Datasets:

index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
4,548,649
लामो समय शैक्षिक क्षेत्रमा बिताएका उमेश श्रेष्ठ अहिले चितवनमा चुनावी दौडमा छन्। कानुनी पृष्ठभूमिका यहीँका अनुभवी सांसद कृष्णभक्त पोखरेल र मिडियाबाट चर्चा बटुलेका रवि लामिछानेसँग नेपाली कांग्रेसका श्रेष्ठको कडा प्रतिस्पर्धा हुने आँकलन छ। चितवनमा प्रत्यक्ष रुपमा राजनीतिमा उत्रिनुअघि व्यवसायसमेत विस्तार गरिसकेका छन् उमेश श्रेष्ठले। समानुपातिक सांसदका रुपमा प्रतिनिधिसभामा अनुभव लिइसकेका उनले किन यहाँको चुनावी मैदान रोजे र निकटतम प्रतिस्पर्धीलाई कसरी लिन्छन्? ले उनलाई सोधे - लामो समयसम्म शिक्षामा काम गरेको नाताले अब देश समृद्धिको लागि काम गर्नुपर्छ भन्ने भयो। समानुपातिकतर्फबाट २६ जनामा म एउटा एक्सपर्टका रुपमा संसद गएँ। नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य भएँ। अबको पाँच वर्ष चाहिँ देश समृद्ध बनाउनुपर्ने काम गर्ने लक्ष्य छ। विशेष गरि शिक्षा र स्वास्थ्यमा काम गर्ने सोचका साथ म अगाडि बढेको हुँ। मैले १० वर्ष संसदमा बस्दाखेरी खाली शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनका लागि प्रयास गरेँ। सङ्घीय संरचनामा गए पनि ऐन बनाउन सकिएको छैन। सबभन्दा देश समृद्धिको ढोका भनेको शिक्षा हो। त्यसको लागि मैले १० वर्ष काम गरेँ। ऐन आउने आउने क्रममा देशको आर्थिक अवस्था लगायतका कारणले रोकियो। १२ कक्षासम्मको शिक्षा कसरी नि:शुल्क बनाउने, टेक्निकल, भोकेसनल शिक्षालाई कसरी लैजाने भन्ने छ। सीपमूलक शिक्षाको आवश्यकता छ। त्यसको अलावा हायर एजुकेसनलाई कसरी लैजाने? नेपाल शिक्षा र स्वास्थ्यको ठूलो हब हुनसक्ने छ। त्यसमा काम गरेको छैन। नेपाल १० वर्षमा कायपलट हुनेगरी समृद्धिको क्षेत्रमा जानसक्छ। हाइड्रो, ग्रिन इनर्जी, पर्यटन, वनजंगल, जडीबुटी र पर्यटनको सम्भावना छ। युथ जनशक्ति छ। राज्य र प्राइभेट क्षेत्रबिच सहज वातावरण सृजना गर्ने र पार्टनरसिपमा जानुपर्छ। त्यही कामका लागि हामीजस्ता राजनीति गर्ने साथी हुन जरुरी छ। इकोनोमिष्टहरु पनि ल्याउन जरुरी छ। कोहो आफ्नो फिल्डमा काम गरेका व्यक्तिहरू ल्याउनुपर्छ। सक्सेस स्टोरी भएका व्यक्तिहरूलाई पनि ल्याउन जरुरी छ। वास्तवमा भन्नुपर्दा ललितपुर हो मेरो आधार। संस्थाहरु बढाएको पनि ललितपुरमा हो। म चितवनमा चाहिँ ३२ वर्षदेखि छु। यहाँ पनि संस्थाहरु, होटेलहरू छ। मेरो स्थायी सम्पत्तिहरू पहिलेदेखि नै छ। ३ नम्बर क्षेत्रमा धेरै छ। अहिले मैले दुई नम्बर क्षेत्रमा अवसर पाएँ। दुई नम्बर क्षेत्र पनि मेरो आफ्नो घर भएको क्षेत्र हो। अरु दुई वटा पालिकाहरू छन्। इच्छाकामना पालिका लगायत क्षेत्रमा काम गर्नुछ। १ लाख १० हजार भोट मध्ये ८० हजार सहरमा बाँकी गाउँमा छ। यतिखेर सुप्रिम कोट भनेको जनता हो। म काम गर्ने व्यक्ति। काम गरेर देखाएको हो। अब पाँच वर्ष सेवा गर्ने। सारा चिज छोडेर जनतासमक्ष आएको छु। विगत ५० वर्षसम्म जे गरेँ अब चाहिँ जनतासँग जुधेर भिजेर काम गर्ने लक्ष्य हो। मेरा सम्मानित साथीहको विरोध गर्दिन। कृष्णभक्तले १० वर्ष बस्नु भयो। उहाँले के काम गर्नुभयो? मूल्याङ्कन भनेको मैले होइन जनताले गर्ने हो। अर्का रविजी हुनुहुन्छ। कोभिडका बेला हस्पिटल मैले दिएँ। उहाँले चलाउनु भयो। यसमा पनि मेरो विरोध छैन। छान्ने अधिकार सबैलाई छ। रविजी ३ नम्बरमा लड्ने कुरा थियो। अल अफ सडेन त्यताबाट यता आउनु भयो। मेरो कुनै गुनासो छैन। मैले सुप्रिम कोर्ट भनेको जनालाई बुझ्छु। तीनमध्ये कसले जित्छ जनताले छान्ने र मूल्याङ्कनको कुरा हो। उहाँलाई मैले सोध्दा खेरी ३ नम्बर क्षेत्रमा जाने कुरा थियो। अल अफ सडेन यहाँ आउनुभयो। एक चोटी मैले भेटेँ त्यसपछि छैन। किनभने उहाँ आउने क्षेत्र भनेको ३ नम्बर थियो। एक दिन अगाडि यस्तो भयो भन्नुभयो। त्यसलाई मैले अन्यथा सोचेको छैन। किनभने प्रतिस्पर्धा नै हुन्छ। यो प्रत्यक्ष चुनाव हो। म जनतासमक्ष हिँडेको छु। जसलाई जनताले छान्छ उहाँले काम गर्ने हो। अहिलेसम्म न्युट्रलमा छु। १० वर्षसम्म सांसद भइसकेको मान्छे। सबैसँग राम्रो सम्बन्ध छ। जुन किसिमको माहोल कांग्रेसभित्र पाइरहेको छु त्यो एकदमै पोजेटिभ छ। जिल्ला सभापति लगायत पूर्व सभापति सबैले साथ दिनु भएको छ। दुर्गम क्षेत्रमा पनि अफिस खोलेका छौं। मैले सबैबाट सहयोग पाउँछु भन्ने लागेको छ। कांग्रेसले २३ वर्षपछि अवसर पाउँदैछ। स्थायी सरकारका लागि अवसर हो। गठबन्धन भएकाले सबैले काम गर्नुभएको छ। मलाई त्यति समस्या पर्छ जस्तो लाग्दैन। ११ र १२ वडा हो। त्यहाँ प्रगति के गर्‍यो भन्ने यहीँनेर छ। १० वर्षमा के गर्‍यो? नयाँ मान्छेले के गर्न सक्छ भनेर मूल्याङ्कन गर्नसक्छन्। मूल्याङ्कन जनताले गर्छन्। परिवर्तन खोजेका छन्। मेरो अनुभवबाट अहिले हजारौँ मानिसलाई रोजगारी दिएको छु। बैङ्किङ क्षेत्र, होटेल छन्। ती सबै सिस्टमले चलाउने हो। जीवनमा आफैँले चलाउँछु भनेर हैकमवादले संस्था चल्दैन। सेक्टर सेक्टर काम गर्ने हुन्छ। मेरो संस्था हो, लिटिल एन्जल्सको म फाउन्डर हुँ। त्यहाँ ८ हजार विद्यार्थी छन् तर पनि म त्यहाँ छैन। ३२ वर्ष हेडमास्टर भएर काम गरेँ। अहिले म हुँदाभन्दा राम्रो चलेको छ। विद्यार्थी पनि घटेको छैन। क्वालिटी पनि राम्रो छ। मैले सबै छोडेर जाने हो। लैजाने केही होइन, त्यसैले फाउन्डेसनको घोषणा गरेँ। एउटा कर्पोरेटर अफिस बनाउँछु। त्यसमा एकदम एक्सपर्ट साथीहरू हुनुहुन्छ। म भने एउटा फाउन्डेसन लिएर सामाजिक काममा लाग्छु। चुनाव असाध्यै खर्चिलो भयो। तलदेखिकै संरचना खर्चिलो भएको छ। वास्तवमा हुन नपर्ने हो। राम्रा मान्छेहरू तलदेखि नै छानेर जानुपर्ने हो। कसरी चाहिँ योग्य मानिस जान सकिन्छ भन्ने हो। म त पैसाको भ्यालु बुझ्ने मान्छे। साथीहरूलाई भनेको छु तपाइहरूले अब चाहिँ खर्चिलो नबनाउनुहोस्। म गरेर आएको मान्छे हुँ। चण्डिभञ्जाङको स्कुल हेर्दा एकदमै निराश भएँ। प्राइमरी लेभलको टिचरले एउटा हाइ स्कुलको दरबन्दीमा पढाइरहेको रहेछ। त्यहाँ उत्पादन भएको एउटा चिज ल्याउँदा प्रति केजी ७ रुपैयाँ तिर्नुपर्ने रहेछ। वास्तवमा सरकारले अलिकति ध्यान दिने बित्तिकै त्यहाँ २० मिनेटमा पुग्नसक्छ, रोड बनाउने हो भने। हाम्रा ओझेल परेका ठाउँलाई उज्यालो बनाउन सकिन्छ। पाँच वर्षमा परिवर्तन आउने गरी सोचेको छु मैले ।
pahilopost.com
2,199,497
अमेरिकाको एउटा कलेजबाट लाजमर्दो खबर आएको छ। यहाँका एक कलेजका प्राध्यापकलाई छात्रालाई शर्ट खोल्न लगाएको आरोपमा बर्खास्त गरिएको छ। फक्स ५ डीसीका अनुसार यो घटना शिक्षा विभागको नागरिक अधिकार कार्यालयले गरेको अनुसन्धानपछि आएको हो। तीन महिना लामो अनुसन्धानमा प्राध्यापकले करिब ११ जना केटीलाई सर्टदेखि स्पोर्ट्स ब्रा फुकाल्न निर्देशन दिएर कक्षा कोठामा प्रतिकूल वातावरण सिर्जना गरेको खुलासा भएको छ। समाचार अनुसार, प्रोफेसरले केटीहरूलाई उनीहरूको शर्ट खोल्न मात्र रोकेनन्, उनले उनीहरूको स्तनको बारेमा अनुपयुक्त टिप्पणीहरू पनि गरे। जब केही केटीहरूले आपत्ति गरे, प्रोफेसरले यसलाई चिकित्सा मूल्यांकनसँग सम्बन्धित व्यायाम भने तर त्यस्ता टिप्पणीहरू गर्न आवश्यक थिएन। जब केही छात्राहरूले शालीनताका लागि प्रयोगशाला ज्याकेटहरू लगाएका थिए, प्रोफेसरले उनीहरूलाई फुकाल्न आग्रह गरे। साे घटना ताकोमा/सिल्वर स्प्रिंग परिसरमा भएको थियो र अक्टोबर २०१९ मा रिपोर्ट गरिएको थियो। घटनाको प्रारम्भिक अनुसन्धानपछि लगत्तै अभियुक्त प्राध्यापकलाई प्रशासनिक बिदामा राखेर बर्खास्त गरिएको थियो। तर यो घटनाले गुरु शिष्य सम्बन्धमा प्रश्न चिन्ह खडा गरेको छ। मोन्टगोमेरी कलेजका प्रवक्ताले ओसीआरद्वारा गरिएको गहिरो अनुसन्धानको लागि कृतज्ञता व्यक्त गरे र हालसालै सार्वजनिक गरिएको अन्तिम रिपोर्टमा उल्लिखित प्रस्तावहरूको लागि पूर्ण समर्थन व्यक्त गरेका छन्। फक्स ५ डीसीले आफ्नो प्रतिवेदनमा अनुसन्धानका क्रममा एकजना छात्रा परीक्षामा फेल भएको पत्ता लागेको बताएको छ। दुर्व्यवहारका कारण यस्तो भएको अनुमान गरिएको छ । कलेजले उनलाई पुनः भर्ना गर्न सहयोग गर्‍यो र खर्च पनि बेहोर्यो ।यसबाहेक अन्य छात्राहरुले पनि उनलाई सहयोग गरे। याे लज्जास्पद कार्य गर्ने प्रोफेसरलाई अन्ततः बर्खास्त गरियो, तर त्यहाँ केहि प्रश्नहरू छन् जुन अनुत्तरित छन्। कलेजले यो विषय प्रहरीमा गएको हो वा होइन भन्ने खुलाएको छैन । प्रोफेसरको नाम किन खुलाइएको छैन वा कुन वर्गको संलग्नता थियो ? त्याे भने सार्बजनिक गरिएन ।
dcnepal.com
6,234,323
नेकपा एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहले सुरुवाती अग्रता लिएका छन् । ९२ मतगणना हुँदा अध्यक्षका उम्मेदवार गुलाबजंगले सुरुवाती अग्रता लिएका हुन् । अध्यक्षका उम्मेदवार शाहले ५२, मीनबहादुर शाहीले ३८ र प्रकाश रोकायले २ मत पाएका छन् । यस्तै, सचिवमा ध्रुवकुमार शाहीले ६५ र रूद्रबहादुर शाहीले २७ मत प्राप्त गरेका छन् ।
shilapatra.com
5,177,036
यद्यपी पीएसजीले मड्रिडको प्रस्ताव अस्वीकार गरेको फक्स स्पोर्ट्सले जनाएको छ। फक्स स्पोर्ट्सका अनुसार पीएसजीले नेमारको लागि आएका बार्सा र युभेन्ट्सको अफर पनि अस्वीकार गरेको छ। पीएसजीेले नेमारको मूल्य २ सय ५० मिलियन युरो तोकेको छ। सन् २०१७ मा पीएसजीले बार्साबाट नेमारलाई २ सय २२ मिलियन युरोमा अनुबन्ध गरेको थियो। नेमार हालसम्मकै महंगो फुटबलर हुन्। पीएसजीले पुरा बजेट बाहेक अन्य अफरलाई स्वीकार नगर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। नेमारले हालैका दिनमा पीएसजी छाड्ने अभिव्यक्ति दिएपछि उनको बहिर्गमनबारे प्रश्नहरु, चर्चाहरु चलेका हुन् ।
nepalkhabar.com
1,264,863
संघ, प्रदेश सरकार मातहतका कार्यालय र स्थानीय तह विकास बजेट परिचालनमा कमजोर देखिएका छन् । साउनदेखि पुष महिनासम्म संघीय सरकारको १८.३९ र प्रदेशको २३.३९ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी विकास पौडेलले बताए । प्रदेश सरकार अन्तर्गत पुजिगततर्फ ९३ करोड ९८ लाख ५६ हजार रुपैया बजेट बिनियोजन भएकोमा पुजिगततर्फ २१ करोड ९९ लाख सात हजार ८६७ रुपैयाँ खर्च भएको छ । संघीय सरकारको पुजिगततर्फ खुद बजेट ४६ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेकोमा ८ करोड ६१ लाख ८१ हजार ६३७ रुपैया अथवा १८.३९ प्रतिशत खर्च भएको छ । चालुतर्फ स्थानीय तहहरुलाई पठाउने अनुदान समेत दुई अरब ४८ करोड, ७६ लाख असी हजार ५४३ रुपैयाँ मध्य पुष सम्म ९७ करोड ७९ लाख पचास हजार ९७६ रुपैयाँ खर्च भएको छ । प्रत्येक चौमासिकमा वित्तिय प्रगति विवरण पेश गर्नुपर्ने नीतिगत व्यवस्था भएपनि स्थानीय तहले बुझाएका छैनन् । जिल्लाका ६ वटा स्थानीय तहले बजेट खर्चको विवरण सार्वजनिक गरेका छैनन्। बेनी नगरपालिकालाई तीन करोड ६८ लाख ६८ हजार ५२७, धवलागिरी गाउपालिकालाई दुर्ई करोड ५६ लाख ९५ हजार, मंगला गाउपालिकालाई दुई करोड पाच लाख ६२ हजार ९३२, मालिका गाउपालिकालाई १४ लाख १४ हजार ५१२ र रघुगंगालाई एक करोड ५४ लाख ५७ हजार रुपैयाँ अनुदान पठाएको छ । अन्नपूर्ण गाउपालिकाले अहिलेसम्म संघीय सरकारको अनुदान लगेको छैन् । संघीय सरकार अन्तरगत सबैभन्दा धेरै पुजिगत बजेट पुननिर्माण प्राधिकरणको शिक्षा इकाईतर्फ २६ करोड ७३ लाख ९५ हजार रुपैयाँ बजेट भएकोमा चार करोड ४६ लाख १५ हजार ९३१ रुपैयाँ खर्च भएको छ । १५ करोड ३० लाख ९० हजार रुपैयाँ बजेट भएको जिल्ला आयोजना कार्यान्वयन इकाईले तीन करोड १६ लाख ५१ हजार ५१७ रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकार अन्तरगत सबैभन्दा बढी असी करोड ४१ लाख पचास हजार रुपैया पुजिगत बजेट भएको पूर्वाधार विकास कार्यालयले २१ करोड चार लाख ६१ ह्जार ४१५ रुपैयाँ खर्च गरेको छ । जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयले ११ करोड ७२ लाख ७८ हजार रुपैया पुजिगत बजेट भएकोमा ७६ लाख ४७ हजार ४४४ रुपैयाँ खर्च भएको कोलेनिकाले जनाएको छ । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा प्रदेशको १२.३४ र संघीयको ४५ प्रतिशत बजेट खर्च भएको थियो । कोष तथा लेखा नियन्त्रक चन्द्रशेखर सापकोटाले समय अनुसार पुजिगत खर्च हुन नसकेपनि गत वर्षको तुलनामा म्याग्दीमा केही सुधार देखिएको बताए । 'ठूला आयोजनाको ठेक्का लागिसकेकाले दोस्रो चौमासिक सुरु भएदेखि खर्चको अनुपात बढ्न थालेको छ,' उनले भने, 'कर्मचारी व्यवस्थापन भएका र अख्तियारी पनि समयमै आएकाले कार्यालयहरुले बजेट परिचालनमा सक्रियता देखाउनुपर्छ ।' चालु शिर्षकको बजेट प्रशासनिक काम, तलब, भत्तामा खर्च हुन्छ । पुजिगत बजेट विकास निर्माणका योजना तथा कार्यक्रममा खर्च हुन्छ । आर्थिक वर्षको मसान्तमा हतारमा बजेट सक्ने उद्देश्यले मात्र गरिने खर्चले बेतिथि र भ्रष्ट्राचार बढाएको सरोकारवाला बताउछन् । समयमा बजेट खर्च नहुँदा बजारमा तरलताको अभाव हुने र वर्षान्तमा ठूलो मात्रामा बजारमा आउने नगदले मूल्यवृद्धिका साथै अर्थतन्त्रमा अस्थिरता पैदा गर्ने म्याग्दी बहुमुखी क्याम्पसको अर्थशास्त्र विषयका उपप्रध्यापक भोलानाथ घिमिरेले बताए । ‘बजेट खर्च गर्ने र प्रगति देखाउनेमा भन्दा पनि उपलब्धि, दिर्घकालीन महत्व र आर्थिक सूचक सुधारमा सहयोग पुग्ने हिसाबले बजेट परिचालन गर्नुपर्छ,' उनले भने, 'आर्थिक वर्षको अन्त जेठ असारमा जथाभावी बजेट खर्च गर्ने विकृति रोक्न अनुगमन र निगरानी बढाउनु आवश्यक छ ।
annapurnapost.com
3,746,633
ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् । पैदल हिडीरहेका बालकलाई घारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ईमाडोल स्थित किष्ट मेडिकल कलेजमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । कार सहित चालक महानगरिय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।
emountaintv.com
778,094
सरकारले नेपाली सेनाको अगुवाइमा ‘एकीकृत सीमा सुरक्षा तथा व्यवस्थापन नीति’ ल्याउने भएको छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि अग्रभागमा सशस्त्र प्रहरी बल (एपीएफ) र ‘ब्याकफोर्स’ मा सैनिक संयन्त्र रहने गरी छुट्टै नीति ल्याउन लागिएको हो । सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि राहत प्याकेज ल्याउन पनि छलफल अघि बढेको छ । सीमा सुरक्षा तथा व्यवस्थापन नीतिको मस्यौदा निर्माण गर्नकै लागि राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले चारवटै सुरक्षा निकायबाट लिखित राय/सुझाव मागेको छ । सुरक्षा परिषद् प्रधानमन्त्री अध्यक्ष रहेको संयन्त्र हो । यसको सचिवालय सेनाको खटनपटनमा रहन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन र गृहमन्त्री रामबहादुर थापाबाट समापन हुने गरी सचिवालयले माघ २५ र २६ गते ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू’ नामक गोष्ठी गर्दै छ । विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय सीमा सुरक्षामा एपीएफ खटिँदै आएको छ । सशस्त्र प्रहरी ऐन २०५८ को दफा ६ (७) मा सशस्त्र प्रहरीले ‘अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्ने’ उल्लेख छ । तर सेनाले अग्रभागमा सशस्त्रलाई नै खटाउने र ब्याकफोर्समा आफू रहने गरी सीमा सुरक्षामा आफ्नो उपस्थिति जनाउन लागेको हो । हाल सीमा सुरक्षाका लागि भारत र चीनतर्फ सशस्त्र प्रहरीका २ सय १ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएका छन् । तीमध्ये चीनतर्फ आधा दर्जन र बाँकी भारततर्फ छन् । स्रोतका अनुसार चारवटै सुरक्षा निकायलाई समावेश गराउने गरी ‘एकीकृत इन्टेलिजेन्स संरचना’ बनाउन पनि सेनाले आन्तरिक तयारी गरिरहेको छ । यसका लागि रक्षा, गृह, परराष्ट्र, अर्थलगायत मन्त्रालय र चारवटै सुरक्षा निकायको सहभागितामा आगामी वैशाखमा छलफल गर्ने तयारी छ । सीमा सुरक्षा र व्यवस्थापनसम्बन्धी काम गरिरहेका सुरक्षा निकायसँग उचित समन्वय र सहकार्य भएन भने सशस्त्र र सेनाबीच ‘अघोषित द्वन्द्व’ निम्तिने जोखिम पनि देखिएको छ । सेना रक्षा मन्त्रालय र सशस्त्र गृह मन्त्रालयअन्तर्गतका सुरक्षा निकाय हुन् । रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले सीमा सुरक्षा र व्यवस्थापनका लागि प्रभावकारी र समन्वयात्मक ढंगबाट अघि बढ्ने गरी एकीकृत खाका बन्ने क्रममा रहेको बताए । सीमा क्षेत्रमा ३ दर्जन जति सरकारी संयन्त्र खटिएको र कतिपय काममा दोहोरोपन हुँदा तोकिएको लक्ष्य हासिल गर्न समस्या देखिएको उनको भनाइ छ । ‘सीमा सुरक्षा र व्यवस्थापनमा खटिने निकाय थुप्रै भए, सबैले आ–आफ्नो जिम्मेवारीभित्र रहेर काम गरिरहेकै छन्, तर सीमा जस्तो अति संवेदनशील स्थानमा खटिने निकायबीच काममा दोहोरोपन देखियो । यसले लक्ष्य हासिल गर्न केही अन्योल थपिदिएको छ,’ सचिव पाण्डेले भने, ‘सरकारी निकायहरूबीच जिम्मेवारीमा दोहोरोपन नहोस्, सीमा सुरक्षा प्रभावकारी होस् भनेर एकीकृत र चुस्त सीमा सुरक्षा व्यवस्थापनको काम थालिएको हो ।’ विभिन्न सरकारी संयन्त्रबीच एकल, द्विपक्षीय, बहुपक्षीय समन्वय, सहकार्य र तालमेल मिलाएर सीमा व्यवस्थापन तथा सुरक्षालाई चुस्त बनाउनुपर्छ भन्ने निष्कर्षसहित नै राष्ट्रिय सुरक्षा परिषद्ले गृह र रक्षा मन्त्रालय, चारवटै सुरक्षा निकायलगायतको सहभागितामा दुईदिने छलफल गर्न लागेको उनले बताए । यसबाट निस्किने निचोडका आधारमा सीमा सुरक्षा र व्यवस्थापनसम्बन्धी ठोस रणनीति बन्ने उनले जानकारी दिए ।नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले सीमा सुरक्षामा एपीएफ बसे पनि सेनाले त्यसमा चासो राख्नु स्वाभाविक भएको बताए । एपीएफले नेपालको सीमा सुरक्षा अस्थायी रूपमा हेरिरहेको उल्लेख गर्दै उनले त्यसका लागि गृह मन्त्रालयअन्तर्गत छुट्टै ‘सीमा सुरक्षा मात्र गर्ने स्थायी प्रकृति’ को सुरक्षा निकाय चाहिने औंल्याए । अन्तर्राष्ट्रिय मापदण्ड र भूराजनीतिक दबाबका कारण सबैभन्दा पहिले नेपालको दुवै छिमेकीसँगको सीमांकन सन्धि तथा सम्झौताअनुसार टुंग्याउनुपर्नेमा उनले जोड दिए । ‘त्यसपछि नयाँ बन्ने सीमा सुरक्षा बलले सीमा सुरक्षालाई महत्त्वका साथ हेर्ने व्यवस्था गर्नुपर्छ । अरू बेला आवश्यक पर्दा अन्य काममा पनि लगाउन सकिन्छ,’ उनले भने । भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किमि लम्बाइ सीमा रहेकामा अधिकांश खुला छ । चीनसँग करिब १ हजार ४ सय १४ किमि लम्बाइको बन्द सीमा छ । दक्षिण र उत्तरतर्फका सीमा सुरक्षामा एपीएफका बीओपी छन् । नेपाल प्रहरीले पनि सीमा सुरक्षा चौकीका रूपमा आफ्नो संयन्त्र परिचालन गर्दै आएको छ । सेनाले सीमा नजिकैका युनिटमार्फत सीमासम्बन्धी विषयमा निगरानी राख्ने गरे पनि औपचारिक संयन्त्र खटाएको छैन । ताप्लेजुङको झिङसाङ चुलीदेखि दार्चुलाको लिम्पियाधुरासम्म नेपालको सीमाले भारतसँग छोएको छ । दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको छ । नवलपरासीको सुस्तामा पनि नेपाल–भारत सीमा विवाद छ । चीनतर्फ नेपालको सिमाना दार्चुलाको लिपुलेकमा सुरु भएर पूर्वमा झिङसाङ चुलीसम्म छ । झिङसाङ चुली नेपाल–भारत र चीनको त्रिदेशीय बिन्दु हो । भारततर्फका २ हजार ७ सय १६ सीमा स्तम्भ गायब छन् । तिनको खोजबिन हुन सकेको छैन । सीमा सुरक्षामा खटिने एपीएफलाई भौगोलिक विकटता र मौसम अनुकूल बन्दोबस्ती र साधनस्रोत पर्याप्त व्यवस्थापन समेत हुन सकेको छैन । सशस्त्रका फौज कतिपय स्थानमा टहरा र पालमा बस्न बाध्य छन् । भारतीय पक्षबाट सीमा अतिक्रमणका अलावा सीमावर्ती नेपाली नागरिकमाथि दुर्व्यवहार र ज्यादती बर्सेनि दोहोरिने गरेको छ । भारतीय पक्षले सीमा स्तम्भ उखेल्ने र गायब पार्ने घटना पनि हुने गरेका छन् । यसलाई समेत ख्याल गरेर सीमा सुरक्षा र व्यवस्थापनसम्बन्धी प्रभावकारी रणनीति तर्जुमा गर्न पहल थालिएको रक्षा मन्त्रालयका सचिव पाण्डेले बताए । मन्त्रिपरिषद्ले २०७७ साउन ५ गते सेनालाई सीमा सुरक्षामा समेत संलग्न गराउन ‘सर्वेक्षण तथा सीमा अनुगमन निर्देशनालय’ गठन गर्न स्वीकृति दिएको थियो । त्यसपछि जंगीअड्डाले सहायक रथीको नेतृत्वमा निर्देशनालय गठन गरिसकेको छ । सेनाले त्यसबेलै निर्देशनालय गठनका प्रमुख ५ कारण औंल्याएको थियो । जसमा सेनामा छुट्टै कार्यालय खडा गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रूपमा विकास गर्ने, नेपाल सरकारद्वारा अन्तर्राष्ट्रिय सिमानाको अध्ययन, अनुगमन, नियमन गर्न गठन गरिएका उच्चस्तरको संयन्त्रमा नेपाली सेनाले प्रतिनिधित्व गर्ने भनिएको छ । यस्तै केन्द्रीय तहमा परराष्ट्र, गृह, कानुन मन्त्रालय र नापी विभागलगायत विभिन्न निकायका र विज्ञहरूसँग नियमित सम्पर्क र समन्वय गर्ने, सन्धि–सम्झौतासम्बन्धी अति संवेदनशील कागजात/नाप नक्सा/आलेखको संरक्षण र विभिन्न संघसंस्था तथा विज्ञसँग भएका दस्ताबेज, खोज र अनुसन्धान पत्र प्राप्त गरी संरक्षण गर्ने भनिएको छ । सशस्त्र प्रहरीका एक उच्च अधिकारीले देशभित्र विभिन्न भूमिकामा ‘अनावश्यक रूपमा परिचालन गरिएका’ सशस्त्रको फौजलाई सीमा क्षेत्रमा केन्द्रित गर्नुको सट्टा सेनाको खटनपटनमा सीमा सुरक्षा नीति र त्यसअनुसार जनशक्ति परिचालन गर्न खोज्नु गलत भएको बताए । बरु सरकारले गृह मन्त्रालय मातहत रहने गरी सीमा सुरक्षाका लागि छुट्टै सीमा सुरक्षा बल (बोर्डर सेक्युरिटी फोर्स) गठन गर्नुपर्ने उनको भनाइ छ । २०७७ असारमा मन्त्रिपरिषद्ले सशस्त्रको संयन्त्र ७७ वटै जिल्लामा रहने गरी संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण प्रतिवेदन पारित गरेको थियो । मन्त्रिपरिषद् बैठकले २०७६ कात्तिक २९ गते ‘नेपाल–भारत’ र ‘नेपाल–चीन’ सीमा निरीक्षण समिति गठन गरेको थियो । त्यसपछि चीनतर्फ सीमा निरीक्षण गर्न परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कालीप्रसाद पोखरेल र भारततर्फ दक्षिण एसिया महाशाखाका प्रमुख यज्ञबहादुर हमाल नेतृत्वका दुई छुट्टाछुट्टै समिति गठन गरिएका थिए । दुवै समितिले सीमाको अवस्था र चुनौती तथा रणनीति कस्तो बनाउने भन्नेमा सुझावसहितको प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदन गोप्य छन् । २०७५ फागुन २१ गते तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट अन्तर्राष्ट्रिय सीमा अनुगमन तथा सुरक्षा गर्न सेनाभित्र छुट्टै निर्देशनालय गठन प्रक्रिया अघि सारेका थिए । त्यसपछि आर्थिक वर्ष २०७५/७६ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा रक्षा मन्त्रालयका तर्फबाट राष्ट्रिय सुरक्षासम्बन्धी द्विपक्षीय तथा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता एवं नक्सा र महत्त्वपूर्ण दस्ताबेजहरूको संरक्षण तथा अध्ययन अनुसन्धानलाई प्रवर्द्धन गर्न नेपाली सेनामा सन्धि, सम्झौता अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने’ प्रस्ताव गरिएको थियो । पोखरेलले नेपाल सरकारको कार्यविभाजन नियमावली–२०७४ को नियम १३ लाई टेकेर उक्त निर्णय गरेका थिए । नियम १३ मा रक्षा मन्त्रालयको काममा ‘अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा, सीमा क्षेत्रसम्बन्धी सूचना संकलन, विश्लेषणमा उपयोग गर्ने’ भनिएको छ । यही प्रावधानलाई टेकेर सरकारले सिमानामा सशस्त्रलाई समेत कमान्ड–कन्ट्रोल गर्ने गरी ब्याकफोर्समा सेनाको उपस्थिति जनाउन लागेको हो ।सुरक्षाविद् गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा र राष्ट्रिय स्वार्थको संरक्षण गर्ने संवैधानिक दायित्व नेपाली सेनाको भएको उल्लेख गर्दै यसका लागि चारै सुरक्षा निकायबीच समन्वय हुनुपर्ने बताए । ‘विगतमा सुरक्षा निकायबीच राम्रो समन्वय नहुँदा सीमासहित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षासँग सम्बन्धित कतिपय विषयमा केही कमजोरी देखिएका थिए,’ उनले भने, ‘सीमा सुरक्षामा एपीएफको जिम्मेवारी महत्त्वपूर्ण रहन्छ । अन्य सुरक्षा निकाय यस विषयमा कसरी परिचालन गरिन्छ, कुन भूमिका दिइन्छ भन्नेबारे बृहत् छलफल र बहस हुनुपर्छ ।’राष्ट्रिय सुरक्षाको जिम्मेवारी सेनाको भए पनि स्थापनाकालदेखि नै सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएको र ऐनले नै उसलाई त्यो म्यान्डेट दिएको वाग्लेले बताए । परिवर्तित सन्दर्भमा सेनालाई कुनै न कुनै रूपमा सीमा सुरक्षामा खटाउँदा र उसको ‘मनिटरिङ’ मा सशस्त्रलाई राख्दा दोहोरोपना हुने सम्भावनाप्रति सरकार सचेत र सजक हुनुपर्ने उनको भनाइ छ । ‘समन्वय, समझदारी र परिचालन गर्ने मामिलामै असमझदारी भएर अनावश्यक विवाद, प्रतिवाद र द्वन्द्व सिर्जना हुन सक्छ, यसप्रति बेलैमा सरकारको ध्यान पुग्न जरुरी छ,’ उनले भने । रक्षा सचिव पाण्डेले अब सीमा क्षेत्रमा जुनसुकै सरकारी निकाय खटिए पनि राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वार्थ र राष्ट्र हितका विषयमा ‘सयथरी पाइला एउटै चाल’ को नीति आवश्यक भएको बताए । ‘सीमा सुरक्षा र सीमा व्यवस्थापनलाई प्रभावकारी र चुस्त बनाउनकै लागि राष्ट्रिय सुरक्षा नीतिले पनि स्पष्ट मार्ग निर्देश गरेको छ । यो नीति गोप्य छ । त्यसले निर्देश गरेका विषयअनुसार नै सीमामा एकीकृत सुरक्षा र व्यवस्थापन नीति बनाउन बृहत् छलफल र समीक्षा गरिरहेका छौं,’ उनले भने, ‘सीमा सुरक्षा र व्यवस्थापनमा सयथरी पाइला–एउटै चालका रूपमा अघि बढ्नु र कमजोरी पत्ता लगाएर त्यसको समाधान गर्नु आवश्यक देखियो । अहिले मात्रै ३४ वटा जति संयन्त्र सिमानामा खटिँदा रहेछन् । तिनमा समन्वय अभाव देखियो । हामी अहिले कहाँ छौं, पुग्नुपर्ने कहाँ हो, निर्क्योल हुनुपर्छ ।’ सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणबाबु थापाले सीमा सुरक्षामा सशस्त्र प्रहरीलाई नै बलियो बनाएर परिचालन गर्नुपर्ने बताए । ‘२० वर्षदेखि सीमा सुरक्षामा दत्तचित्त भएर खटिएको फौज (एपीएफ) को विकल्पमा अरू कुनै संयन्त्र खडा गर्ने वा काममा दोहोरोपन आउने, कमान्ड/कन्ट्रोलमा असर पुग्ने गरी सरकारबाट निर्णय हुनुहुँदैन । सबैले आफ्नो म्यान्डेट के हो, त्यसअनुसार अघि बढ्नु उचित हुन्छ,’ उनले भने । सेनाले सीमा सुरक्षा र व्यवस्थापनमा यसअघिबाटै ठाउँ खोजेको र राष्ट्रिय सुरक्षाको प्रमुख अंग भएकाले उसको चासो/चिन्ता स्वाभाविक भए पनि सीमा सुरक्षामा सशस्त्र प्रहरी नै सक्षम र भरपर्दो फोर्स भएको उनले बताए । मौसम, भौगोलिक अवस्था र त्यसअनुसारका साधनस्रोत तथा पूर्वाधार बलियो बनाएर सीमामा खटाए एपीएफबाटै राम्रो नतिजा हासिल हुने उनको भनाइ छ । सरकारले गत कात्तिकमा भारतीय सीमा क्षेत्र दार्चुलाको व्यास गाउँपालिकालाई लक्ष्य गरी २२ बुँदे ‘दार्चुला जिल्ला व्यास गाउँपालिकाको विकास तथा सेवा प्रवाहमा सुधारसम्बन्धी एकीकृत कार्ययोजना’ ल्याएको थियो । भारतले व्यासको लिपुलेकसम्मै आफ्नोपट्टि पारेर २०७६ कात्तिक १६ गते राजनीतिक नक्सा जारी गरेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै नेपालले कूटनीतिक नोट पनि पठाएको थियो । दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले ६ दशकदेखि अतिक्रमण गरेको छ । नेपाली भूमि लिपुलेकमा कैलाश मानसरोवर जोड्ने सीमा सडक बनाइवरी भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत वैशाख २६ गते उद्घाटन गरेका थिए । यसको पनि नेपालले विरोध गरेको थियो । सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने नेपालको प्रस्तावमा भारतले चासो नदिएपछि सरकारले लिम्पियाधुरासम्मकै क्षेत्र समेटेर गत जेठ ७ गते राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्यो । त्यसपछि सीमा क्षेत्रमा सेनाको चासो बढेको हो । भारतले गत वर्ष मात्रै नेपालसहित छिमेकी देशका सीमावर्ती इलाकामा बस्ने आफ्ना नागरिक लक्षित सुरक्षा तथा राहत प्याकेज घोषणा गरेको थियो । उसले यो कार्यक्रम सीमा क्षेत्रका १ सय ११ जिल्लामा सञ्चालन गरेको छ । कार्यक्रमको समीक्षा र थप रणनीति बनाउन हरेक वर्ष जनवरी १५ मा केन्द्र र प्रदेश सरकारका अधिकारी सम्मिलित संयुक्त बैठक बस्ने भनिएको छ । भारतले सीमा क्षेत्रमा बसोबास गर्ने आफ्ना नागरिकलाई देशप्रति समर्पित बनाउन यातायात, कृषि, उद्यमशील, रोजगारीलगायतका दर्जनभन्दा बढी प्याकेज घोषणा गरेको हो । चीन र पाकिस्तानसँगका बढी विवाद भएका केही राज्यमा संघ सरकारको पूर्ण लगानी र धेरैजसोमा ६०–४० प्रतिशत अनुपातमा क्रमशः केन्द्र र राज्य सरकारले लगानी गर्ने जनाइएको छ । नेपालसँग भारतका ५ राज्य सिक्किम, पश्चिम बंगाल, विहार, उत्तरप्रदेश, उत्तराखण्डले सीमा छुन्छ । भारतको खासगरी नेपाल, चीन र पाकिस्तानसँग सीमा समस्या दोहोरिँदै आएको छ  ।
ekantipur.com
6,287,005
दोस्रो र तेस्रो अधिवेशनमा विवादित बनेका कतिपय विधेयकसहित चालु चौथो अधिवेशनमा पेस भएका समेत १६ विधेयक प्रतिनिधिसभाको बैठकबाट पारित भइसकेका छन् भने बिहीबार बस्ने बैठकबाट थप दुई विधेयक पारित गर्ने तयारी छ। पारित र पारित गर्न तयारीमा राखिएका विधेयकमध्ये केही अति विवादित छन्। तर सरकारको बलमा संसद्ले विवादित विधेयकलाई प्रक्रियामा अगाडि बढाएको छ। संसद्मा आउने बेलामै विवादमा आएका विधेयकलाई विरोधका कारण सरकारले तत्काल अघि बढाउन सकेको छैन भने भिन्न दफामा घुसपैठ गराएर ल्याएका विषय यतिबेला विवादित रुपमा बाहिर आउन थालेका छन्। तर, संसद्ले यसलाई सजिलै पारित गर्दै आएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
aajakonews.com
1,672,999
गैरआबासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको अबसरमा संघको भाषा तथा साहित्य उपसमिति र नेपाल अफ्रिका साहित्य समाजको आयोजनामा नेपाली साहित्य गोष्ठी सम्पन्न गरिएको छ । संघका संरक्षक तथा नियात्राकार जिबा लामिछानेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा अध्यक्ष भवन भट्ट, शिरोमणि दवाडी, सुनिल कार्की, चन्दा थापा, मनोज गोर्खाली, पासाङ्ग शेर्पा, कुबेर कार्की , हिक्मत थापा र रमेश कंडेल लगायतले आआफ्ना रचना बाचन गरेका थिए । वि.सं.२०७५ पुस १९ बिहीवार १४:३४ मा प्रकाशित लिस्बन ।
sansarnews.com
1,591,197
न्युयोर्क – संयुक्त राज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्युयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ। डब्लूएफबीओले सार्वजनिक गरेको फुटेजमा न्युयोर्कको बुफेलो प्रहरीका अधिकृतले ७५ वर्षीय एक वृद्ध व्यक्तिलाई नियागारा स्क्वाएरमा छातीमा धकेलेर भुइँमा लडाएको देखिएको छ। ती वृद्ध व्यक्ति सडकमा उत्तानो पर्छन्, टाउको भुइँमा बजारिन्छ र कान तथा टाउकाको पछाडिबाट रगत बगेको फुटेको देखिएको छ। तर नियागारा स्क्वाएरमा भेला भएका प्रदर्शनकारीलाई पन्छाउने क्रममा सहभागी प्रहरीको समूह उनलाई बेवास्ता गर्दै अगाडि बढेको देखिन्छ। यो भिडियो सार्वजनिक भएसँगै प्रहरीको व्यवहारलाई लिएर चौतर्फी आलोचना हुन थालेको छ। बुफेलो प्रहरीले भने एक व्यक्ति ठेस लागेर भुइँमा लडेको भनाइ सार्वजनिक गरेको छ। प्रहरीले उक्त घटनाको छानबिन थालिसकेको जनाएको छ। प्रहरी आयुक्तले उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको बताएका छन्। पश्चिम न्युयोर्कका मेयरले वृद्ध व्यक्तिमाथि भएको व्यवहारबाट आफू अत्यन्त दुःखित भएको प्रतिक्रिया दिएका छन्। न्युयोर्कको एक अस्पतालमा उपचार गराइरहेका ती वृद्ध व्यक्तिको स्वास्थ्य अवस्था “स्थिर” रहेको बताइएको छ। न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले वृद्ध व्यक्तिमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकारीको निलम्बनलाई स्वीकृत गरेका छन् ।
nepalsamaya.com
5,359,952
विगतका आमनिर्वाचनमा जसरी दलका सबै कदमलाई जनताले बिनाकुनै टिप्पणी सधैँ स्वीकार गरेका थिए । आजीवन त्यसै गर्न कठिन पर्छ भन्ने सन्देश विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेलाई मतदाताले दिएका छन् । मतमार्फत जनताले दिएको सन्देशलाई राजनीतिक दलले कसरी लिन्छन् भन्ने चाहिँ अबको मुख्य प्रश्न हो । नयाँ दलले यो पटक खासै अरू धेरै काम र कुरा गरेका थिएनन् । वि.सं. २०४८ पछिका सरकारका कमजोरी, विकृति र गलत क्रियाकलापलाई जनतासामु प्रस्तुत गरेर जनताका बीचमा स्थापित गर्ने काम नयाँ दलले गरेका हुन् । विश्व नयाँ प्रविधि र द्रुत विकासमा प्रवेश गरिसक्दा नेपाल उही पुरानै ढर्रामा रहिरहेको यथार्थलाई मतदाताका बीचमा पु¥याउने काम मात्रै नयाँ खुलेका दलबाट भएको हो । नयाँ दलमा राजनीतिमा ख्याति कमाएका पात्र थिएनन् । उम्मेदवार बनेकाहरू कोही कुनै पेसामा थिए त कोही कुनै व्यवसायमा आवद्ध थिए तर पनि निर्वाचनमा एक खालको सफलता प्राप्त गरे । वि.सं. २०४८ देखि आजका दिनसम्म आइपुग्दा पुराना दलले केही नगरेका भने होइनन् । पञ्चायतको तीस वर्ष र प्रजातन्त्र आएपछिका तीस वर्षको तुलना गर्ने हो भने नेपालमा भएको विकास र जनताको आर्थिक एवं चेतनाको स्तरमा ठूलो अन्तर भेट्टाउन सकिन्छ । कांग्रेसका पालामा केही बढी काम भए होलान्, एमालेका पालामा केही कम भए होलान् तर मुलुक र जनताका लागि केही नगरेका भने होइनन् । जनताको अपेक्षा र आवश्यकता बढी हुने तर दलका क्रियाकलाप सोअनुसार हुन नसक्दा दलमाथि प्रश्नैप्रश्नको ओइरो लाग्न पुगेको हो । दलले लोकप्रियता गुमाउँदै जानुमा खासगरी जनताले प्रत्यक्ष सम्पर्क राख्नुपर्ने सरकारी कार्यालयमा भ्रष्टाचार वृद्धि हुँदै जानु एउटा मूल कारण हो । आधा घण्टामा सकिनुपर्ने काम दस्तुर बुझाए दिनभर लगाएर सकिने र दस्तुर नबुझाउने हो भने तीन दिनमा पनि फत्ते नहुने गरेका कारण नै पुराना दल धेरै आलोचित हुन पुगेका हुन् । सेवा प्रवाह गर्ने कार्यालय स्वच्छ भइदिएका भए या सत्तामा पुगेका दलले त्यहाँ हुने भ्रष्टाचार रोक्न सकेका भए यत्तिको मात्रामा वितृष्णा निश्चय नै उत्पन्न हुने थिएन । आफ्ना सबै कागजात प्रमाण तयार गरेर दर्ता शाखामा बुझाएपछि सकिने कामका लागि नागरिकले हप्तौँ खर्चिनुपर्ने बाध्यता छ । मालपोत कार्यालयमा जग्गा पास गर्न गए के के गर्नुपर्छ भन्ने सबै नागरिक र सत्तामा बसेका सबै शासकलाई थाहा नै छ । पासपोर्ट बनाउन राति ३ बजेदेखि नै परराष्ट्र मन्त्रालयको राहदानी विभागमा लाइन लाग्नुपर्ने अवस्थाबाट जनताले छुटकारा पाउन सकेका छैनन् । राष्ट्रिय परिचयपत्र बनाउन त्यस्तै सकस बेहोर्नु परिरहेको छ । घरजग्गा कर मोबाइलमार्फत तिर्न पाउनुपर्ने जमानामा वडा कार्यालयमा गएर फाइल खोज्दै पूरै दिन बिताउनुपर्ने कष्ट अहिले पनि नागरिकले भोग्दैछन् । यस्ता सामान्य विषय; जुन सानो खर्च र कर्मचारीको मेहनतमा हुन सक्छन्, यस्ता कार्यलाई पनि झन्झन् जटिल बनाउने काम भइरहेको छ । ढिलासुस्तीलाई नै कमाइखाने भाँडो बनाइने गरिएको छ । सर्वसाधारणले सवारीसाधनको लाइसेन्स पाउनु भनेको राजनीतिकर्मीले मन्त्री भेट्टाएजत्तिकै गौरवशाली कार्य हुन पुगेको छ । किसानले समयमा मल नपाएर आफूलाई वर्षभर पुग्ने अनाज उत्पादन गर्न नपाएको कति भयो भन्ने त कसैलाई बताउनै पर्दैन । बरु उद्योगपतिले उखु लगेर चिनी बनाई बेचेको सात वर्ष कट्दा पनि किसानले फसलको मूल्य नपाएको समाचार आइरहन्छन् । यस्तै यस्तै विषयले गर्दा आज पुराना दलमाथिको विश्वास जनताको थोरै कमजस्तो देखिएको छ । आगामी पाँच वर्ष यी दलले आफ्नो त्यो पुरानो हैसियत र साख जोेगाउन धेरै समय खर्चिनुपर्ने देखिएको छ । जे जसरी भए पनि पुराना राजनीतिक दल र दलका नेतालाई चुनौती दिँदै एउटा ठूलै तप्का संसद्मा प्रवेश गरेको छ । यसरी आएका दलहरूले के कसरी आफ्ना क्रियाकलाप अगाडि बढाउँछन् भन्ने त हेर्न बाँकी नै छ तर पुराना दललाई उही परम्परागत शैलीमा कार्य गर्न भने यिनले निश्चय नै दिने छैनन् । समयको माग र नयाँ पुस्ताको आवाजलाई चुस्त ढङ्गले सम्बोधन गर्दै अघि बढ्न सकेनन् भने ठूला पुराना दलले यस पटकको पाँच वर्षको कार्यकाल त बिताउने छन् तर ती दलको भविष्यमा प्रश्नचिह्न उठ्नेछ । दलहरूले आफूलाई जति सुस्त बनाउँछन् उति नै तीव्र गतिमा क्षयीकरणको सुरुवात हुन जान्छ । संसद्मा प्रवेश गरेका सबै दलका सामु अब एउटा ठूलै चुनौती उत्पन्न भएको छ । कसैको स्पष्ट बहुमत नहुँदा कुन दलको नेतृत्वमा सरकार गठन गर्ने भन्ने नै कठिन विषय हो । कांग्रेस र एमाले दुवैले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने निश्चित नै छ । गलत व्यक्तिलाई प्रधानमन्त्रीमा समर्थन जनाए भने पनि नयाँ दलले अहिले प्राप्त गरेको विश्वास गुमाउन पुग्छन् । आफू मन्त्री बन्नलाई सरकार गठन प्रक्रियामा पुरानै विकृतिको आभास नयाँ दलले दिए भने पनि उनीहरूलाई अर्को निर्वाचनमा गर्वका साथ उम्मेदवारी दिने हैसियत रहन्न । त्यसैले संसद् पनि जोगाउँदै र आफू पनि जोगिँदै राजनीतिक स्थिरता दिनका लागि सक्रिय हुनुपर्ने दायित्व नयाँ दलका काँधमा समेत आएको छ । पुराना सबै दल र सबै नेतामा विकृति आएको होइन । वास्तवमा राजनीतिमा घृणा पैदा हुने गरी काम गर्ने औँलामा गन्न सकिने केही नेता मात्रै छन् । सबै दल, सबै नेता व्यापारी, बिचौलिया, ठेकेदार र डनका कब्जामा परिसकेका छैनन् तर स्वच्छ र शान्त नेतालाई जनताले नेता नै नदेख्ने परिपाटीको विकास हुँदै जाँदा पनि यस्तो स्थिति उत्पन्न भएको छ । अहिलेकै निर्वाचनमा पनि केही हार्नैपर्ने नेताहरूको जित भएको छ भने केही जित्नैपर्ने नेतासमेत जनताको मत नपाएर खुम्चिएर बस्नु परेको छ । यसमा राजनीतिक दललाई दोष दिन मिल्दैन । यसको जिम्मेवारी त्यस्तो मतदान गर्ने स्वयं मतदाताले नै लिनुपर्ने हुन्छ । पुराना दलमा आशालाग्दा युवा निर्वाचित भएका छन् । भरोसायोग्य पाका नेता पनि चुनाव जितेर सांसद बनेका छन् । मात्र यत्ति हो कि अब दलमा कुन प्रवृत्ति हावी हुन्छ भन्ने चिन्ता हो । पुराना दललाई पूर्ण रूपेण जनताले बहिष्कार गरेको अवस्था भने यो होइन । आफूलाई सुधार गर्ने हो भने पर्याप्त समय मतदाताले दिएका छन् । पाँच वर्षभित्रमा देश र जनताका पक्षमा काम गर्ने हो भने आगामी निर्वाचनमा पनि पुराना दलले वर्चस्व गुमाउनुपर्ने देखिएको छैन । अहिले संसद्मा पुगेका साना ठूला सबै दललाई जनताले बोकाएको भारी भनेको राजनीतिक स्थिरताको हो । देश विकासको हो । आर्थिक समृद्धिको हो । शैक्षिक समुन्नतिको हो । जागरणको हो । दलका वाचा पनि घोषणापत्रमार्फत यही विषय व्यक्त गरिएको छ । त्यसैले एउटा दलले अर्को दललाई दोष थोपरेर आफू पानीमाथिको ओभानो बन्दै संसद्लाई बीचैमा भङ्ग गर्ने अवस्था सिर्जना गर्ने सुविधा कुनै पनि दललाई छैन । राजनीतिक स्थिरतामार्फत सुशासन र समृद्धिको प्रत्याभूति दिनुपर्ने जिम्मेवारी संसद्मा पुगेका सांसदको नै हो ।
gorkhapatraonline.com
1,226,155
क्वारेन्टाइनमा चरम लापरबाही भएको र संक्रमित भेटिएको ५ दिनसम्म स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब परीक्षण नभएको समाचार अन्नपूर्णपोष्ट डटकममा प्रकाशन भएपछि आइतबार मध्यरातमा उनीहरुको स्वाब संकलन गरिएको छ । क्वारेन्टाइनमा रहेका ७ जना स्वास्थ्यकर्मी र ५ जना सुरक्षाकर्मीको राती स्वाबको नमूना संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाइएको घोराही उपमहानगरपालिकाका कोरोना फोकल पर्सन जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले बताए । उनले उनीहरुसँग अन्य ८० जनाको समेत गरेर सोमबार बिहान ३ बजेसम्म संकलन गरिएको बताए । राती १० बजे देखि स्वाब संकलन सुरु गरिएको थियो स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ । दाङको घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको घोराही ३ मा रहेका कुइरेपानी क्वारेन्टाइनमा रहेका नागरिक र स्वास्थ्यकर्मीहरुले सामान्य सुरक्षा सामग्री समेत पाउन सकेका छैनन् । यो क्वारेन्टाइनमा रहेका एकजना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । घोराही उपमहानगरपालिका ३का ती पुरुषलाई कोरोना पोजिटिभ भेटिएको भएपनि त्यहाँ रहने अरुको बारेमा भने स्थानीय सरकारले लापरवाही गरेको देखिएपछि अन्नपूर्णले त्यो विषय सार्वजनिक गरेको हो । क्वारेन्टाइन १८ दिनदेखि ड्युटीमा खटिएका ७ जना स्वास्थ्यकर्मी सामान्य सुरक्षा कवज पीपीई समेत नभएको गुनासा गरेका छन् भने मापदण्डअनुसारको अन्य व्यवस्था समेत नरहेको गुनासो बढी हुन थालेको छ । संक्रमित भएको क्यारेन्टाइनमा लापरवाही देखिनुले स्वास्थ्यकर्मी उच्च जोखिममा काम गरिरहेका छन् ।
annapurnapost.com
1,913,568
लाभ वारवेला : बिहान ०५:४९ देखि ०७:२१ सम्म र साँझ ०४:३२ देखि ०७:३२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । उपहार, मानसम्मान र पुरस्कारको प्रसङ्ग चले पनि आशा नराख्नु वेश हुनेछ । भोजभतेर र खानपानको अवसर जुटे पनि पेटको खराबीले सताउन सक्छ । सहयोगीहरूले दिएको वचन पूरा गर्न सक्दैनन् । विभिन्न अवसर आए पनि व्यस्तता र कमजोरीका कारण मौकाको फाइदा उठाउन सकिंदैन । समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । भेटघाटको अलमलले काम रोकिन सक्छ । त्यसैले संयम र धैर्य भई काम गर्ने दिन हो, आज । खर्च गराउने भावमा चन्द्रमाको बास छ तर सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । प्रलोभन देखाउनेहरूको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्छ, सजग रहनुहोला । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । राज्यस्थानमा बलियो चन्द्रमाको उपस्थिति भएकाले ठूलाबडाको सहयोग प्राप्त हुनेछ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । परिवारजनमा आत्मीयता बढ्ने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । सामाजिक दायित्व बढ्नेछ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, यद्यपि नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ, तर कुनै किसिमको नेतृत्व वहन नगरेको जाति हुन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट चाहिं प्रतिष्ठा मिल्न सक्छ । अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, प्रतिष्ठा प्राप्तिका लागि अलि बढी मिहिनेत र सङ्घर्ष गर्नुपर्छ । काम बिग्रने भयले सताउला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । हाँके/ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । तर्क र बहसमा पकड भएकै दिन, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । प्रतिस्पर्धीले प्रयास गरेपनि सफल हुने छैनन् । त्यसैले लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । उपहार वा पुरस्कारको पर्खाइमा हुनुहुन्छ भने निराशा हात पर्नेछ । आफ्नै बाध्यताले सहयोगीहरूले साथ दिन सक्दैनन् । खेलवाडमा रुचि जाग्न सक्छ । परिवारमा आमा वा पति/पत्नीको स्वास्थ्यस्थितिका बारेमा सचेत हुनुपर्छ । पारिवारिक भेटघाटमा किचलो हुनाले मन खिन्न हुनसक्छ । आत्मीयजनसँगको दूरी बढ्ने छ । अरूको फाइदाका लागि उपयोग भइने छ एवं परिस्थिति पनि आफ्ना लागि प्रतिकूल नै रहने न्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले पनि दुःख दिनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । यद्यपि योजना गोप्य राखी गरेमा केही काममा सफलता मिल्नेछ । कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ । पराक्रम भावमा बलियो चन्द्रमा रहेकाले आफ्नो आत्मबल र निर्णयमा गरिएका कामबाट फाइदा लिन सकिने छ । तर सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ । समग्रमा मिश्रित प्रभाव प्राप्त हुनेछ । तर धैर्यताका साथमा प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन पनि हो । मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन । प्रेम र मित्रताका लागि उचित भूमिका निर्वाह गर्न नसक्नाले तीतोपन बढ्ने सम्भावना छ । मनपर्ने भौतिक साधन जोड्न मन लालायित हुनेछ, तर धनको अभाव खट्किने छ । मान–सम्मानमा आघात पुग्नसक्छ । तापनि, आजको दिनलाई प्रयास गर्दा राम्रो बनाउन सकिने समय छ ।
pokharanews.com
74,000
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
canadanepal.com
6,018,441
२०८१ साउन ८ मंगलबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि सबैलाई राष्ट्रिय प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापनापश्चात् देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक आन्दोलनमा सङ्घर्ष, त्याग तथा बलिदान गर्ने सहिदहरूप्रति उच्च सम्मान अर्पण गरे । उनले सन्देशमा आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबवोध गर्दै समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहन प्रण गर्ने दिनका रूपमा सम्झन सबैलाई अनुरोध गरे ।
sunaulonepal.com
4,403,955
अभिनय कलामा अब्बल मानिन्छन् ध्रुबसिंह तामाङ । कलाकारिता क्षेत्रमा छिरिङको उपनामले चिनिने तामाङले धेरै जसो तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेका छन् । मुलधारका चलचित्रमा समेत अभिनय गर्ने सोच बनाएको भए पनि तामाङ जातीको संस्कार, संस्कृति र भेषभूषामा आधारित रहेर बनेका चलचित्रमा व्यस्त हुनु पर्दा समय अभाव भएको उनले बताउँदै आएका छन् । उनै छिरिङले आफ्नो पाइला म्युजिक भिडियोमा समेत पाइला चालेका छन् । उनले अभिनय गरेको नयाँ सेलो गीत ‘ठेकीको मोही मिठो’ तामाङहरुको पर्व सोनाम ल्होछार (ल्होसारको) अवसर पारेर हिजो बुधबार सार्वजनिक गरेका छन् । भिडियोमा उनको जोडीको रुपमा सरिता रानामगरले साथ दिएकी छिन् भने करन तामाङ र डीबी दोङको समेत अभिनय भिडियोमा समेटिएको छ । छिरिङ दोर्जे लामाको शब्दमा साम्तेन मोक्तानको संगीत रहेको गीतमा साम्तेन र जीतु लोप्चनको स्वर रहेको छ । त्यसैगरी चाँद सिंहले एरेञ्ज गरेका छन् । गीतको भिडियोमा राजिव आचार्यको कोरियोग्राफी, विजय लामाको छायाँकन, राजेश कुमारको सम्पादन तथा धनबहादुर तामाङ (सागर गोले)को निर्देशन रहेको छ ।
dainiknepal.com
3,302,699
प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव शरदचन्द्र अधिकारीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । वन तथा भू-संरक्षण मन्त्रालयले ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ विपरीत गएर अधिकारीलाई नियुक्ति गरेको देखिएपछि केन्द्रले पदमुक्त गर्न सिफारिस गरेको हो । अधिकारी नियुक्त गर्दा तोकिए अनुसार शैक्षिक योग्यता तथा अनुभव नहेरी तत्कालीन वन मन्त्री शक्ति बस्नेतले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेका थिए । अधिकारी नियुक्ति पछि केन्द्रमा उजुरी परेको थियो । उजुरीका आधारमा छानबिन हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ (च) बमोजिम नियुक्ति गर्दा मनोनयनको प्रक्रिया समेत पुरा नगरेको पाइएको छ । ‘वन मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी, कार्यकारी प्रमुख तथा सदस्यको नियुक्ति र मनोनयनको लागि छनौट गर्दा अपनाउनुपर्ने कार्यविधि, २०७५ मा उल्लेख भएको कार्यविधिको अनिवार्य रूपमा पालना नगरेको देखियो,’ केन्द्रका सचिव राम आधार साहले रातोपाटीसँग भने,‘ अधिकारीको नियुक्ति विधिसम्मत नदेखिएकोले सो विषयमा आवश्यक कारबाही गर्न भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (छ) बमोजिम निर्देशन दिइएको हो ।’ केन्द्रको फागुन २१ गते बसेको सचिव स्तरीय बैठकले अधिकारीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ । सञ्चार केन्द्र प्रा.लि.द्वारा सञ्चालित नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु मध्ये एक हो । परिवर्तनका पक्षमा निर्भिकताका साथ उभिने यो जनपक्षीय अनलाइन मिडिया २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । ‘सूचना, समाचार र विचारको केन्द्र’ बनिरहेको ‘ पाठकहरुले दिनुभएको अत्याधिक मायाका कारण सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने मुलधारको ठुलो मिडियाकारुपमा स्थापित हुँदै गइरहेको छ ।
sancharkendra.com
1,086,213
सुनसरीमा प्रदेश नम्बर १ स्तरीय पाँचौ संस्करणको पानवारी भलिबल रनिङ कप हुने भएको छ । माघ ६ गतेदेखि ११ गतेसम्म धरान–६ सिमल चौरीको खेल मैदानमा सयपत्री बोइज युनियन क्लबले पानवारी भलिबल रनिङ कप प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा १० वटा भलिबल टिमले भाग लिने आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव केदार बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतियोगीताको विजेताले चाँदीका रनिङ ट्रफिसँगै नगद ७५ हजार पाउनेछन् भने उपविजेताले ४१ हजार पुरस्कार प्राप्त गर्नेछन् । खेलका लागि हाल टिमहरु पूर्ण रुपमा तयार नभएपनि सम्भावित टिमहरुमा १ नं प्रदेश प्रहरी विराटनगर, महेन्द्र क्याम्पस धरान, सशस्त्र प्रहरी बल पकली, याङशिला युवा भलिबल टिम मोरङ, फुङ्नाम स्पोर्टिङ क्लब इलाम, नेपाल आर्मी इटहरी, डुम्राहा क्लब रामधुनी, भोजपुर भलिबल क्लब भोजपुर, डाँडाबजार भलिबल क्लब धनकुटा रहेका छन् । धरान उपमहागनरपालिका र ६ नम्बर वडा कार्यालयको संयोजनमा हुने सो प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग वियर, सह प्रायोजकमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहने आयोजकले जनाएको छ । सोही प्रतियोगिताको पहिलो संस्करण त्रिवेणी युवा क्लब मोरङले जितेको थियो भने दोस्रो संस्करण डुम्राहा भलिबल क्लब सुनसरी, तेस्रो संस्करण १ नम्बर प्रदेश प्रहरी विराटनगर र चौँथो संस्करण आयोजक आयोजक आफैँले जितेको थियो ।
makalukhabar.com
4,064,036
एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहँुको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् । दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले रु दुई करोड, सङ्घीय र प्रदेश सरकारले रु एक÷एक करोड बजेट विनियोजन गरेका छन् । तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन किलोमिटर खण्डमा कालोपत्रे गर्न काम शुरु भएको छ । उक्त सडकलाई तीन खण्डमा विभाजन गरेर तीन तहको सरकारले विनियोजन गरेको रकमले कालोपत्रेको काम शुरु भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिनुभयो । दमौलीबाट छाब्दीतर्फ जाने पहिलो खण्डमा सङ्घीय सरकारले विनियोजन गरेको रु एक करोडबाट पक्की नाला निर्माण र करीब ८०० मिटर सडक कालोपत्रे शुरु भएको पण्डितले बताउनुभयो । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु एक करोडबाट छाब्दीबाट दमौलीतर्फ आउने त्यति नै दूरी सडकमा पक्की नाला निर्माणसहित सडक चौडा र कालोपत्रेको काम शुरु गर्ने तयारी गरिएको छ । यसैगरी ब्यास नगरपालिकाले विनियोजन गरेको रु दुई करोड बजेटबाट भड्खलादेखि गौंडाको पहराको पूर्वतर्फको उकालोसम्मको सडकखण्डमा कालोपत्रेको काम भइरहेको छ । बस नगरपालिकाले यो मार्गलाई नगरस्तरीय मार्गको रुपमा छनोट गरी कालोपत्रेका लागि बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटै आयोजनालाई तीन सरकारले बाँडेर आ–आफ्नो तरिकाले काम गर्ने र त्यहाँका जनतालाई सबैले यो योजना हाम्रो हो भन्ने जटिल अवस्था सिर्जना भएको बताउनुभयो । सङ्घ र प्रदेश बजेटबाट कालोपत्रे हुने सडकको ठेक्का डायमन्ड कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ भने ब्यास नगरपालिकाको ठेक्का जिएस कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णु काफ्लेले छाब्दीमार्गलाई उच्च प्राथमिकतामा राखेर वर्षा शुरु हुनु अगाडि नै कालोपत्रे सकिने गरी काम गरिने बताउनुभयो । उक्त सडक कालोपत्रे नहुँदा वर्षायामको समयमा हिलो र हिउँदमा धुलोले सर्वसाधारण मर्कामा पर्दै आएका थिए । स्थानीयवासीले छाब्दी मार्ग कालोपत्रेका लागि जनप्रतिनिधिलाई पटक÷पटक दबाब दिँदै आएका थिए । रासस काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
2,546,795
१७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । ‘बलात्कारका कराण योनिमा चोट लाग्नुका साथै धेरै रक्तस्राव पनि भएको थियो । अहिले भने अवस्था सामान्य छ,’ एक चिकित्सकले भने । घटना बिहीबार रातिको हो । नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ । आजको मा समाचार छ ।
ratopati.com
5,437,361
बिहीबार एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।बैठकमा आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ, कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुनेछ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ । यहाँस्थित नेपाल–भारत नाका पारीका भारतीय सहर र कस्बाहरुबाट ठुलो परिमाणमा लागू औषध ब्राउनसुगर नेपालतर्फ भित्रिने गरेको छ । लागू औषधका भारतीय कारबारीहरुले नेपाली कारोबारीलाई सो बिक्री गर्ने तथा नेपाल भित्र पुर्याउने काम समेत गर्दै आएको पाइएको छ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको कामलाई सहयोग गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ । ताप्लेजुङमा मोतिबिन्दु भएकाहरुको आँखाको शल्यक्रिया गरिएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकामा सञ्चालित निःशुल्क शिविरमार्फत मोतिविन्दु भएका रोगीहरुको आँखाको शल्यक्रिया गरिएको हो ।
gorkhapatraonline.com
2,929,896
अविरल वर्र्षासँगै आएको बाढीपहिरोमा परी नवलपरासी पूर्वमा ३ र पश्चिममा ३ गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी मधुसूदन सिंहका अनुसार पहिरोमा परी मृत्यु हुनेमा ४० वर्षीया धनमाया पुलामी, नातिनीहरु ६ र ७ वर्षका देउमाया भूमिसरा रहेका छन् । उनीहरुको शव घटनाको करिब ३६ घण्टापछि पुरिएको अवस्थामा घटनास्थलमै भेटिएको थियो । शनिबार करिब ५० सुरक्षाकर्मी परिचालन गरी खोजतलास गर्दा पुरिएको अवस्थामा ३ जनाको शव फेला परेको हो । सोही पहिरोमा परेका घरमुली हस्तबहादुर पुलामीलाई भने घटनालगत्तै स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए । अविरल वर्षा सँगै आएको बाढी–पहिरोले हुप्सेकोटकै गिरुबारी र पत्थरका सहायक खोला थुनिएको गाउंँपालिकाले जनाएको छ । खोला थुनिएको जानकारी आएपछि हुप्सेकोट गाउँपालिकाले शनिबार बिहान सूचना जारी गर्दै खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको थियो । पहिरोमा मानिस बेपत्ता भएको र खोला थुनिएको सूचना पाएसँगै गंण्डकी प्रदेश सांसद विष्णु लामिछाने, गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, पालिका प्रशासकीय अधिकृतसहित थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ लागेको थियो । सांसद लामिछानेले घटनास्थल पुगेर स्थानीय रातेखोलामा गएको पहिरोले थुनिएको पानीको बहावको निरीक्षण गर्दै रातेखोलामा बनेको तालबाट क्रमशः पानी बग्न थालेको बताउनुभयो । लामिछानेले लगातारको वर्षाले जिल्लाको पहाडीलगायत समग्र तराई क्षेत्रमा स्थानीय गाउँघर, नहर कुलो तथा पुलपुलेसा र धानबाली तथा राजमार्ग क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिनुभयो । उहाँले अविरल वर्र्षासँगै आएको पहिरोमा परी एकाघरका ३ जनाको पुरिएर ज्यान गएको घटनाले आफू स्तब्ध भएको बताउनुभयो । अविरल वर्षासँगै पूर्वी नवलपरासीका स्थानीय खोला तथा खहरेहरुमा बाढी आउँदा पूर्व–पश्चिमको यातायात अवरुद्ध बनेको छ । बाढीले बिहीबार राति गैंडाकोटको पितौजीस्थित तेइस स्मृति पुलको डाइभर्सन बगाउँदा महेन्द्र राजमार्ग लामो समय अवरुद्ध बनेको हो । सडक, प्रहरी, र प्रशानको समन्वयमा निरन्तर खटिएर डाइभर्सन निर्माण गरिए पनि हिलोका कारण यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भइरहेको बताइएको छ । सडक अवरुद्ध बनेको करिब २८ घण्टापछि एकतर्फीरूपमा सडक सञ्चालनमा आएको छ । सडकमा साना सवारी चले पनि ठूला सवारीलाई भने फस्ने समस्या उत्तपन्न भएको छ । नारायणगढदेखि करिब १२ किमि पश्चिम जंगल क्षेत्रमा सडक अवरुद्ध हुँदा पूर्व–पश्चिमको लामो यात्राका सवारी र यात्रुले कठिनाइ भोग्नुपरेको यात्रुहरुले बताए । सोही राजमार्गको दाउन्ने सडक खण्ड भने शुक्रबार रातिदेखि नै एकतर्फी सञ्चालनमा आएको जिप्रका नवलपरासी पूर्वले जनाएको छ । बाढीबाट जोगिन घरबाट निस्केका रामग्राम–१६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासीको पानीको भेलले बगाउँदा ज्यान गएको थियो । त्यस्तै, बाढीमै परेर सुनवल–४ कि १३ वर्षीया एलिसा तामाङ बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा घरदेखि ५ किमि तल सुनवल–१० स्थित तुरिया खोलाको झाडीमा शनिबार अपराह्न उनको शव फेला परेको पश्चिम नवलपरासी प्रहरी प्रवक्ता प्रनाउ राजु लामाले बताउनुभयो । लामाका अनुसार अविरल वर्र्षासँगै जिल्लाका विभिन्न गाउँबस्ती डुवानमा परेको र सदरमुकाम परासीका करिब ९० प्रतिशत घरहरुमा बाढी पसेको बताउनुभयो । लामाले वर्र्षात्सँगै आएको बाढी सदरमुकाम परासी बजारमा पस्दा जिप्रका पश्चिम नवलपरासीमा ६ तथा यहाँ रहेको आर्मी ब्यारेकमा १२ फिट पानी जमेको थियो । बाढीका कारण नारायणी नदीको बाँध क्षेत्र गण्डक ब्यारेजमा शुक्रबार पानीको लेवल ४ लाख ५० हजार क्युसेक पुगेको भए पनि शनिबार घटेर ४ लाखमुनि रहेको स्थानीय प्रेमचन्द्र रौनियारले बताउनुभयो ।
newsofnepal.com
4,263,912
स्पेनको क्याटलानियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख कार्ल्स पुज्डमोनको रिहाइको माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौँको सङ्ख्यामा समर्थकले प्रदर्शन गरेका छन्। उनलाई राज्य विद्रोह गरेको आरोपमा गत हप्ता जर्मनीबाट पक्राउ गरिएको थियो। जर्मनीको राजधानी सहरमा पानी परिरहेको भए पनि प्रदर्शनकारी ब्रान्डेनवर्ग गेटबाट न्याय मन्त्रालयसम्म जुलुसमा सहभागी बनेका थिए। विरोध कार्यक्रमका सहभागीले ‘नेता पुज्डमोन र क्याटलान राजनीतिक बन्दी’को रिहाइका लागि अनुरोध गरेका थिए। ब्यानरमा स्पेनमा प्रजातन्त्र नभएको, आस्थाका आधारमा क्याटलोनियाली नेताहरूलाई बन्दी बनाइएको भन्ने भावका नारा लेखिएको थियो। जुलुसका सहभागीले क्याटलोनियाको स्वतन्त्रताका लागि भन्दै निला, पहेँला र राता झण्डाहरू बोकेका थिए। जर्मनीको प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति पुज्डमोनलाई गत आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले पक्राउ गरेको थियो। उनी क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन हुनु अगावै बेल्जियम पुगी स्वघोषित निर्वासनमा रहँदै आएका थिए।रासस/एएफपी नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
3,294,859
१४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ । ‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका काम भइरहेका छन्,’ युवा संघ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने । युवाहरुले १३ गते पनि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछन् । १३ गतेको प्रदर्शन साँझ ५ बजे हुने छ । यी स्थानबाट निस्किँदैछन् जुलुस १४ गते ११ बजे काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छ । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष सापकोटाले जानकारी दिए । सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड-माधव समूहले १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ प्रदर्शनलाई सशक्त र व्यवस्थित बनाउने सन्दर्भमा शनिबार युवाहरुको र उपत्यका विशेष प्रदेश कमिटीको बैठक बसेको थियो । १४ गतेको प्रदर्शनलाई लक्षित गरेर आइतबार विद्यार्थीहरुको बैठक बस्न लागेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतले भने, ‘पार्टीको अहिले सम्पूर्ण ध्यान संसदको असंवैधानिक विघटनविरुद्ध १४ गते गर्ने प्रदर्शनको तयारीमा केन्द्रित छ । त्यसका लागि विभिन्न जनवर्गीय संगठन, मोर्चा, सम्पर्क मञ्च, प्रदेश कमिटी, जिल्ला कमिटीलगायतको बैठक बस्दै आएको छ । त्यहीअनुसार आज हामी विद्यार्थीहरु बस्दै छौं ।’ कार्की ब्यांक्वेटमा दुई दिनसम्म बसेको नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार आज पुस १२ गते ७७ जिल्लाहरूको भेला तथा बैठक हुँदैछ । १४ गते ७७ वटै जिल्लामा आन्दोलन गर्ने, २० गतेभित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने निर्णय सो समूहले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा निर्वाचन आयोग छ । काठमाडौं– नेपाल प्रहरीले पछिल्लो एक वर्षमा १४ हजार ७६४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ काठमाडौं– काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा तत्कालका लागि निर्माणसम्बन्धी कुनै काम नगर्ने भएको छ । महानगरपालिकाले काठमाडौं– पछिल्लो एक वर्षमा नेपालीको भान्सामा २८ अर्बभन्दा बढी रुपैयाँ बराबरको विदेशी तरकारी पाकेको छ चितवन– चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना भएको छ ।
onlinetvnepal.com
3,526,617
सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बुधबार बस्दैछ । बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे सुरु हुने बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफँटको प्रस्ताव ल्याउने एक नेताले जानकारी दिनुभयो । गत सोमबार बसेको कार्यदलको बैठकले गठबन्धनमा आवद्ध दलहरुले पाउने सिट संख्याबारे प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई दिएको थियो । ती नेताका अनुसार गठबन्धनका शिर्ष नेताहरुले सिट बाँडफाँटको विषय छिटो टुंग्याउन ताकेता गरेपछि कार्यदलको बुधबारको बैठकमा सिटौलाले भागवण्डाको प्रस्ताव गर्नुहुनेछ । गत स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत, २०७४ को संघ तथा प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका सिट तथा दलीय संवेदनशीलताका आधारमा सिट बाँडफाँट गर्ने सहमति भएको थियो ।
imagekhabar.com
4,588,402
आममहिलालाई लक्षित गरी महिलाको विषयवस्तु सम्बन्धित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा नारी मासिकको परिकल्पना गरिएको हो । कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकले महिलाका विविध आयामलार्ई समेट्दै आएको छ ।महिलाका विषयवस्तुमा प्रकाशित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा यसले महिलाका विभिन्न विषयलार्ई समेट्दै आफूलार्ई अग्रस्थानमा राख्न सफल भएको छ ।
narimag.com.np
1,498,191
काठमाडौँ सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य लिएसँगै थप ५१ जिल्लामा गरीब पहिचान गर्ने भएको छ । गरीब घरपरिवारको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजना मार्फत उनीहरुलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्य राखिएको छ । जनताको जीवनस्तरमा सुधार ल्याई सरकारले मुलुकमा गरीबी निवारण गर्ने लक्ष्य रहेको उक्त कार्यक्रम दुई वर्ष भित्र सम्पन्न गरिने भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो । चालू आवमा ६३ करोड विनियोजन गरिएको छ भने आगामी वर्षमा आवश्यकता अनुसार लगानी वृद्धि गरिने छ । यसअघि सर्भेक्षण गरिएका देशका २६ जिल्ला बाहेकका स्थानमा सर्भेक्षण गर्न लागिएको हो । गरीब घरपरिवारको पहिचानका लागि जनसङ्ख्या, घर, सुविधा, सम्पत्ति, जातजाति, भौगोलिक क्षेत्र लगायतलाई आधार मानेर विभिन्न २६ जिल्लामा सर्भेक्षण सम्पन्न भइसकेको छ । गरीब पहिचान भएका जिल्लामा खोटाङ, भोजपुर, सिराहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुमपूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, रुकुमपश्चिम, बाजुरा, बझाङ, अछाम र कैलाली छन् । ती जिल्लाका १२ लाख २४ हजार ४१७ घरपरिवारका बारे अनुसन्धान गर्दा सर्भेक्षणले तीन लाख ९१ हजार ८३१ घरपरिवारलाई गरीबका रुपमा पहिचान गरेको थियो । सर्भेक्षण अनुसार अति गरीब एक लाख ८८ हजार २३२, मध्यम गरीबमा एक लाख १९ हजार ७५४ र सामान्य गरीबमा ८३ हजार ८४५ जना पाइएका छन् । आठ लाख ३२ हजार ५८६ गैरगरीब पाइएका छन् । सर्भेक्षण भएका क्षेत्रमा गरीब परिवारलाई परिचयपत्र वितरणको कार्यक्रम स्थानीय तहको सहकार्यमा शुरु भइरहेको छ । उक्त कार्य सम्पन्न भएपछि गरीबी निवारणका लागि आवधिक योजना तथा दिगो विकास लक्ष्य केन्द्रित भई आयआर्जन, सीपमूलक, शिक्षा, स्वास्थ्य, बीमा, खाद्य सुरक्षा भत्ता लगायत सामाजिक संरक्षणका कार्यक्रम सञ्चालन गर्ने नीति रहेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो । सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले गरीबीको आ–आफ्नै ढङ्गले परिभाषित गरेका कारण वास्तविक गरीबको सङ्ख्या प्राप्त हुन सकेको छैन । संविधानले सबै नागरिकलाई रोजगारीको प्रत्याभूति गर्न रोजगारीको हकको व्यवस्था गरेको भए पनि सो कार्यान्वयन हुन सकेको छैन । विगतमा राजनीतिक अस्थिरताले सरकारका नीति तथा कार्यक्रममा नकारात्मक असर पार्ने गरेको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार गठन भएपछि देशमा स्थिरताको वातावरणले आन्तरिक तथा बाह्य लगानी वृद्धि हुने अपेक्षा गरिएको छ । अर्थशास्त्री राधेश्याम मालाकारका अनुसार प्रत्येक वर्ष गरीबी घटिरहेको समाचार आए पनि निरपेक्ष गरीबीको रेखामुनि रहेका समूहको जीवनस्तरमा सुधार हुन सकेको छैन । दुर्गम क्षेत्र तथा पहाडी र हिमाली जिल्लामा गरीबको अवस्था दयनीय देखिएको छ । मुलुकको गरीबी बढ्नुको कारण देशको जनसङ्ख्यालाई आवश्यकता अनुसार उत्पादन नहुनु, रोजगारीका अवसर प्राप्त नहुनु, पूर्वाधार तथा विकास निर्माणका कार्यले गति लिन नसक्नु जस्ता प्रमुख कारण मानिन्छ ।
kendrabindu.com
4,148,419
विशेष परिस्थिती बाहेकको अवस्थामा घरमै बस्न जारी भएको लकडाउनको निर्णय उल्लंघन गरेर साइकल चलाउने एक यात्रुलाई प्रहरीले लाठीले कुटेको छ। काकालाई भेटेर पैसा लिन हिँडेको युवालाई ड्युटीमा बसेका प्रहरीले लाठीले कुटेर फिर्ता पठाएको छ। सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियोमा सडकमा प्रहरी देखेपछि साइकल चालक टाढै रोकिन्छन्। एक प्रहरीले उनलाई नजिकै बोलाउँछन्। चालक साइकल लिएर नजिकै आउँछन्। चालक मुन्टो पछाडि फर्काउँदै ऊ आफू आएको ठाउँतिरै देखाउँछन्। प्रहरी ‘ ‚’ भन्दै मुढाबाट उठ्छन् र साइकल चालकनजिकै जान्छन्। मुढासँगै बसेका अर्को प्रहरी उठेर साइकलमा लाठीले हान्छन्। चालक डराएर साइकल डोहोर्‍याउँदै पछाडि हट्छन्। प्रहरी झन् नजिक नजिक जान्छ। ‘ भन्दै प्रहरीले लाठी हान्न थाल्छ। युवकले ‘ ‚’ भन्छन्। प्रहरीले ‘ भन्दै लाठी हानिरहन्छन्। साइकल चालक साइकल लिएर फर्कन्छन्। सामाजिक सञ्जालमा सो भिडियो भाइरस भएपछि प्रहरीले सोधपुछ गरेको थियो। सोधपुछमा सो भिडियो इटहरी खनारको रहेको खुलेपछि प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई ड्युटीमा खटिएका प्रहरीलाई अनुशासनात्मक कारबाही गर्न निर्देशन दिएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
295,012
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८० पैसा र बिक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ६ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३८ पैसा पुगेको छ। यसको बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४५ पैसा पुगेको छ। त्यस्तै, शुक्रबार कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ८ पैसा र बिक्रीदर २३ रुपैयाँ २३ पैसा पुगेको छ। आज कुवेती दिनार एकको खरिददर भने ४०१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३२४ रुपैयाँ ६८ पैसा पुगेको छ ।
setopati.com
1,229,798
धनुषाको विदेह नगरपालिका ६ तिनकैरियास्थित स्कारपियोको ठक्करबाट एक पुरुषको मृत्यु र अन्य दुईजना घाइते भएको छन् । शनिबार बेलुकी साढे ७ बजेतिर जनकपुरबाट कमलातर्फ जाँदै गरेको बिआर.०पिबी–३९०२ नम्बरको भारतीय नम्बर प्लेटको स्कोरपियोले मानसिक सन्तुलन गुमाएका एकराही बस्ने अन्दाजी ३५ वर्षका बौका भन्ने हरीचन मण्डललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई तत्कालै एम्बुलेन्सबाट उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको जनाइएको छ । चालकलाई पक्राउ गरी प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ ।तर, गाडी धनीको नाम भने खुलाइएको छैन ।
annapurnapost.com
1,248,757
सरकार जहिल्यै जनताकै हुन्छ। जनताले आफ्ना प्रतिनिधिका रूपमा चुनेका व्यक्ति सरकारमा हुन्छन्। परिवर्तनका वाहक जनता नै हुन्। नेताले त पथ प्रदर्शकको काम मात्र गर्ने हो। जुन राष्ट्रमा परिवर्तनले स्थायित्व प्राप्त गरेको हुन्छ, जुन राष्ट्रमा आम जनता शिक्षित हुन्छन्, जुन राष्ट्रमा जनता सक्षम हुन्छन,् त्यस राष्ट्रमा नेता र कर्मचारीका बीचमा कहिल्यै द्वन्द्व हँुदैन र विश्वमा भएका यस्ता उदाहरण कमै छन्। कर्मचारी कुनै दलका हुनु हुँदैन र नेताले पनि दलको पगरी भिराइदिनु हुन्न। तर हाम्रो देशमा त्यसो हुन सकेन। हाम्रोे प्रमुख समस्या भनेको कर्मचारी संगठनलाई दुरुपयोगका कारण कर्मचारीमा अहम् भावना जागृत हुनु हो अनि आफ्नो कर्तव्य र जिम्मेवारी बिर्सेर उनीहरू अधिकार मात्र खोज्न थाल्नु हो। हाम्रो कर्मचारीतन्त्रभित्र राजनीतिक यति धेरै हावी भइसक्यो कि कार्यालय सहायकले सचिव फेर्ने र सचिवले मन्त्री फेर्नेसम्मका कुरा गर्न थालिसकेका छन्। हाम्रो सन्दर्भमा कर्मचारीलाई तीन तहमा विभाजन गर्न सकिन्छ– निम्न, मध्यम र उच्चस्तरीय। निम्नस्तरीय कर्मचारी, मध्यम र उच्चस्तरका कर्मचारीकै सेवामै तल्लीन हुन्छन्। यिनीहरूको जनता वा सेवाग्राहीसँग वा नेताहरूसँग खासै सरोकार हुँदैन। सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने भनेका मध्यमस्तरका कर्मचारी हुन्। यिनको सम्बन्ध उच्चस्तरका कर्मचारी, मन्त्री एवं नेतासँग हुने गर्छ। अझ स्पष्ट भन्नुपर्दा मालपोत, कर, यातायात कार्यालय, भन्सारजस्ता जनताका दैनिक जीवन निर्वाह गर्नुपर्ने ठाउँमा आफूलाई मालिक वा उच्च दर्जाका व्यक्तिका रूपमा स्थापित गरेर यिनीहरू बसेका हुन्छन्। यिनीहरूले सेवाग्राहीका गुनासोको राम्रो सुनवाइ गरेनन् वा झण्झट थपिदिए वा सेवाग्राहीलाई हतोत्साही गर्ने वा ढिला हुने पद्धति लागू गरे भने सेवाग्राही उक्त कार्यालयबाट निस्कनेबित्तिकै उसले सरकारलाई मात्र होइन, व्यवस्थालाई गाली गर्न थाल्छ। नीति निर्माण तहमा बसेका उच्च तहका कर्मचारीमा पनि गज्जबको संस्कृति विकास भइरहेको छ। आफूअनुकूल काम हुँदासम्म सब ठीक, आफू प्रतिकूल हुन थालेपछि सरकार एवं तिनका मातहतलाई पूर्णतया असहयोग गर्न थाल्छन्। त्यसमाथि राजनीतिक पूर्वाग्रहबाट पीडित कर्मचारी भए त भाँडभैलोको स्थिति नै आउँछ। वर्तमान विश्वमा दक्षताका आधारमा सुरक्षा क्षेत्रमा बाहेक निजी कम्पनीलाई प्रतिस्पर्धाका आधारमा दक्ष कर्मचारी नियुक्ति गरी सेवाग्राही क्षेत्रमा पठाउने गरेको छ। संघीयता कार्यान्वयनको चरणमा हँुदा प्रदेशहरूमा खटाइएका कर्मचारी सरकारले गरेको निर्णयको ठाडै चुनौती दिन सक्ने कसरी भए, यो अहं प्रश्न हो। मुलुकले लोकतान्त्रिक गणतन्त्रको संविधान पाएको चार वर्ष भयो। जनता मालिक भए, सिंहदरबार गाउँमा पुगेको अनुभूति जनताले गर्न पाएका छैनन्। संघले प्रदेशलाई सही मार्गदर्शन गर्न सकेको छैन। जनताले आफ्ना प्रतिनिधि चुनेर संघीय लोकतान्त्रिक गणतन्त्र स्विकार गरिसके। गत मंसिर १४ गतेको उपनिर्वाचनले त व्यवस्थाप्रति स्पष्ट पारिरहँदा संघीय लोकतान्त्रिक गणतन्त्र आत्मसात गर्न नसक्नेलाई त शून्य मतदेखि १०÷१२ मतमा सीमित पारी वर्तमानलाई आत्मसात गरौं भनी मतद्वारा नै सन्देश दिइसकेका छन् जनताले। जनता कुनै पार्टीका पक्षमा सदा नरहलान् तर वंशवादका पक्षमा लाग्ने छैनन्, जुन कुरा विभिन्न चरणका निर्वाचनले प्रस्ट पारिसकेको छ। अब कुरा आयो कर्मचारी व्यवस्थापन एवं सरकारको सहयोगी एवं सहकार्य गर्ने रणनीतिको, जुन असम्भव हँुदै होइन। सदा एउटै कुरा सुन्ने गरिएको छ, कर्मचारीले पैसा नखाई कुनै काम नै गर्दैन, हुन पनि यसमा प्रशस्त सत्यता छ। यो कर्मचारीमा एक प्रकारको प्रवृत्ति नै हावी भइसक्यो। तल्लो स्तरका कर्मचारी भेट्दा तल्लो स्तरको पीडा माथिल्लो स्तरको कर्मचारी भेट्दा माथिल्लो स्तरको नै पीडा। अझै कुनै विदेशीले राष्ट्रका लागि कुनै विकासको योजना ल्याउँदा देशका लागि त भयो हाम्रा लागि के भनेर कानुनी अड्चन देखाउने गरेका यदाकदा सुनिराखिएकै हो। शिक्षा, स्वास्थ्य र गैरसरकारी क्षेत्रलाई त आफ्नै सम्झने कर्मचारी नभएका होइनन्। जहाँ रबानादेखि विदेशी सयरसम्मको कार्यतालिकामा नपारी ती संस्थालाई सुखै छैन। नत्र दाताहरूबाट आएको रकम फिर्ता पठाइदिन पछि हट्दैनन् एकथरी कर्मचारी। विगतमा हेर्ने हो भने देशमा पटकपटक राजनीतिक परिवर्तन भयो। अझ भन्नुपर्दा जुन युद्धले लोकतान्त्रिक व्यवस्थाको स्थापना भयो, तीनै तहको निर्वाचन भयो तर कर्मचारी संयन्त्र वा व्यवस्था गर्ने नीतिनियम र कानुन त्यही रह्यो, जसका कारण तिनै कर्मचारीले निरन्तरता पाए र जनताले कर्मचारीबाट परिवर्तनको अनुभूति प्राप्त गर्न सकेनन्। यसको मतलब हरेक परिवर्तनपश्चात् कर्मचारी फेरिनुपर्छ भन्ने होइन, उनीहरूको मानसिकता परिवर्तन हुनुप¥यो भन्ने हो। त्यस्तो हुन सकेन भने सरकारले परिवर्तनको अनुभूति दिलाउन कम्मर कस्नुपर्ने हुन्छ। भारतमा जब अंग्रेज हट्यो तब जवाहरलाल नेहरूले अंग्रेजको प्रमुख सचिवलाई नै आफ्नो मुख्य सचिवमा निरन्तरता दिए, फलस्वरूप उक्त सचिवले परिवर्तन आत्मसात ग¥यो। उक्त सचिवबाट अन्य सचिवले पनि धेरै पाठ सिके। कर्मचारीमा नकारात्मक सोच एवं उदास मनोभावनाको विकास समानता नभएर हो वा कानुनी अवस्था नै सही नभएको वा दह्रो कानुन नभएको वा कानुनी राज्यको अवधारणा लागू नभएको वा कर्मचारी संगठनको कारणले वा राजनीतिक नेतृत्वका कारण वा निजामती नियमावलीका कारण। हाल प्रमुख समस्याका रूपमा रहेको स्थायी कर्मचारी, सेवाग्राही क्षेत्रमा व्यापक भ्रष्टाचार। ती स्थायी कर्मचारीमा के दम्भ छ भने मैले जे गरे पनि जागिर जाने होइन, केही समयका लागि सरुवा मात्र त हुने हो भन्ने मानसिकताले राम्ररी जरा गाडेको छ। वर्तमान विश्वमा दक्षताका आधारमा सुरक्षा क्षेत्रमा बाहेक निजी कम्पनीलाई प्रतिस्पर्धाका आधारमा दक्ष कर्मचारी नियुक्ति गरी सेवाग्राही क्षेत्रमा पठाउने गरेको छ। यसका कारण न भ्रष्टाचारको डर न ढिलासुस्ती न त जागिरपश्चात् राज्यलाई आर्थिक भार। ती कर्मचारीबाट बदमासी भएको खण्डमा उक्त कर्मचारी पठाउने संस्थालाई कारबाही एवं उनै पूर्ण जिम्मेवार हुन्छन्। जस्तै– सुरक्षा गार्ड नियुक्ति गर्ने कम्पनी। यसरी राष्ट्रिय सुरक्षा, नीति निर्माण एवं राष्ट्रिय महत्वका क्षेत्रबाहेक अन्यमा नयाँ सुरुवात गर्ने पो हो कि ? वर्तमानमा हेर्ने हो भन्ने कर्मचारी खटाएको ठाउँमा नजाने तर कर्मचारी दरबन्दीभन्दा हजारौं बढी छन्। यो पनि त राष्ट्रलाई आर्थिक बोझ पुग्ने भ्रष्टाचार नै होइन र ? सशस्त्र संघर्षका बेला नेपाली सेनाले राजाले भनेको मात्र मान्छ भनेर गिरिजाप्रसाद कोइरालाले अर्धसैनिक बल, सशस्त्र प्रहरी गठन गरे। जसको हाल नेताहरूको सुरक्षाका नाममा घरमा कारिन्दाबाहेक अरू केही भएन। हो, एकदुईलाई छाडेर ९८ प्रतिशत नेतालाई सुरक्षाको कुनै आवश्यकता छैन। संघर्ष समाप्त भएपश्चात् अब त्यसलाई यति ठूलो खर्च गरेर राख्नुभन्दा नेपाल प्रहरीकै एउटा अंगका रूपमा राख्न सक्यो भने आर्थिक भार कम हुन्थ्यो। नेपाली सेनालाई व्यापार, ठेक्कापट्टाभन्दा चुस्त र फूर्तिलो बनाउन संरचना नै बदल्नुपर्ने हो कि ? उक्त संस्थालाई भ्रष्टाचार निर्मूल गर्न हाल मात्र प्रधासेनापतिले सम्पत्ति सार्वजनिक गरेबाट भ्रष्टाचारविरुद्ध एक कदम अघि बढेको हो कि ? भ्रष्टाचार निर्मूल गर्ने निकाय अख्तियारका पूर्वप्रमुख नै भ्रष्टाचारमा मुछिनु, बालुवाटार जग्गा प्रकरणमा मन्त्री, सचिव र नेताहरूकै नाम जोडिनु अर्काे दुर्भाग्य हो। नेपाल प्रहरीका प्रायः आईजीपी फ्यालखाना पर्नुबाट पनि के प्रस्ट हुन्छ भने नेपालको कर्मचारीतन्त्रमा नीतिगत कमजोरी रहेको प्रस्ट हुन्छ। त्यसैले सुधार आवश्यक छ। नेपालको राजनीतिक परिवर्तनमा कर्मचारी र पेसागत संगठनले महत्वपूर्ण भूमिका खेलका छन् तर अब त उनीहरू राजनीति पूर्वाग्रह छाडेर राजनीतिक नेतृत्वले निर्माण गरेको नीतिको कार्यान्वयनमा लाग्नुपर्छ ।
annapurnapost.com
2,966,854
गाउँपालिकासँग समन्वय नगरी अनधिकृतरुपमा खोटो संकलन गरिएको भन्दै मकवानपुरको कैलाश गाउँपालिकाले प्रहरीसँगको समन्वयमा ट्रकलाई नियन्त्रणमा लिएको हो । ना. ५ ख ७७४ नम्बर ट्रक भार्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । कैलाश गाउँपालिका–३, खिर्कीबाट सल्लाको खोटो लोड गरी हेटौंडा आउने तयारी गरिरहेको अबस्थामा ट्रक नियन्त्रणमा लिइएको जनाइएको छ । केही वर्षदेखि गाउँपालिकाको वडा–१, २, ३ र ८ मा नियमितरुपमा खोटो संकलन हुँदै आएको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावीरुपमा खोटो संकलन भइरहेकोमा त्यसलाई व्यबस्थित गर्ने तयारी गाउँपालिकाले गरेको अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले गाउँसभाबाट पारित आर्थिक ऐन, २०७५ अनुसार खोटो संकलनका लागि वैधानिक व्यबस्था गरेको छ । तर, खोटो संकलक फर्म वा व्यक्तिले सूचीकरणबिना खोटो संकलन गर्ने गरेको पाइएको छ । हालसम्म कुनै संकलकले गाउँपालिकामा फर्म सूचीकरण नगरेको पाइएपछि ट्रकसहित खोटो नियन्त्रणमा लिइएको अध्यक्ष मुक्तानले बताउनुभयो । आर्थिक ऐनबमोजिम खोटो तथा जडीबुटी संकलन गर्न पाउने कानुनी व्यबस्था छ । जसअनुसार गाउँपालिकालाई प्रतिकेजी ५० रुपियाँ राजस्व बुझाउनुपर्ने प्रावधान छ । साना रुखमा समेत खोटो संकलनका लागि घाउ बनाएर ट्यांकीहरु झुण्ड्याइँदा सल्लाका बिरुवालाई असर परेको भन्दै उक्त कार्यको विरोध हुँदै आएको छ । रुखमा जथाभावी चोट पारेर अवैधरुपमा खोटो संकलन गर्नाले बोट धमाधम मर्न थालेका छन् । यस कार्यले बन क्षेत्र जोखिममा परेको स्थानीयको भनाइ छ । अवैधरुपमा हुने निकासीलाई रोक्न नसकिएको अवस्थामा गाउँपालिकाले पहल थालेको हो । बारम्बार एउटै रुखबाट खोटो संकलन गर्ने कार्यले रुख मर्न थालेका छन् । सामुदायिक बनका पदाधिकारी र ठेकेदारको मिलोमतोमा खोटो संकलन गर्दा हाल सल्लाका रुख सुक्न थालेका छन् । प्राविधिक हिसाबले रुखको एक भागबाट मात्र खोटो निकाल्नुपर्नेमा त्यहाँ बोटको चारैदिशा छेकेर खोटो निकालिएका छन् । खोटो निकाल्ने जमिनबाट एक मिटर ३० सेन्टिमिटरमाथि ब्यास भएका रुखबाट मात्र खोटो निकाल्नुपर्ने हुन्छ । रुखमा ३६ इञ्चभन्दा कम खोप्नुपर्ने हुन्छ । तर, बढी खोटो निकाल्ने लोभमा ठूलो प्वाल बनाउने गरिएको छ । खोटो संकलनयोग्य रुखमध्ये प्रतिहेक्टरमा पाँच वटा स्वस्थ्य रुख छाड्नुपर्ने हुन्छ । तर, खोटो आउने सबै रुखबाट खोटो निकालिँदै आइएको छ । खोटो निकालेपछि रुखको चोटमा गोबर र माटोले प्लाष्टर गर्नुपर्ने भए पनि त्यतिकै छाड्ने गरिएकाले रुख मर्दै गएको स्थानीयले बताएका छन् । यसका साथै रुखमा एसिडल नामक रासायनिक पदार्थसमेत प्रयोग गरेर खोटो तान्ने गरिएको छ । यस क्षेत्रमा भारतबाट आएका तस्करहरुले जथाभावी खोटो संलकन गर्ने गरेको स्थानीयको भनाइ छ । तस्करहरुसँग सामुदायिक बन समूहका पदाधिकारीको मिलेमतो रहेको स्थानीयको दाबी छ । खोटो संकलनपछि कार्पेन तेल बनाएर रंगमा मिसाउन प्रयोग गरिने बताइएको छ ।
newsofnepal.com
5,074,420
करिब ४ वर्ष पहिले निर्माण सुरु भएको रंगशालादेखि एमाले चोक सम्मको डेढ किलोमिटर सडक अहिलेसम्म पुरा नभएको भन्दै उनीहरुले वडा कार्यालयमा ताला लगाएका हुन्। सडकमा खाल्डाखुल्डी, ढल र प्रदुषणका कारण स्थानीय, पैदलयात्रु र सवारीचालकहरुले सास्ती खेप्दै आएको स्थानीयको गुनासो छ। सडक निर्माण सुरु भएको ४ वर्षसम्म पुरा हुन नसकेपछि सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको स्थानीय हरि प्रसाद कँडेलले बताए। १२ बजे लगाएको ताला सहमतिपछि ३ बजे खोलिएको थियो। बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनालले उक्त सडक सडक डिभिजन मातहत रहेको बताए। उनले सडक छिटो सक्न डिभिजनसँग नगरपालिकाले पहल गर्ने बताएपछि स्थानीयले ताला खोलेका हुन् ।
nepalkhabar.com
6,308,872
वाणगंगा यातायाता व्यावसाय समितिद्धारा चन्द्रौटामा आयोजित सम्मान कार्यक्रम वोल्दै कपिलवस्तु क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ताले अव बन्ने सरकार र विपक्षी दलहरु एक आपसमा मिलेर कपिलवस्तुको विकाश गनुपर्ने वताए ।जनता को मतलाई कदर गर्दै जनतासग गरेको प्रतिवद्धताहरु पुरा गर्ने जनाए । चुनावको बेला एक अर्कालाई आरोप प्रत्यारोप लगाएको भएपनि अव हातेमालो गरेको जिल्लाको सवै पक्षमा विकाश गर्नुपर्ने जनाए । जिल्ला एक एतिहासिक जिल्ला रहेकोले पर्यटकहरुको आगमनका लागी पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गरी यस जिल्लाका युवाहरुलाई स्वरोजगार बनाउनु पर्नेमा जोड दिए ।प्रदेशको राजधानी बनाउने सन्र्दभमा वोल्दै सांसद गुप्ताले कपिलवस्तु प्रदेशकै केन्द्र रहने भएकाले यसलाई राजधानी बनाउनुपर्ने जिकिर गरे ।दाङ र वुटबल राजधानी हुने हल्ला आएपनि स्थायी राजधानी कपिलवस्तुको विकल्प नरहेको उद्धघोष गरे ।यदि यस विरुन्द्ध भएमा कपिलवस्तु वासी सडकमा उत्रिने चेतावनी दिए । त्यस्तै क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहले कपिलवस्तु एक करिडोर रहकोले अव विकाश गतिले तिव्रता लिने जनाए ।सवै राजनितिक दल एकजुट भएर कपिलवस्तुको विकाशमा लाग्नुपर्नेमा सांसद शाहले जोड दिए ।कपिलवस्तुमा किसानहरुका धेरै समस्या देखीएकोले अव सवैको ध्यान कृषि तर्फ लागेर यस जिल्लालाई कृषीमा विकाश गर्नुपर्ने वताए ।विकाशका वजेटहरु सडक निमार्णमा मात्र लाग्ने गरेकोले अव अन्य क्षेत्रमा वजेटको विनियोजन गनुपर्ने वताए । हाल सम्म सविद्यान निमार्ण र कार्यन्वयन तर्फ भएपनि अव देश आर्थिक समृद्धी तर्फ लाग्ने जनाए ।राजधानीको सवालमा बोल्दै सांसद शाहले प्रदेश न ५ को राजधानि कपिलवस्तुको विकल्प नरहेको वताए । कपिलवस्तुका संसादहरुले कपिलवस्तु प्रदेशको राजधानी हुनुपर्ने वताएका छन ।गौतम वुद्ध जन्मेको स्थान तथा एक एतिहासिक पर्यटकीय स्थलहरु रहेकोले यो जल्लामा प्रदेशको राजधानि हुनुपर्ने माग रहेको छ । सम्मान कार्यक्रममा बोल्दै कपिलवस्तु प्रतिनिधि सभा ३ प्रदेश सभा १ का सदस्य अर्जुन कुमार केसीले पिछडिएको जिल्ला भनेर चिनिने कपिलवस्तुलाई यस क्षेत्रका जनताको जवनस्तिर उकास्नुपर्ने वताए ।कपिलवस्तु जिल्लामा २ मेघा पोरजेक्ट आवश्यक रहेको वताए ।तिलौराकोट व्यावस्थित र राप्ती तथा नौमुरे परियोजना संचालनको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै कार्यक्रममा कपिलवस्तु क्षेत्र १ का प्रदेश सभा १ का सदस्य विष्णु पन्थि,१ को २ का सदस्य सहसराम यादव,क्षेत्र २ का प्रदेश सभा १ का सदस्य दृघनारायण पाण्डे,क्षेत्र न २ प्रदेश सभा २का सदस्य धर्मवहादुरलाल श्रीवास्तव लगाएतले सवै हातेमालो गरेर कपिलवस्तुको विकाश गर्नुपर्नेमा जोड दिएका थिए ।वाणगंगा यातायात समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने लगाएत पदाधिकारीले कदर पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
shikharnews.com
4,619,580
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केही क्षेत्रमा लगातार तीन दिन विद्युत आपूर्ति बन्द हुने जनाएको छ। बिहीबार एक सूचनामार्फत प्राधिकरणले काठमाडौंका केही र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार विद्युत प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो। प्राधिकरणले ६६ केभीको स्युचाटार–टेकु प्रसारण लाइन भोलि शुक्रबार बिहानदेखि आगामी सोमबार बिहानसम्म सट डाउन गर्ने जनाएको छ। टेकु सबस्टेसनमा ट्रान्सफर्मर चार्जसहितका कामका लागि उक्त प्रसारण लाइन बन्द गर्न लागिएको हो। साथै, प्राधिकरणले स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा स्युचाटार–केथ्री लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन हुने जनाएको छ ।
capitalnepal.com
791,226
सन् २०२० मा मनास्लु क्षेत्रमा ३ सय ७४ जना मात्र विदेशी पर्यटक पुगेका छन् । निषेधित क्षेत्र मनास्लुलाई सरकारले सन् १९९५ देखि भ्रमणका लागि खुला गरेको थियो । सन् २०२० मा सुरुवाती वर्ष सन् १९९६ मा भन्दा पनि कम पर्यटक आएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ ।भ्रमण सुरुवात भएको सन् १९९५ मा ३ सय ४४ र सन् १९९६ मा ३ सय ७८ ले मनास्लु भ्रमण गरेका थिए । त्यसयताको वर्ष यहाँ घुम्न आउनेको संख्या बर्सेनि बढ्दै आएको थियो ।सन् २०१९ को एक वर्षको अवधिमा ७ हजार ५ सय ५५ विदेशी मनास्लु क्षेत्र पुगेका थिए । सन् २०२० मा आठ हजार विदेशी मनास्लु आउने एमक्यापको अनुमान थियो । कोरोना महामारीका कारण अघिल्लो सन् २०१९ को तुलनामा २०२० मा मनास्लु आउनेको संख्या ९५.०५ प्रतिशत घटेको एमक्याप प्रमुख नरेन्द्र लामाले बताए । ‘भ्रमण वर्ष पनि घोषणा भएकाले पर्यटक बढ्छन् भन्ने अनुमान थियो,’ उनले भने, ‘तर भ्रमण खुला भएको सुरुवाती वर्षको संख्या र अहिलेको संख्या उस्तै छ ।’द्वन्द्वको समयमा २००५ र २००६ मा पनि यहाँ आउने पर्यटकको संख्यामा कमी आएको थियो । २००५ मा ४ सय ९५ र २००६ मा ४ सय २५ विदेशी मनास्लु आएको एमक्यापको तथ्यांकमा छ । त्यसयताको सन् २०१८ मा सबैभन्दा बढी ७ हजार ६ सय ४० पर्यटक मनास्लु आएका थिए ।सन् २०२० मा भने निकै न्यून संख्यामा पर्यटक आएको लामाले बताए । सन् २०२० को अप्रिलदेखि अगस्टसम्म एक जना पनि विदेशी मनास्लु पुगेनन् । सन् २०२० को जनवरीमा ४१, फेब्रुअरीमा ६९, मार्चमा २ सय ४०, सेप्टेम्बरमा १९, अक्टोबरमा दुई र नोभेम्बरमा तीन विदेशी मात्र मनास्लु आए । मार्च, अप्रिल र मे तथा अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ ।कोरोना महामारीपछि पाँच महिनासम्म मनास्लु क्षेत्र जान रोक लगाइएको थियो । गत असोजबाट खुले पनि यहाँ आउने पर्यटकको संख्यामा सुधार नआएको लामाको भनाइ छ । भ्रमणको सिजन मानिने अक्टोबर र नोभेम्बरमा नगन्य मात्रामा पर्यटक आएका छन् । सार्क राष्ट्रका विदेशीले १ हजार र अन्य राष्ट्रका विदेशीलाई ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।‘सोचेजसरी पर्यटक आएको भए २ करोडसम्म राजस्व उठ्थ्यो,’ उनले भने, ‘२०२० मा करिब ११ लाख मात्र राजस्व उठ्यो ।’ पर्यटक नआउँदा सबैभन्दा बढी होटल व्यवसायी समस्यामा परेको उनले बताए । मनास्लु क्षेत्रमा एक सय होटल पर्यटककै भरमा चलेका थिए । कोरोना महामारीका कारण व्यवसाय चौपट बनेको स्थानीय बताउँछन्  ।
ekantipur.com
831,661
सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ । वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ । यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् । १० शिक्षकलाई तलब पुगेको छ । ‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन,’ आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ ।’ १८ मध्ये ४ शिक्षक मात्रै स्थायी छन् । शान्तिमा रहेका १० मध्ये ४ शिक्षकलाई तलब दिन पुगेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हीरासिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए । धेरैजसो गुरुङ, मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए ।बस्तीबाट स्कुलमा आउन घण्टौं लाग्छ । ‘आदर्शका ६ शिक्षकका लागि १ लाख र शान्तिका ४ शिक्षकका लागि ६२ हजार रुपैयाँ मासिक दिएका छौं,’ मन्दिर सञ्चालन समिति सचिव यादवप्रसाद घिमिरेले भने, ‘भक्तजन बर्सेनि बढिरहेका छन् । भेटीको पैसा पनि बढेकाले सजिलो भएको छ ।’ दुवै स्कुलको भवन निर्माणका लागि ३२ लाख रुपैयाँ खर्च भएको छ । मन्दिरमा वैशाख, जेठ, असोज, कात्तिक र मंसिरमा भक्तजनको घुइँचो लाग्छ । ‘वैशाखको भेटी ८ लाख पुग्यो,’ घिमिरेले भने । तीन पुजारीलाई मासिक ३० हजार तलबमा खर्च हुन्छ । अरू पैसा शिक्षा, विकास निर्माण र गरिब असहायका लागि खर्च हुन्छ ।पछिल्लो समय भारतीय श्रद्धालुको घुइँचो लाग्न थालेको छ । सीतापुरमा बिजुली विस्तारका लागि गत वर्ष ४ लाख, सीतापुर–घुम्ती मोटरबाटो, देउराली–खर्यान–भुवनडाँडा मोटरबाटो मर्मतका लागि ८ लाख रुपैयाँ खर्च भएको समिति अध्यक्ष पृतमबहादुर थापाले बताए । भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ पठाइएको थियो ।थापाका अनुसार २ करोडमा देउरालीमा धर्मशाला भवन निर्माण भइरहेको छ । ‘मन्दिरको भेटी बेलुका दैनिक हिसाब गरी राख्छौं,’ उनले भने, ‘सबै पैसा बैंकमा जम्मा हुन्छ । त्यसपछि महिना र वर्षको हिसाब गरी गाउँको विकासमा लगानी गर्दै आएका छौं ।’अर्घाखाँची, गुल्मी र प्यूठानका पायक पर्ने गाउँबाट कपिलवस्तुको पत्थरकोट पुगी नुन बोक्ने ढाक्रे देउरालीमै बास बस्थे ।पहाडको खोपीजस्तोमा देउता भेटिएपछि ०४२ देखि त्यहीं पूजा गरिएको थियो । नर्तनाञ्चल पहाडको बीचबाट सदरमुकाम जोड्न पूर्वपश्चिम राजमार्गको गोरुसिंगे–सन्धिखर्क सडक निर्माण भएपछि पूजा गर्ने ठाउँलाई तलबाट माथि बाटाको छेउमै सारियो । खाँचीकोट र नरपानीका स्थानीयले कच्ची मन्दिर बनाए । सुपादेउरालीमा भक्तजनले इच्छाएको पूरा हुने विश्वास छ । ०६४ सालमा बाबा गुरुका नाममा चिनिने नरनारायणले करिब ३ करोडमा आधुनिक मन्दिर निर्माण गरेका थिए  ।
ekantipur.com
493,831
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गरेर प्रकाशन गर्न सके विश्व साहित्यमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । पाँचौं ‘बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । साहित्यमा कथा व्यावहारिक विधा हो भन्दै उनले कथाबाट सारा संसार हेर्न सकिने उल्लेख गरे । ‘छोटो समयमा सानो आँखीझ्यालबाट ठूलो संसार हेर्न सकिने विधा कथा हो । यो विधालाई निरन्तर गरेर स्तर वृद्धि गर्ने हो भने विश्व साहित्यमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्छौं होला । यो लिखित साहित्यको अनुवाद होस्, जति सकिन्छ अन्य भाषामा अनुवाद गरेर प्रकाशन गर्न सकियो भने विश्व साहित्यमा हाम्रो उपस्थिति देखाउन सक्ने मौका हुन्छ ।’ साहित्यलाई मन पाल्ने विधा भन्दै उनले भने, ‘मैले पेट पाल्ने विद्यामा जीवन बिताएँ, मन पाल्ने विधामा तपाईंहरु हुनुहुन्छ । पेट पाल्नेहरुलाई मन पाल्ने विधि जबसम्म सिकाउँदैनौ तबसम्म विकासको समन्वय हुँदैन र सही विकासको सम्भावना छैन ।’नेपालमा साहित्यकारहरुको अवस्था त्यति राम्रो हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे । ‘हाम्रा कथ्य विषय धेरै छन् तर त्यो अकथ्य हुँदै गइरहेको छ । लेखेर के हुन्छ भन्दै कथ्य परम्पराबाट पलायन हुने परम्परा भएको छ’ श्रेष्ठले भने, ‘हाम्रा साहित्यकारहरुको अवस्था त्यति राम्रो भएको छैन, साहित्यकारहरुलाई गरिब बनाएर, सिर्जनशील समुदायलाई गरिब बनाएर र जर्जर भएको राजनीतिलाई बलियो बनाएर हुँदैन ।’राजनीतिले समाधान र हौसला दिन नसकिरहेको भन्दै उनले त्यसलाई उत्पादनहीनको संज्ञा दिए । ‘राजनीतिले देशको महिमा बढाउनेभन्दा पनि पीडा दिएको छ । म साहित्यकारहरुलाई आदर गर्न चाहन्छु उहाँहरुले अकथ्य भएको साहित्यलाई कथ्य बनाइरहनु भएको छ । सिर्जनशीलतालाई निरन्तरता दिइरहन आग्रह पनि गर्न चाहन्छु’ उनले भने ।
lokpath.com
4,969,477
प्रदेश १ मा शनिवार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ उदयपुर । उदयपुरमा भरुवा बन्दुकले निधारमा हानेर एक जनाले आत्महत्या गरेका छन् । उदयपुरको लिम्चुङबुङ इलामको माइखोलामा शुक्रबार विहान फेला परेको वेवारिसे शवको सनाखत भएको छ । इलाम नगरपालिका ८ झापा । पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जिल्ला बन कार्यालय सुनसरीका बन अधिकृत रामबाबु शाह उदयपुर । उदयपुरको बेलका नरपालिकामा ट्रयाक्टरबाट लडेर एक जनाको ज्यान गएको छ । बेलका नगरपालिका– सुरुङ्गा । वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् धनकुटा । धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोबाट १०४ घर विस्थापित भएका छन् । पहिरोका कारण –१ इलाम । चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामा सँधै चियाकै विषयमा विवाद हुने गरेको छ राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
rajdhanidaily.com
4,430,268
सरकारको खबरदारी गर्न र जनताको पक्षमा आवाज उठाउन कांग्रेसले जनमत पाएको हो, तर सत्तामा हुँदा निदाएको कांग्रेस प्रतिपक्ष भएको तीन वर्षसम्म पनि जागेको छैन । संसद् र आवश्यकताअनुसार सडकमै उत्रेर जनताको मुद्दालाई सशक्त बनाउने जिम्मेवारी पाएको कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकाबाट विमुख छ । महाधिवेशनको दौडमा लागेका कांग्रेस नेता विपक्षीको ‘धर्म’ भुलिरहेका छन् । पार्टीभित्र गुटको जालोमा अल्झिएका सभापति शेरबहादुर देउवा सरकारका गलत काममा खबरदारी गर्नुको सट्टा सरकारी नियुक्तिमा भागबन्डा खोजिरहेका छन् । अवस्था यस्तो छ, कैयौँ राष्ट्रिय जनसरोकारका मुद्दामा विपक्षीले सरकारमाथि होइन सरकारले विपक्षीमाथि दबाब बनाएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा सरकारको काममा जनस्तरबाटै असन्तुष्टि छन्, तर विपक्षी कांग्रेसले जनताका लागि आशा लाग्दो भूमिका निर्वाह गरेका छैन । औषधि र उपकरण खरिदमा भ्रष्टाचारदेखि कोरोना परीक्षण र उपचारमै शुल्क लिने निर्णयले जनता आक्रोशित भए पनि कांग्रेस सत्ताकै छाया बनेर घुमिरहेको छ । त्यसैले पार्टीभित्रै पनि विपक्षीको भूमिकालाई लिएर प्रश्न उठेका छन् । विपक्षीको आवाज कमजोर हुँदा कोरोना परीक्षण र उपचार मुद्दा न्यायालयसम्म पुगेका छन् । देउवानिकट मानिने केन्द्रीय सदस्य रमेश लेखक कांग्रेसले प्रतिपक्षीका रूपमा प्रभावकारी भूमिका खेल्न नसकेको, तर जनताको अपेक्षा रहेको स्विकारे । ‘सरकारका काम कारबाहीसँग जनताको निराश बढ्दो छ, आर्थिक, भौतिक, सामाजिक विकास, कानुन कार्यान्वयन होस् वा भ्रष्टाचार नियन्त्रण र सुशासन, कतै पनि जनताले चित्त बुझाउने ठाउँ पाउँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले जनतामा सरकारप्रति निराशा बढ्दो छ, उत्तिकै मात्रा प्रतिपक्षीको सक्रियता चाहेका छन् ।’ क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन र स्वास्थ्य सामग्री खरिदका विषयमा सेचत युवा सडकमा उत्रिए, तर ०७४ को चुनावमा जनताको अभिमतबाटै खबरदारी गर्ने भूमिका पाएको कांग्रेस भने पार्टीभित्रको भागबन्डा र आन्तरिक कलहमै अल्झिएको छ । कांग्रेस यसरी अल्झिएको छ कि आफ्नै नेतृत्वमा संघीय संविधान जारी गरेको श्रेय लिए पनि पाँच वर्षसम्म आफ्नै पार्टी संघीयतामा ढाल्न सकेको छैन ।
nayanepalnews.com
5,657,353
मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारत सात विकेटले विजयी भयो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो । खराब सुरुवात गरेको वेष्ट इन्डिजले चार रनमा नै पहिलो विकेट गुमायो । उसका ओपनर सुनील नारायन मात्र दुई रनमा पेभेलियन फर्किए । त्यसपछि १४ रनमा अरु दुई विकेट गुमाएको वेष्ट इन्डिजले ८० रनमा चार विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को रुपमा आउट भए । वेष्ट इन्डिजका लागि कायरन पोलार्डले ५८ तथा निकोलस पुरनले १७, कार्लोस ब्रेथवेट र इल्भिस लुइसले समान दश दश रनको योगदान गरे । उसका रोभमन पवलले अविजित ३२ रनको योगदान गरे । बलिङ भारतका दिपक चाहरले तीन नवदीप साइनीले दुई विकेट लिए । जवाफमा भारतले १९ ओभर एक बलमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको भारतले २७ रनमा दुई विकेट गुमाएको थियो । तर कप्तान विराट कोहली र रिशव पन्तले टिमको पारीलाई उकासेका थिए । जसमा कोहलीले ५९ रन बनाए भने पन्तले ६५ रनको योगदान गरे । यस्तै लोकेश राहुलले २० रन बनाए । याे खेलमा रोहित शर्मालाई आराम दिइएको थियो ।
ujyaaloonline.com
4,053,449
विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक काठमाडौं, ९ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि कडा कारबाही हुने बताएका छन् । उनले आज प्रेस चौतारीको आयोजमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपालसहित काठमाडौं, ९ जेठ । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको शक्तिसंघर्ष क्लाइमेक्समा पुगेको छ । अब एमाले फुटको घोषणा हुनमात्र बाँकी छ । २ जेठ २०७५ काठमाडौं, ९ जेठ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवन पुगेर उनले नेपालसँग कुराकानी गरेका हुन् । आज १४९ प्रतिनिधि सभा काठमाडौँ, ९ जेठ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपा (एमाले) का नेता स्व पशुपति चौलागाईंको स्मृतिमा ‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेशन’ स्थापना गरिने बताएका छन् । वाग्मती प्रदेशका प्रदेशसभा काठमाडौं, ९ जेठ । नेकपा एमालेको बागमती प्रदेश सभा संसदीय बोर्डले १४ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । उनीहरुमाथि कारबाही गर्न यो प्रक्रिया बढाइएको हो । स्पष्टिकरणको जवाफ १४ जनाले काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा विघटन भएपछि २६७ जना सांसदहरुको पद गएको छ । सबै निलम्बित भएका छन् । सांसद पद जानेमा विरोध खतिवडा पनि थिए । उनी मकवानपुरबाट काठमाडौं, ९ जेठ । कुनैपनि बेला नेकपा एमाले विभाजन हुने संकेत पाएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दल दर्ता गर्न लगाएको खुलेको छ । उनले आफू निकट नेता जीवन राईलाई नेपाल कम्युनिस्ट काठमाडौं, ९ जेठ । नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेका छन् । कारबाही काठमाडौं, ८ जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काठमाडौं, ८ जेठ । विघटित प्रतिनिधि सभा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि सबैभन्दा फाप्यो । प्रतिनिधि सभाको साँढे ३ वर्षको अवधिभर ओलीको एकछत्र प्रभाव बन्यो । उनी यही काठमाडौं, ८ जेठ । नेकपा एमालेका १४ जना प्रदेश सभा सांसदमाथि कारबाही हुने भएको छ । राष्ट्रिय सभाको उपनिर्वाचनमाा एमाले उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध खिमलाल देवकोटाविरुद्ध मतदान गरेको भन्दै उनीहरुविरुद्ध काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनबाट विश्वासको मत पाएका छ्न । आज बसेको काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमाथि मतदान सुरु भएको छ काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको जिकिर काठमाडौं, ६ साउन ।
reportersnepal.com
2,045,485
पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । शुक्रबार भने ९०० जनामा सङ्क्रमण देखिएको थियो । शनिबार देखिएको सङ्क्रमतिसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् । यसैगरी सङ्क्रमितमध्येले १०० सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाण्डु उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
kathmandupati.com
1,837,828
देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो । साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाडौंको याक एण्ड यति होटलमा एक भव्य समारोहकाबीच वार्षिकोत्सव विशेष समारोहको आयोजना गरियो । समारोहलाई सम्बोधन गर्दै नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय पिताजी लुनकरणदास चौधरीले देखेको सपना साकार भएको भन्दै खुशी प्रकट गरे । ‘ स्वास्थ्य विज्ञानमा जसरी नयाँ नयाँ सम्भावनाहरु प्रतिनिदिन थपिदैछन्, त्यसरी नै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको चुनौति पनि बढिरहेको उल्लेख गर्दै उनले भने–‘हामीले आफ्ना योजनाहरुलाई दृष्टिगत गर्दा विश्वभर भइरहेको उपचार पद्धतिको द्रूत विकाससँगै आफूलाई साथ साथै लैजानुपर्ने आजको आवश्यकता रहेको छ । त्यसैले हाम्रा जिम्मेवारीहरु विशाल छन्, गहन छन् । ती जिम्मेवारीहरुलाई आत्मासाथ गर्दै, हामी राष्ट्रलाई समन्नुत चिकित्सा प्रणाली प्रदान गर्ने प्रण गर्दर्छौ । मानवीय सेवालाई व्यापकता दिन कटिबद्ध छौं र रहनेछौं।’ सेवा बिस्तारका नयाँ नयाँ चुनौतिसँग जुध्न नयाँ जोस र जाँगरको पनि आवश्यकता पर्ने उल्लेख गर्दै आफूले जीवनको आधा समय खर्चिएर यहाँसम्म ल्याएको नर्भिक हाँक्ने जिम्मेवारी अब आफ्नी पुत्री मेघा चौधरीको काँधमा आएको र उनले पनि नयाँ जोस र जाँगरका साथ नर्भिकलाई थप उचाई प्रदान गर्ने आशा व्यक्त गरे । समारोहमा बोल्दै हस्पिटलका प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र बिस्तार गर्दै अगाडि बढ्ने प्रण गरेकी छिन् । ‘हामीसँग थुप्रै महत्वकांक्षी भिजनहरु छन् । नयाँ २०० शैया को स्टेट अफ दि आर्ट फ्यासिलिटीसहितको अत्याधुनिक भवन निर्माण सुरु भइसकेको छ । उनले क्रार्यक्रममा बोल्दै भनिन् -‘ अब हामीले निकट भविष्यमै आमा र बच्चासँग सम्बन्धित विशेषज्ञ सेवा समेत बिस्तार गर्नेछौं ।’ उनले प्रविधिमा पनि लगानी बढाउँदै जाने र निकट भविष्यमै वल्र्डकै बेस्ट सेन्टरसँग टेलिमेडिसिन फ्यासिलिटीका लागि नर्भिक जोडिने उद्घोष समेत गरिन् । उनले ३० वर्षको उपलब्धिको रक्षा गर्दै नर्भिकलाई अझ माथि पुर्याउने प्रण समेत गरेकी थिइन् । समारोहलाई सम्बोधन गर्दै नर्भिक हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले २०५० सालदेखि ३० शैयाको सानो नर्सिङहोमबाट सुरु भएको नर्भिक मल्टिस्पेशालिटिज अस्पतालको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गरे । उनले असल र दूरदर्शी नेतृत्वका कारण स्थापित हस्पिटल पब्लिक लिमीटेड कम्पनीको रुपमा रुपान्तरण भइसकेको र निकट भविष्यमै सर्वसाधारणका लागि आइपीओ समेत जारी गर्ने बताए । प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले ३० वर्षअघि ३० बेडबाट सुरु भएको नर्भिक आज देशकै कहलिएको अस्पतालको रुपमा स्थापित भएको खुशी प्रकट गरे । ‘नर्भिक आजको दिन एउटा ब्राण्ड बनेको छ । उनले क्रार्यक्रममा बोल्दै भने-‘देशभरि, विदेशमा नर्भिक आफ्नै नामले चिनिएको छ ।’ ठाउँमा आइपुगेका छौं, झण्डै २५ लाखभन्दा बढी स्वदेशी विदेशी नागरिकलाई उपचार सेवा पुर्याइसकेको अवस्था छ । आज नर्भिकमा हरेक विज्ञ उपलब्ध छन् भने हरेक रोगको उपचार सम्भव छ । ’ उनले नर्भिकलाई योभन्दा धेरै अगाडि पुर्याउने दाबी गर्दै यो हस्पिटललाई स्वास्थ्य क्षेत्रकै पर्यायवाचीको रुपमा स्थापित गर्ने समेत उद्घोष गरेका छन् । कार्यक्रममा २० वर्षभन्दा बढी समयदेखि नर्भिकमा अनवरत सेवा गर्दै आएका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । औपचारिक समारोहअगाडि आयोजित सिएमई(कन्टीन्यूअस मेडिकल एजूकेसन)मा वरिष्ठ चिकित्सकद्वय डा. यादवदेव भट्ट र डा. पंकज जलानले क्रमशः विशेष कार्यपत्र प्रस्तुत गरेका थिए । नर्भिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले सांगीतिक र सांस्कृतिक प्रस्तुती समेत दिई वार्षिकोत्सव समारोहको रौनक बढाएका थिए । अस्पतालले यसअघि प्रभातफेरि, रक्तदान लगायतका कार्यक्रम आयोजना गरेको थियो । वार्षिकोत्सवकै अवसरमा विभिन्न सेवाहरुमा ३० प्रतिशत छुटको अफर समेत ल्याइएको थियो ।
arthasarokar.com
3,498,007
सोमवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेको बताउनु भयो। उहाँले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको बताउनु भयो । उहाँले विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने बताउनु भयो । उहाँले गुणस्तरिय सामाजिक विकास,सुरक्षा र न्याय प्रणालीको प्रत्याभूत गर्ने,लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने बताउनु भयो । उहाँले आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्युनिकरण गर्ने र समष्टिगत आर्थिक स्थायीत्व कायम गर्ने, संघीयताको सवलीकरण र सुशासन कायम गर्ने बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारीता अभिवृद्धि गर्ने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी बिस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने, आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिइएको बताउनु भयो । उहाँले सार्वजनिक स्रोतको समुचित तथा उपलब्धिमुलक परिचालन गर्नुका साथै उपलब्ध अवसर तथा लाभको समन्यायिक वितरण गरी धनी र गरीब बीचको खाडल कम गर्नुपर्ने आवश्यकता महसुस गरी बजेटका उद्देश्य तथा प्राथमिकता तय गरेकोे बताउनु भयो । उहाँले अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभुत गर्ने बताउनु भयो । उहाँले लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्युनिकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, संघीयताको सबलीकरण र सुशासन कायम गर्ने, बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने बजेटका उद्देश्य रहेको बताउनु भयो ।
imagekhabar.com
5,356,677
प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा मुख्यमन्त्री कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलगायत रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थान र जग्गा छनोट गरी सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। गत चैतमा बागमती प्रदेश सभाले बनाएको प्रदेश उच्चशिक्षा ऐन–२०७८ मा प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापना गर्न सक्ने उल्लेख छ। ऐनको दफा ८ को उपदफा १ को (क)मा प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्न सक्ने, (ख) मा प्रदेश सरकारको स्वीकृतिमा मुनाफा आर्जन नगर्ने सामुदायिक वा मानित विश्वविद्यालय स्थापना गर्न सक्ने र (ग) मा ऐनअन्तर्गत विधानमा व्यवस्था भएबमोजिम सञ्चालन भई शैक्षिक उपाधि प्रदान गर्ने शैक्षिक प्रतिष्ठान स्थापना गर्न सक्ने व्यवस्था गरिएको छ। यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई विनियोजित ५० लाख रुपियाँसम्मको काम उपभोक्ता समितिबाट गर्नुपर्ने निर्णय गरेको छ। प्रदेश सरकारले स्थानीय तहलाई विनियोजन गरेको बजेटको १० लाख रुपियाँसम्मको ठेक्काबाट काम लगाउने प्रवृत्ति बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न प्रदेश सरकारबाट विनियोजित बजेटको ५० लाख रुपियाँसम्मको काम उपभोक्ता समितिबाट गर्नुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता खनालले बताउनुभयो। बैठकले पोल्ट्री व्यवसायको विकाससँगै उत्तरदायी बनाउन पोल्ट्री विकास बोर्ड कार्यविधि स्वीकृत गरेको छ। बोर्डको अध्यक्ष कृषि तथा पशुपन्छी विकासमन्त्री रहने कार्यविधिमा व्यवस्था गरिएको छ। मन्त्री खनालका अनुसार पर्यटन व्यवसाय दर्ता, नवीकरणका लागि विगतमा रहेको धरौटीलगायतका शुल्कमा हेरफेर गरी घटाउने, किसान वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएका प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै स्वर्ण पदक विजेतालाई मासिक भत्ता दिने निर्णय बैठकले गरेको छ। सरकारले दोलखामा मानवनिर्मित जिरीताल र धादिङको रुबी भ्याली एकीकृत ग्रामीण विकास कार्यक्रमलाई प्रदेश गौरवको योजना घोषणा गर्ने निर्णय गरेको छ। पर्यटन क्षेत्र विकासमा समेत टेवा पुग्ने तालको संरक्षण र विकासका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरेको मन्त्री खनालले बताउनुभयो। पर्यटकीय क्षेत्रमा योगदान पुग्ने भएकाले जिरीताल आयोजनालाई गौरवको योजना घोषणा गरिएको हो। उक्त योजनाका लागि एक अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रदेशको ११९ स्थानीय तहमध्ये मानव सूचकाङ्कमा सबैभन्दा पछि रहेको रुबी भ्याली गाउँपालिकाको एकीकृत रूपमा विकास गर्न सरकारले चालू आवमा झन्डै एक अर्ब रुपियाँ विनियोजन गरेको छ। चालू आवको नीति तथा कार्यक्रममा भएको वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिएको जानकारी दिँदै मन्त्री खनालले प्रदेशका आधाभन्दा बढी पालिकाका वडामा कार्यक्रम लागू गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न चालू आवमा २५ करोड रुपियाँ विनियोजन गरिएको छ, बजेट अभाव नहुनेगरी कार्यक्रम कार्यान्वयन गर्न व्यवस्था मिलाइनेछ।”
gorkhapatraonline.com
4,095,079
गत साउन २८ गते आएको बाढीले बगाएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलाको पुल मुस्ताङीले श्रमदान गरेर निर्माण गरेका छन् । पुल निर्माण भएपछि तिरी गाउँ पुग्न घुमाउरो बाटो प्रयोग गरेर चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ । तिरी गाउँ कागबेनीबाट पारीपट्टी रहेको तर सवारीसाधनको पहुँच विस्तार नभएको गाउँ हो । उक्त गाउँलाई मुस्ताङको सदरमुकाम जोमसोमलगायत अन्य ठाउँसँग तिरी गाउँलाई जोड्ने एकमात्र माध्यम कागखोलाको पुल थियो । उक्त पुल बाढीले बगाएपछि तिरी गाउँ सम्पर्कविहीनको अवस्थामा थियो । कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आवतजावत गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता रहेकामा मुस्ताङीले सोही ठाउँमा जनश्रमदान गरेरै पुल निर्माण गरी चार घण्टाको बाटोलाई छोट्याएको गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए । उनका अनुसार तिरी गाउँमा सिधै जान कागखोला तर्न सकिँदैन । घुमेर जाँदा पाङलिङ, फल्याकलगायतका गाउँ हुँदै निकै घुमेर जानुपर्ने अवस्था थियो । त्यो घुमाउरो बाटो पैदल यात्राका लागिसमेत अप्ठ्यारो भएकाले यात्रीले करिब एक महिनादेखि निकै सास्ती भोग्दै आएका थिए । जनश्रमदान, छिमेकीसँगको सहसम्बन्ध, अर्मपर्म र सहयोगलाई पुख्र्यौंली संस्कृतिका रूपमा मान्दै आएका मुस्ताङीले यसपटकको विपत्तिमा पनि उदाहरणीय काम गरेको मुस्ताङमा सामान ढुवानीको व्यवसाय गर्दै आएका कृष्ण शर्माले बताए । उनका अनुसार मुख्यतः तिरी, कागबेनी र पाङलिङ गाउँबाट आएका नागरिकले दैनिकरूपमा जनश्रमदान गरेर कागखोलामाथि पुल निर्माण गरेका थिए । पैदलयात्रा र दुईपाङ्ग्रे सवारीसाधन सहजै तर्नसक्ने अस्थायी काठे पुलबाट अप्ठ्यारो परेका बेलामा ट्याक्सी पनि पार हुनसक्ने गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए । पुल नभएका कारण अत्यावश्यक सामग्रीसहित दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदै आएको थियो । स्वास्थ्य सामग्रीको आपूर्ति गर्नसमेत समस्या भएको थियो । उपचारका लागि तल झर्नुपर्ने वा उपचार गरेर गाउँ फर्किनेलाई पनि समस्या भएको थियो । उक्त ठाउँमा यसै वर्ष गाडी तर्नसक्ने पुल निर्माण गर्ने योजना राखेर वडामा बजेट राखिएको अध्यक्ष गुरुङले जानकारी दिए । अब त्यो बजेटको शीर्षक परिवर्तन गरेर कागबेनीका बाढीपीडितको पुनःस्थापनका लागि खर्च गर्नुपर्ने अवस्था आएको पनि उनले बताए । रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
1,945,446
वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो । वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/७७ देखि कार्यान्वयनमा आएको यो अभियान अन्तर्गत हालसम्म २५६ खरका छाना हटाएर जस्तापाता लगाइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । स्वास्थ्यका दृष्टिले जस्तापाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको सम्भावना तथा छाना छाउने दक्ष कामदारको अभावका कारण नगरपालिका तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता लगाइएको नगर प्रमुख खाँणले बताउनुभयो । “कतिपय नागरिक खरको छाना फेरेर जस्तापाता लगाउन सक्ने अवस्थामा पनि हुनुहुन्न”, नगर प्रमुख खाँणले भन्नुभयो, “खरका छाना भएका नागरिकलाई समाजमा हेर्ने प्रवृत्ति पनि फरक हुने गरेकाले उहाँहरुको मागका आधारमा जस्तापाता लगाइदिँदै आएका छौं ।” छाना विस्थापनका लागि माग भई आएका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी जस्तापाता वितरण गर्ने र वालिङलाई खरका छानारहित बनाउनका लागि बाँकी रहेका घरलाई यसै वर्षमा सम्पन्न गर्ने गरी अगाडि बढिएको नगर प्रमुख खाँणले बताउनुभयो । वालिङ नगरपालिकामा हालसम्म खरको छाना विस्थापनका लागि ४३१ घरले आवेदन दिएकामध्ये सुरक्षित नागरिक आवासका कार्यक्रमका लागि २५४ मध्ये २४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेका नगर प्रमुखको सचिवालयका सचिव छबि आलेले बताउनुभयो । “आवेदन दिएकामध्ये सबै घरले सम्झौता गर्नुभएको छैन”, आलेले भन्नुभयो, “दुई किस्तामा गरेर लाभग्राहीलाई ५० हजार उपलब्ध गराउँछौं ।” सुरक्षित नागरिक आवासका लागि सम्झौता भएका २४० घरमध्ये हालसम्म १०६ घरले दोस्रो किस्ता निर्माण सकेपछि लगेका छन् । हालसम्म वालिङ नगरपालिकाबाट अहिलेसम्म १५० घरले रु ७५ लाख बराबरको जस्तापाता लगेका छन् भने सुरक्षित नागरिक आवास कार्यक्रममार्फत १०६ घरले रु ५० हजार रकम बुझेका आलेले बताउनुभयो । नगरपालिकामा आवेदन दिएका ४३१ घरमध्ये १७५ घर निर्माण हुन बाँकी रहेका छन् । प्रति घरलाई रु ५० हजारका दरले हालसम्म रु एक करोड २७ लाख खर्च भएको आलेले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ बाट शुरुआत गरेको अभियानमा गत आर्थिक वर्षबाट सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सहयोग भएको हो । खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस, छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले तयार पारेको लगत ईस्टिमेटका आधारमा जस्तापाता उपलब्ध गराउने प्रक्रिया रहेको आलेले बताउनुभयो । १४ वटा वडा रहेको नगरपालिकाका वडा नं २ मा ३, ३ मा ४८, ४ मा ५२, ५ मा ३९, ६ मा २१, ७ मा ४८, ८ मा २८, ९ मा ६, १० मा १५, ११ मा ९, १२ मा ५६, १३ मा १७ र १४ मा ८९ घरले खरका छाना विस्थापनका लागि नगरपालिकामा आवेदन दिएका थिए ।
pokharanews.com
3,073,342
चीनबाट सुरु भएको प्राण घातक कोरोना भाइरसको संक्रमणले उत्तर पूर्वी एसिया मात्रै होइन पश्चिम एसिया तथा युरोपेली देशलाई समेत गा“ज्दै लगेपछि सरकारले यो निर्णय गरेको हो । शनिबार आयोजित एक सार्वजनिक कार्यक्रममा पर्यटन भन्त्री योगेश भट्टराईले ज्यादै खिन्न अनुहार लगाउ“दै विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनात्मक प्रचार स्थगित गरेको जानकारी दिए । कोरोना भाइरसको प्रकोप नियन्त्रणमा नआएसम्म नेपालले भ्रमण वर्षको प्रवर्धनका लागि विदेशमा कुनै कार्यक्रम गर्ने छैन । कोरोना भाइरस विश्वका धेरै देशमा फैलिसकेका कारण विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन होइन निरुत्साहित गर्नु पर्ने वेला आइसकेको सुझाव विज्ञहरूले दिएका थिए । अहिलेसम्म नेपाल कोरोना भाइरस मुक्त रहेका कारण विदेशी पर्यटकहरू आउन चाहिरेको पर्यटन व्यवसायीको तर्क छ । यो तर्क पनि नाजायज होइन, तर कोरोना भाइरसबाट संक्रमित एक जना पर्यटक मात्रै नेपाल छि¥यो भने पनि भयावह अवस्था हुन सक्छ । त्यसैले सरकारले गरेको यो निर्णय स्वागत योग्य छ । ठूलो अपेक्षाका साथ नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको हो । हाम्रो जस्तो मुलुकका लागि विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत पर्यटन व्यवसाय नै हो । नेपाल भ्रमण वर्ष २०२० को तयारीका लागि सरकारले धेरै समय तथा वजेट खर्च गरिसकेको छ । निजी क्षेत्रबाट पनि पर्यटकीय पूर्वाधार निर्माणका लागि निकै ठूलो बजेट खर्च गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विगत २ वर्ष यता मात्रै व्यवसायीहरूले करिब २५ अर्ब रुपैंया खर्च गरेर पूर्वाधार निर्माण गरेको समाचार आएको छ । प्रतिफल आउला भनेरै उनीहरूले लगानी गरेका हुन् । तर कोरोना भाइरसका कारण अपेक्ष गरेभन्दा ठीक उल्टो परिस्थिति आइप¥यो । सन् २०१९ को जनवरी महिनामा ८१ हजार दुई सय ७३ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने, सन् २०२० को पहिलो महिना अर्थात् जनवरी महिनामा ७९ हजार ६ सय ८६ जना विदेशी पर्यटकले मात्रै नेपालको भ्रमण गरेका छन् । यसरी संख्याकै आधारमा हेर्ने हो भने, सन् २०१९ को पहिलो महिनाको तुलनामा सन् २०२० पहिलो महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या लगभग १६ सयको संख्याले कमी आएको देखिन्छ । २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुनका लागि गत जनवरीमा कम्तीमा १ लाख ५० हजार विदेशी पर्यटक नेपाल भित्रिनु पर्ने थियो । कोरोना भाइरस कहिले नियन्त्रणमा आउ“छ, त्यसको टुंगो छैन । नियन्त्रणमा नआएसम्म विदेशी पर्यटकको आगमन उल्लेख्य संख्यामा घट्ने निश्चित छ । पर्यटन व्यवसायीहरू सिधै यसको चपेटामा परेका छन् । पर्यटन व्यवसायबाट प्राप्त हुने रोजगारी अब घट्ने देखिन्छ । अर्कोतिर व्यवसायीहरूको लागनी जोखिममा परेको छ । धेरैजसो व्यवसायीहरूले बैंकबाट ऋण लिएर पूर्वाधारमा लगानी गरेका छन् । अब त्यसको व्याज उनीहरूले कसरी तिर्ने हुन् ? टुंगो छैन । यो समस्याप्रति सरकारले बेलैमा राहतका कार्यक्रम ल्याउनु पर्छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै जुन जुन व्यवसायीहरूले पूर्वाधार निर्माणमा लगानी गरेका छन् त्यसको व्याजको केही प्रतिशत अनुदान दिने तर्फ सरकारले कार्यक्रम ल्याउनु पर्छ । आतन्तरिक पर्यटनको प्रवर्धनका लागि कार्यक्रम तर्जुमा गर्नु पर्छ । खासरगरी सरकारी कर्मचारी तथा निजी क्षेत्रका श्रमिक तथा कर्मचारीका लागि केही रकम सहित देशदर्शनका लागि केही दिन विदाको प्रबन्धसमेत मिलाउन सकिन्छ । यसैगरी स्थानीयतहका जनप्रतिनिधिहरूका लागि पनि भ्रमणका केही प्याकेज ल्याउन सकिन्छ । हिमाली पहाडी क्षेत्र पालकिाहरूका जनप्रतिनिधिलाई तराईका पालिकाहरूमा र तराईका पालिकाहरूका जनप्रतिनिधिलाई हिमाली क्षेत्रका पालिकाहरू भ्रमण अवलोकनका लागि सरकारले बजेटको समेत व्यवस्था गर्नुपर्छ । साथै भारत लगायत कोरोना भाइरस मुक्त देशमा प्रचार प्रसारको व्यवस्था गर्दै त्यहा“का पर्यटकलाई केही राहतका प्याकेज ल्याउनुपर्छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
2,169,431
क्रूज जायन्ट कम्पनी रोयल क्यारिबियन ग्रुपले समुद्रमा तिब्रगतिको इन्टरनेट प्रदान गर्न स्टारलिंक प्रणाली प्रयोग गर्न इलन मस्कको रकेट कम्पनी स्पेसएक्ससँग सम्झौता गर्ने बताएको छ। अतिथिहरूले सामान्यतया क्रूज जहाजहरूमा इन्टरनेटको लागि अतिरिक्त रकम तिर्नुपर्छ तर कनेक्सन ऐतिहासिक रूपमा कमजोर हुने बीबीसीले उल्लेख गरेको छ। साझेदारीले “भिडियो स्ट्रिमिङ जस्ता उच्च ब्यान्डविथ भएका गतिविधिहरूलाई सक्षम पार्नेछ”, रोयल क्यारिबियनका प्रमुख कार्यकारी जेसन लिबर्टीले भने। स्टारलिङ्कले पृथ्वीको परिक्रमा गर्ने स्याटेलाइटहरूको ठूलो नेटवर्क प्रयोग गर्दछ। लिबर्टीले मंगलबार एक विज्ञप्तिमा रोयल क्यारिबियन जहाजहरूमा स्टारलिंकको स्थापना तुरुन्तै सुरु हुने र मार्च २०२३ सम्म पूरा हुने बताएका छन्। साझेदारीले “यात्रा उद्योगमा स्टारलिंकको उच्च-स्पीड इन्टरनेटको सबैभन्दा ठूलो सार्वजनिक जडान कार्य हुनेछ,” उनले थपे। “यस प्रविधिले हाम्रा जहाजहरूमा खेल परिवर्तन गर्ने इन्टरनेट जडान प्रदान गर्नेछ, पाहुना र चालक दलका लागि समान रूपमा क्रूज अनुभव वृद्धि गर्नेछ,” लिबर्टीले भने। स्पेसएक्सद्वारा सञ्चालित स्टारलिंक दुर्गम क्षेत्रहरूमा बस्ने मानिसहरूलाई उच्च-गतिको इन्टरनेट उपलब्ध गराउन डिजाइन गरिएको हो। यो पृथ्वीको वरिपरि लो अर्थ अर्बिटमा राखिएका हजारौं स्याटेलाइट (भूउपग्रह)हरूमा निर्भर छ। यसले भूउपग्रह र जमिन बीचको जडान गतिलाई सकेसम्म छिटो बनाउँछ ।
technologykhabar.com
4,886,031
. काठमाडौं, माघ १०- अनशनरत डा. गोविन्द केसीको समर्थनमा समाजका विभिन्न पेशा तथा व्यवसायीहरूले सामूहिक गिरफ्तारी दिने भएका छन् । सरकारले डा. केसीसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक भोलिको संसद बैठकबाट पारित गराउने तयारी गरिरहेका बेला केसीका समर्थकहरूले सामूहिक गिरफ्तारी दिने भएका हुन् । ‘‘सरकार माफियाको पक्षमा जनतामारा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट भोलि पारित गर्दैछ,’ डा. केसी समूहका चिकित्सक अभिषेकराज सिंहले काठमाडौं प्रेससँग भने, 'हामी स्वतन्त्र नागरिकहरूद्वारा डाक्टर गोविन्द केसीको समर्थनमा बानेश्वरमा प्रदर्शन गर्दै सामुहिक गिरफ्तारी दिने कार्यक्रम रहेको छ।' भोलि शुक्रबार अपरान्ह १२ः ३० बजे थ्री ब्रदर्स पेट्रोल पम्पसँगै, संसद भवनको दक्षिण गेट अगाडि सामूहिक गिरफ्तारी दिने कार्यक्रम तय गरिएको छ ।
kathmandupress.com
5,984,805
२०८१ साउन ८ मंगलबार आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्क लगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन् । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् । जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिम लगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत शुरु गरेको जिल्लाका किसानहरुले बताएका छन् । गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उनको भनाइ छ । मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ । सर्लाहीको कर्णाली भनेर मानिने नारायणखोलामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ ।
sunaulonepal.com
1,081,379
बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । यो फिल्मले हिन्दी भाषामा ५१ करोड ६० लाख कमाएको छ भने तामिल र तेलुगु भाषामा १ करोड ७५ लाख कमाएको छ । गान्धी जयन्तीको अवसरमा रिलिज गरिएको फिल्मले पहिलो दिनमै ५३ करोड ३५ लाख कलेक्सन गरेको छ । यो फिल्मले गतवर्ष दिपावलीमा रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’को रेर्कड तोडेको छ । ठग्स अफ हिन्दोस्तानले ५२ करोडको ओपनिङ गरेको थियो । ऋतिक र टाइगरको वार नयाँ रेर्कड कायम राख्न सफल भएको छ । यो फिल्म हिन्दी फिल्ममा सबै भन्दा बढि कमाउने फिल्म हो । साथै ऋतिक, टाइगर र यसराज ब्यानरको ठूलो ओपनर फिल्म बनेको छ । सलमान खानको फिल्म ‘भारत’लाई पछाडी पार्दै वार २०१९ रिलिज भएको फिल्म मध्ये ठूलो ओपनर बनेको छ । भारु. ५३ करोड ३५ लाख कलेक्सन गरेर वार पहिलो नम्बरमा परेको छ भने सलमानको फिल्म भारतले ४२ करोड ३० लाखमा ओपनिङ गर्दा दोस्रो नम्बरमा झरेको छ । २९ करोड १६ लाखमा ओपनिङ गरेर ‘मिसन मंगल’ तेस्रो नम्बरमा रहेको छ, २४ करोड ४० लाखमा ओपनिङ गरेर ‘साहो‘ चौथो नम्बरमा छ भने २१ करोड ६० कलेक्सन गरेको फिल्म ‘कलंक’ पाँचौ नम्बरमा रहेको छ । यो फिल्म भारतमा ४ हजार स्क्रिन्समा रिलिज भएको छ भने ओभरसिजमा १ हजार ३५० स्क्रिन्समा रिलिज गरिएको छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको ऋतिक र टाइगरसँगै बानी कपूरको पनि मुख्य भुमिका रहेको छ ।
makalukhabar.com
3,876,046
पुनरागमनलाई लिएर उत्साहित विमलले भने,‘ फेरि फुटबलमा फर्कन लाग्दा एकदमै खुसी छु ।’ अनुशासन उल्लघंन गरेपछि उनीसहित अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी कारवाहीमा परेका थिए । ४५ दिनको निलम्बनबाट फुकुवा भएर अन्जन र सन्तोषले लिगमा उच्च प्रदर्शन गरिरहँदा विमल र दीनेश भने दर्शकमै सिमित थिए । उनलाई र दीनेशलाई भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले ९० दिन निलम्बनमा राखेको थियो । जरिवाना भने चारै जनालाई ५० हजार तोकेको थियो । ‘निलम्बनको तीन महिना तीन वर्ष भन्दा लामो लाग्यो । हरेक दिन केहि न केहि कुरा मनमा खेल्ने । दिन कसरी बित्ला भन्ने लाग्ने । गल्ति भइसकेकोले त्यसमा रिग्रेट गर्ने बाहेक हामीसँग अर्को विकल्प थिएन,’ विमलले स्मरण गरे,‘ फुटबल एकदमै मिस भयो । घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्न पाइएन । एउटा खेलाडीका लागि त्यो भन्दा दुःख के होला र ?’ मंसिर २४ गते सागको फाइनल उनले दशरथ रंगशालामा पुगेर हेरेका थिए । तर, मास्क लगाएर । उनी निर्धक अरुले चिनिने गरि फुटबल हेर्ने अवस्थामा थिएनन् । उनी त्यसमा दुई वटा कारण रहेको बताउँछन् । ‘एउटा त कसरी दर्शकलाई फेस गर्ने भन्ने थियो । अर्को पहिलो खेलको घटनाले झन बढी दुःख लाग्यो,’ उनले सम्झिए,‘ हाम्रो र भुटानकै खेलको म हाफ टाइममै हिँडे । वरिपरि बसेकाले आफ्नै बारेमा ठिक पर्यो भनेपछि बस्नै मन लागेन । आफ्नो नामनै लिएर त्यस्ता जड्याहाहरुलाई ठिक्क भयो भन्ने सुनेपछि कसरी बस्नु । अनि पछि फाइनलमा मात्र गए । त्यो पनि नचिनिने गरि ।’ विमलले चोट लाग्दा बाहेक मैदान बाहिर कहिल्यै बस्नु परेको थिएन । तर, आफ्नै गल्तिले निलम्बनमा परेपछि निकै पछुतो लागेको सुनाए । ‘गल्ति भएको हो । हामी सबैले मान्यौं । राष्ट्रिय टोलीबाट टुर जानु अघिल्लो दिन त्यसरी डिस्को जानु हाम्रो ठूलो भूल हो,’ उनले भने,‘ त्यो गल्तिको हामीले सजाएपनि पायौं र जीवनमा ठूलो पाठ पनि सिकियो ।’ उनले आउने दिनमा त्यस्तो घटना नदोहोरिने वचन दिएका छन् । ‘ जुन गल्ति भयो । जीवनमा त्यो नै अन्तिम होस् भन्ने छ,’ उनको प्रतिवद्धता छ,‘अब त्यो गल्ति कहिल्यै दोहोरिने छैन । फेरि एकपटक फुटबल र आफ्ना समर्थकसँग म हात जोडेर माफी माग्न चाहन्छु । जे भयो , त्यसमा एकदमै पछुतो छ । आउने दिनमा तपाईहरुलाई गुनासोको मौका दिने छैन ।’ सन् २०१३ मा साफ च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शनका कारण चर्चामा आएका विमल राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । उनले अब आफैंले फेरि एकपटक प्रमाणित गर्नुपर्ने राम्ररी बुझेका छन् । ‘मैले अब पहिला भन्दा पनि बढी मेहनत गर्नुपर्नेछ । बोलेर हैन खेलेर देखाउनुपर्नेछ ,’ दुई महिनाका लागि मछिन्द्रमा आबद्ध भएका उनी भन्छन्,‘ व्यक्तिगत रुपमै म आफुले मछिन्द्रबाट खेल्न पाउनुलाई अवसरका रुपमा लिएको छु । जति अवसर छ त्यत्तिकै चुनौति पनि छ ।राष्ट्रिय टोलीमा फर्कन पनि मैले आफुलाई मैदानमा प्रमाणित गर्नुपर्ने हुन्छ । ’ विमल पछिल्लो साताबाटै मछिन्द्रमा अभ्यास गरिरहेका छन् । उनी अन्जन र सन्तोषको प्रदर्शनबाट आफु निकै मोटिभेट भएको सुनाउछन् । ‘हामी एउटै कारणले कारवाहीमा परेका हौं । हामी लगभग उस्तै मानसिक पीडाबाट गुज्रियौं,’ उनले थपे,‘पुनरागमन पछि उनीहरुले जस्तो प्रदर्शन गरे त्यसबाट म निकै उत्साहित छु । म पनि गर्न सक्छु र मैले आफुलाई त्यसरी नै तयार गर्नुपर्छ भन्ने मनमा लिएको छु ।’ विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध मंसिर ३ गते भुटानमा खेल्न जानु अघिल्लो रात डिस्कोमा बिताएका कारण एन्फाले उनीहरुमाथि कारवाही गरेको थियो । कात्तिक ३० गते भुटान जान विदाईका लागि एन्फाका पुगेका यी ४ जनालाई एन्फाले कारवाही गरेपछि उनीहरु घर फर्केका थिए । घटनाको झन्डै एक महिनापछि मंसिर २७ गतेबाट लागु हुने गरि कारवाही गरेको थियो । पछि चारै जानले कारवाही घटाउन मंसिर ३० गते अलग अलग अपिल कमिटीलाई निवेदन दिएका थिए । अपिल कमिटिले कारवाही अवधि नघटाई कात्तिक ३० गतेबाट लागु गर्ने निर्णय गरेको थियो । जति राम्रो खेलाडी भएपनि गल्तिमा कसैले माफी नपाउने विमलले यो पछिल्लो घटनामा सिकेको पाठ हो । ‘जसलाई बढी माया गरिन्छ उसले चित्त दुःखाउँदा सायद समर्थकलाई आक्रोशित बनाएको जस्तो मैले महसुस गरे । केहि समर्थकले छाडेर अधिकांशले आलोचना नै गरेको पाए,’ उनले भने,‘ सायद अपेक्षा जो सँग बढी गरिन्छ रिस पनि बढी उसै सँग उठ्छ होला । मैले त्यहि अनुभव गरेको छु । यति सबैलाई विश्वास दिलाउन चाहन्छु । विमलले यो घटनालाई पाठको रुपमा लिएको छ र परिपक्व भएर फर्कदैछ । आउने दिनमा मेरो व्यवहारले त्यसलाई पुष्टि गर्नेछु । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । उनले एकता ग्लोबलको‌ ब्रान्ड एम्बेसडरका रुपमा‌ सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो ।
hamrokhelkud.com
3,391,080
पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो । जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । अनुगमनका क्रममा स्वास्थ्य उपचार जस्तो संवेदनशील कार्यमा संलग्न क्लिनिकसमेत विनादर्ता निर्वाध सञ्चालनमा रहेको पाइएको थियो । ‘यहाँ लामो समयदेखि सञ्चालनमा रहेको ‘मेरो डेण्टल क्लिनिक’ दर्ता नभएको भेटियो, यसअघि पनि पटकपटक दर्ता गरेर सञ्चालन गर्न आग्रह गरिएको थियो’, बरालले भने, ‘अटेरी गरेकाले क्लिनिकमा ताला लगाइदिएका छौँ ।’ अन्य केही श्रृङ्गार पसलमा समेत प्रशासनले ताला लगाएको छ । अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, केही पसलमा बिल, छाप नभएको, मूल्यसूची नराखी कारोबार गरिएको, एकै ठाउँमा फरकफरक प्रकृतिका सामानको व्यवसाय गरेको पाइएको बरालले बताए । पटकपटक अनुगमन गरी सुझाव दिँदा पनि अटेरी गरिएको भन्दै केही व्यवसायका प्रमुखलाई आज जिल्ला प्रशासन कार्यलय बोलाइएको छ । अनुगमनका क्रममा थोरै समस्या रहेका पसललाई सुझाव दिइएको थियो भने कानुनी समस्या रहेका पसललाई बन्दसमेत गराई स्थानीय जनप्रतिनिधिलाई चाबी हस्तान्तरण गरिएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
3,567,649
साताको पाँचौं दिन बिहीबार सेयर बजार बन्द हुनेछ । आज बिहीबार शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउने ग्याल्पो ल्होसार पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिए सँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ । बुधबार नेप्से ६३.९८ अंकले घटेर दुई हजार ५ सय ४६ दशमलब ६० विन्दुमा बन्द भएको हो । अब आइतबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यो साता नेप्सेमा ३ दिन मात्र शेयर कारोबार भएको छ । गत मंगलबार पनि महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा हुँदा नेप्से पनि बन्द भएको थियो ।
imagekhabar.com
3,826,128
निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत् उत्पादन शुरु गरेको छ । कुल ६ दशमलव ६ मेगावाट क्षमताको सो आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । कुल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रति मेगावाट लागत रु १८ करोड पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिए । विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कुल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत् उत्पादन शुरु गरेको छ । कुल ६ दशमलव ६ मेगावाट क्षमताको सो आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । कुल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रति मेगावाट लागत रु १८ करोड पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिए । विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कुल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ ।
himalkhabar.com
326,914
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। उक्त अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
setopati.com
3,567,550
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी पे क्युआरको औपचारिक सुरुवात गरेको हो ।
imagekhabar.com
4,901,379
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइस (कोभिड–१९) पोजेटिभ देखिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै आफूलाई कारोना पोजेटिभ देखिएको बताएका छन् । ‘सेल्फ आइसोलेसनमा छु । मलाई कोरानको पोजेटिभ छ । खासै त्यस्तो त केही जस्तो लागेको छैन । तातो पानी खान्छु । ब्यालेन्स डाइटमा बसेको छु । प्यानिक भाको होला सबै कोरोना भाइरसका कारण । उनले भिडियोमा भनेका छन्, ‘तर आत्तिनुपर्ने केही छैन । मलाई भएको भएको चार÷पाँच दिन भयो । कफ केही छैन । कहिलेकाहीँ ड्राइ कफ हुन्छ । रुममा बसेको छु । खाना खान्छु । जगिङ गर्दै बसेको छु ।’ पूर्वमिडफिल्डर रञ्जितले भिडियोमार्फत नआत्तिनमा पनि सुझाव दिएका छन् । झापा भद्रपुरका रञ्जित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन् । सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालीन हुन् । ए डिभिजनको फ्रेन्ड्स, न्युरोड टिम (एनआरटी) र थ्री स्टार क्लबबाट व्यावसायिक फुटबल खेलेका रञ्जित नेपाली यू–१६ का पूर्वकप्तान हुन् । उनको भाइ रूपक श्रेष्ठ पनि सोही ब्याचका खेलाडी हुन् ।
rajdhanidaily.com
2,491,491
यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी स्क्वायर (३६० वर्ग माइल) छ । यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ, जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ । सबै प्रकारका प्रशासनिक कामहरू कसराबाट नै हुने गर्दछन् ।
ratopati.com
2,072,678
नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो। याे सँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन्।
nagariknews.com
3,683,691
मृत्यु हुनेमा दाङ हेकुली ९ का २५ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा लमही अस्पतालमा राति सवा १ बजे मृत्यु भएको हो ।
imagekhabar.com
859,414
बाँके प्रहरीले ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका १२ चप्परगौडीका ४५ वर्षीय इन्द्रमणी गौतम ४४ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर ११ एनटीभी रोडबाट पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट लागू औषध तौल गर्ने सानो डिजिटल मेसिनसमेत बरामद गरेको छ । बाँके प्रहरीले लागूऔषध नियन्त्रण महाअभियान सञ्चालन गरेपछि कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।कोहलपुर नगरपालिकाका एनटीभी रोडमा लागू औषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाबाट खटिएको प्रहरी टोलीले गौतमलाई तलासी लिने क्रममा पाइन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडियामा लुकाएर राखिएको ब्राउन सुगर बरामद गरेको हो ।प्रहरीका अनुसार पक्राउ परेका गौतम यसअघि पनि जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।
ekantipur.com
6,372,309
हिजो (शुक्रबार) संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, अर्थमन्त्री नरेशकुमार शाहीलगायत एकीकृत समाजवादीका नेता तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले बुढीतोला सडकको निरीक्षण गरेका हुन्। गत साउन २२ गते परेको अविरल वर्षाले गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा पहिरो गएर सडक अवरुद्ध भएकोमा केही दिनपछि सडक विभाग र सुरक्षा संयन्त्रले भीमदत्त राजमार्ग संचालनमा ल्याएको थियो। अहिले सो राजमार्ग जोखिमका बीच संचालनमा छ। सोही क्रममा मन्त्रीहरुले हिजो सडक क्षेत्रको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री ज्वालाले भीमदत्त राजमार्गको करिब ४ सय मिटरमा आएको ठूलो पहिरोका कारण तराईबाट पहाडी जिल्लाको यातायात प्रभावित बन्न पुगेको बताए। उनले भीमदत्त राजमागर्गको विकल्पमा अन्य राजमार्ग सञ्चालन गर्न संघ र प्रदेश सरकारले सहकार्य गर्ने पनि बताए। ‘भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यहाँको जनजीवन प्रभावित भएको छ। पहिरो खुलाउने काम तुरून्त सुरू गरे पनि अहिलेसम्म दुइतर्फी बाटो खोल्न सकिएको छ,’ उनले भने, ‘भीमदत्तसहित तराईलाई पहाडी जिल्लाहरूसँग जोड्ने वैकल्पिक राजमार्गहरूको विकास कसरी गर्न सकिन्छ भनेर संघ र प्रदेश सरकारले सहकार्य गर्ने विषयमा पनि छलफल हुनेछ।’ भीमदत्त राजमार्गको विकल्पमा सेती राजमार्ग, खुटिया–दिपायल राजमार्ग, महाकाली राजमार्ग र दैजी–जोगबुडा–डडेल्धुरा राजमार्गको निर्माण गर्नुपर्ने आवश्यकता बढेको उनको दाबी छ । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
mahendranagarpost.com
4,896,853
घरबाट निस्कनुअघि ७२ वर्षीया सीता गिरीको मनमा सायद छुट्टै उमंग थियो । ‘वृद्धभत्ता’ बुझेपछि केही ‘जोहो’ साँचेकी उनी सकुशल घर पुग्न सकिनन् । गाउँपालिकामा अवस्थित कुमारी बैंक पुगेकी छबिसपाथिभेरा गाउँपालिका–१ की एकल ज्येष्ठ नागरिक गिरीको ‘सामाजिक सुरक्षा भत्ता’ बुझेर घर फर्किनेक्रममा बीचबाटैमा मृत्यु भएको छ । श्रीमान्को निधन भएको लामो समय भइसक्यो । आफन्तसमेत घरमा नभएका र केही समयदेखि उनी बिरामी रहेको सेती क्याम्पस बगडगाउँका लेक्चर लक्ष्मण गिरी बताउँछन् । ‘दमको बिरामी हुनुहुन्थ्यो, नजिकका आफन्तले सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यवस्था भएको भए सायद उहाँको मृत्यु हुँदैनथ्यो,’ उनी भन्छन्, ‘बुहारी सन्तोला गिरी उनको उपचारका लागि केही दिनअघि मात्रै घर पुगेकी थिइन् ।’ यहाँका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न झन्डै ५ किलोमिटर दूरीमा रहेको कुमारी बैंक धाउनुपर्ने बाध्यता छ । अपांगता भएका, बेसहारा, हिँडडुल गर्नसमेत नसक्नेका लागि घरघरमै भत्ता व्यवस्था गर्नुपर्ने गाउँलेको आग्रह छ । भत्ताका लागि लामो समय बैंकमा लाइन बसेर ‘कहिलेकाहीँ इन्टरनेटले काम गरेन’ भनेर रित्तै फर्किनुपर्ने बाध्यता छ । अपांगता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिकले यी समस्याबाट अनावश्यक सास्ती खेपिरहेका छन् । सहजता’ छलफल गरिने छबिसपाथिभेरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गगनबहादुर ऐडी ‘महिलाको मृत्यु के कति कारण भएको हो ?’ भन्ने’ जानकारी नभएको बताउँछन् । उनले भने, ‘सामाजिक सुरक्षा भत्ता ‘अझै सहज तरिकाले कसरी उपलब्ध गर्न सकिन्छ ? भन्ने’ छलफल गरिनेछ ।’ वडा १ का अध्यक्ष तथा छबिसपाथिभेरा गाउँपालिका प्रवक्ता करनजंगबहादुर सिंहले गिरीको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किने समय गाउँपालिकानजिकै मृत्यु भएको सुनाए । ‘सामाजिक सुरक्षा भत्ता लिन हिँडडुल गर्न नसक्ने अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि इच्छाइएको व्यक्तिले बुझ्न सक्ने व्यवस्था गाउँपालिकाले गरेको छ । तर, सीताको सन्दर्भमा आफन्त कोही घरमा पनि नभएकाले भत्ता बुझ्न इच्छाइएको व्यक्तिको परिचयपत्र नबनेकाले उनी स्वयं जानुपरेको र दुखद घटना घटेको वडा १ अध्यक्ष सिंह बताउँछन् । ‘घरमा कोही पनि नभएका व्यक्तिका हकमा पालिकाले फेरि अर्को निर्णय गरेर सहज तरिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ,’ उनले भने । यस्ता समस्या छबिसपाथिभेरा गाउँपालिकामा मात्रै नभएर १२ वटै पालिकामा छन् । यहाँका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिलाका यस्तै गुनासा सुनाउँछन् । ‘सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा निकै समस्या खेप्नुपर्छ, स्थानीय सरकार बनेपछि त झन् सहज होला भन्ने सोचेकी थिएँ तर झनै समस्या पो भयो,’ स्थानीय ज्येष्ठ नागरिक शिवजला भण्डारी भन्छिन्, ‘पहिला घरघरमा आएर भत्ता बुझ्ने गरेका थियौं, अहिले बैंकमा खाता खोलेर बैंकमै पुगेर ल्याउनुपर्छ । बाटो पनि निकै अप्ठ्यारो छ । उमेर ढल्केका हामी हिँडडुल गर्न पनि सक्दैनौं ।’ सकी नसकी सामाजिक सुरक्षा भत्ता बुझ्न गएर पनि ‘कतिबेला के हुने हो ? जानकारीसम्म नहुने’ भण्डारीको गुनासो छ । ज्येष्ठ नागरिकलाई सास्ती दिनुभन्दा घरघरमै वा आफन्तका हातमा सहज तरिकाले भत्ता उपलब्ध गराउनुपर्ने उनको माग छ ।
rajdhanidaily.com
4,776,526
पूर्वराज्यमन्त्री शत्रुधनप्रसाद सिंह अन्ततः जनता समाजवादी पार्टी (जसपा) छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । सत्ता गठबन्धनमा जसपा रहेका बेला सिंहले टिकट पाउने आश मारेर पार्टी परित्याग गरेका थिए । तर, २४ घण्टा नबित्दै जसपा सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गरेको समाचार बाहिरियो । त्यसपछि सिंहले आवेगमा आएर पार्टी परित्याग गरेको भन्दै अब पार्टीमै फिर्ता भएको विज्ञप्ति जारी गरे । सिंहलाई लागेको थियो- अब जसपाले सिरहा क्षेत्र नम्बर २ बाट टिकट दिनेछ । त्यसको ठीक उल्टो भयो । जसपाले उनको टिकट काटेर २०७४ मा सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित राजकिशोर यादवलाई सिरहा २ को टिकट दियो । जसपामा फर्केर पनि टिकट नपाएपछि सिंह घरको न घाटको जस्तै भएका थिए । त्यसपछि एमालेका नेताहरुसँग निरन्तर सम्पर्कमा रहेका उनले टिकट निश्चित भएपछि एमालेमा प्रवेश गरेका छन् । सुरुमै उनले एमाले प्रवेश गर्ने सोचका साथ जसपा परित्याग गरेका थिए । उनलाई एमाले मधेस प्रदेश सहइन्चार्ज लीलानाथ श्रेष्ठले पार्टीमा स्वागत गरेका छन् । स्रोतका अनुसार उनलाई एमालेले सिरहा क्षेत्र २ (ख) को टिकट दिएको छ । सिरहा २ मा एमाले–जसपाको गठबन्धन छ । प्रदेशसभा क्षेत्र २ (क)बाट जसपाका विजय यादव उम्मेदवार बनेका छन् । उनी मधेस सरकारका कृषिमन्त्री छन् ।
nepalpress.com
5,447,093
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नुभएको छ । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गर्नुभएको हो । टर्की संसदले अर्को हप्ता स्वीडेनको नाटो प्रस्तावमाथि छलफल गर्ने भएको छ । संसदको विदेश मामिला समितिले अर्को हप्ता स्वीडेनको नाटो प्रस्तावका बारेमा संसदमा छलफल हुने बताएको हो । यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सेभ द चिल्ड्रेनले नलगाड र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्पपीडित सुत्केरीलाई चार सय टेन्ट उपलब्ध गराएको छ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान करिब ३ बजेतिर आगलागि भएको हो । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–६, मा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडामा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिने शैक्षिक संस्था सात वटा पुगेको छ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । नयाँरोड–बरहथवा सडकखण्डअन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित धरहरा जङ्गलमा आगजनीबाट जलेको एउटा मोटरसाइकल बरामद भएको छ ।
gorkhapatraonline.com
1,195,858
उनीहरुले संयुक्त संघर्ष समिति बनाई शान्तिपूर्ण धर्ना अभियान सुरु गरेका हुन् । संघर्ष समितिले तत्काल करार म्याद थप्नुपर्ने, श्रमशोषण नगरी नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक व्यवस्था गरिनुपर्ने, कामकाज गरिरहेका करार कर्मचारीहरुलाई नियतवस् विभिन्न आरोपसहित करार गर्न आलटाल गरिएकोमा सो नगरी साविक अनुसार नै कामकाज गर्नेगरी तुरुन्त करार गर्नुपर्ने, करार कर्मचारीहरुको दीर्घकालिन व्यवस्थपा हुनुपर्ने, करार कर्मचारीहरुको सम्बन्धमा सम्मानित उच्च अदालत नेपालगञ्ज इजलासबाट गरिएका विभिन्न मितिका आदेश कार्यान्वय गरिनुपर्ने लगायतका माग संघर्षरत कर्मचारीहले राखेका छन् । बढैयाताल गाउँपालिकाको निवर्तमान कार्यपालिकाले नियुक्ति गरेका ३८ जना करार कर्मचारीहरुको पारिश्रमिक वेरुजु आएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । पारिश्रमिक नै बेरुजु आएको अवस्थामा पुन नियुक्ति दिनु नीतिगत भ्रष्टाचार हुने उनको भनाइ छ । 'पालिकासँग आन्तरिक श्रोत पनि छैन । राजस्वबाट तलब खुवाउँदा बेरुजु आउँछ, अब कसो गरौं,' उनले प्रश्न गर्दैभने पुरानो बेरुजु फर्छौट नभइ नियुक्ति दिन हामीलाई कठिन छ । बेरुजुको समस्या समाधान नभए सम्म गाउँपालिकाले करार कर्मचारीहरुको म्याद थप गर्न तथा नयाँ कर्मचारी भर्ना गर्न सक्दैन । अध्यक्ष त्रिपाठीले भने हामी आवेदन खोल्ने पक्षमा छैनौं ।
annapurnapost.com
3,614,607
सोमबार चाँदीको मूल्य पनि स्थीर रहेर तोलाको ७६० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५१ डलर हाराहारीमा कारोबार भएको थियो ।
imagekhabar.com
1,053,177
डा गोविन्द केसीको समर्थनमा दाङ सहीत देशभरका सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका छन् । राप्ती अंचल अस्पताल दाङका चीकत्सकहरु ओपीडी सेवा बन्दगरी आन्दोलनमा उत्रीएका छन । चीकत्सकहरुले बिरामीहरुको सेवालाइ मध्यनजरगरी अस्पताल परीसरमा निशुल्क चेकजाच गरेका छन । आफुहरुको आन्दोलनबाट बिरामीहरुलाइ पर्नजाने मर्कालाई मध्यनजर गर्दै अस्पताल अगाडी चौरमा निशुलक रुपमा चेकजाच गरीएको अस्पतालका मेडीकल सुपरीडेन्डेन डा बिनोद सिंहले जानकारी दिनुभयो ।
makalukhabar.com
3,150,432
दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला गरिने भएको छ । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरिन लागिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । गत शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी र यातायात व्यवसायीहरूको संयुक्त बैठकले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
5,576,966
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले उकालो लागेर दुई हजार ९६ दशमलव शून्य आठमा पुगेको छ । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आजदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री खुला गरेको हो । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलव ६८ मा पुगेको छ । एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको निष्कासन गरेको छ । कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गरेकोे हो । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको हो। यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (मङ्गलबार) भने सामान्य अङ्कको सुधार देखिएको छ । पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (सोमबार) २४ दशमलव ६८ अङ्कले घटेको हो । यो साता कारोबारको पहिलो दिन आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज (आइतबार) भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँट गरेको हो । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुईमा सीमित भएको छ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज (बुधबार) परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कायम भएको हो । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज (सोमबार) नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अङ्कले गिरावट आएको हो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेकोे हो । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । सरकारले गत आर्थिक वर्ष २०८०/०८१मा ५ खर्ब ३१ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ६ खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । गत वर्ष लक्ष्यभन्दा एक खर्ब ४६ अर्ब रुपियाँ कम राजस्व सङ्कलन भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो । सेयर बजारले २३ सयको विन्दु नाघेको छ । मङ्गलबार ७० अङ्कले उकालो लाग्दा भने कारोबार रकम पनि नौ अर्बभन्दा माथि लागेको छ । नेप्से परिसूचक २३ सयको विन्दुबाट माथि लाग्दा कारोबार रकम लामो समयको अन्तरमा पुँजी बजारमा उच्च अङ्कको सुधार भएको छ । त्यस्तै कारोबार रकम पनि उच्च भएको छ । पुँजी बजारको यस्तो सुधार दुई वर्षयताकै राम्रो हो । नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बन्ने र अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा चलेपछि सेयर बजारमा उच्च वृद्धि भएको हो । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । सेयर बजारमा आशाका किरण देखिन थालेपछि कारोबार उकालो लाग्न थालेको छ । साताको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लाग्दा कारोबार रकम साढे छ अर्ब पुगेको छ । दैनिक बढ्दो क्रममा लागेको कारोबार रकम यो साताको अन्तिम दिन बढेरै बन्द भएको छ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको हो ।
gorkhapatraonline.com
4,107,468
माछापुच्छ«े गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी बताए । सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दैै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ । मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
5,905,682
काठमाडौं – सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि धर्ना बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ मुम्बई – रणवीर कपूर यतिबेला आलिया भट्टसँग डेटिङ गरिरहेका छन् । यी दुईका तस्वीर सामाजिक काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय संसदका सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि मस्को– रसियामा पछिल्लो २४ घण्टामा मात्रै १० हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । वीरेन्द्रनगर– छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सुर्खेत प्रहरीले १ जनालाई पक्राउ गरेको छ । काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि युके – बेलायतका र्‍यापर टीवाइले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । नाइजेरियन ब्रिटिश यी सिड्नी– अस्ट्रेलियामा एकजना १८ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका नेपालीलाई शुक्रबार अदालतमा काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सिताबीच विवाह भएको ५१ काठमाडौं- आज संसदको बजेट अधिवेशन शुरु हुँदैछ । दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ काठमाडौं– बिहीबार स्वाब संकलन गरिएका संघीय संसदका सदस्य (सांसद) र कर्मचारी तथा सुरक्षाकर्मी सबैको परीक्षण काठमाडौं– मोरङ र बारामा गरी भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ काठमाडौं– किट अभावका कारण कोरोना परीक्षण रोकिएका प्रयोगशालाहरुमा सरकारले किट पठाएको छ ।
khabarhub.com
6,040,836
२०८१ साउन ८ मंगलबार नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् एक लाख ८२ हजार छ सय ८३ बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर एक हजार चार सय १० बराबर देखिएको हो । यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव १३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड र उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब ३४ करोड बराबर पुग्ने अनुमान गरिएको छ । जिडिपी अनुपातमा नेपालको कूल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५ दशमलव २१ प्रतिशत अर्थात् १३ खर्ब ५६ अर्ब ४६ करोड बराबर पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जिडिपी अनुपातको ९३ दशमलव ५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यो ५० खर्ब ३६ अर्ब १५ करोड बराबर हो । जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा सात दशमलव १५ प्रतिशत बराबर छ । यसवर्ष तीन खर्ब ८५ अर्ब ११ करोड बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ । जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६ दशमलव पाँच प्रतिशत बराबर छ । नेपालले यस वर्ष १९ खर्ब ६४ अर्ब ३३ करोड बराबर आयात गर्ने ठानिएको छ । त्यसैगरी चालु मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कूल गार्हस्थ्य उत्पादनको ३१ दशमलव ६६ प्रतिशत बराबर छ । त्यस्तै जिडिपीमा विप्रेषणको अनुपात २२ दशमलव ८९ प्रतिशत बराबर हुने ठानिएको छ । चालु आवको जिडिीपमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ । गत आवमा कृषि क्षेत्रले जिडिपीमा २४ दशमलव ६७ प्रतिशत बराबर हिस्सा ओगटेकामा यसवर्ष त्यो घटेर २४ दशमलव १२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ । तथ्याङ्क कार्यालयले चालु आवको पछिल्लो नौ महिना अवधिको तथ्याङ्क विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो ।
sunaulonepal.com
406,288
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा ‘विज्ञापन (नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा दफावार एवं संशोधन माथिको छलफल सकिएको छ । समितिको आजको बैठकमा सो विधेयकलाई अन्तिम रुप दिन नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उच्च नेतृत्वसँग थप सुझावसमेत लिइएको थियो । सो विधेयकलाई सङ्घीय संसद्को चालू अधिवेशनमा नै प्रस्तुत गर्ने सरकारको तयारी रहेको छ । विधेयकमाथि सो समितिका सदस्य राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्त, डा विमला राई पौडेल, खिमलाल भट्टराईसहित १२ सांसदले ५९ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका थिए । आजको बैठकमा संशोधनकर्ता सदस्यले संशोधन गर्नुपर्ने कारण सहित संशोधनका बुँदा प्रस्तुत गरेका थिए । विज्ञापन व्यवसायलाई मापदण्ड बनाइ नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाइ करको दायरामा ल्याउने लगायतका उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विसं २०७५ पुस २२ गते सो विधेयकको मस्यौदा संसद्मा दर्ता गरेको थियो । विधेयकमा होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने, विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देश उल्लेख गर्नुपर्ने, मन्जुरी नलिई इमेल वा एसएसएसबाट विज्ञापन गर्न नहुने, आधिकारिक रुपमा जानकारी नभई विज्ञापन गर्न नहुने प्रस्ताव गरिएको छ । विधेयकको मस्यौदामा विज्ञापन गर्न सकिने, विज्ञापन बोर्डको गठन, बोर्डको काम, कर्तव्य अधिकार, बोर्डका अध्यक्षको योग्यता, प्रदेश तथा स्थानीय तहका सञ्चार माध्यमबाट हुने विज्ञापनको नियमन लगायतका बुँदा रहेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विज्ञापनलाई करको दायरामा ल्याउन र विज्ञापन निर्मातालाई जनता तथा मुलुकप्रति उत्तरदायी बनाउन उक्त विज्ञापन नियमन गर्ने कानून जरुरी भएको हुँदा सो विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याए। उनले संविधान प्रदत्त स्वतन्त्रता उपयोग गर्न विधेयकले कुनै बाधा नपुर्‍याउने स्पष्ट पार्दै विज्ञापनलाई विधेयकले थप मर्यादित बनाउने छ भने । सोही मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विज्ञापन गर्न सकिने कुरा विधेयकमा स्पष्ट रुपमा आएको चर्चा गर्दै यसलाई करको दायरामा ल्याउन विधेयक आएको हो भने। समितिका सभापति परशुराम मेघी गुरुङले विज्ञापनलाई थप मर्यादित र व्यवस्थित बनाउन विधेयकले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। संशोधनकर्ता सदस्यहरु राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्तले संविधान प्रदत्त स्वतन्त्रतालाई विधेयकले अंकुश लगाउन नहुने धारणा राखे ।
hamrakura.com
1,891,984
रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखाको मेलुङ गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२४, बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी प्रक्राउ परेका छन् । अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक एक लाख रूपैयाँ तलब प्राप्त हुने प्रलोभनमा पारी पटक-पटक गरेर उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसैगरी कतार पठाइदिन्छु भन्दै दुई लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ का कैलाश गिरी पक्राउ पक्राउ परेका छन् । उनले वैदेशिक रोजगारीका लागि कतार पठाइदिने र मासिक ८० रूपैयाँ दिलाउने भन्दै उक्त रकम ठगेका हुन् । यसैबीच स्लोभेनिया पठाइदिने बहानामा दुई लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोगमा धादिङका अजयराज शाही र गोरखाको चुमनुव्री गाउँपालिका-४ की ३५ वर्षीया छिमी सुनिन पक्राउ पक्राउ परेका छन् । सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ । यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
pardafas.com
4,229,951
हङकङका थप दुई विश्वविद्यालयबाट तियानमेन नरसंहारको सम्झनामा बनेका स्मारक हटाइएको छ। चाइनिज युनिभर्सिटी अफ हङकङ (सीयूएचके)बाट लोकतन्त्रको देवी र लिङ्नान विश्वविद्यालयको स्मारक हटाइएको छ। बुधवार हङकङ विश्वविद्यालयबाट तियानमेन नरसंहारको सम्झनामा लोकप्रिय स्मारक 'पिलर अफ सेम' हटाएको हो। उक्त स्मारकमा सन् १९८९ मा प्रजातन्त्र समर्थक आन्दोलनका क्रममा मारिएका मानिसहरूको शवको थुप्रो चित्रण गरिएको थियो। सन् १९८९ मा चीनको राजधानी बेइजिङको तियानमेन स्क्वायरमा प्रजातन्त्रको समर्थनमा ठूलो विरोध प्रदर्शन भएको थियो। उक्त विरोधलाई रोक्न चीन सरकारले प्रदर्शनकारीमाथि गोली चलाएको थियो । हङकङमा प्रजातन्त्रको समर्थनमा र चीनविरुद्ध प्रदर्शन जारी छ। चीनबाट विरोधलाई दबाउन प्रयास भइरहेको छ। स्मारक हटाउने पहल पनि यसैको एउटा पाटोका रूपमा लिइएको छ। यसअघिको स्मारकलाई सन् १९८९ मा चिनियाँ विद्यार्थीहरूले उखेलेका थिए र तियानमेन गोलीकाण्डको एक दिनअघि तियानमेन स्क्वायरमा सारिएको थियो। सीयूएचकेले स्मारक हटाउने कुराको पुष्टि गरेको छैन तर अनधिकृत स्मारक हटाइएको बताएको छ। विश्वविद्यालयले भनेको छ– विश्वविद्यालयले क्याम्पसमा यो स्मारक स्थापना गर्न अनुमति दिएको छैन र यसको मर्मत सम्भार र व्यवस्थापनको जिम्मेवारी कुनै पनि संस्थाले लिएको छैन । यसै क्रममा लिङ्नान विश्वविद्यालयबाट पर्खालमा कोरिएको पेन्टिङ हटाइएको छ । विश्वविद्यालयले भर्खरै कानुनी वा सुरक्षा जोखिम निम्त्याउन सक्ने कुनै पनि सामग्री हटाउने निर्णय गरेको थियो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
4,856,376
पर्साका उद्योगी व्यवसायीको टोलीले काठमाडौं पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेटघाट गरेको छ। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको टोलीले मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङको कार्यकक्षमा छुट्टाछुट्टै भेटघाट गरी विद्युत् आपूर्तिमा देखिएको समस्याबारे छलफल गरेको हो । भेटघाटका क्रममा सङ्घका अध्यक्ष डा गुप्ताले विद्युत् उत्पादन र प्रभावकारी वितरण व्यवस्था नभएकाले मुलुकभर विद्युत् आपूर्तिमा समस्या आइरहेको बताए । बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत्को घोषित लोडसेडिङ हटे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको र प्राप्त विद्युत्को गुणस्तर कमजोर भएकोले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परेको उनले बताए। बारा–पर्सा औद्योगिक कोरिडोरको विद्युत् वितरण प्रणाली करिब २०–२५ वर्ष पुरानो रहेको र त्यस बेलाको तुलनामा अहिले विद्युत् माग बढेको, नयाँ नयाँ उद्योग स्थापना भएको, गार्हस्थ्य विद्युत् खपत दर बढेको, प्राधिकरणको बढी विद्युत् खपत गराउने नीतिअनुसार इन्डक्शन चुल्हो, विद्युतीय सवारी साधनको वृद्धिसँग विद्युत् खपत बढेको भए पनि सोअनुसार आपूर्तिका लागि वितरण लाइनको क्षमता कम भएको, ट्रान्सफर्मरको कमी रहेको, दक्ष जनशक्तिको कमी र व्यवस्थापकीय कमजोरीका कारण उद्योगी व्यवसायीलाई गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेकोबारे टोलीले अवगत गराएको थियो। त्यस्तै तराई क्षेत्रमा विद्युत्को लाइनका लागि सिमेन्टको पोल जमिनमा गाड्दा जरामा ढलान नगरिएका कारण पोल ढल्कने, तारहरु लतरिने र समय समयमा दुर्घटना हुने गरेकाले पोल गाड्दा जरामा ढलानको व्यवस्थापन गर्न टोलीले सुझाव दिएको छ। सो अवसरमा मन्त्री भुसालले विगत केही दिनदेखि विद्युत् आपूर्तिमा भइरहेको ट्रिपिङ र नियमित आपूर्तिमा देखिएको समस्याप्रति आपू गम्भीर रहेको बताए । उनले औद्योगिक फिडरहरुमा गुणस्तरीय ट्रिपिङ समस्या समाधान गर्न नियमित विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको बताए। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले आन्तरिक स्रोत साधनबाट कार्य सञ्चालन गर्दै आइरहेको र नेपाल सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेकले प्राधिकरणका परियोजनाहरु तीव्र गतिमा अघि बढ्न नसकेको सो अवसरमा टोलीलाई जानकारी दिए। भेटघाटका क्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयललगायतको उपस्थिति थियो ।
kathmandupress.com
2,764,672
पोखरा महानगरपालिका–११, फूलबारीस्थित स्थानीय गार्डेन युवा क्लबद्धारा आयोजित खुल्ला रक्तदानमा १२० युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नं ११ को सहकार्य र नेपाल रेडक्रस सोसाइटी कास्कीको क्षेत्रीय रक्त संचार सेवा कार्यलयको व्यवस्थापनमा क्लबले खुल्ला रक्तदानको आयोजना गरेको हो । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले पहिलो रक्तदाता हरिश्चन्द्र बास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरेर रक्तदानको उद्घाटन गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कास्की रक्तसंचार सेवा कार्यलय महेन्द्र केसीले रक्तदान आयोजक गार्डेन युवा क्लबका अध्यक्ष विनोद गुरुङलाई प्रमाणपत्र प्रदान गरे । क्लबका अध्यक्ष गुरुङले रक्तदान कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिका वडा नं ११, रक्तसंचार सेवा कार्यलय, रामबजार प्रहरी चौकी तथा रक्तदाता र रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने संपूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा पोखरास्थित रामबजार प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरीक्षक प्रकाशबहादुर थापाको समेत उपस्थिति थियो । गार्डेन युवा क्लबले केही दिन अघिमात्रै पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि ५० हजार १ सय ५ रुपैयाँ प्रदान गरेको थियो ।
eadarsha.com
514,006
जिल्ला प्रशासन कार्यालय डोटीमा हिजोआज सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै कार्यालयका कर्मचारीमा चिन्ता थपिन थालेको छ । पछिल्ले समय कार्यालयमा मास्क नलगाएर आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले कार्यालय प्रवेश नै नदिएर फिर्ता पठाउने र मास्क लगाएर आउन आग्रह गरिन थालिएको छ । बाढीपहिरोपीडित भएकाका नागरिकका लागि राहत, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन आउने नागरिकका कारण प्रशासन कार्यालयमा निकै भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । प्रशासनमा दैनिक २०० हाराहारीमा सेवाग्राही आउने गरेका छन् । सेवा लिन आउने सेवाग्राहीमा सबैभन्दा बढी नागरिकता बनाउन आउनेको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ । कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका यहाँका नागरिकको नागरिकता बनाउनका लागि कार्यालयमा भीड लाग्न थालेको शाखा अधिकृत शिवकुमार राईले जानकारी दिए । उनले भने, “पछिल्लो केही दिनयतादेखि सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ, सबैभन्दा बढी नागरिकता लिनेछन् ।” उनका अनुसार अहिले दैनिक कम्तीमा पनि ९० देखि १०० जनाले कार्यालयबाट नागरिकता लिँदै आएका छन् । दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयसहित यहाँका अन्य सरकारी विद्यालयमा विभिन्न प्राविधिक विषयमा पढाइ गर्नका लागि आवेदन खुलेपछि त्यहाँ पढ्नका लागि पनि एसइई पास भएका विद्यार्थी बढी नागरिकता बनाउनका लागि आउने गरेको नागरिकता कर्मचारी गौतम रोकायाले जानकारी दिए । यसैगरी लामो समयदेखि कामका लागि भारत गएका नागरिक पनि कोरोना महामारीका कारण अहिले आफ्नो घर आएर बसेका कारण फुर्सद भएकाले यो समयमा नागरिकताका लागि कार्यालय आउने गरेको पाइएको छ । दैनिकजसो नागरिकता लिने सेवाग्राहीको भीड बढेका कारण कतिपयले त नागरिकताका लागि पालो कुर्नुपर्ने र दुई दिनमा पालो आउने गरेको बोगटान फुड्सिल गाउँपालिका–४ बाट आएका सेवाग्राही हिक्मतबहादुर लुहारले बताए । उनले भने, “एक दिनको पैदल हिँडेर नागरिकता बनाउन आयौँ, यहाँ त भीड रहेछ, कागजपत्र सुधार गर्दैमा दिन बित्न रहेछ हैरानी भइयो ।” सेवाग्राहीलाई कानूनी प्रक्रिया पूरा गरी एकै दिनमा नागरिकता दिने कार्यालयले जनाएको छ । अधिकृत राईले उनले भने, “नागरिकता दिनका लागि पनि विभिन्न नियम छन्, सबै प्रक्रिया हेर्ने हो भने खासै कसैको मिलेको हुँदैन तैपनि हामीले कानूनसम्मत मिल्ने काम गरेकै छौँ ।” कानूनमा नागरिकता लिन आउँदा पारिवारिक पहिचानसमेत खुलेको हुनुपर्ने भएकाले सो प्रक्रिया पूरा नभएकालाई प्रक्रिया पूरा गरेर नागरिकता बनाउन आउन सुझाव दिने गरेको उनको भनाइ छ । पछिल्लो समय नागरिकताका लिन आएकाहरुबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न सहज भएको कार्यालयका खरिदार तेजबहादुर खड्काले जानकारी दिए । नागरिकता बनाइसकेका नेपाली नागरिकले नागरिकता पाएकै दिन राष्ट्रिय परिचयपत्रको सङ्कलन विवरण भर्ने गरेका छन् । उक्त परिचयपत्रको विवरण सङ्कलन दैनिकरूपमा २५ देखि ३० सम्म हुने गरेको कार्यालयले जनाएको छ । विवरण फारममा पारिवारिक विवरणसमेत खुलाउनुपर्ने हुँदा प्रत्येक दिन ३० भन्दा माथि सङ्कलन गर्न नसकिने गरेको बताइएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आमाबुबाको नागरिकता र स्वयं व्यक्तिको विद्यालयको प्रमाणपत्र नहेरी नागरिकता बनाउन सिफारिस गर्ने भएकाले कतिपयको जन्ममिति, आमाबुवाको नामसमेत फरक हुने गरेकाले सेवाग्राहीले दुःख पाउने गरेको गुनासो बढेको प्रजिअ अधिकारीले बताए । उनले भने, “जनप्रतिनिधिहरुले नागरिकताको अनुसूची फारम भर्दा सामान्य कुरा पनि नहेरी पठाउने गरेको पाइयो, यसले गर्दा जिल्लामा आउने सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।
lokpath.com
2,822,803
विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गरेका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित भएका थिए । विसं २०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए । ‘थापालाई झापाको सैनिक ब्यारेकको बङ्करमा कठोर र अमानवीय क्रूर यातना दिएर सैन्य हिरासतमा राखेका थिए’ अर्जुनधारा नगरपालिका–७ निवासी बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको एक्लो छोराका रूपमा विसं २०१४ मङ्सिर १५ गते जन्मेका नवनियुक्त मुख्यमन्त्री थापाले २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । विद्यार्थी जीवनबाट पार्टीको सङ्गठनतर्फ प्रवेश गर्ने क्रममा उनले नेपाली काङ्ग्रेस अर्जुनधारा गाउँ विकास समितिको सचिव÷सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्मालेका थिए । त्यसपछि झापा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थापाले दुईपटक प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । हरेक चुनावमा नेपाली कांगे्रसको भारी मत बढाउन सफल रहे पनि जितको परिणाम भने हात पर्न सकेन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनपछि नेपाली कांग्रेस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर जिल्लाव्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यावहारिक राजनीतिक योजनाकार पनि थिए । पाँच ‘व’ को नीतिअन्तर्गत विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांगे्रस, विकासमा कांग्रेस र विपद्मा कांग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याइसहित थापाकै अगुवाइमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएका थिए । साथमा नेपाली कांगे्रसको सिद्धान्त, नीति, विचार, कार्यक्रम, इतिहास र विधानका विषयमा समेत थापाकै अगुवाइमा प्रशिक्षण कार्यक्रम चलाइए । विसं २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि प्रजातन्त्र अपहरण गर्ने राजाको कार्यको कडारूपमा विरोध जनाउँदै आन्दोलन सञ्चालन गर्दा उनलाई तत्कालीन शाही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक ब्यारेकको बङ्करमा कठोर र अमानवीय क्रूर यातना दिएर सैन्य हिरासतमा राखेको थियो । वाणिज्य शास्त्रमा स्नातक गरेका थापाले एक स्पष्टवादी, निडर, कार्यकर्ताको पीरमर्का बुझ्न र सहयोग गर्न सक्ने, कार्यकर्तालाई माया र न्याय गर्न सक्ने विवेकशील नेताको छवि निर्माण गरेका छन् । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पार्टी सङ्गठनलाई विस्तार गर्न थापाले कठोर मेहनत गरेका थिए । प्रजातान्त्रिक आन्दोलन र सङ्गठन विस्तारका क्रममा सङ्घर्षको मैदानबाट खारिएर आफूलाई राजनीतिमा अब्बल साबित गर्नुभएका थापा राजनीतिलाई राष्ट्रहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आएको छ । नेपाली कांग्रेसभित्र सबै जाति, भाषाभाषी र समुदायको उपस्थिति, सम्मान र सुरक्षामा विशेष चासो राख्ने थापा नेविसङ्घ एकाइ हँुदै कांग्रेस पार्टीको तल्लो एकाइ समितिबाट नेतृत्व विकास गर्दै राष्ट्रिय राजनीतिको वर्तमान अवस्थामा आफूलाई उभ्याउन सफल लोकतन्त्रका पहरेदार सिपाहीका रूपमा चर्चित छन् । कोशी प्रदेशसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनी प्रदेशसभाको छैठौँ बैठकसम्म र तेस्रो अधिवेशनको पहिलो बैठकसम्म आफ्ना धारणा, विचार र सिद्धान्तमा अडिग रही अत्यन्त प्रभावशाली ढङ्गले सदनमा प्रस्तुत गरेका थिए ।
newskarobar.com
5,308,420
शुक्रबार काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित विशेष कार्यक्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ।
gorkhapatraonline.com
6,037,524
डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो । विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो । ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए । बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्यापिन् । छोरी र पतिको भने घटनास्थलमै मृत्यु भयो । माथिबाट खसेको भकारीले छोपिँदा आफ्नो ज्यान बचेको बताइन् । पति र छोरी छेउमै पुरिँदा आफू भने कराउँदै गुहार मागिरहेको बताउँदै उनले भनिन्, ुम करिब एक घन्टासम्म गुहारिरहें । पछि गाउँले आएर मलाई निकाले । पति र छोरी भने पुरेको पुरियै रहे । एउटै कोठामा रहेका पति र छोरीको मृत्यु भएपछि बाँच्न सफल उनी विछिप्त बनेकी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
sunaulonepal.com
6,174,413
डडेल्धुरामा आत्महत्या गर्नेको संख्या डरलाग्दो रुपमा देखिएको छ । गत आर्थिक वर्ष अर्थात् २०७५ साउनदेखि २०७६ असार मसान्तसम्मको तथ्यांक हेर्दा डडेल्धुरामा ३१ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले प्रस्तुत गरेको तथ्यांकमा झुन्डिएर आत्महत्या गर्नेको संख्या २३ छ भने विष सेवन गरी आत्महत्या गर्नेको संख्या आठ छ । आर्थिक वर्ष २०७३/७४ मा १४ जना र २०७४/७५ मा १० जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांकमा देखिन्छ । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल मुद्दा ८० छन् । यसमध्ये सबैभन्दा बढी आत्महत्याका मामिला भएको डीएसपी न्यौपालेले जानकारी दिए । यसले एकातिर अपराध बढ्दै गएको देखिन्छ भने अर्काे तर्फ प्रहरीको सक्रियता बढेसँगै मुद्दाको संख्यामा वृद्धि भएको हुन सक्ने उनको भनाइ छ । जिल्ला प्रहरी कार्र्यालयमा आर्थिक वर्ष २०७३/७४ मा ५० वटा, २०७४/७५ मा ५१, वटा ०७५/७६ मा ८० वटा मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्षको हालसम्म ९ वटा मुद्दा दता भएको डीएसपी न्यौपानेले जानकारी दिए । आत्महत्या तथा महिला हिंसाविरुद्धका घटना न्यूनीकरणका लागि कार्यालयबाट गत आर्थिक वर्षमा जिल्ला विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको उनले बताए । जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न लगाई अवैध मदिरा नष्ट गरिएको समेत उनले बताए । गत वर्ष १३ वटा भएका सवारी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेको संख्या ३० छ भने साधारण घाइते हुनेको संख्या ७९ रहेको तथ्यांक प्रहरी नायब उपरीक्षक न्यौपानेले प्रस्तुत गरे । उनले प्रस्तुत गरेको तथ्यांकअनुसार डडेल्धुरामा सवारी दुर्घटना बढेकाे छ । सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७३/७४ मा १० जना, २०७४/७५ मा ९ जनाको मृत्यु भएको छ भने २०७५/७६ मा ३४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । ट्राफिक चेक जाँचका क्रममा सवारी साधन कारबाहीको संख्या बर्सेनि घट्दै गएको देखिएको छ । संख्या घटेपनि राजस्व संकलन भने झन्डै दोब्बरले बढेको छ । जरिमानाको राजस्वमा वृद्धि गरिएकाले गत वर्ष सवारी साधन चेकजाँचबाट २० लाख बढी रकम संकलन भएको उनले बताए ।
shilapatra.com
2,030,534
शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो। कार्की वैशाख २५ गते प्रधानन्यायाधीशमा सिफारिस भएका थिए। त्यतिबेला संसदीय समिति गठन नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो। बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो । प्रधान्यायाधीशमा कार्कीको नाम संसदीय सुनवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।कार्की साउन १९ देखि अवकाशमा जाँदैछन् ।
kathmandupati.com
699,170
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अध्यक्षमण्डलीय प्रणाली हटाउने भएको छ । आगामी महाधिवेशनपछि राजपा नेपालमा रहेको अध्यक्षमण्डल प्रणालीलाई हटाएर एकल अध्यक्ष प्रणालीमा लग्ने तयारी भइरहेको छ । हाल छ जना सदस्य रहेको अध्यक्षमण्डल रहेको छ । अध्यक्ष मण्डलका सदस्यहरु दुई महिनाका लागि चक्रप्रणालीमा संयोजक रहने गरेका छन् । महाधिवेशनका लागि तयार भएको विधानमा आगामी महाधिवेशनपछि अध्यक्षमण्डलीय प्रणाली नरहने उल्लेख गरिएको छ । कात्तिक २८, २९ र ३० गते हुने पार्टीको पहिलो एकता महाधिवेशनपछि पार्टी एकल अध्यक्ष प्रणालीमा चल्ने पार्टी महासचिव एवं प्रवक्ता केशव झाले जानकारी दिए । २०७४ वैशाख ७ गते मधेश केन्द्रीत छवटा दल मिलेर राजपा नेपाल बनेको थियो । सामूहिक नेतृत्वका लागि छजना अध्यक्ष रहने गरि अध्यक्षमण्डल बनाईएको थियो । अध्यक्षमण्डलका कारण संगठन निर्माणमा समस्या भएको भन्दै तल्लो तहबाट अध्यक्ष प्रणालीबाट पार्टी सञ्चालन गर्नुपर्ने सुझाव आएको थियो । सुझाब अनुसार अगामी महाधिवेशनपछि पार्टीलाई त्यस्तो प्रावधान लैजान लागिएको झाले बताए । पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले विधान तयार गरिसकेको छ । वैशाख ३० गते बस्ने समितिले त्यसलाई अन्तिम रुप दिएर अध्यक्षमण्डललाई बुझाउने पार्टीका महासचिव रामलाल सुतियारले बताए । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए । आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
everestdainik.com
1,204,825
चीनमा भने यसको कहर लगभग समाप्त भइसकेको देखिन्छ। तर, नेपालसहित विश्वका अरू भागमा यसको त्रास अझै बाँकी छ भने कतिपय क्षेत्रमा उग्ररूप लिने सम्भावना छ। मानिसबाट मानिसमा तीव्र रूपमा सर्ने भाइरसबाट जोगिन नेपाल सरकारले लकडाउनको नीति अंगीकार गरेको छ। लकडाउन थप गर्दै वैशाख ३ गतेसम्म पुर्‍याइएको छ। पटक-पटक लम्ब्याउँदै लगिएको लकडाउनसँगै आमनेपाली घरबासमा सीमित भएका छन्। देश अर्थतन्त्रसँगै ठप्प भएको छ। यो लकडाउन कोभिड-१९ बाट जोगिनका लागि पहिलो अस्त्र मात्र हो। यो रामबाण होइन भन्ने कुरा चिनियाँ अनुभवले देखाइसकेको छ। सबैभन्दा पहिले रोग पत्ता लगाइएको चीनको वुहान सहरमा संक्रमण बढ्दै गएपछि लकडाउन गरिएको थियो। चीनले वुहान र हुपै प्रान्तका केही सहरमा मात्र पूर्ण रूपमा लकडाउन गरेको थियो। तर, लकडाउनमा मात्रै सीमित थिएन। घरघरका मानिसले हरेक दिन ज्वरो नापेर बुझाउनुपर्ने नियम थियो। शंकास्पद बिरामी आफैं अस्पतालसम्म पुगेर परीक्षण गराएका थिए। सरकार स्वयंले संक्रमित भेटाइएको ठाउँ वरपरका प्रत्येक मानिसको परीक्षण गरिनुका साथै निश्चित समयका लागि क्वारेन्टाइनमा राखिएको थियो। बिरामीको संख्या थपेसँगै अस्थायी अस्पताल पनि बनाउँदै लगिएको थियो। यता, नेपालले पनि प्रदेश-प्रदेशमा अस्पतालको तयारी गरेको देखिन्छ। त्यो सराहनीय छ तर संक्रमित भए÷नभएको परीक्षण गरिन्न भने यसको अर्थ के ? लकडाउनको अर्थ के ? वुहानमा संक्रमणको विस्तारमा कमी देखिएपछि घरघरमा पुगेर बिरामी भए÷नभएको परीक्षण गरिएको थियो। विश्व स्वास्थ्य संगठनले पनि परीक्षण-परीक्षण भनिरहेकै छ। तर, नेपालले परीक्षणमा तीव्रता दिएको देखिन्न। लकडाउनको स्थितिमा संक्रमित देखिएको ठाउँ, क्षेत्रमा र यी संक्रमित पुगेका ठाउँ र सम्पर्कमा आएका मानिसको खोजी गरी सबैलाई क्वारेन्टाइनमा राख्ने र आवश्यकताअनुसार परीक्षण गर्न सहज थियो। तर, काममा चुस्तता देखिएको छैन। यसर्थ समग्र देशलाई नै यसरी लकडाउनमा राख्नु कति उचित छ ? यस्ता आवश्यक कदम संक्रमित भेट्टाइएको ठाउँ र संक्रमित पुगेको आसपास क्षेत्रमा मात्र चाल्दा पनि संक्रमणको रोकथाम र नियन्त्रण गर्न सक्ने देखिन्छ। तर, समग्र देशलाई नै यसरी लकडाउनमा अभ्यस्त गराउनु उचित छ र ? दुई करोडभन्दा बढी जनसंख्या भएको बेइजिङमा ५ सय ८८ जनामा संक्रमण देखिएको थियो, त्यसमध्ये ४ सय ६४ जनाको उपचार भइसकेको छ भने ८ को मृत्यु भएको छ। यो अवस्थामा समेत बेइजिङमा पूर्ण रूपमा लकडाउन गरिएको छैन। बेइजिङवासीलाई भीडभाड नगर्न, बाहिर जाँदा मास्क अनिवार्य लगाउन र सामाजिक दूरीको नियम पालन गर्न तथा अनावश्यक बाहिर ननिस्कन स्थानीय सरकारले आग्रह गरेको छ र सारा बेइजिङवासीले यी नियम पालना गरिरहेका छन्। महामारीले उग्ररूप लिँदा पनि बेइजिङका सडकमा निर्वाध निजी गाडी, सार्वजनिक बस, मेट्रो र ट्याक्सी गुडिरहेका थिए। बसमा थोरै मानिसलाई चढाउने गरिएको थियो र यसमा यातायात संस्था र यात्रु आफैं पनि सचेत थिए। बजार पनि खुला थिए। तर, सामाजिक दूरी, एक मिटरको दूरीको नियम पालना गरिएको थियो। हरेक बजारमा प्रवेशसँगै तापक्रम लिने र कतिपय ठाउँमा नाम र फोन नम्बरसमेत दर्ता गर्नुपर्ने नियम थियो। त्यहाँ कोही संक्रमित भेटियो भने त्यहाँ पुगेका मानिसलाई खोज्न सहजताका लागि यसो गरिएको थियो। कुनै आवास क्षेत्रमा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई लकडाउन गरी क्वारेन्टाइन गरिएको थियो। यस क्रममा स्वयंसेवकको उचित ढंगले परिचालन गरिएको थियो। घरघरमा आवश्यक खाद्य सामग्री पुर्‍याइएको थियो। कतिपय स्थानमा एक घरबाट एक जना मात्र किनमेलका लागि जान पाउने नियम बनाइएको थियो। कुनै क्षेत्रमा नयाँ संक्रमित फेला परे त्यो क्षेत्रमा नजान सर्वसाधारणका लागि सूचित गरिन्थ्यो। बेइजिङका सडकमा सबैले मास्क लगाएका हुन्थे। स्वयंसेवक तथा कर्मचारी ठाउँठाउँमा कीटाणुशोधन गरिरहेका देखिन्थे। पार्कमा संख्या तोकेर प्रवेश गराइएको थियो। कार्यालयमा आलोपालो गरेर काम चलिरहेको थियो। घरैमा बसेर रिमोर्ट वर्क प्रणाली लागू गरिएको थियो। विद्यालयमा पनि अनलाइन शिक्षा प्रणाली लागू गरिएको थियो। धेरैभन्दा धेरै चिनियाँ अत्यावश्यक कामबाहेक बाहिर नजान सरकारको आग्रहको अनुसरण गरेर घरैमा बसेका थिए। साँझ पर्नासाथ आमनेपालीसरह लकडाउन अवधिमा पनि सडकतिर ओइरिएका थिएनन्। सरकारले चालेका कदमलाई जनताले टड्कारो रूपमा पालना गर्ने परिपाटी पनि नेपालमा खट्केको छ। यसैगरी, नेपालीको बाक्लो उपस्थिति रहेका देशमा संक्रमण बढदै गएपछि नै नेपालले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका यात्रुलाई सोझै क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था गर्न नसकेकै हो। समयमै भारतसँग जोडिएका नाकामा पनि यस्तो उपाय अवलम्बन गरेको भए आज दैनिक रूपमा हातमुख जोड्नेहरू र किसान प्रताडित बन्नुपर्ने थिएन। यसरी देश शिथिल हुने अवस्था पनि आउने थिएन। सारा जनता भय, सन्त्रास र मानसिक तनावमा बस्नुपर्ने थिएन। चीनमा विदेशबाट भित्रिएका केहीले सेल्फ तथा होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम तोडेर बाहिरिएपछि कानुनअनुसार सजाय पाएका छन्। विदेशी नागरिकको हकमा निष्कासनसमेत गरिएको छ। पछिल्लो समय चीनले चीन भित्रिएका यात्रु स्वयंले आफ्नो खर्चमा सरकारले तोकेको ठाउँमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ। विदेशबाट फर्केका हजारभन्दा बढी चिनियाँमा संक्रमण देखिएको छ। बेइजिङमा मात्र १ सय १६ जना यस्ता संक्रमित छन्। तर, चीन प्रवेशसँगै क्वारेन्टाइनमा रहेपछि स्थानीय रूपमा संक्रमणको डर रहेन र चीन यसरी भाइरस संक्रमण नियन्त्रण गर्न सफल भएको छ। यो अवधिमा चीनले अत्यावश्यक उत्पादनका कलकारखाना तथा वसन्ते खेतीका लागि किसानलाई प्रत्याभूति दिइएको थियो। खेत र कारखानाका उत्पादनको ढुवानी पनि सुचारु थियो। यद्यपि, भाइरस संक्रमणको विस्तार रोक्न लकडाउन पहिलो अस्त्र हो, रामबाण होइन। यी नजिरले पनि नेपालको सबै भूभागमा लकडाउन लम्ब्याइरहनुपर्ने आवश्यकता देखाउँदैन। नेपाल सरकारले शंकास्पद क्षेत्र पहिचान गरी सो क्षेत्रमा मात्र लकडाउन गर्ने, त्यसैगरी खुला नाकामा निगरानी राख्ने र मातृभूमि फर्कन चाहेकालाई ससर्त क्वारेन्टाइनमा राख्ने र नियम तोड्नेलाई सोहीअनुरूप कारबाही गर्नु नै सबैका लागि श्रेयष्कर हुनेछ ।
annapurnapost.com
4,052,525
इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा इन्द्रेणीकै पूर्व कलाकार शर्मिला श्रेष्ठले मुद्दा दर्ता जाजरकोट, १४ फागुन । कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सङ्घ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने भएको छ । डोल्पा र हुम्लामा रहेका महत्त्वपूर्ण काठमाडौँ, १४ फागुन । अर्थमन्त्री डा प्रकाशशरण महतले नागरिकको जीवनस्तरमा सुधारमा केन्द्रित भइ आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८१/८२ का लागि विनियोजन काठमाडौं, १४ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका लागि तीन समिति र १९ वटा विभाग गठन गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा गत काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जानकारी दिएको छ । आजको काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीहरुलाई फिर्ता पठाउन पर्ने बताएका छन् । संसद् निरन्तर अवरोध हुँदा मूल काठमाडौं, १४ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारलाई मन्त्रीहरुमाथि उठेका प्रश्नको आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, उपप्रधान एवं काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकार काण्डको थुप्रोमा रहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सार्वजनिक पदमा बसेको मान्छेमाथि आरोप लागेपछि उनले नैतिकताको फलाको हालेर हिँड्न नमिल्ने बताएका छन् । आज काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले विवादित मन्त्रीका विषयमा प्रधानमन्त्रीले आजनै संसद्मा जवाफ दिनुपर्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीले दोषी मन्त्रीहरुलाई संरक्षण गर्न नहुने बताएका छन् । आज (सोमबार) नेपाली काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले भर्खरै बैठक सुरु भएको हो । आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनबाट विश्वासको मत पाएका छ्न । आज बसेको काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमाथि मतदान सुरु भएको छ काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको जिकिर काठमाडौं, ६ साउन ।
reportersnepal.com
2,869,384
जीवन थापा काठमाडौं - पछील्लो २४ घण्टामा नेपालमा थप १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर ११ हजार ८८० जनाको नमुना परीक्षण गर्दा १ हजार ३६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार २३८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप १२ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ ।
bisalnepal.com
3,994,201
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक को पाँचौ) शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ । श्रव्यदृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखले वडापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गरेका हुन् । बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरे । सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ । कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नतापत्र’मा हस्ताक्षर गरेको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ । त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गरे । तीन वर्षअघि काठमाडौँमा सम्पन्न चौथो शिखर सम्मेलनले बलियो बिम्स्टेक निर्माण गर्न बडापत्रको आवश्यकता, सङ्गठनको पुनःसंरचना, सङ्गठनको कार्यक्षेत्र र उपक्षेत्र निर्धारण तथा सचिवालयलाई बलियो बनाउने आधारशिला निर्माणका निम्ति आह्वान गरेको थियो । काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
reportersnepal.com
6,174,870
झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए । झापामा महिनौँदेखि वर्षा भएको छैन । 'सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,' उनले भने, 'सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ । उत्पादनमा ठूलो असर पुर्‍याउने सम्भावना छ ।' झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन् । मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन् । ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ । निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ । निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन् । झापामा नदी सिँचाइबाहेक सोलार सिँचाइका योजना पनि सञ्चालनमा छन् । विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिँचाइ गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ । यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ । मेचीनगरमा पालिया र निन्दा सिँचाइ आयोजना, वुद्धशान्तिमा हँडिया फूलवासा सिँचाइ आयोजना, बिर्तामोडमा देवनिया खोला सिँचाइ आयोजना र हल्दिवारीमा हर्चना कृषक सिँचाइ आयोजना वर्षौदेखि सञ्चालनमा छन् । कनकाई सिँचाइ आयोजना जिल्लाको सबैभन्दा ठूलो र पुरानो सिँचाइ नहर हो ।  कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतनाथ भण्डारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा झापामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकै खेती गरिएकामा चालू आवमा मकैखेती विस्तार भएको छ । जिल्लामा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन मकैबाली उत्पादन हुने प्रक्षेपण गरिएको छ । कृषिविज्ञ खरेल लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तनको असर भएको बताउँछन् । खडेरी प्रभावित मकै खेतीमा घोगा नलाग्ने समस्या आउने उनको भनाइ छ । वर्षाका लागि झापाका किसानले भ्यागुताको बिहे र सन्सारी पूजा गर्दै आएका छन् । अर्जुनधारा नगरपालिका–२ टाङटिङ खोलामा स्थानीय किसानले बाजागाजाका साथ एक जोडी भ्यागुताको विवाह गराएका हुन् । वर्षाका लागि जिल्लाका विभिन्न खोला किनारमा भगवान इन्द्रको पूजा र भाकल पूजासमेत हुने गरेको छ ।
shilapatra.com
1,071,411
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई पाँच तारे होटल द सोल्टी काठमाडौँ र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियर होटलमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट हुने भएको छ । यस सम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरे । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पीओएस तथा क्युआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २ हजार ३ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।
makalukhabar.com
736,694
हाई टेन्सन (बिजुलीको तारमा अत्यधिक विद्युत् सञ्चालन शक्ति )को कारण दुई हात गुमाउनु परेकी मेघा घिमिरेको अन्ततोगत्वा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा सफलतापूर्वक हात जोडिएको छ । नारायण रिना केसी मेमोरिएल फाउन्डेसन (नारी केसी स्मारक प्रतिष्ठान )द्वारा मेघा घिमिरेलाई सहयोग गर्ने दातृ संस्था,अस्पताल ,नारी प्रतिष्ठानका सदस्य ,प्राविधिक ,सङ्घ/संस्था,संचारकर्मी,समुदाय ,परिवार लगायतलाई एक समारोह बिच उच्च कदर गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा कृत्रिम नयाँ हात लगाएकी स्वयं मेघा घिमिरेले पनि प्रमाण पत्र वितरण गर्न सफल भएकी छिन् । मेघाले मन्तव्य राख्दै नारायण रिना केसी मेमोरिएल फाउन्डेसनकी संस्थापक तथा अध्यक्ष रिमा केसी(कटवाल )लाई भगवानको रूपमा देखेको बताइन । अमेरिका आउने परिकल्पना समेत नभएको अवस्थामा रिमा केसी(कटवाल )को विशेष पहलमा अमेरिका आएको र आफ्नो हात जोडिन सम्भव भएको बताइन । उनले अस्पताल आफ्नी आमा ,सहयोग गर्ने र विश्व ब्यापीरुपमा आफूलाई चिनाउने सञ्चार माध्यम लगायत दानवीरहरूलाई मुक्त कण्ठले प्रशंसा गरिन । अध्यक्ष रिमा केसीले विशेष गरी मेघाको हातको जडान गर्न सहयोग गर्ने वासिङ्टन डिसी स्थित प्रसिद्ध अस्पताल मेडस्टार तथा कृत्रिम हात निर्माण गर्ने ह्यांगर लगायत सहयोगी मन लाई कृतज्ञता ज्ञापन गरिन । केसीले आफ्नो प्रतिष्ठानले गरेका कुराहरूको समेत छोटोमा चर्चा गरिन । मेघालाई अमेरिका आउन प्रवेशाज्ञा अस्वीकार भए पछि प्रतिष्ठानका कार्यकारी उप सभापति तथा डिसी क्षेत्रका प्रमाणित जन लेखापाल (सिपिए)को पहलमा सिनेटर र डिसी स्थित विदेश विभागले समेत मेघालाई अमेरिका ल्याउन सहयोग गरेकोमा विशेष विशेष धन्यवाद दिइन । यसै गरी मेघाकि आमा जसले अनवरत रूपमा छोरी मेघाको लागि अहोरात्र खटिई सेवा गरी रहेकी छिन् उनले अमेरिका आउन हामी सक्ने थिएनौ । पैसाले पनि सकिँदैन थियो तर विश्वव्यापी रूपमा सबैको सहयोग रहेको छ । तर रिमा केसी(कटवाल)ले आफू र छोरीलाई अमेरिकामा आफ्नै घरमा राखी र छोरीको उद्धार गरी दिनु भएकोमा धन्यवाद दिइन । उक्त समारोहमा सन् १९५८ मा डिसीमा स्थापित मेडस्टार वासिङ्टन हस्पिटल सेन्टर तथा डिसी कै ह्यांगर फाउन्डेसन सँग नारायण रिना केसी मेमोरिएल फाउन्डेसनको स्मृति पत्रमा सम्झौता (एमओयु ) भएको छ । उक्त समारोहमा प्रतिष्ठानका कार्यकारी उप सभापति हरि शर्माले सम्मान समारोहको कार्यक्रम सञ्चालन गरेका थिए । समारोहमा डिसी क्षेत्रका विधान सभा सदस्य ,सभासद् ,सिनेटर ,स्थानीय स्तरका नगर क्षेत्रका निर्वाचित पदाधिकारी लगायत नेपाली समुदायलाई आमन्त्रित गरिएको थियो । समारोहमा अनुपस्थित रहेका सिनेटरका प्रतिनिधिले सन्देश दिनुको साथै मेघालाई हात जडान हुन् सकेकोमा बधाई दिएका थिए । समारोहमा पञ्च कन्याद्वारा अतिथिहरूलाई स्वागत गरिएको थिए भने नारी प्रतिष्ठानको बारेमा जानकारी गराइएको थियो । समारोहमा हर्नडनकि उपनगर प्रमुख शिला ओलेम, परिषद् सदस्य सिसार डेल अगुईला, सदस्य रचना सिज्मोर हेइजर, नेपाली मूलका हर्नडन सहरका नगर परिषद् सदस्य प्रदीप ढकाल लगायतले छोटो मन्तव्य राखेका थिए । यसै गरी सिनेटर जोन बेल, सिनेटर मार्क वार्नर लगायतका प्रतिनिधिले सन्देश पढेर सुनाएका थिए । समारोहका अन्त्यमा मेघा घिमिरेको खुसीको लागि भर्जिनियाका स्थानीय फ्युजन सङ्गीत मण्डली (ब्याण्ड)का आनन्दु लामाको बाँसुरीको धुनमा राजन अधिकारी तथा अर्जुन घिमिरेले साथ दिँदै बाँसुरीको धुन प्रस्तुत गरेका थिए ।
brtnepal.com
5,780,244
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् । टिकापुरमा जारी अधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध चयन भएको सुदुरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।  त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित सर्वसम्मत भएको उनले जानकारी दिए । “अध्यक्ष र वरिष्ठ उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको छ,” उनले सँग भने, “अरु पदका विषयमा छलफल जारी छ ।”  अध्यक्षमा निर्वाचित चौधरी पार्टीको संरक्षक थिए । यसअघि पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी थिइन् । टिकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।
baahrakhari.com
6,201,354
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल भालाडोलिटविरुद्ध १-० को जित निकालेको छ । १० खेलाडीमा सीमित भएको भालाडोलिटविरुद्ध खेलको ९०औँ मिनेटमा गोल गर्दै बार्सिलोना विजयी भएको हो । सोमबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका ओसुमाने डेम्बेले खेलको ९०औँ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा ओस्कार प्लानोले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटिएको थियो । जितसँगै २९ खेलमा ६५ अंक जोडेको बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । २७ अंक जोडेको भालाडोलिट १६औँ स्थानमा छ ।
shilapatra.com
3,600,316
भारतको गुवाहाटीमा सम्पन्न पाँचौं दक्षिण एशियाली कराँते प्रतियोगितामा नेपालका खेलाडीहरुले ८ स्वर्ण पदक हात पारेका छन् । नेपालको बुद्दशक्ति कराँते डोजोबाट ११ जना खेलाडीहरु सहभागी भएका थिए ।
imagekhabar.com
1,191,485
सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराईरमधेस द्रुतमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउन लागिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुुभयो, अरू राजमार्गमा अप्टिकल फाइबर राखेजस्तै द्रुतमार्गमा पनि अब कार्यक्रम अगाडि बढाइने छ । मुलुुकमा निर्माणाधीन र भविष्यमा निर्माण हुने मुख्य नयाँ राजमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने प्राधिकरणको रणनीति रहेको छ । द्रुतमार्गमा समेत अप्टिकल फाइबर विस्तार गर्ने कार्यक्रम प्राधिकरणको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सूचीकृत भई स्वीकृतसमेत भइसकेको छ, उहाँले थप्नुभयो, यस कार्यक्रमलाई अगाडि बढाउन चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । यो आयोजनालाई अगाडि बढाउन चाँडै बोलपत्र आह्वान गर्ने बताउँदै उहाँले सो मार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको हुुँदा बोलपत्र आह्वानका लागि नेपाली सेनाको स्वीकृति चाहिने र त्यसका लागि प्रक्रिया अगाडि बढेको जानकारी पनि दिनुुभयो । द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनासँग समन्वय गरी अप्टिकल फाइबर विस्तार कार्य प्रक्रियालाई अगाडि बढाइने उहाँले स्पष्ट पार्नुुभयो । अनुमतिका लागि नेपाली सेनालाई पत्राचार समेत भइसकेको जानकारी दिँदै उहाँले सेनाको अनुमति प्राप्त हुनेबित्तिकै द्रुतमार्गमा पाइप (डक) राख्नका लागि सेवा प्रदायक कम्पनी चयन गर्न बोलपत्र आह्वान गरिने जानकारी दिनुुभयो । अप्टिकल फाइबर विस्तार गर्नुभन्दा पहिले ‘डक’ राख्ने गरिन्छ । दु्रतमार्ग निर्माण र फाइबर विस्तार कार्यलाई सँगसँगै अगाडि बढाइएमा सडक पुनः खन्नु नपर्ने तथा लागत पनि कम हुने प्राधिकरणको बुझाई छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले काठमाडौैँ–तराई द्रुतमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट गतहप्ता नेपाली सेनालाई पत्र प्राप्त भएको जानकारी दिनुुभयो । सो पत्र सेनाकै दु्रतमार्ग आयोजनामा पठाइएको र त्यसबारे आवश्यक छलफल भइरहेको बताउँदै उहाँले यसबारे चाँडै नै निष्कर्षमा पुगिने जानकारी दिनुभएको छ । गोरखापत्र दैनिकबाट भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ ।
bhaktapurpost.com
3,139,714
समाजमा भएका नकारात्मक कुरालाई हटाउनका लागि तेक्वान्दो खेलले सहयोग गर्न सक्छ भन्ने कथावस्तुमा आधारित चलचित्र ‘रिलेसन’ तयार भएको छ । दीपेन्द्र दाहालले निर्देशन गरेको यो चलचित्रमा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर डन महर्जन र अमेरिकी ब्ल्याक वेस्ट कृटिना नुनासको मुख्य भूमिका रहेको दाहालले जनाएका छन् । साथमा उपेन्द्र तिमिल्सिना, महिमा सिलवाल, लक्ष्मणविक्रम बस्नेत, सुशील पोख्रेल चलचित्रका मुख्य कलाकार हुन् । चलचित्रमा अमेरिकाको तेक्वान्दो र नेपाली तेक्वान्दोको सम्बन्धलाई देखाउन खोजिएको छ । हलिउड र कलिउडका कलाकारको समेत मिश्रित अभिनय देख्न सकिने यो चलचित्र हलिउडका थिएटरमा पनि रिलिज हुँदै छ । बनड्ररस मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दिवाकर महर्जनको लगानी छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com