ne
stringlengths
0
2.77k
en
stringlengths
0
2.57k
किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’
For he is gone down this day, and has slain cattle and fatlings and sheep in abundance, and has called all the king's sons, and the captains of the army, and Abiathar the priest. Behold, they are eating and drinking before him, and say, 'Long live king Adonijah!'
तर उनले मलाई अथवा पूजाहारी सादोक अथवा यहोयादाको छोरा बनायाह अथवा तपाईंको आज्ञाकारी छोरा सुलेमानलाई निम्तो दिएनन्।
But he hasn't called me, even me your servant, and Zadok the priest, and Benaiah the son of Jehoiada, and your servant Solomon.
मेरो मालिक महाराज, हामीलाई नभनी के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?”
Is this thing done by my lord the king, and you haven't shown to your servants who should sit on the throne of my lord the king after him?"
तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ!” यसकारण बतशेबा भित्र राजासामु आइन्।
Then king David answered, "Call to me Bathsheba." She came into the king's presence, and stood before the king.
तब राजाले शपथ गरेः “परमप्रभु परमेश्वरले मलाई प्रत्येक खतराबाट बचाउनु भएको छ। जसरी परमेश्वर जीवित हुनुहुन्छ। म तिमीसँग यो शपथ गर्दैछु।
The king swore, and said, "As Yahweh lives, who has redeemed my soul out of all adversity,
आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैंले त्यो वचन दिएको थिएँ। मपछि तिम्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैंले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु!”
most certainly as I swore to you by Yahweh, the God of Israel, saying, 'Assuredly Solomon your son shall reign after me, and he shall sit on my throne in my place;' most certainly so will I do this day."
तब बतशेबाले राजा दाऊद सामु भुईंमा निहुरेर ढोग गरिन्। अनि भनिन्, “दाऊद राजा दीर्घायु होऊन्।”
Then Bathsheba bowed with her face to the earth, and showed respect to the king, and said, "Let my lord king David live forever!"
तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए।
King David said, "Call to me Zadok the priest, Nathan the prophet, and Benaiah the son of Jehoiada." They came before the king.
तब राजाले उनीहरूलाई भने, “तिमीहरूसँग मेरा अधिकारीहरूलाई लिएर जाऊ। मेरो छोरा सुलेमानलाई आफ्नो खच्चडमा सवार गराऊ। उसलाई गीहोन स्रोतसम्म लिएर जाऊ।
The king said to them, "Take with you the servants of your lord, and cause Solomon my son to ride on my own mule, and bring him down to Gihon.
त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’
Let Zadok the priest and Nathan the prophet anoint him there king over Israel. Blow the trumpet, and say, 'Long live king Solomon!'
त्यसपछि उसँग यहाँ फर्केर आऊ। सुलेमान मेरो सिंहासनमा बस्नेछ अनि मेरो ठाउँमा नयाँ राजा हुनेछ। मैले सुलेमानलाई इस्राएल अनि यहूदाको शासकको रूपमा छानेको छु।”
Then you shall come up after him, and he shall come and sit on my throne; for he shall be king in my place. I have appointed him to be prince over Israel and over Judah."
यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! मेरा मालिक अनि महाराज! परमेश्वर स्वयमले यो भन्नु भएकोछ।
Benaiah the son of Jehoiada answered the king, and said, "Amen. May Yahweh, the God of my lord the king, say so.
मेरा मालिक अनि महाराज, परमप्रभु तपाईंसँगै हुनुहुन्छ। अनि अहिले विश्वास गर्छु परमप्रभु सुलेमानसँग हुनुहुनेछ। म आशा गर्छु सुलेमानको राज्य बढनेछ अनि उनी तपाईं भन्दाअझै शक्तिशाली हुनेछन्, मेरा मालिक राजा दाऊद।”
As Yahweh has been with my lord the king, even so may he be with Solomon, and make his throne greater than the throne of my lord king David."
यसकारण सादोक, नातान, बनायाह अनि राजाका अधिकारीहरूले राजा दाऊदको आज्ञा पालन गरे। तिनीहरूले सुलेमानलाई राजा दाऊदको खच्चडमा सवार गराए अनि ऊसँग गीहेन स्रोत गए।
So Zadok the priest, and Nathan the prophet, and Benaiah the son of Jehoiada, and the Cherethites and the Pelethites, went down, and caused Solomon to ride on king David's mule, and brought him to Gihon.
पूजाहारी सदोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले र्हषित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन्।”
Zadok the priest took the horn of oil out of the Tent, and anointed Solomon. They blew the trumpet; and all the people said, "Long live king Solomon!"
तब सबै मानिसहरू सुलेमानको पछि-पछि शहरमा आए। तिनीहरू बाँसुरी बजाउँदै थिए अनि भुईं र्थकिने गरी कराउँदै थिए।
All the people came up after him, and the people piped with pipes, and rejoiced with great joy, so that the earth shook with their sound.
त्यस समयमा अदोनियाह अनि उनका अतिथिहरू खान-पीन शेष पार्दै थिए। तिनीहरूले तुरहीको आवाज सुने। योआबले सोधे, “त्यो हल्ला के हो? शहरमा के भइरहेको छ?”
Adonijah and all the guests who were with him heard it as they had made an end of eating. When Joab heard the sound of the trumpet, he said, "Why is this noise of the city being in an uproar?"
जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हौ। तिमीले मेरो निम्ति शुभ समाचार ल्याएको हुनुपर्छ।”
While he yet spoke, behold, Jonathan the son of Abiathar the priest came: and Adonijah said, "Come in; for you are a worthy man, and bring good news."
तर जोनाथनले जवाफ दिए, “होइन, तपाईंको लागि यो शुभ समाचार होइन! राजा दाऊदले सुलेमानलाई नयाँ राजा बनाए।
Jonathan answered Adonijah, "Most certainly our lord king David has made Solomon king.
राजा दाऊदले पूजाहारी सादोक, अगमवक्ता नातान, यहोयादका छोरा बनायाह अनि राजाका व्यक्तिगत अंगरक्षकहरू पनि ऊ सँगै पठाए। तिनीहरूले उसलाई राजाको आफ्नो खच्चडमा सवार गराए।
The king has sent with him Zadok the priest, Nathan the prophet, Benaiah the son of Jehoiada, and the Cherethites and the Pelethites; and they have caused him to ride on the king's mule.
तब पूजाहारी सादोक अनि अगमवक्ता नातानले गीहोन स्रोतमा सुलेमानलाई अभिषेक गरे। अनि तिनीहरू शहरमा गए। जन साधारणले उनको स्वागत गरे अनि अहिले शहरका जनता औधी प्रसन्न छन्। तपाईंले सुनेको हल्ला त्यही नै हो।
Zadok the priest and Nathan the prophet have anointed him king in Gihon. They have come up from there rejoicing, so that the city rang again. This is the noise that you have heard.
अनि भने, ‘इस्राएलका परमेश्वरको स्तुति गर। परमेश्वरले मेरा छोराहरू मध्ये एक जनालाई मेरो सिंहासनमा बसाउनु भयो अनि यो हेर्न मलाई जीवित राख्नुभयो।”
Also thus said the king, 'Blessed be Yahweh, the God of Israel, who has given one to sit on my throne this day, my eyes even seeing it.'"
अदोनियाहका सबै अतिथिहरू र्तसिए अनि छिट्टै गए।
All the guests of Adonijah were afraid, and rose up, and each man went his way.
अदोनियाह पनि सुलेमानसित डराए। यसकारण उनी वेदीमा गए अनि वेदीको सींग समाते।
Adonijah feared because of Solomon; and he arose, and went, and caught hold on the horns of the altar.
तब कसैले सुलेमानलाई भने, “अदोनियाह तपाईंसित डराएको छ, राजा सुलेमान। अदोनियाह वेदीको सीगं समाते र पवित्र पालमा बसेको छ अनि छोडन पनि चाहदैन। अदोनियाह भन्दै छ, ‘राजा सुलेमानलाई बाचा गर्न भनी देऊ, उसले मलाई नमारोस्।”‘
It was told Solomon, saying, "Behold, Adonijah fears king Solomon; for, behold, he has laid hold on the horns of the altar, saying, 'Let king Solomon swear to me first that he will not kill his servant with the sword.'"
सुलेमानले जवाफ दिए, “यदि अदोनियाह साबित गर्छ कि ऊ एक जना असल मानिस हो, तब म प्रतिज्ञा गर्छु उसको टाउकोको एउटा केशलाई पनि केही हुनेछैन। तर यदि उसले नराम्रो काम गर्यो भने उ मारिने छ।”
Solomon said, "If he shows himself a worthy man, not a hair of him shall fall to the earth; but if wickedness be found in him, he shall die."
तब राजा सुलेमानले केही मानिसहरूलाई अदोनियाहलाई लिन पठाए। मानिसहरूले अदोनियाहलाई राजा सुलेमान समक्ष ल्याए। अदोनियाह राजा सुलेमानको सामु गए अनि निहुरेर ढोग गरे। तब सुलेमानले भने, “घर जाऊ।”
So king Solomon sent, and they brought him down from the altar. He came and bowed down to king Solomon; and Solomon said to him, "Go to your house."
दाऊदको मर्ने समय आइसकेको थियो। यसकारण दाऊदले सुलेमानसँग कुरा कानी गरे अनि उनलाई भने,
Now the days of David drew near that he should die; and he commanded Solomon his son, saying,
“सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस।
"I am going the way of all the earth. You be strong therefore, and show yourself a man;
अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्।
and keep the instruction of Yahweh your God, to walk in his ways, to keep his statutes, his commandments, his ordinances, and his testimonies, according to that which is written in the law of Moses, that you may prosper in all that you do, and wherever you turn yourself.
यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।”‘
That Yahweh may establish his word which he spoke concerning me, saying, 'If your children take heed to their way, to walk before me in truth with all their heart and with all their soul, there shall not fail you,' he said, 'a man on the throne of Israel.'
दाऊदले यो पनि भने, “तँलाई थाहै छ, सरूयाहको छोरा योआबले मसित के गरेका थिए? उसले इस्राएलीहरूको सेनाका दुइजना सेनापतिहरू, नेराको छोरा अबनेर अनि येतेरको छोरा अमासालाई मारेको थिए। याद गर, उनले तिनीहरूलाई शान्तिको समयमा मारेका थिए। यी मानिसहरूको रगतले उसको तरवारको बेंड पटुका र खुट्टाको जुत्ता रंगिएको थियो। मैले उसलाई दण्ड दिनु पर्थो।
"Moreover you know also what Joab the son of Zeruiah did to me, even what he did to the two captains of the armies of Israel, to Abner the son of Ner, and to Amasa the son of Jether, whom he killed, and shed the blood of war in peace, and put the blood of war on his sash that was about his waist, and in his shoes that were on his feet.
तर अब राजा तँ छस्। यसकारण तैंले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैंले उसलाई मार्छु नै भनेर निश्चय गर्नुपर्छ।) उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु।
Do therefore according to your wisdom, and don't let his gray head go down to Sheol in peace.
“गिलादको र्बजिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।
But show kindness to the sons of Barzillai the Gileadite, and let them be of those who eat at your table; for so they came to me when I fled from Absalom your brother.
“अनि याद गर, गेरका छोरा शिमी अझै यहीं छन्। उनी बहूरीमको बिन्यामीन कुल समूह हुन्। याद गर, म महनेमतिर भागेको दिन उनले मेरो विरूद्धमा नराम्रो कुरा भनेका थिए। तब उनी मसित भेट गर्न यर्दन नदीमा आएका थिए। तब मैले उनलाई वचन दिएको थिएँ। मैले परमेश्वर सामु प्रतिज्ञा गरेको थिएँ म शिमीलाई मार्दिन।
"Behold, there is with you Shimei the son of Gera, the Benjamite, of Bahurim, who cursed me with a grievous curse in the day when I went to Mahanaim; but he came down to meet me at the Jordan, and I swore to him by Yahweh, saying, 'I will not put you to death with the sword.'
अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।”
Now therefore don't hold him guiltless, for you are a wise man; and you will know what you ought to do to him, and you shall bring his gray head down to Sheol with blood."
तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।
David slept with his fathers, and was buried in the city of David.
दाऊदले इस्राएलमा 40 वर्षशासन चलाए। उनले हेब्रोनमा सात वर्ष अनि यरूशलेममा 33 वर्ष शासन गरे।
The days that David reigned over Israel were forty years; he reigned seven years in Hebron, and he reigned thirty-three years in Jerusalem.
अब सुलेमान राजा भए। आफ्ना पिता दाऊदको सिंहासनमा उनी विराजमान भए अनि आफ्नो राज्यको शासन पूर्ण नियन्त्रणका साथ गर्न थाले।
Solomon sat on the throne of David his father; and his kingdom was firmly established.
तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?” अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो।
Then Adonijah the son of Haggith came to Bathsheba the mother of Solomon. She said, "Do you come peaceably?" He said, "Peaceably.
मैले तपाईंलाई केही भन्नु छ।” बतशेबाले, “भन भनिन्।”
He said moreover, I have something to tell you." She said, "Say on."
अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो।
He said, "You know that the kingdom was mine, and that all Israel set their faces on me, that I should reign. However the kingdom is turned around, and has become my brother's; for it was his from Yahweh.
यसर्थ अहिले म तपाईंसँग एक कुरा सोध्न चाहन्छु। कृपया मलाई हुँदैन नभन्नु होला।” बतशेबाले भनिन्, “तिमी के चाहन्छौ?”
Now I ask one petition of you. Don't deny me." She said to him, "Say on."
अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीश्गसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।”
He said, "Please speak to Solomon the king (for he will not tell you 'no'), that he give me Abishag the Shunammite as wife."
तब बतशेबाले भनिन्, “ठीक छ, म तिम्रो लागि राजासँग कुरा गर्नेछु।”
Bathsheba said, "Alright. I will speak for you to the king."
यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्।
Bathsheba therefore went to king Solomon, to speak to him for Adonijah. The king rose up to meet her, and bowed himself to her, and sat down on his throne, and caused a throne to be set for the king's mother; and she sat on his right hand.
बतशेवाले उनलाई भनिन्, “म तँलाई एउटा सानो कुराका लागि भन्छु। कृपया मलाई हुदैन नभन्नु।” राजाले भने, “आमा, तपाईंले चाहेको कुनै पनि कुरा माग्न सक्नु हुनेछ। म तपाईंलाई नाइनास्ति गर्ने छैन।”
Then she said, "I ask one small petition of you; don't deny me." The king said to her, "Ask on, my mother; for I will not deny you."
यसर्थ बतशेबाले भनिन्, “शूनम्मी अबीशगसँग विवाह गर्ने अनुमति तेरो दाजु अदोनियाहलाई दे।”
She said, "Let Abishag the Shunammite be given to Adonijah your brother as wife."
राजा सुलेमानले आफ्नी आमालाई जवाफ दिए, “तपाईं किन मसित अबीशगलाई दिन माग्नु हुँदैछ? यो मलाई उसलाई राज्य देऊ भनी माग्नु जस्तैं नै हो। जे भए ता पनि उनी मेरो ठूला दाज्यू हुन्। पूजाहारी एबीयातार र सरूथाहका छोरो योआबले उनलाई सघाउने छन्!”
King Solomon answered his mother, "Why do you ask Abishag the Shunammite for Adonijah? Ask for him the kingdom also; for he is my elder brother; even for him, and for Abiathar the priest, and for Joab the son of Zeruiah."
तब राजा सुलेमानले परमप्रभुको नाउँमा शपथ गरे। उसले भने, “यदि मैले यसका लागि अदोनियाहलाई दण्ड दिइन भने परमेश्वरसित मलाई नराम्रो गर्नुहोस् भनी प्रार्थना गर्नेछु अनि उसले आफ्नो जीवनद्वारा मूल्य चुकाउनु पर्नेछ।
Then king Solomon swore by Yahweh, saying, "God do so to me, and more also, if Adonijah has not spoken this word against his own life.
परमप्रभुले मलाई इस्राएलको राजा बनाउनुभयो। उहाँले मलाई मेरा पिता दाऊदको राज-सिंहासन दिनुभएकोछ परमेश्वरले आफ्नो वचन पूरा गर्नुभयो अनि राज्य म र मेरो परिवारलाई दिनुभयो। जसरी साँच्चैनै परमप्रभु जीवित हुनुहुन्छ भने अदोनिया आजनै मर्नेछ।”
Now therefore as Yahweh lives, who has established me, and set me on the throne of David my father, and who has made me a house, as he promised, surely Adonijah shall be put to death this day."
राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे।
King Solomon sent by Benaiah the son of Jehoiada; and he fell on him, so that he died.
तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मार्नु पर्थ्यो, तर म तँलाई आफ्नो घर अनातोत फर्किने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन् किनभने तैंले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।”
To Abiathar the priest the king said, "Go to Anathoth, to your own fields; for you are worthy of death. But I will not at this time put you to death, because you bore the ark of the Lord Yahweh before David my father, and because you were afflicted in all in which my father was afflicted."
सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलोम बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए।
So Solomon thrust out Abiathar from being priest to Yahweh, that he might fulfill the word of Yahweh, which he spoke concerning the house of Eli in Shiloh.
योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे।
The news came to Joab; for Joab had turned after Adonijah, though he didn't turn after Absalom. Joab fled to the Tent of Yahweh, and caught hold on the horns of the altar.
कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए।
It was told king Solomon, "Joab has fled to the Tent of Yahweh, and behold, he is by the altar." Then Solomon sent Benaiah the son of Jehoiada, saying, "Go, fall on him."
बनायाह परमेश्वरको पालमा गए अनि योआबलाई भने, “राजाको आदेश छ, ‘बाहिर आइज!”‘ तर योआबले जवाफ दिए, “होइन, म यहीं नै मर्छु।” यसकारण बनायाह फर्केर राजा कहाँ आए अनि उनलाई योआबले भनेको कुरा बताए।
Benaiah came to the Tent of Yahweh, and said to him, "Thus says the king, 'Come forth!'" He said, "No; but I will die here." Benaiah brought the king word again, saying, "Thus said Joab, and thus he answered me."
तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो।
The king said to him, "Do as he has said, and fall on him, and bury him; that you may take away the blood, which Joab shed without cause, from me and from my father's house.
योआबले ऊ भन्दा धेरै निर्दोष मानिसहरूको हत्या गर्यो। तिनीहरू नेरका छोरा अबनेर अनि येतेरका छोरा अमासा थिए। अबनेर इस्राएलको सेनाका सेनापति थिए अनि अमासा यहूदाको सेनाका सेनापति थिए। मेरो पिता दाऊद यहाँ थिएनन् तिनीहरू योआबद्वारा मारिएको हो भनि यसकारण परमप्रभुले योआबलाई उसले मारेका मानिसहरूको दण्ड दिनुहुनेछ।
Yahweh will return his blood on his own head, because he fell on two men more righteous and better than he, and killed them with the sword, and my father David didn't know it: Abner the son of Ner, captain of the army of Israel, and Amasa the son of Jether, captain of the army of Judah.
तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।”
So shall their blood return on the head of Joab, and on the head of his seed forever. But to David, and to his seed, and to his house, and to his throne, there shall be peace forever from Yahweh."
यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरूभूमिमा उनको घरको नजिकै नै गाडीयो।
Then Benaiah the son of Jehoiada went up, and fell on him, and killed him; and he was buried in his own house in the wilderness.
तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे।
The king put Benaiah the son of Jehoiada in his place over the army; and the king put Zadok the priest in the place of Abiathar.
त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड।
The king sent and called for Shimei, and said to him, "Build yourself a house in Jerusalem, and dwell there, and don't go out from there anywhere.
यदि तिमी शहर छोडछौ अनि किद्रोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।”
For on the day you go out, and pass over the brook Kidron, know for certain that you shall surely die: your blood shall be on your own head."
यसकारण शिमीले जवाफ दिए, “महाराज, ठीकै छ। म तपाईंको आदेश पालन गर्नेछु।” यस कारण शिमी लामो अवधिसम्म यरूशलेममा बसे।
Shimei said to the king, "The saying is good. As my lord the king has said, so will your servant do." Shimei lived in Jerusalem many days.
तर तीन वर्षपछि शिमीका दुइ जना दासहरू भागे। तिनीहरू गातका राजा, माकाका छोरा आकीश कहाँ गए। शिमीले सुने, उनका दासहरू गातमा छन्।
It happened at the end of three years, that two of the servants of Shimei ran away to Achish, son of Maacah, king of Gath. They told Shimei, saying, "Behold, your servants are in Gath."
यसर्थ शिमीले आफ्नो जिन खच्चडमाथि राखे अनि गातमा राजा आकीशसमक्ष आफ्ना दासहरू लिन गएका थिए। उनले तिनीहरूलाई त्यहाँ भेटे अनि घर फर्काए।
Shimei arose, and saddled his donkey, and went to Gath to Achish, to seek his servants; and Shimei went, and brought his servants from Gath.
तर कसैले सुलेमानलाई सुनायो, शिमी यरूशलेमबाट गात गए अनि फर्केर आए।
It was told Solomon that Shimei had gone from Jerusalem to Gath, and had come again.
यस कारण सुलेमानले उनलाई बोलाए। सुलेमानले भने, “मैले परमेश्वरको नाउँमा तँ सित शपथ गराएको यदि तैंले यरूशलेम छाडिस भने तँ मर्ने छस्। मैले चेताउनी दिएको थिएँ, यदि तँ कत्तै गइस् भने तँ मारिने छस अनि त्यो तेरो आफ्नै दोष हुनेछ जे भनेको थिंए त्यसमा तँ समहत भइस् तैंले भनिस् तैंले मेरो आज्ञा पालन गर्नेछु।
The king sent and called for Shimei, and said to him, "Didn't I adjure you by Yahweh, and warn you, saying, 'Know for certain, that on the day you go out, and walk abroad any where, you shall surely die?' You said to me, 'The saying that I have heard is good.'
परमप्रभुको नाउँमा तैंले बनाएको प्रतिज्ञा किन उलंघन गरिस्? किन तैंले मेरो आज्ञा पालन गरिनस्?
Why then have you not kept the oath of Yahweh, and the commandment that I have instructed you with?"
तँलाई थाहा छ तैंले मेरा पिताको विरूद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ।
The king said moreover to Shimei, "You know all the wickedness which your heart is privy to, that you did to David my father. Therefore Yahweh shall return your wickedness on your own head.
तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सँधै नै सुरक्षित राख्ननु हुनेछ।”
But king Solomon shall be blessed, and the throne of David shall be established before Yahweh forever."
तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।
So the king commanded Benaiah the son of Jehoiada; and he went out, and fell on him, so that he died. The kingdom was established in the hand of Solomon.
सुलेमानले मिश्रका राजा फिरऊनकी छोरीसँग विवाह गरेर उनीसँग सन्धि गरे। सुलेमानले उनलाई दाऊद शहरमा ल्याए। यस समयमा सुलेमान आफ्नो महल र परमप्रभुको मन्दिरको निर्माण गर्दै थिए। सुलेमान यरूशलेमको वरिपरि पर्खाल पनि बनाइरहेका थिए।
Solomon made affinity with Pharaoh king of Egypt, and took Pharaoh's daughter, and brought her into the city of David, until he had made an end of building his own house, and the house of Yahweh, and the wall of Jerusalem all around.
मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यस कारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए।
Only the people sacrificed in the high places, because there was no house built for the name of Yahweh until those days.
सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।
Solomon loved Yahweh, walking in the statutes of David his father: only he sacrificed and burnt incense in the high places.
राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए।
The king went to Gibeon to sacrifice there; for that was the great high place. Solomon offered a thousand burnt offerings on that altar.
सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”
In Gibeon Yahweh appeared to Solomon in a dream by night; and God said, "Ask what I shall give you."
सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुसरण गर्नुभयो। उहाँ धर्मी अनि इमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो।
Solomon said, "You have shown to your servant David my father great loving kindness, according as he walked before you in truth, and in righteousness, and in uprightness of heart with you. You have kept for him this great loving kindness, that you have given him a son to sit on his throne, as it is this day.
परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरू दोह्रयाउन गर्ने अनुभवको कामेछ।
Now, Yahweh my God, you have made your servant king instead of David my father. I am but a little child. I don't know how to go out or come in.
म, तपाईंको दास हँू अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हूँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ।
Your servant is in the midst of your people which you have chosen, a great people, that can't be numbered nor counted for multitude.
यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्‌याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”
Give your servant therefore an understanding heart to judge your people, that I may discern between good and evil; for who is able to judge this your great people?"
सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो।
The speech pleased the Lord, that Solomon had asked this thing.
यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्।
God said to him, "Because you have asked this thing, and have not asked for yourself long life, neither have asked riches for yourself, nor have asked the life of your enemies, but have asked for yourself understanding to discern justice;
यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन।
behold, I have done according to your word. Behold, I have given you a wise and an understanding heart; so that there has been none like you before you, neither after you shall any arise like you.
तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन।
I have also given you that which you have not asked, both riches and honor, so that there shall not be any among the kings like you, all your days.
म चाहन्छु, तैंले मेरो आज्ञा मान तँ मेरा अनुसरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैंले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।”
If you will walk in my ways, to keep my statutes and my commandments, as your father David walked, then I will lengthen your days."
सुलेमान बिउँझे। उनलाई थाहा भयो सपनामा परमेश्वरले उनीसँग कुराकानी गर्नुभएको। तब सुलेमान यरूशलेम गए अनि परमप्रभुको करारको सन्दूकसामु उभिए। उनले परमप्रभुलाई होमबलि चढाए अनि मेलबलि दिए। त्यसपछि उनले शासन गर्नमा सघाउने सबै प्रमुख व्यक्ति अनि अधिकारीहरूलाई भोज दिए।
Solomon awoke; and behold, it was a dream. Then he came to Jerusalem, and stood before the ark of the covenant of Yahweh, and offered up burnt offerings, offered peace offerings, and made a feast to all his servants.
एक दिन दुइ जना स्त्रीहरू जो बेश्या थिए, सुलेमान कहाँ आए। तिनीहरू राजाको सामु उभिए।
Then two women who were prostitutes came to the king, and stood before him.
एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई।
The one woman said, "Oh, my lord, I and this woman dwell in one house. I delivered a child with her in the house.
तीन दिनपछि यस आइमाईले पनि आफ्नो नानी जन्माई। त्यस घरमा हामीसँग अरू कुनै मानिस थिएन। हामी दुइ जना मात्र थियौं।
It happened the third day after I delivered, that this woman delivered also. We were together. There was no stranger with us in the house, just us two in the house.
एक रात यो आइमाई आफ्नो नानीसंग सुतेकी थिई, नानी मरेछ।
This woman's child died in the night, because she lay on it.
राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मरेको नानी राखी।
She arose at midnight, and took my son from beside me, while your handmaid slept, and laid it in her bosom, and laid her dead child in my bosom.
बिहान म ब्यूँझिएँ अनि मेरो नानीलाई दूध खुवाउन लागें। तर मेरो नानी मरेको थियो। तब मैले त्यसलाई राम्ररी नियालेर हरें। मैले देखें, त्यो मेरो नानी थिएन।”
When I rose in the morning to nurse my child, behold, it was dead; but when I had looked at it in the morning, behold, it was not my son, whom I bore."
तर अर्की स्त्रीले भनी, “होइन! जिउँदो नानी मेरो हो। मृत नानी तेरो हो!” तर पहिलो स्त्रीले भनी, “होइन, तँ गलत छेस्! मृत नानी तेरो हो अनि जिउँदो नानी मेरो हो!” यस प्रकार दुइ जना स्त्री राजा सामु तर्क गर्न लागे।
The other woman said, "No; but the living is my son, and the dead is your son." This said, "No; but the dead is your son, and the living is my son." Thus they spoke before the king.
तब राजा सुलेमानले भने, “तिमीमध्ये प्रत्येकले जिउँदो नानी मेरो हो भन्दै छौ अनि मृत नानीलाई तिमीहरू अर्काको बताउँदैछौं।”
Then the king said, "The one says, 'This is my son who lives, and your son is the dead;' and the other says, 'No; but your son is the dead one, and my son is the living one.'"
तब राजा सुलेमानले सेवकलाई तरवार लिन पठाए।
The king said, "Get me a sword." They brought a sword before the king.
अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौ अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।”
The king said, "Divide the living child in two, and give half to the one, and half to the other."
अर्की आइमाईले भनी, “यो ठीक छ। नानीलाई दुइ टुक्रा पार्नुहोस्। तब हामीमध्ये कोही पनि उसलाई पाउने छैनौं।” तर पहिलो आइमाई, जो असली आमा थिई, उ आफ्नो नानीको मायाले व्याकुल थिई। उसले राजालाई भनी, “महाराज, नानीलाई कृपया नकाट्नुहोस् बरू उसलाई नै दिनुहोस्।”
Then the woman whose the living child was spoke to the king, for her heart yearned over her son, and she said, "Oh, my lord, give her the living child, and in no way kill it!" But the other said, "It shall be neither mine nor yours. Divide it."
तब राजा सुलेमानले भने, “नानीलाई नकाट! यसलाई पहिलो आइमाईलाई दिइहाल। ऊ नै असली आमा हो।”
Then the king answered, "Give her the living child, and in no way kill it. She is its mother."