । मन्त्री साहका अनुसार ती किसानहरुको ब्याज बापत ३ करोड, ३ लाख, ५५ हजार ९ सय ६३ रुपैयाँ ६७ पैसा मन्त्रालयले बैंकहरुमा बुझाइएको हो । यसैगरी लकडाउनका कारण कृषि बालीनाली क्षति भएकोमा पुर्नस्थापनातर्फ १ सय ४१ जना कृषकलाई २३ लाख २१ हजार २ सय ६९ रुपैयाँ र पशुपक्षीतर्फ क्षति भएका १ सय ६६ कृषकहरुलाई ९७ लाख ६० हजार ३ सय ४० रुपैयाँ अनुदानस्वरुप प्रदान गरिएको बताए । ५ लाख रुपैयाँभन्दा बढीको कृषि ऋण लिएका कृषकहरुको हकमा आगामी आर्थिक वर्षमा ब्याज व्यवस्थापन गरिने मन्त्रालयको तयारी रहेको मन्त्री साहले बताए । प्रदेश नम्बर २ मा ८० हजार कृषकले कृषि ब्याज तिरिदिनका लागि आवेदन गरेको बताउँदै मन्त्री साहले बारामा सबभन्दा बढी १९ हजार र सप्तरीमा सबभन्दा कम ६ हजार ५ सय ७२ जनाले आवेदन गरेको जानकारी दिए । उनले ८० हजारमध्ये पहिलो चरणमा प्रदेशभरिका ५० हजार कृषकको चार महिनाको ब्याज तिरिने बताए । उनले प्रदेशभरिमा कृषकहरुले विभिन्न बैंक र वित्तिय संस्थाबाट ८० अर्बभन्दा बढी ऋण लिएको भएतापनि त्यसको अपेक्षा उत्पादन निक्कै कम रहेकोमा दुख व्यक्त गरे । यसैगरि प्रदेश सरकारले लकडाउनका कारण तरकारी र फलफूलबालीमा क्षति भएका कृषकहरुलाई प्रतिकट्ठा ७ सय ५० रुपैयाँ र कुखुराफर्महरुलाई क्षति भएको कुखुराको हकमा १ हजारसम्म कुखुराको प्रतिगोटा १ सय तथा १ हजार भन्दा माथिको कुखुराको हकमा प्रतिगोटा ५० रुपैयाँका दरले अनुदान दिने बताए । प्रदेश सरकारले लकडाउनका कारण बेरोजगार भएका युवाहरुको हकमा नव परवर्तन कृषि प्रवर्द्धन कार्यक्रम र एक दिनमा दिनको एक हजार रुपैयाँ कार्यक्रम ल्याएको बताउँदै कृषक र युवाहरुलाई सरकारसँग जोडने कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले पछिल्लो समय बाढी र अन्य विपत्तिका कारण प्रदेशमा कृषि क्षेत्र नराम्ररी प्रभावित हुँदै आएकोले कृषि विकास कोषको स्थापना गरी कृषकहरुलाई पुर्नस्थापन गर्ने तयारी गरिएको बताए । यस्तै कृषकहरुका उत्पादन बजारसम्म पुर्याउन बिचौलियाहरुको भर पर्नुपर्ने अवस्थालाई अन्त गर्न प्रदेशका हरेक प्रमुख सहरहरुमा नमुना पसल सञ्चालन गरी कृषकहरुका उत्पादन सो पसलबाट सिधै बिक्रीको व्यवस्थापन मिलाउन लागिएको बताए ।
ekantipur.com
5,085,290
शुक्रबारदेखि रिलिज भको ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनलाई लिएर चलचित्र विकास बोर्डले वक्तव्य नै निकालेको हो। बोर्डका अध्यक्ष भुवन केसीसहितका पदाधिकारी तथा सदस्यहरुलाई ‘प्रेमगीत ३’ सँगको विवादमा जोडेर गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादस्पद अभिव्यक्ति र समाचार लेखिएको जिकिर गरिएको छ। केसीले जारी गरेको विज्ञप्तिमा शुक्रबारदेखि रिलिजमा आएको ‘प्रेमगीत ३’को कर चुक्ता नै नभएकाले हिन्दी स्वरांकन नदिएको अर्को तर्क गरिएको छ। करचुक्ता नएकै कारण कारण हिन्दी भाषामा स्वरांकन अनुमति नदिइएको पनि केसीले बताएका छन्। निर्माताले कर चुक्ता गर्नासाथ पुनः स्वरांकन अनुमति शुक्रबार नै दिइएको पनि बोर्डले जनाएको छ। आइतबार सेन्सर सिफारिसिका लागि निवेदन आउनासाथ ढिलो नगरि त्यसका लागि सिफारिश गरिएको पनि जिकिर केसीले गरेका छन्। यसबारे सञ्चारमाध्यममा आएका खबरलाई पनि बोर्डले खेदजनक भनेको छ। बोर्डका अध्यक्ष केसीले आगामी दिनमा समाचार प्रकाशन, प्रशारण तथा टिप्पणी गर्दा सत्यतथ्यको ख्याल गर्न भनेका छन् ।
nepalkhabar.com
189,807
सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संघीय संसदको संयुक्त बैठकमा अनुपस्थित छन्। मंगलबार अपराह्न संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। उक्त बैठकमा अध्यक्ष ओली उपस्थित छैनन्। एमाले सचेतक सुनिता बरालका अनुसार अध्यक्ष ओली बिरामी छन्। ‘बिरामी भएका कारण अध्यक्षज्यू संसदमा अनुपस्थित रहनु भएको हो,’ उनले भनिन् ।
setopati.com
452,005
इन्डोनेसियाको राजधानी जाकर्तामा रहेको एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । बुधवार बिहान अधिकांश कैदीहरू सुतिरहेका बेला जेलमा आगलागी भएको हो । जेलको ब्लक सीमा करिब १२२ जना कैदी रहेका थिए । आगलागीमा परेकामध्ये केही पोर्चुगल र दक्षिण अफ्रिकालगायतका देशका समेत रहेका छन् । इन्डोनेसियाका कानुन तथा मानव अधिकार मन्त्री यासोन्ना लाओलीले पत्रकार सम्मेलनमा बोल्दै सम्बन्धित देशका दूतावासमा जानकारी गराइसकेको बताएका छन् । लाओलीका अनुसार ब्लकका थुप्रै ढोकाहरू बन्द रहेका कारण आगो फैलिदा खोल्न सकिएको थिएन । दजर्नाैं व्यक्तिहरू घाइते भएको र केही आइसियुमा रहेको बताइएको छ । सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको छ । १५ जना मात्रै सुरक्षा गार्ड रहेको जेलको ब्लकमा २ हजार कैदीहरू राखिएका थिए । जसको क्षमता भने ६०० जना मात्रै रहेको छ ।
hamrakura.com
2,945,776
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओली राष्ट्रपति भवन शितनिवास पुगेका छन् । प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेपनि राष्ट्रिय सभा गठनको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न ढिलाई गरेपछि प्रचण्डका साथमा ओली राष्ट्रपतिलाई भेट्न गएका हुन्। ओलीका साथमा पूर्व सभामुख सुवास चन्द्र नेवाङ पनि रहेको बताइएको छ । आफ्नो जिम्मेवारी राष्ट्रिय सभाको पनि निर्वाचन गराउनु रहेको बताउँदै प्रधानमन्त्री देउवा सत्ता हस्तान्तरण गर्न चाहिरहेका छैनन् भने वामगठबन्धनले सरकार गठनका लागि राष्ट्रिय सभाको जरुरत नभएको बताउँदै आएको छ। राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश सरकारले राष्ट्रपति कार्यालयमा बुझाएको छ, जसमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय मतका आधारमा हुनुपर्ने उल्लेख छ। एमालेले यो व्यवस्था स्वीकार गरेको छैन। नेपाली कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश स्वीकृत गर्नु बाहेकको विकल्प राष्ट्रपतिसँग नभएको बताउँदै आएको छ। राष्ट्रपति भण्डारीले भने सहमति जुटाएर ल्याएमात्र अध्यादेश स्वीकृत हुने बताएकी छन् ।
newsofnepal.com
2,416,427
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट गाली गरेर आएकाहरू पार्टी जस्तो देखिएको बताएका छन् । चार दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘म त हेर्नै सक्दिन । चित्रहरू हेर्नै नसकिने खालका छन् । त्यस्तैहरू आएका छन् । निरङ्कुशताका दलालहरू हुन् ती । लोकतान्त्रिक दलका नेतालाई खुकुरी हान्ने ? अब मोर्चाले इँटको जवाफ पत्थरले दिने हो,’ उनले भने, ‘लाखौं जनतालाई सडकमा ल्याएर हामी जिउँदै छौँ भन्ने बनाउनुपर्‍यो । म राजनीतिक लडाइँमा छु । हतियारविहीन युद्धमा छु तपाईँहरूले साथ दिनु पर्‍यो । ’ उनले आफूले केही नयाँ गर्न खोजेको बताएका छन् । लाइसेन्स, नागरिकता, सामाजिक न्यायको क्षेत्रमा विदेशमा रहेका मजदुरहरू सामाजिक सुरक्षामा आबद्ध गर्ने, देशका अनौपचारिक क्षेत्रका श्रमिक लक्षित कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले यो समाजवादको भ्रूण भएको दाबी गरे । मिटर ब्याज अन्त्य गर्न कानुन बनाएको, नागरिकताविहीनलाई नागरिकता बाँडिएको, भ्रष्टाचार र बेथितिको अन्त्य गर्न नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी अन्त्यको लागि लागेको उनले बताए । समाजवादी मोर्चाको कार्यक्रमले आफूलाई उत्साह थपेको बताउँदै प्रचण्डले सयौँ वर्षदेखि थुप्रिएको फोहोर फाल्न एकै पटकमा जादु जस्तो भने नहुने बताए । यद्यपि हेल्लो सरकारमार्फत जनताको गुनासो सम्बोधनको प्रयास गरिएको समेत उनले बताए । प्रचण्डले ठुला र दीर्घकालीन महत्त्व राख्ने आयोजना निर्माणमा पनि सरकार लागेको उनको भनाइ छ । रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढाएको बताउँदै उनले अब लोअर कर्णाली, चिसापानी आयोजनाको अध्ययन भइरहेको स्पष्ट पार्दै प्रचण्डले सीमा समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषय भारतसँग सहमति भएको बताए । आसन्न चीन भ्रमणमा कृषि क्षेत्रको विकास र व्यापार घाटा कम गर्ने, नाकाहरू खोल्ने, चीनसँग विद्युत् व्यापारको ढोका खोल्ने विषयमा समझदारी हुने उनले बताए । कोशी प्रदेशको नामकरण पछि उत्पन्न समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको बताउँदै समझदारी र वार्ताबाटै समाधान निकाल्नु पर्नेमा उनले जोड दिए । ‘सामन्तवादको विरुद्ध झन्डा उठाउने झापाबाटै इतिहासबाट मिल्काइएका राजा महाराजा आएर बोल्न कसरी साहस गरे ? कोशी प्रदेश तिरै जातीय हिसाबले भड्काउने कोसिस भइरहेको जस्तो देखिएको छ । त्यो कसरी हुँदैछ ? उनले भने । सरकारको हैसियतले ठुलो मेहनत गरेर धरानको जातीय, धार्मिक हिंसा भड्काउन खोज्नेलाई परास्त गरेको प्रचण्डले बताए । समाजवादी मोर्चा भनेकै पार्टी एकताको आधार बनाउनलाई बनाइएको हो । विप्लवले नेतृत्व गरेको नेकपा पनि मोर्चामा सहभागी हुनुको ठुलो महत्त्व रहेको प्रचण्डले बताए । विगतमा उपेन्द्र यादव, बाबुराम, विप्लवसँगै रहेको स्मरण गर्दै अब नयाँ आधारमा नयाँ एकता हुने बताउँदै प्रचण्डले यसको ठुलो महत्त्व रहेको पनि बताए ।
ratopati.com
3,164,679
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करिब २ लाख जरिवाना गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ भौरस्थित फुलेश्वर राइस मिलका सञ्चालक फुलेश्वर यादवसँग १ लाख ९६ हजार ७ सय ९७ जरिवाना गरेको हो । विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरिरहेको पाइएपछि राइस मिलका सबै सामान नियन्त्रणमा लिइएको प्रमुख यादवले जानकारी दिए । मिलको सामान नियन्त्रणमा लिएपछि मिल सञ्चालक यादवले अब उप्रान्त त्यस्तो नगर्ने भनी निवेदन दिएको र जरिवानासमेत तिरेकाले सामान छाडिएको प्रमुख यादवले बताए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
4,942,629
भोजपुरमा खोलाले बगाउँदा सब– इन्जिनियरको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ मा पर्ने ताप्लेजुङ । बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंगा गाउँपालिका-८ याम्फुदिनको थुङगिम इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको पाँचथर । फर्जी कागजात बनाएर एक भारतीय नागरिकका लागि नेपाली नागरिकता बनाउन खोजेको आरोपमा प्रहरीले विराटनगर । इटहरीस्थित एभरेष्ट बैंक ठगी प्रकरणमा बैङ्ककै अपरेसन मेनेजर निरज प्रधान जेल चलान भएका विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो इलाम । जिल्ला प्रशासन कार्यालय इलामले पाथीभराको हिसाव छानविन गर्न समिति बनाएको छ । सहायक खोटाङ । बाल यौन दुरुपयोग कसुरमा पक्राउ परेका खोटाङका कृषि विज्ञ मदन राई धरौटी तारेखमा उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ मोतियाहीले बिपन्न दलित किशोरीहरुको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले साईकल खोटाङ । खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
rajdhanidaily.com
3,661,025
रवि लामिछानेले पुन: नेपाली नागरिकता लिने क्रममा आईतबार लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा भाइरल भएकाे छ । समाजिक सञ्जालमा केही व्यक्तिले लामिछाने पुन: नागरिकता लिने क्रममा काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानविनमा परेको नेपाली पासपोर्ट राहदानी विभागमा बुझाउनु भएकाे छ। आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाउनु भएकाे हाे। काठमाडौं काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुन: सभापति बन्नु भएकाे छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा बनाउने निर्णय गरेकाे हाे । रास्वपाका महासचिव काठमाडौं । नयाँ गृहमन्त्रीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको नमूना परीक्षण गरिएको थियो । ३२६ जनाको पीसीआर र काठमाडाैं । अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय नछाड्ने बताएकाे छ । रवि लामिछानेले पद गुमाए पनि गृह मन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपा प्रवक्ता मुकुल काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित मल्टीस्टारर चलचित्र ‘फूलबारी’ले देशका ७ प्रमुख शहरमा प्रमोसन अभियान सुरु गरेको छ । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको टिमले गत शुक्रबारदेखि काठमाडाैं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते नेपाल भ्रमणमा आउने भएको छ । गृहमन्त्री इजमाइल नेतृत्वको उच्चस्तरीय टोली नेपालमा करिब १८ घण्टा काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
imagekhabar.com
2,029,820
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि आएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो ।
kathmandupati.com
4,804,316
चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादमा अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा विकासलाई राख्नुपर्नेमा जोड दिएका छन। संयुक्त राष्ट्रसंघको दिगो विकासका लागि २०३० को एजेण्डालाई कार्यान्वयन गर्न विकासलाई सबै जनताले महत्व दिने विश्वका सबै मुलुकले राजनीतिक सहमति निर्माण गरेर अघि बढ्नुपर्ने उनले बताए। कोभिड–१९ महामारीले विगत धेरै वर्षमा विश्वव्यापी विकासको चरणलाई कमजोर बनाएको छ र संयुक्त राष्ट्रसंघको २०३० का लागि दीर्घकालिन विकासको एजेण्डालाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो। उत्तर–दक्षिणको अन्तर बढ्दै गएको र विश्वले खाद्य तथा ऊर्जा सुरक्षा संकटको सामना गरिरहेको भन्दै चीनका राष्ट्रपति सीले विकासलाई केही देशहरूले राजनीतिकरण र सीमान्तीकरण गरिरहेको बताए। विश्व समुदायले शान्ति, विकास र सहकार्यका लागि अझ बलियो आकांक्षाहरू राखेको र उदीयमान बजार र विकासशील देशहरूले एकतावद्ध रहने र आत्मबल खोज्ने संकल्पलाई बलियो बनाउँदै जानुपर्नेमा उनले जोड दिए ।
kathmandupress.com
5,190,764
विनोदले ३ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै शरद भेषावकरले ४० रन बनाए। २८ बल खेलेका शरदले ४ चौका र २ छक्का प्रहार गरे। कप्तान पारस खड्काले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा २३ रन बनाए। उनीहरुबाहेक रोहितकुमार पौडेलले १९ तथा करण केसीले १६ रन बनाए। मलेसियाको क्वालालाम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा जारी दोस्रो खेलमा शृंखला क्लिन स्विप गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको हो। नेपालले शनिबार भएको पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा जित हात पारेमा पहिलो पटक इतिहासमा नेपालले टि-२० शृंखलामा क्लिन स्विप गर्नेछ। अघिल्लो खेल भन्दा यस खेलमा नेपालले दुई परिवर्तन गरेको छ। ओपनर प्रदीप ऐरीको स्थानमा पवन सरार्फ र स्पिनर बसन्त रेग्मीको स्थानमा तीव्रगतिका बलर अभिनास बोहराले मौका पाएका छन्। सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम तयारी स्वरुप नेपालले शनिबार र आइतबार(असार २८ र २९) मलेसियाविरुद्ध दुईवटा खेलको अन्तर्राष्ट्रिय टि–२० शृंखला खेल्दैछन्। आइसीसी टि–२० वरियतामा नेपाल ११औं स्थानमा छ भने मलेसिया ३५औं स्थानमा छ। मलेसियामा १० दिन बिताएर साउन ३ गते नेपाल विश्वकपको एसिया छनौट खेल्न आयोजना स्थल सिंगापुर प्रस्थान गर्नेछ। एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन्। साउन ७– नेपाल भर्सेस कतार साउन ८– नेपाल भर्सेस मलेसिया साउन ११– नेपाल भर्सेस कुवेत साउन १२– नेपाल भर्सेस सिंगापुर टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्ने छ। असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्। ग्लोबल छनौट खेल्ने स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान, आयरल्याण्ड्स, यूएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी गरी ११ टोलीको टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनौटबाट एक टोली र अमेरिका छनौटबाट दुई टोली थपिनेछन्। कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी ।
nepalkhabar.com
1,375,255
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको छलफलमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघको भूमिका महत्वपू्र्ण हुने बताए। महासचिवसँगको भेटमा नेपालको शान्ति प्रक्रिया टुंगिने चरणमा रहेको र त्यसका लागि राष्ट्रसंघको सहयोग आवश्यक पर्ने बताएका हुन्। प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक उचारचढाव र शान्ति प्रक्रियाको बारेमा महासचिव गुटेरेस जानकारी रहेको बताए। प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच प्रधानमन्त्री कार्यालयमा भेट भएको थियो। महासचिवसँगको भेटपछि प्रधानमन्त्री दाहालले भने,'नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुनेछ। ' शान्ति प्रक्रिया टुंगो लगाउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ। दलहरूबीच भएको बेमेलका कारण उक्त विधेयक अगाडि बढ्न सकेको छैन। प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया टुंग्याउन नेपालका राजनीतिक दलहरूसँगको छलफल तीव्र बनाएका छन्। प्रधानमन्त्री दाहालले महासचिव गुटेरेससँगको भेटमा पछिल्लो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति,जलवायु परिवर्तन र त्यसले पारेको असरलगायतका विषयमा छलफल भएको बताए। प्रधानमन्त्री दाहालको निमन्त्रणमा महासचिव गुटेरेस चार दिने भ्रमणका लागि शनिबार राति काठमाडौंका आएका हुन् ।
annapurnapost.com
2,804,089
मुद्दा फिर्ता लिएसंगै बचतकर्ताको रकम फिर्ता गर्न तयारी थालेका छन् । केही समयदेखि निराश भएका बचतकर्ता अब भने केही आशावादी बनेका छन् । विगतमा मुद्दा दायर गरी अदालतबाट आदेशसमेत लिएर आएपछि सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएको ओरेन्टल सहकारीका सम्बन्धमा प्रभावकारी कारबाही अघि बढाउन सकेको थिएन । तर, समितिले पटकपटक छलफल गरेर उनलाई मुद्दा फिर्ता लिन ‘कन्भिन्स’ गराएपछि बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा बुधबार फिर्ता लिएका हुन् । २०७९ असोज ७ गते ओरेन्टल सहकारी दोस्रो पटक समस्याग्रस्त घोषणा भएको थियो । घोषणा प्रक्रियामा असहमति जनाउँदै बस्नेतले सर्वोच्चमा मुद्दा हालेका थिए । मुद्दा फिर्तासँगै ओरेन्टल सहकारीबाट बचत फिर्ता नपाएका ४ हजार ३ सय बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने बाटो खुलेको हो । ओरेन्टलले ४ हजार ३ सय बचतकर्तालाई करिब ६ अर्ब ५० करोड रुपैयाँ फिर्ता दिन बाँकी छ ।
newskarobar.com
788,179
जुम्ली स्याउको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि शनिबारदेखि ‘एप्पल फेस्टिबल’ सुरु भएको छ । जुम्लामा यो दोस्रो एप्पल फेस्टिबल हो । फेस्टिबलमा स्याउका विभिन्न परिकारका स्टल राखिएका छन् । स्याउको जुस, जाम, जेली, लस्सी, एप्पल मिल्क सेक, मालिन चाना, ब्रान्डीलगायत परिकार स्टलमा राखिएका आयोजक समितिका महेश नेपालीले बताए । ‘कृषकले आफ्नो बगैंचामा उत्पादन भएका स्याउ फेस्टिबलमा ल्याएका छन्,’ उनले भने, ‘यसले स्याउको महत्त्व बढाउनुका साथै उत्पादन र बजारीकरणमा टेवा पुग्नेछ ।’फेस्टिबलमा किसानले आफ्ना समस्यासमेत राखेका छन् । स्याउका विभिन्न परिकार अवलोकनकर्तालाई बिक्री गर्नुका साथै परिकार बनाउन पनि सिकाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकले पनि स्याउको स्वाद लिने मौका पाएको नेपालीले बताए ।फेस्टिवलमा बाह्य पर्यटकलाई देखाउन स्याउको रूख पनि प्रदर्शनका लागि राखिएका छन् । जुम्लाका ९० प्रतिशत घरमा स्याउ बगैंचा छन् । साना–ठूला गरी झन्डै १५ हजार स्याउ बगैंचामा करिब साढे ४४ लाख बिरुवा रोपिएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।फेस्टिबल उद्घाटन गर्न जुम्ला पुगेकी कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले स्याउलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर थुप्रै उद्यम सञ्चालन गर्न सकिने बताइन् । नयाँ पुस्तालाई स्याउ खेती तथा यसमा आधारित उद्यममा आकर्षित गर्नका लागि सरकारले सहयोग गर्ने उनको भनाइ छ ।भदौ लागेसँगै जुम्लामा स्याउको चर्चा सुरु भएको छ । भदौ स्याउ टिप्नका लागि उपयुक्त मौसम हो । रेड डेलिसियस तथा रोयल डेलिसियस टिप्ने र बिक्री गर्ने उपयुक्त समय भदौ दोस्रो हप्ताबाट सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज पुगेपछि भारतीय स्याउ विस्थापन भएका खबर आइरहँदा जुम्ली किसान उत्साहित भएका छन् । एप्पल फेस्टिबलको रौनकले झन् उत्साह थपेको स्थानीय स्याउ किसान गोर्खबहादुर सुनारले बताए ।फेस्टिबलमा स्याउको उत्पादन, सम्भावना र चुनौतीबारे छलफलसमेत गरिएको छ । पछिल्लो समय जुम्लामा स्याउ उत्पादनको क्षेत्रफल बढेको भए पनि मात्रा अपेक्षाअनुसार बढ्न नसकेको सरोकारवाला निकायको भनाइ छ ।
ekantipur.com
3,581,690
एमालेबाहेक अन्य सबै पार्टीबाट संविधान संशोधनका पक्षमा समर्थन पाएपछि प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दललाई तीन दिनभित्र (सोमबारसम्म) समर्थनका पक्षमा आउन आग्रह गर्दै उसले अवज्ञा गरे पनि संशोधन अघि बढ्ने घोषणा गर्नुभएको जानकारी उच्च स्रोतले दिएको छ । प्रधानमन्त्री दाहालले संशोधन नभई एउटा समूह दोस्रो चरण निर्वाचनमा सहभागी नभएमा पहिलो चरणको निर्वाचनले समेत वैधता गुमाउने खतराप्रति संवेदनशील हुन एमालेका नेताहरूलाई आग्रह गरे । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र नेता भीमबहादुर रावलले एकसाथ संविधान, कानुन, ऐनविपरीत निर्वाचनका बीचमा संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धिलगायत कुनै पनि बहाना आफूहरूलाई मान्य नहुने चेतावनी दिए । राजपाका नेता महन्थ ठाकुरले एमालेको अडानले मधेसको ठूलो हिस्सालाई निषेध गर्ने र मुलुक विभाजन गर्ने खतरा बढाउन सक्ने भन्दै त्यस्तो दुस्साहस नगर्न आग्रह गरेका थिए । मुलुक जटिल परिस्थितितर्फ गइरहेको अवस्थामा संविधान संशोधन नहुनु भनेको अतिवादीलाई आत्मबल बढ्ने मौका दिनु हो’ ठाकुरले भने । बैठकमा कांग्रेस सभपाति शेरबहादुर देउवाले संशोधनको जटिल समस्यालाई निकास दिनु भनेको संविधानलाई सर्वसम्मतिमा स्वीकार गर्नु र स्थानीय तहको निर्वाचनमा सर्वपक्षीय सहभागिता गराउनु रहेको बताएका थिए । देउवाले एमालेलाई सहमति र सहकार्यको बाटो अवलम्बन गर्न पनि आग्रह गरे । राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले मुलुकको निकासका लागि आफ्नो दल संविधान संशोधनका पक्षमा जाने उल्लेख गर्दै उक्त बाटो अख्तियार गरी स्थानीय निर्वाचनमा सबै पक्ष सहभागी हुने वातवरण बनाउन एमालेलाई आग्रह गर्नुभएको थियो । संसदीय प्रणालीमा प्रतिपक्षीको भूमिकालाई कम ठान्नु नहुने भएकाले सरकारलाई पनि प्रतिपक्षी दललाई मनाउने रणनीति अख्तियार गर्न गिरीले सुझाएका थिए । मधेस टुक्रयाउने षड्यन्त्र असफल पार्न पनि संशोधन पारित हुनैपर्ने उनको धारणा थियो ।
imagekhabar.com
5,182,223
देशभर खटिएका फाउन्डेसनका टोलीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय बर्दिया, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, जिल्ला प्रशासन कार्यालय कैलाली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, प्रदेश १ को प्रादेशिक अस्पताल, कान्ति बाल अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र रुकुम (पश्चिम) जिल्ला अस्पताललाई पीपीई हस्तान्तरण गरेको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले बुधबार पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज) मा सुरक्षा उपकरण वितरण गरेको थियो। फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै २–३ दिनभित्रमा धेरैभन्दा धेरै केन्द्रमा सामग्री पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। देशभर अभाव देखिएका परीक्षण किट, मास्क, स्यानिटाइजर, अक्सिजन उपकरण, भेन्टिलेटर जस्ता सामग्री चीनका सेन्जेन, ग्वान्जाओलगायत शहरमा तयार राखिए पनि ढुवानी असहजता देखिएको भन्दै उनले विमान व्यवस्थापनका लागि सरकारसँग आग्रह गरेका छन्। ‘अबको समस्या पीपीईमात्रै होइन, उपचार सामग्रीको पनि हो। ती सामग्री चीनबाट ल्याउनका लागि विमान व्यवस्थापन गरिदिन सरकारी निकायसँगै हाम्रा मित्र, साझेदारहरूसँग नियमित सम्पर्कमा छौं,’ उनले भनेका छन्। अधिकांश सुरक्षा उपकरणहरू नेपालमा निर्माण नहुने भएकाले विदेशकै भर पर्नुपरेको उनले बताएका छन्। ‘भारत आफैं कोरोनाविरुद्ध संघर्ष गरिरहेको अवस्थामा त्यहाँ यी सामग्रीहरू निर्यातका लागि अहिले प्रतिबन्धित छन्। तर, पनि हामीले दूतावासहरू र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिरहेका छौं,’ चौधरीले भनेका छन् ।
nepalkhabar.com
4,811,494
बाल यौन दुर्व्यवहारका भयानक समाचार प्रत्येक दिन पढ्न पाइन्छ। बाल यौन दुर्व्यवहारको रोकथाममा केन्द्रित परामर्शदाताको रूपमा मलाई धेरैले प्रायः एउटै प्रश्न सोध्ने गर्छन् “यौन दुर्व्यवहारका घटना पहिलेभन्दा अहिले बढेको हो?” नयाँ आरोपको बग्रेल्ती बढेका हुन् कि भनेर जान्न स्याहारकर्ता र शिक्षकहरू उत्सुक छन्। यो उचित प्रश्न हो। यसको उत्तर सजिलो छैन। यौन दुर्व्यवहार सम्बन्धी अपराधिक घटनाबारे कमै मात्र उजुरी पर्छन्। तर यो दुःखद घटनाको अनुभवबारे कुरा गर्ने धेरै मञ्च उपलब्ध छन्। बिस्तारै ती अँध्यारा स्थान उघ्रिदै आउन थालेका छन् । जहाँ ती दोषी लुक्दै आएका छन्। यसको कुकृत्यलाई सहयोग गर्नेहरूको पोल पनि खुल्न थालेको छ। त्यसैले विश्वासिला पादरी वा परिवारका सदस्यले गरेको दुर्व्यवहार पढ्न कठिन र साक्षी बन्न पीडादायी हुने भए पनि अन्ततः आवाजविहीनको आवाज बन्न थालेकोमा म खुशी छु। तथ्याङ्कहरूको आधारमा संयुक्त राज्य अमेरिकामा दशमध्ये एक बालबालिका १८औं जन्मदिन मनाउनुअघि नै यौन दुर्व्यवहारमा पर्ने गरेका छन्। हामी यो विषयबाट टाढा भाग्न सक्दैनौं। पीडितको कथा बाहिरिदैं जाँदा अब नयाँ युगको सुरूआत भएको छ। फेब्रुअरीमा न्यूयोर्कले चाइल्ड भिक्टिम्स एक्ट लागु गरेको छ। अब बाल यौन दुराचारका दोषीलाई कारवाही गर्ने दायरा फराकिलो भएको छ। पीडितले न्याय पाउने बाटो पनि फराकिलो भएको छ। जूनमा न्यूयोर्कको स्टेट एसेम्ब्लीले “एरिन्स ल” पारित गर्यो । जसअनुसार सबै सार्वजनिक विद्यालयमा यौन दुर्व्यवहारसम्बन्धी शिक्षा अनिवार्य गरिएको छ। अब रोकथाममा केन्द्रित हुने समय आएको छ। जीवनमा कठिनाइ झेलिरहेका र जोखिममा रहेका बालबालिका पहिचान गर्न अपराधीहरू खप्पिस छन्। तर बालबालिकालाई सुरक्षा दिन आमाबाबु र स्याहारकर्ताले धेरै काम गर्न सक्छन्। बालबालिकालाई उनीहरूको भावना महत्त्वपूर्ण र उनीहरू सम्मानयोग्य भएको सिकाउनुहोस्। तर यसको अर्थ उनीहरूले मन लागेको गर्न पाउने भन्ने अर्थ लगाउनु हुँदैन। बालबालिकाले आफ्नो भावना सुनाउँदा हामीले त्यसलाई मान्यता दिनुपर्छ भन्न मात्रै खोजिएको हो। बालबालिकाले सम्मान पाए र उनीहरूको भावनाले मान्यता पाए, उनीहरू स्वयंबारे सचेत हुन्छन्। आफ्नो भावना चिन्न पनि सहयोग पुग्छ। हाम्रो भावना पहिचान गर्नसक्नु नै केहि खराब भइरहेको कुरा जान्नुको पहिलो पाइला हो। बालबालिकालाई सजिलै बहकाउन सकिन्छ भन्ने तथ्यमा अपराधी आश्रित हुन्छन्। के ठीक र के बेठीक भनेर खुट्याउन सक्ने बालबालिका जोखिमबाट बच्न सक्ने सम्भावना बढी हुन्छ। बालबालिकाहरूलाई शरिरको गोप्य अङ्ग कसैले पनि छुन, हेर्न वा त्यसबारे कुरा गर्न हुँदैन भनेर सिकाउनुहोस्। अस्पताल लगायत उपयुक्त स्थानबाहेक अन्यत्र गरिएका यस्ता कार्य अनुचित हुनेबारे बताउँनुहोस्। बालबालिकाहरू दुई वर्ष पुग्दानपुग्दै यो अवधारणा बाँड्नुहोस्। उनीहरूलाई नुहाइदिदाँ वा शौचालयको बानी बसाउने क्रममा पनि यो अवधारणा सिकाउन सकिन्छ। बच्चा ठूलो हुँदै जाँदा यो संवाद विस्तृत हुनसक्छ। विभिन्न परिस्थिती, संवाद वा अभिनय गरेर पनि यसबारे छलफल गर्न सकिन्छ। यो नियम सबैमा लागु हुन्छ भनेर बच्चाले थाहा पाएको सुनिश्चित गर्नुहोस्। धेरै बालबालिकालाई तपाईंले नबताएसम्म यसबारे थाहा हुँदैन। शरिरका गोप्य अङ्गबारे कहिले कुरा लुकाउनु हुँदैन भनेर बालबालिकालाई सिकाउनुहोस्। डाक्टरले उनीहरूको गोप्य अङ्ग हेरेर कुनै समस्या भए नभएको पत्ता लगाउने भएकाले त्यो अनुचित नहुनेबारे बताउनुहोस्। डाक्टरले परीक्षण गर्दा आमाबाबु पनि त्यहाँ उपस्थित हुनुहोस्। नभए बालबालिका डाक्टरकहाँ गएको र परीक्षणका क्रममा भएका घटनाबारे जानकारी राख्नुहोस्। उनीहरूलाई “सिक्रेट” र “सरप्राइज” को भिन्नताबारे बुझाउनुहोस्। सरप्राइजबारे थाहा हुने र थाहा पाएपछि सहज र खुशी लाग्छ। तर कहिले पनि कसैलाई बताउन नहुने सिक्रेट ठीक हुँदैन। त्यसले हामीलाई दुखी बनाउने र दुविधामा पार्नेबारे बालबालिकालाई बताउनुहोस्। दोषीले बालबालिकासँग गरेका गतिविधि गोप्य राख्ने प्रयास गर्ने भएकाले यसबारे जानकारी दिनु अत्यन्त महत्त्वपूर्ण छ। बालबालिकाले आफूनजिकका वयस्कलाई आदर्श मान्छन्। बालबालिकाले गरेका अनुभवको अर्थ बुझ्न उनीहरूकै सहयोग लिन्छन्। त्यसैले आफ्नै कथा सुनाउनुहोस्। सकेसम्म धेरै भावना र अनुभूति पनि बाँड्नुहोस्। यसले बालबालिकालाई आफ्नै अनुभव बाँड्न सहजता हुनेछ। यसबाट आफ्नो भावना अभिव्यक्त गर्नुको अर्थ र महत्त्वबारे पनि बालबालिकाले थाहा पाउनेछन्। उनीहरूले नबुझेका प्रश्नहरू पनि आउनसक्छन्। तपाईंले सुनाउने कथाहरू दुर्व्यवहारसँगै सम्बन्धित हुनुपर्छ भन्ने छैन। बालबालिकासँग गरिने यस्ता सञ्चारले उनीहरूलाई रिस, दुविधा, खुशी र दुःखको भावना बाँड्न सहयोग पुग्नेछ। अरूलाई पनि त्यस्तै अनुभव हुँदोरहेछ भनेर पनि बुझ्नेछन्। बालबालिकालाई छुनअघि उनीहरूको अनुमति लिनुहोस्। बालबालिकालाई साना साना विषयमा अनुमित लिदाँ, उनीहरूको शरिरमाथि उनीहरूकै नियन्त्रण भएको बोध हुन्छ। यसले उनीहरूलाई दोषीबाट सुरक्षित हुन सहयोग गर्नेछ। बालबालिकालाई “नाइँ” भन्न सिकाउनुहोस्। भावनात्मक इमान्दारी र शारीरिक सीमाबारे बालबालिकालाई सिकाउँदा उनीहरूलाई शरिरमाथि नियन्त्रण राख्न सहयोग पुग्नेछ। “नाइँ। मलाई अँगालो नहाल्नुहोस्। तर हात मिलाउन सक्नुहुनेछ” भन्न सिकाउँदा उनीहरूले विकल्पको छनोट गर्न सक्छन् भन्ने बुझ्नेछन्। यति गर्दा पनि दुर्व्यवहार वा दुर्व्यवहार गर्नेलाई बालबालिकाले रोक्न सक्छन् भन्ने छैन। यौन दुर्व्यवहारबाट पीडित बालबालिकाले दुर्व्यवहारको घटना खोल्दैनन्। त्यसैले उनीहरूले “नाइँ” भन्न नसके वा भाग्न पनि नसके, कम्तिमा भएको दुर्व्यवहारबारे कसैलाई बताउन सक्छन् भन्ने बुझाउनु अत्यन्तै महत्त्वपूर्ण छ। जे जस्तो भए पनि उनीहरूले भनेका कुरामा विश्वास गर्ने बताउनुहोस्। तपाईंलाई ती कुरा भनेर उनीहरू कुनै समस्यामा नपर्ने पनि बुझाउनुहोस्। दुर्व्यवहारको घटना खोल्न बालबालिकालाई आमाबाबु र स्याहारकर्ताले सहयोग गर्नसक्छन्। उनीहरूलाई आवश्यक मान्यता र सहयोग पनि पाउनसक्छन्। दुर्व्यवहार रोक्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। उनीहरूलाई आवश्यक ज्ञान र सीप दिएर कसरी सुरक्षित हुने भन्नेबारे सिक्न र कुनै दुखद परिस्थितीमा सहयोग गर्न सक्छौं भन्ने बुझाउन हामीले सहयोग गर्न सक्छौं ।
kathmandupress.com
5,003,237
बुटवल–नारायणघाट सडकखण्डको विस्तारका कारण यात्रामा असहज भएको जनाउँदै हवाइ यात्रालाई थप सहज र सजिलोका लागि बुध्द एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको हो। यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ। यसैगरी केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ। बुद्ध एयरले केही समयअगाडि मात्रै एटीआर७२ जहाज थप गरेको थियो। यसैगरी आउँदो मे महिनामा अर्को एटीआर७२ जहाज पनि थप्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए। जहाज थपिएसँगै ९ वटा एटीआर७२, तीनवटा एटीआर४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाज बुद्ध एयरसँग रहेको छ। बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। यीबाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाइट पनि गरिरहेको छ ।
nepalkhabar.com
6,360,821
भोलिको वैठकमा सहभागी हुन नसक्ने कुरा देउवाले जानकारी गराइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि (आइतबार) विहान ९ बजे बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अङ्गहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । अहिले संवैधानिक निकायमा ४५ पद रिक्त छन् । देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् । विपक्षमा रहेर पनि कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद मागेको छ । यसैगरी सबै आयोगमा दुई–दुई जना व्यक्ति आफूले सिफारिस गरिएकाबाट नियुक्त हुनुपर्ने माग कांग्रेसले राखेको छ । यता सत्तारुढ पार्टीभित्र भने ओलीले संवैधानिक निकायमा पदपूर्तिबारे अरु नेतासँग सल्लाह नगरेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका एक नेताले बताएका छन् । जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
samudrapari.com
1,225,690
तत्कालीन विद्रोही नेकपा माओवादीले २०५२ फागुन १ गते मध्यरातमा यही स्थानसहित तीनवटा चौकीमाथि फौजी आक्रमण गरी ‘दीर्घकालीन जनयुद्ध’ को घोषणा गरेको थियो। उतिबेला बन्दुक र बमबारीको आवाजले रन्थनिएका होलेरीवासी यतिबेला शान्तिको सास फेरिरहेका छन्। गोलीको पर्र्रा छुटेको स्थलमै शान्ति स्मारक बन्दै गर्दा स्थानीयमा खुसी छाएको छ। होलेरीमा शान्ति प्रक्रियापछि विस्थापित इलाका प्रहरी चौकी पुनःस्थापित भएको छ। पुरानो भत्किएको घरदेखि पाँच सय मिटर पारीको अग्लो थुम्कामा नयाँ सुविधा सम्पन्न इलाका प्रहरी चौकी भवन बनिसकेको छ। युद्धको पहिलो तारो बनेपछि चर्चामा रहेको होलेरी चौकी २०५८ असार २७ गते दोस्रो आक्रमणमा परेको थियो। दोस्रो आक्रमणमा ७१ जना प्रहरीलाई माओवादीले अपहरण गरेर लगेका थिए। त्यतिबेला सेना परिचालनका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रस्ताव गरेका थिए। राजा वीरेन्द्रले प्रस्ताव अस्वीकार गरेपछि कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा समेत दिएका थिए। त्यसकारण पनि होलेरी निकै चर्चामै रह्यो। रुन्टीगढी गाउँपालिकाको सक्रियतामा गत आर्थिक वर्षदेखि स्मारक निर्माणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले जानकारी दिए। ‘युद्धको अवधिमा रुन्टीगढी गाउँपालिकाबाट ज्यान गुमाएकाको विवरण सहितको स्मारक बनाउँदै छौं’, उनी भन्छन्, ‘राज्य र विद्रोही पक्षबाट मारिएका सबैको विवरण तयार भइसकेको छ।’ लघु पार्क सहितको शान्ति स्मारक बनाउन विस्तृत परियोजना बनाउने लक्ष्य गाउँपालिकाले लिएको पर्यटन फोकल पर्सन दिपक डिसी बताउँछन्। ‘प्रहरीको स्वामित्वमा रहेको जग्गा वरीपरीको सार्वजनिक भूभाग समेटेर पार्क बनाइनेछ’, डिसीले भने, ‘रुन्टीगढीको समग्र पर्यटन विकासका लागि पहल भइरहेको छ।’ युद्ध थालनी भएको होलेरीमा शान्ति स्मारक बनाउँदा युद्ध पर्यटनमा सघाउ पुग्ने गाउँपालिकाले विश्वास लिएको छ। गत आर्थिक वर्षको १० लाख बजेटबाट स्मारक निर्माण थालिएको हो। स्मारक परिसरमा पहिलो र दोस्रोपटक चौकी आक्रमण हुँदाको झलक दिने संरचना (डेमो) बनाउने सोच अघि सारिएको छ। आउँदो फागुन १ गतेसम्म स्मारकको उद्घाटन गर्ने तयारीसहित निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ। सहिद मार्गको सुरुआत हुने केन्द्र नै होलेरी हो। पार्कमा सहिद मार्ग परिचयसमेत राखिनेछ। युद्ध चलिरहेकै बेला तत्कालीन माओवादीले मानिसलाई निःशुल्क परिचालन गरी सहिद मार्ग खनाएको थियो। शान्तिकालमा सहिद मार्गको ट्रयाक होेलेरी हुँदै थबाङ र पुर्वी रुकुमसम्म खनिएको छ। अध्येता र आन्तरिक पर्यटक होलेरी आउने गरेको स्थानीय बताउँछन्। सहिद मार्ग हुँदै अध्ययन र अवलोकनका लागि जिल्ला आउँदा शान्तिको आभाससहित विगतको स्मरण दिलाउने स्मारक बन्न थालेको भन्दै स्थानीय खुसी छन्। रुन्टीगढीकै समग्र पर्यटकीय क्षेत्रको विकास गरी अघि बढ्नुपर्ने स्थानीय ऋषिराम श्रेष्ठले बताए। छिमेकी दाङ घोराहीबाट २९ किलोमिटरमा होलेरी पुग्न सकिन्छ। एशियाकै ठूलो उपत्यका घोराहीको उखरमाउलो गर्मी छल्न होलेरी गतिलो गन्तव्य बन्नेमा स्थानीय विश्वस्त छन्। घोराहीबाट ४५ मिनेटमा पहाडी होलेरी पुग्दा चिसो हावाको अनुभव हुन्छ। प्यूठानको स्वर्गद्वारी पुग्ने प्रवेशद्वार मानिने होलेरीमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।
annapurnapost.com
5,913,602
भक्तपुर- मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठ माथि दुर्व्यहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए । निकिशामाथि भक्तपुर नगरपालिका–१ दूधपाटीमा गत मङ्गलबार दुव्र्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो । त्यसलगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ । सार्वजनिक भएको भिडिओमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्गिक विभेद र अपमानजनक शब्द प्रयोग गरी दुव्र्यवहार गरेको र आफूलाई दुव्र्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ । प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह् दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
khabarhub.com
2,427,629
१० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् । माओवादी केन्द्रका नेता शक्ति बस्नेतका अनुसार १० दलका बीचमा साझा उम्मेदवार तय गर्ने विषयमा सकारात्मक रूपमा छलफल भएको छ । आज बस्ने बैठकले यस विषयमा सहमति जुटाउने बस्नेतको भनाइ छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी थिए । आज बस्ने गठबन्धन बैठकमा पनि शीर्ष नेताहरूको सहभागिता रहनेछ । नेताहरूले जसपाका यादवलाईसाझाउम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न नसकेको हो ।
ratopati.com
1,783,657
कान्तिपुर टेलिभिजनका प्रधानसम्पाद दिलभुषण पाठकले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लगाएका आरोपहरूको खण्डन गरेका छन् । लामिछानेले पाठकलाई ‘पापी’को संज्ञा दिँदै आलोचना गरेका थिए ।
nepalviews.com
1,258,775
सडक मजदुरीको रुपमा काम गर्दैआएका सप्तरीको बोदे बर्साइन नगरपालिका–३ का ३५ वर्षीय मो. मुस्ताकलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । गत सोमबार घरमा कोही नभएका बेला पानी पिउने बहानामा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोप उनीमाथि लागेको छ । पीडितकी आमाले दिएको उजुरी र पीडितको वयानपछि आरोपितलाई पक्राउ गरी जबरजस्ती करणीको उद्योगमा उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिए । आरोपितले घरमा कोही नभएको देखी कपडा खोली बलात्कार प्रयास गर्न खोजेको पीडितले प्रहरीसमक्ष वयान दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरले जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।
annapurnapost.com
5,249,751
भक्तपुर नपा वडा नं. ९ ब्रह्मायणीस्थित ब्रह्मायणी पुलको शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा बन्ने उक्त पुलको बिहीबार एक समारोहबीच शिलान्यास गर्नुभयो । ब्रह्मायणी पुलको लगत इस्टिमेट रु. २ करोड २९ लाख रहेकोमा रु. १ करोड ५० लाख ७९ हजार ८७२ को ठेक्का सम्झौतामा उक्त पुल पुनःनिर्माण हुँदै छ । पुलको शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले गुणस्तरीय ढङ्गले निर्धारित समयमै ब्रह्मायणी पुल पुनःनिर्माण हुने विश्वास व्यक्त गर्नुभयो । भक्तपुर नपाका नगरस्तरीय योजनाहरू उपभोक्ता समितिमार्फत सञ्चालन हुँदै आइरहेको बताउँदै नगर प्रमुख प्रजापतिले स्थानीय जनताको अपनत्व र गुणस्तरीय निर्माण नै उपभोक्ता मोडलको विशेषताको रूपमा रहेको र भक्तपुरमा उपभोक्ता मोडलले सफलरूपमा कार्यान्वयन भइरहेको छ भन्नुभयो । भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन गर्न नपाले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्नेमा जोड दिँदै आएको बताउनुभयो । सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले ख्वप अस्पताल सञ्चालनमा ल्याएको चर्चा गर्दै उहाँले जनताको साथ र सहयोगकै कारण हरेक क्षेत्रमा काम गर्न सहज भएको बताउनुभयो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ऐतिहासिकरूपले महत्वपूर्ण ब्रह्मायणी पुल पुनःनिर्माणबारे जानकारी गराउँदै यो पुल बनेपछि आवागमनमा सहज हुने बताउनुभयो । बाग्मती प्रदेश पूर्वाधार कार्यालयको आर्थिक सहयोगमा उक्त पुल पुनःनिर्माण हुने अवगत गराउँदै वडाध्यक्ष ज्याख्वले पुरानो पुल भत्काउनु अगाडि स्थानीय जनताबीच बैठक र छलफल गरी आवश्यक राय–सुझाव लिएको बताउनुभयो । ११.२ मि. लम्बाइ र ८.४० मि. चौडाइ रहने ब्रह्मायणी पुलको ठेक्का सम्झौता २०७८ असार २३ गते भएको, २०७९ असार २२ सम्ममा पुल निर्माणको सबै काम सक्ने योजना रहेको र साबिक पुलको भन्दा उचाइ पनि बढ्ने वडाध्यक्ष ज्याख्वले जानकारी गराउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले ब्रह्मायणी पुलको गुणस्तरीयता कायम हुने ढङ्गले काम सम्पन्न हुने विश्वास व्यक्त गर्दै सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा भक्तपुर नपाले मौलिक प्रविधिलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । कार्यक्रममा ब्रह्मायणी पुल निर्माण कम्पनीका ठेकेदार कृष्ण गौतमले ब्रह्मायणी पुल गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य छोरीमैंया सुजखुले पनि बोल्नुभएको थियो ।
onlinemajdoor.com
489,296
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम र सामुहिक योग गरी मनाइँदैछ । नेपालमा यो वर्ष ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि योगाभ्यासलाई जोड दिन सरकारीस्तरबाटै विभिन्न प्रयास हुँदैछन् । यसपटक योग दिवस बनाउन संघीय सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मुल समारोह समिति नै गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्री र सरकारका विशिष्ट अधिकारी सहभागी हुँदैछन् । कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभावफेरी हुने शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले निरन्तर योग गर्ने अभ्यासको बानी विकास गर्न आग्रह गर्दै आएको छ । यस अघि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी कार्यालयमा प्रवेश गरेपछि कर्मचारीहरुलाई पहिले योग र ध्यान गरेर मात्रै सेवा सुचारु गर्न निर्देशन दिएका थिए ।
lokpath.com
2,557,251
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय गरेका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्रीले विश्वासको मतको सामना संसदमा गर्छु भन्नु भएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । सकेसम्म छिटो विश्वासको मत सामना गर्छौँ । राजीनामा दिने भन्ने छैन ।
ratopati.com
667,259
काठमाडौँ, १४ कात्तिक – नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।” ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उहाँको भनाइ छ निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताउनुभयो । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित संसद् थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठह¥याएको थियो ।
lokpath.com
1,058,809
काठमाडौँको बनस्थलीस्थित संस्कार ट्रेडिङको गोदाममा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र नापतौल विभागले छापा मार्दा एक बोरा सिमेन्टमा आठ केजी तौल कम भेटिएको छ । सोमबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र नापतौल विभागको संयुक्त टोलीले पुनः छापा मार्दा एक बोरा सिमेन्टमा आठ केजीको फरकपन भेटिएको हो । यसअघि साउन ३ गते सो गोदाममा टोलीले छापा मारेर सिलबन्दी गरेको थियो । यससँगै आपूर्ति व्यवस्थापन विभागअन्र्तगत टेकबहादुर कोइरालाको संयोजकत्वमा खटिएको टोलीले गोदामभित्र महालक्ष्मी÷अम्बुजा सिमेन्ट र शिवम् सिमेन्टको तौल जोख्ने क्रममा फरक फरक तौल फेला परेको हो । एक बोरा सिमेन्टमा ५० केजी तौल हुन्छ तर अनृुगमनका क्रममा एक बोरा सिमेन्टमा छ देखि केजी आठ तौल सम्म कम भेटिएको अनुगमनका खटिएका एक जना व्यक्तिले जानकारी गराए । अनुगमन टोलीले अनुगमनका क्रममा ५० केजीको एक बोरा सिमेन्टमा आठ केजी तौल कम रहेको भेटिएको थियो । ट्रेडिङका सञ्चालक सुरेन्द्र शाक्यले भने आफूले एक बोरा सिमेन्ट बिक्री गर्दा आठ केजी तौल कमी गरी सिमेन्ट बिक्री वितरण नगरेको दाबी गरे । सिमेन्टको बोरालाई गोदामभित्र राख्दा चिसोले भेट्टाएको र बोराभित्र गिर्खा परेको सिमेन्टलाई झिक्ने क्रममा तौल कम भएको उनले बताए । ‘बोराभित्र गिर्खा परेको सिमेन्टलाई झिक्दा तौल कम भएको हो । अरू सिमेन्टमा त्यस्तो फरकपन छैन ।’ अनुगमनका क्रममा खटिएका टोलीलाई उनले जानकारी गराए । गिर्खा परेको सिमेन्टलाई किन झिक्नुभएको ? भन्ने प्रश्नको उत्तर दिँदै उनले ‘अपुग भएको बोरामा थपेर ५० केजी नै पुर्याई बिक्री वितरण गरेको बताए । तर, आधिकारिक व्यक्तिसँग सोधपुछ नगरी सिमेन्टभित्रको गिर्खालाई निकाल्न नमिल्ने भए पनि उनले त्यो नियम नमानभएपनि उनले त्यो नियम नमानेको अनुगमन टोलीको निष्कर्ष छ । यसबारेमा बोल्दै सञ्चालक शाक्यले कम्पनीले यसको क्षतिपूर्ति नबेहोर्ने बताउँदै आफूले त्यस्तो काम गर्न बाध्य भएको बताए । ‘मलाई यस्तो अनुगमन हुन्छ भन्ने नै थाहा थिएन । मेरोमा यो पहिलोचोटी अनुगमन भएको हो । नियम सबैले मान्नु त पर्छ नै । तर, बिग्रिएको सिमेन्ट कुनै कम्पनी,डिलरहरुले क्षतिपूर्ति दिँदैन । सबै हामीले बेहोर्नुपर्छ । अब कति क्षतिपूर्ति तिर्नूपर्ने हो तिरौँला ।’ शिवम् सिमेन्टको एक बोरा सिमेन्टमा आठ केजी सम्म तौल कम भेटिएको हो । यस्तै,एक सय ११ शिवम् सिमेन्टको बोरामध्ये ३५ बोरामा कम तौल देखियो भने ७६ बोरा सिमेन्टमा तौल बढी नै भएको देखियो । त्यस्तै,२३९ बोरा अम्बुजा÷महालक्ष्मी सिमेन्ट मध्ये ३४ बोराको कम तौल भेटिएको संयोजक कोइरालाले बताए । आज यहाँबाट यो प्रतिवेदन लिएर जान्छौँ । विभागमा प्रतिवेदन बुझाएपछि कामकारबाही प्रक्रिया अघि बढ्छ उनले भने‘यसको सबै जिम्मा विभागले गर्ने हो । त्यसपछि मात्रै सीलबन्दी तोडिन्छ ।’ नापतौल विभागका निरीक्षक भुवन दवाडीले यसबारे केही दिनमै निचोड निस्कने बताए । तर, कस्ता कारबाही हुन्छ ? भन्ने विषयमा आफूहरुलाई यकिन जानकारी नभएको बताए । हिजो आइतबार देखि विभिन्न विभागबाट आठ विशेष टोलीले भदौ दुई गतेसम्म विभिन्न क्षेत्रमा रहेर अनुगमन गर्ने भएको छ । खाद्य किराना, डिपार्टमेन्टल स्टोर, सुपरमार्केट,मिठाइ दूध र दूधजन्य पदार्थ,माछा मासु, स्वास्थ्यसम्बन्धि,पेट्रोलियम पदार्थ,फलफूल तरकारी,होटल लज र यातायात गरि ८ टोलीले अनुगमन गरिरहेको छ ।
makalukhabar.com
1,792,506
अवस्था यस्तो छ कि महँगीले विगत ५० वर्षको कीर्तिमान तोडेको छ । पाकिस्तानमा महँगीले सर्वसाधारणको जीवन कष्टकर बनाएको छ । अवस्था यस्तो छ कि महँगीले विगत ५० वर्षको कीर्तिमान तोडेको छ । सरकार र विभिन्न संस्थाले दिएको खानेकुरा लिन र लुट्न जताततै मानिसको भीड देखिन्छ । तथ्यांक अनुसार खाद्यान्न लुटपाटका कारण भएको भागदौडका घटनामा पछिल्लो १० दिनमा २० जनाको ज्यान गएको छ । मार्चमा पाकिस्तानमा मुद्रास्फीति दर ३५.३७ प्रतिशत रहेको छ । पाकिस्तान सरकारले आईएमएफबाट बेलआउट प्याकेज पाउन नसकेपछि यस्तो अवस्था आएको बताइएको छ । शनिबार सार्वजनिक भएको सरकारी तथ्याङ्क अनुसार महिनाको आधारमा मुद्रास्फीति दर ३ दशमलव ७२ प्रतिशत रहेकोमा गत वर्षको औसत मुद्रास्फीति २७ दशमलव २६ प्रतिशत रहेको थियो । पाकिस्तानको आर्थिक उथलपुथलको मार पाकिस्तानका जनताले भोगिरहेका छन् । कराचीकी विश्लेषक शाहिदा विजरातले भनिन्, “जसरी मुद्रास्फीति बढ्दै गएको छ, त्यसले भोकमरीको अवस्था सिर्जना भइरहेको छ भन्ने मलाई विश्वास छ।” पाकिस्तानको दक्षिणी सहर कराँचीमा शुक्रबार रमजानको समयमा खाद्यान्न वितरण गर्ने कारखानामा भीडका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । पाकिस्तानको यो आर्थिक संकटका कारण जनजीवन कष्टकर बनेको छ । उच्च मुद्रास्फीति, घट्दो विदेशी मुद्रा सञ्चिति र फराकिलो चालु खाता घाटाले पाकिस्तानले बढ्दो आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ।आयातमा प्रतिबन्ध लगाएर व्यापार घाटा कम गर्ने प्रयासका कारण पाकिस्तानमा बेरोजगारी संकट तीव्र गतिमा बढिरहेको छ । समाचार पत्र डनको रिपोर्ट अनुसार कच्चा पदार्थको अभावका कारण ठूलो संख्यामा कम्पनीहरूले उत्पादन घटाइरहेका छन् वा सञ्चालन बन्द गरिरहेका छन्। हालैका महिनाहरूमा, दर्जनौं कम्पनीहरूले उत्पादन बन्द गर्न नोटिस जारी गरेका छन्। प्रतिवेदनमा व्यापार सन्तुलन सुधार गर्न कच्चा पदार्थको आयातमा रोक लगाउनुले ठूलो सङ्कट निम्त्याइरहेको उल्लेख गरिएको छ ।
nepalviews.com
4,539,552
पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १५ हजार १७९ जनाको नमुना परीक्षण गर्दा १ हजार ५११ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ६८९ जना संक्रमण मुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या २५ हजार ७७२ रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ११ जनाको मृत्यु भएको छ। योसँगै देशभर अहिलेसम्म संक्रमणबाट मृत्युहुनेको सङ्ख्या ११ हजार २ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख १० हजार ८९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
pahilopost.com
5,588,203
कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९)मा उल्लेख छ । कृषि क्षेत्रमा मधेश प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत र गण्डकीको ९ दशमलव ६ प्रतिशत योगदान रहेको छ ।
gorkhapatraonline.com
48,541
दुई खेलको टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सका कप्तान निल रकले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । यस खेलमा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी र अविनाश बोहोरा खेल्दै छन् । नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड वोल्भ्ससँग दोस्रो खेल भोलि खेल्दै छ ।
canadanepal.com
4,516,562
हाल नेपाल प्रहरीमा ७७ जना एसएसपी र प्राविधिक सहित गरेर ३४ जना डिआइजीको दरवन्दी छ। संघीय संरचनामा जाने वित्तिकै प्रहरीको थप सङ्ख्या आवश्यक पर्ने देखिएको हो। संघीय प्रहरी ऐन लागू भएसँगै प्रहरी सङ्ख्या बढाउने गृहकार्य भइरहे पनि कुन दर्जामा कति प्रहरी थप हुने भन्ने यकिन नभइसकेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए ।
pahilopost.com
2,185,065
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।
nepalgunjnews.com
1,191,160
अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनी ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्ने गरेको छ । आगामी शुक्रबारदेखि नै चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामाको धाऊ समेतका कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । गहुँ आयातमा गर्न लागिएको प्रतिबन्ध कहिलेदेखि लाग्नेछ भन्ने स्पष्ट भइसकेको छैन । चिनियाँ आयातकर्ताहरुले तोकिएको मितिभन्दा पछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आए त्यसको जिम्मेवार आयातकर्ताहरु नै हुने चिनियाँ अधिकारीहरुले चेतावनी दिएका छन् । अधिकारीहरुले परिवर्तित नियमहरुलाई कडाईका साथ लागू गर्न आदेश दिएका छन् । अस्ट्रेलियाले गत अप्रिलमा कोरोना भाइरसको उत्पत्ति चीनबाट भएको दोषारोपण गरेयता चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ । त्यसयता चीनले अस्ट्रेलियाबाट आयात हुने सामानमा करवृद्धि गरिसकेको छ । चिनियाँ भन्सार प्रशासनले शुक्रबार अस्ट्रेलियाबाट आयातित काठमा शंकास्पद विषादी भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको जनाएको छ । भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ ।
bhaktapurpost.com
2,917,190
सो भिडन्तमा चार जना व्यक्तिको ज्यान गएको स्थानिय संचार माध्यमले जनाएका छन् । डेमोक्रेटिक जाय बाइडेनले नोभेम्वरमा सम्पन्न राष्ट्रपतिय चुनाव जितेको औपचारिक घोषणाका लागि बोलाइएको कंग्रेसको बैठक यस हिंसात्मक घटनाको कारण आकस्मिक रुपमा रोकिएको छ भने अर्को बैठक बोलाइने भएको छ । यस विषयमा अमेरिकाका पूर्वराष्ट्रपतिहरूले समेत विरोध जनाएका छन् । पूर्वराष्ट्रपति बराक ओबामा इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झने बतएका छन् । ‘यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछु उनले’ भने । यस्तै, विल क्लिन्टनले भने,’जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छ।’ त्यस्तै, जर्ज डब्ल्यु बुसले भने,’चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक (अस्थिर राजनीतिक व्यवस्था) मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन। यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो ।
newsofnepal.com
4,877,307
भारतमा थप १९ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४६ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ८६ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ८१ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४९ हजार नाघेको पुगेको छ । पछिल्लो २४ घण्टामा थप २४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार १८ पुगेको हो ।
kathmandupress.com
4,221,503
– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवासको जग्गा प्रकरणमा आफू वा आफू निकटका कुनै व्यक्तिको स्वार्थ नजोडिएको बताएका छन्। उनले यसमा कसैले आजसम्म त्यस्तो आरोप पनि नलगाएको बताएका छन्। ललिता निवास प्रकरणमा विभिन्न प्रधानमन्त्रीका पालामा कतिपय उल्लेखनीय निर्णयहरु भएका छन्। भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले पनि निर्णय गरेको हुनाले उनलाई पनि यो प्रकरणमा जोडेर चर्चा गर्ने गरिएको छ। ‘मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ! यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु,’ आइतबार उनले ट्विटरमा लेखेका छन्। तत्कालीन प्रमको हैसियतले आफूसँग जोडिएको कुरा यति मात्रै भएको र त्यसपछि के–कसो भयो आफूलाई थाहा हुने कुरा नभएको उनले लेखेका छन्। ‘देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललिता निवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने कुरा मैले संसद्‌मा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु,’ भट्टराईले लेखेका छन्। भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ। मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुॅदैन! म… नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
1,265,561
यो परीक्षण उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडीमार्फत गरिएको हो। मुलुकमा यो काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। नयाँ वर्षका दिन वैशाख १ गते परीक्षण उडान हुने भनिए पनि स्थगित गरिएको थियो। अघिल्लो हप्तादेखि आन्तरिक उडानहरू नयाँ धावनमार्गबाट भइरहेका छन्। परीक्षण उडानको विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलगायतको टोली भैरहवा आएको थियो। परीक्षण उडानका यात्रुलाई यस क्षेत्रका उद्योगी, व्यवसायी, पर्यटक व्यवसायी, स्थानीय तथा विभिन्न एयरलाइन्सका प्रतिनिधिले स्वागत गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले झन्डै ७४ वर्षपछि मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए। उनले भने, ‘सबैको अथक प्रयासपछि हामीले सफल परीक्षण उडान गरेका छौं।’ उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्रालयले अब बाँकी कामलाई तीव्रता दिने बताए। यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहिलोपटक कुबेतको जजिरा एयरलायन्सले अनुमति पाएको छ। जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुबेतबाट गौतम बुद्ध विमानस्थलमा उडान भर्ने गरी अनुमति लिएको हो। उसले हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ। यहाँबाट नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर र ओमन एयरले पनि उडान भर्ने भनेर चासो देखाएका छन्। गौतम बुद्ध विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ। विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन्। यद्यपि व्यावसायिक उडानका लागि औपचारिक पत्र भने जजिराबाहेक अन्यले पठाएका छैनन् । यो विमानस्थल २४सैं घण्टा सञ्चालनमा ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। ‘आज सिंगो मुलुक खुसी छ’, उनले भने, ‘हामीले जेठ २ मा व्यावसायिक उडान सुरु भएपछि चौबीसै घण्टा यसलाई सञ्चालनमा ल्याउँछौं ।’ तर, विमानस्थलमा केही भौतिक संरचना बनाउन बाँकी रहेकाले फुलफेजमा सञ्चालनमा आउन भने अझै पाँच वर्ष जति लाग्ने अधिकारीले बताए। गौतम बुद्ध विमानस्थले बौद्धमार्गी पर्यटकलाई आकर्षित गर्ने बताउँदै अधिकारीले लुम्बिनी क्षेत्र र सिंगो मुलुकको पर्यटन व्यवसायलाई टेवा पुग्ने बताए। कोरोना महामारीका कारण विमानस्थल सञ्चालनमा आउन भने दुई वर्ष ढिलाइ भएको उनको भनाइ छ। यसअघि नेपालकै एक ठाउँबाट अर्को ठाउँमा अहिलेसम्म ठूला जहाज उडान/अवतरण गरिएको थिएन। काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आइसकेपछि पहिलोपल्ट बिहीबार ठूलो जहाज अवतरण गरिएको हो। अब व्यावसायिक उडान सुरुपछि गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान/अवतरण गर्नेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ। यो विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अन्य मुलुक अवतरणका लागि लैजानुपर्ने बाध्यतासमेत हटेको छ। ‘विगतमा विविध कारणले काठमाडौं अवतरण हुन नसकेका जहाज भारत, बंगलादेशलगायतका मुलुकमा लगेर अवतरण गर्नुपथ्र्यो, अब भने यो समस्या हटेको छ’, प्राधिकरणका महानिर्देशक अधिकारीले भने। विमानस्थलमा जोडिएको उपकरणका कारण काठमाडौंमा भिजिविलिटी कम हुँदा अवतरण हुन नसक्ने जहाज पनि यहाँ अवतरण हुन सक्नेछन्। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ मा निर्माण सुरु भएको विमानस्थलको काम बीचमा विभिन्न समस्याका कारण धकेलिँदै आएको थियो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने अधिकारीले बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ। अहिले पहिलाको १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई ट्याक्सी–वे (विमान पार्किङस्थल) को रूपमा प्रयोगमा ल्याइएको छ। नयाँ सञ्चालनमा आएको धावनमार्ग ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको छ ।
annapurnapost.com
307,721
नेप्सेले ११ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। धितोपत्र बोर्डमा २०७५/७६ को वार्षिक प्रतिवेदन पेश नगरेका कारण बोर्डको पत्रअनुसार कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। यसरी कारोबार रोक्का हुने कम्पनीहरुमा ७ जलविद्युत कम्पनी, एक जीवन बीमा कम्पनी र तीन लघुवित्त कम्पनी छन्। नेपाल हाइड्रो डेभलपर, पन्चकन्या माई, पाँचथर पावर, राधि विद्युत, युनिभर्सल पावर, रैराङ हाइड्रोपावर र युनियन हाइड्रोपावर कम्पनीको कारोबार रोक्का भएको छ। त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सको कारोबार रोक्का भएको छ। कारोबार रोक्का हुने लघुवित्त कम्पनीहरु कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, नेसनल माइक्रोफाइनान्स छन् ।
setopati.com
2,552,412
द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले मङ्गलबार बताएको छ । सेभ द चिल्ड्रेनले यमनमा डेङ्गुको महामारी देखिएको भन्दै यसप्रति समयमै सचेत बन्न यमन सरकार त्यहाँका जनता र अन्तर्राष्ट्रिय अधिकारवादी समूहको ध्यानाकर्षण गराएको छ । सेभ द चिल्ड्रेनद्वारा मङ्गलबार जारी एक विज्ञप्तिमा भनिएको छ, ‘ यमनमा १६ वर्षभन्दा कम उमेरका कम्तीमा ७८ जना बालबालिकाले डेङ्गुको माहामारीका कारण ज्यान गुमाएका छन् भने कम्तीमा ५२ हजार व्यक्ति डेङ्गुको सङ्क्रमण भएको आशङ्कामा अस्पताल तथा स्वास्थ्य संस्थामा सेवाका लागि पुगेका छन् । ’ उक्त संस्थाले भनेको छ, ‘यसबाट यमनमा डेङ्गुका माहामारी सुरू भएको मान्न सकिन्छ । ’ सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ मा यमनमा डेङ्गुसम्बन्धी सङ्क्रमणका कारण १९२ जनाको मृत्यु भएको थियो । यसमध्ये अधिकांश व्यक्ति यमनी बन्दरगाह शहर होडैडा र एडेनका थिए । सेभ द चिल्ड्रेनका यमनस्थित संयोजक मारियम अल्दोगानीले भने, ‘सन् २०१९ मा यमनको होडैडामा डेङ्गुका कारण मृत्यु हुनेको मृत्युदर दोस्रो धेरै अर्थात् ६२ व्यक्तिले ज्यान गुमाएका थिए । यस प्रकारको समस्या यहाँ पहिले कहिल्यै देखिएको थिएन । ’ अल्दोगानी आफै पनि सन् २०१९ मा डेङ्गुको सङ्क्रमणपछि निको भएका थिए । उनले भने, ‘मसहित हाम्रो संस्थाका करिब ४० भन्दा बढी कर्मचारी र उनीहरूका परिवारका सदस्य डेङ्गुको कारण विरामी परेका थिए तर ती सबै उपचारपछि निको भएका छन् । ’ रेडक्रसले सन् २०१९ मा दिएको तथ्याङ्कका अनुसार जमेको पानीबाट फैलिने वा लामखुट्टेको टोकाइ बाट सर्ने डेङ्गु र सम्बन्धित रोगको माहामारीबाट यमन ग्रसित भएको छ । साउदी नेतृत्वको सैनिक गठबन्धनले इरान पक्षधर मानिने यमनी सिया विद्रोहीविरूद्ध सन् २०१५ मा शुरू गरेको सैन्य हस्तक्षेपका कारण दशौँ हजार व्यक्तिको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश सर्वसाधारण नागरिक रहेका छन् । संयुक्त राष्ट्रसंघले यमन द्वन्द्वका कारण विश्वमा सर्वाधिक नराम्रो मानवीय सङ्कट रहेको जनाएको छ ।
ratopati.com
4,483,011
१० वर्षे जनयुद्धका दौरान बादल र विप्लवहरु एकसाथ लडेका हुन् उनीहरुको भाषामा सर्वहारा वर्गको मुक्तिका खातिर। देशमा साम्यवादी सत्ता स्थापनाको लागि उनीहरुले दीर्घकालीन भने पनि दशकमा नै बिसाएका पनि हुन् उनीहरुकै शब्दको महान् जनयुद्ध। युद्धमा न जित भयो न हार । कालजयी यो गीत गाउँ, शहर, राजधानीका सडक चोकमा घन्किएको एक दशक अघि नै हो। यो गीतमा शहर रमाउँदै गर्दा सत्ता र सिंहासनमा थिए ज्ञानेन्द्र शाह महाराजाधिराजका रुपमा। अनि सडकमा थिए दलहरु र तिनका समर्थकहरु। सोही गीतिभाका बमोजिम व्यवस्था परिवर्तनको कार्यभार पूरा भएको पनि करिब दशक अघि नै हो । शृङ्खलावद्ध 'बम' विष्फोटनका घट्नाले पनि त्रसित र भयभित जनमनका पाइलाहरु रोक्न सकेन। जनताको स्वतःस्फूर्त चुनावी मोह आइतबार बिहानी सूर्योदयसँगै सुरु र सूर्यास्तसँग सकियो। यो सफल पहिलो चरणको मतदानसँगै चुनावी सफलतामा एक नयाँ कोसेढुंगा थपिएको छ भने संविधान कार्यान्वयनको एक नयाँ अध्याय नयाँ उचाइमा पुगेको छ । २०५२ सालमा तत्कालीन माओवादी जनयुद्धका अनेकन कारण थिए। यसमध्ये मुख्य कारण थियो –०४६ को परिवर्तनपछि कांग्रेसले एकछत्र रुपमा सरकार चलाउन पाएको अवसर दुरुपयोग गरेर हर क्षेत्रमा जवर्जस्त लादिएको कांग्रेसीकरण र मध्यावधि चुनावको अस्थिर राजनीतिक दाउपेचको परिणाम । उच्चस्तरीय चिनियाँ टोली अन्तरदेशीय रेलमार्गको सम्भाव्यताबारे प्रारम्भिक अध्ययन गरेर स्वदेश फर्किएको केही घण्टापछि चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको बुढीगण्डकी जलविद्युत आयोजना सरकारले खोसेको छ। उत्तरका नाका जोड्ने पूर्वाधार बनाउन सीमा क्षेत्रका नेपालीहरुले जोड दिइरहेको र काठमाडौंस्थित चिनियाँ राजदूतले त्यस्ता पूर्वाधारमा चीनको पनि रुची रहेको बताइरहेको दुई राजनीतिक परिदृश्यबीच आयोजना सिंहदरबारले खोसेको छ । प्रचण्ड भनार्इ थियो, ‘तपाईहरुलाई हामी पूर्वजनमुक्ति सेना भयौँ, हाम्रो भूमिका पार्टीले बुझेन भन्ने लागेको होला। तपाईहरु मात्र होइन, म पनि पूर्व नै भएँ। तपाईहरु पूर्वजनमुक्ति सेना, म पूर्वसुप्रिम कमाण्डर। तपाईहरुका समस्या मैले भुलेको छैन । प्रदेश तथा संसदको चुनावको मुखमा कांग्रेस महामन्त्री शशांक कोइरालाले इतिहासमै आफ्नो दल यसपटक कमजोर बन्दै प्रतिरक्षात्मक अवस्थामा पुगेको स्वीकारेका छन्। महामन्त्री कोइरालाको स्वीकारोक्ति उनको व्यक्तिगत र पदीय कमजोरीको समीक्षा मात्रै होइन, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका लागि आलोचना, चुनौति र खतरा पनि हो । प्रदेश तथा संसदको चुनावको मुखमा कांग्रेस महामन्त्री शशांक कोइरालाले इतिहासमै आफ्नो दल यसपटक कमजोर बन्दै प्रतिरक्षात्मक अवस्थामा पुगेको स्वीकारेका छन्। महामन्त्री कोइरालाको स्वीकारोक्ति उनको व्यक्तिगत र पदीय कमजोरीको समीक्षा मात्रै होइन, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका लागि आलोचना, चुनौति र खतरा पनि हो । किनभने यो देशको राजधानी सहरको मुख्य क्षेत्र हो। भूगोल, जनसंख्या, जनताको चेतनास्तर र राजनीतिक परिवर्तनका हरेक श्रृङ्खलाको साक्षी बसेका र आफैंमा तुलनात्मक रुपमा धनी र सम्पन्न वर्गको खर्क पनि हो । प्रदेश तथा संसदको चुनावको मुखमा कांग्रेस महामन्त्री शशांक कोइरालाले इतिहासमै आफ्नो दल यसपटक कमजोर बन्दै प्रतिरक्षात्मक अवस्थामा पुगेको स्वीकारेका छन्। महामन्त्री कोइरालाको स्वीकारोक्ति उनको व्यक्तिगत र पदीय कमजोरीको समीक्षा मात्रै होइन, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका लागि आलोचना, चुनौति र खतरा पनि हो । कात्तिक २१ गतेको बजारको बिकाउ खबर थियो, पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवको घर भाडा प्रकरण। घर भाडाका विषयमा पटकपटक समस्यामा पर्दै आएका गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादव पुनः समस्यामा परेको खबरले देश विदेशमा नयाँ बहस नै शुरु गर्‍यो । गृह मन्त्रीका रुपमा देउवाको यो उम्दा उपलव्धी कर्म हो। कानूनको शासन र सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा यो सरकारको सबैभन्दा ठूलो उपलव्धी हो । वाममोर्चाको तर्फबाट उपत्यका संघर्ष समितिका संयोजक थिए, दोलखाका माले नेता जीतवीर तामाङ। र, जीतवीरहरुका सारथी थिए पशुपति चौलागाई, लालकुमार केसीहरु । उनकै शब्दमा देशको नेतृत्वविहिनताको वर्तमानमा पूर्वराजा ज्ञानेन्द्र शाहले जिम्मेवारी लिने र नेतृत्व दिने उपयुक्त बेला आएको दाबी गरेका छन्। कात्तिक ४ को भाइटीकामा पूर्वराजाबाट आएको यो शासकीय महत्वाकांक्षाको रहरको ठीक भोलिपल्ट देश संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रदेश र प्रतिनिधिसभाको चुनावको पहिलो चरणको पहिलो कार्यसूचि पूरा गर्न सफल भएको छ ।
pahilopost.com
5,058,549
शनिबार रातको १२ बजेर ४७ मिनेट गएको थियो। मध्यपुरठिमी ३ कौशलटारस्थित सडकबाट काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटनामा परेको देख्नासाथ महानगरीय प्रहरी कार्यालयले प्रहरी परिसर भक्तपुरमा खबर गर्‍यो। लगत्तै ठिमी वृत्तबाट प्रहरी निरीक्षक इन्द्रमणि अधिकारी नेतृत्वको टोली त्यसतर्फ गयो। कार दुई वटा सडकको लेनको बीचमा रहेको फलामको रेलिङ भाँच्चिने गरी ठोक्किएको थियो। घटनास्थलनजिकै सडकमा एक महिला अचेत अवस्थामा फेला परिन्। प्रहरीले उनलाई तत्कालै मध्यपुर अस्पताल ठिमीमा पुर्‍यायो। तर चिकित्सकहरुले मृत्यु भइसकेको जानकारी दिए। ती मृत महिलाको बिहानसम्म पनि सनाखत हुन सकेन। भक्तपुरका प्रहरी प्रवक्ता दीपक गिरी भन्छन्, ‘बिहानसम्म त हामीलाई पनि के हो, के हो भन्ने लागेको थियो।’ तर, दुर्घटना भएको कारको नम्बरका आधारमा प्रहरीले कार धनी पत्ता लगायो। बा ८ च ४७५६ नम्बरको कारका चालक रहेछन् भक्तपुरको ठिमी नगरपालिका १ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की। उनी पक्राउ परेसँगै मृतक महिला काठमाडौं महानगरपालिका ४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठ भएको पत्ता लाग्यो। प्रहरीले रञ्जितलाई नियन्त्रणमा लिएसँगै खुल्यो घटनाको रहस्य। रञ्जितले प्रहरीलाई बताए अनुसार रिया र रञ्जितसहित चार जनाले राधेराधेको एक होटलमा रातिसम्म खानपिन गरे। रन्जितले आफूहरु साथीसाथी मात्रै रहेको बताएका छन्। रञ्जितका अनुसार उनीहरु चार जना खानपिन सकेर रियालाई धुम्बाराहीस्थित घरसम्म पुर्‍याउन फर्किंदै थिए। कारमा सँगै थिए ठिमी ५ राधेराधेका २६ वर्षीय विजय देउजा र सूर्यविनायक ४ गाम्चाका २७ वर्षीय सुदीप थापा। रन्जितले कार चलाएका थिए। रिया अगाडिको अर्को सिटमा बसेकी थिइन्। विजय र सुदीप पछाडिको सिटमा थिए। भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको कार देब्रेतर्फको रेलिङमा ठोक्किएर दुर्घटनामा पर्‍यो। दाहिनेतर्फ बसेका रञ्जित र सुदीपलाई चोटपटक लागेन। विजयलाई सामान्य चोट लाग्यो । तर रियाको भने घटनास्थलमै ज्यान गयो। रियाको ज्यान गएपछि आफूहरु उनलाई त्यहीँ छाडेर घर गएको रञ्जितले बताएका छन्। तर प्रहरीले सीसीक्यामेरा र गाडी नम्बरका आधारमा उनीहरुलाई पत्ता लगायो। दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताएका छन् ।
nepalkhabar.com
2,576,005
उनी द कपिल शर्मा शोका महत्वपूर्ण हिस्सासमेत हुन् । यद्यपी, पुलवामा हमलामाथि उनको बयानले इन्टरनेटमा उनीबारे विभिन्न नकारात्मक टिप्पणी आए जसका कारण निर्माण पक्षले सिद्धूलाई कार्यक्रमबाट हटाउनु पर्यो । उनको सट्टामा अर्चना पूरण सिंहलाई राखिएको छ । द कपिल शर्मा शोको शनिबारको एपिसोडमा कपिल शर्माले नवजोत सिंह सिद्धूले पठाएको एक पत्र लिएर सेटमा आए र त्यो सबैको सामुन्ने पढेर सुनाए । पत्रका लेखिएका शब्द यति रोचक थिए कि सबैजना निकै हाँसे । उक्त पत्रमा लेखिएको थिये, ‘डियर अर्चना, म तिम्रो राम्रो स्वास्थ्यको कामना गर्छु । म कामना गर्छु कि तिमी निकै स्वस्थ हौ । यति स्वस्थ कि तिमीलाई सोफामै बस्न गाह्रो होस् । ’ कपिलले सिद्धूले लेखेको पत्र पढ्छन्, ‘म तिम्रो लागि आफ्नो घर छोड्न सक्छु । आफ्नो काम छोड्न सक्छु र आफ्नो शहर छोड्न सक्छु । तर तिमीले मेरो कुर्सी छोड्नुपर्छ । तिम्रो प्यारो नवजोत सिंह सिद्धू । ’ स्मरण रहोस्, नवजोत सिंह सिद्धूको ठाउँमा अर्चना जब आएकी थिइन् तब कपिलले उनलाई ननिकालेको स्पष्टिकरण दिएका थिए ।
ratopati.com
2,121,467
१८९. काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्‍ट्रिय क्रिकेट मैदान आगामी दुई वर्षभित्र सञ्‍चालनमा ल्याइनेछ। निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेटलगायतका खेल मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्नेछ। क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ। काठमाडौं उपत्यकामा अन्तर्राष्‍ट्रियस्तरको राष्‍ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ। सबै प्रदेशमा सुविधासम्पन्‍न रङ्‍गशाला र स्थानीय तहमा दीर्घकालीन महत्त्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीब्रता दिइनेछ ।
mysansar.com
122,699
उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो । कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान थालेपछि नोक्सान हुन नदिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटको लगानीमा स्टोर बनाइएको हो । सुविधासम्पन्न भण्डारण भवन निर्माण भएपछि कृषकलाई सुन्तला भण्डारण गर्न सहज भएको सुन्तला कृषक शक्तिबहादुर वलीले बताए । सुन्तला टिपेर लामो समयसम्म सुरक्षित गर्न सकिने भएकाले सेलारमार्फत स्टोर गरी कृषकको अर्थोपार्जनमा टेवा पुग्ने परियोजनाले विश्वास लिएको कार्यालयले जनाएको छ । परियोजना र प्रगतिशील युवा कृषि सहकारी संस्थाको १२/१२ लाख लागतमा सेलार स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए । सेलार स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलालाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने बस्नेतको भनाइ छ । उचित भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्दै आएका थिए । अब गाउँमै सेलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै बिक्री गर्न सहज हुने प्रमुख बस्नेतको भनाइ छ । कृषिजन्य वस्तुको भण्डारण सेलार स्टोर निर्माणले यस क्षेत्रका कृषकको पुरानो मागलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाका सुन्तला व्यवसायीले बताएका छन् । गाउँमै सेलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ । भवनभित्र सुन्तला भण्डारण गर्न सहजताका लागि काठका र्याक निर्माण गरिएका छन् । भवनमा कृषकको मात्र सुन्तला भण्डारण गरिनेछ । कुशेमा सुन्तला उत्पादन क्षेत्र विस्तारसँगै वृद्धिमा समेत टेवा पुग्ने देखिएको छ । यसभन्दा अघि साना अर्थात खेर जाने सुन्तलाको जुस निकाल्ने कार्यसमेत शुरु भइसकेको छ । आउँदो आर्थिक वर्षमा सुन्तलाको पकेट रहेका सबै पालिकामा सुन्तलाको जुस बनाउने काम शुरु गर्न लागेको परियोजनाको भनाइ छ ।
nepalwatch.com
5,847,907
फाइल फोटो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन् ।
khabarhub.com
5,482,168
वैदेशिक रोजगारीबाट स्वदेश फर्केका सुनसरीका एक युवकले चार वर्षदेखि आफ्नै घरमा च्याउ खेती थालेका छन् । विदेशमा छोटो समयको काम पाइने र त्यसमा पनि जोखिम धेरै हुने भएकाले जेनतेन दुई वर्ष खाडी मुलुकमा वैदेशिक रोजगारी गरेर स्वदेश फर्केका वराहक्षेत्र नगरपालिका–११, मधुवनका रोशन गुप्ताले घरमै च्याउ खेती थाल्नुभएको हो ।
gorkhapatraonline.com
5,393,036
ङ्क्र यसमा अलिकति पृष्ठभूमि नै केलाउनु बेस हुन्छ भन्ने मलाई लाग्छ । हामी कहाँबाट आएका हौँ भनेर व्याख्या गर्नु उपयोगी छ किनकि हामी युरोपेली सङ्घ र नेपालबिचको ५० वर्षको सम्बन्धको यात्रामा छौँ । सुरुमा, सन् १९७४ मा मास्ट्रिच सन्धि हुनुअघि, हामी युरोपेली सङ्घ बन्नुअघि हाम्रो सम्बन्ध मुख्यतया विकास पक्षमा केन्द्रित थियो । युरोपेली सङ्घ बनेपछि हाम्रो सम्बन्धको आयाम बढ्दै गयो । यद्यपि विकास सहायता नेपालसँगको हाम्रो सम्बन्धको महìवपूर्ण स्तम्भका रूपमा अझै पनि रहेको छ । हामीले हाम्रो विकास सहयोग पोर्टफोलियोमा के छ भनेर हे¥यौँ भने हाम्रा तीन वटा आधारभूत प्राथमिकता पाउँछौँ । ती नेपालका आफ्नै प्राथमिकता र राष्ट्रिय विकास योजनासँग मिल्दाजुल्दा पनि छन् । पहिलो हरित पुनर्लाभ (ग्रिन रिकभरी) मा हो । यो नवीकरणीय ऊर्जासँग निकट छ र यो नेपालभित्रका समुदायका लागि आन्तरिक खाडल पूर्तिसँग सम्बन्धित कुरा पनि हो । यो आन्तरिक खाडललाई पूर्ति गर्न हामीले प्रसारण लाइन र जलविद्युत्मा लगानी गरेका छौँ, यस क्षेत्रमा विद्युत् निर्यात गर्ने नेपालको सम्भावनाको फाइदा उठाउन सहयोग गरिरहेका छौँ । हामी निःसन्देह युरोपेली सङ्घ हौँ, त्यसैले क्षेत्रीय एकीकरणका साथ कुनै पनि कुरा हाम्रो चासोको हो र हामी यसलाई समर्थन गर्न चाहन्छौँ । दोस्रो आधार मानव पुँजीको सेरोफेरोमा रहेको छ; जसको प्रमुख आधार शिक्षा हो । हामीले शिक्षामा पहुँचको सन्दर्भमा राम्रो उपलब्धिसाथ ३० वर्षभन्दा अघिदेखि लगानी गरिरहेका छौँ । ३० वर्षअघिको शिक्षामा विशेष गरी बालिकाको पहुँचको तथ्याङ्क हे¥यौँ भने (मलाई लाग्छ, यो १२ प्रतिशत थियो) धेरै परिवर्तन भएको छ र लगभग समानता र प्राथमिक शिक्षामा उच्च पहुँच पुगेको छ । धेरै काम गर्न बाँकी छ, विशेष गरी शिक्षाको गुणस्तरमा । त्यसैले हामी शिक्षा क्षेत्रमा नेपाललाई सहयोग तेस्रो प्राथमिकता भनेको सुशासन हो । हाम्रो उद्देश्य नेपालको संविधान र सङ्घीयता कार्यान्वयन गर्न सहयोग गर्नु हो । त्यसका लागि हामीले हाम्रा विकास कार्यक्रममा यस विषयलाई केन्द्रित गर्छौं । र, मानव अधिकार यी सबै गतिविधिको महत्वपूर्ण आधार हो भन्नेमा स्पष्ट छौँ । हामीसँग त्यसका दुई सूचक छन् । तीमध्ये एउटा लैङ्गिकता हो, जुन हाम्रा सबै क्रियाकलापको प्रमुख घटक मात्र होइन । हामीसँग भएका एकल कार्यक्रमले लैङ्गिक समानता सुनिश्चित गर्न आवश्यक विभिन्न कारकमा, जस्तो कि लैङ्गिकतामा आधारित हिंसाको उन्मूलन, सशक्तीकरण, महिलालाई आर्थिक स्वतन्त्रता प्रदान गर्ने र नेतृत्वका पदमा महिलालाई आयआर्जनका अवसर प्रदान गर्न अनुमति दिँदै लैङ्गिकता प्रवर्धनमा केन्द्रित छन् । अर्को सूचक भनेको सङ्घीयताको एजेन्डा हो । हाम्रा सबै व्रियाकलाप स्थानीय सरकारलाई समर्थन र सहयोग गर्ने गरी लक्षित छन् । हो, यसको समयसीमा अवश्य छ । म यो पनि स्पष्ट पार्न चाहन्छु कि, हाम्रो हालको विकास साझेदारीको कार्यक्रम २०२१ देखि २०२७ सम्मकोे छ । २० करोड युरोभन्दा बढीको साझेदारीमा काम गरिरहेका छौँ । हामीले सन् २०२१ देखि २०२४ सम्मको पहिलो चरण पार गर्दै छौँ । यसपछि अब सन् २०२४ मा मध्यकालीन समीक्षा आउँदै छ । यी कार्यव्रमको कार्यान्वयन राम्रो भइरहेको छ । हामीले नेपाल सरकारका प्राथमिकता पनि यिनै हुन् भनी पुनः पुष्टि पनि गरेका छौँ । मध्यकालीन समीक्षापछि यसबारे थप निर्णय हुन्छ तर दोस्रो चरणका लागि जारी रहने राम्रो सम्भावना छ । व्यापार र लगानीमा पनि हाम्रो ध्यान नेपाललाई अति कम विकसित मुलुकको समूहबाट स्तरोन्नतिमा सघाउर्नेतर्फ केन्द्रित छ । जब नेपाल मध्यम आय भएको (विकासशील) देश बन्छ, यसले हामीसँग अहिलेको सहयोगबाहेक सबै कुरामा पहुँच गुमाउने छ, जसमा कुनै शङ्का छैन तर यसले ‘जनरलाइज्ड स्किम अफ प्रिफरेन्सेस प्लस (जिएसपी प्लस)’ नामक अर्को व्यवस्थामा पहुँच पु¥याउन सक्छ, जसबाट नेपाली वस्तु तथा सेवामा कुनै अवरोध नगरी निर्यात गरेर बजारमा पहुँच पुयाउन र धेरै फाइदा पनि पाउन सकिन्छ तर त्यसमा पहुँच स्थापित गरेर सक्षम हुन अन्य धेरै सर्त छन्; जुन मानव अधिकार र श्रम तथा वातावरणीय मापदण्डका सन्दर्भमा पूरा गर्न आवश्यक छ । हामी त्यसलाई नेपालले अनुमोदन गर्ने धेरै महासन्धिका आधारमा मापन गर्र्छौं । हाल नेपालले अनुमोदन गर्नुपर्ने तीन वटा महासन्धि छन् । दुई वटा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्वतन्त्रता एवं सङ्गठनको अधिकारको संरक्षण र श्रम निरीक्षण तथा अर्को जैविक सुरक्षा र जैविक विविधतासम्बन्धी कार्टाजेना हामीले नेपालको स्तरोन्नतिलार्ई सहयोग गर्ने वाचा गरेका छौँ तर यसमा नेपालबाट केही गृहकार्य गर्न बाँकी छ । बहुपक्षीय मञ्चहरूमा हाम्रा सबै काम पनि हाम्रो द्विपक्षीय सहयोगसँग जोडिएका छन् । उदाहरणका लागि, जलवायु परिवर्तन जस्ता मुद्दा छन् । यसबाहेक बहुपक्षीय क्षेत्रमा नेपालले भौगोलिक अखण्डता, सार्वभौमसत्ताको सम्मान र संयुक्त राष्ट्रसङ्घ बडापत्रको सम्मानको आवश्यकतामा हाम्रो अडान साझा गरेकोमा हामी धेरै खुसी छौँ । यी हाम्रा संयुक्त मूल्यमान्यता हुन् र यो नेपालसँगको हाम्रो अडानमा पूर्ण रूपमा साझेदारी गर्ने कुरा पनि हो । यसले वास्तवमै बहुपक्षीय मञ्चमा हामीलाई नजिकको साझेदार हुन मद्दत गर्दछ । यो हामीले वर्षौंदेखि नजिकबाट नियालिरहेको विषय हो । तपाईंलाई थाहा छ, युरोपेली सङ्घले शान्ति प्रक्रिया र नेपालको शान्ति कोषमा योगदान गरेको थियो साथै सङ्क्रमणकालीन न्याय एक हिसाबले शान्ति प्रव्रियालाई प्रभावकारी रूपमा टुङ्गोमा पु¥याउन गर्नुपर्ने रहस्यात्मक पहेलीको अन्तिम टुक्रा हो । समावेशी, बृहत्, पीडितकेन्द्रित र अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्ने हो भने सङ्क्रमणकालीन न्याय प्रक्रिया सफल हुने कुरा संयुक्त राष्ट्रसङ्घका महासचिवले राम्रोसँग राख्नुभएको मलाई लाग्छ । हामी त्यो अडानलाई पूर्ण समर्थन गर्छौं । हामी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक जति सक्दो चाँडो पारित भए कार्यान्वयनमा गएको हेर्न चाहन्छौँ तर हामी यो संवेदनशील प्रक्रिया पनि हो भनेर पूर्ण रूपमा बुझ्छौँ । हामीलाई थाहा छ यो धेरै जटिल छ । नेपालीको स्वामित्वमा हुनु पर्छ । त्यसैले अन्तर्राष्ट्रिय समुदायका रूपमा, हामीले गर्न सक्ने एउटै कुरा भनेको प्रक्रियालाई समर्थन गर्नु र कार्यान्वयनमा समर्थन गर्ने आश्वासन दिनु हो तर नेपाल सरकारले चाहेको खण्डमा हामी मध्यस्थता गर्न र सङ्क्रमणकालीन न्यायलाई आवश्यक आर्थिक सहयोग प्रदान गर्न वा दुवै सहयोग गर्न तयार छौँ । किनभने सङ्घसँग विभिन्न देशको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन गरेको मध्यस्थताको अनुभव र विज्ञता छ । यस जवाफमा दुई पाटा छन् । पहिलो, यो स्पष्ट छ कि युक्रेनविरुद्ध रुसी आक्रमणका विषयमा युरोपेली सङ्घको धेरै ध्यान केन्द्रित भइरहेको छ तर दोस्रो पाटोमा यस्तो कठिन परिस्थितिमा हामीलाई के चाहिन्छ भन्नेबारे युरोपेली सङ्घ पूर्ण रूपमा सचेत छ । त्योभन्दा बढी सहयोगी छन्, कम होइन । हामी आफैँलाई अलग्गै राख्न सक्दैनौँ । त्यसकारण, समान विचारधारा भएका देशमा सँगै काम गर्न पुग्ने थप प्रयास रहन्छ । किनभने यी सङ्कट एक आपसमा जोडिएका छन् । युक्रेनमा रुसी आक्रमणले युक्रेनलाई मात्र नभई युरोप र सारा विश्वमा खाद्यान्नको उच्च मूल्य, उच्च ऊर्जा मूल्य र उच्च मुद्रास्फीतिलाई असर गरेको छ । यसको असर नेपालमा पनि परेको छ । तसर्थ यस्तो कठिन परिस्थितिमा हामीले हाम्रा साझेदारहरूसँगको सम्बन्धलाई मजबुत बनाउन आवश्यक छ र नेपाल पक्कै पनि नजिकको मित्रका रूपमा गनिन्छ । नेपाल विगत १० वर्षदेखि युरोपमा हवाई असुरक्षाको सूचीमा छ । हामीले वर्षौंदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई यसको सुरक्षा र हवाई सञ्चालनको निरीक्षणका केही पक्षमा सुधार गर्न सहयोग प्रदान गरेका छौँ । सेप्टेम्बर ११ देखि १५ सम्म भएको युरोपेलीको मूल्याङ्कन मिसनले नागरिक उड्डयन प्राधिकरण र केही हवाई वाहकको समीक्षा ग¥यो । उनीहरूले एउटा प्रतिवेदन तयार गरे; जुन अहिले युरोपको वायु सुरक्षा समितिलाई पनि पठाइएको छ । उक्त समितिको अर्को बैठक नोभेम्बर १५ देखि १७ सम्म बस्दै छ । उनीहरूले प्रतिवेदनको समीक्षा गरी नेपाललाई हवाई सुरक्षा सूचीबाट हटाउने अवस्था छ कि छैन भन्ने निर्णय गर्नेछन् । उनीहरूले निर्णय गर्छन् तर मलाई लाग्छ कि नोभेम्बरको अन्त्य वा डिसेम्बरको सुरुमा हामीले हामी कहाँ उभिइरहेका छौँ भनेर थाहा पाउन सक्छौँ । हामीले हाम्रा सबै सेवाग्राही, युरोपेली र नेपालीको सुरक्षालाई जोखिममा राखेको मुद्दामा ध्यान केन्द्रित गर्नु आवश्यक छ तर यसमा सुरक्षाको विषय अपरिवर्तनीय छ । म यहाँ पहिलो पटक आइपुग्दा यो कुराले मलाई साँच्चै स्तब्ध बनायो र म यसको श्रेय झुटा समाचार र गलत सूचनालाई दिन्छु । युरोपेली सङ्घलाई हेरौँ न । युरोपेली सङ्घका अधिकांश देशमा व्रिस्चियन धर्ममा जरा गाडिएको संस्कृति छ तर २७ देशमध्ये कुनै पनि देशमा क्रिस्चियन सरकार छैन । हामी सबै धर्मनिरपेक्ष हौँ । मैले यो धर्म परिवर्तनको विषय संसारमा कतै सुनेको छैन । मैले ल्याटिन अमेरिकामा काम गरेको छु, मैले अफ्रिकामा काम गरेको छु र यो मुद्दा कतै आएको छैन किनभने हाम्रो समाज र युरोपेली सङ्घ धर्मनिरपेक्षतामा विश्वास राख्छ । हाम्रा सबै कानुन र हाम्रा सरकार दृढतापूर्वक धर्मनिरपेक्ष छन् । साथै हामीसँग धेरै अल्पसङ्ख्यक छन् । हामीसँग धेरै मुस्लिम जनसङ्ख्या छ; बौद्ध धर्मावलम्बी छन् र पक्कै पनि हिन्दु पनि छन् । नेपाल जस्तै शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सक्ने समाजका लागि धर्मनिरपेक्ष छाता हुनु पर्छ । हामीले वकालत गर्ने एउटै कुरा भनेको धर्म र आस्था स्वतन्त्रता विषय हो तर र म यसबारे अडिग छु, हाम्रो कुनै पनि सदस्य राष्ट्र कहिल्यै धर्म परिवर्तनमा संलग्न भएको छैन । म थप यात्रा गर्न तत्पर छु । नेपाल पहाड र हिमालको देश हो र म पहिलो पटक मधेश प्रदेश गएको हो । मधेश कृषिमा धेरै सम्भावना भएका तर त्यहाँ मरुभूमीकरणको हिसाबले ठुला चुनौती भएको क्षेत्र रहेछ । हामीले पानी संरक्षणमा हाम्रा केही परियोजना हेरेका थियौँ । मैले चुरे क्षेत्रको संरक्षण गर्नु कति आवश्यक छ भनेर यो भ्रमणबाट सिकेँ । त्यसपछि जनकपुरमा स्थानीय सरकारसँग पनि भेट भयो । प्रदेशका मुख्यमन्त्री र जनकपुर उपमहानगरपालिकाका प्रमुख कति सक्रिय हुनुहुन्छ भन्ने मैले देखेको छु । उहाँहरूसँग सोच र योजना छन् र केही राम्रा काम गर्न चाहनुहुन्छ तर स्रोतसाधन भने छ । स्थानीय सरकारलाई काम गर्न सक्षम बनाउन त्यसमा हामीले सहयोग गर्नु आवश्यक ठानेका छौँ । तिनीहरूसँग पनि सोच र योजना छन् । त्यससँगै तिनीहरूसँग स्रोतसाधन पनि हुनु पर्छ ।
gorkhapatraonline.com
170,131
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्जका प्राध्यापकले डिन प्रा डा जगदीशप्रसाद अग्रवालले राजीनामा नदिए कडा आन्दोलनमा जाने बताएका छन्। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्राध्यापकहरुले विधिसम्मत रुपमा नियुक्त निवर्तमान डिन प्रा डा केपी सिंहलाई जबर्जस्ती राजीनामा दिन लगाएर नयाँ डिन नियुक्त गरिएकामा आपत्ति जनाउँदै १४ दिनदेखि आन्दोलन गर्दा पनि सुनुवाइ नभएकाले थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरे। चिकित्साशास्त्र अध्ययन संस्थान बचाऔँँ सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका प्राध्यापकले डिनले राजीनामा नदिएसम्म हाल सञ्चालित परीक्षाका कार्यक्रमबाहेक अब हुने परीक्षामा सहभागी नहुने, पठनपाठन अवरुद्ध गर्ने क्रमलाई निरन्तरता दिइने, क्रमबद्ध रुपमा अस्पताल सेवा प्रभावित गर्ने, डिन कार्यालयबाट हुने कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनेलगायत कार्यक्रम सार्वजनिक गरेका हुन् । सङ्घर्ष समितिका संयोजक डा सुरेश उप्रेतीले प्रा डा अग्रवालको नियुक्ति प्रक्रिया मिचेर गरिएकाले प्रक्रिया अनुसार नियुक्त हुनुपर्ने माग गरे। प्रा डा प्रेम ज्ञवालीले अहिले ५७ विभागमध्ये ५५ ले विरोध गरेको अवस्थामा डिन प्रा डा अग्रवालले राजीनामा दिनुपर्ने, सरकार र त्रिवि कार्यकारी परिषद्बाट पूर्व डिन रमेशकान्त अधिकारीको संयोजकत्वमा निर्मित डिन नियुक्त मापदण्डको प्रक्रियाअनुरुप नै डिन नियुक्त गर्नुपर्नेमा जोड दिए। शिक्षण अस्पताल कर्मचारी सङ्घका अध्यक्ष नर्मदा थापाले डा केसीको अनशनका कारण अस्पतालको आम्दानी घट्दा एक हजार ५०० बढी कर्मचारीले गत साउनदेखि तलब नपाएको गुनासो गरे। उनले भने, “ दिनमा एक हजार ९०० सम्म बिरामी आउनेमा अनशनका क्रममा मुस्किलले ४०० बिरामी आए । अनि कसरी आम्दानी हुन्छ ।” प्रा डा सिंहलाई राजीनामा गर्न लगाई सरकारले प्रा डा अग्रवाललाई डिन नियुक्त गरेलगत्तै आन्दोलन थालेका प्राध्यापकले डिन कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।
setopati.com
5,803,006
आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ पावर प्लेमा नेपालले राम्रो सुरुआत गरेको छ । शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६ ओभरको खेल समाप्त हुँदा विकेट नगुमाई ३२ रन बनाएको छ ।  हाल क्रिजमा नेपालका आसिफ सेख १४ र कुशल भुर्तेल १२ रनमा खेलिरहेका छन् । त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।
baahrakhari.com
5,908,342
पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८९१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा  ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको भएपनि पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएका  छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
khabarhub.com
4,851,253
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन। समाजवादी प्रेस सङ्गठनले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे। उनले भने, 'विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन।' पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले आफू सधैँ वामगठबन्धन र कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गरे। सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताए। सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए। उनले भने, 'देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु आवश्यक छ ।
kathmandupress.com
3,817,068
भविष्य सुरक्षित बनाउने उद्देश्यले देशबाट दिनहुँ युवा विदेशिन्छन्, त्यो पनि कठोर श्रम बजारमा । युवासँगै ऊर्जा, नवीन सोच र ठूलो रकम पनि विदेशिन्छ । तर विदेशिने खर्चलाई नै लगानी गरी ‘स्टार्टअप’ चलाउन राज्यले प्रोत्साहित गर्ने हो भने धेरै युवालाई देशमै रोजगारी र मनग्गे आम्दानी दिन सकिन्छ, जसको सीधा लाभ राष्ट्रिय अर्थतन्त्रले उठाउन सक्छ । समुदायका समस्यालाई समाधान गर्न नवीन सोचका एक वा बढी व्यक्तिले कम लगानीमा स्थापना गरेको व्यवसाय नै ‘स्टार्टअप’ हो । शुरूआतमा ‘स्टार्टअप’ कम्पनी जस्तो बृहत् संस्थागत स्वरुपको हुँदैन । तर राज्य, सेवाग्राही तथा लगानीकर्ताको साथ पाएमा ‘स्टार्टअप’ ले अर्थतन्त्रलाई ‘किक–स्टार्ट’ मात्र हैन ‘सेल्फ–स्टार्ट’ गर्ने क्षमता राख्छ । विश्वका सफल व्यवसायीमध्येका जेफ बेजोस् (अमेजन), ज्याक मा (अलिबाबा), स्टिभ जब्स (एप्पल), ल्यारी पेज (गुगल) स्टार्टअपबाटै उदाएका हस्ती हुन् । छिमेकी भारतकै उदाहरण हेरौं । सन् २००६ मा २५ वर्ष मुनिका तीन विद्यार्थीले बैङ्गलोरमा रेडबस नामक वेबसाइट बनाए । पाँच लाख भारतीय रुपैयाँ लगानीमा बनाइएको यो वेबसाइटबाट उनीहरू अव्यवस्थित बसको टिकट काउण्टर सजिलो बनाउन चाहन्थे । आफ्नो सेवा प्रयोग गर्ने ग्राहक खोज्न उनीहरूले धेरै बस व्यवसायी कम्पनीको ढोका चहारे, तर, कसैले पत्याएनन् । यसैबीच, एउटा स्टार्टअप प्रतियोगितामा छानिएपछि उनीहरूको ‘आइडिया’ ले माझिने मौका पायो, जसलाई महेश मूर्तिको कम्पनी सिडफण्डले ७० लाख अनुदान दियो । सिडफण्डले अरू संस्थासँग मिलेर रेडबसलाई अरू तीन–चार वर्षमा करीब ७ करोड रुपैयाँ थप अनुदान दिलायो । आज हेरौं, हिजो चार–पाँच वटा सिटका लागि बस व्यवसायी कम्पनीसँग हात जोड्दै हिंडेका ती विद्यार्थीको वेबसाइटमा ५०० भन्दा बढी बस कम्पनी जोडिएका छन् । बेवसाइटबाट एकै दिनमा साढे एक लाखभन्दा बढी टिकटसम्म बिक्री हुन्छ । भारत सरकारको लगानी प्रवर्द्धन गर्ने निकाय ‘इन्भेष्ट इन्डिया’ ले ‘स्टार्टअप इन्डिया’ भन्ने छुट्टै एकाइ चलाउँछ । युवाले आफ्ना नयाँ सोच ‘स्टार्टअप इन्डिया’ लाई सुनाउँछन् । ‘स्टार्टअप इन्डिया’ ले सोचको मौलिकता र सम्भावनाको मूल्यांकन पश्चात बौद्धिक अधिकारको प्रमाणपत्र प्रदान गर्छ । सँगै योजनाको प्रवर्द्धन र लगानीकर्ता खोज्न पनि सहयोग गर्छ । प्रसिद्ध कम्पनी मेक माइ ट्रिपको अर्को कम्पनी आइबिबोले सन् २०१३ को मध्यतिर यही रेडबसलाई करीब ८ अर्ब भारुमा किन्यो । अहिले रेडबस भारतमा टिकट तथा यात्रा योजना व्यवस्थापन गर्ने सफल कम्पनीमध्ये एक हो, जसमा सयौं युवाले रोजगार पाइरहेका छन् । भारत सरकारको लगानी प्रवर्द्धन गर्ने निकाय ‘इन्भेष्ट इन्डिया’ ले ‘स्टार्टअप इन्डिया’ भन्ने छुट्टै एकाइ चलाउँछ । युवाले आफ्ना नयाँ सोच ‘स्टार्टअप इन्डिया’ लाई सुनाउँछन् । ‘स्टार्टअप इन्डिया’ ले सोचको मौलिकता र सम्भावनाको मूल्यांकन पश्चात बौद्धिक अधिकारको प्रमाणपत्र प्रदान गर्छ । सँगै योजनाको प्रवर्द्धन र लगानीकर्ता खोज्न पनि सहयोग गर्छ । यस्ता स्टार्टअप व्यवसायलाई केही वर्षका लागि कर छुटको व्यवस्था पनि गरिएको छ । अहिले भारतका प्रत्येक राज्यले ‘स्टार्टअप’ लाई प्रोत्साहन गर्ने छुट्टै एकाइ बनाएका छन् । नवीन सोचलाई प्रोत्साहित गर्न बाङ्लादेशका विख्यात लघुवित्तकर्मी प्रोफेसर मोहम्मद युनुसले ‘नवीन’ भन्ने कार्यक्रम नै शुरू गरेका छन् । सन् २०१३ मा थालिएको यो कार्यक्रमले अहिले युनुसले नै स्थापना गरेको ग्रामीण ट्रष्टका सदस्यका सन्तानलाई स्वरोजगार बनाउने अभियान चलाइरहेको छ । ती नयाँ पुस्ताका स्टार्टअप सोचलाई ट्रष्ट भित्रैका वा बाहिरका लगानीकर्ताले ६५० देखि ६ हजार ५०० अमेरिकी डलरसम्म लगानी गर्छन् । रोचक कुरा के छ भने, यो लगानी ऋण होइन । युवालाई व्यावसायिक जीवनको पहिलो सिंढीमै ऋणको भारी बोकाउनुहुँदैन भन्ने युनुसको मान्यता छ । बरु, लगानीकर्ता व्यक्ति स्टार्टअप कम्पनीमा दुईदेखि तीन वर्षका लागि केही प्रतिशतको साझेदार रहन्छ । व्यवसायी युवाले लगानी फिर्ता गरेपछि कम्पनीलाई सम्पूर्ण रूपमा आफ्नो स्वामित्वमा ल्याउँछ । ग्रामीण ट्रष्टको नवीन कार्यक्रम अन्तर्गत अहिलेसम्म ३८ हजार २०० परियोजनामा रु.५ अर्बभन्दा बढी लगानी गरिसकिएको छ, जसमा ३८ हजार २०० स्टार्टअपका संस्थापक युवासँगै थप ३१ हजारले रोजगारी पाएका छन् । विभिन्न देशले युनुसको यो कार्यक्रम अनुसरण गर्न थालेका छन् । रेडबस जस्ता नवीन सोचहरूको कत्ति पनि कमी छैन, नेपालमा । साना–ठूला गरी सयौं स्टार्टअप कम्पनी वर्षेनि दर्ता भइरहेका छन् । केही सफल, केही हराएका छन् । टुटल, पठाओ, मेरो जब, खालीसिसी जस्ता स्टार्टअपले राम्रो व्यवसाय गरिरहेका छन् । पाइला टेक्नोलोजिज् २५ देखि ३० वर्षसम्मका इन्जिनियरिङका विद्यार्थीले शुरू गरेको कम्पनी हो । यन्त्र मानव अर्थात्, रोबोट उनीहरुको विषय हो । पाइलाका सह–संस्थापक दीपकमल भुसाल भन्छन्, “कलेज सकिनै लाग्दा केही साथी विदेशिने योजना बुन्दै थिए, हामी पाँच जनाले भने आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा देशमै केही गर्ने प्रण गर्‍यौं ।” पाइलाले विभिन्न काममा प्रयोग गर्न सकिने परी र जिन्जर नामक रोबोट बनाएको छ । ती रोबोटको व्यावहारिक प्रयोग गर्न उनीहरूले नौलो नामक होटल नै खोलेका छन्, जहाँ रोबोटले नै खाना बोकेर आउँछ । पाइलाकै रोबोटलाई एउटा ब्याङ्कले पनि प्रयोग गरिरहेको छ, जसले सेवाग्राहीलाई सेवा सुविधाबारे जानकारी दिनुका साथै ब्याङ्क परिसरभित्र ‘गाइड’ समेत गर्न सक्छ । “तर, प्रशस्त सम्भावना भएर पनि स्टार्टअप चलाउन गाह्रो छ । लगानी रकम अभाव र कानूनी असहजता जस्ता कुराले निराश बनाउँछ”, भुसाल भन्छन् । तर, नेपालमा भने ‘स्टार्टअप’ हेर्ने, नियमन तथा विज्ञ परामर्श दिने न छुट्टै सरकारी निकाय छ न कानून नै । त्यसैले पनि थुप्रै नवीन सोच कि खेर गइरहेका कि पलायन भइरहेका छन् । पाइला टेक्नोलोजीले नेपाली रोबोटहरू निर्यात गर्ने सपना बोकेको छ । अहिले नै केही रोबोटको माग पनि आइसकेको तर उत्पादन र निर्यातबारे कानून नै अस्पष्ट छ । सरकार नै अलमलमा छ । भुसाल भन्छन्, “सरकार आफैंले एउटा छुट्टै निकाय स्थापना गरेर स्टार्टअप पहिचानदेखि लगानीकर्ता खोजिदिनेसम्मको काम गर्नुपर्छ । अनि मात्र युवा पलायन नियन्त्रण गर्न सकिन्छ ।” भविष्य सुरक्षित बनाउने उद्देश्यले देशबाट दिनहुँ युवा विदेशिन्छन्, त्यो पनि कठोर श्रम बजारमा । युवासँगै ऊर्जा, नवीन सोच र ठूलो रकम पनि विदेशिन्छ । तर विदेशिने खर्चलाई नै लगानी गरी ‘स्टार्टअप’ चलाउन राज्यले प्रोत्साहित गर्ने हो भने धेरै युवालाई देशमै रोजगारी र मनग्गे आम्दानी दिन सकिन्छ, जसको सीधा लाभ राष्ट्रिय अर्थतन्त्रले उठाउन सक्छ । समुदायका समस्यालाई समाधान गर्न नवीन सोचका एक वा बढी व्यक्तिले कम लगानीमा स्थापना गरेको व्यवसाय नै ‘स्टार्टअप’ हो । शुरूआतमा ‘स्टार्टअप’ कम्पनी जस्तो बृहत् संस्थागत स्वरुपको हुँदैन । तर राज्य, सेवाग्राही तथा लगानीकर्ताको साथ पाएमा ‘स्टार्टअप’ ले अर्थतन्त्रलाई ‘किक–स्टार्ट’ मात्र हैन ‘सेल्फ–स्टार्ट’ गर्ने क्षमता राख्छ । विश्वका सफल व्यवसायीमध्येका जेफ बेजोस् (अमेजन), ज्याक मा (अलिबाबा), स्टिभ जब्स (एप्पल), ल्यारी पेज (गुगल) स्टार्टअपबाटै उदाएका हस्ती हुन् । छिमेकी भारतकै उदाहरण हेरौं । सन् २००६ मा २५ वर्ष मुनिका तीन विद्यार्थीले बैङ्गलोरमा रेडबस नामक वेबसाइट बनाए । पाँच लाख भारतीय रुपैयाँ लगानीमा बनाइएको यो वेबसाइटबाट उनीहरू अव्यवस्थित बसको टिकट काउण्टर सजिलो बनाउन चाहन्थे । आफ्नो सेवा प्रयोग गर्ने ग्राहक खोज्न उनीहरूले धेरै बस व्यवसायी कम्पनीको ढोका चहारे, तर, कसैले पत्याएनन् । यसैबीच, एउटा स्टार्टअप प्रतियोगितामा छानिएपछि उनीहरूको ‘आइडिया’ ले माझिने मौका पायो, जसलाई महेश मूर्तिको कम्पनी सिडफण्डले ७० लाख अनुदान दियो । सिडफण्डले अरू संस्थासँग मिलेर रेडबसलाई अरू तीन–चार वर्षमा करीब ७ करोड रुपैयाँ थप अनुदान दिलायो । आज हेरौं, हिजो चार–पाँच वटा सिटका लागि बस व्यवसायी कम्पनीसँग हात जोड्दै हिंडेका ती विद्यार्थीको वेबसाइटमा ५०० भन्दा बढी बस कम्पनी जोडिएका छन् । बेवसाइटबाट एकै दिनमा साढे एक लाखभन्दा बढी टिकटसम्म बिक्री हुन्छ । भारत सरकारको लगानी प्रवर्द्धन गर्ने निकाय ‘इन्भेष्ट इन्डिया’ ले ‘स्टार्टअप इन्डिया’ भन्ने छुट्टै एकाइ चलाउँछ । युवाले आफ्ना नयाँ सोच ‘स्टार्टअप इन्डिया’ लाई सुनाउँछन् । ‘स्टार्टअप इन्डिया’ ले सोचको मौलिकता र सम्भावनाको मूल्यांकन पश्चात बौद्धिक अधिकारको प्रमाणपत्र प्रदान गर्छ । सँगै योजनाको प्रवर्द्धन र लगानीकर्ता खोज्न पनि सहयोग गर्छ । प्रसिद्ध कम्पनी मेक माइ ट्रिपको अर्को कम्पनी आइबिबोले सन् २०१३ को मध्यतिर यही रेडबसलाई करीब ८ अर्ब भारुमा किन्यो । अहिले रेडबस भारतमा टिकट तथा यात्रा योजना व्यवस्थापन गर्ने सफल कम्पनीमध्ये एक हो, जसमा सयौं युवाले रोजगार पाइरहेका छन् । भारत सरकारको लगानी प्रवर्द्धन गर्ने निकाय ‘इन्भेष्ट इन्डिया’ ले ‘स्टार्टअप इन्डिया’ भन्ने छुट्टै एकाइ चलाउँछ । युवाले आफ्ना नयाँ सोच ‘स्टार्टअप इन्डिया’ लाई सुनाउँछन् । ‘स्टार्टअप इन्डिया’ ले सोचको मौलिकता र सम्भावनाको मूल्यांकन पश्चात बौद्धिक अधिकारको प्रमाणपत्र प्रदान गर्छ । सँगै योजनाको प्रवर्द्धन र लगानीकर्ता खोज्न पनि सहयोग गर्छ । यस्ता स्टार्टअप व्यवसायलाई केही वर्षका लागि कर छुटको व्यवस्था पनि गरिएको छ । अहिले भारतका प्रत्येक राज्यले ‘स्टार्टअप’ लाई प्रोत्साहन गर्ने छुट्टै एकाइ बनाएका छन् । नवीन सोचलाई प्रोत्साहित गर्न बाङ्लादेशका विख्यात लघुवित्तकर्मी प्रोफेसर मोहम्मद युनुसले ‘नवीन’ भन्ने कार्यक्रम नै शुरू गरेका छन् । सन् २०१३ मा थालिएको यो कार्यक्रमले अहिले युनुसले नै स्थापना गरेको ग्रामीण ट्रष्टका सदस्यका सन्तानलाई स्वरोजगार बनाउने अभियान चलाइरहेको छ । ती नयाँ पुस्ताका स्टार्टअप सोचलाई ट्रष्ट भित्रैका वा बाहिरका लगानीकर्ताले ६५० देखि ६ हजार ५०० अमेरिकी डलरसम्म लगानी गर्छन् । रोचक कुरा के छ भने, यो लगानी ऋण होइन । युवालाई व्यावसायिक जीवनको पहिलो सिंढीमै ऋणको भारी बोकाउनुहुँदैन भन्ने युनुसको मान्यता छ । बरु, लगानीकर्ता व्यक्ति स्टार्टअप कम्पनीमा दुईदेखि तीन वर्षका लागि केही प्रतिशतको साझेदार रहन्छ । व्यवसायी युवाले लगानी फिर्ता गरेपछि कम्पनीलाई सम्पूर्ण रूपमा आफ्नो स्वामित्वमा ल्याउँछ । ग्रामीण ट्रष्टको नवीन कार्यक्रम अन्तर्गत अहिलेसम्म ३८ हजार २०० परियोजनामा रु.५ अर्बभन्दा बढी लगानी गरिसकिएको छ, जसमा ३८ हजार २०० स्टार्टअपका संस्थापक युवासँगै थप ३१ हजारले रोजगारी पाएका छन् । विभिन्न देशले युनुसको यो कार्यक्रम अनुसरण गर्न थालेका छन् । रेडबस जस्ता नवीन सोचहरूको कत्ति पनि कमी छैन, नेपालमा । साना–ठूला गरी सयौं स्टार्टअप कम्पनी वर्षेनि दर्ता भइरहेका छन् । केही सफल, केही हराएका छन् । टुटल, पठाओ, मेरो जब, खालीसिसी जस्ता स्टार्टअपले राम्रो व्यवसाय गरिरहेका छन् । पाइला टेक्नोलोजिज् २५ देखि ३० वर्षसम्मका इन्जिनियरिङका विद्यार्थीले शुरू गरेको कम्पनी हो । यन्त्र मानव अर्थात्, रोबोट उनीहरुको विषय हो । पाइलाका सह–संस्थापक दीपकमल भुसाल भन्छन्, “कलेज सकिनै लाग्दा केही साथी विदेशिने योजना बुन्दै थिए, हामी पाँच जनाले भने आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा देशमै केही गर्ने प्रण गर्‍यौं ।” पाइलाले विभिन्न काममा प्रयोग गर्न सकिने परी र जिन्जर नामक रोबोट बनाएको छ । ती रोबोटको व्यावहारिक प्रयोग गर्न उनीहरूले नौलो नामक होटल नै खोलेका छन्, जहाँ रोबोटले नै खाना बोकेर आउँछ । पाइलाकै रोबोटलाई एउटा ब्याङ्कले पनि प्रयोग गरिरहेको छ, जसले सेवाग्राहीलाई सेवा सुविधाबारे जानकारी दिनुका साथै ब्याङ्क परिसरभित्र ‘गाइड’ समेत गर्न सक्छ । “तर, प्रशस्त सम्भावना भएर पनि स्टार्टअप चलाउन गाह्रो छ । लगानी रकम अभाव र कानूनी असहजता जस्ता कुराले निराश बनाउँछ”, भुसाल भन्छन् । तर, नेपालमा भने ‘स्टार्टअप’ हेर्ने, नियमन तथा विज्ञ परामर्श दिने न छुट्टै सरकारी निकाय छ न कानून नै । त्यसैले पनि थुप्रै नवीन सोच कि खेर गइरहेका कि पलायन भइरहेका छन् । पाइला टेक्नोलोजीले नेपाली रोबोटहरू निर्यात गर्ने सपना बोकेको छ । अहिले नै केही रोबोटको माग पनि आइसकेको तर उत्पादन र निर्यातबारे कानून नै अस्पष्ट छ । सरकार नै अलमलमा छ । भुसाल भन्छन्, “सरकार आफैंले एउटा छुट्टै निकाय स्थापना गरेर स्टार्टअप पहिचानदेखि लगानीकर्ता खोजिदिनेसम्मको काम गर्नुपर्छ । अनि मात्र युवा पलायन नियन्त्रण गर्न सकिन्छ ।
himalkhabar.com
3,237,305
ती दुर्घटनामा एक जनाको मृत्यु र आधा दर्जन घाइते भएका छन् । चन्द्रनगर गाउँपालिका–२, पर्ती बजार नजिक रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको बताइएको छ । ज.१ त ५१९० नम्बरको ट्याक्टरमा प्रदेश–२–०३–०२१ प ११६८ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका २९ वर्षीय सन्जितकुमार साहको मृत्यु भएको हो । बरहथवा नगरपालिका–१४, लालदियरमा बा. ४० प ८९९५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । साइकल चालक बरहथवा–१४, का ५५ वर्षीय हरिनारायण महतो, उनका नाति दुई वर्षीय आकाश महतो, मोटरसाइकल चालक बरहथवा नगरपालिका–१२ का २१ वर्षीय रुपचन राम र मोटरसाइकल पछाडि सवार २४ वर्षीय शिवेक कुमार महतो घाइते भएका छन् । उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सोही नगरपालिकाको बाँके जङ्गलमा बर्दिवासबाट फूलजोरतर्फ आइरहेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको पिकअप सडकमा पल्टिँदा चालक र सहचालक घाइते भएका छन् । चालक सिन्धुलीको दुधौली नगरपालिका–४, डकहाका २३ वर्षीय शान्तिप्रसाद तिमल्सिना र सहचालक १९ वर्षीय रोहन लामिछानेको लालबन्दीस्थित अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।
janaaastha.com
3,282,137
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसिया कप खेल्न पाकिस्तान जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई शुभकामना दिएका छन् । उनी सन्दीपलाई बिदाइ गर्न त्रिभुवन विमानस्थलमा पुगेका थिए । सदस्य सचिव घिसिङले सन्दीपको उपस्थिति नेपालको लागि निकै महत्त्वपूर्ण रहेको बताए । उनी गएसँगै नेपाली टिमले पूर्णता पाउने विश्वास उनले व्यक्त गरे । प्राविधिक कारणले सन्दीप टिमसँग जान पाएको थिएन । अब उसको यात्रा निश्चित भएको छ,’ उनले भने, ‘एसिया कपमा सन्दीपको उपस्थिति निकै महत्त्वपूर्ण छ । सिंगो देशको भरोसा सन्दीपमाथि छ । सन्दीपको इन्ट्रीले नेपाली टीमले पूर्णता पाएको छ ।’ पाकिस्तान र भारतसँगको खेलमा नेपाली टिमले सुखद परिणाम ल्याउने उनले आशा व्यक्त गरे । सन्दीपले पाकिस्तान र भारतसँग खेल्न आफू उत्साहित रहेको बताए । आफू पूर्ण रूपमा फिट रहेको र टिममा घुलमिल हुन समय नलाग्ने पनि उनले प्रष्ट पारेका थिए । ‘टिमले राम्रो पर्फमेन्स गरिरहेको छ । म यहाँ आफैँले एक्लै पनि प्राक्टिस गरिरहेको थिएँ । खेल्नका लागि रेडी छु र फिट पनि छु । एसिया कपमा राम्रो गर्ने आशा छ,’ उनले भने । सन्दीपले थपे, ‘लाइफमा टफ टाइम भइरहेको छ, तर आफैँले सबै म्यानेज गर्नुपर्ने हुन्छ । जाने बित्तिकै टिमसँग घुलमिल हुन मलाई समय लाग्दैन । सबै जना राम्रो फर्ममा हुनुहुन्छ । म पनि निरन्तर प्रयास गरिरहेको छु ।
nepalijanta.com
4,423,241
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार एक विज्ञप्तिमार्फत उक्त विधेयक संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार हनन हुने आरोप लगाउँदै विधेयक सच्याएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपालको संविधानले नेपाली नागरिकको स्वतन्त्रता, नागरिक अधिकार, मौलिक अधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्ने दायित्व राज्यको भएको जनाए । कुनै पनि बहानामा आम नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐननियम बनाउने कदमप्रति काँग्रेस संसदीय दलले विरोध गर्ने जनाएको छ । प्रमुख सचेतक बालकृष्ण खाणले संविधानको प्रावधानको प्रतिकूल हुने र नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रता विरुद्धका कदमप्रति सबै पक्षलाई अग्रसर हुन पनि आग्रह गरेका छन् ।
hellokhabar.com
4,479,998
अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संस्था ९आइकाओ० को टोलीले गरेको सेफ्टी अडिटमा ‘बेसिक युनिभर्सल लेभल’ पार गरेपछि नेपाल कालोसूचीबाट मुक्त हुने निश्चित भएको हो। यसले औपचारिकता भने इयुलाई पत्र लेखेपछि हुने छ । झलनाथ खनाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीको कृपाले पर्यटनमन्त्री बनेका अमात्यले उनीहरुकै आग्रहमा पर्यटन मन्त्रालयमा विभिन्न नियुक्तिहरु गरे। तर केही नियुक्ति अध्यक्ष ओलीसँग सल्लाह नगरी गरेपछि सुरु भयो मन्त्री पदमा उनको दिनगन्ती । झलनाथ खनाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीको कृपाले पर्यटनमन्त्री बनेका अमात्यले उनीहरुकै आग्रहमा पर्यटन मन्त्रालयमा विभिन्न नियुक्तिहरु गरे। तर केही नियुक्ति अध्यक्ष ओलीसँग सल्लाह नगरी गरेपछि सुरु भयो मन्त्री पदमा उनको दिनगन्ती । तर, मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं भित्रिएसँगै यसले उपत्यकाका नदी किनार आसपास एवं केही गहिरो क्षेत्रमा बढ्ने डुबानको जोखिम तर्फ भने धेरैको ध्यान पुगेको छैन। मेलम्चीको पानी काठमाडौं भित्रिने समय नजिक आइसक्दा पनि सम्बद्ध निकाय ढल व्यवस्थापनमा गम्भीर नहुँदा डुबानको जोखिम बढेको हो । परिणाम यति अत्यासलाग्दो निस्क्यो की ६० भन्दा धेरै गाई मरे। शनिवार बिहान करिब ११ बजे विद्युत सर्ट भई लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आउँदा सत्यनाश भइसकेको थियो । निगमले पेट्रोल डिजेल र मट्टितेलको भाउ घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो। समायोजित भएको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता सीताराम पोखरेलले बताए । साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले कतारलाई एक्ल्याउँदै नाता तोडेका हुन्। कतारले आतंककारीलाई सहयोग पुर्याअएको आरोपसहित चार देशले सबै कुटनीतिक सम्बन्ध अन्त्यको समेत घोषणा गरेका छन् । काबुलमा आत्मघाती बम विस्फोट भएकै दिन ल्याइएका डम्बर बहादुर गुरुङलाई ग्र्यान्डी अस्पतालमा उपचारका लागि राखिएको हो। नागरिक उड्ययन प्राधिकरण स्रोतले उपचारका लागि ल्याइएका गुरुङलाई विस्फोटमा परेर घाइते भएका व्यक्ति भन्दै दिएको सूचना झुटो ठहरिएको छ । तर सुरुवात नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अपेक्षा गरे अनुरुप भएन। केही दिनसम्म उनी एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा पछि थिए । एकपछि अर्को वडा जित्दै हौसिँदै गएका दलहरुको उमङ्गमा मंगलवार अपरान्ह एक्कासी ब्रेक लाग्यो। मत गणनामा नेपाली कंग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा मत गणना स्थगितका लागि निवेदन दिएपछि अन्तिम अवस्थामा गणना अवरुद्ध भएको हो । घोषणा हुन बाँकी रहेको अवस्थामा उनी निकट प्रतिस्पर्धीभन्दा पाँच हजारभन्दा धेरैको अन्तरमा अगाडि छिन्। अब एउटा २९ नम्वरको वडामात्र मत गणना गर्न बाँकी रहेको छ जुन वडामा १३ सयमात्र मतदाता छन् । ललितपुरको उपमेयरका नेपाली कांग्रेसका उम्मेदवार गीता सत्याल विजयी हुने निश्चित भएकी छिन्। घोषणा हुन बाँकी रहेको अवस्थामा उनी निकट प्रतिस्पर्धीभन्दा पाँच हजारभन्दा धेरैको अन्तरमा अगाडि छिन्। अब एउटा २९ नम्वरको वडामात्र मत गणना गर्न बाँकी रहेको छ जुन वडामा १३ सयमात्र मतदाता छन् । काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले नयाँ शक्तिसँग सम्बन्धित भनेर प्रचार गरिए पनि कुनै पार्टीले सो घटानाका बारेमा जिम्मा नलिएको बताए। गोली लागेर काभ्रे मेथिनकोटका २८ वर्षीय नवराज पाठकको मृत्यु भएको थियो ।
pahilopost.com
5,309,887
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई । फाइल तस्बिर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री राईले विधेयकलाई पारित गर्नुपर्ने बताउनुभएको हो । उहाँले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो । शिक्षा मन्त्री राईले भन्नुभयो, ‘‘शिक्षा, अर्थ, कानुनले हेरेर नै यो अगाडि बढेर संसदमा आएर समितिमा संशोधनमाथि छलफलका लागि प्रस्तुत भएको छ । यसबाट सरकारपछि हट्ने अथवा सरकार कञ्ज्युस्याँई गर्ने ठाउँमा जान्छ भन्नेकुरा विल्कुलै होइन । यस हिसाबले नलिइदिनुहोला । हाम्रो विद्यमान ऐन, कानुनहरू र अब बन्न लागिरहेका ऐन, कानुनहरूको सापेक्षतामा कसरी अझै समुन्नत, अझै परिमार्जित गरिकन लान सकिन्छ भन्ने नै राय माननीयज्युहरुको मनसाय हो भन्ने रूपमा मैले बुझेको छु ।’’ शिक्षामन्त्री राईले नेपाल विश्वविद्यालयलाई छुट्टै इकाईको रूपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले विधेयक अगाडि बढाउँदा कार्यान्वयन हुनेगरी गर्नुपर्ने जानकारी दिनुभयो । आगामी दिनमा कुनै त्रुटि र कमी नहुनेगरी विधेयकलाई अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ । ‘‘नेपाल विश्वविद्यालय भन्ने छुट्टै इकाई को रूपमा मात्रै यसलाई नहेरेर समग्र शैक्षिक परिस्थिति, परिवेश मिलाएर यसलाई अगाडि बढाउनुपर्छ । यसमा हामीले कञ्ज्युस्याँइ गर्नु हुँदैन । तर यसलाई हामीले अगाडि बढाउँदा, ऐन बनाउँदाखेरि कार्यान्वयन पनि होस् । यसले राम्रो परिणाम पनि देओस् । त्यो कुराको प्रत्याभूति हुने ढङ्गले गर्नुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘हामीले काम गर्ने अनि फेरि भोलि त्रुटि भयो, कमी रह्यो भन्ने किसिमको टीकाटिप्पणी हुने अवस्था नरहोस् । नहुने दिशातिर लैजाऔँ । नकारात्मक ढङ्गले लैजाऔँ । विधेयक फिर्ता लिऔँ । त्यो हिसाबले नसोचौँ । हामी यसलाई सकारात्मक ढङ्गले, राम्रो उपलब्धि दिने, नयाँ, नमुना स्थापित गर्ने ढङ्गको विश्वविद्यालय बनाउने गरी हामीले आफ्नो राय, सुझावहरू, संशोधनहरू अगाडि लैजाऔँ भन्ने यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।’’ मन्त्री राईले नेपाल विश्वविद्यालयलाई नमुना विश्वविद्यालयको रूपमा स्थापित गर्ने गरी सोच्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयलाई बनाउने गरी नै विधेयकमा संशोधन दर्ता गर्न सांसदहरूलाई आग्रह गर्नुभयो ।
gorkhapatraonline.com
5,435,632
सङ्क्रमणकालीन न्यायलाई चाँडो तार्किक निष्कर्षमा पुर्‍याउन सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। छ महिनाअघि राजनीतिक सहमति नहुँदा बिथोलिएको विधेयकका अन्तर्वस्तु नै यथावत् राखेर सरकारले विधेयक दर्ता गरेको हो।
gorkhapatraonline.com
3,482,856
युक्रेनकाे सेनाले रुसकाे कब्जामा रहेको भू-भाग फिर्ता लिन आक्रमण तीब्र बनाईरहेका बेला पूर्वी युक्रेनमा भने बिजुली आपूर्ति नै बन्द भएकाे छ । युद्धग्रस्त पूर्वी युरोपका अधिकांश भागमा बिजुलीकाे आपूर्ति बन्द हुँदा अन्धकार भएकाे हाे । साथै जनजीवन समेत पूरै कष्टकर बनेको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले बताउनुभएकाे छ । उहाँले बिजुलीकाे आपूर्ति बन्दकाे आरोप भने रुसमाथि लगाउनुभएको छ। बिजुली बन्द हुँदा पानी आपूर्ति समेत बन्द भएको छ । जसबाट डोनेत्स्क क्षेत्रका ९० लाख मानिसको जनजीवन प्रभावित भएको जनाइएको छ । त्यस्तै जापोरिजिया र खार्किभ क्षेत्रमा पनि बिजुली आपूर्ति नियमित रुपमा भएकाे छैन् । रुसले सर्वसाधारणलाई उर्जा र तातोबाट बञ्चित गरेर सताउन खोजेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आरोप लगाउनुभएकाे छ ।
imagekhabar.com
4,896,984
गत साता मुस्ताङको कागबेनीमा लेदोसहितको बाढीले मानवीय क्षति टरे पनि ठुलो भौतिक क्षति भयो । २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति हुनेगरी गएको बाढीमा कमर्सियल दुई बैंकका शाखा बाढीमै परे । साथै भल्टमा रहेको ठुलो रकम पुरियो । यसरी रकम पुरिनेमा कागबेनी शाखा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंक हुन् । क्षतिको विवरण संकलन गर्ने क्रममा ती बैंकका शाखाले जिल्ला प्रशासन कार्यालयमा पत्र नै बुझाएर रकम उल्लेख गरी भल्ट पुरिएको जानकारी दिँदै खोजतलासको माग गरेका थिए । अन्ततः एक सातापछि दुवै बैंकको गरी कुल १ करोड ५६ लाख रुपैयाँ सुरक्षित भेटिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले एक दिनको फरकमा सो रकम भेटिएको पुष्टि गरे । उनका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आइतबार दिउँसो १ करोड ५ लाख ३२ हजार र प्रभु बैंकको शनिबार नै ५१ लाख ६२ हजार रुपैयाँ भेटिएको हो । भेटिएको रकमसहितको भल्टको जिम्मा सुरक्षाकर्मीको रोहवरमा सम्बन्धित बैंकलाई बुझाइसकिएको उनले बताए । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कागबेनी शाखाका म्यानेजर टंकप्रसाद भुषालले बैंकको भल्ट रहेको भन्दा एक हात पर पुरिएको अवस्थामा भेटिएको बताए । ठुलो परिणामको भल्ट पुरिएपछि आफूहरूले जिल्ला प्रशासनमा जानकारी गराई सुरक्षाकर्मीले निरन्तर पहरा दिँदै आएको बताए । आफ्नो बैंकका सुरक्षागार्डले पनि निरन्तर खटिएको उनी बताउँछन् । भोल्ट भेटिएकोमा निकै खुसी लागेको भन्दै उनले निक्षेपकर्ताको रकम सुरक्षामा जस्तोसुकै विपत्ति आइपरे पनि बैंक सधैं प्रतिबद्ध रहेको बताउँछन् । गत २८ साउनमा कागखोलामा आएको लेदोसहितको बाढीले २९ घर पूर्ण र १३ घर आंशिक क्षति पुग्नुका साथै वडा कार्यालय, इलाका प्रहरीचौकी, जनशान्ति मावि भवन, मुक्तिनाथ क्षेत्र सन्त आश्रम धर्मशालामा पूर्ण क्षति पुगेको थियो । यस्तै, एक पक्की पुल, तीन काठे पुल, एक झोलुंगे पुल, एक स्काभेटर, तीन मोटरसाइकल, दुई चारपांग्रे गाडी बाढीमा बगेका थिए । सुन्दर कागबेनी बाढीले खण्डहर बनेको छ । घर बगेपछि विस्थापित यतिखेर आफन्तकहाँ आश्रय लिएका छन् । मुस्ताङ जोड्ने म्याग्दी–जोमसोम सडकखण्ड पूर्णरूपमा नखुल्दा कठिनाइ भएको प्रजिअ केसीले बताए ।
rajdhanidaily.com
1,624,075
लुम्बिनी सांस्कृतिक नगरपालिका १ खुनगाईबाट विना कागजात सिसौको १५ गोलिया काठ सहित पिपलपतियाका २७ वर्षीय जितेन्द्र यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कागजपत्र बिना यादवले लु १त १२६१ नं.को ट्याक्टरमा अन्दाजी ४ लाख रुपैयाँ पर्ने सिसौका काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले बिहीबार काठ, व्यक्ति र ट्याक्टर नियन्त्रण्मा लिएको हो। थप कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रवक्ता थापाले बताए। त्यस्तै बिहीबार साँझ नै रुपन्देहीको कञ्‍चन गाउँपालिका १ कुत्तागाउँबाट मोटरसाइकलमा लोड गरेर ४ गोलिया सालको काठ मोटरसाइकलमा लोड गरेर राखेको अवस्थामा बरामद गरेको छ। लु ६१ प ९४९७ नम्बरको मोटरसाईकलमा लोड गरेको सालको काठ गोलिया थान १ र खाली जमिनमा रहेको ३ गोलिया गरी जम्मा ४ गोलिया अबैध सालको ३८.७२ क्युफिट काठ नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताए। इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले बरामद गरेको उक्त काठको अन्दाजी मूल्य २ लाख ४५ हजार हो। काठ र मोटरसाईकल आवश्यक कारवाहीका लागि कञ्चन सव डिभिजन कार्यालय फायरलाईन रुपन्देही बुझाइएको प्रहरीले जनाएको छ ।
nepalsamaya.com
1,428,477
बैठक दिउँसाे १ बजे बस्ने संसद सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/२०७७ काे नेपाल सरकारकाे वार्षिक प्रतिवेदन सभामा पेस गर्नेछन् । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने बताइएकाे छ । साथै प्रधानमन्त्रीको तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक २०७५ पेश गरिने कार्यसूची छ ।
kendrabindu.com
4,248,226
राैतहटमा एक बुवाले आफ्नै अवाेध ४ वर्षाीया छोरीको हत्या गरेका छन्। मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले बिमाको रकमको लोभमा ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिची हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आरोपी यादवलाई सार्वजनिक गरेको छ। रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हात पार्नका लागि यादवले छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए। हत्याको भोलिपल्ट पोखरीमा ४ वर्षीया लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गरेको थियो। रामकिशोरकी कान्छी छोरी हुन् लक्ष्मी। उनले छोरीको सुरक्षित भविष्यका लागि बिमा गराएका थिए। रौतहटको गरुडामा रहेको प्रभु बैंकमा रामकिशोरकले कान्छी छोरी लक्ष्मीको २५ लाख रकमको बिमा गराएका थिए। बिमावापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाएका पनि थिए। तर, कसैले बिमा गरेको एक महिनामै यदि बिमकको निधन भएका दुई गुणा पैसा फिर्ता पाइन्छ भन्ने सुनायो। त्यसपछि उनमा छोटो समयमा नै धेरै पैसा कमाउने लोभ जाग्यो। रामकिरोशले पैसाको लोभमा बिमा गराएको २९औं दिनमा छोरीको हत्या गरेका थिए। आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने लोभमा रामकिशोरले ४ वर्षीया छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनले छोरीलाई घरमै कुटपिट गरी हत्या गरेको र हत्यापछि शव पोखरीमा फालेर आफैं छोरी हराएको भन्दै प्रहरीलाई खबर गर्न पुगेको डिएसपी कार्कीले बताए। नियन्त्रणमा लिइएका यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट 'मुलुकी अपराध संहिता २०७४'को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
5,959,103
आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको नैतिकतामाथि प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो टिप्पणी गरेका हुन् । अध्यक्ष साहले प्रधानमन्त्री दाहाल आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने अवस्था आएको जिकिर पनि गरे । प्रधानमन्त्रीले संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन भन्ने गरेपनि त्यो लागू नभएको उल्लेख गर्दै उनले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने बताए । अध्यक्ष साहले नेपाली जनताले तिरेको कर पहुँचवालाको लागि मात्रै वितरण गर्ने काम गर्न नहुने बताए । उनले भने, ‘हामीले हरिराखेको छौं–यो बजेट पहुँचवालाको भएको छ । यो नेपाली जनताको राजश्व होइन ? जनताले तिरेको कर होइन ? हो भने देशभरी जानु पर्दैन ? पहुँचवाला नेता र उसको आसेपासे कार्यकर्ता र मन्त्रीहरुको निजी पैसा जस्तो हुने, सीमित ठाउँमा हुने, कुनै ठाउँ पूरै खाली हुने जो स्थिति छ । त्यसको अन्त्य हुन्छ कि हुँदैन ? भन्ने प्रश्न खासगरी प्रधानमन्त्रीज्यूलाई गर्न चाहन्छु । प्रधानमन्त्रीबाट उसको जवाफ चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नु भएको थियो–हामी यो संघीयतालाई कार्यान्वयन गर्छौं । अव संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन । सोध्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईको कुरा चलेको छ कि छैन ? चलेको छैन भने तपाई कुन मोरलले त्यहाँ बस्नु हुन्छ ? यदि चलेको हो भने कसरी तपाईको कुराको उल्लंघन भयो भनेर जान्नु ? सोध्न चाहन्छु । यदि कुनै मन्त्रीले तपाईले भनेको कुरा मानेनन भने उसलाई बर्खास्त गर्ने हैसियत राख्नुस । यदि आफ्नै कुरामा टिक्नु भएको छैन भने तपाई मोरल्ली त्यहाँ बस्न मिल्छ जस्तो मलाई लाग्दैन । त्यस अर्थ पनि विश्वासको ठूलो खडेरी छ । नेपाली जनतामा विश्वास उठाउन जरुरी छ ।’ अध्यक्ष साहले नेपाली जनतामा विश्वासको ठूला खडेरी देखापरेको उल्लख गर्दै त्यसलाई चिर्ने गरी काम गर्न पनि सरकारलाई दबाब दिए ।
sunaulonepal.com