ne
stringlengths
0
2.77k
en
stringlengths
0
2.57k
बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन, तिनै सत्य परमेश्वर हुनेछन्।” सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे।
You call on the name of your god, and I will call on the name of Yahweh. The God who answers by fire, let him be God." All the people answered, "It is well said."
तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू धेरै छौ। यसकारण पहिला तिमीहरूनै शुरू गर। एउटा साँढे छान अनि तयार गर। तिम्रा देवतालाई पुकार तर आगो बाल्न पाइनेछैन।”
Elijah said to the prophets of Baal, "Choose one bull for yourselves, and dress it first; for you are many; and call on the name of your god, but put no fire under it."
यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ ! “ तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।
They took the bull which was given them, and they dressed it, and called on the name of Baal from morning even until noon, saying, Baal, hear us. But there was no voice, nor any who answered. They leaped about the altar which was made.
दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ ! हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन् ! अथवा हुन सक्छ उनी भ्रमण गरदैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन् ! “
It happened at noon, that Elijah mocked them, and said, "Cry aloud; for he is a god. Either he is musing, or he has gone aside, or he is on a journey, or perhaps he sleeps and must be awakened."
अनि ती अगमवक्ताहरूले जोरसित प्रार्थना गरे। तिनीहरूले तरवार र भालाले काटे। (तिनीहरूले पूजा गर्ने यस्तैं तरीका थियो।) तिनीहरूले आफूमाथि प्रहार गरिरहे जबसम्म तिनीहरूको शरीर रक्ताम्मे भएन।
They cried aloud, and cut themselves in their way with knives and lances, until the blood gushed out on them.
मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।
It was so, when midday was past, that they prophesied until the time of the offering of the offering; but there was neither voice, nor any to answer, nor any who regarded.
तब एलियाले मानिसहरूलाई भने, “अब मेरो सामु आओ।” यसकारण सबै मानिसहरू एलियाको वरिपरि थुप्रिए। परमप्रभुको वेदी भत्किएको थियो। यसकारण एलियाले ठीक पारे।
Elijah said to all the people, "Come near to me"; and all the people came near to him. He repaired the altar of Yahweh that was thrown down.
एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्राएल नाउ दिनुभयोको थियो।
Elijah took twelve stones, according to the number of the tribes of the sons of Jacob, to whom the word of Yahweh came, saying, "Israel shall be your name."
एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोगगरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुइ माना पानी राख्नका लागि पर्याप्त चौडा र गहिरो थियो।
With the stones he built an altar in the name of Yahweh. He made a trench around the altar, large enough to contain two measures of seed.
तब एलियाले वेदीमाथि दाऊरा राखे। उनले साँढेलाई टुक्रा-टुक्रा पारेर काटे। उनले टुक्राहरू दाउरामाथि राखे।
He put the wood in order, and cut the bull in pieces, and laid it on the wood. He said, "Fill four jars with water, and pour it on the burnt offering, and on the wood."
तब एलियाले भने, “चारैवटा भाँडाहरूमा पानी भर। पानी मासुका टुक्रा र दाउरामा खन्याऊ।” फेरि एलियाले भने, “फेरि यसै गर।” तब उनले भने, “फेरि यस्तै तेस्रो पटक गर।”
He said, "Do it a second time"; and they did it the second time. He said, "Do it a third time"; and they did it the third time.
पानी वेदीबाट तल बग्यो अनि खाडलमा भरियो।
The water ran around the altar; and he also filled the trench with water.
यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो।
It happened at the time of the offering of the offering, that Elijah the prophet came near, and said, "Yahweh, the God of Abraham, of Isaac, and of Israel, let it be known this day that you are God in Israel, and that I am your servant, and that I have done all these things at your word.
मेरो परमप्रभु, मेरो प्रार्थनाको उत्तर दिनहोस्। मानिसहरूलाई देखाइ दिनुहोस्, परमप्रभु तपाईं नै परमेश्वर हुनुहुन्छ। तब तपाईंले मानिसहरूलाई तपाईंतिर फर्काएर ल्याउनु सक्नु हुन्छ।”
Hear me, Yahweh, hear me, that this people may know that you, Yahweh, are God, and that you have turned their heart back again."
यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाउरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्खा बनायो।
Then the fire of Yahweh fell, and consumed the burnt offering, and the wood, and the stones, and the dust, and licked up the water that was in the trench.
सबै मानिसहरूले यस्तो भएको देखे। मानिसहरू भूमिमा निहुरिए अनि भन्न थाले, “परमप्रभु नै परमेश्वर हुनु हुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”
When all the people saw it, they fell on their faces. They said, "Yahweh, he is God! Yahweh, he is God!"
तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्रा। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिाए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।
Elijah said to them, "Seize the prophets of Baal! Don't let one of them escape!" They seized them. Elijah brought them down to the brook Kishon, and killed them there.
तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।”
Elijah said to Ahab, "Get up, eat and drink; for there is the sound of abundance of rain."
यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे।
So Ahab went up to eat and to drink. Elijah went up to the top of Carmel; and he bowed himself down on the earth, and put his face between his knees.
तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।” सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो।
He said to his servant, "Go up now, look toward the sea." He went up, and looked, and said, "There is nothing." He said, "Go again" seven times.
सातौं पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।” एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।”
It happened at the seventh time, that he said, "Behold, a small cloud, like a man's hand, is rising out of the sea." He said, "Go up, tell Ahab, 'Get ready and go down, so that the rain doesn't stop you.'"
केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे।
It happened in a little while, that the sky grew black with clouds and wind, and there was a great rain. Ahab rode, and went to Jezreel.
परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।
The hand of Yahweh was on Elijah; and he tucked his cloak into his belt and ran before Ahab to the entrance of Jezreel.
राजा आहाबले ईजेबेललाई सबै थोक बताए जो एलियाले गरे। आहाबले उनलाई कसरी एलियाले तरवारले सबै अगमवक्ताहरूलाई मारेको बताए।
Ahab told Jezebel all that Elijah had done, and how he had killed all the prophets with the sword.
यसकारण इजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमीले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिनँ भने तब देवताहरूले मलाई मार्नेछन्।”
Then Jezebel sent a messenger to Elijah, saying, "So let the gods do to me, and more also, if I don't make your life as the life of one of them by tomorrow about this time!"
जब एलियाले यो सुने, उनी डराए। त्यस कारण उनी आफ्नो जीवन बचाउन भागे। उनले आफ्नो सेवक सँगै लगे। तिनीहरू बेर्शेबा, यहूदा गए। एलियाले सेवकलाई बेर्शेबामा छोेडे।
When he saw that, he arose, and went for his life, and came to Beersheba, which belongs to Judah, and left his servant there.
त्यसपछि एलिया दिनभरि नै मरूभूमिमा हिंडे। एलिया एउटा पोथ्राको तल बसे। उनले मर्न चाहे। एलियाले भने, “परमप्रभु, मैले धेरै गरें! मलाई मर्न दिनुहोस्। म मेरा पुर्खाहरू भन्दा राम्रो छुईंन।”
But he himself went a day's journey into the wilderness, and came and sat down under a juniper tree: and he requested for himself that he might die, and said, "It is enough. Now, O Yahweh, take away my life; for I am not better than my fathers."
तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!”
He lay down and slept under a juniper tree; and behold, an angel touched him, and said to him, "Arise and eat!"
एलियाले आफ्नो छेवैमा कोइलामा पकाएको केक र एउटा ढुंग्रोमा पानी देखे। एलियाले खाई-पिई गरेर तब तिनी फेरि सुते!
He looked, and behold, there was at his head a cake baked on the coals, and a jar of water. He ate and drank, and lay down again.
त्यसपछि परमप्रभुका स्वर्गदूत उनीकहाँ फेरि आए। स्वर्गदूतले भने, “उठ! खाऊ! यदि तिमीले खाएनौ भने लामो यात्रा गर्नका लागि तिमी बलियो हुँदैनौ।”
The angel of Yahweh came again the second time, and touched him, and said, "Arise and eat, because the journey is too great for you."
यसकारण एलिया उठे। उनले खाए अनि पिए। खाद्यले एलियालाई चालीस दिन र चालीस रात होरेब पुगुञ्जेल हिँड्नु पर्याप्त बलियो बनायो, परमेश्वरको पर्वत होरेबतिर हिंडेर गए।
He arose, and ate and drank, and went in the strength of that food forty days and forty nights to Horeb the Mount of God.
त्यहाँ एलिया एउटा ओढारमा गए अनि रातभरि बसे। तब परमप्रभु एलिया सँग बोल्नु भयो। परमप्रभुले भन्नुभयो, “एलिया, तिमी किन यहाँ छौ?”
He came there to a cave, and lodged there; and behold, the word of Yahweh came to him, and he said to him, "What are you doing here, Elijah?"
एलियाले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान परमेश्वर, सधैं मैले सकेसम्म तपाईंको सेवा गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित भएको करार तोेडेका छन् तिनीहरूले तपाईंका वेदीहरू भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। म मात्र यस्तो अगमवक्ता हुँ जो अहिलेसम्म जिउँदै छु अनि अहिले तिनीहरू मलाई मार्ने प्रयास गर्दैछन्।”
He said, "I have been very jealous for Yahweh, the God of Armies; for the children of Israel have forsaken your covenant, thrown down your altars, and slain your prophets with the sword. I, even I only, am left; and they seek my life, to take it away."
तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूइँचालो शुरू भयो तर त्यो भूइँचालोमा पनि परमप्रभु हुनुहुन्न थियो।
He said, "Go out, and stand on the mountain before Yahweh." Behold, Yahweh passed by, and a great and strong wind tore the mountains, and broke in pieces the rocks before Yahweh; but Yahweh was not in the wind. After the wind an earthquake; but Yahweh was not in the earthquake.
भूइँचालो पछि आगो दन्कियो। तर त्यो आगोमा पनि परमप्रभु हुनुहुन्न थियो। आगो पछि त्यहाँ मधुरो कानेखुसी आए।
After the earthquake a fire passed; but Yahweh was not in the fire: and after the fire a still small voice.
जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?”
It was so, when Elijah heard it, that he wrapped his face in his mantle, and went out, and stood in the entrance of the cave. Behold, a voice came to him, and said, "What are you doing here, Elijah?"
एलियाले भने, “परमप्रभु, हे सर्वशक्तिमान परमेश्वर, मैले सकेसम्म सधैं तपाईंको राम्रो सेवा गरेको छु। तर इस्राएली मानिसहरूले तपाईंको करारलाई पालन गरेनन्। तिनीहरूले तपाईंको वेदी भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अहिले सम्म बाँच्ने अगमवक्ता मैं मात्र हुँ। अनि अहिले तिनीहरू मलाई मार्ने चेष्टा गर्दैछन्।”
He said, "I have been very jealous for Yahweh, the God of Armies; for the children of Israel have forsaken your covenant, thrown down your altars, and slain your prophets with the sword. I, even I only, am left; and they seek my life, to take it away."
परमप्रभुले भन्नुभयो, “दमीशकको वरिपरि मरूभूमिसम्म जाने बाटो भएर फर्क। दमीशक जाऊ अनि अरामका राजाको रूपमा हजाएललाई अभिषेक गर।
Yahweh said to him, "Go, return on your way to the wilderness of Damascus. When you arrive, you shall anoint Hazael to be king over Syria.
तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्।
You shall anoint Jehu the son of Nimshi to be king over Israel; and you shall anoint Elisha the son of Shaphat of Abel Meholah to be prophet in your place.
हजाएलले धेरै व्यक्तिहरूलाई मार्नेछन्। हजाएलको तलवारबाट बाँचेकहरूलाई येहूद्वारा मार्नेछन्। तीजो येहूबाट बाँचेकोलाई एलीशा द्वारा मर्नेछन्।
It shall happen, that he who escapes from the sword of Hazael, Jehu will kill; and he who escapes from the sword of Jehu, Elisha will kill.
म सित अझैं पनि इस्राएलमा 7,000 मानिसहरू छन् जसले अझैसम्म बालको अघाडी निहुरिएको छैनन् अथवा बालको मूर्तिलाई चुम्ब गरेको छैनन्।”
Yet will I leave seven thousand in Israel, all the knees which have not bowed to Baal, and every mouth which has not kissed him."
यसकारण एलियाले त्यो ठाउँ छोेडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अघि बाह्रा जोडी गोरूहरू थिए अनि बाह्रौं जोडी चाँहि तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए।
So he departed there, and found Elisha the son of Shaphat, who was plowing, with twelve yoke of oxen before him, and he with the twelfth: and Elijah passed over to him, and cast his mantle on him.
तत्कालै एलीशाले गोरूहरू छोेडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईखान देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुसरण गर्नेछु।” एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिन।”
He left the oxen, and ran after Elijah, and said, "Let me please kiss my father and my mother, and then I will follow you." He said to him, "Go back again; for what have I done to you?"
तब एलिशाले आफ्नो परिवारसँग बसेर विशेष भोजन गरे। एलीशा गए अनि आफ्ना गोरूहरू मारे। उनले हलोको काठको प्रयोगदाउराको रूपमा गरे अनि मासु पकाए। तब उनले यसलाई मानिसहरू माझ बाँडे अनि तिनीहरूले मासु खाए। त्यसपछि एलीशाले एलियालाई अनुसरण गर्न थाले। एलीशा एलियाका सहायका बने।
He returned from following him, and took the yoke of oxen, and killed them, and boiled their flesh with the instruments of the oxen, and gave to the people, and they ate. Then he arose, and went after Elijah, and served him.
बेन-हदद अरामका राजा थिए। उनले आफ्नो सबै सेनाहरू जम्मा गरे। उनीसँग 32 जना राजाहरू थिए। तिनीहरूसँग घोडा अनि रथहरू थिए। तिनीहरूले सामरिया माथि आक्राामण गरे अनि त्यसको विरोधमा लडाईं गरे।
Ben Hadad the king of Syria gathered all his army together; and there were thirty-two kings with him, and horses and chariots: and he went up and besieged Samaria, and fought against it.
राजाले इस्राएलका राजा आहाब कहाँ शहरमा राजदूतहरू पठाए।
He sent messengers to Ahab king of Israel, into the city, and said to him, "Thus says Ben Hadad,
संदेश यस्तो थियो, “बेन-हदद भन्दछन्, ‘तिमीले मलाई तिम्रो चाँदी र सुन दिनु पर्छ। तिमीले आफ्ना स्वास्नीहरू र नानीहरू पनि मलाई दिनु पर्छ।”‘
'Your silver and your gold is mine. Your wives also and your children, even the best, are mine.'"
इस्राएलका राजाले उत्तर दिए, “महाराज, मेरा मालिक म सहमत छु कि म अहिले तिम्रो हुँ अनि मसित भएको प्रत्येक वस्तु तिम्रो हो।”
The king of Israel answered, "It is according to your saying, my lord, O king. I am yours, and all that I have."
तब राजदूत फर्केर आहाब कहाँ आए। तिनीहरूले भने, “बेन-हदद भन्दछन्, ‘मैले तिमीलाई पहिले भनेको थिएँ। तिमीले तिम्रो सबै स्‌न, चाँदी तथा पत्नीहरू र नानीहरू मलाई दिनु पर्छ।
The messengers came again, and said, "Ben Hadad says, 'I sent indeed to you, saying, "You shall deliver me your silver, and your gold, and your wives, and your children;
भोलि म तिम्रो घर र तिम्रा अधिकारीहरूको घर खोजीनिधि गर्न मानिसहरू पठाउँदैछु। तिमीले मेरा मानिसहरूलाई सबै बहुमूल्य वस्तुहरू दिनु पर्छ अनि तिनीहरूले ती वस्तुहरू म कहाँ ल्याउनेछन्।”‘
but I will send my servants to you tomorrow about this time, and they shall search your house, and the houses of your servants; and it shall be, that whatever is pleasant in your eyes, they shall put it in their hand, and take it away."'"
यसकारण राजा आहाबले देशका सबै प्रमुख अगुवाहरूको सभा बोलाए। आहाबले भने, “हेर, बेन-हदद संकट खोजिरहेका छन्। पहिला उनले मलाई भने मैले उनलाई मेरा पत्नीहरू, मेरा नानीहरू, मेरो चाँदी र मेरो सुन दिनु पर्छ। ती वस्तुहरू उनलाई दिन म राजी भएँ। अनि अहिले उनी सबै वस्तुहरू लिन चाहन्छन्।”
Then the king of Israel called all the elders of the land, and said, "Please notice how this man seeks mischief; for he sent to me for my wives, and for my children, and for my silver, and for my gold; and I didn't deny him."
तर सबै बूढा-प्रधानहरू र मानिसहरूले भने, “उनको आज्ञा नमान। उनी जे भन्दछन् त्यो नगर।”
All the elders and all the people said to him, "Don't listen, neither consent."
यसकारण आहाबले एक जना राजदूत बेन हदद समक्ष पठाए। आहाबले भने, “म त्यही गर्नेछु जो तिमीले पहिला भनेका थियौ। तर म तिम्रो दोस्रो आदेश पालन गर्ने छैन।” राजा बेन-हददका मानिसहरूले संदेश राजाकहाँ पुर्याए।
Therefore he said to the messengers of Ben Hadad, "Tell my lord the king, 'All that you sent for to your servant at the first I will do; but this thing I cannot do.'" The messengers departed, and brought him back the message.
तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुठ्ठी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पारून् यदि मैले यस्तो गर्न सकिन भने!”
Ben Hadad sent to him, and said, "The gods do so to me, and more also, if the dust of Samaria shall suffice for handfuls for all the people who follow me."
राजा आहाबले उत्तर दिए, “बेन-हददलाई भन जुन मानिसले कवच धारण गर्छ, त्यसले त्यस मानिसको जस्तो गर्व नगरोस्, जो त्यसलाई खोल्न मानिसले झैं घमण्ड गर्नु हुँदैन।”
The king of Israel answered, "Tell him, 'Don't let him who puts on his armor brag like he who takes it off.'"
राजा बेन-हदद अरू शासकहरू सँग आफ्नो पालमा मद्यपान गरिरहेका थिए। त्यस बेला संदेशवाहकहरू आए अनि उनलाई राजा आहाबको संदेश दिए। राजा बेन-हददले आफ्ना मानिसहरूलाई आहाबको शहरलाई आक्रमण गर्न तयार हुने आदेश दिए। उनका मानिसहरू तिनीहरू आफैं युद्धका निम्ति तयार भए।
It happened, when Ben Hadad heard this message, as he was drinking, he and the kings, in the pavilions, that he said to his servants, "Prepare to attack!" They prepared to attack the city.
त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्नुहुन्छ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।”‘
Behold, a prophet came near to Ahab king of Israel, and said, "Thus says Yahweh, 'Have you seen all this great multitude? Behold, I will deliver it into your hand this day; and you shall know that I am Yahweh.'"
आहाबले भने, “तिनीहरूलाई परास्त गर्नका लागि तपाईं कसलाई प्रयोगगर्न हुनेछ?” अगमवक्ताले भने, “परमप्रभु भन्नुहुन्छ, ‘सरकारी अधिकारीका साना सहायकहरू।”‘ तब राजाले सोधे, “मुख्य सेनालाई कसले नियन्त्रण गर्छ?” अगमवक्ताले उत्तर दिए, “तपाईंले।”
Ahab said, "By whom?" He said, "Thus says Yahweh, 'By the young men of the princes of the provinces.'" Then he said, "Who shall begin the battle?" He answered, "You."
यसकारण आहाबले सरकारी अधिकारीका तरूण सहायकहरूलाई भेला गरे। ती जम्मा 232 जना तन्देरी मानिसहरू थिए। तब राजाले इस्राएलका सेनाहरूलाई एकसाथ बोलाए। जम्मा संख्या 7,000 पुग्यो।
Then he mustered the young men of the princes of the provinces, and they were two hundred and thirty-two. After them, he mustered all the people, even all the children of Israel, being seven thousand.
राजा बेन-हदद अनि 32 जना राजाहरू जो उनलाई सघाउथे तिनीहरू आ-आफ्नो पाल भित्र मद्यपान गरिरहेका थिए। यसै बेला राजा आहाबको आक्रामण शुरू भयो।
They went out at noon. But Ben Hadad was drinking himself drunk in the pavilions, he and the kings, the thirty-two kings who helped him.
तन्देरी सहायकहरूले पहिला आक्रामण गरे। राजा बेन-हददका मानिसहरूले उनलाई भने, सैनिकहरू सामरियाबाट बाहिर निस्किए।
The young men of the princes of the provinces went out first; and Ben Hadad sent out, and they told him, saying, "Men are coming out from Samaria."
यसकारण बेन-हददले भने, “तिनीहरू लडाई गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्रा।”
He said, "If they have come out for peace, take them alive; or if they have come out for war, take them alive."
राजा आहाबका तन्देरी अधिकारीहरूले आक्रामणको नेतृत्व गरिरहेका थिए। इस्राएलका सेनाहरूले तिनीहरूलाई अनुसरण गरिरहेका थिए।
So these went out of the city, the young men of the princes of the provinces, and the army which followed them.
तब इस्राएलीहरूले प्रत्येकलाई मारे जो तिनीहरूको बाटोमा खडा थिए। यसकारण अरामका सेनाहरू भाग्न थाले। इस्राएलका सेनाहरूले तिनीको पछि लाग्ने काम गरे। राजा बेन-हदद एउटा रथको घोडामा चढेर भागे।
They each killed his man. The Syrians fled, and Israel pursued them. Ben Hadad the king of Syria escaped on a horse with horsemen.
राजा आहाबले सेनालाई नेतृत्व दिए अनि अरामको सैनिकहरूबाट सबै घोडाहरू अनि रथहरू कब्जा गरे। यसकारण राजा आहाबले अरामी सेनालाई परास्त गराए।
The king of Israel went out, and struck the horses and chariots, and killed the Syrians with a great slaughter.
तब अगमवक्ता राजा आहाब समक्ष गए र भने, “अरामका राजा, बेन-हदद आउंदो बसन्तमा तिमीसित लडाईं गर्न फेरि आउनेछ। यसकारण तिमीले अहिले आफ्नो घर जानुपर्छ अनि आफ्नो सैनिकलाई बलियो बनाउनु पर्छ। अनि उनलाई परास्त गर्नका लागि सचेत योजनाहरू बनाऊ।”
The prophet came near to the king of Israel, and said to him, "Go, strengthen yourself, and mark, and see what you do; for at the return of the year the king of Syria will come up against you."
राजा बेन-हददका अधिकारीहरूले उनलाई भने, “इस्राएलका देवताहरू ता पहाडहरूका देवता हुन्। हामीले पर्वतीय क्षेत्रमा लडाईं गर्यौ। यसकारण इस्राएलका मानिसहरूले जीते। यसकारण हामी उनीहरू सँग त्यस ठाउँमा लडाईं गरौं। तब हामी जित्ने छौं।
The servants of the king of Syria said to him, "Their god is a god of the hills; therefore they were stronger than we. But let us fight against them in the plain, and surely we shall be stronger than they.
तिमीले यही काम गर्नु पर्नेछ। सैनिकहरूलाई आदेश दिने अनुमति 32 जना राजाहरूलाई नदिनु। तिनीहरूको सैनिकहरूलाई सेनापतिहरूले नै नियन्त्रण गरून्।
Do this thing: take the kings away, every man out of his place, and put captains in their place.
“अब तिनी मासिएको सैनिक जस्तैं सैनिक गठन गर। त्यस सेनाका जस्तैं घोडाहरू र रथहरू भेला गर। त्यसपछि हामीले सम्म भूमिमा इस्राएलीहरू सँग लडाईं गर्नु पर्छ। तब हामी जित्ने छौं।” बेन-हददले तिनीहरूको सल्लाह माने। उनले त्यही गरे जो तिनीहरूले भने।
Muster an army, like the army that you have lost, horse for horse, and chariot for chariot. We will fight against them in the plain, and surely we will be stronger than them." He listened to their voice, and did so.
यसकारण बेनहददले बसन्तमा अरामीहरूलाई भेला गरे। उनी इस्राएलीहरू सँग युद्ध गर्न अपेक गए।
It happened at the return of the year, that Ben Hadad mustered the Syrians, and went up to Aphek, to fight against Israel.
इस्राएलीहरू युद्धका लागि तयार भए। इस्राएली मानिसहरू अरामी सैनिकसित युद्ध गर्न हिंडे। तिनीहरूले अराम शिबिरको पछाडि तिर आफ्नो शिबिर बनाए। शत्रुको तुलनामा इस्राएलीहरू बाख्राका दुइवटा साना बथानहरू जस्ता देखिन्थे तर अरामेली सैनिकहरूले सबै इलाकाहरू ढाकेका थिए।
The children of Israel were mustered, and were provisioned, and went against them. The children of Israel encamped before them like two little flocks of young goats; but the Syrians filled the country.
परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘
A man of God came near and spoke to the king of Israel, and said, "Thus says Yahweh, 'Because the Syrians have said, "Yahweh is a god of the hills, but he is not a god of the valleys"; therefore I will deliver all this great multitude into your hand, and you shall know that I am Yahweh.'"
सात दिनसम्म सैनिकहरू एका-अर्काको सामु शिबिरमा बसिरहे। सातौं दिन लडाईं शुरू भयो। एक दिनमा इस्राएलीहरूले 1,00,000 अरामका सैनिकहरू मारे।
They encamped one over against the other seven days. So it was, that in the seventh day the battle was joined; and the children of Israel killed one hundred thousand footmen of the Syrians in one day.
बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।
But the rest fled to Aphek, into the city; and the wall fell on twenty-seven thousand men who were left. Ben Hadad fled, and came into the city, into an inner room.
उनका सेवकहरूले उनलाई भने, “हामीले सुनेका थियौं, इस्राएलका राजाहरू दयालु छन्। हामी खस्रो लुगा लगाऔं अनि टाउकोमा डोरी बाँधौं। त्यसपछि इस्राएलका राजा कहाँ जाऔं। हुन सक्छ उनीले हामीलाई जिउँदो बस्न दिने छन्।”
His servants said to him, "See now, we have heard that the kings of the house of Israel are merciful kings. Please let us put sackcloth on our bodies, and ropes on our heads, and go out to the king of Israel. Maybe he will save your life."
तिनीहरूले खस्रो लुगा लगाएर टाउकोमा डोरी बाँधे। तिनीहरू इस्राएलका राजाकहाँ गए। तिनीहरूले भने, “तिम्रो सेवक, बेन-हदद भन्दछन्, ‘कृपया मलाई बाँच्न देऊ।”‘ आहाबले भने, “के उनी अझै जिउँदै छन्? उनी मेरा भाइ हुन्।”
So they put sackcloth on their bodies and ropes on their heads, and came to the king of Israel, and said, "Your servant Ben Hadad says, 'Please let me live.'" He said, "Is he still alive? He is my brother."
बेन-हदूदका मानिसहरूले अहाबको शब्दको संकेत सुन्ने आशा गरेका थिए त्यो उसले बेन-हदूदलाई मार्ने छैन्। जब राजा आहाबले भन्यो त्यो बेन-हदद उसको भाइ थियो, सल्लाहकारले लगत्तै भने, “हो, बेन-हदद तपाईंका भाई हुन्।” आहाबले भने, “उनलाई मकहाँ ल्याऊ।” यसकारण बेन-हदद राजा आहाब समक्ष आए। राजा आहाबले उनलाई ऊ सितै रथमा बस्नभने।
Now the men observed diligently, and hurried to take this phrase; and they said, "Your brother Ben Hadad." Then he said, "Go, bring him." Then Ben Hadad came out to him; and he caused him to come up into the chariot.
बेन-हददले उनलाई भने, “आहाब, म तिमीलाई शहरहरू दिनेछु जो मेरा पिताले तिम्रा पिताबाट लिएका थिए। अनि तिमी दमीशाकमा पसलहरू खोल्न सक्ने छौ जसरी मेरा पिताले सामरियामा गरेका थिए।” आहाबले उत्तर दिए, “यदि तिमी यसमा सहमत हुन्छौ भने म तिमीलाई मुक्त रूपमा जान दिने छु।” यसकारण दुइजना राजाहरूले शान्ति सम्झौता गरे। त्यसपछि राजा आहाबले राजा बेन-हददलाई मुक्त गरे।
Ben Hadad said to him, "The cities which my father took from your father I will restore. You shall make streets for yourself in Damascus, as my father made in Samaria." "I," said Ahab, "will let you go with this covenant." So he made a covenant with him, and let him go.
एक जना अगमवक्ताले अर्का अगमवक्ताहरूलाई भने, “म माथि प्रहार गर!” उनले भने परमप्रभुले यसो गर्न भनी आदेश दिनुभएको थियो। तर अर्को अगमवक्ताले उनी माथि प्रहार गर्न मानेनन्।
A certain man of the sons of the prophets said to his fellow by the word of Yahweh, "Please strike me!" The man refused to strike him.
यसकारण पहिला अगमवक्ताले भने, “तिमीले परमप्रभुको आदेश पालन गरेनौ। यसकारण एउटा सिंहले तिमीलाई मार्नेछ जब तिमी यो ठाउँ छोड्ने छौ।” अर्का अगमवक्ता त्यो ठाउँ छोडेअनि एउटा सिंहले उनलाई मार्यो।
Then he said to him, "Because you have not obeyed the voice of Yahweh, behold, as soon as you are departed from me, a lion shall kill you." As soon as he was departed from him, a lion found him, and killed him.
पहिलो अगमवक्ता अर्को मानिस समक्ष गए अनि भने, “ममाथि प्रहार गर!” त्यस मानिसले उनी माथि प्रहार गर्यो अनि अगमवक्ताहरूलाई घाइते बनायो।
Then he found another man, and said, "Please strike me." The man struck him, smiting and wounding him.
यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले।
So the prophet departed, and waited for the king by the way, and disguised himself with his headband over his eyes.
जब राजा आए अनि अगमवक्ताले उनलाई बोलाए र भने, “म युद्धमा लडाईं गर्न हिंडे। हाम्रा चार जना मानिसहरू मध्ये एक जनाले एक जना शत्रुको सैनिक मकहाँ ल्यायो। मानिसले भन्यो, ‘यस मानिसलाई हेरिराख। यदि यो मानिस भाग्यो भने तैंले आफ्नो जीवन यसको ठाउँमा दिनु पर्छ अथवा तैंले एक तोडा सुन दण्ड तिर्नु पर्नेछ।’
As the king passed by, he cried to the king; and he said, "Your servant went out into the midst of the battle; and behold, a man turned aside, and brought a man to me, and said, 'Guard this man! If by any means he be missing, then your life shall be for his life, or else you shall pay a talent of silver.'
तर म अरू नै काममा व्यस्त भएँ। यस कारण त्यो मानिस भाग्यो।” इस्राएलका राजाले भने, “तिमीले आफैंले भनी सकेकाछौ तिमीलाई सजाय हुनु पर्छ।”
As your servant was busy here and there, he was gone." The king of Israel said to him, "So your judgment shall be; you yourself have decided it."
तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए।
He hurried, and took the headband away from his eyes; and the king of Israel recognized that he was of the prophets.
तब अगमवक्ताले राजालाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तपाईंले त्यस मानिसलाई मुक्त गराउनु भयो जसलाई मैंले भनेथे त्यो मर्नु पर्छ। यसकारण उसको सट्टामा तिमी मर्ने छौ अनि तिम्रा सैनिकहरू उसको सैनिकहरूको सट्टामा मर्नेछन्!”‘
He said to him, "Thus says Yahweh, 'Because you have let go out of your hand the man whom I had devoted to destruction, therefore your life shall go for his life, and your people for his people.'"
तब राजा आफ्नो घर सामरिया फर्किए। उनी चिन्तित र उदास थिए।
The king of Israel went to his house sullen and angry, and came to Samaria.
राजा आहाबको महल सामरिया शहरमा थियो। महलको छेवैमा दाखबारी थियो। नाबोत नाउँ भएको मानिस यस बारीको मालिक थियो।
It happened after these things, that Naboth the Jezreelite had a vineyard, which was in Jezreel, hard by the palace of Ahab king of Samaria.
उ यिज्रेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सब्जीको बगैंचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेऊमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”
Ahab spoke to Naboth, saying, "Give me your vineyard, that I may have it for a garden of herbs, because it is near to my house; and I will give you for it a better vineyard than it. Or, if it seems good to you, I will give you its worth in money."
नाबोतले उत्तर दिए, “परमप्रभुले यस्तो हुन रोकुन् म यसो गर्नेछु। म मेरो भूमि तपाईंलाई दिने छैन किनभने यो मेरो पिता-पुर्खाको सम्पत्ति हो।”
Naboth said to Ahab, "May Yahweh forbid me, that I should give the inheritance of my fathers to you!"
यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। यिज्रेलको मानिसले भनेको कुरा उनलाई मन परेनन्। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन्।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।
Ahab came into his house sullen and angry because of the word which Naboth the Jezreelite had spoken to him; for he had said, "I will not give you the inheritance of my fathers." He laid himself down on his bed, and turned away his face, and would eat no bread.
आहाबकी पत्नी ईजेबेल उनी समक्ष गइन्। ईजेबेलले उनलाई भनिन्, “तिमी किन उदास छौ? तिमीले किन खान मानेनौ?”
But Jezebel his wife came to him, and said to him, "Why is your spirit so sad, that you eat no bread?"
आहाबले उत्तर दिए, “यिज्रेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरें। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”
He said to her, "Because I spoke to Naboth the Jezreelite, and said to him, 'Give me your vineyard for money; or else, if it pleases you, I will give you another vineyard for it.' He answered, 'I will not give you my vineyard.'"
ईजेबेलले भनिन, “तर तिमी इस्राएलका राजा हौ! ओछ्यानबाट उठ। केही खाऊ अनि तिमीलाई राम्रो लाग्ने छ। नाबोतको बारी म तिमीलाई उपलब्ध गराउने छु।”
Jezebel his wife said to him, "Do you now govern the kingdom of Israel? Arise, and eat bread, and let your heart be merry. I will give you the vineyard of Naboth the Jezreelite."
तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे।
So she wrote letters in Ahab's name, and sealed them with his seal, and sent the letters to the elders and to the nobles who were in his city, who lived with Naboth.
पत्र यस्तो लेखिएको थियो। घोषणा गर एउटा यस्तो हुनेछ जब मानिसहरूले केही खाने छैनन्। तब शहरका सबै मानिसहरूलाई एउटा सभामा बोलाऊ। सभामा नबोतलाई मानिसहरूको अघि इज्जतको स्थान देऊ।
She wrote in the letters, saying, "Proclaim a fast, and set Naboth on high among the people.
केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।
Set two men, base fellows, before him, and let them testify against him, saying, 'You cursed God and the king!' Then carry him out, and stone him to death."
यसकारण बूढा-प्रधानहरू अनि मुख्य मानिसहरूले ईजेबेलले तिनको पत्रमा बताए जस्तैं गरे।
The men of his city, even the elders and the nobles who lived in his city, did as Jezebel had sent to them, according as it was written in the letters which she had sent to them.
अगुवाहरूले घोषणा गरे, एक दिन यस्तो हुनेछ जब सबै मानिसहरूले केही खाने छैनन्। त्यस दिन तिनीहरूले सबै मानिसहरूलाई एउटा सभामा बोलाए। तिनीहरूले नाबोतलाई मानिसहरूको अघि विशेष स्थानमा राखे।
They proclaimed a fast, and set Naboth on high among the people.
तब दुइ जना बेइमान मानिसहरूले जनगणलाई भने, तिनीहरूले नाबोतलाई परमेश्वर र राजाको विरोधमा बोलेको सुनेका थिए। यसकारण मानिसहरूले नाबेतलाई शहर बाहिर लगे। तब तिनीहरूले उसलाई ढुङ्गाले मारे।
The two men, the base fellows, came in and sat before him. The base fellows testified against him, even against Naboth, in the presence of the people, saying, "Naboth cursed God and the king!" Then they carried him out of the city, and stoned him to death with stones.